Wednesday, October 1, 2025

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

 

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न   
चीरन पुन (सी) 
प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार । 









Monday, September 29, 2025

Generation Z (जेन–जी) आन्दोलन एक चर्चा

 

Generation Z   (जेन–जी) आन्दोलन एक चर्चा
चीरन पुन
 प्रकाशन ः 
जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १३ गते, सोमवार, 
महिलामुक्ति डटकम, काठमाण्डौ, २०८२ अश्विन १३ गते, सोमवार । 










  

वर्तमान राजनीतिक परिस्थिति र हाम्रो दायीत्व








भ्रष्टाचारका काण्ड र जेन जी पुस्ताको आन्दोलन

 

भ्रष्टाचारका काण्ड र जेन जी पुस्ताको आन्दोलन
चीरन पुन 
प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ । 
२०८२ अश्विन १ गते बुधवार । 

२०४६ साल पछि मल्लिक आयोगको प्रतिवेदनलाइ रद्दीको टोकरीमा फालियो, त्यसले अपराधी ठहराएका कैयौं मानिसहरु पछि सत्तामा हालिमुहाली गरे । २०६२ ÷ ६३ मा रायमाझी आयोगको प्रतिबेदन पुन त्यही गरियो । कैयौं आयोगहरु बने त्यसका दोषीलाई कारवाही गर्नुको सट्टा सरकारकै मिलेमतोमा उल्टै प्रतिबेदन नै गायब पारियो । यस्तो भएपछि कसरी भ्रष्टाचार निर्मुल हुन्छ र देश बन्छ ।
२०४६ साल पछिको भ्रस्टाचारका ठुला काण्ड –
१) लालपूर्जा काण्ड,
२) टोप्सी काण्ड,
३) लोटस काण्ड,
४) महेन्द्र बहुमुखी क्याम्पस काण्ड,
५) जिप्सी काण्ड,
६) पजेरो काण्ड,
७) लिक्विडेशन (माछापोखरी) काण्ड,
८) दक्षिण कोरिया श्रम घोटाला काण्ड,
९) लालमोहन श्रेष्ठ ७ करोड घोटाला काण्ड,
१०) भ्रष्टाचार निवारण कोष काण्ड,
११) नेपाल टेलिकम उपकरण खरिद काण्ड,
१२) सूडान काण्ड काण्ड,
१३) बालुवाटार जग्गा काण्ड,
१४) ओम्नी काण्ड,
१५) वाइडबडी विमान खरिद काण्ड,
१६) सरुवा–बढुवा काण्डहरु,
१७) एमसीसी÷ठूलो परियोजना टेन्डर काण्डहरू
१८) सुन काण्डहरु,
१९) टनकपुर काण्ड,
२०) सुत्केरी भत्ता काण्ड,
२१) लाउडा काण्ड,
२२) ठेक्का पट्टा काण्ड,
२३) सीसी टिवी काण्ड,
२४) यार्सागुम्बा तस्करी काण्ड,
२५) अदुवा तस्करी काण्ड,
२६) यार्सागुम्बा तस्करी काण्ड,
२७) मल ÷ बिउ काण्ड,
२८) आयल निगम घोटाला काण्ड,
२९) चेलिबेटी बेचबिखन काण्ड,
३०) सासद खरिद ÷ बिक्री काण्ड,
३१) बुद्धचित्त काण्ड,
३२) रातो पासपोर्ट दुरुपयोग काण्ड,
३३) सर्प काण्ड ÷ बाख्रा काण्ड,
३४) पतन्जली जग्गा प्रकरण काण्ड,
३५) निर्मला पन्त बलात्कार ÷ हत्या काण्ड,
३६) ल् – अभिि करछली र घुस काण्ड,
३७) सरुवा ÷ बढुवा काण्ड,
३८) आयाल निगम काण्ड,
३९) नकली नोट काण्ड,
४०) सहकारी ठगी काण्ड,
४१) भुटानी सरणार्थी काण्ड,
४२) गिरि बन्धु टि काण्ड,
४३) कमिसन÷ कालोबजारी ÷ तस्करी काण्ड,
४४) एयरपोर्ट कमिसन काण्ड – आदि आदि ।

क) जेन जी पुस्ताको आन्दोलनमा मुख्य २ माग मध्ये (एक) भ्रष्टाचार अन्त्य र (दोश्रो) स्थीर सरकारको थियो । यसैको जगमा शुसिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । के यो सरकारले भ्रष्टाचार विरुद्ध “शक्तिशाली स्वतन्त्र आयोग” बनाएर त्यसमा जोडिएका सम्वन्धित मानिसहरुलाई गिरफ्तार गरि पुर्पक्षमा राखी छानविन गर्ने र कार्वाही अगाडि बढाउन सक्छ ?
ख)  आज देशको अर्थतन्त्र डामाडोल हुनुमा भ्रष्टाचार मुख्य समस्या हो । सत्ताको लछाचुडी गर्दै – भ्रष्टाचार, कालोबजारी, कमिसन, तस्करी आदीमा देशका जिम्मेवार मानिसहरुनै सहभागी भएको कैयौं तथ्यहरुले स्पष्ट हुन्छ । त्यसैले उनिहरुको सम्पत्ति खोसेर रास्ट्रीयकरण गर्ने र भ्रष्टाचारीहरुलाई आजिवन जेल सजाय गर्न तयार हुन्छ यो सरकार ?
ग) के आजसम्म राज्यका उच्च तहमा बसेका मानिसहरुको सम्पत्ति निस्पक्ष छनवीन हुन सक्छ ? पक्कै पनि भ्रष्टाचार गरेर देशलाई खोक्रो पार्नेहरु खोज्न धेरै टाढा जानुपर्ने छैन । सत्ताधारी पार्टीहरुमा झण्डाको खोल ओढेर बसेका नेता भनाउदाहरु, सत्ताधारी पार्टीलाई कमिसन बुझाएर नियुक्ति खाएका उच्च पदस्थ ब्याक्ती – ब्याक्तित्वहरु र उच्च ब्यापारीक घारानाहरु जसले विभिन्न समयमा सरकारमा बसेका पार्टीलाई कमिसन बुझाउदै सासद र मन्त्रीको नियुक्ति खाएकाहरु नै छ्न ।
घ) के नेपालमा पनि एक हजार र पाँच सयका नोटहरु केही समय बन्द वा खारेज गर्न सक्छौ र ङ) एक हजार र पाँच सयको नोटलाई नयाँ डिजाईनमा संचालन गर्न सक्छौ ?
च) के नेपालमा बिचौलिया र कमिसन खोरहरुलाई आजिवन जेल हाल्न सक्छौ ?
छ) के नेपालमा आत्म निर्भर उत्पादन प्रणालीलाई आत्मसात गर्दै, सबै मानिसलाई उत्पादनमा लगाउन सक्छौ ?
ज) के नेपालमा बिदेश पलाएन भएका जनशक्तिलाई देशमै रोजगार शृजना गरेर काममा लगाउन सक्छौ ?
झ) अब ठुला – ठुला आदर्श र रणनीतिक कुरा गरेर जनतालाई झुक्याउने दिन समाप्त भयो । आज जनताको मुख्य समस्या जे छ त्यसलाई पूरा गर्दै जनतालाई बिस्वासमा राख्दै जनतासङ्ग सङ्सङ्गै समृद्धिको दिशामा अघि बढ्नु पर्ने आजको आवस्यकता बनेको छ ।
ञ) राज्यसत्ता, सरकार, संविधान, सिङ्गो पार्टी, नेतृत्वको आमूल पुनर्संरचना अनिवार्य छ, त्यसमा जेन जी पुस्तालाई समावेश अनिवार्य गरिनु पर्दछ ।
ट) पार्टी, नेतृत्व, राज्यको उच्च तह देखि तल्लो निकाय सम्म खुला प्रतिस्पर्धालाई आत्मसात गर्नु पर्दछ ।
ठ) हाम्रा निरङ्कुश शैली, अधिनायकवादी तौर तरिका, गुटिय चिन्तन, आत्म केन्द्रीत प्रवृत्तिलाई सबैले छोडौ ।
ड) पार्टीलाई कर्मचारी शैली वा ब्यापारीक कामदार जस्तो गरि संचालन गर्ने बिधिलाई बदलौ ।
ढ) पार्टीहरुलाई बदलिँदो परिस्थिति, बिज्ञान, प्रबिधी, सूचना – सन्चार र जेन जी पुस्ताको मनोबिज्ञानिक र ब्यवहारीक दक्षता र अन्तरबिरोधलाई आत्मसाथ र गुणस्तरीय बनाउदै लैजाउ ।
ण) सबै पार्टीहरुमा पुरानो पुस्ता र नयाँ पुस्ता बीच देखिएको अन्तर्बिरोधलाइ सबैको अपनत्व स्वीकार गर्ने, कसैले दिने वा छोड्ने, कसैले लिने वा खोस्ने प्रबृतीलाई बैज्ञानिक, वस्तुपरक, ब्यवहारिक र आजको आवस्यकतासङ्ग तालमेल मिलाउने ।
त) प्रारम्भ आलोचना, विश्लेषण आलोचना र सस्लेषण वा निस्कर्श पनि आलोचनाको गर्ने प्रवृत्तिलाई त्याग्ने र आजको आवस्यकता, जाने गन्तव्य र प्राप्त गर्ने वस्तुपरक आधार तय गरि एकतावद्ध कदम बढाउने ।
थ) सबैले म नभै ससार डुब्छ भन्ने चिन्तन र प्रवृत्ति त्याग्ने ।
लेखन मिति ः २०८२ भदौ २७ । 
धन्यवाद । 

