Wednesday, August 27, 2014

माओवादीको आयोजनामा विरोध कार्यक्रम सम्पन्न, दलालहरुलाई आन्दोलनले तह लगाएने क. गौरबको दावी ।





नेपाल कम्युनिष्ट पार्टी – माओवादी जिल्ला समिति सिन्धलीको आयोजनामा कमलामाई नगरपालीकाको लोकतान्त्रीक चोकमा विरोध कार्यक्रम सम्पन्न गरिएको छ । उक्त विरोध कार्यक्रमलाई संवोधन गर्दै नेकपा – माओवादीका केन्द्रीय उपाध्यक्ष क. गौरबले यो कथित संविधानसभाले जनताको संविधान बनाउन सक्दैन, जनतालाई मान्य नहुने संविधान माओवादीलाई समेत मान्य नहुने बताउदै यदि जनताका भावनालाई पेलेर जनविरोधी संविधान घोषणा गरे तत्काल त्यो संविधान जलाएर आन्दोलनमा जाने कुराको दावी गर्नु भयो । पार्टीले अघि सारेको न्यायोचित मागहरुलाई बेवास्था गरे दलालहरुलाई आन्दोलनले तह लगाउने कुरा राख्नु भयो । 

हामी गोलमेच सम्मेलनको माध्यमवाट देशको निकाशको लागि तयारी रहेको कुरा बताउदा बताउदै वर्तमान सरकारले हाम्रो कुरा नसुनेको सन्दर्भ उल्लेख गर्नु भयो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न समेत अत्यन्त जटिल बनेको र संसदवादी दलहरु जनताका मागहरुलाई वेवास्था गर्दै अघि बढेको कुरा गर्नु भयो । हामी ठुलो आन्दोलनको तयारीमा भएकोले त्यसलाई साथ दिन सवै जनसमुदायलाई अव्हन गर्नु भयो । उक्त विरोध कार्यक्रममा जिल्ला कार्यालय सदस्य क. थलप्रसाद देवकोटा “शुवर्ण” ले समेत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन जिल्ला कार्यालय सदस्य क. विनोद दहालले गनुर्् भएको थियो । विरोध कार्यक्रममा नेकपा – माओवादी –  जिन्दावाद ⁄ नयाँ जनवादी क्रान्ति – जिन्दावाद ⁄ सवैखाले अवसरवाद – मूर्दावाद ⁄ जस्ता  नारा लगाएदै जुलुल प्रदशन गरिएको थियो । 


नेकपा – माओवादीको एरिया नंं ९ को एरिया प्रशिक्षण सम्पन्न । 
२०७१ भाद्र ११ 
सिन्धुली 

नेपाल कम्युनिष्ट पार्टी – माओवादी एरिया नंं ९ को एरिया प्रशिक्षण कार्यक्रम भव्य ढंगले कमलामाई नगरपालीका सभागृहमा सम्पन्न गरिएको छ । उक्त प्रशिक्षण कार्यक्रमको उद्धघाटन पार्टीका केन्द्रीय उपाध्यक्ष क. गौरबले गर्नु भयो । हामी जनवादी क्रान्तिको तयारीमा छौ, अपुरो रहेको जनवादी क्रान्तिलाई पुरा गर्नु पर्ने दायीत्व हाम्रो पार्टीको काधमा आएको छ, त्यसैले सम्पूर्ण पार्टी सदस्यहरु एकतावद्ध भएर जानु पर्ने कुरा राख्नु भयो, नव संशोधनवादीहरुसँग सम्वन्ध विच्छेद गरिसके पछि नयाँ ढंगले संगठनात्मक योजनामा लागेको कुरा बताउदै एमाओवादीसग अहिलेकै अवस्थामा कुनै पनि हालतमा पार्टी एकता नहुने भन्दै एमाओवादीले देशव्यापी रुपमा छरेको भ्रममा नपर्न सवैलाई आव्हान गर्नु भयो, हामीले एकताका लागि ६ बुँदे प्रस्ताव राखेका छौ त्यसलाई नमाने सम्म हामी पार्टी एकता गर्दैनौ, बरु नेकपा (एकीकृत), क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालसँग पार्टी एकताको सकरात्मक वार्ता चलेको र उनिहरुसँग पार्टी एकता हुने  बताउनु भयो । यसै सन्दर्भमा प्रमुख अतिथि क. गौरबले एमाओवादी धेरै विग्रीसकेको छ, त्यसको नेतृत्व प्रचण्ड र बाबुरामहरु नव संशोधनवादी धरातलमा पुगेकाले एकताको लागि उनिहरु धेरै सच्चिनु पर्ने कुरा बताउनु भयो । 

