Friday, November 19, 2021

विषय ः ध्यानाकर्षण पत्र

श्री प्रवन्ध निदेशक ज्यू, 
नेपाल आयल निगम 
केन्द्रीय कार्यालय, टेकु, काठमाण्डौ  
विषय ः ध्यानाकर्षण पत्र

जनताको दैनिक जीवन निर्वाहसँग जोडिएको अर्थतन्त्रको मानक मानिने पेट्रोलियम पदार्थमा सरकारले निरन्तर मुल्यवृद्धि गर्दै आएको छ । त्यसको चौतर्फी दुस्प्रभावले जनता त्राहीमाम छन् । एक महिनाभित्रै पेट्रोलियम पदार्थमा नौ पटक र एल. पी ग्याँसमा चार पटक मुल्यवृद्धि गरेको छ । पछिल्लो पटक पेट्रोलियम पदार्थमा प्रतिलिटर तीन (३) रुपैया, (हवाई ईन्धनमा प्रतिलिटर पाँच रुपैयाँ) र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँका दरले मुल्यवृद्धि गरेको छ । यसले सम्पूर्ण क्षेत्रमा मुल्यवृद्धिलाई स्वतह ः बढाउँछ । जसले गर्दा जनताको क्रयशक्ति घट्ने र मुद्रास्फिर्ती झनै बढ्ने छ । यसरी सरकार र आयल निगमले गर्ने बेरोकतोक मुल्यवृद्धिले सम्पूर्णतहका श्रमजीवि जनताको जीवन अथाह सङ्कटतिर धकेलिएको छ । आयल निगमले मुल्यवृद्धि गर्नुपर्ने भनि सार्वजनिक गरेको दलिल पारदर्शी र तथ्यपरक छैन । यस्तो अवस्थामा एउटा जिम्मेवार, राष्ट्रप्रेमी र जनप्रेमी संगठन हुनुको नाताले हाम्रो संगठन एउटा राष्ट्र र जनताप्रति हुने जुनसुकै घातहरुलााई चुप लागेर बस्न सक्दैन र निरन्तर संघर्षमा भएको समेत स्मरण गराउन चाहन्छौ । त्यसैले यो ध्यानाकर्षण मार्फत सम्वन्धित निकायलाई तत्काल मुल्यवद्धि फिर्ता लिन जोडदार माग गर्दछ । 

ध्यानाकर्षणका बुँदाहरु ः 
१. भारतीय आयल निगमले एकतर्फी मुल्य निर्धारण गर्ने गरेको । 
२. पेट्रोलियम पदार्थको कारोबारमा भारतीय एकाधिकार र नेपालको आश्रीत नीति । 
३. कच्चा तेलको आयात र प्रशोधन नेपालमा गर्नेकुरामा उपेक्षा । 
४. अन्तर्राष्टिय बजार अनुसार मुल्य समायोजन नगरिएको । 
५. भण्डारण क्षमता कमजोर हुनु । 
६. डिलरहरुलाई अनावश्यक र अपारदर्शी छुट दिनु । 
७. ठुलो मात्रामा टाईम चिटिड्ड भैरहेको । 
८. चरम भ्रष्टाचार हुने गरेको । 
९. विचौलियाहरुको चलखेलले माथिल्लो तहसम्म गिजोलेको । 
१०. कालोबजारियाहरुको विगविगी भैरहेको । 
११. कमिसन र तस्करीहरुको चलखेलले सङ्कटग्रस्त अवस्था पैदा भएको । 
१२. आयल निगमले आफुखुसी बोनस बाड्ने, सुविधा लिने र अपारदर्शीढंगले भत्ता खाने गरेको । 
१३. पेट्रोलियम पदार्थमा चर्को र अनावश्यक कर लगाइएको । 
१४. नेपालमा मागभन्दा ७० प्रतिसत बढी ल्याउने र फेरी भारतमै तस्करी गर्ने र सिमा नियमन नगरिएको । 
१५. आयल निगममा चरम अनियमितता भएको र यसमा सरकारको माथिल्लो तहसम्मको सङ्लग्नता हुने गरेको । 

अत ः तत्काल मुल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा हाम्रो संगठन जुनसुकै आन्दोलनका कार्यक्रमहरु अघि बढाउन बाध्यहुने कुरा ध्यानाक्रशण गर्दछ । 

१. क. ओमप्रकाश पुन,  अध्यक्ष, अखिल नेपाल भुमिहिन सुकुम्वासी संघ, केन्द्रीय समिति 
२. क. माईला लामा,      अध्यक्ष, अखिल नेपाल जनसाँस्कृतिक महासंघ, केन्द्रीय समिति 
३. क. बन्धु चन्द,    अध्यक्ष, अखिल नेपाल महिला संघ क्रान्तिकारी, केन्द्रीय समिति 
४. क. खुमा सुवेदी,       अध्यक्ष, जनक्रान्तिका महान् सहिद परिवार संगठन नेपाल, केन्द्रीय समिति 
५. क. रामलाल विक,   अध्यक्ष, श्रमीक समुदाय मोर्चा नेपाल, केन्द्रीय समिति 
६. क. जयन्द्र चन्द,     अध्यक्ष, नेपाल गणतान्त्रिक खेलकुद महासंघ, केन्द्रीय समिति 
७. क. विनोद थापा,     अध्यक्ष, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, केन्द्रीय समिति 
८. क. प्रकाश शाही,     अध्यक्ष, अखिल (क्रान्तिकारी), केन्द्रीय समिति 
९. क. पाटन जंगली,   अध्यक्ष, युवा संगठन नेपाल, केन्द्रीय समिति 
१०. क. हरी श्रेष्ठ,       अध्यक्ष, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), केन्द्रीय समिति 
११. क. टिकाप्रसाद कणेल, अध्यक्ष, अखिल नेपाल जनस्वास्थ्यकर्मीै महासंघ, केन्द्रीय समिति 
१२. क. रत्न मगर,    अध्यक्ष, जनगणतान्त्रिक सम्पर्क मन्च, केन्द्रीय समिति  
१३. क. श्री कृष्ण बस्नेत,  अध्यक्ष, राष्ट्रिय उद्योग बाणीज्य महासंघ, केन्द्रीय समिति
१४. क. रामबहादुर थापा,  अध्यक्ष, राज्यद्धारा वेपत्ता योद्धा परिवार समाज नेपाल, केन्द्रीय समिति
१५. क. शेरबहादुर विक,   संयोजक, जनपत्रकार संगठन नेपाल, केन्द्रीय समिति 
१६. क. ब्यापक नेपाली,   संयोजक, नेपाल राष्ट्रिय वुद्धिजिवी सगठन, केन्द्रीय समिति

२०७८ मङ्सीर ३ ।  
                                                                      तर्फबाट 
                                                                                                                                                                                                                                                                     .............................                                       
                                                                                                    वन्धु चन्द 

Sunday, November 7, 2021

सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ

रचना ः नेत्रविक्रम चन्द ‘विप्लव’ 
संङ्गीत ः चिरन पुन  
स्वर÷ऐरेन्ज ः योगेश काजी 



सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ २  
सपनामै जिउछ जीवन 
सपनामै रम्छ जीवन २  
सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ 

सपनाबाँचे जीवन बाँच्छ, सपना मरे जीवन मर्छ २ 
सपनाहरु मर्न नदेउ, 
सपनाहरु झर्न नदेउ २  
भुरुरु उड्यो पंन्छी, पन्छीझै उड्यो मान्छे  
सपना उड्यो पन्छीसँग 
मान्छे उड्यो सपनासँग २   
  
चम्किने आकाशका तारा, ताराजस्तै चम्क्यो धर्ती २ 
सपना चम्क्यो तारासँग, 
धर्ती चम्क्यो सपनासँग २ 
निरन्तर बग्ने समय, समयझै बदलिन्छ युग 
सपना उड्छ युगसँग, 
युग फेरिन्छ सपनासँग २  

सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ २  
सपनामै जिउछ जीवन 
सपनामै रम्छ जीवन २  
सपनाका यात्रीहरु सपना जोगाउनु पर्छ । 

भदौ, २०७५ 

गीत ः यो हो प्रतिवन्ध ( दलाल सरकारले प्रतिवन्ध लगाएको एक (१) बर्ष भएको सन्दर्भमा)

रचना÷सङ्गीत÷स्वर ः चिरन पुन  
एरेन्ज ः नारायण दड्डाल  


यो हो प्रतिवन्ध  २ 
राम्रो कुरा बोल्छु भन्दा बोल्न नपाईने 
सही कुरा लेख्छु भन्दा लेख्न नपाईने २   
प्रतिवन्ध यो
बगौचाको फुलटिपी लाउन नपाईने    
हास्नेहरु मुस्कुराउदै हास्न नपाईने  
यो हो प्रतिवन्ध २  

आखामा पट्टी बाँधेर उज्यालोको के कुरा गर्छौ   
विचारमावन्धी लगाई स्वाभिमानको के कुरा गर्छौ २ 
प्रतिवन्ध यो,  
लेख्नेलाई झुट्टामुद्धा जेल पठाउने 
बोल्नेको मुखथुनि गोलि उडाउने  
यो हो प्रतिवन्ध २   
 
मनमनमा विष छरेर मानवताको के कुरा गर्छौ  
जनजनमा भेद गरेर समानताको के कुरा गर्छौ २    
प्रतिवन्ध यो  
हिड्नेको पैतलामा काँडा विछाउने 
हेर्नेको आँखामाथि कालो पोतिदिने   
यो हो प्रतिवन्ध २  
 
राम्रो कुरा बोल्छु भन्दा बोल्न नपाउने 
सही कुरा लेख्छु भन्दा लेख्न नपाउने २  
प्रतिवन्ध यो,
बगौचाको फुलटिपी लाउन नपाईने    
हास्नेहरु मुस्कुराउदै हास्न नपाउने  
यो हो प्रतिवन्ध ४ 

फागुन, २०७६  

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको नवौं पूर्ण वैठकमा प्रस्तुत तथा पारित

 
राजनैतिक एवं योजनागत प्रस्ताव
फासिवाद र आत्मसमर्पणवादका विरुद्ध संघर्ष गरौँ !
एकीकृत जनक्रान्तिलाई नयाँ उचाईमा उठाऔं !!