काम खुलाई दे

काम खुलाई दे 
रचना ÷ सङ्गीत ः चीरन पुन 
प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ
२०८२ असार २९ गते, आईतवार । 

श्रम गरी खानलाई काम खुलाई दे
विदेश जाने युवालाई यतै भुलाई दे २ 
ए सरकार !
सुत्या छौ कि, उठ्या छौ,
आँखा चिम्म पार्या छौ किन ? किन !
ए सरकार !
जिँउदै छौ कि मर्या छौ 
चुप्प लागि बस्या छौ किन ? किन । 

क्यारी हो चल्ने पेटभरी खान किनी नसक्नु 
क्यारी हो बाँच्ने औषधी महँगो छोई नसक्नु २ 
बाँच्न दे हामीलाई बढेको मुल्य छिट्टै घटाईदे
भ्रष्टाचारीहरुलाई चारपाटा मुडेर जेल पठाई दे 
कर्णालीमा नुन छैन नुन पठाई दे 
हेर पेट खाली छ खानाा पठाई दे 
ए सरकार !
सुत्या छौ कि, उठ्या छौ,
आँखा चिम्म पार्या छौ किन ? किन !
ए सरकार !
जिँउदै छौ कि मरया छौ 
चुप्प लागि बस्या छौ किन ? किन । 

बाँजो छ जमिन अल्छी छ नीति सुनि नसक्नुु 
सरकार छ मौन चौतर्फी सङ्कट भोगी नसक्नु २ 
श्रम गरि बाँच्ने आत्मनिर्भर हुने नीति चलाई दे 
स्वदेशमै रोजगार सम्वृद्धिमा पुग्ने बोटो खुलाई दे 
श्रम गरी खानलाई काम खुलाई दे
विदेश जाने युवालाई यतै भुलाई दे २ 
ए सरकार !
सुत्या छौ कि, उठ्या छौ,
आँखा चिम्म पार्या छौ किन ? किन !
ए सरकार !
जिँउदै छौ कि मरया छौ 
चुप्प लागि बस्या छौ किन ? किन । 
लेखन मिति ः २८ असार, २०८२ ।  

गणतन्त्र दिवस, जेष्ठ १५ को कबिता

 
गणतन्त्र दिवस, जेष्ठ १५ को कबिता
लेखक ः चीरन पुन  
प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ 
२०८२ जेठ १६ गते विहिवार । 

तिम्रो गणतन्त्र,
न्याय र तिम्रो शासन,
२८ खर्बको रिणले च्यापिएको,
हामी मनुवाको जिन्दगी हेर्न लाएक छ,
यतिबेला ।

सिमित मान्छेहरु,
कुर्लिरहेका छ्न,
सबैभन्दा बढी,
गणतन्त्र फाल्न र राख्न,
फाल्नेहरुले पनि, राख्नेहरुले पनि
लुट्नै सम्म लुटे ?
लुटिने त केवल
नेपाल भन्ने देश र हामी मनुवाहरु हौ
यतिबेला ।

गुन लगाएकै छ नि त !,
फाल्नेहरुलाई
हजारौ बिगा जमिन,
नमिता सुनिता काण्ड, पिस्कर काण्ड, मुर्ती चोर र
अनेकौ काण्ड र बर्बरता, बोल्नै नपाईने शासन,
चिहानघाटबाट मुर्दा जागेझै
फेरि फर्किने अरे ?,
अँध्यारो गुफा तिर !,
झुन्ड तयार गर्दै छ्न ?
फेरि लुट्न नपाएकाहरु,
र कोसिस गर्दैछ लुरे बल लगाएर,
फाल्न गणतन्त्रलाई,
यतिबेला ।

पटकौ, पटक प्रधानमन्त्री,
मन्त्री, राज्यको वरिष्ठ देखि कनिष्ठ सम्म नियुक्ति
कुम्ल्याउदै
तलब भत्ता पचाउदै,
पार्टी, पार्टी कार्यालय, नेता – कार्यकर्ता,
आउरे, बाउरे र धुपौरेहरु,
चिच्याउनु स्वभाविक छ नि त ?,
राख्नलाई,
पार्टी नाम गरेको खुद्रे पसल थाप्दै,
नियुक्ति र पदको बार्गेनिङ गर्दै,
नेताको झोले बन्दै,
यता र उता चाहार्दै,
जता खान र लुट्न पाईन्छ, 
उतै ढल्किरहने कर्कलाको पानीजस्तो
जिन्दगी चलाउनु परेन त महासय !
लाउडा काण्ड, महाकाली काण्ड, सुन काण्ड, विमान काण्ड, सुत्केरी भत्ता काण्ड, पजेरो काण्ड, भ्रस्टाचार काण्ड, ःऋऋ काण्ड, बाख्रा काण्ड, सर्प काण्ड, रातोपासफोर्ट काण्ड, इटाभट्टा काण्ड,
सहकारी ठग काण्ड, एईरपोर्ट काण्ड, कमिसन काण्ड, तस्करी काण्ड जस्ता हजारौ जनबिरोधी र रास्ट्र बिरोधी काण्डका मतियारहरु
राख्न तम्सिएका छ्न फेरी,
किनकी बल्ल त २८ खर्ब पुग्यो !,
जनताको थाप्लोमा रिण,
उनिहरुलाई राख्न परेको छ
गणतन्त्रको नाममा कस्ले लुटि दिन्छ्र र ?
देशलाई र हामी मनुवालाई,
यतिबेला ।

सहिद हुने त भए,
लाल सलाम, जय नेपाल, अमर रहुन भनौला,
केही छैन
किनकी त्यति भन्नलाई केही जादैन कसैको,
पैसा लाग्दैन,
फोटो पनि राखौला फेसबुकमा,
बेपत्ता योद्धा सम्मान र स्मरण गरौला,
घाईतेप्रती गोहिको आँसु पनि चुहाउला,
तर !,
लाज पनि लजाउदै छ आज,
पैसा कमाउनु छ  ?
भ्रस्टाचार गर्नु छ ?,
कमिसन खानु छ ?,
दलाल बन्नु छ ?,
चिल्लो गाडी चढ्नु छ  ?
आलिसान घर, महल ठडाउनु छ ?
तीन पुस्तालाइ पुग्ने सम्पत्ति जोड्नु छ ?
छोरा, छोरी अमेरिका पढाउनु छ  ?
सान, मान, सौकतमा बाच्नु छ ?
तिम्राबाउको बिर्ता हो नि यो निर्धो देश !,
निरीह नेपाली जनता,
पछि लागेर उफ्री हाल्छ्न,
चुनावमा भोट दी हाल्छ्न,
अनि राख्नु परेन त ?
चिच्याउनु परेन त ?
बुर्जुवा गणतन्त्र !,
दलाल गणतन्त्र – जिन्दावाद  !,
यतिबेला ।

किनकी,
यसैको लागि त हो सहिद भएको,
जेल बसेको,
झुट्टा मुद्दा  खेपेको,
बन्दुक बोकेको,
नेता भएको, पार्टी खोलेको,  मन्त्री बनेको, नियुक्ति खाएको, जनता लुटेको, भ्रस्टाचार गरेको, बिचौलिया बनेको, १४÷१४ बर्स जेल बसेको, आलिसान महाराजहरुको जस्तो जिन्दगी बनाएको,
काण्डहरु घटाएको, 
र बुर्जुवा गणतन्रको नारा लगाएको,
कहाँ छ ?
बैज्ञानिक समाजवाद र साम्यवाद ?
कहाँ छ्न सहिदका आदर्श र बलिदान ?
कहाँ छ्न बेपत्ता र घाईतेको कुर्वानी ?
कहाँ छ्न कम्युनिस्ट आदर्स र नैतिकता ?
कहाँ छ्न न्याय र समानताको कुरा ?
कहाछ्न रास्ट्रीय स्वाधिनता र जनतन्त्रका कुरा ?
एकपटक !,
फेरि यो गणतन्त्र फाल्ने र राख्नेहरुलाई
सोध्ने मन छ ?
के यो बुर्जुवा गणतन्त्र हाम्रो लागि हो ?
जनताको लागि हो ?
र रास्ट्रको लागि हो 