पार्टीले विभिन्न चरणका कार्यक्रमहरु सहित अहिले देशव्यापी रुपमा प्रशिक्षण संचालन गर्दै आएको छ, यो पनि हामीले संचालन गर्ने आन्दोलनको तयारी हो भन्दै, यो सरकार र संविधानसभाले जनताको पक्षमा संविधान बनाउन नसक्ने दावी गर्नु भयो । जनताको अधिकार सुनिश्चित नहुने संविधान हामीलाई मान्य हुने छैन । यदी हामीले अघि सारेका मागहरुलाई सुनिदैन भने, त्यसले आन्दोलनलाई झनै मलजल गर्नेछ, नयाँ जनवादी क्रान्तिको आधारलाई झनै नजिक्याउने छ त्यसैले हाम्रो पार्टी ठुलो आन्दोलनको तयारीमा लागेको ले सम्पूर्ण पार्टी सदस्यहरु योजनावद्ध ढंगले लाग्नु पर्ने कुरा प्रशिक्षण मन्तव्य दिदै क. गौरबले बताउनु भयो । 

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला सेक्रेटरी क. चिरन पुनले ताम्सालिङ राज्य र सिन्धुली जिल्लाको पार्टीको कामको योजनाको बारेमा प्रशिक्षण दिनु भयो । नवसंशोधनवादी कित्तामा यतिवेला ठुलो खैलाबैला छ, संशोदनवादी र अवसरवादी कित्ताको समेत यतिवेला कमजोर अवस्था भएकोले  हामी झनै योजनावद्ध काममा लाग्नु पर्ने कुरा बताउनु भयो । पार्टी संगठन, जबस÷मोर्चा, संघर्षको आन्तरिक तथा वाह्यकामहरुलाई तालमेल मिलाउदै अघि बढ्नु पर्ने कुरा राख्नु भयो । 

शहीदहरु प्रति १ मिनेट मौन धारण गरी शुरु गरिएको एरिया प्रशिक्षण जिल्ला समिति सदस्य तथा एरिया सेक्रेटरी क. शुवास रायमाझी को अध्यक्षता र स्वागत एरिया समिति सदस्य क. मुकुन्द विकले गर्नु भएको थियो भने कार्यक्रमको संचालन जिल्ला समिति सदस्य क. हरी बस्नेतले गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रम एरिया नं. ९ अन्तरगतका नगरपालीका र गाविसबाट सदस्यकामरेडहरुको उत्साहजनक उपस्थिति रहेको थियो । 

नेकपा – माओवादी 
सिन्धुली । 
२०७१ भदौ ११ । 



Saturday, August 23, 2014

के गर्नु शुभकामना दिनै पर्यो ,,,,
जनताको लागि शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा भनेको “आकाशको फल आखाँ तरी मर”  हुने भयो,,,,,, राज्य सत्ता दलाल नोकरशाह तथा पुजिपति बर्गको हातमा छ,,,,, ।
श्री उच्च मावि, पुरानो झागाझोली सिन्धुली ।





Sunday, August 17, 2014

प्रेश विज्ञप्ती


२०७१ भाद्र २

नेपाल कम्युुनिष्ट पार्टी – माओवादी जिल्ला समिति सिन्धुलीको पाचौ पूर्ण बैठक मिति २०७१ श्रावण ३०, ३१ र भाद्र १ गते जिल्ला सदरमुकाम सिन्धुलीमा केन्द्रीय सदस्य तथा ताम्सालिङ्ग राज्य संयोजन समितिका ईन्चार्ज क. सुर्यप्रकाश सुवेदी “पथिक”, केन्द्रीय सदस्यद्धय क. “सन्ध्या”,  र क. “अनिल” को विशेष उपस्थितिमा  केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनको अध्यक्षतामा सम्पन्न भयो । बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरु गरेको छ । जानकारीको लागि यो प्रेश विज्ञप्ती जारी गरिएको छ । 

