Wednesday, February 29, 2012

जनसुरक्षा दस्ताको प्रस्तावना र उदेश्य बारे

अग्रगति साप्ताहिक
बर्ष ६, अंक २६,
२०६८ फगुन १८ विहिबार ।
काठमाडौ ।


चिरन पुन
प्रारम्भ ः
“बर्गहरु संघर्ष गर्छन, केहि बर्ग विजय पाउछन, अरुहरु निर्मुल हुन्छन । ईतिहास यस्तै छ, सभ्यताको हजारौ बर्षको ईतिहास यस्तै छ ।” क. माओले १४ अगष्ट १९४९ मा “भ्रमहरुलाई मिल्काउ, सघर्षको तयारी गर,” भन्ने सन्दर्भमा यो कुरा बताउनु भएको थियो । यो सत्य हो कि बर्गहरु बारम्वार संघर्र्ष गर्दै आईरहेका छन । समाज विकाश क्रममा एउटा बर्ग र अर्को बर्गको बीच निरन्तर संघर्षले नै समाज अगाडि बढिरहेको छ । आज पनि त्यो क्रम जारी छ । एकातिर दलाल, नोकरशाह, पुजिपति र सामन्तबर्गहरु आफ्नो निरन्तर चलिरहेको राज्यसत्तालाई कायम राख्न हर संभव कोशिस गरिहेका छन । फल स्वरुप नेपालमा आफ्नो अनुकुलको राज्यसत्ता आज सम्म टिकाईराख्न सफल पनि भएका छन । अर्कोतिर सर्वहारा बर्गले यो राज्यसत्तालाई खत्तम पार्न चाहन्छन । दलाल, नोकरशाह, पुजिपति र सामन्तबर्गहरुको हातमा रहेको राज्यसत्ता खोस्न चाहन्छन । यो लडाई हिज पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । । विश्व र नेपालमा पनि सहि क्रान्तिकारी शक्तिहरु तिनै सर्वहारा बर्गको राज्यसत्ता स्थापना गर्न लागि परेका छन । बसी खाने बर्गको हातमा रहेको राज्यसत्तालाई खोसेर गरिखाने बर्गको हातमा ल्याउनु सहि कम्युनिष्टहरुको उदेश्य केन्द्रीत छ । त्यसैको सफलताको लागि क्रान्तिकारीहरु लागि परेका छन । क्रान्तिकारीहरु त्यही उदेश्य पुरा गर्न लड्छन हार्छन, फेरी लड्छन फेरी पनि हार्छन, तर अन्त्यत क्रान्तिकारीहरु जित्छन भन्ने मान्यतालाई आत्मसाथ गर्दै जित्ने सहासका साथ लडाईका योजना बनाउछन र अगाडि बढ्छन यो क्रम अहिले पनि जारी छ । त्यसको सफलताको लागि सहि विचार, सहि क्रान्तिकारी पार्टी, सहि क्रान्तिकारी पार्टीको नेतृत्वमा सेना र सहि संयुक्त मोर्चाको आवश्यकता अनिवार्य रहन्छ । त्यसैले सहि क्रान्तिकारीहरु त्यसको निर्माणमा सधै गम्भिर बन्नु पर्दछ । त्यहि आधारलाई आत्मसाथ गर्दै नेपाल कम्यनिष्ट पार्टी (एकीकृत) ले आफ्नो नीति, योजना र कार्यक्रमलाई अगाडि सारेको छ । हामी हाम्रो नीतिमा स्पस्ट हुन चाहन्छौ । हामी हाम्रो कार्यक्रम र योजनाहरुमा पनि स्पस्ट हुन चाहन्छौ । हामी हाम्रा आगामी कार्यभारहरुमा स्पस्ट हुन चाहन्छौ । त्यसैले पार्टीले अगाडि सारेको जनसुरक्षा दस्ता, यसको प्रस्तावना र उदेश्यहरुमा पनि हामी एकरुपता र स्पस्टता हुन चाहन्छौं । यहि परिवेशमा जन सुरक्षा दस्ताको प्रस्तावना र उदेश्यहरुमा केन्द्रीत भएर केहि चर्चा गरिने छ ।