१५ जेष्ठ, २०८२ ।



सङ्गसङ्गै जाउला

सङ्गसङ्गै जाउला 
रचना ÷ सङ्गीत ः चिरन सी
प्रकाशन ः जनखबर डटकम काठमाडौ
२०८२ जेठ ५ गते, आईतवार । 

सङ्गसङ्गै जाउला बाटो एउटै हो भने
किनतिमी तर्किएर हिड्छौ परपर
एकैसाथ जिउँला लक्ष्य एउटै छ भने,
रिसराग हटाएर आउन वरवर । 

एउटै घरमा जन्मिएर आएका हौ हामी
जे जे पर्छ बराबर सङ्गै भोगौलानी
पूर्व, पश्चिम, उत्तर, दक्षीण, बरालिन छोड्नु पर्छ
सानातिना चुलोचौको बालिरहन छोड्नु पर्छ, 
तितोमिठो खाउला विचार सुन्दर छ भने
किनतिमी तर्किएर जान्छौ परपर,
ङ्सङ्गै रमाउँला शिखर पुग्ने हो भने
तेरो मेरो हटाएर आउन वरवर । 

रङ्ग एउटै झण्डा एउटै नेपाली यो माटो,
मिलिजुली तय गरौ उन्मुक्तिको बाटो
टुक्रा टुक्रा छरिएर बस्नु हुन्न हामी अब
समयले पर्खिदैन जुटुनु पर्छ हामी सव 

सङ्गसङ्गै जाउला बाटो एउटै हो भने
किनतिमी तर्किएर हिड्छौ परपर
एकैसाथ जिउँला लक्ष्य एउटै छ भने,
रिसराग हटाएर आउन वरवर । 
२७ बैशाख, २०८२ ।



झर्नु तलै छ



झर्नु तलै छ
रचना ÷ सङ्गीत ः चिरन सी
प्रकाशन ः जनखबर डटकम काठमाडौ
मिति ः २ जेष्ठ, २०८२

गर्ज जति झर्नु तलैछ
ढाड, बगरमा लुक्नु छदैछ
शान्त कहिले
अशान्त कहिले
एकदिन त सागरमा बिलिन हुनुछ ।

मुडा ढलेझै, पतझर गलेझै
ढल्नु र गल्नु त छदैछ एकदिन
बादल उडेझै, घाम डुबेझै
उड्नु र डुब्नु त छदैछ एकदिन ।

धुवाँसरी उड्नु छदैछ
घाटहरुमा पुग्नु छ्दैछ
चिताहरुबाट कोही
मेसिनहरुबाट कोही
एकदिन त आकासमा बिलिन हुनुछ ।

फुल झरेझै, पहिरो टुटेझै
झर्नु र टुट्नु त छदैछ एकदिन
जुन खुलेझै अतीत लुकेझै 
खुल्नु र लुक्नु त छदैछ एकदिन ।
गर्ज जति झर्नु तलै छ
ढाड, बगरमा लुक्नु छदैछ
शान्त कहिले
अशान्त कहिले
एकदिन त सागरमा बिलिन हुनुछ ।

२७ बैशाख, २०८२ ।

म गाउँन खोज्छु

म गाउँन खोज्छु (१३६ औँ श्रमीक दिवसको सन्दर्भमा) 
रचना ÷सङ्गीत ः चीरन पुन 
प्रकाशन ः जनखबर डटकम काठमाण्डौ
२०८२ बैशाख १८, विहिवार । 

म गाउँन खोज्छु श्रमीकको गीत
म गाँउन सक्दिन
म नाच्न खोज्छु मजदुरको नाँच 
म नाच्न सक्दिन
भाषण धेरै भो, नारा धेरै भो
श्रमीक मारा, शाषन धेरै भो 
म गाँउन खोज्छु । 

ए आई बनाउछन् श्रमकिहरुले 
स्वामीत्व अर्कोले लिन्छ
संसार सिर्गाछन् मजदुरहरुले 
शासन अर्कैले गर्छ 
म गाँउन खोज्छु । 

विज्ञान, प्रविधी श्रमीकहरुको 
पसिना माथि चल्छ 
खुनको आँशु मजदुरको बग्छ
ढुकुटी अर्कैले भर्छ, 
म गाउँन खोज्छु श्रमीकको गीत
म गाँउन सक्दिन
म नाच्न खोज्छु मजदुरको नाँच 
म नाच्न सक्दिन
भाषण धेरै भो, नारा धेरै भो
श्रमीक मारा, शाषन धेरै भो 
म गाँउन खोज्छु । 
१८ बैशाख, २०८२ । 

ओ मास्टर साव

ओ मास्टर साव (शिक्षक आन्दोलनको सन्दर्भमा २०८२) 
रचना ÷ सङ्गीत ः चिरन पुन
प्रकाशन ः जनखबर डटकम
१७ बैशाख, २०८२
काठमाडौ ।

ओ मास्टर साव !
ओ मास्टर साव !
तिम्रो सरकार भए पो,
तिम्रो कुरा सुन्छ मास्टर साव !
हाम्रो सरकार भए पो,
हाम्रो कुरा सुन्छ मास्टर साव !

यो देशलाई ठगी ठगी
आफ्नै भुँडी भर्ने,
जनताको राम्रो कुरा
कहाँ हो र सुन्ने ?,
आखै नदेख्ने भा छ,
कानै नसुन्ने !,
ओ मास्टर साव !
ओ मास्टर साव !

महिनौ भयो राजधानीका,
सडक तताएको,
न्यायपुर्ण मागराखी,
आवाज उठाएको
कुरै नबुझ्ने भा छ,
मागै नसुन्ने !,

ओ मास्टर साव !
ओ मास्टर साव !
तिम्रो सरकार भए पो,
तिम्रो कुरा सुन्छ मास्टर साव !
हाम्रो सरकार भए पो,
हाम्रो कुरा सुन्छ मास्टर साव !
१५ बैशाख, २०८२


लक्ष्य साम्यवादको

 
लक्ष्य साम्यवादको 
रचना ÷सङ्गीत ः चिरन पुन 
 
 
चड्नु छ हामीले शिखरमा लक्ष्य साम्यवादको 
हिड्नु छ अझै सवै मिली बाटो समाजवादको  

हामी फुटे सत्रु हास्छ, लक्ष्य टाढा टाढा भाग्छ
हामी जुटे मित्रु हास्छ, विस्वास जनजनमा जाग्छ  
त्यसैले एकता तोड्नु हुन्न 
कसैले बाटो छोड्नु हुन्न 
त्यसैले आस्था ढल्नु हुन्न 
कसैको विस्वास गल्नु हुन्न 
चड्नु छ हामीले शिखरमा...................... । 

मिलाऔ सवै श्रमजीवि हात बल्ल पो देश बन्छ  
सम्वृद्धिमा पुग्नलाई हामी एकताको खाँचो पर्छ  
त्यसैले आपसमा लड्नु हुन्न 
सानातिना खिचातानी गर्नु हुन्न 
त्यसैले निरासमा बस्नु हुन्न 
मिलेर अघि बढ्न छोड्नु हुन्न 

चड्नु छ हामीले शिखरमा लक्ष्य साम्यवादको 
हिड्नु छ अझै सवै मिली बाटो समाजवादको 
१५ बैशाख, २०८१ 
धन्यवाद । 




ए हावा

ए हावा 
रचना ÷सङ्गीत ः चीरन पुन 
प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ
२०८२ बैशाख, ४, विहिवार । 

ऐ हावा उडाईदेउ जनजनको सवै कुरितीहरु 
ऐ खोला बगाइदेउ मनमनको सवै फोहोरहरु 
 
कुरितीभित्र जिवन खोज्ने सोँचहरु
अस्लिलतामा देश रोज्ने मनहरु 
सुन्नै नहुने, मनै भाँचिने विचारहरुलाई  
छुनै नहुने, जिवन कुँजिने ब्यवहारहरुलाई 
ऐ हावा.................. । 

