Monday, December 22, 2014
Tuesday, December 2, 2014
प्रेस विज्ञप्ति
हाम्रो गौरवशाली पार्टी ने.क.पा.माओवादीको केन्द्रीय समितिको २०७१ साल मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समितिका जेष्ठ सदस्य कमरेड असारेका अध्यक्षतामा सम्पन्न बैठकले लिएका ऐतिहासिक निर्णयहरू सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ –
१. मङ्सिर ७ गते कमरेड किरणको अध्यक्षतामा बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा कमरेड किरणले पेश गर्नुभएको प्रस्ताव र अभिव्यक्ति दुवै आजको देशको राजनीति र पार्टीमा चलिरहेको दुईलाइन सङ्घर्षको परिवेशमा पार्टी एकतावद्ध गर्ने प्रकृतिको नभई पार्टी विभाजन उन्मुख भएको साथै उक्त प्रस्ताव स्वीकार गर्ने सम्भावना कुनै पनि क्रान्तिकारीको लागि सम्भव नरहेको निस्कर्षसहित कमरेड किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गर्न दिएको पत्र सही रहेको निष्कर्ष निकाल्दै बैठकले सो निर्णय अनुमोदन ग¥यो ।
२. कमरेड किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गरिसकेपछि पार्टी पुनर्गठन गरियो । पुनर्गठित पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी माओवादी रहने निर्णय लिइयो ।
३. पुनर्गठित पार्टी ने.क.पा.माओवादीको अगाडि नीति र कार्यक्रमका लागि “प्रतिक्रियावाद र राष्ट्रघातका विरुद्ध एकीकृत आन्दोलन ! नयाँ जनवादी क्रान्तिका लागि प्रथम राष्ट्रिय सम्मेलन !!” नाराका साथ अगामी पुस २३, २४, २५ र २६ गते प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय लिइयो । त्यसपछि केन्द्रीय कमरेड किरणसँग सम्बन्ध विच्छेद गरी आउनुभएका केन्द्रीय समितिका सदस्य, वैकल्पिक केन्द्रीय समितिका सदस्य र सल्लाहकार कमरेडहरू रहेको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरियो । आयोजक समितिको संयोजकमा कमरेड विप्लव र पार्टी प्रवक्तामा कमरेड प्रकाण्डलाई निर्वाचित गरियो ।
४. पुनर्गठित ने.क.पा.माओवादीलाई राज्य, जिल्ला, इलाका र सेलसम्म पुनर्गठन गर्ने र व्यवस्थित परिचालन गर्ने निर्णय भयो ।
५. वर्गीय, जातीय, लिङ्गीय, क्षेत्रीय साथै राष्ट्रिय स्वाधीनताको मुक्ति आन्दोलनलाई दृढतापूर्वक अगाडि बढाउन सबै जनवर्गीय संगठनहरू युवा, विद्यार्थी, मजदूर, किसान, जनजाति, दलित, महिला, सांस्कृतिक तथा सबै राष्ट्रिय मुक्ति मोर्चालाई ने.क.पा. माओवादीलाई साथ दिन आग्रह गर्ने निर्णय गरियो ।
६. सबै खालका विदेशी हस्तक्षेप एवं अतिक्रमण विशेषतः भारतीय विस्तारवादद्वारा नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक, जलस्रोत आदिमा गरिएको हस्तक्षेपको सशक्त प्रतिरोध गर्ने सो प्रतिरोध आन्दोलनका लागि सबै देशभक्त, स्वाधीनताप्रेमी, प्रगतिशील, वामपन्थी शक्तिहरूसँग एकतावद्ध हुँदै अगाडि बढ्ने निर्णय भयो ।