१. सर्वपथम ज्ञात अज्ञात वीर शहीदहरु्र प्रति हार्दिक श्रद्धान्जली सहित पाचौं पूर्ण बैठकको शुभारम्भ गरियो ।
२. बैठकको प्रारम्भमा केन्द्रीय सदस्य तथा ताम्सालिङ्ग ईन्चार्ज क. “पथिक” ले प्रशिक्षणात्मक मन्तव्य राख्नु भयो ।
३. मिति २०७१ साल असार १८ देखि श्रावण ५ गते सम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठक र मिति २०७१ श्रावण २० गते बसेको ताम्सालिड. राज्य संयोजन समितिको बैठकको निर्णय, दिशा निर्देश र सिन्धुली जिल्लाको अवस्थालाई समेत दृष्टीगत गरी केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनले आगामी कार्ययोजना सम्वन्धि प्रस्ताव पेश गर्नु भई बैठकले व्यापक छलफल पश्यात यस प्रकार निर्णयहरु गरियो ।
४. संघर्षको कार्यक्रम अन्तरगत ः जिल्लामा हुने भ्रष्टाचार र अनियमितता, सरकारी कार्यालयहरुमा हुने ढिलासुस्तीहरु, विकाश निर्माणमा हुने अनियमिता र भ्रष्टाचारहरु, बन तस्करीहरुबाट अनियमित बन फडानी,  अनियमित ढुङ्ग्गा, गिट्टी, बालुवा निकाशी, गाविस सचिवहरुको सदरमुकाम केन्द्रीत गतिवधी, जलविद्युत परियोजनामा विस्तारवादी हस्तक्षेप, भारतीय दलालहरुले ओगटेर राखेका आयोजनाहरुको खारेजी, विभिन्न खानी उद्योगहरुमा  भारतीय हस्तक्ष्ँेप, भारतीय नं. प्लेटका गाडिको बेरोकतोक सवारी, तरकारी, माछा, अण्डा जस्ता वस्तुहरुको निकाशी, भारतीय दुतावासको तर्फबाट सिधै लगानी गरिएका आयोजनाहरुको रोक, भारतीय चिन्ह र पहिचानहरु, शिक्षा, स्वाथ्यमा भएको सरकारको भ्रष्ट अनियमितता, भारतीय विस्तारवादको चौथर्फी हस्तक्षेपको अन्त्य, असमान सन्धी संझौताहरुको विरुद्ध र जन संविधानको निर्माणका विषयमा दबाबमुलक संघर्षका आवश्यक कार्यक्रमहरुको ठेगान गरिएको छ ।

