Wednesday, August 27, 2014

माओवादीको आयोजनामा विरोध कार्यक्रम सम्पन्न, दलालहरुलाई आन्दोलनले तह लगाएने क. गौरबको दावी ।





नेपाल कम्युनिष्ट पार्टी – माओवादी जिल्ला समिति सिन्धलीको आयोजनामा कमलामाई नगरपालीकाको लोकतान्त्रीक चोकमा विरोध कार्यक्रम सम्पन्न गरिएको छ । उक्त विरोध कार्यक्रमलाई संवोधन गर्दै नेकपा – माओवादीका केन्द्रीय उपाध्यक्ष क. गौरबले यो कथित संविधानसभाले जनताको संविधान बनाउन सक्दैन, जनतालाई मान्य नहुने संविधान माओवादीलाई समेत मान्य नहुने बताउदै यदि जनताका भावनालाई पेलेर जनविरोधी संविधान घोषणा गरे तत्काल त्यो संविधान जलाएर आन्दोलनमा जाने कुराको दावी गर्नु भयो । पार्टीले अघि सारेको न्यायोचित मागहरुलाई बेवास्था गरे दलालहरुलाई आन्दोलनले तह लगाउने कुरा राख्नु भयो । 

हामी गोलमेच सम्मेलनको माध्यमवाट देशको निकाशको लागि तयारी रहेको कुरा बताउदा बताउदै वर्तमान सरकारले हाम्रो कुरा नसुनेको सन्दर्भ उल्लेख गर्नु भयो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न समेत अत्यन्त जटिल बनेको र संसदवादी दलहरु जनताका मागहरुलाई वेवास्था गर्दै अघि बढेको कुरा गर्नु भयो । हामी ठुलो आन्दोलनको तयारीमा भएकोले त्यसलाई साथ दिन सवै जनसमुदायलाई अव्हन गर्नु भयो । उक्त विरोध कार्यक्रममा जिल्ला कार्यालय सदस्य क. थलप्रसाद देवकोटा “शुवर्ण” ले समेत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन जिल्ला कार्यालय सदस्य क. विनोद दहालले गनुर्् भएको थियो । विरोध कार्यक्रममा नेकपा – माओवादी –  जिन्दावाद ⁄ नयाँ जनवादी क्रान्ति – जिन्दावाद ⁄ सवैखाले अवसरवाद – मूर्दावाद ⁄ जस्ता  नारा लगाएदै जुलुल प्रदशन गरिएको थियो । 


नेकपा – माओवादीको एरिया नंं ९ को एरिया प्रशिक्षण सम्पन्न । 
२०७१ भाद्र ११ 
सिन्धुली 

नेपाल कम्युनिष्ट पार्टी – माओवादी एरिया नंं ९ को एरिया प्रशिक्षण कार्यक्रम भव्य ढंगले कमलामाई नगरपालीका सभागृहमा सम्पन्न गरिएको छ । उक्त प्रशिक्षण कार्यक्रमको उद्धघाटन पार्टीका केन्द्रीय उपाध्यक्ष क. गौरबले गर्नु भयो । हामी जनवादी क्रान्तिको तयारीमा छौ, अपुरो रहेको जनवादी क्रान्तिलाई पुरा गर्नु पर्ने दायीत्व हाम्रो पार्टीको काधमा आएको छ, त्यसैले सम्पूर्ण पार्टी सदस्यहरु एकतावद्ध भएर जानु पर्ने कुरा राख्नु भयो, नव संशोधनवादीहरुसँग सम्वन्ध विच्छेद गरिसके पछि नयाँ ढंगले संगठनात्मक योजनामा लागेको कुरा बताउदै एमाओवादीसग अहिलेकै अवस्थामा कुनै पनि हालतमा पार्टी एकता नहुने भन्दै एमाओवादीले देशव्यापी रुपमा छरेको भ्रममा नपर्न सवैलाई आव्हान गर्नु भयो, हामीले एकताका लागि ६ बुँदे प्रस्ताव राखेका छौ त्यसलाई नमाने सम्म हामी पार्टी एकता गर्दैनौ, बरु नेकपा (एकीकृत), क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालसँग पार्टी एकताको सकरात्मक वार्ता चलेको र उनिहरुसँग पार्टी एकता हुने  बताउनु भयो । यसै सन्दर्भमा प्रमुख अतिथि क. गौरबले एमाओवादी धेरै विग्रीसकेको छ, त्यसको नेतृत्व प्रचण्ड र बाबुरामहरु नव संशोधनवादी धरातलमा पुगेकाले एकताको लागि उनिहरु धेरै सच्चिनु पर्ने कुरा बताउनु भयो । 

पार्टीले विभिन्न चरणका कार्यक्रमहरु सहित अहिले देशव्यापी रुपमा प्रशिक्षण संचालन गर्दै आएको छ, यो पनि हामीले संचालन गर्ने आन्दोलनको तयारी हो भन्दै, यो सरकार र संविधानसभाले जनताको पक्षमा संविधान बनाउन नसक्ने दावी गर्नु भयो । जनताको अधिकार सुनिश्चित नहुने संविधान हामीलाई मान्य हुने छैन । यदी हामीले अघि सारेका मागहरुलाई सुनिदैन भने, त्यसले आन्दोलनलाई झनै मलजल गर्नेछ, नयाँ जनवादी क्रान्तिको आधारलाई झनै नजिक्याउने छ त्यसैले हाम्रो पार्टी ठुलो आन्दोलनको तयारीमा लागेको ले सम्पूर्ण पार्टी सदस्यहरु योजनावद्ध ढंगले लाग्नु पर्ने कुरा प्रशिक्षण मन्तव्य दिदै क. गौरबले बताउनु भयो । 

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला सेक्रेटरी क. चिरन पुनले ताम्सालिङ राज्य र सिन्धुली जिल्लाको पार्टीको कामको योजनाको बारेमा प्रशिक्षण दिनु भयो । नवसंशोधनवादी कित्तामा यतिवेला ठुलो खैलाबैला छ, संशोदनवादी र अवसरवादी कित्ताको समेत यतिवेला कमजोर अवस्था भएकोले  हामी झनै योजनावद्ध काममा लाग्नु पर्ने कुरा बताउनु भयो । पार्टी संगठन, जबस÷मोर्चा, संघर्षको आन्तरिक तथा वाह्यकामहरुलाई तालमेल मिलाउदै अघि बढ्नु पर्ने कुरा राख्नु भयो । 

शहीदहरु प्रति १ मिनेट मौन धारण गरी शुरु गरिएको एरिया प्रशिक्षण जिल्ला समिति सदस्य तथा एरिया सेक्रेटरी क. शुवास रायमाझी को अध्यक्षता र स्वागत एरिया समिति सदस्य क. मुकुन्द विकले गर्नु भएको थियो भने कार्यक्रमको संचालन जिल्ला समिति सदस्य क. हरी बस्नेतले गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रम एरिया नं. ९ अन्तरगतका नगरपालीका र गाविसबाट सदस्यकामरेडहरुको उत्साहजनक उपस्थिति रहेको थियो । 

नेकपा – माओवादी 
सिन्धुली । 
२०७१ भदौ ११ । 



No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...