७. संसदवादी राजनीतिक दलहरू मुलतः नेपाली कांग्रेस र नेकपा (एमाले) ले केही विदेशी शक्तिको आड र उक्साहटमा निर्वाह गरेको भूमिका र बेइमानीका कारण नेपाली जनताले पुनः ठुलो मुल्य चुकाउनुपर्ने परिस्थिति सृजना हुँदै गएको छ । दलालहरूको उक्साहटमा पर्दै जनताका प्रस्तावहरूबाट पछाडि फर्किन पुगेका छन् । संसदवादी र माओवादीबीचमा भएका सहमतिको राज्यमा सहअस्तित्व, सहकार्य र साझेदारीको विपरीत सबै सहमति र सम्झौताको उल्लङ्घन गर्दै जनयुद्ध; जनआन्दोलनबाट प्राप्त जनताका अधिकारहरूलाई निषेध गर्दै पछाडि फर्किरहेका छन् । उनीहरूको जोड एकलौटीरुपले राज्यलाई कब्जा गर्ने रहेको छ । यो प्रतिक्रान्तिकारी कदम हो । संसदवादीहरूको यसखाले भूमिकाले देशमा शान्ति, अग्रगमन, राजनीतिक निकास र समृद्धि ल्याउने नभई अस्थिरता, पश्चगमन, अराजकता सृजना हुँदैछ । देशको लागि यो गम्भीर राजनीतिक संकटको परिस्थिति हो । यदि जनता र देशको अपेक्षा र आवश्यकतालाई ग्रहण गर्ने हो भने आजको राजनीतिक सङ्घर्षको अग्रगामी समाधान संसदवादी र माओवादीको बीचमा पुनः शान्ति प्रक्रियाका समग्र विषय (राज्यसत्ता, न्यायालय, सुरक्षा प्रणाली, आर्थिक जनअधिकार, संविधान) मा पुनः समीक्षा गर्दै नयाँ सहमतिमा पुग्नुपर्ने आवश्यकता छ । त्यसको लागि कथित संविधानसभा विघटन गरी अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभा गठन गरिनुपर्दछ । उक्त राजनीतिक सभाबाट नै सबै विषयको निकास निकालिनुपर्दछ ।
८. शान्ति प्रक्रियाको विषयमै विस्तृत छलफल गर्न आवश्यक छ । हाम्रो विचारमा दुई सत्ता, दुई सेना, दुई अदालत, दुई प्रशासनको मान्यतालाई केन्द्र विन्दुमा राखेर सबै क्षेत्रमा पुराना संयन्त्रहरू दुवैतिर विघटन गरेर नयाँ संरचनाहरूमा पुग्न आवश्यक छ । किनकि शान्ति प्रक्रियाको मुल मर्म नै सहअस्तित्व, सहकार्य र साझेदारीता हो । कुनै पनि वहानामा यो मर्मको उलङ्घन कुनै एक पक्षद्वारा गरिनु भनेको अन्ततः शान्ति प्रक्रिया असफल हुनु नै हो । आज यो पक्षमा पनि हामी राज्यसत्ताको ध्यान केन्द्रित गर्न चाहन्छौँ ।
९. कम्युनिस्ट पार्टी श्रमजीवि जनताको अग्रदस्ता तथा प्रगतिशील, देशभक्त शक्तिहरूको नेतृत्वदायी शक्ति हो । यसले ठोस परिस्थिति अनुरुप ठोस निर्णयहरू गर्दै जनताको नेतृत्व गर्नुपर्दछ । हाम्रो पार्टीले यसको प्रयत्न गर्दै आएको छ । परन्तु कमरेड किरण पार्टी नेतृत्वमा रहिसकेपछि परिस्थिति अनुरुप देश र जनताको नेतृत्व गर्ने मामिलामा कमजोर बन्दै एक प्रकारले गतिहीन बन्न पुग्नुभयो । साथै प्रतिक्रान्तिकारी धारालाई चिर्न दृढतापूर्वक अगाडि बढ्नुको सट्टा यथास्थितिकै पछाडिमा घिस्रिने र गोलचक्करमा फस्ने समस्या देखाप¥यो । यो समस्याबाट निकास दिन पार्टीले राष्ट्रिय सम्मेलन या विशेष महाधिवेशन गर्नुपर्ने निर्णय लिइयो । परन्तु उक्त निर्णयको कार्यान्वयन पनि समय बिताएर मात्र गर्ने या अन्तसम्म पछि धकेल्ने सोचाइ देखाप¥यो । परिस्थितिको जटिलतालाई बुझेर विशेष कदम चालौँ भन्ने सुझावलाई बेवास्ता गर्दै उल्टो पार्टीभित्रको समस्यालाई मुख्य बनाउँदै असहिष्णुता, संकीर्णता, पुर्वाग्रह र वर्ग सङ्घर्षबाट भाग्ने र अन्तर्सङ्घर्षमै रमाउने शैली प्रकट भयो ।