हाम्रो जनप्रिय एवं गौंरबशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको नवौं पूर्ण वैठक वस्दै छ । आठौं पूर्ण वैठकले पारित गरेको आठौं कार्ययोजना पुरा गरेर केन्द्रीय समितिको नवौं वैठकको सम्पूर्ण तयारी भइसकेको अवस्थामा कोरोना महामारीका कारण सरकारले बन्दाबन्दि घोषणा गर्यो । वैठक बस्न एकदमै जरुरी हुँदाहुँदै पनि परिस्थिति प्रतिकूल भएपछि वैठक स्थगित गरियो । त्यसले पार्टीको केन्द्रीकृत निर्णय र परिचालनमा केही जटिलता ल्यायो तथापी केन्द्रीय कार्यलयले सचिवालय र केन्द्रीय समितिका कमरेडहरुसँग परामर्ष गरेर केही महत्वपूर्ण राजनैतिक, आर्थिक, संघर्ष, संगठनात्मक कामहरुलाई अगाडि बढायो । 

पार्टीले आठौं योजना कार्यन्वयन अवधि पुरा गर्ने स्थानसम्म पुग्दा केही महत्वपूर्ण सफलतासँगै गंभीर क्षतिहरु बेहोरनु पर्यो । त्यसैगरी कोरोना बन्दाबन्दि भित्र केही राम्रा परिणामहरु प्राप्त भएका छन् भने केही कमिकमजोरीहरु देखिएका छन । यस अवधिमा राष्ट्रियता, जनधिकार, सामाजिक सुरक्षाका क्षेत्रमा राज्य र जनताका बीच ठूला संघर्षहरु पैदा भए । अन्तराष्ट्रिय क्षेत्रमा पनि ठूलठूला घटनाक्रमहरु देखा परेका छन । यही परिस्थितिमा दलाल पूँजीवादी सत्ता एवं सामाजिक दलाल सरकारका अनेकौं दमन एवं कोरोना प्रतिकूलतालाई चिर्दै ऐतिहासिक नवौं पूर्ण वैठक वस्दै छौं । वैठकले आठौं योजना र कोरोना बन्दाबन्दि भित्र प्राप्त परिणामहरुको सही समीक्षा गर्दै क्रान्तिलाई नयाँ उचाई दिनसक्ने दुरगामी महत्व राख्ने राजनैतिक, संगठनात्मक, आर्थिक, संघर्ष सम्बन्धि निर्णयहरु लिन पूर्ण रुपले सफल हुनेछ भन्ने विश्वास छ । 

१) बन्दि कमरेडहरुप्रति सम्मान
समाजिक दलाल सरकारको दमन कोरोना महामारीमा पनि कायमै छ । अहिले पनि दलाल पूँजीवादी सत्ताको जेल, हिरासतमा कमरेड सुदर्शन, क.अनिल, वीरजङ्ग, निर्माण, आदर्श, माइला, रणवीरलगायत  सयौं जना नेता कार्यकर्ताहरु बन्दि हुनुहुन्हुन्छ । उहाँहरुले जेल मोर्चाबाट कडा संघर्ष गर्दै पार्टीको प्रतिष्ठालाई जसरी उचो बनाइरहनु भएको छ र जनतालाई क्रान्तिको प्रेणा दिइरहनु भएको छ, यो वैठक सम्मान व्यक्त गर्दछ । लामो समय जेल र हिरासतमा दृढतापूर्वक संघर्षगरेर मुक्त हुनु भएका सबै कमरेडहरुलाई स्वागत गर्दछ । 

१) रिपोर्ट 
क) आठौं योजना एवं बन्दाबन्दि भित्रका उपलब्धि र कमजोरीहरु 
आठौं केन्द्रीय समितिको वैठक लामो समयपछि भव्यतापूर्वक सम्पन्न हुनु आपैmमा ठूलो सफलता थयो । दुशमनको कडा निगरानी बावजुद आफ्नै सुरक्षा व्यवस्था भित्र प्रस्तुत प्रस्तावहरुमा पुरै समयलिएर खुलस्त ढंगले गरिएको छलफल, विशिष्ट निर्णयका साथ प्रयोग गरिएको विशेष शुद्धीकरण अभियान र केन्द्रीय सदस्य कमरेडहरुमा पैदा भएको एकता, उत्साह र जिम्मवारी बोघले केन्द्रीय समितिले एउटा उचाई पकडेको र क्रान्तिले नयाँ गतिलिने अनुभूति भएको थियो । 

केन्द्रीय समितिको वैठकपछि फासिवादका विरुद्ध प्रतिरोध र पार्टी शुद्धीकरणको योजनाले आम पार्टी पंक्तिमा नयाँ भाव र उत्साह पैदा गरेको थियो । मध्यपश्चिम कमाण्डको केन्द्रीकृत प्रशिक्षणले केन्द्रीय समितिको उचाई पकडेको प्रत्यक्ष अनुभूति भइरहँदा पार्टीले नयाँ गति पकड्ने रिपोर्ट सबै कमाण्डबाट प्राप्त भइरहेका थिए । अपसोच पार्टीको योजना देशभरी पुग्न नपाउँदै राप्ती व्युरो वैठकमा पार्टी भित्रैको गद्दारका कारण कमाण्ड इञ्चार्ज कमरेड वीरजंङ, राप्ती व्युरो इञ्चार्ज कमरेड सुवाससहित व्युरोका २१ जना कमरेडहरु दुशमनको कब्जामा पर्नु भयो । यो घटनाले योजनाको सुरुमै पार्टीलाई धक्का लाग्न पुग्यो । पार्टीले नयाँ निर्णय लिने तयारी गर्दैगर्दा  कमरेड आदर्शसहित १६ जना कमरेडहरुको समूह गिराफतारीले अर्को धक्का लाग्यो । देशभरी जिल्ला इञ्चार्ज र सेक्रेटरीहरु लगातार जसो गिरफ्तारीका घटनाहरु घटिरहदा पार्टी शुभचिन्तकसम्मलाई चिन्तित बनायो । केही ठाउँबाट विचार आन्दोलनको उचाईमा पार्टीका नेता कार्यकर्ताहरुको जिम्मेवारीलाई बोध र सामना गर्ने क्षमता नउठेको होकि भन्ने प्रतिक्रियासमेत आए । जो स्वभाविक नै थिए ।  

दाङ लगाएतका घटना पछि तुरुन्तै केन्द्रीय सचिवालयको वैठक बसेर परिस्थितिको समीक्षासहित केही महत्वपूर्ण निर्णयहरु लिइयो । त्यसले पार्टीलाई अगाडि बढ्न मद्दत गर्यो । क्षतिहरुलाई समाहल्दै अगाडि बढेपछि पार्टीले मंसिर यता राजनैतिक, संघर्ष, आर्थिक, प्रकाशन जस्ता क्षेत्रमा एकपछि अर्को कामहरुलाई सम्पन्न गर्दै गयो । अन्ततः माघ फागुनसम्म आउँदा पार्टी क्रान्तिलाई सन्तुलित प्रकारले अगाडि बढाउँन मूलरुपले सफल रह्यो । बन्दाबन्दि भित्र पार्टीले राष्ट्रिय स्वाधीनता, जनअधिकार र दैनिक सुविधाका पक्षमा गरेका संघर्ष र पार्टी कामहरुबाट महत्वपूर्ण परिणामहरु प्राप्त भएका छन्् भने जिम्मेबार कमरेडहरुसहित दर्जनौं कमरेडहरुको गिरफ्तारी हुन पुगेको छ ।  समग्रतामा आठौं योजना र बन्दाबन्दि भित्र सम्पन्न कामहरुका उपलब्धि र कमजोरीहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।  

