Saturday, August 30, 2014

नेपालमा भएका विद्रोहका केही सन्दर्भहरु

  • हालसम्मका प्रमाणित नेपालका प्रथम सहिद लखन थापा हुन । जसले राणा शासन विरुद्ध विक्रम सम्वत १९३३ तिर विद्रोह शुरु गरेका थिए । तर केही समय पश्च्यात नै राणा प्रधानमन्त्री जंगबहादुर राणाको सरकारले लखन थापा सहित ६ जना युवाहरुलाई गोर्खा मनकामनामा रुखमा झुण्डाएर हत्या गरियो । 
  • वि. सं १९८० को दशकको अनत्य तिर प्रचण्ड गोर्खाले ९० को दशकमा नेपाल प्रजापरिषदले राणा सासन विरुद्ध सशस्त्र र निशस्त्र आन्दोलन गरे । प्रचण्ड गोरखाका सदस्यहरुले वि. स १९८८ मा भीम शमसेर माथि बम प्रहार गरे । त्यो बेला सघर्षको दौरानमा ४ जनाको हत्या गरियो । 
  • वि. स. १९९९ मा भारतमा आन्दोलन गरिरहेका जय प्रकाश नारायण र राममनोहर लोहियालाई राणाहरुले गिरफ्तार गरेर सिराहा जिल्लाको हनुमान नगरको जेलमा राखेका  अवस्थामा नेपाली युवाले जेलमा सशस्त्र आक्रमण गरी नारायण र लोहियालाई छुटाएर भारत पठाइदिने काम भयो । 
  • वि. स. २००४ सालमा स्थापना भएको नेपाली काग्रेसले पनि आफ्नै सेना बनाएर राणा शासन विरुद्ध सशस्त्र संघर्ष शुरु गरेको थियो । त्यो बेला तत्कालीन सरकारले दजर्नौको हत्या गर्यो । तर २००७ सालमा राणा, काग्रेस र भारको त्रीपक्षीय संझौतामा सशस्त्र युद्ध तुहियो । निश्चितै रुपमा राणाहरुलाई संझौतामा आउन काग्रेसले थालेको सशस्त्र युद्धले नै बल पुगेको थियो । 
  • वि. स. २००८ सालमा सामन्तवाद र विस्तारवाद विरुद्ध सुदुर पश्चिममा किसान नेता भिमदत्त पन्तले सशस्त्र विद्रोहको उठान गरे । पन्तको “कि जोत हलो कि छोड थलो नत्र हुने छैन भलो” को नारामा सयौं युवाहरु सामेल भएका थिए । 
  • वि. स. २००९ साल रुकुम जिल्लामा कामी बुढाले सशस्त्र विद्रोहको उठान गरे तर राज्यको ठुलो दमन गर्यो र उनि मारिए । 
  • राजाको कु विरुद्ध नेपाली काग्रेसले २०१८ सालमा सशस्त्र प्रतिरोध आन्दोलन शुरु गरे । सोही साल माघ ५ गते जनकपुरको रगभूमीमा राजाको गाडिमाथि बम प्रहार गरियो। सोही आरोपमा गिरफ्तार दुर्गानन्द झालाई २०२० सालमा फाँसी दिईयो । २००७ साल देखि २०१७ सालसम्म संचालन भएको संघर्षको दौरानमा ८ जनाले ज्यान गुमाए । 
  • २०१८ माघमै कागे्रसले भरतपुर कव्जा गर्यो । सोही सेरोफेरोमा पर्सा, कन्चनपुर, विराटनगर, रौतहट, गोरखा, ताप्लेजुङमा विभिन्न सशस्त्र गतिविधी गरियो । यो दौरानमा ११९ जनाको ज्यान गएको थियो । 
  • २०१९ असौज १७ गते पंचायती व्यवस्था विरुद्ध आन्दोलनमा उत्रिएको बझाङी राजा सहित ११ जना काग्रेसी कार्यकर्तालाई शाही सेनाले गिरफ्तार गरी वित्थड लेकमा हत्या गरियो । 
  • नेपाली काग्रेसले सशस्त्र संघर्षको क्रममा २०३१ सालमा ओखलढुङाको टिमुरेबोटेमा ४१ जना  कार्यकर्ता शाही सेनाको अपरेशनमा मारिएका थिय । गिरफ्तार परेका लडाकु टुकुडीका नेता यज्ञबहादुर थापालाई २०३५ मा कमला नदीमा लगेर गोली हानी मारियो । 
