Thursday, March 29, 2012

संयुक्त राष्ट्रिय जनआन्दोलन समिति, नेपालको नीति र कार्यक्रम




राष्ट्रियता, जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान, शान्ति एवं जनजीविकाका निम्ति र सामाजिक विकृति एवं भ्रष्टाचारका विरुद्ध सम्पूर्ण प्रगतिशील, देशभक्त, गणतन्त्रवादी एवं संघीयताका पक्षधर शक्तिहरु एकजुट होऔं πजनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संंविधानका निम्ति संघर्ष गरौं π।

नेपाली समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लैगिक उत्पीडन, अन्याय, अत्याचार, शोषण, दमन, भेदभाव व्याप्त छन् र जनता यी सबैबाट मुक्ति चाहन्छन् र निरन्तर संघर्षरत छन् । त्यसैले, मुलुकमा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजाति, थारु, दलित, महिला, मुस्लिम आदि आन्दोलनहरु हुँदै आएका छन् । त्यसैको फलस्वरुप देशमा केही वर्षदेखि शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रिया चलिरहेको छ । तर शान्ति प्रक्रिया धरापमा परेको छ भने संविधान लेखन कार्य अवरुद्धजस्तै छ । सिंगो देश गम्भीर राजनीतिक एवं आर्थिक संकटबाट गुज्रिरहेको छ र स्थिति निकै भयावह र विस्फोटक बन्दै गैरहेको छ ।

मुुलुकको सबै क्षेत्रमा वैदेशिक हस्तक्षेप र सीमा अतिक्रमण तीव्र गतिमा बढिरहेको छ । थुपै्र असमान सन्धिहरु यथावत् छँदैथिए, त्यसमाथि सरकारद्वारा थप राष्ट्रघाती सन्धिहरु गरिएका छन् । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता खतरामा परेको छ । संघीयता, जातीय÷क्षेत्रीय स्वायत्तता र स्वशासन, आत्म–निर्णयको अधिकार, विशेषाधिकार, समावेशीता र समानुपाँतिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, क्रान्तिकारी भूमिसुधार, न्यायप्रणाली, शिक्षा, स्वास्थ्य, आवास, खाद्यलाई मौलिक अधिकारअन्तर्गत पार्नु पर्नेजस्ता सबै महत्वपूर्ण एजेन्डाहरु रद्दीको टोकरीमा फालिने भएका छन् । पहिचानको आधारमा संघीय एकाइको निर्माणको सुझावको घोर विरोध गरिंदैछ र जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान नबन्ने निश्चितप्रायः देखिएको छ । यथास्थितिवादी तथा प्रतिक्रियावादी तत्वहरुले नयाँ संविधान निर्माण नगर्ने र पुरानै संविधानलाई ब्युँताउने षडयन्त्र गरिरहेका छन् । सेना समायोजनका नाममा अपमानित एवं आत्मसमर्पण गराउने काम भएको छ । भ्रष्टाचार सर्वत्र व्याप्त छ, आकाशिंदो महंगी, कृत्रिम अभाव, काला बजारी, तश्करी, बेरोजगारी, गुण्डागर्दी, बलात्कार, अपहरण, हत्या, हिंसा, असुरक्षा आदिले जनजीवन आक्रान्त बनेको छ ।

त्यसैले, राष्ट्रियता, जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान, शान्ति तथा जनजीविकाका निम्ति र भ्रष्टाचार एवं सामाजिक विकृतिहरुका विरुद्ध संयुक्त रुपमा र सशक्त प्रकारले संघर्ष गर्ने उद्देश्यले हामी निम्न राजनीतिक पार्टी तथा संगठनहरु संयुक्त राष्ट्रिय जनआन्दोलन समिति, नेपाल गठन गरिएको सगौरव घोषणा गर्दछौं र सम्पूर्ण प्रगतिशील, देशभक्त, गणतन्त्रवादी र संघीयताका पक्षधर शक्तिहरुसंग यस समितिमा गोलबन्द भै संघर्षमा सहभागी हुनुहुन हार्दिक अपील गर्दछौं ।
१) संयुक्त राष्ट्रिय जन–संघर्ष समिति क. सी.पी. गजुरेल संयोजक
२) नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क. मातृका प्रसाद यादव सदस्य
३) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) क. चिरन पुन सदस्य
४) क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल क. आङगामी सदस्य
५) संघीय लोकतान्त्रिक राष्ट्रिय मंच खगेन्द्र माखिम सदस्य
६) ताम्सालिङ नेपाल राष्टिय दल परशुराम तामाङ सदस्य
७) जनमुक्ति पार्टी, नेपाल अटलमान राई सदस्य
८) नेपाल नागरिक पार्टी राजकुमार लेखी सदस्य ९) अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) नगेन्द्र राई सदस्य
१०) आदिवासी जनजाति महासंघ (समाजवादी) रामसिंह लामा सदस्य
११ ) थारु म्ुक्ति संग्राम डा. ललन चौधरी सदस्य
१२) आदिवासी—जातीय—क्षेत्रीय महासंघ, नेपाल सुरेश आले मगर सदस्य

हाम्रा नारा एवं नीतिगत कार्यक्रमहरु —
१) राष्ट्रियतासम्बन्धी
क) सम्पूर्ण असमान सन्धिहरुको खारेजीको माँग गर्दै संघर्षलाई अघि बढाउने,
ख) सीमा अतिक्रमणको विरोध र भण्डाफोर गर्ने,
ग) सबै क्षेत्रमा भएका बाह्य हस्तक्षेपको विरोध र भण्डाफोर गर्ने,
घ) राष्ट्रिय हितविपरीत भएका माथिल्लो कर्णाली, पञ्चेश्वर परियोजना, कोशी उच्च बाँध, गण्डकलग जलश्रोतसम्बन्धी सम्पूर्ण असमान सन्धी–सम्झौताहरु तुरुन्त खारेज गरी नयाँ आधारमा पुनः सम्झौता गर्ने माग गर्दै संघर्ष गर्ने,
ङ) भारतसँग पहिल्यै सम्झौता भैसकेर पनि हालसम्म कार्यान्वयन नभै स्थगित रहेका असमान सन्धी–सम्झौताहरुलाई हालै उर्जा मन्त्रीले कार्यान्वयन गर्न गरेको सहमतिकोे भण्डाफोर गर्ने र त्यसलाई खारेज गराउन प्रयत्न गर्ने,
च) राष्ट्रघातीहरुको भण्डाफोर गर्ने,
छ) राष्ट्रियताको पक्षमा प्रभावकारी जागरण अभियान संचालन गर्ने ।

२) संविधानसम्बन्धीः
क) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानमा गणतन्त्र, संघीयता, आत्म–निर्णयको अधिकार, जातीय÷क्षेत्रीय स्वायत्तता र स्वशासन, पहिचानका आधारमा संघीय एकाइको निर्माण, धर्मनिरपेक्षता, विशेषाधिकार, समानुपाँतिक प्रतिनिधित्व र समावेशीताको ग्यारण्टी गराउन संघर्ष गर्ने,
ख) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका अन्तर्वस्तुको सूत्रीकरण र मूर्तिकरण गरी जनतामा प्रचार गर्ने,
ग) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानको पक्षमा २४० सै निर्वाचन क्षेत्रमा मतदाताहरुको हस्ताक्षर एकैसाथ संकलन गर्ने र उक्त हस्ताक्षर २०६९ जेठ १० गते संविधान सभाका अध्यक्षलाई बुझाउने,
घ) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान यही २०६९ जेठ १४ गतेभित्र अनिवार्य जारी गर्न दबाव दिने,
ङ) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानविरोधी र संघीयताविरोधीहरुको भण्डाफोर गर्ने,
च) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानको पक्षमा विविध प्रकारका प्रचारात्मक अभियान संचालन गर्ने ।

३) जनजीविकासम्बन्धीः
क) खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाउनका लागि संघर्ष गर्ने,
ख) अकाशिंदो मूल्यवृद्धि तथा कृत्रिम अभाव सिर्जना गर्नेहरुका विरुद्ध संघर्ष गनर्,े
ग) जनताका दैनिक आवश्यकताका वस्तुहरु उपलब्ध गराउन यथाशक्य प्रयत्न गनर्,े
घ) तश्कर, काला बजारीया, भ्रष्टाचारी, लागू पदार्थका कारोबार तथा महिला बेचबिखन गर्ने अपराधीहरुलाई कडा कार्वाही गराउन संघर्ष गर्ने,
ड) राष्ट्रिय स्तरका माफिया, तश्कर, भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने रकार्वाह ीगर्ने,
च) किसान, मजदूर, सुकुम्बासी, विद्यार्थी, शिक्षक, आदिवासी जनजाति, दलित, मधेशी, महिला, मुस्लिमलगायतका संगठन एवं समुदायहरुले चलाएका न्यायपूर्ण संघर्षको समर्थन गनर्,े
छ) जनतालाई निःशुल्क एवम् सहुलियतपूर्ण शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउनका लागि प्रयत्नशील रहने ।

ठोस कार्यक्रमहरुः संघर्षका कार्यक्रमहरु चैत, बैशाख र जेठमा ३ चरणमा सम्पन्न गरिनेछन् ।
१) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका पक्षमा
२४० वटै निर्वाचन क्षेत्रमा हस्ताक्षर अभियान आरम्भ — २०६८ चैत १८ गते
२) विशेष भित्तेलेखन — २०६८ चैत २० गते
३) सबै संविधान सभा सदस्य (५९८ जना) लाई जनताको संघीय, लोकतान्त्रिक,
गणतन्त्रात्मक संविधानका पक्षमा उभ्भिन अपील गर्दै ज्ञापनपत्र बुझाउने — २०६८ चैत २२ गते
४) सम्पूर्ण असमान सन्धिहरु जलाउने र राष्ट्र्रिय प्रतिरोध दिवसको रुपमा मनाउने । २०६८ चैत २४ गते
५) सबै निर्वाचन क्षेत्रमा जनगोष्ठी गर्ने — २०६८ चैत २७ गते
६) राष्ट्रघात, महगी, भ्रष्टाचार, कालाबजारी, हत्या, हिंसा, बलात्कार, अपहरण आदिका
विरुद्ध मशाल जुलुश — २०६८ चैत २९ गते
७) संविधान सभाभित्र र बाहिर विरोध प्रदर्शन गर्ने । — २०६८ चैत ३० गते

नोट—२०६९ बैशाख र जेठका कार्यक्रमहरु पछि नै क्रमशः सार्वजनिक गरिनेछन् ।
मिति ः २०६८ चैत १० गते शुक्रवार ।

Saturday, March 10, 2012

जन सुरक्षा दस्ताको नीतिगत प्रतिवद्धता बारे



अग्रगति साप्ताहिक
बर्ष ६, अंक २७
०६८ फगुन २५, विहिबार
काठमाण्डौं ।

चिरन पुन
विषय प्रवेश ः
यस भन्दा अघिको अंकमा जनसुरक्षा दस्ताको प्रस्तावना र उदेश्यको बारेमा संक्षीप्त चर्चा गरिएको थियो । अहिले यसको नीतिगत प्रश्नको बारेमा केन्द्रीत भईने छ । जन सुरक्षा दस्तालाई बुझ्न खोज्दा यसको नीतिगत प्रश्न र प्रतिवद्धतालाई हेर्न, बुझ्न र जान्न आवश्यक छ । जब हामी यसको नीतिगत प्रश्नको बारेमा हेर्छौ, छलफल गर्छौ र बुझ्छौ अनि मात्र हामी जनसुरक्षा दस्ता के हो ? यसलाई कुन नीतिगत प्रतिवद्धतामा संचालन गर्न खोजिएको छ ? यसको तत्कालिन तथा दिर्घकालिन दिशा निर्देशलाई के हो ? यसको उठान कहाँवाट भयो ? र गन्तव्य कहाँसम्मको हो ? भन्ने कुराको समग्र आकलन गर्न सकिने छ । जब हामी यी विषयवस्तुहरुलाई बुझ्ने छौ अनि मात्र हामी जनसुरक्षा दस्ताको बारेमा स्पस्ट हुने छौ । यसको गठनको महत्वलाई बुझ्ने छौ । यसको संचालनको आवश्यकतालाई आत्मसाथ गर्ने छौ ।

“हामी भन्दछौ, हाम्रो सदाचार सर्वहारावर्गको बर्ग संघर्षका हितहरुको पूर्णतः अधिनमा छ । हाम्रो सदाचार सर्वहारा बर्गको वर्ग संघर्षको हितहरुबाट नै उत्पन्न हुन्छ ।” यो कुरा क. लेनिनले “युवक संघका कार्यहरु” को बारेमा संकलित रचना, पाचौं संस्करण खण्ड ४१ मा बताउनु भएको थियो । निश्चय नै जनसुरक्षा दस्ताको सदाचार सर्वहारा बर्ग संघर्षको हितहरुको पूर्णत अधिनमा रहने छ । यसको संचालन र परिचालनको महत्व सर्वहारा बर्ग संघर्षको जगमा उभिने छ । यसलाई सर्वहारा बर्ग र बर्ग संघर्षको हितमा केन्द्रीत गरिने छ । ।

१. माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आत्मसाथ गर्ने नीति,
जन सुरक्षा दस्ताले माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आत्मसाथ गरेको छ । यसको दिशा निर्देशमा मात्र नेपालको क्रान्तिकारी आन्दोलन अघि बढ्न सक्छ भन्ने कुरालाई स्वीकार गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनको बैचारिक जग नै यहि सिद्धान्त थियो भन्ने कुरालाई हामी कसैले भुल्न हुदैन । जब आफुलाई कम्युनिष्ट भन्नेहरु क्रान्तिकारी आन्दोलनबाट गलत बाटोमा लाग्दछन अनि उनिहरुले क्रमश नीति र सिद्धान्तको कुरालाई छोड्दै जान्छन, र सुधारवादको बाटोमा लाग्दै जान्छन । आज नेपालको कम्युनिष्ट आन्दोलनमा पनि त्यहि भएको छ । क. पुष्पलालको नेतृत्वमा ०२५ सालमा माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आफ्नो मार्ग दर्शक सिद्धान्तको रुपमा स्वीकार गरेको थियो । त्यसैको जगमा उभिएको आजको एमाले त्यो नीति सिद्धान्तबाट पुरारुपमा विचलित भैसकेको छ र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको ठुलो अवरोधक र संशोधनवादी बाटोमा लागेको छ । त्यसै गरी ०२८ सालको केन्द्रीय न्युक्लसबाट अघि बढेको आजको एमाओवादीले पनि ०२८ सालमा केन्द्रीय न्युक्ल्सले स्वीकार गरेको मार्ग दर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद माओविचारधारालाई छोडेको छ । र त्यो पनि आज उग्रवामपथी भड्कावको बाटो हुदै दक्षिणपथी अवसरवादको दिशा समातेर कुदिरहेको छ । हामीले अर्को तथ्यलाई पनि भुल्नु हुदैन कि चिनमा समाजवादी क्रान्तिको सफलता पनि यहि मार्ग दर्शक सिद्धान्तको जगमा भएको थियो । त्यसैले आजको युग लेनिनवादको युग हो । एकातिर साम्राज्यवादी शक्तिहरु अर्कोतिर सर्वहारा बर्ग विचको अन्तरविरोधको युग हो । यो युगको सहि विचार माक्र्सवाद लेनिनवाद माओविचारधार नै हो । त्यसैले जन सुरक्षा दस्ताले यहि सैद्धान्तिक मार्ग दर्शनलाई आत्मसाथ गर्ने नीति लिएको हो ।