ख) उपलब्धिहरु 
१)     दलाल पूँजीवादी राज्य सत्ता र केपी सरकारको फासिवादी दमनका बावजुद केन्द्रीय समितिको वैठक                 उत्साहपूर्ण ढंगले सम्पन्न गर्न सफल हुनु, 
२) पार्टीले विशिष्ट महत्वका साथ अघि सारेको विशेष शुद्धीकरण अभियानको आवश्यकता र महत्व बोध गर्नेमा         केन्द्रीय समित एक ढिक्का हुनु र आआप्mना क्षेत्रमा शुद्धीकरणलाई लागु गर्न प्रतिबद्ध बन्नु,
३) वैठकपछि पार्टीमा भएका क्षतिहरुलाई सन्तुलित प्रकारले समाल्दै पार्टीलाई योजनामा निरन्तर केन्द्रीत गर्नु         र सकारात्मक परिणामहरु हासिल गर्न सफल हुनु,
४) स्कुलिङ् विभागबाट केही महत्वपूर्ण स्कुलिङ्हरु संचालन गरेर पार्टी पंक्तिलाई शिक्षित पार्ने काम सम्पन्न             भएका छन्, 
५)    राजनैतिक मोर्चाबन्दिका लागि मित्र पार्टीहरुसँग भेटघाट र छलफल गर्ने कामहरु भएका छन् भने                        अन्तराष्ट्रिय मित्रहरुसँगका परोक्ष अपरोक्ष छलफल पनि भएका छन् । जसले नेपाली वस्तुस्थितिलाई बुझ्न         बुझाउँनमा सहयोग पुगेको छ , 
६) मुख्य जवस विद्यार्थी, मजदूर, युवा आदिका वैठकहरु सम्पन्न भएका छन् । प्रवास नेपाली जनसमाजको             दोस्रो राष्ट्रिय संमेलन उत्साहपूर्ण ढंगले सम्पन्न भएको छ,  
७)     भारतीय साम्राज्यवादले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई आफ्नो भूभागमा गाभेर नक्सा प्रकाशित गरेपछि पार्टीेले उक्त साम्राज्यवादी हस्तक्षेपको विरुद्ध देशव्यापीरुपले क्रमबद्धरुपले प्रचारप्रसार, जुलुस, पुत्ला दहन, विरोध प्रदर्शन गर्यो । दलाल सरकारको दमनका बावजुद सन्तोषजनकरुपले सफल भए । काठमाण्डौं उपत्याकामा पार्टी स्थापना दिवस, जनयुद्ध दिवस र अन्य मितिमा खुल्ला जनप्रदर्शनका व्यवस्थित प्रयासहरु भए । व्यापक दमन र ठूलो संख्याका गिरफ्तारीले कार्यक्रम पुरै सम्पन्न हुन नपाए पनि राजनैतिक एवं प्रचारात्मक प्रभावका दृष्टिले सफल रहे । 

८) पार्टीले फासिवादी दमन, भ्रष्टाचार लगायतका राष्ट्रघात, जनघात, विरुद्ध पार्टी, जवस, भण्डाफोर, जनजागरण, विरोध प्रदर्शन, अन्तक्रिया, गोष्ठि आदि कार्यक्रमहरु संचालन गरिए । त्यसैगरी देशभक्त, वामपन्थी, कम्युनिष्ट शक्तिहरुसँग सहकार्य गरेर राजनैतिक भण्डाफोर र जनजागरण पैदा गर्ने कार्यक्रमहरु सम्पन्न भएका छन् । 

९)     अमेरिकी साम्राज्यवादले सामाजिक दलाल सरकार मार्फत लाद्न खोजिरहेको एमसीसी संझौंता विरुद्ध पार्टी, अन्तराष्ट्रिय विभाग,राष्ट्रिय जागरण मंच, जवसहरुबाट अन्तक्रिया, गोष्ठि, विरोध प्रदर्शन, जुलुस सम्पन्न भएका छन् । 

१०) संघर्षका क्षेत्रमा केन्द्रीय समितिले लिएको निर्णय अनुसार संसदीय सत्ताका उपनिर्वाचनहरुको बहिष्कार पार्टीको शक्ति अनुसार विविध प्रकारले भयो । त्यसमा थवाङका जनताले सशक्त बहिस्कार गर्दै १६ प्रतिसतमा मतदान सिमित पारिदिएको घटनाले जनसहभागिताको सन्देश राम्रोसँग गयो । विगत निर्वाचन बहिष्कारका समयको कमिलाई उच्चस्तरबाट पुरा गर्दै थवाङबारे फैलिएका विभिन्न प्रचार र भ्रमहरुलाई चिर्ने काम गर्यो । साथै क्रान्तिको प्रतिक ऐतिहासिक गाउँ थवाङ् र महान थवाङ्गी जनता आज पनि प्रतिक्रियावादी संसदीय सत्ताका विरुद्ध एकीकृत जनक्रान्तिका पक्षमा दृढतापूर्वक उभिएका छन् भन्ने सन्देश दियो । चुनाव बहिस्कारको क्रममा पोखराका विष्फोट र दाङ्, सुनसरीका सामान्य विष्फोटहरु प्रचारात्मक दृष्टिले महत्वपूर्ण रहे,

११) योजना अनुरुप राष्ट्रघाति, दलाल, माफिया सुदखोर विरुद्ध कार्यवाहीहरु देशव्यापीरुपले सम्पन्न भएका छन् । एनसेल, माथिल्लो कर्णाली, अरुण तीन, जनकपुर सागरनाथ परियोजनाको कार्यलय, धणुषाको मिटर ब्याजे दलाल राजेश शाह,  ललिता निवास जग्गा काण्डको मुख्य अपराधि मध्य शोभाकान्त ढकाल, मेडिकल माफिया नेशनल मेडिकल कलेजको मालिक बसरउद्दिन, जनसत्तालाई कर तिर्न अस्वीकार गर्ने शर्मा निर्मार्ण कम्पनी, पार्टीले नियन्त्रणमा लिएको चितवनको मर्केन टायल कम्पनी विरुद्धको कार्यवाही, भ्रष्ट पूर्व सूचना संचार मन्त्री गोकुल वास्कोटा विरुद्ध प्रभावकारी सेबोटेज कार्यवाही भएका छन् । त्यसमध्य उपत्यकामा गोकुल वास्कोटा विरुद्धको कार्यवाही जनु समय र मुद्दामा भयो त्यसले क्रान्तिका मित्रहरुमा सकारात्मक प्रभाव र वैरीहरुमा आतंक सृजना गर्न सफल भयो । 

१२) प्रतिरोध संघर्षहरु अन्तर्गत मुख्यरुपले सुर्खेतको....गाउँमा कमरेड विश्वासलाई गिरफ्तार गर्न खोज्दा प्रहरी विरुद्ध परिवार तथा जनताले गरेको प्रतिरोध र प्रहरीको भागदौड, जाजारकोटमा सीआईडीलाई गिरफ्तार गरेर कागज गराएको कार्यबाही, बुटवलमा एनसेलको मेला स्थगित गर्नेगरी भएको विस्फोट, अछामको साँस्कृतिक कार्यक्रममा हस्तक्षेप गर्न आएका प्रहरी विरुद्धको विस्पmोट महत्वपूर्ण रहे ।  

१३) यो योजनाको मुख्य कार्यवाही स्वरुप केही भ्रष्ट जनप्रतिनिधिहरुलाई गिरफ्तार गर्ने योजना कर्णाली व्युरोको दैलेखमा अर्ध सफल भयो भने दाङमा हस्तक्षेत्र जस्तो मात्र भयो । तथापी दैलेख ... गाउँपालिक अध्यक्ष धीर बहादुर शाहीको गिरफ्तारीले एउटा तरङ्ग पैदा गर्यो । 
१४) विद्यार्थी संगठनले चितवन, बुटवल, उपत्यका लगायतका ठाउँहरुमा गरेका प्रदर्शनहरु प्रभावकारी रहे भने मेडिकल विद्यार्थीहरुको संघर्ष निकै प्रभावकारी रह्यो । 

१५) पार्टीले क्रान्तिको आवश्यकता एवं वस्तुस्थितिको अनुकूलतालाई ध्यानमा राखेर संचालन गरेको चार महिने विशेष आर्थिक अभियान सम्पन्न भएको छ । अनुमान र अपेक्षा अनुरुप सफल नभए पनि केही महत्वपूर्ण कार्य संपादन गर्नका लागि सहयोगि बन्यो । अभियान सापेक्षतामा लुम्विनी व्युरोमा प्रभावकारी रह्यो । कमिटिगत प्रणाली,आर्थिक कार्यसंपादन, पारदर्शिता जस्ता विषयमा लुम्विनी व्युरोबाट सबैले सिक्नु पर्दछ ।   

१६) प्रकाशनका क्षेत्रमा तोकिएकै समयमा पार्टीको खुल्ला प्रकाशन दृष्टिकोण, सन्तोष बुढाको रचना संग्रह, सल्लाहकार कमरेड पवनको संस्मरण जीवनका पाइला र माइला लामाको गीती संकलन प्रकाशित भएका छन् । रातो खबर साप्ताहिक र अनलाइन पनि निरन्तर चलिरहेका छन् । 