भन्ने एउठा गेर्न अर्कै कर्महरु
लक्ष्य पुर्व पश्चिम हिड्ने पाईलाहरु  
देश भडाउने, आस्था गलाउने षडयन्त्रहरुलाई 
चौबाटो मै बरालिने चिन्तनहरुलाई 

ऐ हावा उडाईदेउ जनजनको सवै कुरितीहरु 
ऐ खोला बगाइदेउ मनमनको सवै फोहोरहरु 
४ जेष्ठ, २०८१ । 

Friday, April 18, 2025

सस्तो मूल्यमा बिक्रीमा छ

सस्तो मूल्यमा बिक्रीमा छ
– चिरन सी
प्रकाशन ः जनखबर डटकम
२०८२ बैशाख, २ (मङ्गलबार)
काठमाडौ ।


आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ,
लैजानुहोस,
१ बर्ष मात्रै पुरानो,
राम्रो कण्डिसनको,
बिक्रीमा छ !,
साथिहरु,
२०८१ साल बिक्रीमा छ !,
२०८१ सालसङ्गै,
२०८१ सालकै क्यालेन्डर पनि,
बिक्रीमा छ,
क्यालेन्डर सङ्गै,
नाम पनि, दाम पनि, बदनाम पनि
बिक्रीमा छ,
होलसेल मुल्यमा एकमुष्ट,
बिक्रीमा छ,
आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ ।

आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ !,
प्रतिगमन,
बिक्रीमा छ,
प्रतिगमन सङ्गै,
राजा पनि बिक्रीमा छ,
राजासङ्गै रानी, हात्ती, घोडा, उट, सिपाही,
सबै बिक्रीमा छ,
जम्मा १ बर्ष पहिला किनेको,
१ बर्ष खेलेको,
होलसेल मुल्यमा बिक्रीमा छ,
आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ ।

आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ,
बुर्जुवा गणतन्त्र,
बिक्रीमा छ,
बुर्जुवा गणतन्र सङ्गै,
दलाल पुजिवाद, ससदवाद,
भ्रस्टाचार, कमिसनखोर, कालोबजारी,
रास्ट्रघात, जनघात, ससदवादी पार्टी र नेता,
सबै बिक्रीमा छ,
सस्तो होलसेल मुल्यमा बिक्रीमा छ,
आजसम्म हेरिएका,
फत्तुर बनेर फालिएका,
काण्डै काण्डमा बेरिएका,
आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ ।

आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ,
बामपंथी पार्टी,
बिक्रीमा छ,
बामपंथी पार्टी सङ्गै,
औचित्य सकिएका नेता, नीति, कार्यक्रम,
कार्यदिशा, रङ्गी बिरङ्गी पार्टीको नाम,
जम्मा १ बर्ष पहिला खोलिएको,
चुनावमा दर्ता गरिएको,
चुनाव चिन्ह ल्याईएको,
जनतामा परिक्षण गरिएको,
देउता मान्न पनि पाईने,
मन्दिर, चर्ज, गुम्बा, मस्जिद, ढोग्नपनी पाईने,
जनै लाउन पनि पाईने,
क्रान्तिकारी बान्न पनि पाईने,
टुप्पी पाल्न पनि पाईने,
रक्सी र मासु ढोग्न पनि पाईने,
लालसलाम ठोक्न पनि पाईने,
मौका मिले फुट्न पनि पाईने,
होलसेल मुल्यमा,
लैजानुहोस,
जिल्लादेखि केन्द्रसम्म,
नेता देखि केटासम्म,
दौरा सुरुवाल देखि फेटासम्म,
आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ । 
 

Monday, April 14, 2025

उल्लासमय शुभकामना !

 उल्लासमय शुभकामना !
– चिरन सी
प्रकाशन ः जनखबर डटकम
२०८२ बैशाख १, (सोमबार)
काठमाडौ ।

परार पनि आएको थियो,
पोहोर पनि आएकै थियो,
अहिले पनि आएकै छ,
आगुम पनि आउने छ,
उल्लासमय शुभकामना,
एकातिर,
सङ्कटपुर्ण जिन्दगीहरुको लस्कर छ,
अर्कोतिर,
उल्लासमय शुभकामनाका लस्कर छ्न,
लौ भन ?,
कस्लाई ग्रहण गरौ म !,
सङ्कटपुर्ण जिन्दगी कि ?,
नयाँ बर्ष २०८२ का उल्लासमय शुभकामना ।

सहिदहरुका फोटा भित्तामा,
झुण्डाएर,
पुर्लुक्क फोटातिर हेर्दै,
शुभकामना लेख्दै !,
घरका भित्ताहरुमा जुण्डिएका छ्न,
सहिदहरु,
लखन थापा,
शुक्रराज, धर्मभक्त,
गङालाल, दशरथ,
शुखानि जङ्गलमा झुण्डाईएका,
जिन्दगी छ्न,
जनयुद्धमा बलिदानी दिनेहरु,
एकीकृत जनक्रान्तिमा आहुती हुनेहरु,
बेपत्ता योद्धा र घाईतेहरुको चित्कार,
अनगिन्ती पिडा र सम्वेदना युक्त्त
जिन्दगी छ्न,
त्यसैले,
एकातिर,
भित्तामा झुण्डाईएका,
अपुरा गन्तब्यका जिन्दगीहरु छन् ,
अर्कोतिर,
तिनै भित्ता तिर पुर्लुक्क हेर्दै,
लेखिएका उल्लासमय नयाँ बर्षका शुभकामना छन्,
लौ भन ?,
कस्लाई मनन गरौ म !,
भित्तामा झुन्डाईएका शहिदका अधुरा सपनायुक्त जिन्दगीलाई कि !,
तिनै भित्ता तिर पुर्लुक्क हेर्दै,
लेखिएका उल्लासमय नयाँ बर्ष २०८२ का शुभकामनाहरुलाई ।

बलात्कारमा मृत्युवरण गरेका,
निर्मला पन्तहरु,
लखेटी लखेटी मारिएका,
नवराज बिकहरु,
१० औ दिन आन्दोलनमा,
होमिएका शिक्षकहरु,
खान नपाएर,
सारङ्गी जस्तै बनेका भोका पेटहरु,
रोजगार नपाएर खाडी मुलुक,
चाहार्ने जिन्दगीहरु,
रिपोर्टिङ गर्दागर्दै डढेर खरानी बनेका,
पत्रकारहरु,
उपचार नपाएर छटपटाउदै,
मृत्युवरण गर्ने जिन्दगीहरु,
लौ भन ?,
कुन रोजौ !,
त्यस्तै, त्यस्तै जिन्दगीहरुका मर्म कि,
पुर्लुक्क समाचार हेर्दै,
लेखिएका,
उल्लासमय नयाँ बर्ष २०८२ का शुभकामनाहरु ।

प्रतिगामीहरुको चहलपहल,
बुर्जुवा गणतन्त्रवादीहरुको त्रासदी,
समाजवादीहरुको मौनता,
भ्रस्टाचारी र तस्करीहरुको चुरिफुरी,
कालोबजारी र कमिसनखोरीहरुको
चमक धमक,
खरबै रिणले थिचिरहेका टाउकोको मुल्य,
चौतर्फी अतिक्रमणले पिरलिरहेको मनोबिज्ञान,
जन आन्दोलन,
जनयुद्ध,
मधेस आन्दोलन,
एकीकृत जनक्रान्ति,
लगायतका एजेन्डाहरु थिचिएर उकुसमुकुसको परिवेश,
लौ भन,
कुन रोजौ मैले !,
उकुसमुकुसको परिवेशबाट मुक्त हुने जुक्ति कि !,
उल्लासमय नयाँ बर्ष २०८२ को शुभकामना ।
लाग्दो हो फेरी,
यो २०८१ फर्केर आउदैन,
जिन्दगी पनि त आउदैन !,
पुरानो समय पनि त आउदैन,
फर्केर आउने त जितको इतिहासमात्र हो,
जो आफैले होइन,
अरुले पढ्छ्न युगौ युगसम्म,
बिचरा !,
हारको त के इतिहास पढिन्छ र ?,
सत्ता गुम्दै छ,
बाशुरी बज्दैछ,
डर, त्रास र सन्नाटाको भारीले,
निचोरिएको जिन्दगीलाई,
केवल पेटको चिन्ताछ,
उन्मुक्तिले आफै कहाँ बोलाउछ र ?
अप्ठ्यारो र गाह्रो पहल गर्नु पर्छ आफैले,
उल्लासमय शुभकामनाले,
पनि त निकास खोज्छ होला नि है ? । 