२. नयाँ जनवादी राज्यसत्ता स्थापनाको लागि कृयाशिल रहने नीति,
आज जनसुरक्षा दस्ताले नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापनालाई अनिवार्य ठानेको छ । त्यसैले नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ कृयाशिल रहने नीति लिएको हो । नयाँ जनवादी राज्यसत्ता बलप्रयोगको सिद्धान्तबाट लागु हुन्छ । जो सशस्त्र संघर्षको माध्यमबाट प्राप्त गरिन्छ । हतियारको विरुद्ध हतियार उचालेर यसको प्रतिवाद हुन्छ । आवश्यकता अनुशार गाँउले सहर घेर्ने नीति वा सहरिया जन विद्रोह यसका मापदण्डहरु हुन । नयाँ जनवादी राज्यसत्ताले नै हाम्रो देशको पुँजीको बिकासको ढोका खोल्न सक्छ भन्ने लागेको छ । त्यसैले नयाँ जनवादी क्रान्तिको बेला राष्ट्र्यि पुजिपतिहरुको पनि साथ समर्थन हुने हुन्छ । जुन क्रान्ति दलाल, नोकरशाह बर्ग र बैदेशिक हस्तक्षेपको विरुद्ध केन्द्रीत गरिन्छ । त्यसैले जनसुरक्षा दस्ता यो क्रान्तिको पक्षमा उभिने नीति लिएको हो । नयाँ जनवादी क्रान्तिको स्थापनार्थ मरिमेट्ने र कृयाशिल रहने नीति अवलम्वन गरिएको हो । एमाले र एमाओवादीको आजको संस्थागत विचारले यो क्रान्तिको आवश्यकतालाई बेवास्था गरेको छ । नयाँ जनवादी राज्यसत्ताको स्थापनाको महत्वलाई सुधारवादको खाल्डोमा लगेर पुरिदिएको छ । उनिहरुको यो बाटो संशोधनवादी बाटो हो । सुधारवादी बाटो हो । गैर कम्युनिष्ट बाटो हो । सामन्ती पुँजीवादी बाटो हो । त्यसको बारेमा आज पनि नेपाली जनतालाई स्पस्ट बनाउनु पर्दछ । भन्ने महत्वलाई आत्मसाथ गर्दै जनसुरक्षा दस्तालाई अघि बढाउने नीति लिईएको छ ।

३. सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्यसत्ता स्थापना गर्न प्रयत्नशिल रहने नीति,
सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्यसत्ताको स्थापनालाई जनसुरक्षा दस्ताले महत्वको साथ हेरेको छ । आज अनेकौ बुर्जुवा बर्गहरुले भन्ने गरेको पाईन्छ कम्युनिष्ट शासन मान्ने तर सर्वहाराबर्गको अधिनायकत्वलाई नमान्ने । त्यो भनेको कम्युनिष्ट राज्यव्यवस्था होईन, बुर्जुवा राज्यव्यवस्थालाई स्वीकार गर्ने भनेको अर्थमा बुझ्नु पर्दछ । जसको नेतृत्व कम्युनिष्टको नाममा बुर्जुवा अवसरवादी बर्गले गरेको हुन्छ । जसरी आज एमाले र एमाओवादीले देशको सरकार संचालन गरिरहेको छ । सर्वहारा बर्ग क्रान्तिको निर्णयक शक्तिहो किनकी, उनिहरुले गुमाउनु भन्ने केहि हुदैन । त्यसैले विश्व सर्वहारा बर्गका नेता कार्ल माक्र्स यहि कुरामा जोड दिदै भन्नु भएको थियो । “सर्वहारा बर्गले आफ्नो हातको हथकडी सिवाय गुमाउनु भन्ने केहि हुदैन, तर जित्नको लागि सारा संसार हुन्छ” जुन बर्गले क्रान्तिमा निर्णयक भुमिका खेल्दछ उनै बर्गलाई राज्यसत्तामा अधिनायकत्व लागु गर्न दिनु पर्दछ भन्ने हो । जो समाजमा सवै भन्दा उत्पीडित बर्ग पनि हो । जो समाजको सवैभन्दा श्रमजिवी बर्ग हो । आज सम्मको ईतिहासमा साम्राज्यवादी, विस्तारवादी र दलाल नोकरशाह, पुँजीवादी बर्गको संसार सिगार्ने बर्ग पनि यहि हो । जो उनिहरुकै बलमा टिकेका छन र उनिहरुलाई नै शोषण गरिरहेका छन । हो त्यसैले जनसुरक्षा दस्ताले त्यहि सर्वहारा बर्गको अधिकारलाई स्थापित गर्ने भनेको हो । राज्यसत्तामा उनिहरुकै अधिनायकत्व लाई स्वीकार मानेको हो ।

४. महान सर्वहारा साँस्कृतिक क्रान्तिको मुल्यमान्यतालाई आत्मसाथ गर्ने नीति,
हामी सवैलाई थाहा छ नयाँ जनवादी व्यवस्थाको विस्थापन समाजवादी व्यवस्थाले गर्दछ । नयाँ जनवादी व्यवस्था भनेको पुजिवादी व्यवस्थानै हो मात्र त्यहाँ सर्वहारा बर्गको अधिनायकत्व हुन्छ । त्यसैले नयाँ जनवादी राज्यव्यवस्था स्थापना हुने बेला देखिनै साँस्कृतिक क्रान्तिलाई पनि सँगै लैजानु पर्दछ । जन सम्म नयाँ जनवादी क्रान्तिको चरणसँगै सर्वहारा साँस्कृतिक क्रान्तिको महत्वलाई बुझ्दैनौ, त्यो नै प्रतिक्रान्तिको जग बन्न जान्छ । आज विश्व स्तरमा ठुला ठुला प्रतिक्रान्ति हुनु भनेको पनि सर्वहारा साँस्कृतिक क्रान्तिको महत्वलाई नवुझ्नु, वा अवलम्वन गर्न नसक्नु, वा त्यस तर्फ ध्यान नदिनु, वा त्यसलाई वेवास्था गर्नु नै हो । त्यसैले चिनमा सन् १९४९ मा समाजवादी व्यवस्था स्थापना भई सकेर पनि सन् १९६६ देखि ७६ सम्म १० बर्ष महान सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गरिएको थियो । यद्धपी प्रतिक्रान्तिकारीहरुले त्यसलाई कालो दशक भने । त्यसको अवमुल्यन गरे । आज नेपालकै सन्दर्भलाई हेर्न सकिन्छ जुन पार्टीले आफ्नो यात्रा चरम संशोधनवाद तर्फ चलाईरहेका छन तिनैहरुले सर्वहारा साँस्कृतिक क्रान्तिको मुल्य र मान्यतालाई विरोध गरिरहेका छन । त्यसको महत्वलाई बेवास्था गरिरहेका छन । यो परिवेशमा जनसुरक्षा दस्ताले महान सर्वहारा साँस्कृतिक क्रान्तिको मुल्य मान्यतालाई आत्मसाथ गर्ने नीति लिएको हो ।

५. स्वयम्लाई सर्वहारा विश्व दृष्टीकोणले लैस बनाउने नीति,
जनसुरक्षा दस्ता आफै सर्वहारा बर्गको पक्षपाती भएको कारणले गर्दा आफैलाई सर्वहारा विश्व दृष्टिकोणले लैस बनाउनु पर्ने नीतिलाई आत्मसाथ गरेको छ । जबसम्म हामी हाम्रा दृष्टिकोणलाई सर्वहारा बर्गिय बनाउन सकिदैन, तबसम्म हामीले समाज रुपान्तरणको निर्णयक भुमिका खेल्न पनि सकिदैन । ऐतिहाँसिक तथा द्धन्दात्मक भौतिकवादी नीति नै सर्वहारा विश्व दृष्टिकोणको जग हो । त्यसैले ऐतिहाँसिक तथा भौतिकवादी विश्व दृष्टिकोणलाई बुझ्नु, जान्नु र जिवन दर्शनको रुपमा लिनुले नै आजको सर्वहारा विश्व दृष्टिकोणको दिशा निर्देश हो । अध्यात्मकवादी सामन्ती, पुजिवादी चिन्तन प्रणालीलाई जरै बाट निमूर्ल पार्न सवैले जोडबल लगाउनु पर्दछ । त्यसका आधारहरु पुरै भत्काउन कोशिस गर्नै पर्दछ । त्यसैले जनसुरक्षा दस्तालाई सर्वहारा विश्व दृष्टिकोणबाट लैस बनाउने मात्र होईन त्यसको प्रवत्ताको भुमिका खेल्न सक्ने बनाउनु हो ।

६. अनुशासित र मिलिटेन्ट हुनु, हरेक काम, जिम्मेवारी र दायीत्वलाई पुरा गर्न सक्रिय हुने नीति,
जनसुरक्षा दस्ताले कम्युनिष्ट पार्टीको आदेश पालन गर्नु छ । हरेक काममा निर्णयक भुमिका खेल्नु छ । जो हामी भन्दा शक्तिशाली देखिन्छन, आफुलाई बलशाली ठान्दछन, हतियारद्धारा लैस छन उनिहरुलाई हामीले चुनौति दिनु छ । त्यतिमात्र हैन उनिहरुलाई परास्त गर्नुछ । त्यसको लागि अनुशासित र मिलिटेन्ट हुनु अनिवार्य छ । हरेक काममा जिम्मेवारी लिन सक्ने र आफ्नो दायीत्वलाई पुरा गर्न सक्ने हुनु छ । त्यसको लागि निश्चयनै सक्रिय हुन पर्दछ । अनुशासित, मिलिटेन्ट र सक्रियता नै निर्णायक आन्दोलनको हतियार हो । त्यसैले जनसुरक्षा दस्ता अनुशासित हुन चाहन्छ । आफुलाई मिलिटेन्ट बनाउन चाहन्छ । सक्रिय र जिम्मेवारी पुरा गर्न सक्ने हुन चाहन्छ । जुन सुकै निर्णायक आन्दोलनलाई पार लगाउन सक्ने बन्न चाहन्छ । यो आवश्यकतालाई आत्मवोध गर्दै अगाडि बढ्नु जनसुरक्षा दस्ताको नीति बन्ने छ ।

अन्त्यमा,
जनसुरक्षा दस्ताले हरेक समस्याहरुलाई गम्भिरतापूर्वक लिने र जिम्मेवारी पुरा गर्न प्रतिवद्ध हुनु पर्ने पनि आवश्यकता छ । हामी सापेक्षीत रुपले तयारीमा गम्भिर बन्नु र रणनैतिक रुपले शत्रुलाई हेप्ने नीति अवलम्वन गर्न सक्नु पर्दछ । आफैमा कमजोर मनोवलले हामीलाई पक्कै पनि हाम्रो योजनालाई पुरा गर्न दिने छैन । निरपेक्ष रुपले शत्रुलाई पराजित गरी विजय प्राप्त गर्ने कुरामा दृढ बन्नु र विश्वासका साथ काममा समर्पित रहनुले नै जनसुरक्षा दस्ताको भुमिकालाई पुरा गर्न सक्ने छौ । जनतामा भर पर्नु, जनतालाई विश्वास गर्नु र आफ्ना सवै कामहरुमा जननीति अवलम्वन गर्नु हाम्रो केन्द्रीय अहम महत्वको विषय बनाउनु पर्नेछ । यो नै आज जनसुरक्षा दस्ताले अवलम्वन गर्ने नीतिगत प्रतिवद्धतालाई आत्मसाथ गर्ने कुरामा कटिवद्ध र प्रतिवद्ध बनौ ।

धन्यवाद ।

Wednesday, February 29, 2012

जनसुरक्षा दस्ताको प्रस्तावना र उदेश्य बारे

अग्रगति साप्ताहिक
बर्ष ६, अंक २६,
२०६८ फगुन १८ विहिबार ।
काठमाडौ ।


चिरन पुन
प्रारम्भ ः
“बर्गहरु संघर्ष गर्छन, केहि बर्ग विजय पाउछन, अरुहरु निर्मुल हुन्छन । ईतिहास यस्तै छ, सभ्यताको हजारौ बर्षको ईतिहास यस्तै छ ।” क. माओले १४ अगष्ट १९४९ मा “भ्रमहरुलाई मिल्काउ, सघर्षको तयारी गर,” भन्ने सन्दर्भमा यो कुरा बताउनु भएको थियो । यो सत्य हो कि बर्गहरु बारम्वार संघर्र्ष गर्दै आईरहेका छन । समाज विकाश क्रममा एउटा बर्ग र अर्को बर्गको बीच निरन्तर संघर्षले नै समाज अगाडि बढिरहेको छ । आज पनि त्यो क्रम जारी छ । एकातिर दलाल, नोकरशाह, पुजिपति र सामन्तबर्गहरु आफ्नो निरन्तर चलिरहेको राज्यसत्तालाई कायम राख्न हर संभव कोशिस गरिहेका छन । फल स्वरुप नेपालमा आफ्नो अनुकुलको राज्यसत्ता आज सम्म टिकाईराख्न सफल पनि भएका छन । अर्कोतिर सर्वहारा बर्गले यो राज्यसत्तालाई खत्तम पार्न चाहन्छन । दलाल, नोकरशाह, पुजिपति र सामन्तबर्गहरुको हातमा रहेको राज्यसत्ता खोस्न चाहन्छन । यो लडाई हिज पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । । विश्व र नेपालमा पनि सहि क्रान्तिकारी शक्तिहरु तिनै सर्वहारा बर्गको राज्यसत्ता स्थापना गर्न लागि परेका छन । बसी खाने बर्गको हातमा रहेको राज्यसत्तालाई खोसेर गरिखाने बर्गको हातमा ल्याउनु सहि कम्युनिष्टहरुको उदेश्य केन्द्रीत छ । त्यसैको सफलताको लागि क्रान्तिकारीहरु लागि परेका छन । क्रान्तिकारीहरु त्यही उदेश्य पुरा गर्न लड्छन हार्छन, फेरी लड्छन फेरी पनि हार्छन, तर अन्त्यत क्रान्तिकारीहरु जित्छन भन्ने मान्यतालाई आत्मसाथ गर्दै जित्ने सहासका साथ लडाईका योजना बनाउछन र अगाडि बढ्छन यो क्रम अहिले पनि जारी छ । त्यसको सफलताको लागि सहि विचार, सहि क्रान्तिकारी पार्टी, सहि क्रान्तिकारी पार्टीको नेतृत्वमा सेना र सहि संयुक्त मोर्चाको आवश्यकता अनिवार्य रहन्छ । त्यसैले सहि क्रान्तिकारीहरु त्यसको निर्माणमा सधै गम्भिर बन्नु पर्दछ । त्यहि आधारलाई आत्मसाथ गर्दै नेपाल कम्यनिष्ट पार्टी (एकीकृत) ले आफ्नो नीति, योजना र कार्यक्रमलाई अगाडि सारेको छ । हामी हाम्रो नीतिमा स्पस्ट हुन चाहन्छौ । हामी हाम्रो कार्यक्रम र योजनाहरुमा पनि स्पस्ट हुन चाहन्छौ । हामी हाम्रा आगामी कार्यभारहरुमा स्पस्ट हुन चाहन्छौ । त्यसैले पार्टीले अगाडि सारेको जनसुरक्षा दस्ता, यसको प्रस्तावना र उदेश्यहरुमा पनि हामी एकरुपता र स्पस्टता हुन चाहन्छौं । यहि परिवेशमा जन सुरक्षा दस्ताको प्रस्तावना र उदेश्यहरुमा केन्द्रीत भएर केहि चर्चा गरिने छ ।