१७) साँस्कृतिक क्षेत्रमा पार्टीको योजना अनुरुप केन्द्रीय टोली सामना परिवारले पश्चिम कमाण्डका जाजारकोट, कलिकोट, अछाम जिल्लाहरुमा साँस्कृतिक अभियान संचालन गर्यो । हजारौं जनताका बीचमा सम्पन्न यस अभियानले एकीकृत जनक्रान्तिका पक्षमा जनमत निर्माण र संगठन विस्तार गर्न महत्वपूर्ण सघाउ पुगाएको छ ।   
१८) पार्टी पुनर्गठन दिवस, माओ दिवस, जनयुद्ध दिवस, सहिद सप्ताह दिवस देशव्यापीरुपमा प्रभावकारी रुपले मनाएका छन् । यी दिवसहरुमा हजारौं जनताहरुको सहभागिता भएको छ । 
१९) कोरोना बन्दाबन्दिले जनजीवनमा ल्याएको अप्ठ्यारोलाई बोध गर्दै पार्टीले आक्रमक कार्यवाही स्थगित गर्यो परन्तु सामाजिक दलाल सरकार हदै दम्भी, संवेदनाहीन, अमानवीय प्रकारले दमनमा उत्रियो । नेता कार्यकर्ता र जनमुक्ति सेना माथिको दमन नरोकेपछि पार्टीले जेष्ठ देखि प्रतिरोध संघर्षलाई खोल्ने निर्णय लियो । यसले पार्टी पंक्तिलाई खुल्लारुपले कामहरुलाई अगाडि बढाउन बाटो खालिदियो ।
  
२०) बन्दाबन्दि भित्र भारतीय साम्राज्यवादको सीमा अतिक्रमण र अमेरिकी साम्राज्यवादको अर्थराजनैतिक हस्तक्षेप बढेपछि पार्टीले देशव्यापीरुपमा राष्ट्रिय स्वाधीनताका पक्षमा स्वतन्त्र र सयुक्त जागरण अभियान, पर्चा वितरण, विरोध प्रदर्शन, कोणसभा, पुत्ला दहन कार्यक्रमहरु संचालन भए । हाम्रो संघर्षसहित वापन्थी, देशभक्त, लोकतान्त्रिक शक्तिहरुको दवावमा परेर केपी सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा पास र प्रकाशित गर्न बाध्य भयो । यसलाई पार्टीले सकारात्मकरुपले नै ग्रहण गरेको छ । एमसीसी संझौंताका विरुद्धमा पनि कम्युनिष्ट, वामपन्थी, देशभक्त साथै डबल नेकपा भित्रैको विरोध र संघर्षका कारण संसदबाट पास हुन पाएको छैन । यसलाई पनि स्वाधीनताको पक्षमा प्राप्त सफलता भन्नु पर्छ । यदेपी पछिल्ला समय एमसीसीलाई पास गर्ने खेल सुरु भएको छ । 

२१) फासिवादी दमनका विरुद्ध रहेका साथै देशको स्वाधीनताका पक्षमा रहेका मित्र राजनैतिक पार्टी, मोर्चा, बुद्धिजीवीहरुसँग विभिन्न स्तर भेटघाट र छलफल गर्ने निर्णय अनुसार कमरेड ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी, नेकपा (क्रामा) आदिसँग भेटघाट र संवाद भए । जनताका अधिकारहनन्, राष्ट्रघात, पार्टीमाथिको प्रतिबन्ध विरुद्ध सहकार्य गर्ने, रणनैतिक मोर्चा निर्माण गर्ने र संभव रहेसम्म पार्टी एकताको प्रयत्न गर्ने समजदारी भएका छन् । 

२२) कोरोना महामारी विश्वव्यापी समस्या बनेपछि नेपाली नागरिकहरु अन्य देशहरुबाट स्वदेश, आफ्नो घर फर्किन चाहे जो स्वभाविक थियो । तर जनविरोधी सरकारले नागरिकहरुको जीवनप्रति वेवास्था गर्दै खासगरी भारतबाट फर्किन चाहने नागरिकहरुलाई सीमापारी रोक्ने अत्यन्त गैरजिम्मेवार एवं जनविरोधी नीति लियो । यसले जनताको जीवनमा संकट ल्याउने देखेपछि पार्टीले राज्यलाई सीमामा नागरिकहरुलाई नथुनेर स्वदेश ल्याउन र सुव्यवस्थित व्यवस्थापन गर्न दवाव दियो । देशका विभिन्न भागमा कार्यक्रमहरु पनि संचालन भए । कोरोनामा जनतालाई जागृत गर्न साथै स्वास्थ्य जाँच गरेर सहयोग गर्ने कार्यक्रमहरु भए । जसको प्रभाव जनतामा राम्रो रह्यो । 

सरकारसम्बद्ध विभिन्न नेता, बुद्धिजीवी र प्र्रसासकहरुले विभिन्न माध्यमबाट पार्टीसँग संपर्क गरेर वार्ताबारे छलफल गर्दै आएका थिए र छन् । यससन्धर्भमा हामीले अमूर्त एवं अनौपचारिक छलफलबाट वार्ता जस्तो गंभीर विषयमा ठोस निष्कर्ष नआउने धारणा राख्दै आएयौं । पछिल्लो समयमा केही महत्वपूर्ण भेटघाट भएका छन् । तर सरकारले अझै पनि क्रान्तिमा संलग्न पार्टीसँगको वार्ताको उचाईलाई पकड्न नसकेको उसका अभिव्यक्तिहरुले देखाउछन् । 

२३) समाजमा घटेका जातीय नरसंहार, बलात्कार, राष्ट्रघातका विरुद्ध दलित मुक्ति मोर्चा, विद्याथी, युवा लगायतबाट सयुक्त कार्यक्रम, जनसभा, जनजागरण सम्पन्न भएका छन् । 

२४) बन्दाबन्दि सुरु भए लगत्तै पार्टीले कमरेडहरुलाई जनसम्बन्धमा जान र पार्टीलाई जनतासँग जोड्न निर्देशन गर्यो । सोही अनुरुप कामहरु बढाउँदा विभिन्न व्युरोमा पार्टी कमिटिका वैठक, प्रशिक्षण र स्कुलिङहरु सम्पन्न भएका छन् । यसबाट कमिटिहरुलाई दुरुस्त राख्ने, आन्तरिक क्षमता अभिवृद्धि गर्न  र पार्टीलाई जनतामा पुगाउन एक हदसम्म मद्दत पुगेको छ । 

२५) केन्द्रीय समितिको वैठक बस्न नसकेको अवस्थामा अभियानको हिसाब केन्द्रीत गर्न र उत्पादन कार्यमा जोड दिन पार्टी पंक्तिलाई निर्देशन गरियो । सोही अनुसार मध्य कमाण्डका उपत्यका, पूर्वी ताम्सालिङ्ग बाहेक केहीबाट पुरै र केहीबाट मोटो हिसाव कार्यलयमा प्राप्त भएको छ । सो अनुसार अभियानबाट कार्यलयमा ...व्यरोबाट....रकम प्राप्त भएको छ ।  आर्थिक संकलन र उत्पादनका क्षेत्रमा लुम्बिनी व्युरोले गरेको पार्टी नीतिको अनुसरण र निकालेको परिणाम नमुनायोग्य छ भने यो अवधिमा राप्ती, कर्णाली लगायतले पनि त्यो गति पकड्न पुगेका छन् । अन्य केही व्युरोले पनि प्रयत्न गरिरहेका छन् । त्यसैगरी जनमुक्ति सेनाको सहभागिता केही नमुना योग्य उत्पादन कार्य भएका छन् । भने, केन्द्रीय आर्थिक विभागबाट नियमित काम भइरहेको छ । जसले यो अवधिमा ...आय र ...व्याय गरेको छ । 

२६) बन्दाबन्दि भित्र पार्टी नीति अनुरुप केही प्रतिरोध, जागरण, भण्डाफोर संघर्षहरु सम्पन्न भएका छन् । तिनमा लिम्पियाधुरा, लिपुलेक, कालापानीमा भारतीय अतिक्रमण विरुद्धको भण्डाफोर एवं जनसंघर्ष, अमेरिकी अतिक्रमणकारी एमसीसी परियोजना विरुद्धको जागरण तथा भण्डाफोर संघर्ष, जनसभा र जनप्रदर्शनहरु, दाङ, कपिलबस्तु, नुवाकोटमा तस्कर, सुदखोर, ठेकेदार विरुद्धका कार्यबाही, कपिलवस्तुमा शार्मा कम्पनी, काभ्रेमा दाना तस्कर, जुम्लामा सुराकी, रोल्पामा भ्रष्टचार विरोधी संघर्ष, अर्घाखाचीमा ड्रोन टोलीमाथि कार्यवाही, चितवनमा मर्केन्टाएल कम्पनी विरुद्धको कार्यवाही, जाजरकोट–रुकुम चौरजाहरीमा घटेको जातीय नरसंहार विरुद्ध दलित मुक्ति मोर्चाले आयोजना गरेको सयुक्त विरोधसभा र विरोध प्रदर्शन, गोर्खा भर्ति, रेल परियोजना र रासायनिक मल काण्ड विरुद्ध दिएका वक्तव्य, जाजरकोट, अछाममा सीआईडीहरुलाई समातेर दिएको चेतावनी, मोर्गन कलेजमा विद्यार्थीहरुको संघर्ष महत्वपूर्ण रहेका छन् । मंसिर १गते संखुवासभाको चैनपुरमा जनमुक्ति सेनामाथि हमला गर्न आइरहेको पुलिस विरुद्धको प्रतिरोध, फायरिङ र माइन विष्फोट र मोरङ मेक्लाजोङमा राज्य आतंक मच्चाउन सुराकी गर्ने राजेन्द्र श्रेष्ठको सफाय विशेष महत्वका रहेका छन् ।  