Saturday, April 12, 2025

ब्याच टासेको बालुवाटार

  ब्याच टासेको बालुवाटार
– चिरन सी
प्रकाशन ः जनखबर डटकम
२९ चैत, २०८१
काठमाडौ ।


सडक थाकेको छ,
सङ्गैका बोट, बिरुवा,
निहुरिएका छ्न,
घरका भित्ताहरुले,
नारा बाहेक अरु,
सुन्न छाडिसके,
सडक छेउछाउका,
रिलिङ्ग नि ः शब्द ः
निकासको पर्खाईमा छ,
सधै,
कालो –
मुकुण्डो भिरेको,
सङ्गठित जमात,
आउँछ,
काडे तारको पर्खाल सामु,
सधै झै ठिङ्ग उभिन्छ,
माथिको आदेश कुर्छ,
भोक पचाउछ अनि जान्छ ।
१० औं दिन भयो,
यो प्रक्रिया,
अनिस्चय छ जिन्दगी जुलुसको,
किनकी
षड्यन्त्रकारीहरु,
कुनामा बसेर षड्यन्त्र गर्दैछन् ,
अनपढ भएको भए,
तनावानाले काम गथ्र्यो,
फेरि शिक्षित जुलुस,
फेरि,
यो चोटि झुक्दै नझुक्ने रे ?,
हेरौ !,
अनिश्चित जुलुसको
निस्चित परिणाम ।

ब्याच टासेको,
बालुवाटार चिर निन्द्रामा,
परेको छ,
कहिले यसो ब्युझन्छ,
उठ्छ,
गजब्ब बस्छ,
अनि रातको हुचिल झै,
यताउता हेर्छ,
गजधम्म बस्छ,
सोझो परेको औंलाले,
यस्सो इसारा गर्छ,
२÷४ वाणी भन्छ,
उखान टुक्का हाल्छ,
अनि स्वाट्ट भित्र छिर्छ,
आँखा चिम्म पार्छ
र गजल सुन्छ,
गजल सङ्गै मुख चलाउछ,
घाँटी हल्लाउछ
र भन्छ,
हम जि रहे है,
और, तुम मर रहे है ।

छ न त छन् त्यहाँ ?
अरु पनि,
उनिहरु,
तर,
बुख्याचा मात्र हुन,
धड्कन, बाच्नका लागि
मात्र चल्छ !,
हात खुट्टामा सिक्री,
बाधिए झै,
फासीमा चडाउन लगिएकालाई ,
जस्तो !,
कालो मुकुण्डो हालिएको छ,
हेर्न मिल्दैन !,
मुखमा भोटे ताल्चा झुण्डाएइको छ,
बोल्न सक्दैन,
बुझ्न पनि त झन सक्दैन उसले,
बिहान बेलुका निस्पट्ट मुर्दाजस्तै,
झण्डा हल्लाउँदै,
लाग्छ त्यो जण्डा हो कि,
चरा लखेट्ने बुख्याचा,
स्वाई स्वाई सिठी बजाउदै,
कहिले बालुवाटार,
कहिले भैसेपाटी,
कहिले बानेश्वर
त कहिले सिङ्गदरवार लगिन्छ ।
केवल उ त,
सुत्ने र निदाउने काम मात्र हो,
सुतिरहन्छ, निदाईरहन्छ,
र खाईरहन्छ देशको रसद पानी ।

निश्चित सड्ढल्प बाधेका,
बुज्रुक मान्छेहरु,
पक्कै फस्ने छैनन,
महाजालमा,
किनकी,
बेला बेला यहाँ महाजाल फ्याकिन्छ,
किढा, मकिढाको आसमा,
भनभने ठुला माखाहरु,
भनभनाउदै,
मन्डला र बबरमहलका सडक
चियाउदैछ छ,
निउरेमुन्टो न बनेर रिपोर्ट हाल्दैछ,
आफ्ना गुरुबाहरुलाई,
साझ कार्यालय हानिन्छ,
हुने नहुने गफ चुट्छ
रिपोर्ट हाल्छ,
र,
जोखाना हेर्दै भट्टी छिर्छ,
१० दिन त बित्यो,
एक महिना बित्न के बेर लाग्छ र ?
कुरा महिनाको होइन,
पेटको हो,
अधिकारको हो,
स्वाभिमानको हो,
र,
नयाँ पुस्ताको भविस्यको हो,
त्यसैले त उभिएका छ्न,
स्वाभिमानका खुट्टाहरु
र, आशाका बुज्रुक जिवनहरु ।

Wednesday, April 9, 2025

आन्दोलन

  आन्दोलन
– चिरन सी
प्रकासन ः जनखबर डटकम
२०८१ चैत, २७ (बुधबार)
काठमाडौ ।
झुण्ड, झुण्ड, जुलुसका पैतलाले,
काठमाडौलाई
थिचिरहेको छ,
यतिबेला !,
त्यही जुलुसको बीचबाट,
एकजना अधबैसे नेता,
जुरुक्क उठ्छ र !,
पसिना चुहाउदै,
यताउती हेर्छ,
उफ्री, उफ्री, भन्छ,
लाग्छ !,
उसको सर्वश्व गुमेको छ !,
जुट, जुट, जुट,
पर्लाक, पुर्लुक नियाल्छ,
पुलिसतिर हेर्छ,
र, फेरि भन्छ,
जुट, जुट, जुट !,
तर,
बुझ्दैन उसले,
जुट्नेहरु त !,
उहिल्यै,
मलेसियाको जङ्गलमा,
भेडा चराउदै छ, साईला !,
भेडा ।

पोहोर जस्तै,
माईतिघर मण्डलाले दिनहुँ,
हुलका हुल,
आफ्नै माईतिलाई जस्तै,
सम्मान गर्छ,
उनिहरुको चीत्कार सुन्छ,
पीडा बुझ्छ,
तर,
बोल्न सक्दैन,
किनकी,
सधै अरुनै बोलेको सुन्ने,
बानी परेको छ,
उसलाई !,
अनुभुती गर्छ,
निम्छरो अनुहर र,
खालिखुट्टामा च्वास्स घोच्ने पीडा,
दिनहुँ,
उस्तै, उस्तै लाग्ने,
भाषा सैलीमा भाषण सुन्छ,
सुन्दा, सुन्दा बोली फुट्दैन उसको,
क्रमश ,
आउछन् , बहुरुपी मानिसहरु,
बसाल्छन् , डालो जत्रो पिठ्युँ,
बिसाउछन् १०० केजिको शरीर,
हिडाउछन् , २० हजारको जुत्ता,
तै पनि,
उफ्रिन्छन् ,
र भन्छन् गर !,
नत्र ठोक्ने हो,
ठोक !, ठोक !,
तर,
ठोक्नेहरु,
बिदेशी गगननचुम्वी महलहरुमा,
चमेरो जस्तै झुन्डिएर,
अर्कैको सेवा गर्दैछ साईला,
सेवा ।

पीडा ओकल्नेहरुको
दैनिकी उस्तै छ,
आजभोली !,
लाग्दैन, मानिसजस्तो,
लाग्दैन, गणतन्त्र जस्तो,
लाग्दैन, कम्युनिस्ट जस्तो,
लाग्दैन, काङ्ग्रेस जस्तो,
फोटा समातेर,
कोहि सिक्री बेरेर,
छुट्टाछुट्टै माग,
छुट्टाछुट्टै झुण्ड र आवाज,
दिनहुँ उनिहरु,
माईकमा चिच्याउछ्न,
चर्को चर्को,
पाँच बोतल पानी सकिन्छ,
पसिना झर्छ,
घाँटी सुक्छ,
बेरङ्गी मान्छे, बेरङ्गी आवाज,
बेरङ्गी पहिरन, बेरङ्गी पीडा,
रित्तिसक्यो खल्ती,
सुन्दैन , कसैले,
न बालुवाटार चलमलाउछ,
न सिंहदरबार बोल्छ,
न बानेश्वरले सुन्छ,
दिनहुँ सुनिन्छ,
काठमाडौमा !,
उठौ, उठौ, उठौ !,
तर,
बेहाल छ देशको !,
उठ्नेहरु त कतारमा,
६० डिग्रीको घाममा पसिना
चुहाउदैछ्न साइला,
पसिना ।



Monday, April 7, 2025

रहर

 रहर
– चिरन सी
प्रकाशित ः जनखबर डटकम
२०८१ चैत, २६ (मङ्गलवार)
काठमाडौ

रहर बाटोमा,
आउदै रहेछ !,
सोधे कता ?,
भन्यो रहर मेट्न !,
कहाँ मेटिन्छ रहर ?,
फेरि भन्यो शहर तिर,
लाग्यो !,
रहर मेटिने शहर,
कहाँ भेटिन्छ ह !,