प्रस्तावना ः
जनसुरक्षा दस्ता माक्र्सवाद लेनिनवाद माओविचारधारको सिद्धान्तलाई आत्मसाथ गर्दछ । यसले नयाँ जनवादी क्रान्ति सन्पन्न गरी बैज्ञानिक समाजवाद र साम्यवादी समाजको स्थापना गर्ने उदेश्य लिएको छ । त्यहि उदेश्य पुरा गर्न यसको निर्माण र परिचालनमा जोड दिईएको हो । यो नेकपा (एकीकृत) को प्रत्यक्ष नेतृत्वमा संचालित विशेष सांगठनिक निकाय हो । नेकपा (एकीकृत) को एकताको सातौ महाधिवेशनद्धारा पारित नीति र केन्द्रीय समितिद्धारा गरिने निर्णयका आधारमा यसलाई परिचालन गरिने छ । जनसुरक्षा दस्तालाई सैद्धान्तिक हिसावले प्रखर बनाउनु, राजनैतिक हिसावले सक्षम बनाउनु र साँस्कृतिक हिसावले अगुवा बनाउनु हामी सवैको दायीत्व र जिम्मेवारी बन्न जान्छ । नेकपा (एकीकृत) को प्रत्यक्ष नेतृत्वमा परिचालन हुने हुदा यसको सैद्धान्तिक, राजनैतिक, आर्थिक, साँस्कृतिक भूमिकाका लाई प्रभावकारी बनाउन नेकपा (एकीकृत) जिम्मेवार हुनेछ । पार्टीले यसको परिचालन, संरक्षण, व्यवस्थापन, निरिक्षण र अनुगमन आदि कार्यहरु गर्न नेकपा (एकीकृत) को पिवीलाई जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुशार गठन गरिएको केन्द्रीय परिचालन टिमको प्रत्यक्ष निगरानीमा जनसुरक्षा दस्ताको परिचालन गरिने नीति पार्टीले लिएको छ ।

नेकपा (एकीकृत) माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आफ्नो पथप्रदर्शक सिद्धान्तको आलोकमा नेपालको ठोस परिस्थितिमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम तय गरेको छ । नयाँ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान एकताको आधारमा सामन्तवाद र साम्राज्यवाद विरोधी देशभक्त जनवादी र वामपंथी क्रान्तिकारी शक्तिहरु सहितको जनताको जनवादी अधिनायकत्व हो । यो समाजवादको प्रारम्भीक चरण हो । विद्यमान सामन्त, दलाल र नोकरशाही पूँजीपतिको अधिनायकत्वलाई सशस्त्र क्रान्तिद्धारा विस्तापित गरेर मात्रै स्थापति हुन सक्दछ भन्ने मान्यतालाई आत्मसाथ गरेको पार्टीको नीति निर्माणमा मुख्य जोड दिएकोले जनसुरक्षा दस्ताले पार्टीको नेतृत्वमा त्यो भुमिका खेल्न मदत गर्ने छ । ठोस परिस्थितिको ठोस विष्लेषण गर्दै नेपालको अर्ध सामन्ती र अर्ध–औपनिवेशिक राजनैतिक, आर्थिक, साँस्कृतिक र सामाजिक संरचनालाई बलपूर्वक विस्तापित गरेर मात्रै बैज्ञानिक समाजवाद र साम्यवादी समाजको स्थापना गर्ने महान् उदेश्य पुरा गर्न जनसुरक्षा दस्ता लागि पर्नेछ । जनसुरक्षा दस्ताले सामन्त, दलाल र नोकरशाही पूँजीपति बर्गको वर्तमान राज्यसत्ताद्धारा जनतामाथि गरिने सवै प्रकारका शोषण, दमन र उत्पीडनका विरुद्ध दृढतापूर्वक संघर्ष गर्नेछ । शासक र शोषक बर्गको सवै प्रकारका ज्यादती, आर्थिक अनियमितता, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती विरुद्ध जनतालाई जागृत बनाउने, संगठित हुन प्रेरित गर्ने र उनीहरुको संघर्षमा सवै प्रकारको सहयोग पुर्याउने काम गर्ने छ । यहा सवै स्पस्ट हुनु पर्ने के छ भने, जनसुरक्षा दस्ता नेकपा (एकीकृत) को प्रत्यक्ष नेतृत्वमा संचालितहुने भएकोले जनसुरक्षा दस्ता पूर्णत नेकपा (एकीकृत) को विशेष साँगठनिक निकाय हो । यसको पूर्ण दायित्व नेकपा (एकीकृत) मा निहित हुनेछ ।

उदेश्य ः
“माक्र्सवाद लेनिनवादको सिद्धान्तवाट सुसज्जित, स्व आलोचनाको पद्धतीलाई अंगालेको र जनसमुहसग गासिएको अनुशासनवद्ध पार्टी, त्यस्ता पार्टीको नेतृत्वको मातहात सेना, त्यस्तो पार्टीको नेतृत्वको अन्तरगत सवै क्रान्तिकारी बर्ग र सवै क्रान्तिकारी डफ्फाहरुको संयुक्त मोर्चा तिनै तिन मुख्य हतियारहरु हुन जो हामीले सत्रुलाई हरायौ ।” क. माओले यो कुरा ३० जून १९४९ मा “जनताको जनवादी अधिनायकत्वको विषयमा” स्पस्टसँग राख्नु भएको थिायो । त्यो मान्यतालाई हाम्रो पार्टी र जनसुरक्षा दस्ताले पनि स्वीकार गरेको छ । आत्मसाथ गरेको छ र नेपालको जनवादी क्रान्तिमा त्यसको आधारलाई पनि दिशानिर्देशनात्मक बन्न सक्छ भन्ने मान्यता राखेको छ । निश्चय पनि कुनै पनि काम शुरु गर्दा त्यसको उदेश्य स्पस्ट बन्नु पर्दछ । त्यसले गर्नु पर्ने कामको मार्ग दर्शन सवैले जान्नु, बुझ्नु र स्वीकार गर्नु पर्दछ । अनि मात्र हामी हाम्रो उदेश्य अनुरुपको परिणामलाई हात पर्न सफल भईनेछ । त्यसैले जनसुरक्षा दस्तााले आफ्नो उदेश्यहरुलाई जान्नु, कामलाई केन्द्रीय विन्दुमा राख्नु र त्यसलाई पुरा गर्न कटिवद्ध हुनुले जन सुरक्षा दस्ताको सफलतामा मुख्य भुमिका खेल्दछ, । त्यसैले आजको सन्दर्भमा जनसुरक्षा दस्ताको उदेश्यलाई यसरी हेर्न, बुझ्न र जान्न सकिन्छ । नेकपा (एकीकृत) को सिद्धान्त, उदेश्य कार्यक्रमलाई पुरा गर्नु, नेकपा (एकीकृत) को रणनीति र कार्यनीतिलाई क्रियान्वयन गर्नु, किसान मजदुरहरुको हक र हितको लागि गरिने संघर्षमा तदारुकताका साथ सक्रिय रहनु, शोषित उत्पीडित बर्ग, अल्पसंख्यक जाति, आदिबासी जनजाति, दलित, महिला, अशक्त, अपाङ्ग, बालबालिका बृद र बृद्धा, कमैया, हलिया, सुदुर दुर्गम क्षेत्र तथा तराई मधेशीका हक हित र अधिकारको निम्ति संचालन हुने संघर्षमा सक्रिय रहनु, अन्याय अत्याचारमा परेका कुनै पनि जनताको पक्षबाट संघर्ष गर्नु, भ्रष्टाचारीहरुलाई कारबार्ही गर्न जनताको नेतृत्व प्रदान गर्नु, पार्टीको कुनै पनि कार्यकर्ताको सहयोगमा तत्पर रहनु, राज्यवाट जनतामाथि गरिने उत्पीडन तथा दमनको विरुद्ध संघर्ष गर्नु, जनताको लागि रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरु नियमित संचालन गर्न प्रयन्त गर्नु, नयाँ जनवादी क्रान्तिको लागि सक्रिय र दृढतापूर्बक सहभागी हुनु, जनताको हक र अधिकारको लागि संघर्ष गर्नु, राष्ट्रियता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता र अक्षुष्णताको लागि संघर्ष गर्नु, उत्पादनको लागि संघर्ष, बर्ग संघर्ष र बैज्ञानिक प्रयोगहरुमा संलग्न रहनु, समाजवाद र साम्यवादको पक्षमा प्रचारात्मक बन्नु, जनतालाई सशक्त संगठनमा आवद्ध हनु सहयोग गर्नु, प्राकृतिक प्रकोप, भुकम्प, बाडी पहिरो, डुवान,अग्निकाण्ड, आदीबाट पीडितहरुको उद्धार र साहतको लागि सहयोग गर्न तत्पर रहनु, हरेक काम कारबाहिमा जननीति लागु गर्नु, उत्पादनमा बैज्ञानिक प्रविधि अध्ययन अनुसन्धान आदी, रचनात्मक कार्यमा संलग्न हुन र अरुलाई पनि त्यस दिशामा प्रेरित गर्नु, बर्तमान राज्यसत्ताको परिवर्तनको लगि नेकपा (एकीकृत) ले ल्याउने संघर्षका हरेक कार्यक्रमहरुलाई सफल पार्न जोड गर्नु आदी ।

अन्त्यमा ः
जनसुरक्षा दस्ता कम्युनिष्ट पार्टीको नेतृत्वमा गरिखाने बर्गको लागि लड्ने दस्ता हो । सर्वहारा बर्गको हितलाई सर्वोपरी मान्ने दस्ता हो । साँस्कृतिक क्रान्तिको मुल्य मान्यतालाई आत्मसाथ गर्ने दस्ता हो । त्यसैले सवै स्पस्ट हुन आवश्यकता छ । जसरी आज नेपालमा अनेकौ नााम धारी पार्टीहरु आफुलाई कम्युनिष्टको दावी गर्दै जनतालाई भ्रम छरिरहेका छन । सवैले हसिया हतौडा अंकित झण्डा बोक्ने गरेका छन । आफ्नो शुभ नाममा पनि कम्युनिष्ट नै झुण्ड्याउने गरेका छन । आफुलाई जनताको अगाडि कम्युनिष्ट नै भनेर चिनाउन चाहन्छन । जसले गर्दा उनिहरुले जनतालाई ठुलो भ्रम पनि पारिरहेको छन । त्यसैले अब नेपाली जनता भ्रममा रहनु हुदैन । कम्युनिष्ट नीति र सिद्धान्तले हुने हो । व्यवहार र कार्यक्रमले बन्ने हो । दार्शनिक पक्षधरताले हुने हो । वैचारिक प्रस्तावना र कम्युनष्टि आदर्शले बन्ने हो । कम्युनिष्ट नैतिकता र चरित्रले बन्ने हो । जसलाई मनलाग्यो कम्युनिष्ट भनिदिने, अनि सवैले त्यहि बुझिदिने प्रवृति र तरिकाबाट सवै नेपाली जनता स्पस्ट हुनु पर्दछ । नेपालमा सर्वहारा बर्गको अधिनायकत्व विना गरिखाने बर्गको अधिकारको सुनिश्चिता छैन । त्यसैले आज देखिएका एमाले, एमाओवादी लगाएत नाममा कम्युनिष्ट बन्न सक्छन तर, काममा भने सवैले देखिएको नै छ नि होईनर ?

धन्यवाद


Thursday, February 23, 2012

यो सरकार कम्युनिष्टको हो ?

अग्रगति साप्ताहिक
बर्ष, ६ अंक २४
२०६८ फागुन ४ विहिबार ।
चिरन पुन
सरकार राज्य सत्ताको एक अंग हो । राज्यसत्तालाई बल पुर्याउन सरकारले भुमिका खेलिरहेको हुन्छ । सरकार सम्वन्धि पार्टीहरुको तत्कालिन नीति, राज्यसत्तालाई हेर्ने दृष्टिकोण, उसको चरित्र र देश, जनता प्रतिको जिम्मेवारीवोध, सरकारमा सहभागी हुने व्याक्तिहरुको दक्षता आदी कारणहरुले सरकार सामान्य रुपले सकरात्मक हुने वा नहुने भन्ने कुराको फैसला हुन्छ । त्यो अनुरुप बर्तमान सरकारको बारेमा पनि सकरात्मक नकरात्मक टिप्पोणीहरु हुने गरेको छ । के यो सरकार कम्युनिष्ट को हो ?

