Monday, September 29, 2025

झर्नु तलै छ



झर्नु तलै छ
रचना ÷ सङ्गीत ः चिरन सी
प्रकाशन ः जनखबर डटकम काठमाडौ
मिति ः २ जेष्ठ, २०८२

गर्ज जति झर्नु तलैछ
ढाड, बगरमा लुक्नु छदैछ
शान्त कहिले
अशान्त कहिले
एकदिन त सागरमा बिलिन हुनुछ ।

मुडा ढलेझै, पतझर गलेझै
ढल्नु र गल्नु त छदैछ एकदिन
बादल उडेझै, घाम डुबेझै
उड्नु र डुब्नु त छदैछ एकदिन ।

धुवाँसरी उड्नु छदैछ
घाटहरुमा पुग्नु छ्दैछ
चिताहरुबाट कोही
मेसिनहरुबाट कोही
एकदिन त आकासमा बिलिन हुनुछ ।

फुल झरेझै, पहिरो टुटेझै
झर्नु र टुट्नु त छदैछ एकदिन
जुन खुलेझै अतीत लुकेझै 
खुल्नु र लुक्नु त छदैछ एकदिन ।
गर्ज जति झर्नु तलै छ
ढाड, बगरमा लुक्नु छदैछ
शान्त कहिले
अशान्त कहिले
एकदिन त सागरमा बिलिन हुनुछ ।

२७ बैशाख, २०८२ ।

No comments:

Post a Comment

Generation Z (जेन–जी) आन्दोलन एक चर्चा

 Generation Z   (जेन–जी) आन्दोलन एक चर्चा चीरन पुन  प्रकाशन ः  — जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १३ गते, सोमवार,  — महिलामुक्ति डटकम,...