रहर बाटो लाग्यो,
सोचे !,
सहि कुरा,
रहर शहर मै भेटिन्छ,
शहरमै फुल्छ, फक्रीन्छ र झर्छ,
रहरको पनि बाध्यता छ यहाँ,
के गरोस बिचरा !,
अरुलाई होइन , आफैलाई,
गाउँ होइन , शहर,
देश होइन, बिदेश,
कुदेको छ, दौडिएको छ,
भाग्ने सुख छैन,
थाक्ने सुख छैन,
विश्राम लिने सुख छैन,
रहरले शहर पछ्याएको छ कि ?,
शहरले रहर यो भने सोचनिय छ ।

स्यावास,
रहर स्यावास,
रहर त चक्र पो रहेछ !,
रहरले शहर खोज्छ,
शहरले पद रोज्छ,
पदले सुबिधा खोज्छ,
सुबिधाले पैसा रोज्छ,
पैसाले भ्रष्टाचार खोज्छ,
भ्रष्टाचारले देश रोज्छ,
देशले नेता खोज्छ,
नेताले पार्टी रोज्छ,
पार्टीले शहर खोज्छ,
शहरले रहर रोज्छ ।
वा ,
रहर त !,
शहरमा, पैसामा, पावरमा, नियुक्तिमा, पार्टीमा, नेतामा, कुर्सीमा, कमिसनमा, भ्रष्टाचारमा, कालोबजारीमा, तस्करीमा, लुट्मा, फुटमा, गुटमा पो हुने रहेछ हँ !,
बिचरा रहर !,
घुमेको, घुमै !,
चौमुखे तलवार जस्तो,
बहुमुखे चक्र जस्तो ।

यो रहर पनि,
कति रोज्न सकेको ?,
आफ्नैलाई हँ !,
पहिलो, आफु रोज्छ,
दोश्रो, श्रीमतिको खोज्छ,
तेश्रो, छोरा, छोरी रोज्छ,
चौथो, नाता, गोता खोज्छ,
पाचौ, इस्ट मित्र रोज्छ,
छैठौ, आउरे, बाउरे, धुपौरे खोज्छ,
समाजसेवा, देश सेवा, घर सेवा, परिवार सेवा,
आदि आदि सबै सेवा !,
त्यो पनि बाध्यताले !,
कहाँ रहरले ?,
बिचरा रहर त,
निम्छरो छ ।

के गरून् त बरै !,
बाध्यताले,
सके पनि नसके पनि,
उमेर गयो,
रहर गएन !,
एक झुन्ड शहर आउछन् ,
कराउछन् , जान्छन् !,
फेरि अर्को झुन्ड फेरि शहर आउँछन् ,
फेरि कराउछन् जान्छन् !,
के गर्नु !,
यो पनि त चक्र जस्तै हो,
यो प्रक्रिया चलिरहन्छ,
निरन्तर, निरन्तर,
रहरलाई शहर पुगेको छैन,
शहरलाई रहर,
हेर्नुस न !,
प्युठाने जि,
९० बर्ष, महामन्त्री – (मसाल),
भक्तपुरे जि,
८५ बर्ष, अध्यक्ष – (नेमकिपा),
बाग्लुङ्गे जि,
८० बर्ष, अध्यक्ष – (राष्ट्रिय जनमोर्चा),
अर्का प्युठाने जि,
७९ बर्ष, महासचिव – (क्राकपा),
डढेल्धुरा जि,
७८ बर्ष, सभापति – (काङ्ग्रेस),
झापाली जि,
७४ बर्ष, अध्यक्ष – (एमाले),
अर्का झापाली जि,
७४ बर्ष, महासचिव – (माले),
चितवने जि,
७१ बर्ष, अध्यक्ष – (माओवादी केन्द्र),
रौतहटे जि,
७३ बर्ष, महासचिव – (एकीकृत समाजवादी),
यस्ता जिहरु,
अरु, अरु, धेरै, धेरै छ्न !,
रहरको पनि त उमेर हुन्छ नि यार !,
७० कट्नु पर्छ,
हिड्न नसके पनि राजनीति गर्नुपर्छ,
ठिङ्ग उभिनु पर्छ,
देशको सेवामा लाग्नु पर्छ,
किनकी,
यो त प्राकृतिक कुरा हो ।
जम्मा ५० बर्ष त भयो,
नेतृत्व गरेको,
मान्छे बूढो हुन्छ मर्छ,
तर मान्छे बूढो हुने,
मर्ने र रहरको सम्बन्ध के छ हँ ?,

बिचरा !,
बाध्यता छ,
रहरको पनि !,
पार्टी उचाल्ने, देश उचाल्ने, क्रान्ती उचाल्ने,
यो रहरलाई उन्मुक्ति चाहिदैन हँ !,
खोज्दा, खोज्दा, पचासौ बर्ष भयो,
भेटिदैन उत्तराधिकारी ?,
छोरा भए, छोरी भए, ज्वाइँ भए, परिवार भए, इस्टमित्र भए, नातागोता भए,
घर भए, गाडी भए, धन – दौलत भए, श्री – सम्पत्ति भए, शुख – सुबिधा भए, 
मान – सम्मान भए, सबै भए तर !,
उत्तराधिकारी भएनन ।

कस्तो दुर्भाग्य बिचरा !
राजनीति रहर होइन,
सेवा हो, सेवा ।
फेरि सोधे !,
ए रहर, तिमिलाई
रहर छ कि बाध्यता हँ ,
रहर मेटाउने,
रहर पुर्याउने,
रहर बचाउने,
आफू मरेर पनि !,
रहर नमर्ने,
रहर बिनाका जिन्दगी संसारमा,
कति रहरै नभेटी मरे होलान हँ ?,
रहर ।


मास्टर साव (शिक्षकको आन्दोलनप्रती समर्पण)

Sunday, April 6, 2025

मेरो नारा हरायो

 कविता 
मेरो नारा हरायो । 
चिरन पुन
जनखबर अनलाइन 
२०८१ चैत १४ गते, विहिवार प्रकाशित । 

पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

सहरभरी बर्गेल्ती,
छापिदै छ,
नाराहरु !
बिजुलीका खम्बाहरुमा,
सडकका भित्ताहरुमा,
पोतिदै छ,
झुन्डिदै छ,
नाराहरु !
माईतिघर वा खुलामन्च मै किन ?,
सिहदरवार,
निर्मल निवास,
विद्युत प्राधिकरण,
बालुवाटार,
बुढानिलकण्ठ,
झुत्रे बनेका कारखानाका भग्नावसेश
जताततै खोज्छु तर !
मेरो नारा भेटिदैन,
पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

फेसबुक वालहरु,
टिकटक एबम रिल पर्दाहरु,
भाषणबाट,
कासनबाट,
गीतबाट,
कबिता र गजलबाट,
अलाप्दैछ्न,
फलाक्दैछ्न !,
अनेकौं अनकण्टार भग्नावसेसबाट
अलाप्नेहरु, फलाक्नेहरु,
बिचरा !
धुलोमैलोले पुरिएर सुनिरहेका होलान,
एकोहोरो भनिरहेका होलान,
चिच्याईरहेका होलान,
तर !
बुझिदैन, सुनिदैन,
प्रिय मेरा नाराहरु,
पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

बुर्कुसी मार्दै,
एक दर्जन नाराहरु !
आए, कराए, गए,
२८ खर्ब ऋण ,
कुइन्टल – कुइन्टल सुन,
काण्डै काण्डका काण्ड,
तस्करी, कालोबजारी,
भ्रष्टाचार, बिचौलिया
ललिता निवास,
एमसीसी !
नारा भित्र नारा,
प्रजातन्त्र आयो, प्रजालाई भएन !
लोकतन्त्र आयो, लोकलाई भएन !
गणतन्त्र आयो, गण र जनलाई भएन !
अस्ति पनि लुटिन्थे
हिजो पनि लुटिए,
आज पनि लुटिदैछ्न,
प्रजा, लोक, गण एबम् जनहरु !,
यी सबै लुटिने भागमा हुन,
लुटिएकै छ्न, ठगिएकै छ्न,
तर चर्को नारा यिनिहरुकै छ,
अवस्था पुरानै, उस्तै,
निन्याउरे अनुहार,
च्याउसे मुहार,
खान पाए पो गतिलो हुनु ?
उफ्रदै छ, कुर्लदै छ,
बिचरा उस्तै नारा,
पर्ख न हो साथी पर्ख,
मेरो नारा हरायो !
नयाँ नयाँ नाराहरु,
बेग्ला बेग्लै रुपहरु,
निस्सासिदै,
टुकुचा, मनोहरा, बागमती र बिस्णुमती
पशुपतिनाथ र स्वम्भुनाथ,
जस्तै
नाम फेरिएको बालकोट
बालुवाटार, बुढानिलकण्ठ
निर्मल निवास,
आदि आदि ले,
सुन्दैन,
खुमलटार,
कोटेश्वर,
यस्तै अरुहरु पनि,
भेटाए कि, देखे कि ?
लुकाए कि ? दबाए कि ?
मेरा प्रिय नाराहरु,
खोज्दैछु !,
पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