१०. नेपालीमा कम्युनिस्ट पार्टीको स्थापनापछि राज्य र जनताको बीचको अन्तर्विरोध र सङ्घर्षको वस्तुस्थिति अनुरुप कम्युनिस्टहरूबीच बहस, अन्तर्सङ्घर्ष, एकता, पुनर्गठन निर्धारित हुँदै आएका छन् । प्रतिक्रियावादी राज्यसत्ताको विरुद्ध जनताका अधिकारहरूको नेतृत्व गर्नेगरी कम्युनिस्ट नेतृत्व अगाडि आउँदा व्यापक केन्द्रीकरण र ध्रुवीकरण हुने गरेको छ भने नेतृत्वले त्यो भूमिका पूरा गर्न नसक्दा भएको शक्ति विकेन्द्रित, विभाजित हुने गरेको छ । जनयुद्धकालमा माओवादी नेतृत्व वरिपरि व्यापक कम्युनिस्ट केन्द्रीकरण र शान्तिकालमा आएपछि भद्दा विकेन्द्रीकरण, विभाजन, छरपस्टता यसैका उदाहरण हुन । आज कम्युनिस्ट आन्दोलनमा अविश्वास, आशंका, छरपस्टता, अराजकता, आत्मसमर्पण मुख्या चुनौती बनेको छ । यसको बोध कम्यनिस्ट नेता, कार्यकर्ता, समर्थक सबैमा हुन पुगेको छ । माओवादी आन्दोलन हाल देखिएका अन्तर्सङ्घर्ष, विभाजन आदि पनि यसैका परिणाम हुन् । सम्भवतः यो कालक्रमले एउटा चक्र पार गरिसकेको छ । अब नेपाली कम्युनिस्ट आन्दोलनमा पुनः एकता, केन्द्रीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि आउनेछ । आजको प्रमुख सङ्घर्ष र समस्या कम्युनिस्टहरूबीचको होइन र बनाउनुहुँदैन । समस्या दलाल पुँजीवादी राज्यसत्ता र नेपाली जनताको बीचको नै हो । केही व्यक्तिको तुच्छ व्यक्तिगत स्वार्थ र कमिसनको लागि देशको अमुल्य श्रोतसाधन (खानी, पानी, व्यपार) बेचेर खाने दलाल र उनीहरूको संरक्षण गर्ने प्रतिक्रियावादी सत्ता र स्वाभिमानी नेपाली जनताको बीचको सङ्घर्ष हो । हामी कम्युनिस्टहरूले त्यसले नेतृत्व गर्ने बेला आएको छ । यसको लागि आपसी अन्तरहरूलाई सहायक बनाउँदै सबै कम्युनिस्टहरू विशेषतः माओवादी कम्युनिस्टहरू एक अर्काका सहयोगी बन्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।
११. कमरेड किरणसहितको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेर पार्टी पुनर्गठन गर्दा अनेकौं भ्रम फैलाइएको देखिन्छ । त्यस्ता प्रचारहरूमा मुख्यतः माओवादी जंगल फर्किदैछ, हतियार उठाउँदैछ, युद्ध गर्दैछ, संवाद र सहमतिको बाटो त्यागिसक्यो आदि आदि छन् । वास्तवमै माओवादीका राजनीतिक, जनअधिकार, राष्ट्रिय स्वाधीनतासहित अग्रगमनकारी सुस्पष्ट दृष्टिकोणलाई छोपछाप पारिदिने, सम्पूर्ण नागरिकहरूको ध्यान विषयान्तर गर्ने, पार्टीबारे भ्रम श्रृजना गरिदिन र प्रतिक्रान्ति र प्रतिक्रियावादी राज्यसत्ता स्थापनाको बाटो सहज गरिदिने जाल हो । यी सबै प्रायोजित भ्रमहरुलाई खारेज गर्दै ती सहमतिहरूको समीक्षा गर्दै नयाँ सहमतिसहित मुलुकलाई शान्ति र अग्रगमनतिर लैजान तयार होऊन् भन्ने रहेको छ । जुन कदम नै वास्तविक शान्ति, अग्रगमन र समृद्धिको आधार हो । यदि स्पष्ट इमानदारीतापूर्वक दृष्टिकोण र प्रस्तावलाई हुँदै नभएको सिर्पm युद्ध र हतियारतिर मात्र प्रचार गरिदिनु भ्रामक त छ नै, यो बेइमानी, जालझेल र भयानक षड्यन्त्रको पुलिन्दा मात्र हो । यसले अनजानमै देशलाई द्वन्द्वको भूमरीमा फसाउँछ । हाम्रो आग्रह छ कि यसखालका गलत प्रचार, भ्रम र जालझेलको भ्रममा नपर्न अन्तर्राष्ट्रिय समुदाय, आम नागरिक र सबै सरोकारवाला पक्षसँग आग्रह गर्दछौं ।
