Wednesday, February 26, 2025

जनवादी र व्यवसायिक कलाकारले ‘फनफनी घुमाएको दरमखोला’

लोकान्तर, काठमाडौं 
माघ १९, २०८१
उजिर मगर 



दरमखोला फनफनी घुम्यो गल्कोटको बीचै हजुर
माछी तलतल बग्यो, उमेर माथि–माथि
तर, पनि छाडेन कहिल्यै, ऋणै–ऋणैको भारी हजुर
दमरखोला फनफनी घुम्यो गल्कोटको बीचै हजुर

बागलुङको गल्कोट वरपर बग्ने गण्डकीको साहयक नदीमध्ये एउटा हो दरमखोला । दुधिलाभाटीको गौमुखी, ताराखोलाको सिरान दुरलेक र नरेठाँटी बीचबाट बगेर दोभानमा जम्मा भई बनेको छ दमरमखोला । त्यही दरमखोला अहिले सामाजिक सञ्चालका प्लेटफर्म ‘टिकटक, फेसबुक, युट्युबलगायत रिल्स’हरूमा फनफनी घुमेको छ । युट्युबमा हेर्ने र सुन्नेको लर्को भने कमै भए पनि टिकटक र रिल्सको ट्राफिक भने बाक्लै छ । धेरैले गीतमा अभिनय गरेर आ–आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।  

गीत तथा संगीतकार चिरन पुन (चिरन ‘सी’)  आफ्नो गीतले चर्चा पाएपछि हौसिएका छन् । गजल गायनमा अब्बल कहलिएका गल्कोट क्षेत्रकै थानेश्वर गौतमको स्वरमा गुञ्जिने दरमखोला मात्रै फनफनी घुमेको छैन, उत्तरगंगा ढोरपाटनबीच, दरमखोला पर्वतबीच, तम्मुखोला तम्मुखोला सुखौराबीचबाट बगेको छ । नेकपा ९मसाल०को सांस्कृतिक मोर्चा रक्तिम परिवार जनवादी गीतसंगीतमा अब्बद मानिन्थ्यो । अहिले रक्तिम छिन्नभिन्न छ । बागलुङ स्वाभाविकै रूपले मसालको प्रभाव क्षेत्र रहेकाले रक्तिमका गीत, नाचले कुनै समय निकै लोभ्याउँथ्यो ।

बागलुङमा मसालको जिल्ला सत्ता र रक्तिमको उच्च चढावका उम्दा कलाकार र नेता हुन गीत तथा संगीतकार चिरन पुन् । अहिले नेत्रविक्रम चन्द ९विपल्व० नेतृत्व नेकपामा आबद्ध उनी आफूलाई ‘चिरन सी’ नामले चिनाउँछन् । रक्तिमको चर्चित गीती नाटक ‘ठूली’मा खाइलाग्दो ज्यानअनुसार ‘खलनायक’को अभिनय गरेका चिरन २०५४ सालमा बागलुङको साविक सुखौरा गाविसमा कम उमेरमै अध्यक्ष निर्वाचित भएका व्यक्ति हुन् । 
अहिले युट्युबमा करोड क्लबका गायक तथा संगीतकार आशिष अविरललाई कुनै दिन रक्तिममा हार्मोनियम समाउन लगाउने उनै चिरन हुन् ।

जनताको गीत गाउनुपर्छ भन्ने चेतबाट उदाएका चिरनको नाम पनि खासमा चेतबहादुर हो । वर्तमान समाजले भोगेका पीडा, देशमा केही गरौं भन्ने आह्वानसहितका केही प्रगतिशील शब्दले मध्यमवर्गको मनमा झ्याप्पै छाप छोडेको छ । बागलुङ ताराखोलाकी संविधान सभा सदस्य केशरी घर्तीमगर र विबता बस्नेतको स्वरले पनि गीतलाई उत्तिकै न्याय दिएको छ । केशरी माओवादी युद्धकालकी कुशल कलाकार हुन् । 