भनिन्छ, आज देशमा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । सडक, संविधानसभा, सरकार र प्रतिपक्षमा पनि बहुमत कम्युनिष्ट को नै छ । तर, किन कम्युनिष्टहरु मिलेर कम्युनिष्टले चाहे जस्तो संविधान बनाउन नसकेका होलान ? किन कम्युनिष्टहरु आफै झगडा गर्दै बसेका होलान ? किन कम्युनिष्टले नेतृत्व गरेको सरकारमा यतिधेरै बेतिथि भयो होला ? जस्ता प्रश्नहरु आज छरपस्ट सुन्न पाईन्छ । त्यतिमात्र होईन, युद्ध लडेर आएको ए (माओवादी) गत संविधानसभाको निर्वाचनबाट ३१ लाख, ४५ हजार, ५ सय १९ मत अर्थात ३०. ५२ प्रतिसत मत प्राप्त गरी संविधानसभामा सवैभन्दा ठुलो दलको रुपमा स्थापित भएर आएको हो र उसैले अहिले सरकारको नेतृत्व गरिरहेको छ । त्यस्तै यतिवेला प्रतिपक्षमा रहेको नेकपा (एमाले) २२, लाख २९ हजार, ६४ मत अर्थात २१. ६३ प्रतिसत मत प्राप्त गरी तेश्रो ठुलो दलको रुपमा आफुलाई स्थापित बनाउन सफल भएको थियो । उसले पनि यस भन्दा अगाडि सरकारको नेतृत्व गरेर आएको हो । त्यस्तै नेमकिपा, राजमो, नेकपा (माले), नेकपा (एकीकृत), नेकपा (संयुक्त) जस्ता कम्युनिष्ट पार्टीहरु संविधानसभामा प्रतिनिधित्व गरिरहेका छन । यसरी कम्युनिष्टको नाममा विभिन्न पार्टीहरुले जनताबाट मत प्राप्त गरे र संविधानसभामा सहभागी हुन सफल भए । यी सवै कम्युनिष्ट भनिएका पार्टीहरुले ल्याएको मतलाई आधार मान्ने हो भने पनि करिब ६२ प्रतिसत भन्दा धेरै संविधानसभामा विभिन्न कम्युनिष्ट पार्टीबाट सहभागिता रहेको छ ।

आज सरकारमा, संविधानसभामा, सडकमा र प्रतिपक्षमा पनि कम्युनिष्टको बाहुल्यता देख्नु र त्यस प्रकारको दृष्टिकोण जनताको तर्फबाट राख्नु सान्र्दभिक नै हुन्छ । यसमा पनि सर्वहारा बर्गको वकालत गर्दै १० बर्ष युद्ध लडेका मानिसहरुले अहिले मुलुकमा सरकारको नेतृत्व गरिरहेका छन । साम्राज्यवाद र विस्तारवादको विरोधमा सुरुड्ग खनेर प्रतिकार गर्न तम्सेका मानिसहरु आज देशको मुख्य ओदाहमा आसिन छन । सुकुम्वासीहरुको लागि जमिन, बेरोजगारको लागि रोजगार, गास, बास र कपासमा सर्वसुलभता भन्नेहरुले अहिले देशमा सरकार चलाईरहेका छन । सम्पूर्ण असमान सन्धी संझौताहरुको खारेजी र राष्ट्रिय स्वाधीनताको रक्षाको चर्को वकालत गर्नेहरु यो देशलाई अघि बढाउने जिम्मेवारीमा छन । भ्रष्टाचारी, कालोबजारी, तस्करी, घुसखोरी र कमिसनतन्त्रलाई निमुर्ल गर्न लडेकाहरुले विभिन्न मन्त्रालय संभालेर बसेका छन । तर पनि देशको अवस्थामा कुनै सुधार नहुनु अत्यन्त दुखदायी प्रश्न हो । जनताको लागि चिन्ताको विषय हो । यस्तो अवस्थामा जनतालाई कम्युनिष्ट प्रति वितिष्णा पैदा हुनु, उनिहरुको विरोध गर्नु, कम्युनिष्टहरु मिलेर गए हुन्थ्यो भन्ने चाहना राख्नु स्वभाविक नै हो । जनताको यस प्रकारको चाहनालाई सकरात्मक रुपमानै लिनु पर्दछ तर के गर्नु आजको अवस्था आकाशको फल आखा तरी मर भन्ने उखानको चरित्रार्थ कम्युनिष्ट भन्ने हरुमा नै देखिएको छ ।

आज देशमा भ्रष्टाचार झन चुलिएको छ । कमिसनतन्त्र, घुसखोरी, कालोबजारी र तस्करी राजनैतिक संरक्षणमा मौलाएको छ । पेट्रेलियम पदार्थको अभाव छ । असिमित मुल्य वृद्धिले दैनिक उपभोग्य वस्तुहरु किनी नसक्नु भएको छ । चर्को लोडसेडिडले देश अन्धकारमय बनेको छ । दिनहु सिमा अतिक्रमण भएको छ । राष्ट्र्यि स्वाधीनता झन संकटमा पर्दै गईरहेको छ । उद्योग धन्दा, कलकारखानाहरु बन्द हुदै गैरहेका छन । बेरोजगारी समस्याले दिनहु हजारौ युवा पलायन हुने क्रम रोकिएको छैन । सवै क्षेत्रमा झन बढि असमानताहरुको खाडल देखिदै गएको छ । संविधान निर्माणका कार्यहरु पनि निकै सुस्त गतिमा छ । शान्ति सुरक्षाको अवस्थामा पनि सुधार हुन सकिरहेको पाईदैन । आज देशको अर्थतन्त्र डामाडोल अवस्थामा छ । हाम्रो देश कुन अवस्थामा छ भन्ने कुरा यी तत्थ्यहरु बाट झन बढि प्रस्ट हुनेछ । नेपाल विद्युत प्राधिकरण १८ अर्ब, ३३ करोड, २ लाख, राष्ट्र्यि बाणिज्य बैक ११ अर्ब, २२ करोड, ८६ लाख, नेपाल आयल निगम ८ अर्ब, ४१ करोड, ८६ लाख, कृषी विकाश बैक ४ अर्ब, ३९ करोड, १७ लाख, नेपाल ओरियन्ट मेग्नसाईट ३ अर्ब, ५९ करोड, ७१ लाख, उदयपुर सिमेन्ट कारखाना १ अर्ब, ७७ करोड, ३० लाख, नेपाल बायु सेवा निगम १ अर्ब, ५५ करोड, ७५ लाख, नेपाल खाद्य्य संस्थान १ अर्ब, १० करोड, ८६ लाख, नेपाल टेलिभिजन ७६ करोड, २ लाख, जनकपुर चुरोट कारखाना ८० करोड, ८ लाख, हेटौडा सिमेन्ट कारखाना ६१ करोड, ९८ लाख, नेपाल औषधी लिमिटेड ४८ करोड, ५८ लाख, खानेपानी संस्थान ३९ करोड, १४ लाख, दुग्ध विकाश संस्थान ३२ करोड, ५१ लाख, जडिबुटी उत्पादन तथा प्रशोधन १३ करोड, ६२ लाख, गोर्खा पत्र संस्थान ८ करोड, ९७ लाख घाटा रहेको कुरा अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी सरकारले नेतृत्व गरेको विभिन्न सरकारी सस्थानहरुको दिनानु दिन घाटा जाने क्रम रोकिएको छैन र देश आर्थिक अवस्थामा निकै जर्जर बनिरहेको कुरा प्रस्ट नै छ ।

अझ मुख्य रुपमा भन्नु पर्दा संविधान सार्थक ढंगले बन्छ वा बन्दैन यो पनि झनै अन्यौल बनेको छ । तर दिनानुदिन देशको बजेट बालुवामा पनि खन्याय जस्तो गरी बगिरहेको छ । शान्ति प्रकृया र संविधान निर्माणकोे लागि भनेर विभिन्न देशहरु र दातृ निकायहरुले निकै धेरै हाम्रो देशमा लगानि गरिसकेका छन । राष्ट्रसंघीय मिसन अनमिन १३ अर्ब १९ करोड, यु. एन. डि. पी. १ अर्ब ७५ करोड, यु एस आई डी २ अर्ब ७२ करोड ५० लाख, स्वीस सहयोग नियाग २ अर्ब ७२ करोड, युरोपिएन युनियन १५ करोड ५० लाख, सिडा क्यानडा ४७ करोड, जि टि जेट (जर्मन) १९ करोड, नर्बे ४० करोड ४७ लाख, युन एन पीएफ एन २१ करोड ११ लाख, नेपाली गैरसरकारी संस्थाहरुले ५४ करोड १२ लाख लगाएत अनेकौ बजेट यो देशमा ०६८ भित्रै लगानी भैसकेको छ । अर्को तिर हाम्रो जस्तो गरिब मुलुकको मन्त्री परिसर, सभासद, उनिहरुको नियुक्तिमा बसेका मानिसहरुले तलब भत्ता वापतै निकै ठुलो बजेट राज्यले खर्च गरिरहेको छ । लेखाशाखा, संविधानसभा सचिवालय २०६८ का अनुशार आज एक जना सभासदको लागि यसरी मासिक ६४ हजार ०६८ र त्यसबाहेक पनि दैनिक भत्ता, भ्रमण भत्ता, यातायात भत्ता भनेर बजेट खर्च भैरहेको छ तर पनि संविधान निर्माणमा दलहरु जिम्मेवार देखिएका छैनन । माओवादी क्यान्टेनमेन्टमा रहेका सेनाहरुको लागि मात्र भरणपोषण र मासिक भत्ता गरेर ०६८ कार्तिक सम्म ९ अर्ब, ९ करोड, ११ लाख, ६२ हजार, ८ सय, ९९ रुपया बजेट खर्च भैसकेको देखिन्छ ।

अब हामी भन्न सक्छौ, के यो मुलुक कम्युुिनष्ट नैतिकता र चरित्र भएका पार्टीहरुले चलाईरहेका छन ? के आज कम्युनिष्टको नाममा सरकारमा गैरहेका वा बसेका मानिसहरुको गतिविधीले कम्युनिष्टको सैली झल्काईरहेको छ ? के उनिहरुको आलिसान सैली, तौर तरिका र आजको साज सजाहरुलाई हेर्दा कम्युनिष्ट भनेर नेपाली जनतालाई गर्भ गर्ने कुनै ठाउ कतै भेटिन्छ ? के उनिहरु राष्ट्र्यिता, जनतन्त्र र जनजिविकाको लागि कुनै काममा तत्पर भएको पाईयो ? यी सवै परिस्थिति र परिवेशहरुलाई हेर्दा आज मुलुकमा कम्युनिष्ट नामधारी अवसरवादी पार्टीहरुले देश संचालन गरिरहेका छन भन्न कसैलाई हिच्किचाहट हुनु पर्ने छैन । बरु उनिहरुले नेपाली जनतालाई ढाटिरहेका छन वा नेपाली जनताले बुझिरहेका छैनन, वा भ्रममा छन वा पारिएको छ । अब सवै प्रष्ट हुनु पर्दछ कि नेकपा एमालेमा कुनै कम्युनिष्टको विचार, दृष्टिकोण, आर्दश र चरित्र छैन उ कम्युनिष्ट नामधारी बुर्जुवा बर्गमा परिणत भैसकेको छ । ए नेकपा (माओवादी) मा पनि त्यो सैली देखिदैछ । उग्रवामपथी अवसरवादीहरुको पतन दक्षिणपथी अवसरवादमा पुगेर समाप्त हुन्छ भन्ने भनाई चरित्रार्थ हुदैछ । आजको उसका दृष्टिकोण, नीति, तौरतरिका र गतिविधीहरुलाई हेर्दा अब ए नेकपा (माओवादी) लाई पनि बुर्जुवा अवसरवादी बर्गमा परिणत हुन धेरै समय कुर्नु पर्ने छैन भन्ने कुराको स्पस्ट रेखा कोरिदै गएको छ । त्यसैले अब आजको सन्दर्भ, राजनैतिक अवस्था, सरकार, संविधानसभा, सडक र कतिपय प्रतिपक्षमा रहेका कम्युनिष्ट भन्नेहरुलाई पनि सोहि अनुशार चिन्नु, बुझ्नु र जान्नु पर्ने आवश्यकता छ र के यो सरकार कम्युनिष्टको हो ? भन्ने प्रश्नको उत्तर खोज्न जरुरी छ ।


Tuesday, February 14, 2012

जन सुरक्षा दस्ता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) केन्द्रीय समितिको आयोजनामा मिति ०६८ मंसिर २७ गते देखि पौष ४ गते सम्म धरानमा सम्पनन हुने केन्द्रीय कार्यशालामा केन्द्रीय सदस्य तथा जन सुरक्षा दस्ता केन्द्रीय परिचालन टिमको उप प्रमुख क. चिरन पुनले जन सुरक्षा दस्ता बारे तयार पारेको आधार नोट ।

“बर्गहरु संघर्ष गर्छन, केहि बर्ग विजय पाउछन, अरुहरु निर्मुल हुन्छन । ईतिहास यस्तै छ, सभ्यताको हजारौ बर्षको ईतिहास यस्तै छ ।” “भ्रमहरुलाई मिल्काउ, सघर्षको तयारी गर,”
“अगष्ट १४, १९४९,”
क. माओ ।

१. प्रस्तावना ः
  • जनसुरक्षा दस्ता माक्र्सवाद लेनिनवाद माओविचारधारको आलोकमा नयाँ जनवादी क्रान्ति सन्पन्न गरी बैज्ञानिक समाजवाद र साम्यवादी समाजको स्थापना गर्ने उदेश्य लिएको नेकपा (एकीकृत) को प्रत्यक्ष नेतृत्वमा संचालित विशेष सांगठनिक निकाय हो ।

  • केन्द्रीय समितिद्धारा पारित निर्णयका आधारमा जनसुरक्षा दस्ताको सैद्धान्तिक, राजनैतिक, आर्थिक, साँस्कृतिक भूमिकाका लागि नेकपा (एकीकृत) जिम्मेवार हुनेछ । यसको परिचालन, संरक्षण, व्यवस्थापन, निरिक्षण र अनुगमन आदि कार्यहरु नेकपा (एकीकृत) को पिवीले गर्नेछ । केन्द्रीय परिचालन टिमको प्रत्यक्ष निगरानीमा यसको परिचालन गरिने छ ।

  • नेकपा (एकीकृत) माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आफ्नो पथप्रदर्शक सिद्धान्तको आलोकमा नेपालको ठोस परिस्थितिमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम तय गरेको छ । नयाँ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान एकताको आधारमा सामन्तवाद र साम्राज्यवाद विरोधी देशभक्त जनवादी र वामपंथी क्रान्तिकारी शक्तिहरु सहितको जनताको जनवादी अधिनायकत्व हो । यो समाजवादको प्रारम्भीक चरण हो । विद्यमान सामन्त, दलाल र नोकरशाही पूँजीपतिको अधिनायकत्वलाई सशस्त्र क्रान्तिद्धारा विस्तापित गरेर मात्रै स्थापति हुन सक्दछ ।

  • ठोस परिस्थितिको ठोस विष्लेषण गर्दै नेपालको अर्ध सामन्ती र अर्ध–औपनिवेशिक राजनैतिक, आर्थिक, साँस्कृतिक र सामाजिक संरचनालाई बलपूर्वक विस्तापित गरेर मात्रै बैज्ञानिक समाजवाद र साम्यवादी समाजको स्थापना गर्ने महान् उदेश्य पुरा गर्न जनसुरक्षा दस्ता लागि पर्नेछ ।

  • जनसुरक्षा दस्ताले सामन्त, दलाल र नोकरशाही पू“जीपति बर्गको वर्तमान राज्यसत्ताद्धारा जनतामाथि गरिने सवै प्रकारका शोषण, दमन र उत्पीडनका विरुद्ध दृढतापूर्वक संघर्ष गर्नेछ ।

  • शासक र शोषक बर्गको सवै प्रकारका ज्यादती, आर्थिक अनियमितता, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती विरुद्ध जनतालाई जागृत बनाउने, संगठित हुन प्रेरित गर्ने र उनीहरुको संघर्षमा सवै प्रकारको सहयोग पुर्याउने काम गर्ने छ ।

  • नेकपा (एकीकृत) को प्रत्यक्ष नेतृत्वमा संचालितहुने भएकोले जनसुरक्षा दस्ता पूर्णत नेकपा (एकीकृत) को विशेष सा“गठनिक निकाय हो । यसको पूर्ण दायित्व नेकपा (एकीकृत) मा निहित हुनेछ ।