१२. संसदवादी रमाओवादीबिच भएका पाँच बुँदे सहमति १२ बुँदे सहमति र त्यसको जगमा बनेको विस्तृत शान्ति सम्मmौता हुँदै शान्ति प्रक्रियामा भएका तमाम सहमतिहरूको नेपाली कांग्रेसबाट उल्लंघन भएको छ । जसमा सहअस्तित्व, सहमति, सहकार्यको मन्यताअनुसार सत्ता साझेदारी, भूमिहीन, सुकुम्बासी तथा आम किसानका जमिनको समस्याको समाधान, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत राज्यको पुनर्संरचना जस्ता आधारभूत सहमतिहरू एकलौटी रुपमा कांग्रेसको नेतृत्वमा बनेको संसदीय प्रणालीले भंग गरेको छ । त्यसलाई सच्याउँदै सहमतिहरूलाई इमानदारीपूर्वक कार्यान्वयन गरियोस् भन्ने हाम्रो पार्टी चाहन्छ ।
१३. सहमतिहरूको उल्लंघनको प्रभाव राष्ट्रियता, जनतन्त्र, जनजीविकामा देखापरेका छन् । जनताको नैसर्गिक तथा मानव अधिकारको हनन भएको छ । स्वास्थ्य, शिक्षा, रोजगारीमा व्यापारीकरण भएको छ । महिला तथा बालबालिकाको बेचबिखन जस्ता जघन्य अपराधहरू भएका छन, घरेलु हिंसा, पारिवारिक तथा सामाजिक विखण्डन, धार्मिक असहिष्णुता र अतिक्रमण, मूल्य वृद्धि, सेना तथा प्रहरीमाथि राजनीतिक विभेद भएको छ । कर्मचारीन्त्रको व्यापक भ्रष्टीकरण भएको छ । साथै, देशका विभिन्न जाति, क्षेत्र, लिंग र वर्गका जनताको सत्तामा हुने समानुपातिक सहभागिताको व्यवस्थालाई खारेज गर्ने हर्कत भइरहेको छ । जातीय क्षेत्रीय लिंगीय वर्गीय विभेदको अन्त्य गरी राष्ट्रिय सवाधीनता, आर्धिक समृद्धि सांस्कृतिक रुपान्तरण सहित राष्ट्रिय एकता पैदा गर्ने उद्देश्यका साथ माओवादीले अगाडि सारेको राष्ट्रिय पहिचानको आधारमा संघीयताको मुद्दालाई कांग्रेस लगायतका संसदवादीहरूले जातीय विभेद र जातीय साम्प्रदायिक तथा राष्ट्रिय विखण्डनको दिशातिर धकेलिएको छ । यी समस्याहरूको कारणहरू सहमतिको उल्लंघनले लयाएका परिणामहरू हुन् ।
१४. माथिका सहमतिहरू क्रान्तिको नेतृत्व गरेको तत्कालीन माओवादी, सत्तासीन संसदवादी र संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायको रोहवरमा भएका हुन् । यी सहमतिहरू कांग्रेसबाट एकलौटी रूपमा उल्लंघन हुँदा संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायको घोर अवहेलना तथा उपेक्षा भएको छ । तसर्थ, यी सहमतिहरूलाई पूर्ण रुपले कार्यान्वयन गराउन संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्टिय समुदायको विशेष हाम्रो पार्टी ध्यानाकर्षण गर्दछ ।
१५. भारतसित भएको सन् १९५० को असमान सन्धि र त्यसपछिका तमाम गोप्य तथा नेपालको हित विपरीत सहमतिहरुको जगमा टेकेर पीटीए, पीडीए लगायत नेपालका जमिन, जङ्गल, जल, खनिज लगायतका प्राकृतिक सम्पदामाथि नियन्त्रण गरिरहेको छ । सन् १९५० लगायत सबै प्रक्रिया तत्काल खारेज गरियोस्् भन्ने हाम्रो पार्टी चाहन्छ ।
१६. हामी शान्ति चहान्छौं, स्वाधीनता चाहन्छौं, परिवर्तन र समृद्धि चाहन्छौं । हामीलाई नेपाली जनता, श्रमजीवि वर्ग, राष्ट्रिय स्वाधीनताको अधिकारबाहेक अरू कुनै स्वार्थको सर्त र आवश्यकता मान्य छैन । हाम्रो यो अभियानमा देशभक्त, वामपन्थी, प्रगतिशील, मजदूर, किसान, जनजाति, दलित, महिला, युवा सबैले सहयोग पु¥याइदिनु हुनेछ भन्ने विशेष आग्रह गर्दछौं ।
क्रान्तिकारी अभिवादनसहित !
…….. ……….