प्रस्तावना ः
जनसुरक्षा दस्ता माक्र्सवाद लेनिनवाद माओविचारधारको सिद्धान्तलाई आत्मसाथ गर्दछ । यसले नयाँ जनवादी क्रान्ति सन्पन्न गरी बैज्ञानिक समाजवाद र साम्यवादी समाजको स्थापना गर्ने उदेश्य लिएको छ । त्यहि उदेश्य पुरा गर्न यसको निर्माण र परिचालनमा जोड दिईएको हो । यो नेकपा (एकीकृत) को प्रत्यक्ष नेतृत्वमा संचालित विशेष सांगठनिक निकाय हो । नेकपा (एकीकृत) को एकताको सातौ महाधिवेशनद्धारा पारित नीति र केन्द्रीय समितिद्धारा गरिने निर्णयका आधारमा यसलाई परिचालन गरिने छ । जनसुरक्षा दस्तालाई सैद्धान्तिक हिसावले प्रखर बनाउनु, राजनैतिक हिसावले सक्षम बनाउनु र साँस्कृतिक हिसावले अगुवा बनाउनु हामी सवैको दायीत्व र जिम्मेवारी बन्न जान्छ । नेकपा (एकीकृत) को प्रत्यक्ष नेतृत्वमा परिचालन हुने हुदा यसको सैद्धान्तिक, राजनैतिक, आर्थिक, साँस्कृतिक भूमिकाका लाई प्रभावकारी बनाउन नेकपा (एकीकृत) जिम्मेवार हुनेछ । पार्टीले यसको परिचालन, संरक्षण, व्यवस्थापन, निरिक्षण र अनुगमन आदि कार्यहरु गर्न नेकपा (एकीकृत) को पिवीलाई जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुशार गठन गरिएको केन्द्रीय परिचालन टिमको प्रत्यक्ष निगरानीमा जनसुरक्षा दस्ताको परिचालन गरिने नीति पार्टीले लिएको छ ।

नेकपा (एकीकृत) माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आफ्नो पथप्रदर्शक सिद्धान्तको आलोकमा नेपालको ठोस परिस्थितिमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम तय गरेको छ । नयाँ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान एकताको आधारमा सामन्तवाद र साम्राज्यवाद विरोधी देशभक्त जनवादी र वामपंथी क्रान्तिकारी शक्तिहरु सहितको जनताको जनवादी अधिनायकत्व हो । यो समाजवादको प्रारम्भीक चरण हो । विद्यमान सामन्त, दलाल र नोकरशाही पूँजीपतिको अधिनायकत्वलाई सशस्त्र क्रान्तिद्धारा विस्तापित गरेर मात्रै स्थापति हुन सक्दछ भन्ने मान्यतालाई आत्मसाथ गरेको पार्टीको नीति निर्माणमा मुख्य जोड दिएकोले जनसुरक्षा दस्ताले पार्टीको नेतृत्वमा त्यो भुमिका खेल्न मदत गर्ने छ । ठोस परिस्थितिको ठोस विष्लेषण गर्दै नेपालको अर्ध सामन्ती र अर्ध–औपनिवेशिक राजनैतिक, आर्थिक, साँस्कृतिक र सामाजिक संरचनालाई बलपूर्वक विस्तापित गरेर मात्रै बैज्ञानिक समाजवाद र साम्यवादी समाजको स्थापना गर्ने महान् उदेश्य पुरा गर्न जनसुरक्षा दस्ता लागि पर्नेछ । जनसुरक्षा दस्ताले सामन्त, दलाल र नोकरशाही पूँजीपति बर्गको वर्तमान राज्यसत्ताद्धारा जनतामाथि गरिने सवै प्रकारका शोषण, दमन र उत्पीडनका विरुद्ध दृढतापूर्वक संघर्ष गर्नेछ । शासक र शोषक बर्गको सवै प्रकारका ज्यादती, आर्थिक अनियमितता, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती विरुद्ध जनतालाई जागृत बनाउने, संगठित हुन प्रेरित गर्ने र उनीहरुको संघर्षमा सवै प्रकारको सहयोग पुर्याउने काम गर्ने छ । यहा सवै स्पस्ट हुनु पर्ने के छ भने, जनसुरक्षा दस्ता नेकपा (एकीकृत) को प्रत्यक्ष नेतृत्वमा संचालितहुने भएकोले जनसुरक्षा दस्ता पूर्णत नेकपा (एकीकृत) को विशेष साँगठनिक निकाय हो । यसको पूर्ण दायित्व नेकपा (एकीकृत) मा निहित हुनेछ ।