२. “हाम्रा सत्रुहरु को हुन ? हाम्रा साथिहरु को हुन ? क्रान्तिको निम्ती यो प्रमुख प्रश्न हो ।” “चिनीया समाजमा बर्गहरुको विष्लेषण” (मार्च १९२६) क. माओ । न सुरक्षा दस्ताले बर्ग र बर्ग संघर्ष बारे बुझ्न अनिवार्य आवश्यकता पर्दछ । यसको ज्ञान विना हामी सहि बाटो, असल कुरा र सहि निसाना लगाउन सक्दैनौ । त्यसैले यि मुलभुत कुराहरु बुझुन सान्र्दभिक रहन्छ ।

  • व्याक्तिगत सम्पत्तीको उदयसगै बर्ग र बर्ग संघर्षको उदय भयो ।
  • समाजमा बर्गहरुको उत्पत्ती श्रम विभाजनबाट भयो ।
  • बर्ग संघर्षमा सर्वहाराबर्गको अधिनायकत्व हुन आवश्यक छ ।
  • बर्ग संघर्ष साम्यवादी समाज स्थापना नहुदासम्म निरन्तर चलिरहन्छ ।
  • विश्वसर्वहारा बर्गका नेता क. मार्सले भन्नुभएको छ दाश युग देखि आजसम्मको ईतिहास बर्गसंघर्षको हो ।
  • पुजीपतिहरुले पनि बर्ग संघर्षलाई स्वीकार गरेका छन तर सर्वहारा बर्गको अधिनायकत्वलाई स्वीकार गर्दैनन ।

३. ”बुर्जुवा जनवाद, सर्वहारा बर्गलाई प्रशिक्षित तुल्याउन र उसका संघर्षको प्रशिक्षण दिनमा जसको भुमिका निर्विवाद छ , सधै, संकुचित, पाखण्डपूर्ण , झुठो र नकली हुन्छ । यो सधै धनिहरुको लागि जनवाद र गरिबहरुको लागि धोका हुन जान्छ ।“ “सर्वहारा क्रान्ति र गद्धार काउस्की” संकलित रचना पार्चौ संस्करण, खण्ड ३७, ९ अक्टुबर, १९१८, लेनिन । मी सर्वहारा जनवादको पक्षमा छौ । सर्वहारा जनवाद सर्वहारा संस्कृतिको जगमा उभिएको हुन्छ । जसमा विश्व सर्वहारा बर्गका महान गुरुहरु क. लेनिन तथा क. माओले निकै सचेत ढंगले सर्वहारा संस्कृतिको बारेमा आन्दोलन संचालन गरेको ईतिहास हाम्रो सामु प्रस्ट नै छ अझ चिनको कम्युनिष्ट पार्टीले त महान सर्वहारा सास्कृतिक क्रान्तिनै संचालन गर्यो । यसको बैचारिक तथा नीतिगत ्रस्तावनाहरुलाई जनसुरक्षा दस्ताले आत्मसाथ गर्न आवश्कता छ । जसले यसको सास्कृतिक तथा वैचारिक पक्षलाई दरिलो बनाउने छ । “महान सर्वहारा सास्कृतिक क्रान्तिलाई योजनावद्ध अगाडि बढाउ” (८ अगष्ट, १९६६) चि.क.पा. केन्द्रीय समितिद्धारा पारीत नीति,

  • समाजवादी क्रान्तिको नौलो अध्यायको प्रश्न ।
  • मुलधार र बाड्गा टिड्गा बाटाहरु प्रश्न ।
  • सहासलाई सवैभन्दा माथि राख र निडर बनेर जनसमुहलाई व्युझाउ ।
  • आन्दोलनमा जन समुहलाई आफै शिक्षीत बनाउन ध्यान देउ ।
  • पार्टीको बर्गिय कार्यदिशालाई दृढतापुर्वक लागु गर ।
  • जनताको विचको अन्तरविरोधलाई सहि ढंगले संचालन गर ।
  • क्रान्तिकारी जनतालाई प्रतिक्रान्तिकारी मार्का लगाउनेहरुबाट सर्तक पार ।
  • कामदारको प्रश्न र उनिहरुको बर्गिकरणलाई ध्यान देउ ।
  • सास्कृतिक क्रान्तिकारी समुह, कमिटि र महाधिवेशनहरुलाई ध्यान देउ ।
  • शैक्षिक सुधारको प्रश्नमा ध्यान देउ ।
  • समाचारपत्रको प्रश्नमा पनि ध्यान देउ ।
  • बैज्ञानिक, प्राविधिक, कार्यालय, कर्मचारी प्रतिको नीति स्पस्ट पार ।
  • सहर र गाउमा समाजवादी शिक्षालाई मिलाउने व्यवस्था गर ।
  • क्रान्ति प्रति दृढ बन र उत्पादन बढाउ ।
  • सैनिक शक्तिको विकाश र विस्तारमा जोड देउ ।
  • माओविचारधारा महान सास्कृतिक क्रान्तिको पद प्रदशक सिद्धान्त हो ।

४. ”माक्र्सवाद लेनिनवादको सिद्धान्तवाट सुसज्जित, स्व आलोचनाको पद्धतीलाई अंगालेको र जनसमुहसग गासिएको अनुशासनवद्ध पार्टी, त्यस्ता पार्टीको नेतृत्वको मातहात सेना, त्यस्तो पार्टीको नेतृत्वको अन्तरगत सवै क्रान्तिकारी बर्ग र सवै क्रान्तिकारी डफ्फाहरुको संयुक्त मोर्चा तिनै तिन मुख्य हतियारहरु हुन जो हामीले सत्रुलाई हरायौ ।” “जनताको जनवादी अधिनायकत्वको विषयमा” (जून ३०, १९४९) क. माओ । आफ्नो उदेश्यहरुलाई जान्नु, कामको केन्द्रीय विन्दुमा राख्नु र त्यसलाई पुरा गर्न कटिवद्ध हुनुले नै मुख्य भुमिका खेल्दछ, त्यसैले जनसुरक्षा दस्ताको उदेश्यलाई निम्न बुदामा उल्लेख गरिएको छ ।

  • नेकपा (एकीकृत) को सिद्धान्त, उदेश्य कार्यक्रमलाई पुरा गर्नु ।
  • नेकपा (एकीकृत) को रणनीति र कार्यनीतिलाई क्रियान्वयन गर्नु ।
  • किसान मजदुरहरुको हक र हितको लागि गरिने संघर्षमा तदारुकताका साथ सक्रिय रहनु ।
  • शोषित उत्पीडित बर्ग, अल्पसंख्यक जाति, आदिबासी जनजाति, दलित, महिला, अशक्त, अपाङ्ग, बालबालिका बृद र बृद्धा, कमैया, हलिया, सुदुर दुर्गम क्षेत्र तथा तराई मधेशीका हक हित र अधिकारको निम्ति संचालन हुने संघर्षमा सक्रिय रहनु ।
  • अन्याय अत्याचारमा परेका कुनै पनि जनताको पक्षबाट संघर्ष गर्नु ।
  • भ्रष्टाचारीहरुलाई कारबार्ही गर्न जनताको नेतृत्व प्रदान गर्नु ।
  • पार्टीको कुनै पनि कार्यकर्ताको सहयोगमा तत्पर रहनु ।
  • राज्यवाट जनतामाथि गरिने उत्पीडन तथा दमनको विरुद्ध संघर्ष गर्नु ।
  • जनताको लागि रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरु नियमित संचालन गर्न प्रयन्त गर्नु ।
  • नया“ जनवादी क्रान्तिको लागि सक्रिय र दृढतापूर्बक सहभागी हुनु ।
  • जनताको हक र अधिकारको लागि संघर्ष गर्नु ।
  • राष्ट्रियता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता र अक्षुष्णताको लागि संघर्ष गर्नु
  • उत्पादनको लागि संघर्ष, बर्ग संघर्ष र बैज्ञानिक प्रयोगहरुमा संलग्न रहनु ।
  • समाजवाद र साम्यवादको पक्षमा प्रचारात्मक बन्नु ।
  • जनतालाई सशक्त संगठनमा आवद्ध हनु सहयोग गर्नु ।
  • प्राकृतिक प्रकोप, भुकम्प, बाडी पहिरो, डुवान,अग्निकाण्ड, आदीबाट पीडितहरुको उद्धार र साहतको लागि सहयोग गर्न तत्पर रहनु ।
  • हरेक काम कारबाहिमा जननीति लागु गर्नुृ ।
  • उत्पादनमा बैज्ञानिक प्रविधि अध्ययन अनुसन्धान आदी, रचनात्मक कार्यमा संलग्न हुन र अरुलाई पनि त्यस दिशामा प्रेरित गर्नु ।
  • बर्तमान राज्यसत्ताको परिवर्तनको लगि नेकपा (एकीकृत) ले ल्याउने संघर्षका हरेक कार्यक्रमहरुलाई सफल पार्न जोड गर्नु ।

५. “ हामी भन्दछौ, हाम्रो सदाचार सर्वहारावर्गको बर्ग संघर्षका हितहरुको पूर्णतः अधिनमा छ । हाम्रो सदाचाकार सर्वहारा बर्गको वर्ग संघर्षको हितहरुबाट नै उत्पन्न हुन्छ ।” “युवक संघका कार्यहरु” (संकलित रचना , पाचौं संस्करण खण्ड ४१) क. लेनिन । त्यसैले नीतिगत प्रतिवद्धता विना कुनै पनि आन्दोलन वा क्रान्ति अगाडि बढ्न नसक्ने भएकोले जनसुरक्षा दस्ताले निम्न अनुशारको नीतिगत प्रतिवद्धतालाई आत्मसाथ गर्दछ ।

  • माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आत्मसाथ गर्ने नीति ।
  • नया“ जनवादी राज्यसत्ता स्थापनाको लागि कृयाशिल रहने नीति ।
  • सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्यसत्ता स्थापना गर्न प्रयत्नशिल रहने नीति ।
  • महान सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल्यमान्यतालाई आत्मसाथ गर्ने नीति ।
  • स्वयम्लाई सर्वहारा विश्व दृष्टीकोणले लैस बनाउने नीति ।
  • अनुशासित र मिलिटेन्ट हुनु, हरेक काम, जिम्मेवारी र दायीत्वलाई पुरा गर्न सक्रिय हुने नीति ।
  • हरेक समस्याहरुलाई गम्भिरतापूर्वक लिने र जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहने नीति ।
  • सापेक्षीत रुपले तयारीमा गम्भिर बन्नु र रणनैतिक रुपले शत्रुलाई हेप्ने नीति ।
  • निरपेक्ष रुपले शत्रुलाई पराजित गरी विजय प्राप्त गर्ने कुरामा दृढ बन्नु र विश्वासका साथ काममा समर्पित रहने नीति ।
  • जनतामा भर पर्नु, जनतालाई विश्वास गर्नु र आफ्ना सवै कामहरुमा जननीति अवलम्वन गर्ने नीति ।
  • जनसुरक्षा प्रणालिको स्थापना, विकाश र सुदृढिकरणमा जोड दिने नीति ।

६. “अप्ठ्यारो समयमा हामीले आफ्नो सफलताहरुलाई देख्न छोड्नु हुदैन, उज्यालो भविस्यलाई अवस्य देख्न सक्नु पर्छ र आफ्नो सहासलाई उकास्न सक्नु पर्दछ । ” “जनताको सेवा गर” (सेप्टेम्वर ८, १९४४) क माओ ।
“काम के हो ? काम संघर्ष नै हो । ती ठाउहरुमा अप्ठ्यारा र समस्याहरु छन, जहा हामीले तिनको समाधान गर्न जान्नु पर्दछ । हामी जहा ती अप्ठ्याराहरुलाई पार गर्न काम तथा संघर्ष गर्न जान्छौ । असल कामरेड त्यो हो जो झन ठुला अप्ठ्याराहरु भएको ठाउमा जान वर्ता ईच्छुक हुन्छ । ” “चुडकिड. संझौता बार्ताका विषयमा” (अक्टोबर १७, १९४५) क. माओ । त्यसैले जन सुरक्षा दस्ताले संघर्ष प्रतिको प्रतिवद्धतालाई निकै महत्वका साथ हेर्नु , बुझ्नु र जान्नु पर्दछ ।
  • साम्राज्यवाद विरुद्ध ।
  • विस्तारवाद विरुद्ध ।
  • पु“जिवाद विरुद्ध ।
  • सामन्तवाद विरुद्ध ।
  • यथास्थितिवाद विरुद्ध ।
  • पश्चिमेली पाश्चात्य सा“स्कृतिक मुल्य र मान्यताको विरुद्ध ।
  • आफु, संगठन र बाहिरी दुस्मनका विरुद्ध ।
  • राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा ।
  • सामाजिक तथा सा“स्कृतिक रुपन्तरणको पक्षमा ।
  • शिक्षा, स्वाथ्य, रोजगार र सामाजिक सुरक्षाको पक्षमा ।
  • शान्ति शुरक्षा र राष्ट्रिय स्वाधिनताको पक्षमा ।

७. जनसुरक्षा दस्ताले आत्मसाथ गर्नु पर्ने विषयहरु ः
“अनुशासनका तीन नियमहरु र पालना गर्नका लागि ध्यान दिनु पर्ने आठ कुराहरु ।” ( १० अक्टुवर १९७४) क. माओ ।

(क) अनुशासनका तीन नियम ।
  • आफ्नो सवै काम कारवाहीमा आदेश पालन गर ।
  • जनताबाट एक सियो र एक डोरो धागो पनि नलेउ
  • जफत गरेको सवै चिजहरु फर्काउ ।
(ख) ध्यान दिनु पर्ने आठ कुराहरु ।
  • नर्मता साथ बोल ।
  • किनेको चिजको उचित मुल्य तिर ।
  • पैचो लिएको सवै चिज फर्काउ ।
  • बिगारे भत्काएको सवै चिजको मुल्य तिर ।
  • जनतालाई कुटपीट, गालि बेईजेति नगर ।
  • बाली नाली नास नगर ।
  • नारीहरु प्रति उत्ताउलो व्यवहार नगर ।
  • बन्दीहरु प्रति दुव्र्यवहार नगर ।