(विप्लव)
संयोजक
राष्ट्रिय सम्मेलन आयोजक समिति
नेपाल कम्युनिस्ट पार्टी माओवादी
Monday, September 15, 2014
एरिया स्तरीय संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न, नेकपा – माओवादीको एरिया तथा गाँउ समितिहरुको पुर्नगठन ।
२०७१ भदौ २९
एरिया नं. ५ र ६
ग्वालटार, भुवनेश्वरी सिन्धुली ।
नेकपा – माओवादी एरिया नं. ५ र ६ को संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रम मिति २०७१ भदौ २९ गते एरिया नं. ५ अन्तरगत ग्वालटार भुवनेश्वरीमा भव्य ढंगले सम्पन्न भएको छ । एरिया स्तरीय बृहत राजनैतिक प्रशिक्षण कार्यक्रममा त्यस एरिया अन्तरगतका गाविसहरुबाट पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।
वृहत राजनैतिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनले राष्ट्रिय राजनीतिमा पार्टीले लिएको नीति तथा पार्टीले खेल्नु पर्ने भुमिका, संगठनको आगामी कार्ययोजना, राष्ट्रिय स्वाधीनताको रक्षा र जन संविधानको निमार्णको लागि पहल, संयुक्त तथा एकल आन्दोलनका कार्यक्रमहरुको बारेमा प्रशिक्षण दिनु भएको थियो । जनताले हाम्रो पार्टी माथि ठुलो अपेक्षा गरेका छन त्यसको साथै हामीले अपुरो रहेको जनवादी क्रान्ति पुरा गर्नु पर्ने दायीत्व पनि हामै्र काध माथि आईपरेको कुरा बताउदै पार्टीले जनताको अपेक्षा र वर्तमानले सुम्पेको जिम्मेवारी पुरा गर्न जोडदार ढंगले लाग्नु पर्ने कुरा बताउनु भयो । एरिया स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रममा अर्र्का अतिथि जिल्ला सदस्य तथा एरिया नं. १० का सेक्रेटरी क. रोमनराज गिरी “अशोक”ले पार्टी केन्द्र, राज्य, जिल्ला समितिको पाचौं पूर्ण बैठकले गरेको निर्णयको बारे र पार्टी एरिया समितिले खेल्नु पर्ने भुमिकाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
शहीदहरु प्रति श्रद्धान्जली गरी शुरु गरिएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता जिल्ला सदस्य तथा एरिया नं. ५ का सेक्रेटरी क. अर्जुन थापाले गर्नु भएको थियो । जिल्ला सदस्य तथा एरिया नंं. ६ का एरिया सेक्रेटरी क. जुद्धबहादुर विक “जगत” ले कार्यक्रमको संचालन गर्नु भएको थियो । राजनैतिक प्रशिक्षणको दौरानमा एरिया समिति र कतिपय गाविसहरुको गाँउ पार्टी समितिको पुर्नगठन समेत गरिएको छ ।
एरिया समितिहरुको पुर्नगठन ः
नेकपा – माओवादी एरिया नं. ५ को पुर्नगठित समितिमा ः
सेक्रेटरी क. अर्जुन थापा र सदस्यहरुमा क. प्रेमप्रसाद पहाडी – डुडभन्ज्याङ, क. डिल्ली तोलाङ्गे – भुवनेश्वरी, क. गिता विक – तिनकन्या, क. राजन चौहान – डुडभन्ज्याङ, क. गौरब विक वितिजोर लगाएत कामरेडहरु रहनु भएको छ ।
एरिया नं. ६ को पुर्नगठित एरिया समितिमाः
सेक्रेटरी क. जुद्धबहादुर विक “ जगत”, र सदस्यहरुमा क. तेजप्रसाद देवकोटा – भिमेश्वर, क. विजय विक – जलकन्या, क. चन्द्रकला रम्तेल – रतनचुरा, क. उमेश मगराती – बाशेश्वर, क. पवित्रा तामाङ, क. भोजबहादुर देवकोटा “धनन्जय” लगाएत रहनु भएको छ ।
पुर्नगठित गाँउ समितिहरु ः
भुवनेश्वरी गाविस,
सेक्रेटरी क. डिल्ली तोलाङ्गे, सह सेक्रेटरी द्धय क. अमृत तोलाङ्गे, क. कविन्द्र बयलकोटी र सदस्यहरुमा क. खड्कबहादुर तोलाङ्गे, क. सोमबहादु रम्तेल, क. ताराबहादुर तोलाङगे लगाएत रहनु भएको छ ।
डुडभन्ज्याङ्ग गाविस,
सेक्रेटरी क. प्रेमप्रसाद पहाडी, सह सेक्रेटरी द्धय क. राजन चौहान, क. शंकर थापा र सदस्यहरुमा क. शेरबहादुर अछामी क. झमक नेपाली लगाएत रहनु भएको छ ।
भीमेश्वर गाविस,
सेक्रेटरी क. तेजबहादुर देवकोटा सह सेक्रेटरी द्धय क. पवित्रा तामाङ, क. लक्ष्मीप्रसाद देवकोटा र सदस्यहरुमा क. कृष्णबहादुर नेपाली, क. हरी नेपाली, क. लालबहादुर श्रेष्ठ, क. चिनीमाया आले लगाएत रहनु भएको छ ।
जलकन्या गाविस,