२७) पार्टीले पहल गरिरहेको प्राविधिक अध्ययन अनुसन्धान बन्दबन्दिको समयमा पनि निरन्तर प्रगतितिर बढिरहेको छ । 

२८) लिम्पियाधुरा–लिपुलेक मामिलामा नेपालका विरुद्ध खुल्ला अभिव्यक्ति दिने भारतका सेना प्रमुअ मणी मुकुन्द रणवाने आउदा उपत्यकामा कालो झण्डा, वेलुन उडाएर गरिएको विरोध प्रदर्शन प्रभावकारी रह्यो । 
२९) नेपाल कम्युनिष्ट पार्टीको सातौं पुनर्गठन दिवस भव्यरुपले मनाइएको छ ।   
३०) पार्टीको संचार माध्यम रातो खबर नियमित भएको छ । त्यस्तै मासिक पत्रिका दृष्टिकोण प्रकाशित भएको छ । अन्य प्रकासनहरु पनि भइरहेका छन् । 

ग) कमजोरीहरु 
१) यो योजनामा पनि पार्टी कमिटिहरुको गोपनियता र सुरक्षा प्रणालीमा धेरै कमजोरीहरु देखिए । क्रान्तिमा रहेको पार्टी र त्यसका नेता, कमाण्डरहरु जस्तो तयारी, सत्रकता र मनोवलमा रहनु पर्ने हो त्यसको एकदमै अभाव देखिने गरेको छ । कैयौं वेला या आतंकित बन्ने या अराजक बन्ने समस्या कायमै छ । पार्टीले यिनै समस्यालाई हटाउन शुद्धीकरण अभियान चलाए पनि पार्टी भित्र रहेको अशुद्धीकै कारण मध्य कमाण्डको राप्ती व्युरोमा सबैभन्दा दुःखद घटना घटन पुग्यो । कमाण्ड इञ्चार्ज जस्तो जिम्मेवार नेतृत्व उपस्थित हुने कार्यक्रममा अति कमजोर व्यवस्थापन र सुरक्षा प्रणाली देखियो । दोस्रो सीआईडीमा काम गर्ने व्यक्तिलाई नै चिन्न नसकेर उसैलाई बाहिरी घेराको जिम्मा दिने जस्तो कमजोरी जिल्ला पार्टीमा देखा पर्यो । भित्रि घेरामा पनि दुई दर्जन बढी नेता केन्द्रीत भएको ठाउँमा एउटा सेन्ट्रीको व्यवस्था पनि नगर्ने व्युरोको समस्या रहन पुग्यो  । जसले कमाण्डसहित राप्ती व्युरोलाई नै नेतृत्व विहीनबनाउन पुग्यो । यसको समीक्षामा गंभीर बन्न आवश्यक छ ।  
कार्यशैली र सुरक्षा प्रणालीकै कमजोरीका कारण पश्चिम कमाण्डमा सीसीएम कमरेड अदर्शसहित १६ जना सेनाका कमरेडहरु गिरप्mतार पर्नु भयो । हरेक समय परिपत्र र मौखिक निर्देशन गर्दागर्दै देशभरी विभिन्न जिल्ला इञ्चार्ज र सेक्रेटरीहरु गिरफ्तार पर्दै मेचीकोशी व्युरो इञ्चार्ज कमरेड शिलु, सेतीमहाकाली व्युरो ईञ्चार्ज कमरेड ओम, अर्थ विभाग प्रमुख कमरेड प्रेमसम्म पुग्यो । पछिल्लो पटक उदयपूरमा १४ जनाको समूहगत गरिफतारी अर्को धक्का भयो । पुलिसले दिउँसै र राति दर्जन माथिको सामुहिक गिरफ्तारी गर्दा पनि एउटा ग्रिनेड नपड्किने, कोही पनि नफुत्किने, सबैलाई सजिलै चुपचाप लिएर जाने अवस्था बन्नु पार्टी र सेनाका लागि सच्याउँनै पर्ने विषय बनेको छ । 

२) यस अवधिमा पनि पार्टीभित्र आत्मसमर्पणवादी समस्या देखा पर्यो । हिरासतमा कमजोरी गरेर कार्यवाहीमा परेका जीवन्त लगायतका व्यक्तिहरु पार्टी छोडेर सामाजिक दलालमा परिनत भएको सरकारी नेकपामा प्रवेश गर्न पुगे । आत्मसमर्पणवाद विरुद्धको संघर्षलाई अझै सशक्त बनाउनु पर्ने देखिन्छ । 
३) जवसका कामहरु मध्य महिला, किसान संगठनका कामहरु व्यवस्थित हुन सकेका छैनन् । तिनलाई आउँदो योजनामा पुरा गर्नु पर्ने छ ।  

४) सेबोटेज गर्ने योजनाभित्र जनकपुर व्युरोका धनुषा जिल्लाको मिटर ब्याजे सुदखोर राजेस साहलाई कार्यवाही गर्दा निशाना ठिकै भए पनि बम विस्फोटमा ज्यान जादा केही समस्या पैदा भयो । यस घटनाले बमको प्रयोग आफ्नो नियन्त्रणमा रहनेगरी गर्नु पर्दछ, संवेदनशील ठाउँमा छोडेर हिड्नु हुँदैन भन्ने शिक्षा दियो । 
५) संघर्षका निर्णयहरु धेरै जसो लागु भएपनि प्रतिक्रियावादी सत्ताका प्रतिनिधिलाई नियन्त्रणमा लिने योजना पुरा हुन सकेन । यदि सफल गर्न सकेको भए संघर्षको मोर्चामा एउटा आक्रमकता पैदा हुने संभावना थियो । अगामि योजनामा यसलाई विशेष ध्यान दिन आवश्यक छ । 

६) विशेष आर्थिक अभियानबाट जति अपेक्षा गरिएको थियो राज्यको दमन र पार्टी कमिटिहरुका विविध समस्याले गर्दा लुम्विनी व्युरो बाहेक अन्यत्र खासै प्रभावकारी बन्न सकेन । आर्थिक क्षेत्रमा व्यक्तिगत लेनदेन गर्न रुचाउने प्रवृत्ति अझै पनि समस्याका रुपमा रहिरहेको छ । यसैको परिणाम पत्रकार संगठनका अध्यक्ष प्रकास डुम्रे, महासचिव हेम विष्ट, केन्द्रीय सदस्य ओम हमाल पार्टीको नियन्त्रणमा रहेको जमिनमा प्रसासनसँग मिलेर कब्जा गर्न आएको जग्गा दलाल विमल वश्यालबाट पैसा लिएर खाए वापत कार्यवाहीमा पर्नु पर्यो । लुम्विनीमै तीन जना आरविएम निलम्बनमा पर्ने स्थिति बन्यो । कार्यवाही गरेपश्चात प्रकास र ओम बीचमा भएको टेप प्रकरणले जनतामा समेत ठूलो अशंका पैदा गर्ने अवस्था बन्यो । यसले देखायो कि आर्थिक क्षेत्रमा पार्टीले अझै तीखो दृष्टि पुगाउँन आवश्यक छ । अन्यथा धेरै मान्छेलाई यसैले खाने संभावना देखिन्छ ।  

७) प्रकाशन सम्बन्धमा तोकिएको समयमा जनक्रान्ति  र जनसेना प्रकाशित हुन सकेनन् । यसमा मुख्यतः लेखहरु समयमा प्राप्त हुन नसक्नु समस्या रह्यो  । रातोखबर साप्ताहिक सबै व्युरो र जिल्लामा पुग्न नसक्नुमा कमाण्ड र व्यरोका जोड पुग्न नसक्ने कमजोरी देखिन्छन् ।  