८. जनशुरक्षा दस्ताले अनुशरण गर्नु पर्ने विषयहरु ः (क. माओले यसको विषयमा निकै चर्चा गर्नु भएको छ ।)
  • कडा मेहनत गर्नु, मुख्य कुराहरु बुझ्नु, सहि विषयहरु छान्नु र त्यसमा विशेषज्ञ बन्न पहल गर्नु ।
  • कडा मेहनत गर्नु, राम्रो योजना बनाउनु, मुख्य विषयहरुमा ध्यान केन्द्रीत गर्नु र आफु व्यवस्थित बन्नु ।
  • अध्ययनलाई कामस“ग गास्नु, समय, स्थान र परिस्थितिको उचित मुल्याङ्कन गर्नु ।
  • कामको बारम्बार मुल्याङ्कन÷सिमांहलोकन गर्नु ।
  • नया“ कुराहरु पत्ता लगाउनु, सृजना गर्नु र त्यसलाई व्यवहारमा लागु गर्नु ।
  • आफ्नो र अरुको गलत विचारहरुको विरुद्ध संघर्ष गर्न सिद्धान्तनिष्ट बन्नु ।
  • कामहरुको असलकुराहरुलाई प्रयोग गर्नु र कमजोरीहरुलाई सच्च्याउनु ।
  • जनताबाट अलग नहुनु, जनताबाट सिक्नु र फेरी जनतालाई सिकाउनु ।
  • जनतालाई सधै मद्धत गर्नु र सामुहिक जिवन विताउन सधै कोशिस गर्नु ।
  • अध्ययन अनुशन्धानलाई ध्यान दिनु र अनुशासनको सधै पालना गर्नु ।
  • तन्दुरुस्त बन्न ध्यान दिनु र नियमित व्यायमहरु गर्नु ।
  • श्रम प्रतिको आस्था र शोषण प्रतिको घृणालाई दृढ बनाउनु । आदी

९. नाम ः
  • “जनसुरक्षा दस्ता” व्ब्ल्ब् क्ग्च्ब्प्क्ज्थ्ब् म्ब्क्त्ब् भनिने छ ।
  • छोटकरीमा जनदस्ता व्ब्ल्ब् म्ब्क्त्ब् भनिने छ ।
(जनसुरक्षा प्रणालीको स्थापना, विकास र सुदृढिकरणका लागि नेकपा (एकीकृत) को एकताको सातौं महाधिवेशन र केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको प्रत्यक्ष नेतृत्वमा मजदुर किसान लगायत विभिन्न शोषित पीडित जनसमुदायको अग्रदस्ता (खबलनगबचम) को रुप्मा जनसुरक्षा दस्ताको निर्माण हुनेछ ।

१०. सदस्यहरुको लागि योग्यता ः
  • १८ बर्ष उमेर पुगेको ।
  • पार्टीको नीति निर्देशन पालना गर्ने ।
  • अनुशासनको पालना कडाई पूर्वक गर्ने ।
  • निर्धारित आचार संहिता पालना गर्ने ।
  • संगठनले खटाएको बेलामा जनसुरक्षा दस्ताको काममा जान सक्ने ।
  • बर्ग संघर्ष र जन संघर्षमा अग्रीम पङ्तीमा उभिएर संघर्ष गर्न तयार हुने ।
  • श्रम र श्रमजिवी बर्ग प्रति सम्मान गर्ने ।
  • पार्टी प्रति ईमान्दार र जनता प्रति बफादार बन्ने ।
  • जनसुरक्षा दस्ताको नियमावली पालना गर्ने ।
सन्दर्भ ः
१. “भ्रमहरुलाई मिल्काउ, सघर्षको तयारी गर,” “अगष्ट १४, १९४९,” क. माओ
२. “चिनीया समाजमा बर्गहरुको विष्लेषण” (मार्च १९२६) क. माओ ।
३. “जनताको सेवा गर” (सेप्टेम्वर ८, १९४४) क माओ ।
४. “सर्वहारा क्रान्ति र गद्धार काउस्की” संकलित रचना पार्चौ संस्करण, खण्ड ३७, ९ अक्टुबर, १९१८, ले ५. “चुडकिड. संझौता बार्ताका विषयमा” (अक्टोबर १७, १९४५) क. माओ ।
६. “जनताको जनवादी अधिनायकत्वको विषयमा” (जून ३०, १९४९) क. माओ ।
७. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) घोषणा पत्र, एकताको सातौ महाधिवेशनद्धारा पारीत नीति ।
८. जन सुरक्षा दस्ता घोषणा पत्र, नियमावली र आचारसंहिता नेकपा (एकीकृत) केन्द्रीय समितिको बैठकद्धारा पारीत ।
९. “अनुशासनका तीन नियमहरु र पालना गर्नका लागि ध्यान दिनु पर्ने आठ कुराहरु ।” ( १० अक्टुवर १९७४) क. माओ ।
१०. “महान सर्वहारा सास्कृतिक क्रान्तिलाई योजनावद्ध अगाडि बढाउ” (८ अगष्ट, १९६६) चि.क.पा. केन्द्रीय समितिद्धारा पारीत नीति,
११. “युवक संघका कार्यहरु” (संकलित रचना , पाचौं संस्करण खण्ड ४१) क. लेनिन ।

धन्यवाद ।
०६८ मंसीर २०
काठमाण्डौ ।

Saturday, July 2, 2011

कम्युनिष्ट आन्दोलनमा नेकपा (एकीकृत) नीति सिद्धान्त र नेतृत्व बारे


चिरन पुन
अग्रगति साप्ताहिक
बर्ष ५, अंक ४३,
२०६८ असार १६ विहिबार,
काठमाण्डौ, नेपाल ।


प्रारम्भ ः
२००६ साल बैसाख १० गते शुक्रबार, (२२ अप्रेल १९४९) मा स्थापना भएको नेपालको कम्युनिष्ट पार्टीले ६१ वर्ष विताईसकेको छ । निकै उतार चडाव, टुट फुट, आरोह अवरोह पार गर्दै कम्युनिष्ट आन्दोलन यहा“सम्म आई पुगेको हो । ४ जना युवाहरुले स्थापना गरेको कम्युनिष्ट पार्टी आज एक दर्जन भन्दा बढीको संख्यामा विभाजित भएको अवस्था छ । कम्युनिष्ट पार्टीमा आस्था राख्ने र कम्युनिष्ट दर्शन, सिद्धान्त र विचारलाई विस्वास गर्नेहरुको लागि यो अत्यन्त पिडादायी अवस्था हो । क्रान्तिकारी दर्शन, सिद्धान्त, विचार र आचरणलाई हेर्दा निकै निर्णयक मोडमा आज नेपालको कम्युनष्टि आन्दोलन उभिएको छ । क. पुष्पलालको नेतृत्वमा २०२५ साल, गोरखपुरमा भएको राष्ट्रिय सम्मेलनबाट नेपालको कम्युनष्टि आन्दोलनले माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पार्टीको मार्ग दर्शक सिद्धान्त स्वीकार गर्ने र नया“ जनवादको कार्यक्रमलाई अघि सारेको थियो ।

आज जनतालाई ठुलो भ्रम छ । जनताले कम्युनिष्ट पार्टी चाहन्छन । क्रान्ति चाहन्छन । आमुल परिवर्तन चाहन्छन । गरिखाने बर्गको राज्य व्यवस्था चाहन्छन । तर, के गर्नु ? जनताको चाहना माथि आज ठुलो तुषारापात भएको छ । जनताको विस्वास माथि निर्मम धोखा भएको छ । आफुलाई कम्युनिष्ट पार्टीका मुलधार सम्झनेहरु चाहे बहुदलीय जनवादको आधारमा अघि बढ्दै गरेको एमाले होस या २१ औं सताव्दीको जनवादको कुरा गर्दै हिडेको एमाओवादी उनिहरु यो वा उ ढंगले बहुदलीय प्रतिष्प्रदालाई स्वीकार गर्दै आएका पार्टीहरु हुन । आज उनिहरु दुवै पार्टीले माक्र्सवाद लेनिनवाद माओविचारधारालाई मार्ग दर्शक सिद्धान्त मान्दैनन । एमाले दक्षिणपंथी अवसरवादमा चुर्लुम्मै डुविसकेको छ भने एमाओवादीको यात्रा पनि तेतै सोझिएर दगुर्दै छ । अन्य कतिपय कम्युनिष्ट पार्टीहरु साना छन । जनताले विस्वास गर्न लायक बनिसकेका छैनन । कतिपयको दर्शन, सिद्धान्त क्रान्तिकारी छैन । यो विडम्वनामा आज हाम्रो देश तड्पीरहेको छ । क्रान्ति, क्रान्ति भन्ने जनता छटपटाईरहेका छन । क्रान्तिकारी विचार, दर्शन, सिद्धान्त, राजनीति, आचरणहरुमा संशोधनवादीहरुले खिल्ली उडाईरहेका छन । कम्युनिष्ट पार्टीको झण्डालाई आफ्नो विकाउ वस्तु मात्र बनाउन अवसरवादीहरु सफल भएका छन । यस्तो अवस्थामा रहेको कम्युनष्ट आन्दोलनमा नेकपा (एकीकृत) क्रान्तिको संभावहक बन्न सक्ला ? वा उसको गति पनि अहिले बगेको हावाको बेग जस्तै यो परिस्थितिमा रोमलिएर हराउला ?

कम्युनिष्ट पार्टी ः
“क्रान्तिकारी कम्युनिष्ट पार्टी समस्त जनताको नेतृत्वको केन्द्रीय शक्ति हो । यो शक्ति विना समाजवादको उदेश्य विजयी हुन सक्दैन” मे २५, १९५७ मा क. माओले यो कुरा बताउनु भएको थियो । हामीले नेपालका नकली होईन असली कम्युनिष्ट पार्टी निर्माण गर्न चाहन्छौ । सहि दर्शन र सिद्धान्तनिष्ट कम्युनिष्ट पार्टी भएको हेर्न चाहन्छौ । क. माओले भनेजस्तै, कम्युनिष्ट पार्टीलाई समस्त जनताको नेतृत्वको केन्द्रीय शक्ति बनाउन चाहन्छौ । हो यो, अभियानमा हामी लागेका हौ । त्यसैले हामीले २०६३ सालमा नेकपा (एकीकृत)को स्थापना गरेका हौ । आफुलाई कम्युनिष्ट भन्ने पार्टीहरु त प्रसस्तै थिए, फेरी त्यही हुलमा अर्को कम्युनिष्ट पार्टी, त्यस्तै रुपरङ्गको, त्यस्तै चालढालको नेकपा (एकीकृत) शुभनाम गरेको पार्टीको संख्या थप गर्न खोजिएको पटक्कै होईन । बरु, नेपालमा आमुलपरिवर्तन गर्नु हो । आज सम्म अपुरो भएको नया“ जनवादी क्रान्ति सम्पन्न गर्नु हो । सर्वहारा वर्गको राज्य सत्ता स्थापना गर्न लाग्नु हो । नेपालमा धेरै मानिसहरु कम्युनष्ट भएर मरे । नहुनु भन्दा कम्युनिष्ट भएर मर्नु पनि ठुलो कुरा होला ? तर, कम्युनिष्ट भएर मर्नु र मरिसकेपछि कम्युनिष्ट पार्टीको झण्डा ओड्नैको लागि कम्युनिष्ट हुनुले मात्रै नेपाली क्रान्तिलाई पटक्कै हित गर्दैन, र गरेको पनि छैन ।

हामी आन्दोलनमा लाग्दा लाग्दा थाकेर विसाईमार्न यो पार्टी नेकपा (एकीकृत) स्थापना गरेका होईनौ । फेरी अन्य कुनै पार्टीमा टिक्नै नसकेर वा काम गर्न लायक नै नभएर यो पार्टी हामीले बनाएका पक्कै होईनौ । निष्कृयहरुको डम्पीङ् साईट बनाउन वा अराकतावादीहरुको संगम स्थल बनाउन पनि हामीले नेकपा (एकीकृत) निर्माण गरेका थिएनौ । हामी कोहि नेता हुन वा कसैको पद जोगाउन वा कसैको जयजयकार गर्न यो पार्टी नेकपा (एकीकृत) स्थापना गरेका पनि थिएनौ । कम्युनिष्ट हुनैको लागि ? कम्युनिष्ट भएर मर्नैको लागि ? मरिसकेपछि कम्युनिष्ट पार्टीको झण्डा ओड्नैको लागि ? हामीले नेकपा (एकीकृत) मा पक्कै लागेका होईनौ । हामीले नेपाली क्रान्तिको लागि केहि गर्नु छ । गरिखाने वर्गको लागि केहि गर्नु छ । दलाल, नोकरशाह, पुजिपति र सामन्तको विरुद्धमा केहि गर्नु छ । त्यसैले हामीले यो पार्टी बनाएका हौ, नेकपा (एकीकृत) पुर्नगठन गरेका हौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी भनेको सर्वहारा बर्गको सचेत र अगुवा दस्ता हो । सर्वहारा बर्गको संगठित दस्ता हो । सर्वहारा बर्गको उच्चरुप हो । सवै जनसंगठनहरुको उच्च रुप हो । मजदुर बर्गको अगुवाको सजिव रुप हो । क्रान्तिकारी परिवर्तनको संंभाहक हो । आर्थिक, राजनीतिक, सामाजिक, सा“स्कृतिक रुपान्तरणको उच्चतम रुप हो ।

“हामीले जनतामा विस्वास गर्नै पर्छ र हामीले पार्टीमा पनि विस्वास गर्नै पर्छ । यी मुलभुत सिद्धान्त हुन । हामीले यी सिद्धान्तमा संङ्का गर्यौ भने हामी केही पनि गर्न सक्ने छैनौ” कृषी सहयोगको सम्वन्धमा क. माओले जुलाई ३१, १९५५ मा बताउनु भएको थियो । क. माओले बताउनु भए जस्तै, हामी नेकपा (एकीकृत) लाई क्रान्तिकारी कम्युनिष्ट पार्टीको रुपमा परिचालन गर्न खोजेका छौ । यो दायीत्ववोध नेकपा (एकीकृत) का सवै नेता तथा कार्यकर्ताले गर्नै पर्ने भएको छ । नया“ जनवादी क्रान्तिको विस्वासमा, त्याग, बलिदान, समर्पण मुक्तिको लागि हामी नेकपा (एकीकृत) का सवै नेता कार्यकर्ताहरु लाग्नै पर्ने भएको छ ।

क्रान्तिकारी नीति तथा सिद्धान्त ः
सहि क्रान्तिकारी दर्शन, नीति, सिद्धान्त क्रान्तिकारी पार्टीको मुटु हो, जसले सधैभरी क्रान्तिकारी पार्टीलाई सहि बाटोमा सहि कार्यको लागि हिडाईराख्न भुमिका खेलिरहेको हुन्छ । आज हाम्रो देशमा कम्युनिष्ट पार्टीको नाममा बुर्जुवा र संशोधनवादी थुप्रो लागेको छ । कम्युनिष्ट आन्दोलनको नाममा थुप्रिएको त्यो अवसरवादी थुप्रोलाई सफा गर्नु सहि क्रान्तिकारी नीति र सिद्धान्तकै आवश्यकता पर्दछ । त्यसैले “क्रान्तिकारी सिद्धान्त नभईकन कुनै क्रान्तिकारी आन्दोलन चल्न सक्दैन, सवभन्दा समुन्नत सिद्धान्तबाट निर्देशित हुने पार्टीले मात्र अगुवा योद्धाको भुमिकालाई पुरा गर्न सक्छ” “लेनिन चुनिएको रचनाहरु, अग्रेजी संस्करण – मास्को, १९४७ भाग १, पृष्ठ १६३ – १६४” मा लेनिनले स्पस्ट ढंगले लेख्नु भएको छ । त्यसैले क्रान्तिकारी आन्दोलनको लागि क्रान्तिकारी सिद्धान्तले मेरुदण्डको भुमिका खेलिरहेको हुन्छ । जसरी मेरुदण्ड विना मानिस चल्न र हिड्न सक्दैन त्यसैगरी क्रान्तिकारी सिद्धान्तविना क्रान्तिकारी आन्दोलन चल्न र हिड्न सक्दैन । प्राविधिक र टाक्क टुक्कको आधारमा क्रान्तिकारी सिद्धान्त र नीतिलाई बुझुने र लागु गर्न खोज्ने भनेको पक्कै पनि अन्धोले हाक्तिका कान छामेर सुपोको अनुभुत गरेको जस्तै हुन्छ । त्यसैले नै क. माओले जोड दिदै २७ फरवरी १९४८ मा भन्नु भएको प्रश्न हो, “सहि नीति र सिद्धान्तनै क्रान्तिकारी पार्टीको समस्त व्यवहारिक कारवाहिहरुको आरम्भ विन्दु हो” । त्यसैले हाम्रो पार्टी नेकपा (एकीकृत) ले अवलम्वन गरेको बैचारिक, सैद्धान्तिक विषयलाई हेरौ, समिक्षा गरौ, फेरी पनि १० चोटी सोचौ र सहि निष्कर्षको आधारमा पार्टीको नीति निर्माणमा लागौ ।