५. संगठनात्मक काम अन्तरगत, एरिया समितिहरुको गठन पुर्नगठन, पार्टीको आवश्यक गाउ समितिहरुलाई गठन पुर्नगठन, सवै पार्टी सदस्यहरुलाई अनिवार्य पार्टीको कुनै न कुनै समितिमा तत्काल आवद्ध, नया सदस्यता दिने कार्यलाई निरन्तरता, पार्टीको एरिया र गाउ सम्पर्क कार्यालयहरुको व्यवस्थापन,  प्रशासनिक क्षेत्रको काममा जनताको पक्षमा हस्तक्ष्ँेपपूर्ण भुमिका आदी जस्ता कार्यक्रमहरु बारे आवश्यक निर्णयहरु गरिएको छ ।
६. पाचौं पूर्ण बैठकमा संयुक्त जन समिति, युवा मोर्चा, जबस ÷ मोर्चाहरुको कार्यक्रम, ३३ दलीय राष्ट्रिय मोर्चा, नेपाल र ५ दलीय कार्यगत एकता समिति सग सम्वन्धित विषयहरुमा समेत आवश्यक निर्णयहरु गरिएको छ ।
७. बैचारिक तथा राजनैतिक काम अन्तरगत ः जिल्ला, एरिया, गाउ, टोल स्तरको प्रशिक्षण कार्यक्रम, एरिया तथा गाउ समितिका सेक्रेटरीहरुको प्रशिक्षण र पार्टीको तर्फबाट प्रशासनिक क्षेत्रमा काम गर्ने प्रतिनिधीहरुको प्रशिक्षण, जिल्ला पार्टीको आयोजनामा राष्ट्रिय स्वाधीनताको रक्षा सम्वन्धित बृहत अन्तरक्रिया कार्यक्रमहरु जस्ता विभिन्न कार्यक्रमको निर्धारण गरिएको छ ।
८. रिक्त रहेको जिल्ला समितिको सदस्य पदमा क. किरण जिम्वा, क. पदम शंकर सुनुवार, क. भेषबहादुर कार्की, क. लोकबहादुर थापा लाई पतपुर्ति गरिएको छ ।
९. जिल्ला कार्यालयका सदस्य कामरेडहरुको जिम्मेवारीमा आवश्यक हेरफेर गर्नुका साथै, क. लिला पौडेल प्रमुख र क. मदन बराल “नविन”, क. किरण राई रहनु भएको ३ सदस्यीय स्कुलिङ्ग विभाग र क. दयाराम रन्जितकार प्रमुख रहनु भएको ३ सदस्यीय अनुशासन आयोगको समेत गठन गरिएको छ ।
१०. क. हिरा बस्नेत लाई एरिया नं. ७ को सेक्रेटरी र क. भेषबहादुर कार्की लाई एरिया नं. २ को सेक्रेटरीको जिम्मेवारी दिईएको छ । जिल्ला देखि गाउ स्तरका प्रशासनिक कामहरुलाई व्यवस्थित बनाउन क. डम्मर कार्कीको संयोजकत्वमा क. हरी बस्नेत र कार्यालय सेक्रेटरी क. मनु अछामी रहनु भएको ३ सदस्यीय समितिको गठन गरिएको छ ।
क्रान्तिकारी अभिवादन सहित,

चिरन पुन
 सेक्रेटरी

Wednesday, August 6, 2014




शहीद परिवारहरुलाई सम्मान कार्यक्रम बेनि बजार म्याग्दी ।
नेपालमा के छ रु के छैन रु
मोदीको अर्तिवुद्धिले अबत नेपाली ऐजेण्टहरुको वुद्धिको विर्को खुल्यो कि रु
हा,,,, हा,,,,,,,,,,,,,,,,,,,,, हा,,,,,,,,,,,,,,,,,,,,,,,,,,, ।




नेपाल कम्युनिष्ट पार्टी – माओवादी ताम्सालिङको राज्य स्तरीय प्रशिक्षण कार्याक्रम ऐतिहाँसिक ढंगले सम्पन्न । अध्यक्ष क। किरण, उपाध्यक्ष क। गौरब, महासचिव क। बादल, सचिवद्धय क। देब गुरुङ र क। विप्लवद्धारा प्रशिक्ष

ण, नेपालमा अपुरो रहेको क्रान्तिलाई पुरा गर्ने जिम्मेवारी हाम्रो पार्टीको काधमा आएको बताउदै त्यसलाई पुरा गर्न एकतावद्ध ढंगले लाग्ने प्रतिवद्धता । प्रशिक्षण कार्यक्रममा जिल्ला समिति सम्मका कामरेडहरुको सहभागीता .

Thursday, July 24, 2014

प्रेस विज्ञप्ति



२०७१ असार १८ गतेदेखि श्रावण ५ गतेसम्म कमरेड किरणको अध्यक्षतामा नेकपा–माओवादीको केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार समितिसहितको पूर्ण बैठक सम्पन्न भयो । बैठकमा लिइएका आवश्यक महत्वपूर्ण निर्णयहरुबारे प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक रुपमा जानकारी गराइएको छ । 

१। बैठकको प्रारम्भमा समग्र क्रान्ति, महान् जनयुद्ध र जनआन्दोलनहरुको प्रक्रियामा सहादत प्राप्त गर्नुभएका महान् अमर सहिदहरुप्रति एक मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो । 