८) बन्दाबन्दिपछि असार साउन सम्म राजनैतिक कार्यक्रमहरु प्रभावकारी रुपले अगाडि बढे पनि पछिल्लो समयमा प्रत्यक्ष संपर्क र केन्द्रीकृत योजनाको अभावमा देशभरी कार्यक्रमहरु एकरुपतामा जान सकेनन् । 
९) बन्दाबन्दि भए पनि राज्य सरकार हाम्रा विरुद्ध आउँछ, क्रान्तिकारी कार्यशैलीलाई पकड्न, गोप्यनियतालाई बचाउन र जनताको बीचमा रहन निर्देशन गर्दागर्दै पनि कैयौं ठाउँमा कमरेडहरुले ध्यान पुगाउन नसक्दा सजिलै दुशमनको कब्जामा पर्ने समस्या आयो । 
समग्रमा आठौं योजनाको कार्यन्ययन पक्ष एवं बन्दाबन्दिको अवधिमा संचालन गरिएका कार्यक्रमहरुको मूल्याङ््क गर्दा पार्टी मूलरुपले सफल रहेको छ । यसैको परिणाम पार्टी देशमा वैकल्पिक शक्ति र क्रान्तिकारी अग्रदस्ताका रुपमा स्थापित बन्न पुगेको छ । तथापी हाम्रा कमजोरी र सीमाहरुलाई आउँदो योजनामा समाधान गर्दै जनअपेक्षालाई पुरा गर्न जोड लगाउनु पर्द छ । 

२) राष्ट्रिय परिस्थिति 
हाम्रो आठौं पूर्ण वैठक वसेदेखि हालसम्म राष्ट्रिय राजनीतिमा केही संवेदनशील एवं दूरगामी प्रभाव छोड्ने खालका राजनैतिक, आर्थिक, सामाजिक घटनाहरु घटेका छन् । त्यसबाट केही सकारात्मक र केही नकारात्मक संभावनाहरु देखा परिरहेका छन् । हामीले तिनको वस्तुवादी विश्लेषण गर्दै सही निष्कर्ष दिन आवश्यक छ । 

१)  आठौं वैठक बस्दाबस्दै महराको यौंन काण्डा बाहिर आयो । तर विभिन्न सूचना र केपी—प्रचण्डहरुको अभिव्यक्ति बाट खासगरी केपी गुटले महरालाई एमसीसीसँग जोडेपछि महरा काण्ड नैतिक भन्दा यौन–राजनीति बन्न पुग्यो । 

२) २०७६ कार्तिकको पहिलो हप्ता भारतीय साम्राज्यवादले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई आफ्नो भूभागमा गाभदै नक्सा सार्वजनिक गर्यो । त्यसले नेपाली नागरिकहरुमा निकै ठूलो संवेदना पैदा गर्यो । भारतीय साम्राज्यवाद विरुद्ध तीव्र गतिमा विरोधहरु अगाडि आए । हाम्रो पार्टीले भारतीय साम्राज्यवादी हस्तक्षेप विरुद्ध दुई चरणका कार्यक्रमहरु सम्पन्न गर्यो भने देशभक्त बुद्धिजीवीहरुले राष्ट्रिय जागरण ल्याउन निभएको भूमिक प्रसंशनीय रहयो । आज पनि यो संघर्ष जारि नै छ । 

३) पुस, माघमा अमेरिकी साम्राज्यवादले लाद्न खोजेको एमसीसी संझौंता जोडतोडले उठ्यो । यस मुद्दामा पनि नेपली नागरिकहरु निकै उद्देलित हुन पुगे र राज्यलाई राष्ट्रघाति संझौंता नगर्न विविध संघर्षहरुसहित दबाव दिने काम गरे । परन्तु एमसीसीमा महाकाली सन्धिको झझल्को आउने गरी केपी गुट, नेपाली काग्रेस, कमल थापा र केही अमेरिकी एजेन्टहरु खुलेआम समर्थनमा उत्रिए । एमसीसी विरुद्ध हाम्रो पार्टीले सिलसिलेवार रुपले राजनैतिक भण्डफोर, अन्तक्रिया, गोष्ठिहरु संचालन गर्यो ।  एमसीसी विरुद्ध सरकारी नेकपा भित्र पनि एक खालको विरोध र बहस भइरहेको छ । राष्ट्रघाति एमसीसी विरुद्धको संघर्ष जसले जुन स्तरमा गरे पनि राष्ट्रको हितमा हुने भएकोले उनीहरुको संघर्षलाई सकारात्मक रुपले लिनु उचित हुन्छ । यदेपी उनीहरु अन्तिमसम्म टिक्न सक्छन् या सक्दैनन् भन्ने निश्चित छैन । 

४) यो अवधिमा केपी वली सरकारका केही निकै गंभीर एवं निकृष्ट खालका सुदखोरी, भ्रष्टाचारी, जालिझेली कार्यहरु उदाङ्गिए । ललिता निवास काण्ड, यति होल्डिङ काण्ड, एमसीसी काण्ड, सेकुरिटी प्रिन्टिङ मेशिनकाण्ड जस्ता ठूला सरकार संलग्न काण्डहरुले केपी सरकारको मुकुण्डो उत्रियो । ललिता निवास जग्गा काण्डमा केपी गुटका महासचिव विष्णु पौंडेल, यति काण्डमा गोकुल, ईश्वर पाख्रेलसहित प्रधानमन्त्री स्वयं, एमसीसी काण्डमा केपी गुटकै प्रतिप ज्ञावली र सेकुरिटी प्रिन्टिङ् प्रेस काण्डमा गोकुल वास्कोटाको प्रत्यक्ष संलग्नता रहेको खुलासा भयो । गोकुलले राजिनामा दिनु बाहेक दलाल र  भ्रष्टहरुलाई राज्यले कुनै कार्यबाही गर्ने अवस्था छैन । यति होल्डिङ काण्ड, सेकुरिटी प्रिन्टिङ् प्रेसकाण्ड र विष्ण पौडोलको उन्मुक्तिले राज्य नै भ्रष्टहरुको संरक्षकमा बदलिएको प्रष्ट देखिएको छ । यी सारा काण्ड र असफलताका कारण केपी सरकार जनताका नजरमा दिनप्रतिदिन वदनाम हुँदै गएको छ ।

५) हाम्रो पार्टी, नेपाली श्रमिक जनता र एकीकृत जनक्रान्ति विरुद्ध केपी सरकारको फासिवादी प्रतिबन्ध एवं दमन जारी छ । असोज यता मात्र मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरजङ्, सेती–महाकाली इञ्चार्ज कमरेड ओम पुनसहित सयौं जना नेता कार्यकर्ताहरुलाई झुट्टा मुद्दामा गिरफ्तार गरिएको छ, सयौंलाई हिरासत र जेलमा पुगाइएको छ । हजारौं नेता कार्यकर्तालाई झुट्टा मुद्दामा वारेन्ट गरिएको छ । सारा प्रगतिशील, देशभक्त, कम्युनिष्ट शक्तिहरु र जनताको विरोध हुँदाहुँदै पनि प्रतिबन्ध हटिहाल्ने अवस्था छैन । हालै गोकुल वास्कोटा विरुद्ध गरिएको सेबोटेज कार्यवाही पछि प्रचण्डले हाम्रो पार्टीलाई आतंककारी समूह भन्दै कडा कार्यवाही हुनुपर्छ भन्ने मागसहित दिएको असभ्य, अनैतिक, फासिष्ट दमनकारी वक्तव्यले पनि देखाउँछकि दलालहरु आपसमा हड्डीमा कुकुर लडेजस्तो लडे पनि क्रान्तिका विरुद्ध दमन गर्नु पर्छ भन्ने विषयमा एकै ठाउँमा छन् । 

६) केपी सरकारको हत्याकाण्ड एवं दमन विरुद्ध मानवधिकारवादी संस्था र अदालतले एक हदसम्म सकारात्मक भूमिका खेलेका छन् । खासगरी सर्लाही जिल्ला इञ्चार्ज कमरेड कुमार पौंडेल हत्या काण्डका विरुद्ध राष्ट्रिय मानवधिकारवादी संस्थाले गैर न्यायीक हत्या भएको भन्दै हत्याराहरुलाई कार्यवाहीको माग गर्नु साथै विभिन्न तहका अदालतले झुट्टा मुद्धा र गिरफ्तारीका विरुद्ध दिएका बन्दि मुक्त गर्ने निर्णयहरु प्रसंशनीय रहेका छन् ।  

७) आआफ्नो स्वार्थ र दाउँपेचका बीच एकता गठबन्धनमा सामेल केपी र प्रचण्डहरु पछिल्लो समय विभिन्न वहानामा एक अर्कोलाई पछार्ने र उपयोग गर्ने खेलमा खुल्लारुपले उत्रिएका छन् । कहिले केपी, प्रचण्ड, माधव भएर झलनाथलाई पाखा लगाउँने, कहिले अरु मिलेर माधवलाई तल झार्ने, कहिले वामदेवलाई उल्लु बनाउने खेल यतिवेला प्रचण्ड र केपीको बीचमा खुल्लारुपले एकले अर्कालाई भण्डाफोर गर्ने दुश्मनीपूर्ण चरणमा पुगेको छ । उनीहरुको चरम अवसरवादी झगडा एवं लुछाचुडीले जनतालाई शिक्षित पार्न नकारात्मकरुपले भए पनि सहयोग पुगाइरहेको छ । 