फेरी अर्को पक्षलाई पनि हामीले निकै चनाखोपूर्ण ढंगले हेर्न, बुझ्न र मुल्याङ्कन गर्न निकै सिपालु बन्नै पर्दछ । तत्कालीन रुपमा भएपनि अवसरवादीहरु, बुर्जुवाहरु निकै शानमानपूर्ण देखिने गर्दछन । उनिहरुले आमुलपरिवर्तनलाई आत्मसाथ नगर्ने भएकोले नया“ संभावनाहरुलाई देख्दैनन बरु, नया“ संभावनाहरुको अवमुल्यन गर्दछन । त्यसैले गर्दा नै विश्व कम्युनिष्ट आन्दोलनमा अवसरवादीहरु परास्त हु“दै आईरहेको तथ्य हाम्रो सामु उभिएको छ । क्रान्तिकारीहरु हार्दा हार्दै जित्नसक्छन भने, अवसरवादीहरु जित्दा जित्दै हार्दछन, यो विश्व कम्युनिष्ट आन्दोलनले हामीलाई सिकाएको पाठ हो । आज विश्व कम्युनिष्ट आन्दोलनले रक्षात्मक अवस्थामा हिड्दै छ, भन्ने गरिन्छ । आन्दोलन कहिले पनि रक्षात्मक हुदैन बरु, आन्दोलनले अघि बढ्न वा पछि हड्न जानेको हुनु पर्दछ । निश्चितै रुपमा चिनको कम्युनिष्ट पार्टीले माक्र्सवाद लेनिनवाद माओविचारधाराको पद प्रदशनमा चिनिया क्रान्ति सन् १९४९ मा सम्पन्न गरेको थियो । थुर्पै बर्ष वितेको छ, परिस्थिति पनि फेरिएको होला तर सारमा हालको नेपालको अवस्था भनेको अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक परिवेशमा नै रहेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । त्यसैल्ो आज जसले माक्र्सवाद लेनिनवाद माओविचारधाराको मार्ग निर्देशक सिद्धान्तलाई तिलाञ्जली दिएका छन, उनिहरु यो उ ढंगले भड्कावमा फसेको तथ्यलाई आजको कम्युनिष्ट आन्दोलनले बुझ्न आवश्यक छ । आज एमाओवादी, एमाले ठुलो छ । धेरै जनताले उनिहरुलाई विस्वास पनि गरेका छन । उनिहरु बाहेक अरुहरुलाई नदेखेका पनि होलान तर, उनिहरुको चरित्रले कम्युनिष्ट आन्दोलनको चरित्रस“ग कहा“ नेर मेल खाएको छ त ? उनिहरुको अवलम्वन गरेको सिद्धान्तले क्रान्तिकारी सिद्धान्तस“ग कहा“ नेर मेल खाएको देखिन्छ त ? उनिहरुको देश र जनताको निम्ति खेलेको भुमिकाले कहा“नेर सकरात्मक भेद छुट्याउन मिल्छ त ? यी प्रश्नहरुमा सवै घोत्लिन आवश्यक देखिन्छ । पार्टी ठुलो बनाउने नाममा कम्युनिष्ट चरित्रहरुको नस्ट गर्दै जाने । साम्राज्यवाद र विस्तारवादस“गको लगनगा“ढो जोडिदै जाने लाममा मरिहत्य गर्ने । सुविधाहरु बढ्दै जान्छ र रुपरङ्ग फेरिदै जान्छ । पार्टी भित्र सुकिलो मुकिलोहरुको स“ख्या बढ्दै जान्छ । अनि सर्वहारा, किसान, मजदुर, सुकुम्वासी र गरिबहरु किनारा लाग्दै जाने र उच्च घरानाहरुको बोलवाला बढ्दैजाने, सम्पक्तिवालाहरुको हाई द्वाई बढ्दै जाने अवस्थामा एमाले र एमाओवादी पार्टी फेरिएका छन । आलिसान महल, पजेरो, ठेक्का पट्टा, तस्करी, सुविधामा रोमलिएको अन्तरविरोधको आजको कम्युनिष्ट आन्दोलनका असली हकदार एमाले र एमाओवादीहरु होईनन ? कहा“ गयो सुकुम्वासीको कुरा ?, कहा“ पुग्यो क्रान्तिकारी भुमिसुधारको कुरा ?, कहा“ छ, असमान सन्धी संझौता खारेज गर्ने कुरा ?, कहा“ पुग्यो जनआन्दोलन ०६२÷६३ का अपराधीहरुलाई कारवाही गर्ने कुरा ? कहा“ पुग्दैछ साम्राज्यवाद र विस्तारवादको विरुद्ध संघर्ष गर्ने कुरा ? यसको जवाफ एमाले र एमाओवादीले जनतालाई दिनु पर्दछ । उनिहरुले भन्ने गरेको क्रान्तिकारी नीति, सिद्धान्त र त्यस भित्र लुकेको र कम्युनिष्ट विचारको नाममा अवसरवादको खोल क्रमश फुकिदै छ । संशोधनवादी अनुहार जनताको विचमा छर्लङ्ग हुदै गएको छ । यसबाट सवै सचेत र चनाखो बन्नै पर्दछ ।

क. माओले अक्टोवर १९३८ मा भन्नु भए जस्तै, “क्रान्तिकारी सिद्धान्त तथा ईतिहासको ज्ञान र व्यवहारिक आन्दोलनको गहिरो ज्ञान नहुन्जेल कुनै पनि राजनैतिक दलले महान क्रान्तिकारी आन्दोनललाई विजय तर्फ लैजान संभव छैन” यहि विषयले आजको यथार्तलाई संवोधन गर्दछ । त्यसैले हाम्रो पार्टी नेकपा (एकीकृत) ले आफ्नो नीति र सैद्धान्तिक प्रश्नहरुमा सधै निधार तन्क्याउने र दृढतापूर्वक काममा लाग्ने कुरामा विषेश जोड दिनु पर्दछ । क्रान्तिकारी सिद्धान्त र नीतिको दिशाबोधलाई सधै महान जिम्मेवारीको रुपमा लिनु पर्दछ । सहि नीति, सिद्धान्त र कार्यक्रमहरुले मात्र नेकपा (एकीकृत) को जनता र पार्टीको विचको अन्तरसम्वधलाई तार्किक निष्कर्षमा पुर्याउने छ ।

कम्युनिष्ट नेतृत्व ः
लेनिनवादी संगठनात्मक सिद्धान्तको एउटा महत्वपूर्ण पक्ष सहि नेतृत्वको चईनको प्रश्न पनि हो । कम्युनिष्ट पार्टीमा सहि र सक्षम नेतृत्वको अभावले आन्दोलनमा झारा टार्ने काम त गर्ला तर, त्यसले क्रान्तिकारी आन्दोलन अघि बढ्न सक्दैन । आज कम्युनिष्ट आन्दोलनमा सहि र संक्षम नेतृत्वको अभाव छ । त्यो नेतृत्व रेडिमेट बनेर आउछ ? त्यो पनि होईन । कम्युनिष्ट आन्दोलनकै जगबाट खोजिनु पर्दछ । पार्टीको केन्द्रमा रहने सवै मानिसहरु नेतृत्व क्षमताको हुन्छन भन्ने होईन । तर, नेतृत्वको संभावना र विकल्पको खोजिलाई कम्युनिष्ट पार्टीले सधै सचेत पुर्वक ध्यान दिनै पर्दछ ।

“म के दावा गर्छु भने, निरन्तरता कायम राख्ने नेताहरुको टिकाउ संगठन नभएमा कुनै पनि क्रान्तिकारी आन्दोनल टिकाउ हुन सक्दैन, क्रान्तिकारी कामको लागि क्रान्तिकारी पार्टीमा मुख्य रुपले त्यस्ता मानिसहरु हुनै पर्छ जसले क्रान्तिकारी कामलाई आफ्नो पेशा बनाएका हुन्छन ।” “लेनिन संकलित रचनाहरु, रसियाली संस्मरण भाग ४, पृष्ठ ४५६ मा क. लेनिनले बताउनु भएको यो सन्दर्भलाई हामी, हाम्रो नेतृत्व र हाम्रो पार्टीले अवस्य ध्यान दिनु पर्दछ । कम्युनिष्ट पार्टीको नेतृत्व बन्नको लागि यि विषयहरु निश्चयनै महत्वपूर्ण बन्न जाने विषय हुन । क – सिद्धान्तनिष्ट, बैचारिक प्रतिवद्धता र राजनीतिक परिपक्कता नेतृत्वमा हुने अतिआवश्यक गुण हो । ख – त्यसको साथै ईमान्दारिता र निरन्तरताको अभावले पनि कम्युनिष्ट आन्दोलनको नेतृत्व बन्न सकिदैन । ग – जुझारु हुनु, सक्रिय हुनु, विद्रोही हुनु, सिकारु हुनु, सृजनसिल हुनु, समर्पणभाव हुनु, र संघर्षप्रेमी बन्न सक्नु आवस्य नेतृत्वको कसी हो । घ – जनमुखी चरित्र नेतृत्वको मुख्य विषेशताको प्रश्न हो । तर, नेपालको कम्युनष्टि आन्दोलनमा नेतृत्वमा रहेको संङ्किण, व्याक्तिवादी, गुटवादी, फुटपरस्त चिन्तन सैली र सैद्धान्तिक बैचारिक चिन्तनको अभाव जस्ता नकरात्मक पक्षहरु छन जसले गर्दा सधै आन्दोलनलाई घाटा पुरईरहेको छ । नेतृत्वको कुरा गर्दा अर्को पक्ष तिर पनि ध्यान जानु आवश्यक छ । आज सवै पार्टीमा नया“ पुस्ता र पुराना पुस्ताको बीच अन्तरविरोध छ । उमेर हुनेहरुले जहिले पनि काममा सक्रियता र जुझारुपनको माग गर्दछ, कामको लागि दौडधुपको भुमिका खोज्दछ । सवै आफै जस्तै सक्रिय भैदिउन भन्ने लाग्दछ । जब उसको उमेर ढल्कदै जान्छ उसले अनुभवको कुरा गर्ला वा परिपक्कताको कुरा गर्ला वा यति भोटो फटालेको र दाह्री जु“गा फुलेको कुरा गर्ला । यसको सन्तुलन सहि ढंगले राख्नु पनि कम्युनिष्ट आन्दोनलमा लागेका नेतृत्वहरुको कर्तव्य बन्न जाने विषय हो ।

“नीति र कार्यनीति पार्टीका ज्यान हुन, सवै स्तरका नेता कामरेडहरुले यसबारे पुरा ध्यान दिनै पर्छ र कुनै हालतले पनि यसबारे लापरबाही गर्नु हुन्न” २० मार्च १९४८ मा क. माओले परिस्थितिको विषयमा परिपत्र गर्दै भन्नु भएको थियो । नेतृत्वमा बस्न खुब रुचाउने तर, सक्रिय नहुने प्रवृति कम्युनिष्ट आन्दोलनमा प्रयाप्त छ । फेरी कम्युनिष्ट नेतृत्वलाई समय विताउने उपयुक्त स्थानको रुपमा पनि लिने गरेको पाईन्छ । कम्युनिष्ट आन्दोलनको नेतृत्वमा प्रभावकारी भुमिका निर्वाह गर्न नसक्ने अवस्था भैसक्दा पनि नेतृत्वमा बसिरहन खोज्ने प्रवृति पनि आन्दोलनमा कम छैन । आफु रहदा“ सम्म अरुको भुमिकालाई नजरअन्दााज गर्ने वा मेरै जगमा अरुको राजनीतिक भुमिका उभिएको छ, भन्ठान्ने प्रवृति पनि आन्दोलनमा रहेको नेतृत्वको नराम्रो पक्ष हो । पार्टीको कामलाई कुनै सरकारी अफिसको काम सरह ठान्ने र म विना संसार हल्लिदैन भन्ने आन्दोलनको नेतृत्वमा देखिएको अर्को रोग हो । फेरी नेतृत्वले कुनै पनि बेला गल्ती नै गर्दैन भन्ने प्रश्न भने होईन तर, नेतृत्व सधै, सवैबेला पार्टी र क्रान्तिको बारेमा सकरात्मक सो“चले सक्रिय पुर्वक अघि बढेको छ वा छैन भन्ने प्रश्नले निर्णयक भुमिका खेल्दछ । आज हाम्रो पाटीै नेकपा (एकीकृत) मा रहेका हामी केन्द्रीय सदस्य, पोलिटव्युरो र पदाधिकारीहरुमा पनि यस प्रकारको कही, कतै, कसैस“ग मिल्न सक्ने विषयलाई नजरअन्दाज गर्न सकिन्न । गर्न सक्छौ ? गरौ । लाग्न सक्छौ ? लागौ । सम्दैनौ ? जतिसक्छौ त्यति गरौ । त्यो पनि सक्दैनौ ? कम्युनिष्ट आन्दोलनको बोझ नबनौ । पार्टीलाई समर्थन गरौ, बसौं । नया“ पिडिलाई वाटो छोडिदिउ । उसले पनि गर्न सक्दैन फेरी त्यहि प्रकृया अगाडि बढाऔं । यो प्रकृयाले नै कम्युनिष्ट आन्दोलनमा देखिएको गोलचक्करवादको अन्त्य गर्न सकिएला । अकृमन्यतालाई तोड्न सफल होईएला । निष्कृयतालाई रोक्न सकिएला । अराजकतालाई सहि बाटोमा ल्याउन सफल भईएला । त्यसैले हामी सवैले पार्टीको आठौ महाधिवेशन सम्म पुग्दा संङ्कल्प गर्ने बेला भएको छ । पार्टी परिवर्तन र क्रान्तिको लागि आफ्नो लागि आफैले आत्मसमिक्षा गरेर उपयुक्त निकाशमा पुग्नै बेस हुन्छ । यसले पार्टी र क्रान्तिलाई अवस्य घात गर्ने छैन । बरु नया“ संभावनाको लागि ढोका खोलिदिनेछ । नया“ नया“ नेतृत्वको विकाश र विस्तारमा बल पुग्नेछ र कम्युनिष्ट आन्दोलनमा र नेतृत्वमा रहेको सकरात्मक रिक्ततालाई पुरा गर्न सकिने छ ।