भिडियो मेकिङमा भने थानेश्वरको स्वरमा दरमखोला जसरी फनफनी घुम्ने हो त्यति घुम्न सकेको छैन । भिडियो मेकिङ, पात्रहरूको चयन गतिलो नहुँदा टिकटक र रिल्सका अभिनयहरू जीवन्त देखिन्छन् । मान्छेका दैनिकी, सुखदुख र भोगाइ अनेकन छन् । मान्छे–मान्छेको हृदयभित्र खिल बनेर बसेका ती भावनाहरू, उकुसमुकुस जब संगीत बनेर आउँछन्, त्यसले वर्तमान समाजको वास्तविक चरित्र कस्तो छ रु भन्ने चिनारी दिन्छ । समाजकै वरपर रहेर गीतमा भनिएको छ– 
पोहोर साल माइलो छोरो खाडी मुलुक उड्यो
के हुन्थ्यो र बिरानो देश, ज्यान फर्काउन गाह्रो हजुर
छोरीज्वाइँहरू कलकत्तातिरै चौकीदार गरी बस्छन्
आफ्नै पेट पाल्न मुस्किल भो भनि, धरधरी आँशु झार्छन् हजुर
उत्तरगंगा उत्तरै बग्यो ढोरपाटनको बीचै हजुर

गीतका यी शब्दले सबैलाई झसङ्ग बनाउँछ । सुखौरामा जन्मिएका चिरन उनको पानीढलो दुईतिर छ । गल्कोट र शान्तिपुर ९गुल्मी० । त्यसैले हुग्दिशिरको खोला शान्तिपुरबीच बग्यो हजुर भनेका छन् । जहाँबाट गीतको गर्व उठान भएको छ, त्यही वरपरको जीवन परिवेशका मनका विरह र केही गरौं भन्ने जागरुक चेतलाई गीतमा उनिएको छ । पोहोर साल खाडी गएको माइलो वर्तमान हो भने, छोरीज्वाइँहरू कलकत्तातिर चौकीदार गर्ने सम्बत् ५० को दशकको परिवेशलाई चिरनले गीतमा समावेश गरेको देखिन्छ ।

लोकभाकामा प्राकृतिक सौन्दर्यहरूलाई कसरी गीतमा लिइन्छ भन्ने एउटा उदाहरण हुन् साविक अधिकारीचौरका अध्यक्ष जिवलाल छन्त्याल ९निधन भइसकेको २०६३० । माया, पिरती र टाढाका युवतीसँगको गीतमा छन्त्यालले यो शब्द प्रयोग गरेको देखिन्छ । उनको एउटा चर्चित गीत छ–
उत्तर बग्ने उत्तरगंगा, पश्चिम बग्ने भेरी
बाँचे भेट हुनेछ अर्को साल फेरि

लोकगीत के हो रु भन्नेबारे लामै अनुसन्धान गरेका जनकविकेसरी धर्मराज थापाले भनेका छन्, ‘मानव संगीत प्रेमीलाई संगीतको भावना जागृत गराउन लोकगीतको माध्यमबाट नै सक्छन् । जीवनको वास्तविकतालाई सजीव रूपमा प्रस्तुत गर्न सफल छ लोकगीतजस्तो अन्य साहित्यिक विधामा कठिन छ ।’

लोकगीतले किन जनमनमा छिट्टै छुन्छ त रु भन्ने आधारहरू पेश गर्दै जनकविकेसरी थापाले भनेका छन्– ‘सरलता, गेयात्मकता र मिठास । भनाइमा तीब्रता, प्रवाहमय गेयात्मकता, सरलता र सहजतासँग मितेरी, स्वाभाविकताले भरपुर हुनु, प्राकृतिक तादात्म्य भै हार्दिक अभिव्यक्ति पोख्नु, हृदयबाट उद्गारित भै उत्तराधिकारी ९लय–भाका० सिर्जना गरी विस्तारै पुरानो बन्नु, समसामयिक वातावरण वा स्थानीय परिचयताको साथै अलपिएको हुनु ।’