उदेश्य ः
“माक्र्सवाद लेनिनवादको सिद्धान्तवाट सुसज्जित, स्व आलोचनाको पद्धतीलाई अंगालेको र जनसमुहसग गासिएको अनुशासनवद्ध पार्टी, त्यस्ता पार्टीको नेतृत्वको मातहात सेना, त्यस्तो पार्टीको नेतृत्वको अन्तरगत सवै क्रान्तिकारी बर्ग र सवै क्रान्तिकारी डफ्फाहरुको संयुक्त मोर्चा तिनै तिन मुख्य हतियारहरु हुन जो हामीले सत्रुलाई हरायौ ।” क. माओले यो कुरा ३० जून १९४९ मा “जनताको जनवादी अधिनायकत्वको विषयमा” स्पस्टसँग राख्नु भएको थिायो । त्यो मान्यतालाई हाम्रो पार्टी र जनसुरक्षा दस्ताले पनि स्वीकार गरेको छ । आत्मसाथ गरेको छ र नेपालको जनवादी क्रान्तिमा त्यसको आधारलाई पनि दिशानिर्देशनात्मक बन्न सक्छ भन्ने मान्यता राखेको छ । निश्चय पनि कुनै पनि काम शुरु गर्दा त्यसको उदेश्य स्पस्ट बन्नु पर्दछ । त्यसले गर्नु पर्ने कामको मार्ग दर्शन सवैले जान्नु, बुझ्नु र स्वीकार गर्नु पर्दछ । अनि मात्र हामी हाम्रो उदेश्य अनुरुपको परिणामलाई हात पर्न सफल भईनेछ । त्यसैले जनसुरक्षा दस्तााले आफ्नो उदेश्यहरुलाई जान्नु, कामलाई केन्द्रीय विन्दुमा राख्नु र त्यसलाई पुरा गर्न कटिवद्ध हुनुले जन सुरक्षा दस्ताको सफलतामा मुख्य भुमिका खेल्दछ, । त्यसैले आजको सन्दर्भमा जनसुरक्षा दस्ताको उदेश्यलाई यसरी हेर्न, बुझ्न र जान्न सकिन्छ । नेकपा (एकीकृत) को सिद्धान्त, उदेश्य कार्यक्रमलाई पुरा गर्नु, नेकपा (एकीकृत) को रणनीति र कार्यनीतिलाई क्रियान्वयन गर्नु, किसान मजदुरहरुको हक र हितको लागि गरिने संघर्षमा तदारुकताका साथ सक्रिय रहनु, शोषित उत्पीडित बर्ग, अल्पसंख्यक जाति, आदिबासी जनजाति, दलित, महिला, अशक्त, अपाङ्ग, बालबालिका बृद र बृद्धा, कमैया, हलिया, सुदुर दुर्गम क्षेत्र तथा तराई मधेशीका हक हित र अधिकारको निम्ति संचालन हुने संघर्षमा सक्रिय रहनु, अन्याय अत्याचारमा परेका कुनै पनि जनताको पक्षबाट संघर्ष गर्नु, भ्रष्टाचारीहरुलाई कारबार्ही गर्न जनताको नेतृत्व प्रदान गर्नु, पार्टीको कुनै पनि कार्यकर्ताको सहयोगमा तत्पर रहनु, राज्यवाट जनतामाथि गरिने उत्पीडन तथा दमनको विरुद्ध संघर्ष गर्नु, जनताको लागि रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरु नियमित संचालन गर्न प्रयन्त गर्नु, नयाँ जनवादी क्रान्तिको लागि सक्रिय र दृढतापूर्बक सहभागी हुनु, जनताको हक र अधिकारको लागि संघर्ष गर्नु, राष्ट्रियता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता र अक्षुष्णताको लागि संघर्ष गर्नु, उत्पादनको लागि संघर्ष, बर्ग संघर्ष र बैज्ञानिक प्रयोगहरुमा संलग्न रहनु, समाजवाद र साम्यवादको पक्षमा प्रचारात्मक बन्नु, जनतालाई सशक्त संगठनमा आवद्ध हनु सहयोग गर्नु, प्राकृतिक प्रकोप, भुकम्प, बाडी पहिरो, डुवान,अग्निकाण्ड, आदीबाट पीडितहरुको उद्धार र साहतको लागि सहयोग गर्न तत्पर रहनु, हरेक काम कारबाहिमा जननीति लागु गर्नु, उत्पादनमा बैज्ञानिक प्रविधि अध्ययन अनुसन्धान आदी, रचनात्मक कार्यमा संलग्न हुन र अरुलाई पनि त्यस दिशामा प्रेरित गर्नु, बर्तमान राज्यसत्ताको परिवर्तनको लगि नेकपा (एकीकृत) ले ल्याउने संघर्षका हरेक कार्यक्रमहरुलाई सफल पार्न जोड गर्नु आदी ।