नारा !,
बिचरा मेरो प्रिय नारा !
नाना फेरियो,
पापा फेरियो,
बङ्गला फेरियो,
मोटर फेरियो,
अनुहार फेरियो,
सङ्गत फेरियो,
मित्रु फेरियो,
सङ्गै
शत्रु पनि त फेरियो,
सबै फेरियो,
अब सबै फेरिए पछि
मेरो नारा पनि त फेरियो कि ?
बिचरा !
मेरो आत्मिय नारा,
मेरो नारा कहाँ भेटिन्थ्यो ?,
अर्काको कोटको भित्री गोजिको कुनामा,
निस्सासिए होला ?,
तारे होटलमा डिनर,
हुस्कीमा चुस्की मिसाउदै,
८४ ब्यन्जनको साथी,
फेरि,
यत्रो, सानो जाबो चिर्कटो मै त
लेखिएको,
एकपन्ने पत्ता,
र शिशा कलमको अक्षर !,
महान सपना
खुनै उराल्ने जागर,
निकास सहितको गन्तब्य,
स्पस्ट बाटो,
समानताको दिशा निर्देश,
तिमिले सानो टुक्रे चिर्कटो मानेर
के भो र ह ?
भोलि चैत १५ गते,
फेरि नाराहरुको भिड आउदैछ,
थरिथरिका सपना आउदैछ,
त्यसैमा मेरो प्रिय नारा पनि भेटिन्छ कि कतै !, ?
आउनुहोस !!!
सबैलाई
चुले निम्तो छ ।
सबै मिलेर नारा लगाऔ !
सबै मिलेर नारा खोजौ !
कतै भेटिन्छ कि ?
मेरो प्रीय नारा !
पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

Wednesday, February 26, 2025

जनवादी र व्यवसायिक कलाकारले ‘फनफनी घुमाएको दरमखोला’

लोकान्तर, काठमाडौं 
माघ १९, २०८१
उजिर मगर 



दरमखोला फनफनी घुम्यो गल्कोटको बीचै हजुर
माछी तलतल बग्यो, उमेर माथि–माथि
तर, पनि छाडेन कहिल्यै, ऋणै–ऋणैको भारी हजुर
दमरखोला फनफनी घुम्यो गल्कोटको बीचै हजुर

बागलुङको गल्कोट वरपर बग्ने गण्डकीको साहयक नदीमध्ये एउटा हो दरमखोला । दुधिलाभाटीको गौमुखी, ताराखोलाको सिरान दुरलेक र नरेठाँटी बीचबाट बगेर दोभानमा जम्मा भई बनेको छ दमरमखोला । त्यही दरमखोला अहिले सामाजिक सञ्चालका प्लेटफर्म ‘टिकटक, फेसबुक, युट्युबलगायत रिल्स’हरूमा फनफनी घुमेको छ । युट्युबमा हेर्ने र सुन्नेको लर्को भने कमै भए पनि टिकटक र रिल्सको ट्राफिक भने बाक्लै छ । धेरैले गीतमा अभिनय गरेर आ–आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।  

गीत तथा संगीतकार चिरन पुन (चिरन ‘सी’)  आफ्नो गीतले चर्चा पाएपछि हौसिएका छन् । गजल गायनमा अब्बल कहलिएका गल्कोट क्षेत्रकै थानेश्वर गौतमको स्वरमा गुञ्जिने दरमखोला मात्रै फनफनी घुमेको छैन, उत्तरगंगा ढोरपाटनबीच, दरमखोला पर्वतबीच, तम्मुखोला तम्मुखोला सुखौराबीचबाट बगेको छ । नेकपा ९मसाल०को सांस्कृतिक मोर्चा रक्तिम परिवार जनवादी गीतसंगीतमा अब्बद मानिन्थ्यो । अहिले रक्तिम छिन्नभिन्न छ । बागलुङ स्वाभाविकै रूपले मसालको प्रभाव क्षेत्र रहेकाले रक्तिमका गीत, नाचले कुनै समय निकै लोभ्याउँथ्यो ।

बागलुङमा मसालको जिल्ला सत्ता र रक्तिमको उच्च चढावका उम्दा कलाकार र नेता हुन गीत तथा संगीतकार चिरन पुन् । अहिले नेत्रविक्रम चन्द ९विपल्व० नेतृत्व नेकपामा आबद्ध उनी आफूलाई ‘चिरन सी’ नामले चिनाउँछन् । रक्तिमको चर्चित गीती नाटक ‘ठूली’मा खाइलाग्दो ज्यानअनुसार ‘खलनायक’को अभिनय गरेका चिरन २०५४ सालमा बागलुङको साविक सुखौरा गाविसमा कम उमेरमै अध्यक्ष निर्वाचित भएका व्यक्ति हुन् । 
अहिले युट्युबमा करोड क्लबका गायक तथा संगीतकार आशिष अविरललाई कुनै दिन रक्तिममा हार्मोनियम समाउन लगाउने उनै चिरन हुन् ।

जनताको गीत गाउनुपर्छ भन्ने चेतबाट उदाएका चिरनको नाम पनि खासमा चेतबहादुर हो । वर्तमान समाजले भोगेका पीडा, देशमा केही गरौं भन्ने आह्वानसहितका केही प्रगतिशील शब्दले मध्यमवर्गको मनमा झ्याप्पै छाप छोडेको छ । बागलुङ ताराखोलाकी संविधान सभा सदस्य केशरी घर्तीमगर र विबता बस्नेतको स्वरले पनि गीतलाई उत्तिकै न्याय दिएको छ । केशरी माओवादी युद्धकालकी कुशल कलाकार हुन् । 

भिडियो मेकिङमा भने थानेश्वरको स्वरमा दरमखोला जसरी फनफनी घुम्ने हो त्यति घुम्न सकेको छैन । भिडियो मेकिङ, पात्रहरूको चयन गतिलो नहुँदा टिकटक र रिल्सका अभिनयहरू जीवन्त देखिन्छन् । मान्छेका दैनिकी, सुखदुख र भोगाइ अनेकन छन् । मान्छे–मान्छेको हृदयभित्र खिल बनेर बसेका ती भावनाहरू, उकुसमुकुस जब संगीत बनेर आउँछन्, त्यसले वर्तमान समाजको वास्तविक चरित्र कस्तो छ रु भन्ने चिनारी दिन्छ । समाजकै वरपर रहेर गीतमा भनिएको छ– 
पोहोर साल माइलो छोरो खाडी मुलुक उड्यो
के हुन्थ्यो र बिरानो देश, ज्यान फर्काउन गाह्रो हजुर
छोरीज्वाइँहरू कलकत्तातिरै चौकीदार गरी बस्छन्
आफ्नै पेट पाल्न मुस्किल भो भनि, धरधरी आँशु झार्छन् हजुर
उत्तरगंगा उत्तरै बग्यो ढोरपाटनको बीचै हजुर

गीतका यी शब्दले सबैलाई झसङ्ग बनाउँछ । सुखौरामा जन्मिएका चिरन उनको पानीढलो दुईतिर छ । गल्कोट र शान्तिपुर ९गुल्मी० । त्यसैले हुग्दिशिरको खोला शान्तिपुरबीच बग्यो हजुर भनेका छन् । जहाँबाट गीतको गर्व उठान भएको छ, त्यही वरपरको जीवन परिवेशका मनका विरह र केही गरौं भन्ने जागरुक चेतलाई गीतमा उनिएको छ । पोहोर साल खाडी गएको माइलो वर्तमान हो भने, छोरीज्वाइँहरू कलकत्तातिर चौकीदार गर्ने सम्बत् ५० को दशकको परिवेशलाई चिरनले गीतमा समावेश गरेको देखिन्छ ।

लोकभाकामा प्राकृतिक सौन्दर्यहरूलाई कसरी गीतमा लिइन्छ भन्ने एउटा उदाहरण हुन् साविक अधिकारीचौरका अध्यक्ष जिवलाल छन्त्याल ९निधन भइसकेको २०६३० । माया, पिरती र टाढाका युवतीसँगको गीतमा छन्त्यालले यो शब्द प्रयोग गरेको देखिन्छ । उनको एउटा चर्चित गीत छ–
उत्तर बग्ने उत्तरगंगा, पश्चिम बग्ने भेरी
बाँचे भेट हुनेछ अर्को साल फेरि