लोकगीत मूलतः प्रकृतिसँग जोडिएका हुन्छन् । वन, जंगल, हिमाल, खोला, नाला, झर्ना, भीर, पहरा, चराचुरुङ्गी, ऋतुहरूससँग फुल्ने फूल, त्यसमा रम्ने जीवहरूसँग जोडिएर  लोकगीतमा आएका शब्दले साँच्चिकै जनजीवनमा मिठास छाउँछ । संगीतका लागि प्रयोग हुने मादल, सारङ्गी, डम्फु, नौमती बाजाले आफ्नो मौलिकतालाई झन् भरिपूर्ण बनाउँछ ।

गायन शैलीमा आउने ‘है।। हो हो।। हा हा।। ए।।’ गण्डकी क्षेत्रमा गाइने लोकगीतका असाध्यै प्रचलित शैली हुन् । त्यसैमाथि थानेश्वरको शैलीले गीतलाई झन् न्याय गरेको छ । जसका कारण लोकगीतमा आउने यी शैलीले जो कसैको मन सहजै तान्छ । नेपाली समाज जुन ढंगले निर्माण भयो सोही चेतनासँगै लोकगीतहरूको शब्द निर्माण भएका छन् । जबदेखि लाहुरेप्रथा शुरू भयो, त्यही कालदेखि लोकगीतमा ‘लाहुरको खुकुरी र रेल’ शब्द घुस्यो । त्यसबाहेक सबैभन्दा बढी खोलानाला, स्थान, वन, जंगलबाट शब्दले लोकगीतमा प्रवेश पाएका छन् । अहिले चिरनको गीतमा पनि त्यसैले प्रवेश पाएको छ ।

चिरनका यतिखेर गीतरसंगीत कम, नेता बढी हुन् । नेता पनि एउटा ‘क्रान्तिकारी’ पार्टीको १ उनका अभिव्यक्ति, रचना स्वतः वर्ग पक्षधरता हुन्छन् भन्ने एउटा भाष्यलाई यो गीतले खण्डन गरेको छ । बुर्जुवा गीतको मात्रै व्यापार र भाइरल, लोकगीतको नाममा समाजमा अपाच्य शब्द प्रयोगबाट भाइरल बन्ने होडाबाजीलाई दरमखोलाले फनफनी घुमाएरै एउटा किनारमा पुर्याइदिएको छ ।

प्रगतिशील गीतलाई व्यवसायीक कलाकारले गाउँदा भाइरल बन्न सक्छ भन्ने यतातिर अर्को सत्यततालाई उजागर गरेको छ । जसले एकथरी जनवादी र प्रगतिशील पक्षधरताका कलाकारहरूको पनि चेत खुलाइदिएको छ । स्थानीय यानीमाया, सोरठी, ठाडो भाका, सुर्खेती टप्पा शैलीको गजल गायक थानेश्वरको स्वर, बागलुङको ख्यातिप्राप्त नौमती बाजाको बसिउठी गुरगुरे तालले जो कसैलाई नचाउन सक्छ । गल्कोट आसपास लोक गायकरगायिका उत्पादन गर्ने एउटा खानी हो । जहाँ तीन दर्जन हाराहारीका नाम चलेका कलाकारहरू छन् । फरकधार बोकेका चिरन पुरानै कलाकार हुन् । अहिले गीतबाट गल्कोट वरिपरिका खोला ल्याए र त्यही भिडमा आफूलाई पुर्नपरिचित गराउँदै गीतको अन्तमा भनेका छ न्–
सुनै फल्ने नेपाली माटो पौरखमा सम्बृद्धि रोपौँ हजुर
घुम्टेको लेक, न्युरेको वन हलेसी ढुकुर बास्छ
आफ्नै पसिनामा रमाउन सक्छौं, फर्किदेऊ प्रदेशी भन्छ हजुर
स्वाभीमानी पुर्खाको देश पराइको हप्की कति,
सुनै फल्ने नेपाली माटो पौरखमा सम्बृद्धि रोपौँ हजुर



No comments:

Post a Comment

रहर

 रहर – चिरन सी प्रकाशित ः जनखबर डटकम २०८१ चैत, २६ (मङ्गलवार) काठमाडौ रहर बाटोमा, आउदै रहेछ !, सोधे कता ?, भन्यो रहर मेट्न !, कहाँ मेटिन्छ रह...