अन्त्यमा ः
जनसुरक्षा दस्ता कम्युनिष्ट पार्टीको नेतृत्वमा गरिखाने बर्गको लागि लड्ने दस्ता हो । सर्वहारा बर्गको हितलाई सर्वोपरी मान्ने दस्ता हो । साँस्कृतिक क्रान्तिको मुल्य मान्यतालाई आत्मसाथ गर्ने दस्ता हो । त्यसैले सवै स्पस्ट हुन आवश्यकता छ । जसरी आज नेपालमा अनेकौ नााम धारी पार्टीहरु आफुलाई कम्युनिष्टको दावी गर्दै जनतालाई भ्रम छरिरहेका छन । सवैले हसिया हतौडा अंकित झण्डा बोक्ने गरेका छन । आफ्नो शुभ नाममा पनि कम्युनिष्ट नै झुण्ड्याउने गरेका छन । आफुलाई जनताको अगाडि कम्युनिष्ट नै भनेर चिनाउन चाहन्छन । जसले गर्दा उनिहरुले जनतालाई ठुलो भ्रम पनि पारिरहेको छन । त्यसैले अब नेपाली जनता भ्रममा रहनु हुदैन । कम्युनिष्ट नीति र सिद्धान्तले हुने हो । व्यवहार र कार्यक्रमले बन्ने हो । दार्शनिक पक्षधरताले हुने हो । वैचारिक प्रस्तावना र कम्युनष्टि आदर्शले बन्ने हो । कम्युनिष्ट नैतिकता र चरित्रले बन्ने हो । जसलाई मनलाग्यो कम्युनिष्ट भनिदिने, अनि सवैले त्यहि बुझिदिने प्रवृति र तरिकाबाट सवै नेपाली जनता स्पस्ट हुनु पर्दछ । नेपालमा सर्वहारा बर्गको अधिनायकत्व विना गरिखाने बर्गको अधिकारको सुनिश्चिता छैन । त्यसैले आज देखिएका एमाले, एमाओवादी लगाएत नाममा कम्युनिष्ट बन्न सक्छन तर, काममा भने सवैले देखिएको नै छ नि होईनर ?

धन्यवाद


No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...