लोकगीत के हो रु भन्नेबारे लामै अनुसन्धान गरेका जनकविकेसरी धर्मराज थापाले भनेका छन्, ‘मानव संगीत प्रेमीलाई संगीतको भावना जागृत गराउन लोकगीतको माध्यमबाट नै सक्छन् । जीवनको वास्तविकतालाई सजीव रूपमा प्रस्तुत गर्न सफल छ लोकगीतजस्तो अन्य साहित्यिक विधामा कठिन छ ।’

लोकगीतले किन जनमनमा छिट्टै छुन्छ त रु भन्ने आधारहरू पेश गर्दै जनकविकेसरी थापाले भनेका छन्– ‘सरलता, गेयात्मकता र मिठास । भनाइमा तीब्रता, प्रवाहमय गेयात्मकता, सरलता र सहजतासँग मितेरी, स्वाभाविकताले भरपुर हुनु, प्राकृतिक तादात्म्य भै हार्दिक अभिव्यक्ति पोख्नु, हृदयबाट उद्गारित भै उत्तराधिकारी ९लय–भाका० सिर्जना गरी विस्तारै पुरानो बन्नु, समसामयिक वातावरण वा स्थानीय परिचयताको साथै अलपिएको हुनु ।’

लोकगीत मूलतः प्रकृतिसँग जोडिएका हुन्छन् । वन, जंगल, हिमाल, खोला, नाला, झर्ना, भीर, पहरा, चराचुरुङ्गी, ऋतुहरूससँग फुल्ने फूल, त्यसमा रम्ने जीवहरूसँग जोडिएर  लोकगीतमा आएका शब्दले साँच्चिकै जनजीवनमा मिठास छाउँछ । संगीतका लागि प्रयोग हुने मादल, सारङ्गी, डम्फु, नौमती बाजाले आफ्नो मौलिकतालाई झन् भरिपूर्ण बनाउँछ ।

गायन शैलीमा आउने ‘है।। हो हो।। हा हा।। ए।।’ गण्डकी क्षेत्रमा गाइने लोकगीतका असाध्यै प्रचलित शैली हुन् । त्यसैमाथि थानेश्वरको शैलीले गीतलाई झन् न्याय गरेको छ । जसका कारण लोकगीतमा आउने यी शैलीले जो कसैको मन सहजै तान्छ । नेपाली समाज जुन ढंगले निर्माण भयो सोही चेतनासँगै लोकगीतहरूको शब्द निर्माण भएका छन् । जबदेखि लाहुरेप्रथा शुरू भयो, त्यही कालदेखि लोकगीतमा ‘लाहुरको खुकुरी र रेल’ शब्द घुस्यो । त्यसबाहेक सबैभन्दा बढी खोलानाला, स्थान, वन, जंगलबाट शब्दले लोकगीतमा प्रवेश पाएका छन् । अहिले चिरनको गीतमा पनि त्यसैले प्रवेश पाएको छ ।

चिरनका यतिखेर गीतरसंगीत कम, नेता बढी हुन् । नेता पनि एउटा ‘क्रान्तिकारी’ पार्टीको १ उनका अभिव्यक्ति, रचना स्वतः वर्ग पक्षधरता हुन्छन् भन्ने एउटा भाष्यलाई यो गीतले खण्डन गरेको छ । बुर्जुवा गीतको मात्रै व्यापार र भाइरल, लोकगीतको नाममा समाजमा अपाच्य शब्द प्रयोगबाट भाइरल बन्ने होडाबाजीलाई दरमखोलाले फनफनी घुमाएरै एउटा किनारमा पुर्याइदिएको छ ।

प्रगतिशील गीतलाई व्यवसायीक कलाकारले गाउँदा भाइरल बन्न सक्छ भन्ने यतातिर अर्को सत्यततालाई उजागर गरेको छ । जसले एकथरी जनवादी र प्रगतिशील पक्षधरताका कलाकारहरूको पनि चेत खुलाइदिएको छ । स्थानीय यानीमाया, सोरठी, ठाडो भाका, सुर्खेती टप्पा शैलीको गजल गायक थानेश्वरको स्वर, बागलुङको ख्यातिप्राप्त नौमती बाजाको बसिउठी गुरगुरे तालले जो कसैलाई नचाउन सक्छ । गल्कोट आसपास लोक गायकरगायिका उत्पादन गर्ने एउटा खानी हो । जहाँ तीन दर्जन हाराहारीका नाम चलेका कलाकारहरू छन् । फरकधार बोकेका चिरन पुरानै कलाकार हुन् । अहिले गीतबाट गल्कोट वरिपरिका खोला ल्याए र त्यही भिडमा आफूलाई पुर्नपरिचित गराउँदै गीतको अन्तमा भनेका छ न्–
सुनै फल्ने नेपाली माटो पौरखमा सम्बृद्धि रोपौँ हजुर
घुम्टेको लेक, न्युरेको वन हलेसी ढुकुर बास्छ
आफ्नै पसिनामा रमाउन सक्छौं, फर्किदेऊ प्रदेशी भन्छ हजुर
स्वाभीमानी पुर्खाको देश पराइको हप्की कति,
सुनै फल्ने नेपाली माटो पौरखमा सम्बृद्धि रोपौँ हजुर



मिठास गीत थानेश्वर र चिरन सिको ‘दरमखोला फनफनी घुम्यो’

 संगीतमा बागलुङेको बर्चस्वः ट्रेन्डिङदेखि मौलिकता सम्म
दिल श्रीसमगर 
कलालिका 
२०८१ माघ १८ शुक्रबार ः ०४ः११ । 
काठमाण्डौ । 

पछिल्लो साताको संगीत बजार हेर्ने हो भने युट्युव ट्रेन्डिङ १,२ देखि निकै रुचाइएका मौलिक गीत तिनै भुगोलका कलाकारले पस्केका छन् । थानेश्वर गौतम शास्त्रीय संगीत अध्ययन र साधनमा पनि अब्बल गायक संगीतकार हुन् । उनका दर्जनौ गजल र लोक गीत चर्चाको चुलीमा छन् । उनै गौतमले यसै साता सार्वजनिक गरेको गीत हो–‘दरमखोला फनफनी घुम्यो’ ।

झट्ट सुन्दा यो गीत वियोगान्त प्रेमिल लाग्न सक्छ तर, नितान्त प्रकृतिको सुन्दरता, नेपाली समाजको कहालीलाग्दो अवस्था र परिवेश उधिन्ने गीत हो । जनवादी गीत संगीतको अभियान र साधनामा सक्रिय चिरन सिले शब्द तथा संगीत सिर्जना गरेको यो गीत सुरुमा सुन्दा अरु गीतहरु जस्तै लागे पनि गीत सुन्दै जाँदा ‘मन्द विष’ जस्तै लाग्ने अनुभूति हुन्छ । अडियो मात्रै सुन्दा पनि प्रियकर लाग्ने गीतको भिडियो ६ दिनमा १ लाख पटक हेरिएको छ । यो गीत यसरी तयार गरिएको छ कि आजको ५,१० वर्ष पछि सुन्दा पनि पुरानो हुँदैन । गीतको म्युजिक भिडियो पनि हेर्न लायक बनेको छ । भिडियोमा बागलुङकै निर्मल क्षत्री र कुसुम थापाले अभिनय गरेका छन् ।गायनमा गौतमलाई जनवादी कलाकार केशरी घर्ति र सविता बस्नेतले साथ दिएकी छिन् ।

यस गीत अहिले फेसबुक रिल र टिकटकहरुमा निकै लोकप्रिय बनिरहेको छ । लोकप्रिय गायक बैकुण्ठ महत मुख्यतः प्राकृतिक, सांस्कृतिक मर्म बोकेको मौलिक सृजना भएकाले यसले धेरै श्रोता दर्शकको मन जित्ने बताउँछन् । ‘मलाई त गीतले निकै तान्यो, आफुले रुचाएको सृजना तपाईंले पनि सुन्नु र हेर्नुहुनेछ भन्ने अभिप्रायले शेयर पनि गरेको छु,’ महतले भने । यस गीतका सर्जक चिरन सि बागलुङ बरेङ गाउँपालिकाका हुन् भने गायक गौतम गलकोट काँडेबासका हुन् ।




दरम खोला फनफनी घुम्यो गीतको भिडियो सार्वजनिक

                                                                                                                                गीत संगीत

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।