सेक्रेटरी क. विजय विक, सह सेक्रेटरी द्धय क. सन्तबहादुर नेपाली, क. जिवन नेपाली र सदस्यहरुमा क. भेषबहादुर मगराती, क. सन्तोष मगराती लगाएत कामरेडहरु रहनु भएको छ ।
बाशेश्वर गाविस,
सेक्रेटरी क. उमेश मगराती सह सेक्रेटरी द्धय क. खिलबहादुर परियार, क. ईच्छाराम परियार र सदस्यहरुमा क. कल्पना परियार, क. दुर्गा परियार, क. अशोक परियार, क. स्यामबहादुर परियार लगाएत रहनु भएको छ भने सल्लाहकारमा क. रामबहादुर कालिकोटेलाई निर्वाचित गरेको छ ।
राजनैतिक प्रशिक्षण कार्यक्रमको दौरानमा एरिया तथा गाँउ पार्टी कार्यालयहरुको व्यवस्थापन, जवस ÷मोर्चाहरुको संगठन तथा सदस्यता वितरण, आन्दोलनको प्रचारात्मक कार्यक्रम, वडा स्तरीय समितिहरुको पुर्नगठन लगाएतका कार्यक्रमहरु समेत निमार्ण गरेको छ ।
नेकपा – माओवादी
जिल्ला कार्यालय
सिन्धुली ।
२०७१ भदौ ३०
एरिया स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न, आवश्यक एरिया तथा गाँउ समितिहरुको पुर्नगठन ।
२०७१ भदौ २८
एरिया नं. १०
झाँगाझोली रात्माटा, सिन्धुली ।
नेकपा – माओवादी जिल्ला समिति सिन्धुलीको पाचौ पूर्ण बैठकको निर्णय अनुशार यतिखेर एरिया स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रम २०७१ भदौ २८ गते झाँगाझोली रात्माटा गाविसमा भव्य ढंगले सम्पन्न गरिएको छ । एरिया नं. १० अन्तरगत सवै गाविसहरुका पार्टी सदस्यहरुको वृहत राजनैतिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एव जिल्ला सेक्रेटरी क. चिरन पुन रहनु भएको थियो । राष्ट्रिय स्वाधीनताको रक्षा र जन संविधानको निमार्णको लागि जनताको जुझारु आन्दोलन निर्णयक भएको कुरा राख्नु भयो । यतिखेर केन्द्रीय पार्टीले ठेगान गरेको ४ चरणको आन्दोलनका कार्यक्रमहरुलाई सशस्क्त ढंगले सम्पन्न गर्ने तयारीमा यो राजनैतिक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको प्रस्ट पार्नु भयो । संविधान सभाको कथित निर्वाचन अगावै पार्टीले सर्वपक्षीय राजनैतिक सम्मेलनद्धारा मुलुक निकाश दिनु पर्ने कुरा उठाउदै आएको थियो, हाम्रो माग, ऐजेण्डा र नारा जनपक्षीय, वस्तुपरक र यथार्तपरक थियो, त्यसैले ढिलैभए पनि प्रतिक्रियावादी, अवसरवादी, नवसंशोदनवादी र संसदवादी दलहरु सर्वपक्षीय राजनैतिक सम्मेलनको लागि वाध्य भएर तयार भएको कुरा बताउनु भयो । राजनैतिक हिसावले हामी हस्तक्षेपकारी भुमिकामै तर संगठनात्मक अवस्थाको मजबुतिकरण यतिवेलाको मुख्य विषय भएको बताउदै पार्टीलाई चुस्त, दुरुस्त, सक्रिय, सशक्त बनाउदै लैजानु पर्ने कुरा प्रशिक्षण मन्तव्य राख्दै क. पुनले बताउनु भयो । हामीले अपुरो रहेको नेपालको जनवादी क्रान्ति पुरा गर्नु छ, जनताको जनवादी अधिनायकत्व र सर्वहारा बर्गको राज्यसक्ता स्थापना गर्दै साम्यवादी लक्ष्य चुम्नु छ त्यसैले त्यो स्प्रीरिटमा लाग्न सवै पार्टी सदस्यहरुलाई प्रशिक्षण दिनु भयो ।
एरिया स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रममा अर्र्का अतिथि जिल्ला कार्यालय सदस्य क. थलप्रसाद देवकोटा “शुवर्ण” ले लेनिनवादी संगठनात्मक सिद्धान्तलाई हामीले आत्मसाथ गर्नु पर्दछ । पार्टी सदस्यहरुको काम, कर्तव्यको बारेमा प्रशिक्षण दिनु भयो । क्रान्तिको लागि क्रान्तिकारी पार्टी, सेना र संयुक्त मोर्चा (सक्ता) अनिवार्य हुन्छ अब हामीले त्यसको अभ्यासमा जानु पर्दछ भन्दै यो राजनैतिक प्रशिक्षण कार्यक्रमले अवश्य बल पुर्याउने कुरा राख्नु भयो ।