२। केन्द्रीय समितिको बैठकमा अध्यक्ष क। किरणद्वारा “मालेमाको आलोकमा सङ्घर्षको कार्यदिशालाई समृद्ध बनाऔं १ पार्टीलाई एकताबद्ध तुल्याउँदै क्रान्तिको दिशामा दृढतापूर्वक अघि बढौं ११” शीर्षकमा राजनीतिक प्रस्ताव प्रस्तुत भयो । यस क्रममा सचिव क। विप्लवद्वारा “यथास्थितिमा क्रमभङ्गता, इतिहासको अपरिहार्य आवश्यकता” शीर्षक रहेको अर्को राजनीतिक प्रस्ताव प्रस्तुत भयो । 

३। उक्त दुवै राजनीतिक प्रस्तावहरुमाथि आवश्यक छलफल गरियो र तिनलाई पूर्ण बैठकमा प्रस्तुत गरी निष्कर्षमा पुग्नमा लागि आवश्यक प्रस्ताव तयार पारियो । 

४। यसै प्रक्रियामा केन्द्रीय समितिको पूर्ण बैठक सञ्चालन गरियो । 

५। केन्द्रीय समितिको पूर्ण बैठकमा उक्त दुवै दस्तावेजहरु र अन्य आवश्यक प्रस्तावहरु प्रस्तुत गरिए । उक्त सबै प्रस्तावहरुबारे निम्नानुसार निष्कर्षमा पुग्ने काम भएको छ ः
९क० सङ्घर्षको कार्यदिशाबारे प्रस्तुत दुवै राजनीतिक प्रस्तावहरुलाई तत्काल थाती राख्ने र सो विषयलाई एक वर्षभित्र महाधिवेशन सम्पन्न गरी समाधान गर्ने निर्णय लिइयो । 
९ख० अध्यक्ष क।किरणद्वारा प्रस्तुत राजनीतिक प्रस्तावका बाँकी विषयलाई आवश्यक संशोधन तथा परिमार्जनसहित संक्षिप्त राजनीतिक प्रतिवेदन पारित गरियो । 

९ग० पार्टीलाई अझै एकताबद्ध तथा अनुशासित तुल्याउने, अन्तःसङ्घर्षलाई स्वस्थ तथा मैत्रीपूर्ण रुपमा सञ्चालन गर्ने र जनवादी केन्द्रीयताको स्थापित मान्यताप्रति प्रतिबद्ध रहने निर्णय लिइएको छ ।

६। उक्त संक्षिप्त राजनीतिक प्रतिवेदनमा मूलतः निम्न विषयलाई समावेश गरिएको छ ः
आज विश्वमा आर्थिक, राजनीतिक, सामाजिक, सामरिक र सांस्कृतिक क्षेत्रमा साम्राज्यवादी भूमण्डलीकरणको प्रक्रिया तीव्र रुपमा बढ्दै गएको छ र यस प्रक्रियामा अमेरिकी साम्राज्यवादकै वर्चस्व कायम रहिआएको छ । परन्तु, यति भएर पनि अहिले दुई तथा बहुध्रुवीय शिविरका बीचको अन्तर्विरोधसमेत तीव्र बन्दै जान थालेको छ । आज विश्वमा अमेरिकी साम्राज्यवादको विरोध र राष्ट्रिय मुक्ति आन्दोलनका साथै समाजवादको क्षेत्रमा वैचारिक पक्षमा विभिन्न गतिविधिहरु विकसित हुँदै आएका छन् र विभिन्न प्रकारका प्रतिरोध आन्दोलन तथा विभिन्न देशमा सशस्त्र सङ्घर्ष पनि विकसित हुँदै गएका छन् । 

दक्षिण एसियाली क्षेत्रमा भारतीय विस्तारवादी उत्पीडन बढ्दै गएको छ र भाजपाजस्तो साम्प्रदायिकतावादी शक्ति सरकारमा आएको छ । यसबाट एकातिर त्यसको नेपालमा थप नकारात्मक प्रभाव पर्ने र अर्कोतिर यस क्षेत्रमा अमेरिकी साम्राज्यवादको प्रभाव अझै फैलने प्रबल सम्भावना देखिन्छ ।