धन्यवाद ।



Tuesday, June 28, 2011

नेकपा (एकीकृत) को आठौ महाधिवेशन प्रति गरिएको अपेक्षा बारे

अग्रगती साम्ताहिक
बर्ष ५, अंक ४२
२०६८ असार ९ गते विहिबार ।

चिरन पुन
“सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, नयाँ जनवादी क्रान्तिको तयारीमा अगाडि बढौं ।” भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को आठौं महाधिवेशन अवध भोजपुरा प्रदेशको सुन्दर नगरी बुटवलमा ०६८ असौज ७ देखि १३ गते सम्म सम्पन्न गरिदैछ । यो आठौ महाधिवेशनले पार्टीको नीतिलाई झन स्पस्ट पार्नेछ । समयसान्दर्भिक, क्रान्तिकारी रुपान्तरणको लागि दिशानिर्देशनात्मक, गुणात्मक फड्कोयुक्त जुझारु आगामी कार्यक्रमहरुको ठेगान गर्नेछ र नेतृत्वको पुर्नसंरचना, व्यवस्थापन र परिमार्जित गर्ने काम समेत निकै वैज्ञानिक र बस्तुपरक ढंगले सम्पन्न गर्नेछ ।

क. माओले सन् १९४८ नोभेम्वर मा “संसारका क्रान्तिकारी शक्तिहरु एकगठ होऔं र साम्राज्यवादी आक्रमणका विरुद्ध जुध” भन्ने सन्दर्भमा बताउनु भएको थियो, “क्रान्ति हुनुछ भने क्रान्तिकारी पार्टी हुनै पर्दछ । क्रान्तिकारी पार्टी विना, माक्र्सवादी लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुशार बनेको पार्टी विना, साम्राज्यवाद तथा यसका दलालहरुलाई पराजित गर्न मजदुर बर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।” हामी क्रान्तिकारी पार्टी निर्माण गर्न खोजेका छौ । हामीले सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्यव्यवस्था स्थापना गर्न चाहेका छौं । दलाल, नोकरशाह, सामन्ती पुजिँपति बर्गको राज्यसत्तालाई नष्ट गर्न खोजेका छौ । किसान, मजदुर, सर्वहारा वर्गको वा गरिखाने वर्गको राज्यसत्तामा पउँच बनाउन लागेका छौ । समाजलाई नयाँ जनवादी, समाजवादी र साम्यवादी चरणमा रुपान्तरण गर्न तम्सेका छौ भने क. माओले भन्नु भएको उक्त कुरालाई हामी सवैले सधैभरी आत्मसाथ गर्न आवश्यक छ ।

हामीले नेकपा (एकीकृत) निर्माण गरेको पनि आधा दसक भन्दा बढी समय भैसकेको छ । नेकपा (एकीकृत) निर्माण गर्दा हामीलाई हाम्रो नीति, नेतृत्व र कार्यक्रम निकै क्रान्तिकारी, सक्षम र समयसान्दर्भिक लागेको थियो । कम्युनिष्ट आन्दोलनमा देखिएको विभिन्न अवसरवादी भड्कावहरुको विरुद्ध सघर्ष गर्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी कम्युनिष्ट पार्टी बनाउने दायीत्वबोध सम्झेका थियौ । कम्युनिष्ट आन्दोलनमा स्थापीत भैसकेको परम्परावादी, सङ्किणवादी, जडसुत्रवादी, व्याक्तिवादी सोँच, कार्यशैली र परम्परालाई तोड्दै हामी अगाडि बढ्ने अभिलाषा बोकेका थियौ । हाम्रो पार्टी नेकपा (एकीकृत) लाई नेपालको कम्युनिष्ट आन्दोलनको वैकल्पिक शक्तिको रुपमा विकाश गर्ने र क्रान्तिकारी सिद्धान्तको सहि आत्मसाथ गरेर जनवादी क्रान्तिको असली संवाहक बनाउने विश्वास पनि गरेका थियौं । ति अभिभाराहरु पुरा गर्ने कदम बढाईरहदा हामी र हाम्रो नेतृत्वमा केहि समस्याहरु पैदा भए । केहि गडबढीहरु देखियो । केही असक्षमताको पनि प्रश्नहरु उठ्यो । केहि कार्यशैलीहरुमा पनि बेमेल देखियो । केहि निष्कृयता र केहि अराजकताको पनि महशुस भएको छ । तर नेकपा (एकीकृत) निर्माण गर्दा जस्तै आज पनि हाम्रो त्यो विश्वासमा कमि आएको छैन । त्यो सैद्धन्तिक दिशा निर्देशमा हामी विचलित भएका छैनौ । हाम्रो प्रतिवद्धताहरुमा कमि आएको छैन । हाम्रो विश्वास, भरोशा र उत्साहमा कहिँकतै तलमाथि भएका छैनौ तर, “ज्ञान अभ्यासबाट शुरु हुन्छ र अभ्यासबाटै प्रष्ट गरिएको सैद्धान्तिक ज्ञानले फेरी अभ्यासमा नै फर्कनु पर्दछ । बैचारिक ज्ञानबाट क्रान्तिकारी व्यवहारतर्फको फड्कोमा प्रकट हुनै पर्दछ, र त्यो झन बढ्ता महत्वपूर्ण छ ।” क. माओले “सहि विचार कहाँबाट आउछन् ?” भन्ने सन्दर्भमा सन् १९६३ मा बताउनु भएको थियो । क. माओको यो सन्दर्भले पनि के स्पस्ट पार्दछ भने हाम्रो समस्या अभ्यासमा छ । क्रान्तिकारी व्यवहारमा छ । पार्टीको काम गर्ने सैली र तरिकामा छ । निष्कृयतामा छ । निष्कृयताको जगमा पैदा भएको अराजकतामा छ । अकृमन्यतामा छ । त्यसैले अभ्यासमा जाने निरन्तर कार्यक्रम, अभ्यासबाटै खारिएका सैद्धान्तिक ज्ञानलाई निरन्तर प्रशिक्षण, लेनिनवादी संगठनात्म सिद्धान्तमा आधारित पार्टीमा काम गर्ने सैली र तरिकाको तत्काल सुधार, निष्कृयताको तत्काल अन्त्य, निष्कृयताको जगमा पैदा भएको अराजकतालाई निमूल पार्ने ठोस कार्यक्रम र अक्रमन्यतालाई रोक्न नेतृत्वको पुर्नसंरचना, व्यवस्थापन र परिमार्जन गर्न आवश्यक कदम यसै आठौ महाधिवेशनबाट चाल्न आवश्यक छ ।

अबको क्रान्तिको नेतृत्व एनेकपा (माओवादी) एमाले वा अन्यकुनै आफुलाई कम्युनिष्ट भन्ने शक्तिले गर्न नसक्ने कुरा त प्रष्ट नै छ । किनकी, उनिहरुको यात्रा र पतन दक्षिणपंथी संशोधनवादमा नै छ । त्यो कुरा उनिहरुको आजसम्मको बैचारिक प्रतिवद्धता र गतिशिलता र उनिहरुले जनताको विचमा अवलम्वन गरेका व्यवहारले पनि स्पस्टै हुन सकिन्छ । तर, कुरा क्रान्तिकारी आन्दोलनको हो । क्रान्तिकारी आन्दोलनलाई हाँक्ने नेतृत्वको हो । क्रान्तिकारी पार्टी निर्माण गर्ने कार्यशैली, विस्वास र प्रतिवद्धताको हो । किशान, मजदुर, सुकुम्वासी, उत्पीडित क्षेत्र र जनतालाई उत्साहित पार्ने क्रान्तिकारी कार्यक्रमको हो । पार्टीको बैठक बस्यो, छलफल चलायो अनि कार्यक्रमहरु बनाउन खोज्यो धेरैको मुखबाट फुत्कन्छ कार्यक्रम सम्पन्न गर्न सकिन्न । फेरी छलफल चलायो, कार्यक्रमहरुको विषयमा योजना बनाउन खोज्यो र कतिपय कार्यक्रमहरु पनि ठेगान गर्यो फेरी सुनिन्छ महत्वकाक्षी कार्यक्रम भयो सम्पन्न गर्न सकिन्न । बल्ल बल्ल कार्यक्रमहरु बन्छन् अनि प्रदेश र जिल्लाहरुमा जाने कुरा उठ्छ, कार्यक्रमहरु बल्ल तल्ल सम्पन्न गरिन्छ समिक्षा हुँदा थाहा हुन्छ कि निकै थोरै मानिसहरु मात्रै कार्यक्रम सम्पन्न गर्न खटेको कुरा सुनिन्छ । यो सैली तौर तरिका र प्रवृतिले निश्चितै रुपमा क्रान्तिकारी आन्दोलन अघि बढ्न सक्दैन । “हामीले आफ्ना पङ्तीहरुलाई सवै किसिमका लुरे विचारहरुबाट मुक्त पार्नुपर्दछ, शत्रुको शक्तिलाई भएको भन्दा बढ्ता ठान्ने र जनताको शक्तिलाई भएको भन्दा कम ठान्ने सवै विचार बेठिक छन” सन् १९४७ डिसेम्वर २५ मा क. माओले बताउनु भएको यो कुरालाई हामी र हाम्रो नेतृत्वले सवै बेलामा विचार गर्नु पर्ने अवस्था पैदा भएको छ ।

हामीले हाम्रो कामको समिक्षा, नेतृत्वको मुल्याङ्कन, कार्यक्रमहरुको बारेमा पनि आवश्यक छलफल र विचार गर्नै पर्दछ । हाम्रो पार्टी नेकपा (एकीकृत) को संगठन अहिले पनि देशको ठुलै क्षेत्रमा फैलिएको छ । देशै भरी हाम्रो पार्टीका सदस्यहरु, समितिहरु, र शुभचिन्तकहरु हुनुहुन्छ । तलका कामरेडहरुसँग भेट्दा निकै उत्साही भएको पनि पाईन्छ । अहिले त्यति निराशा पनि देखिदैन । केन्द्रमा भएका कामरेड गएर काममा भिड्ने हो भने, सानो शक्ति र थोरै कामरेडहरुले पनि निकै ठुलो र उत्साही कार्यक्रमहरु सम्पन्न गरेको तथ्यहरु हाम्रै सामु छर्लङ्ग छ । अनि मैले यसो विचार गरे, समस्या कहाँ हो त ? समस्याको समाधान गर्ने उपाए तलतिर कि माथितिर खोज्नु पर्ला ? समस्या तलतिर पनि होला तर, मुख्य समस्या माथितिरै को हो भन्ने मलाई लागेको छ । हाम्रो नेतृत्व छ, तर अक्रमन्ततामा फसेको देखिन्छ । हाम्रो केन्द्रीय समिति छ तर, कामको योजनाहरु बनाउन सकेको छैन । केन्द्रीय समितिमा थुपै्र सदस्यहरु छौ तर, निष्कृयतामा चुर्लुम्म डुवेका छौ । केन्द्रीय समितिका बैठकहरु पनि सम्पन्न हुन्छन कतिपय निर्णयहरु पनि गरिन्छ तर, अधिकांश निर्णयहरु क्रियान्वयनको तममा जादैनन् । गरिएको निर्णयहरुलाई तल्लोतहमा क्रियान्वयन गर्ने कुरा उठ्छ, अनि निकै थोरै कामरेडहरु मात्रैले निर्णय क्रियान्वयनको भुमिका खेलेको देख्न पाईन्छ । यस्तो अवस्थामा रहेको हामी र हाम्रो पार्टी नेतृत्वलाई बेलैमा उपचार गर्न सक्नु पर्दछ । यसै सन्दर्भमा क. माओले सन् १९६६ अगष्ट ८ मा “पार्टी नेतृत्वले निडर बनेर आम जनतालाई व्युझाउने, उठाउने सहास गर्छन कि गर्दैनन् भन्ने कुराले क्रान्तिकारी उपलव्दीलाई निर्धारण गर्दछ ।” “सहासलाई सवैभन्दा माथि राख र निडर बनेर जनतालाई व्युझाउ” भन्ने सन्दर्भमा भन्नुभएको थियो । क. माओले भन्नुभएको यो भनाईले पनि स्पस्ट हुन्छ कि आज हामी र हाम्रो नेतृत्वले यसको तारतम्यलाई कसरी उतारेका छौ । यसलाई हाम्रा तल्ला समितिहरुले के अनुभुति गर्न पाईराखेका होलान ? यसको निराकरण पनि हाम्रो पार्टी नेकपा (एकीकृत) को आठौ महाधिवेशनले गर्नै पर्नेछ । सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधीनताको निम्ति हाम्रो पार्टी संचालन गर्दै आएको जनदबाब अभियानको महत्व र यसले खेलेको भुमिकाको बारेमा पनि अवस्य महाधिवेशनमा समिक्षा गरिने विषय बन्ने छ । पार्टीको संगठन, आर्थिक अवस्था, पूर्णकालिन कार्यकर्ता, प्रकाशन आदीको विषयमा पनि महाधिवेवनले महत्वपूर्ण निर्णयहरु गर्नेछ ।

नया जनवादी क्रातिको तयारीमा लाग्ने विषय पनि आठौ महाधिवेशनको मुख्य मुद्धा बन्ने छ । सहि विचार, स्पस्ट नीति, जुझारु नेतृत्व, परिस्थिति जन्य ठोस र मुर्त कार्ययोजनाको लागि हामीेले आठौ महाधिवेशन बाट सहि निर्णय गर्ने छौ । यो महाधिवेशनले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको एउटा कोशे ढुङ्गाको काम गर्ने छ । दलाल, नोकरशाह, पुजिपति, सामन्त बर्गको विरुद्ध यो महाधिवेशनले निर्णयक क्रान्तिको निम्ति ठोस नीति बनाउने छ । सवै खाले अवसरवाद र भड्कावहरुलाई समेत यो महाधिवेशनले खवरदारी गर्दै सहि क्रान्तिकारी धारालाई बलियो र निर्णयक बनाउन यो महाधिवेशनले निर्णयक भुमिका खेल्ने छ । क्रान्तिकारीहरु विचको एकतालाई पनि यो महाधिवेशले बल पुर्याउने छ । विभिन्न अवसरवादी कित्तामा लागेका सहि क्रान्तिकारीहरुलाई पनि यो महाधिवेशनले एउटा क्रान्तिकारी जग पैदा गर्नेछ । आशा गरौं नेकपा (एकीकृत) को आठौ महाधिवेशन प्रति गरिएको सार्थक अपेक्षालाई अवश्य पनि हामी सवैले मिलेर पुरा गर्न सकिनेछ ।
धन्यवाद ।




Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।