८) देशमा युवा पलायन, महिला बेचविखन एवं उत्पीडन, कालो बजारी, महङ्गि, अश्लिलता, शिक्षा स्वास्थ्यको व्यापारीकरण, सामाजिक असुरक्षा बढ्दै गएको छ । यस्ता विकृतिबाट जनताको जीवन थप कष्टपूर्ण बनिरहेको छ । 

९)  केपी सरकारका जनघाती, राष्ट्रघाती कार्यका विरुद्ध हाम्रो पार्टीले निरन्तर राजनैतिक भण्डाफोर, जनजागरण, जनप्रदर्शन, विरोध प्रदर्शन, कोणसभा, जनसभा, सैन्य प्रतिरोधसहित संघर्ष गरिरहेको छ । त्यसैगरी विभिन्न कम्युनिष्ट, वामपन्थी, देशभक्त शक्ति र व्यक्तित्वहरुले पनि राजनैतिक भण्डाफोर चलाइरहेका छन् ।
 
१०) राज्यका असफलता, षडयन्त्र, जनघात, राष्ट्रघात एवं क्रान्तिकारी, वामपन्थी, देशभक्त शक्तिहरुको संघर्षका कारण हाम्रो पार्टीले अगाडि बढाइरेको एकीकृत जनक्रान्ति एकपछि अर्को विकल्प र आवश्यकता सावित हुँदै गएको छ । आम जनताले समेत नयाँ क्रान्ति र परिवर्तनको आवश्यकता बोध गरिरहेका छन् । 

११) विश्व हल्लाउने कोरोना महामारीका कारण नेपाली जनताले पनि निकै कष्ट भोग्नु पर्यो र परिरहेको छ । सरकारले बन्दाबन्दि गरेपछि हाम्रो पार्टीले जनताप्रतिको जिम्मेवारी बोध गर्दै फौजी चरित्रका सम्पूर्ण आक्रमक कार्यवाहीहरु स्थगित गरेर जनसेवामा परिचालित हुने निर्णय गर्यो । यसबाट जनताले अविभावकत्व बहन गरेको अनुभूति गरे । तर केपी वली सरकारले महामारीको प्रकोप एवं आम जनभावना विपरित पार्टी माथिको दमन जारी राख्यो ।  कमरेड जोखिम, दिपेश, ओम, संगम लगायत सयौं जना कमरेडहरुलाई यसै अवधिमा गिरफ्तार गरियो । सरकारलाई बारंबार चेतावनी दिदा पनि दमन नरोकिए पछि पार्टी बाध्यभएर प्रतिरोध कार्यवाही गर्ने निर्णय पुग्यो । सोही निर्णय अनुसार देशभरी विभिन्न प्रतिरोध संघर्षहरु संचालन गरिए । 

१२) कोरोना महामारीबाट पहिले देश भित्रका नागरिक भन्दा आप्रवाशी नेपाली नागरिकहरु प्रभावित बने । त्यसबाट बच्न खासगरी भारतबाट लाखौंको संख्यामा नागरिकहरु स्वदेश फर्किन चाहे । सरकारले आफ्ना नागरिकहरुलाई सहज स्वदेश फर्काउन र सुरक्षित व्यवस्स्थापन गर्नेतिर ध्यान नदिएर सीमामा बलपूर्वक रोक्ने र अलपत्र पार्ने गर्यो । हाम्रो पार्टीले राज्यको गैरजिम्मेवार व्यवहारको विरोध गर्दै नागरिकहरुलाई स्वदेशमा ल्याउन आग्रह गर्यो तर सरकारले नसुनेर लाखौं नागरिकलाई विचल्ली पार्दै रोग फैलाउन मलजल गर्यो । रोग–भोकबाट प्रताडित जनता सीमा क्षेत्रबाट लुकेर, भागेर, नदीमा हामफालेर, जंगल काटेर आउन बाध्य भए । यसले देशभित्र कोराना छिर्न र आम नागरिकलाई लपेटामा पार्न पुग्यो । त्यसैको परिणाम आज देशमा कोरोनाको विस्तार टोलटोल र गाउँगाउँसम्म हुन पुगेको छ । उचित व्यवस्थापनमा ध्यान नदिने हो भने चिसो मौसममा जनताले ठूलो क्षति भोग्नु पर्ने खतरनाक स्थिति उत्पन्न हुने संभावना छ ।  

१३) राजनैतिक प्रतिक्रान्तिका परिणाम समाजमा विभन्न खालका अपराधहरु घटे र घटिरहेका छन् । बन्दाबन्दिको अवधिमा राज्यको नालायकी एवं समाजमा जरागाडेर बसेका जातीय, लिङ्गीय, वर्गीय विभेद एवं उत्पीडनका कारण दलित, महिला र श्रमिक वर्गले नरसंहार, हिंसा, बलात्कार, आत्महत्या, भोकमरीका समस्याहरु भोग्नु पर्यो । त्यसमध्य रुकुम चौरजहारीको नरसंहार, दुईहाजरको हाराहारीमा गरिएका आत्महत्या, नावालिका देखि दर्जनौं महिलाहरु माथि भएका जंगली बलात्कार र क्रुर हत्या, सहर मुख्यतः काठमाण्डौंका चोकहरुमा खाना खोज्ने हजारौं भोका श्रमिकहरुको ताती निकै दर्दनाक छन् ।

१४) जनताले आफूहरु जोखिममा रहेको सूचना र व्यवस्थापन गरिपाउँ भनि सूचना दिदादिदै पनि सरकारले देखाएको उदासिनता र लापर्वाहीका कारण बर्षा मौसमको भेल, बाढी–पहिरोमा परी सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दी, अछाम, कालिकोट,जजारकोट, पाल्पा, स्याङ्गजा लगायतमा सयौं जना नागरिकहरुले ज्यान गुमाउनु पर्यो । 

१५) जनघाति सरकार केन्द्रदेखि स्थानीय तहसम्म रोग, भोक र विपत्ति माथि व्यापार गर्न, भ्रष्टाचार मच्चाउन र धन कुम्ल्याउन तल्लिन छ । श्रमिक जनता केपी सरकार र डबल नेकपाको नाङ्गो भ्रष्टाचार देखेर आजित र आक्रोशित बन्दै गएका छन् ।

१६) जनता प्राकृतिक विपत्ति, रोग–भोकको चपेटामा परेर छटपटाई रहेका वेला डबल नेकपा र सरकार आफैभित्र सरकार, कुर्ची र गुट स्वार्थमा केन्द्रीत झगडामा अल्झिरहेको छ । उनीहरु जनताको नजरमा असक्षम, नालायक र घृणित बन्न पुगेका छन् । हाल उनीहरुले कहिले पार्टीलाई फुटबाट बचाएको कहिले फुट नजिक पुगेको प्रचार गरेपनि जनताका लागि पार्टी मिल्नु र नमिल्नुमा कुनै अर्थ रहन पुगेको छैन । यसले जनतालाई वस्तुतः क्रान्तिको विकल्पबारे सोच्न प्रेरित नै गरेको छ । 

१७) अक्सर सत्ता र सरकारको चक्करमा भौतारिदै आएको नेपाली काग्रेस चुनावबाट प्रतिपक्षमा पुग्दासमेत गुट झगडामा डुविरहेको छ । डबल नेकपाको किचलोले काग्रेसलाई केही सहयोग पुग्ला भन्ने कैयौं संसदवादी विश्लेषकहरुको अनुमान विपरित आफ्नै गुटगत संघर्षले गर्दा काग्रेस जनताको नजरमा अयोग्य र कमजोर बन्दैै गएको छ । यसले पनि क्रान्तिलाई मद्दत नै गरेको छ ।

१८) संसदीय व्यवस्था, संसदवादी पार्टीहरु र सरकारका राष्ट्रविरोधी, जनविरोधी कृयाकलापका कारण नेकपा र यसको विचार नेपाली जनताको नजरमा आशाको केन्द्र र वैकल्पिक शक्तिको रुपमा विकास भइरहेको छ । यसको वरिपरि वामपन्थी, कम्युनिष्ट व्यक्तित्व र पार्टीहरुको धु्रवीकरण बन्दै जाने उत्तम वातावरण तयार हुँदै गएको छ । 

३) अन्तराष्ट्रिय परिस्थिति 
यो अवधिमा अन्तराष्ट्रिय क्षेत्रमा पनि केही गंभीर महत्वका राजनैतिक घटनाहरु देखा परेका छन् । जस्लाई गहिरोगरी आत्मसाथ गर्न जरुरी छ । 
१)  पछिल्लो पटक अमेरिका चीन सम्बन्ध अरु तनावपूर्ण बनेर गयो । खासगरी हङ्कङको सरकार विरोधी प्रदर्शनलाई अमेरिकाले खुलेआम प्रजातन्त्रको लडाई भन्दै समर्थनमा कानूननै पास पर्यो । त्यसैगरी सिनज्याङ र तिब्बत मामिलामा चीनका विरुद्ध कानून पास गर्यो । यसलाई चीनले आफ्नो सार्वभौंमिकता माथिको हस्तक्षेप भन्दै कडा प्रतिक्रिया गर्यो । हङ्कङमा केही समय अमेरिकी विमान र पानी जहाजलाई प्रतिबन्धसमेत लगायो । तर अमेरिकाले चीन विरोधी कार्यलाई रोकेके छैन । 