आज नेपाल विस्तारवादी तथा साम्राज्यवादी नवऔपनिवेशिक उत्पीडन र निजीकरण तथा उदारीकरणको भयावह दलदलमा भासिन पुगेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या झनै विकराल बन्दैगएका छन् । कथित दोस्रो संविधानसभामार्फत् जनताको संविधान बन्ने कुनै आशा तथा अपेक्षा गर्न सकिंदैन र देशमा प्रतिक्रान्ति अत्यन्तै प्रबल बन्दैगएको छ ।

नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यमा आधारित रही तात्कालिक राजनीतिक कार्यनीतिका रुपमा नयाँ राष्ट्रिय राजनीतिक सहमतिको निर्माण, संविधानसभाको विघटन, सर्वपक्षीय राजनीतिक सभाको गठन, राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निर्माण, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका जल्दाबल्दा समस्याको समाधानजस्ता विषयलाई तात्कालिक राजनीतिक कार्यनीतिका रुपमा लिइएको छ । 

संयुक्त मोर्चा तथा कार्यगत एकताको क्षेत्रमा संयुक्त जनसमितिको निर्माण तथा परिचालन गर्ने, तेत्तीस दलीय मोर्चामा क्रियाशील रहने, पाँच दलीय कार्यगत एकतालाई व्यवस्थित तथा सक्रिय तुल्याउने, संघीयतापक्षधर शक्तिहरुसित मोर्चा बनाउन प्रयत्न गर्ने, देशभक्त वा राष्ट्रवादी शक्तिहरुसित पनि सहकार्यका लागि पहल गर्ने कुरा उल्लेख गरिएका छन् ।

७। महासचिव क। बादलद्वारा सङ्गठन र सङ्घर्षसम्बन्धी तात्कालीन सङ्क्रमणकालीन योजना प्रस्तुत गरियो र आवश्यक संशोधन तथा परिमार्जनसहितको योजना पारित भयो । जसमा सिसिएम लगायत सबै आवश्यक कमरेडहरुको कार्यविभाजन, बैठक तथा प्रशिक्षण आदिका साथै वर्गसङ्घर्ष, राष्ट्रिय स्वाधीनताका लागि सङ्घर्ष र जनप्रतिरोध सङ्घर्षलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने, ग्रामीण क्षेत्रमा जनसेवा, विकास निर्माणका काम गर्ने तथा त्यसका लागि जनपरिचालन गर्ने, जनताको संघीय गणतन्त्रमा आधारित जनसंविधानको अन्तर्वस्तुसम्बन्धी पार्टी नीति सार्वजनिक गर्ने, सर्वपक्षीय राजनीतिक सभालगायतका विषयलाई सशक्त रुपमा उठाउने आदि विषय सम्मिलित रहेका छन् ।

८। समसामयिक विषयहरुमा निम्नलिखित प्रस्ताव पारित गरिएको छ ः 
१। हालै इजरायली विस्तारवादद्वारा प्यालेस्टाइनको सार्वभौमिकतामाथि निर्लज्ज हस्तक्षेप तथा बर्बर सैनिक आक्रमण गरी प्यालेस्टाइनी जनताको नरसंहार गरेकोमा त्यसको जोडदार विरोध तथा भत्र्सना गर्ने । 

२। भारतीय विस्तारवादद्वारा नेपालको जलस्रोतमाथि एकाधिकारवादी हैकम कायम गर्नका लागि गरिएका विविध काम तथा गतिविधिहरुको कडा विरोध तथा भत्र्सना गर्ने । 

३। देशमा चरम रुपमा बढ्दै गएको महङ्गी, भ्रष्टाचार, तस्करीको दृढ विरोध गर्दै तिनको नियन्त्रणको लागि सरकारसित जोडदार माग गर्ने । 

४। कृषिजन्य खाद्य पदार्थमा हुँदै आएका विषादि प्रयोगको नियन्त्रण गर्न र किसानहरुका लागि कृषि मल, बिउ, विजनको समयमै सर्वसुलभ रुपमा उपलब्ध गराउन जोडदार माग गर्ने ।

मिति ः– २०७१ साउन ७ गते


क रामबहादुर थापा ‘बादल’                                                                      क मोहन वैद्य ‘किरण’
महासचिव                                                                                                     अध्यक्ष

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।