  • २०३१ सालमा राजा विरेन्द्रमाथि विराटनगरमा बम प्रहार गरियो । तर काग्रेसले २०३३ सालमा राजासँग सहकार्य गर्ने मेलमिलापको नीति लिएपछि सशस्त्र  संघर्षको नीति त्याग्यो । 
  • २०२७ सालमा तत्कालिन पूर्व कोशी प्रान्तीय कमिटी मातहात कार्यरत झापाका केही कम्युनिष्टहरुले तयस कमिटीबाट अलग भई “झापा जिल्ला कमिटी नेकपा” को स्थापना गरे । अलग पार्टीको स्थापना पछि “बर्ग सत्रु खत्तम पार्ने” विद्रोह शुरु गरे । यो नै नेपालको योजनावद्ध र संगठित सशस्त्र संघर्ष थियो । त्यो दौरानमा २३ जनालाई राज्यले मार्यो । 
  • २०३० र ३१ सालमा झापामा पुन किसान संघर्ष उठ्यो । सोही सेरोफेरोमा सर्लाही, महोत्तरी, धनुषा, सिन्धुलीमा पनि किसान संघर्ष चल्यो र शासकको रित्तता बनाउने काम गरे तर कम्युनिष्ट पार्टीले त्यसको नेतृत्व दिन सकेन । 
  • २०३४ सालमा चितवनको जुगेडीमा किसान आन्दोलन उठाउने कोशिस गरियो । त्यसबेला खडेरीले चितवनमा अनिकाल परेको थियो । जुगेडीमा धर्मे र घोडे भन्न दुई सामन्तले अन्न लुकाएर राखेका थिय । चेपाङ र गुरुङ जातिको बाहुल्य रहेको त्यो स्थानमा खानको लागि संघर्ष गर्नु बाहेक विकल्प नदेखे पछि २०३४ साल असार ६ गते किसानहरुले सुरक्षा दल बनाई ति सामन्तहरुको घर कव्जा गरे र अन्न बितरण गरियो । 
  • २०३६ सालको आन्दोलनमा ३४ जना मारिए भने २०३६ कै छिन्ताङ दमनमा १५ जनाको हत्या गरियो भने सोही साल सुर्खेत काण्डमा ७ जनालाई मार्ने काम भयो । 
  • २०३७ सालमा सिन्धुलीका केहि युवाहरुले सामन्तवाद खत्तम पार्ने भन्दै दीर्घकालिन जनयुद्धको सुरु गर्ने भनेर विद्रोह उठान गर्न खोजे तर राज्यले उनिहरुमाथि दमन गर्यो र श्रृषी देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजन मारिए र अन्य जेलमा परे । 
  • २०३८ सालको राष्ट्रिय पन्चायतको चुनावमा रोल्पा थबाङमा जनताले विद्रोह गरे र त्यस मतदान केन्द्रमा कर्मचारीको मात्र मत खस्यो । 
  • २०४० सालको सिन्धुपाल्चोकको पिस्कर काण्डमा ६ जनालाई मारियो । 
  • २०४२ साल असार ६ गते रामराजाप्रसाद सिंहको नेतृत्वमा राजदरबार वरिपरी, सिंहदरवार दक्षीण ढोका, राष्ट्रिय पन्चायत भवनको आसपास बम प्रहार गरियो । 
  • २०४२ साल चैत्रमा घोषणा भएको चुनावमा ध्वस्त पार्नको लागी तत्कालिन नेकपा (मशाल)का कार्यकर्ताले राजधानीका विभिन्न ९ ओटा सेक्टरमा आक्रमण गरियो । 
  • २०४६ सालको जन आन्दोलनको दौरानमा पनि ४७ जनाले ज्यान गुमानउनु परेको थियो । 
  • २०५२ साल तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा जनयुद्ध सुरु गरियो र त्यो १० बर्ष सम्म चल्यो र १५ हजार भन्दा धेरै शहीद बने । 
  • त्यस पछि पनि विभिन्न चरणमा संघर्षहरु संचालन गरिएका छन मद्येश आन्दोलन ०६२ ६३ को आन्दोलन मा पनि नेपालीहरुले शहीद बन्ने क्रम रोकिएको छैन । 


No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...