कार्यक्रमको अध्यक्षता जिल्ला सल्लाहकार क. दयाराम रन्जीतकारले गर्नु भएको थियो । शहीदहरु प्रति १ मिनेट श्रद्धान्जली गरी शुरु भएको कार्याक्रममा स्वागत मन्तव्य क. निरराज गिरीले राख्नु भएको थियो भने, राजनैतिक प्रशिक्षण कार्यक्रमको संचालन जिल्ला सदस्य तथा एरिया नं. १० का सेक्रेटरी क. रोमनराज गिरी “अशोक” ले गर्नु भएको थियो । यसै दौरानमा क. निरराज गिरी सेक्रेटरी रहनु भएको झाँगाझोली रात्माटाको गाँउ पार्टी समितिको पुर्नगठन गरिएको छ । सदस्यहरुमा क. दयाराम रन्जीतकार, क. रोहितराज गिरी, क. हरिशरण गिरी, क. अमृत विक, क. खम्व विक, क. देवी नेपाली, क. कुष्णकुमार पुरी, क. नवराज श्रेष्ठ लगाएत रहनु भएको छ । राजनैतिक प्रशिक्षण कार्यक्रमको दौरानमा एरिया स्तरीय प्रचार प्रसार, आन्दोलनको तयारीका कार्यक्रमहरुको आवश्यक निर्णयहरु समेत गरिएको छ ।
एरिया नं. ११
हायुटार वस्तीपुर सिन्धुली ।
नेकपा – माओवादी एरिया नंं ११ को आयोजनामा राजनैतिक प्रशिक्षण कार्यक्रम बस्तीपुर गाविसको हायुटारमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला कार्यालय सदस्य क. विनोद दहाल हुनुहुन्थ्यो ।
राजनैतिक प्रशिक्षण मन्तव्य राख्दै क. विनोद दहालले पार्टीका आगामी नीति र कार्यक्रमको बारेमा प्रष्ट पार्नु भयो । अहिले जिल्लामा हाम्रो पार्टी संगठन सुद्धिढिकरण अभियानमा रहेको छ, सवै एरिया हरुमा राजनैतिक प्रशिक्षण कार्यक्रमहरु ठेगान गरिएको बताउनु भयो । आन्दोलनको तयारी, संगठन सुद्धिढिकरण, जबस ÷ मोर्चाका सदस्यता वितरण र गाँउ पार्टीलाई व्यवस्थीत गर्दै हामी जनवादी क्रान्तिको तयारीमा लागेको कुरा प्रशिक्षणको दौरानमा क. विनोद दहाले बताउनु भयो ।
जिल्ला समिति सदस्य तथा एरिया नंं ११ का सेक्रेटरी क. पूर्णकुमारी देवकोटा “निमा” को अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रमको शुरुवात शहीदहरुप्रति १ मिनेट मौन धारण गरी शुरु गरिएको थियो । जिल्ला समिति सदस्य तथा अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव क. पदमशंकर सुुनुवारले कार्यक्रमको संचालन गर्नु भएको थियो । राजनैतिक प्रशिक्षणको दौरानमा एरिया स्तरीय संगठनको आगामी कार्ययोजना बनाउदै नेकपा – माओवादी एरिया नं. ११ को एरिया समितिको पुर्नगठन गरिएको छ । जसमा सेक्रेटरी क. पूर्णकुमारी देवकोटा “निमा” र सदस्यहरुमा क. ईन्दमणी सुनुवार, क. लोककुमारी खड्का, क. चन्द्रबहादुर थामी, क. रोशनकुमार व्लोन, क. गणेश वाईवा, क. नानीमैया थिङ, क. शंसेरबहादुर स्याङ्तान लगाएत रहनु भएको छ ।
नेकपा – माओवादी
जिल्ला कार्यालय
सिन्धुली ।
२०७१ भदौ २९
Monday, September 8, 2014
शहीद क. शेरमान कुँवर “विशाल” र क. मोहनचन्द्र गौतम “कुमार” दशौ स्मृती सभा सम्पन्न, अपुरो रहेको जनवादी क्रान्तिलाई नेकपा — माओवादीले पुरा गर्ने उपाध्यक्ष क. “गौरब” को दावी ।
नेपाल कम्युनिष्ट पार्टी — माओवादी जिल्ला समिति सिन्धुलीको आयोजनामा शहीद द्धय क. शेरमान कुँवर “विशाल” र क. मोहनचन्द्र गौतम “कुमार” दशौ स्मृती सभा कमलामाई नगरपालीका स्थित सभागृहमा भव्य ढंगले सम्पन्न भएको छ । १० औं स्मृति सभामा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी — माओवादीका केन्द्रीय उपाध्यक्ष क. “गौरब” ले सहि क्रान्तिकारी सिद्धान्त र विचारले ओतप्रोत भएको आफ्नो पार्टी नेकपा — माओवादीले मात्र शहीद द्धय क. “विशाल” र “कुमार” ले देखाएको बाटोमा अघि बढेको बताउनु भयो । संशोधनवादी तथा नव संशोधनवादीहरुले क्रान्तिकारी शहीदहरुलाई संझेर आशु चुहाउनुको कुनै अर्थ नभएको भन्दै नयाँ जनवादी क्रान्तिको दौरानमा उहाँहरु शहीद हुनु भएकोले अपुरो रहेको क्रान्तिलाई आफ्नो पार्टीले पुरा गर्ने बताउनु भयो । उहाँहरु दुवै निकै क्रान्तिकारी, अनुशासित, जनप्रेमी, जुझारु, संघर्षशिल रहनुभएको सन्दर्भ उल्लेख गर्दै उहाँहरुको शहादतले नेपाली क्रान्तिलाई निकै ठुलो क्षती भएको कुरा राख्नु भयो । प्रमुख अतिथि क. “गौरब” ले हिजो “सर्वपक्षीय राजनैतिक सभा”द्धारा नयाँ संविधानको अन्तरवस्तुलाई हल गर्ने कुरा राख्दा यो माग र नारालाई बे मौसमको खेती भन्नेहरु आजको परिस्थितिमा यहि “सर्वपक्षीय राजनैतिक सभा” मा आउन तयार भएको बताउनु भयो । हामीले सहि माग उठाएका थियौं, आज त्यो पुष्टी भएको छ, । अझै पनि हामी र सम्पूर्ण जनता ढुक्कहुने अवस्था छैन, सवै जनताले जन संविधानको लागि संघर्षमा उत्रन तयार रहनु पर्दछ त्यसको नेतृत्व नेकपा — माओवादीले गर्नेछ, क. “गौरव” ले बताउनु भयो । पार्टीको केन्द्रीय समितिको बैठक सकेर फर्कदै गरेको अवस्थामा तत्कालिन शाही सेनाले घेरा हालेर सिराहामा तत्कालिन केन्द्रीय सदस्यद्धय क. “विशाल” र क. “कुमार” सहित ५ जनालाई २०६१ भदौ २० गते हत्या गरेको थियो ।
शहीदहरु प्रति श्रद्धान्जली गरी शुरुभएको दशौ स्मृति सभामा नेकपा — माओवादीका केन्द्रीय सदस्य क. “सन्ध्या”, नेकपा (एकीकृत) का जिल्ला सेक्रेटरी क. ढकप्रसाद देवकोटा, नेकपा (माक्र्सवादी) का केन्द्रीय पार्सद क. पर्शुराम प्याकुरेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष क. मानबहादुर लो, जनक्रान्तिका महान शहीद परिवार समाज सिन्धुलीका अध्यक्ष क. पूर्णकुमारी देवकोटा “निमा” लगाएतले शहीद द्धयको बारेमा स्मृति मन्तव्य राख्नु भएको थियो ।
शहीद क. “विशाल” का दाजु क. युद्धकुमार कुँवरको उपस्थितिमा सम्पन्न भएको दशौ स्मृति सभा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । सभागृह हलमा खचाखच भरिएको जनसमुदाय वीच सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कार्यालय सदस्य क. डम्मर कार्की र शहीद द्धयको जिवन परिचय जिल्ला कार्यालय सदस्य क. विनोद दहालले स्पस्ट पानु भएको गर्नु भएको थियो । भने संचालन जिल्ला सदस्य तथा कार्यालय सेक्रेटरी क. मनु अछामीले गर्नु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी – माओवादी
जिल्ला कार्यालय सिन्धुली ।
शहीदहरु प्रति श्रद्धान्जली गरी शुरुभएको दशौ स्मृति सभामा नेकपा — माओवादीका केन्द्रीय सदस्य क. “सन्ध्या”, नेकपा (एकीकृत) का जिल्ला सेक्रेटरी क. ढकप्रसाद देवकोटा, नेकपा (माक्र्सवादी) का केन्द्रीय पार्सद क. पर्शुराम प्याकुरेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष क. मानबहादुर लो, जनक्रान्तिका महान शहीद परिवार समाज सिन्धुलीका अध्यक्ष क. पूर्णकुमारी देवकोटा “निमा” लगाएतले शहीद द्धयको बारेमा स्मृति मन्तव्य राख्नु भएको थियो ।
शहीद क. “विशाल” का दाजु क. युद्धकुमार कुँवरको उपस्थितिमा सम्पन्न भएको दशौ स्मृति सभा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । सभागृह हलमा खचाखच भरिएको जनसमुदाय वीच सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कार्यालय सदस्य क. डम्मर कार्की र शहीद द्धयको जिवन परिचय जिल्ला कार्यालय सदस्य क. विनोद दहालले स्पस्ट पानु भएको गर्नु भएको थियो । भने संचालन जिल्ला सदस्य तथा कार्यालय सेक्रेटरी क. मनु अछामीले गर्नु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी – माओवादी
जिल्ला कार्यालय सिन्धुली ।
२०७१ भदौ २० ।
Subscribe to:
Posts (Atom)
Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न
Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न चीरन पुन (सी) प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।
-
Communist revolutions throughout history The following is a list of communist revolutions throughout history . Among the lesser kno...
-
संविधान निर्माण सम्वन्धी ः १. ०६९ जेठ १४ गते भित्र जनताको लोकतान्त्रिक संघीय गणतन्त्मक संविधान अनिवार्य जारी गर । २. नया संविधानमा गणतन्त्...
-
रातोखबर साप्ताहिक बर्ष ३, अंक २९ पूर्णङ्क १२४ २०७४ पुस १९ बुधबार काठमाण्डौ । चिरन पुन १. असफल संसदवादी राजनैतिक पार्टी र सरका...



