२) अमेरिका र इरान बीचको तनाव पनि एक अर्कोलाई वम र मिसाएल हान्ने तहमा पुगेको छ । अमेरिकाले इरानी उच्च सैन्य जनरल कसिम सुलेमानीलाई इराकको वगदाद हवाई अड्डामा वम हानेर मारिदियो भने इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य वेश क्याम्पमा २२ वटा मिसायल प्रहार गर्यो । सुरुमा हमलाबाट कुनै क्षति नभएको प्रचार गरे पनि पछि उक्त प्रहारबाट दर्जनौं अमेरिकी सेनाहरु दिमागी विरामी भएको स्वयं अमेरिकाले स्वीकर गर्यो । इरानी हमलापछि अमेरिकाले निसर्त वार्ताको माग राख्दै युद्धबाट अस्थायी ढंगले पछि हट्यो । इरानी मिसायल हमलाले विश्वव्यापी तरङ् पैदा गर्यो । यसको छुट्टै प्रभाव रहनुको कारण दोस्रो विश्वयुद्धपछि यसरी अमेरिकी सैन्य वेश क्याम्पमा सफलता पूर्वक र हाकाहाकी कसैले पनि मिसायल हमला गरेको थिएन । यो नै हमला हो जो विना अबरोध अमेरिकी क्याम्पमा पुग्न सफल भयो । वार्ताका कुरा गरेपनि  उनीहरु अझै पूर्ण युद्धको मनस्थितिमा रहेका छन् । 

३) अमेरिका इरान तनावका बीच इराकी संसद्ले अमेरिकी सेना आफ्नो देशमा आवश्यक नभएको भन्दै उसको सेना फिर्ता गराउनका लागि निर्णय गर्यो । इराकी संसद्ले गरेको यो निर्णयले मध्यपूर्वका आम जनताको धारणा अमेरिका विरुद्ध रहेको प्रष्ट देखायो । तर अमेरिकाले इरकमा आफ्नो धेरै लगानी भएको भन्दै इराकबाट सेना फिर्ता नगर्ने घोषना गर्यो ।  

४) चीनमा देखा परेर विश्वभर फैलिएको कोरना भाइरसको प्रकोप पनि अन्तराष्ट्रिय घटना बनेको छ । चीनमा महामारीको रुपमा फैलिएको कोरना पछिल्लो समय विश्वभरी महामारी बन्न पुगेको छ । यसले विश्वका पन्द्र लाख भन्दा बढीको ज्यान लिइसकेको छ भने करोडौं जनतामा संक्रमित भएको छ । चीनमा लगभग नियन्त्रण भए पनि विश्वका धेरै देशमा फैलिनेक्रम घटेको छैन । कोरनाले विश्वलाई कुनै पनि विषयले भन्दा बढी अलगथलग पार्दै कोठाभित्र कैद गरिदिएको छ । साथै आर्थिक रुपले पनि ठूलो नोक्सानीएको गरेको छ । यो रोगका विरुद्ध सिङ्गो मानव जातिले विश्वव्यापी संघर्ष गर्नुपर्ने आवश्यकता बन्न पुगेको छ ।   

५) भारत सरकारले हालै पास गरेको नागरिकता विद्यकले भारतभित्र तनावको अवस्था सृजना गरेको छ । खासगरी वरिपरिका मुलुकबाट आउने मुश्लिम वाहेकका नागरिकलाई भारतले नागरिकता दिने भनि गरेको निर्णयले भारतमा वसोवास गर्ने मुश्लिम र आदिवासी नागरिकलाई आक्रोसित पार्ने काम गरेको छ । यो कानूनका विरुद्ध विरोधमा उत्रिएका नागरिक माथि सरकारको मात्र होइन हिन्दुवादीहरुले समेत आक्रमण गरेपछि ठूलो संख्यामा नागरिकहरुको हताहती भएको छ । हिन्दु बाहेकका नागरिकहरु माथि व्यापक दमनको संभावना बढेको छ । 

६) यसै अवधिमा भएको अमेरिका तालिवान वार्ता र संझौंता पनि चर्चामा रहेको छ । सेक्टेम्बर ११ को अल काइदा हमला गरेपछि अमेरिकाले अफगानिस्तान माथि भिषण सैन्य हमला गरेको थियो । तत्पश्चात तालिवानले १९ बर्षदेखि लगातार प्रतिरोध गर्दै आएको छ । हालै अमेरिका र तालिवान बीच शान्ति वार्ता भएपछि अमेरिका सैद्धान्तिक रुपले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गर्न तयार भएको भन्ने छ । अमेरिका फिर्ता भएमा तालिवान अफ्गानिस्तान सरकारसँग वार्ता गर्न तयार हुने भन्ने छ । तर संझौंतापछि अफगानी सरकारले तालिवानी विद्रोहीहरुलाई जेलबाट छोड्न तयार नभएपछि पुनः युद्ध भड्कीएको छ । 

७) सिरियामा रुस समर्थित सरकारी सेनाले सफलता प्राप्त गर्दै लगेपछि उत्तरी सिमामा विद्रोहीको रक्षाका लागि टर्की अगाडि आएको छ । टर्की सेना सिरियाभित्र प्रवेश गरेपछि सिरियाली सेनाले गरेको हवाई हमलामा दर्जनौं टर्कीस सेनाको मृत्यु भयो । तत्पश्चात टर्कीले सिरियाली सेना विरुद्ध हवाइ हमला गर्यो र दुवै देशका सेना बीच युद्ध हुने अवस्था सृजना भएको छ  । युद्धको अवस्था टार्न रुसले टर्कीसँग वार्ताको पहल गरेको छ तर स्थिति सुध्रि सकेको देखिदैन । 

८) कोविड १९ ले स्वास्थ्य समस्या मात्र होइन अर्थतन्त्र र राजनैतिक व्यवस्थाका समस्याहरुलाई पनि उजागर गरिदिएको छ । अर्थात कोरोना महामारी स्वास्थ्य राजनीतिमा बदलिएको छ । 

९) अमेरिका र चीन बीचमा चल्दै आएको संघर्ष चर्किदै गएको छ । अमेरिकाले व्यापार युद्धलाई चिनियाँ महाबानिज्य दुतावास बन्द गर्ने र सामाजिक संजालसँग सम्बन्धित चिनियाँ कम्पनीहरुलाई बन्द गर्नेसम्म पुगेको छ । त्यसैगरी चीन पनि महाबानिज्य दुतावास बन्द गर्ने तहमा पुगेको छ । ताइवान मामिला पनि चर्किदै गएको छ । कैयौं रणनीतिज्ञहरुले विश्व नयाँ सीत युद्धमा प्रवेश गर्ने स्थिति देखिएको विश्लेषण गरेका छन् जो सही देखिन्छ । 

१०) चीन र भारत बीचको अन्तर्विरोध पश्चिमी सीमा गल्वान उपत्याकामा पुग्दा सैन्य भिडन्तमा पुगेको छ । चीनको हमलामा परेर भारतका बीस जना सेनाले ज्यान गुमाए भने चीनको विवरण सार्वजनिक भएको छैन । पछिल्लो समय दुई देशबीचमा ५ बुदे सहमति पत्रमा हस्ताक्षर भएको छ । 

११) दशकौंको युद्धपछि तालिवान र अमेरिका बीच वार्ता भएको छ । त्यसैगरी भिषण हमला र प्रतिहमालाका बीच तालिवान र अफगान सरकारको वार्ता सुरु भएको छ । 

१२) अजरवैजान र आर्मेनियाँ बीचमा भूमिविवादका कारण युद्ध चर्किएको छ । अजरवैजानका पक्षमा टर्की र आर्मेनियाँका पक्षमा पनि बाह्य देशहरु उभिएकाले स्थिति बढी जटिल बन्दै गएको छ ।  

१३) विश्वमा हाविरहेको नव उदारवादी पूँजीवादी अर्थतन्त्र कोरोनाका सामु वेकम्मा र असफल हुन पुगेको छ । निजी स्वामित्वलाई असिमित प्रकारले स्थानदिइएको र सफलताको हल्ला फिजाइएको अर्थसम्बन्ध संकटमा पर्दै गएको छ । कोरोनाको प्रकोप र सामाजिक दायित्वहीन नव उदारवादी अर्थसम्बन्धका कारण करोडौं नागरिकहरुले रोजी रोटी गुमाउनु परेको छ । वृद्धा र विरामीले स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको छ । अर्थतन्त्रको रक्षा गर्ने नाममा लाखौ नागरिकहरुले जीवन गुमाउनु परेको छ । निजी कम्पनीहरुको रक्षार्थ राज्यले सयौं अरब डलर खर्चिनु परेको छ ।

१४) कोरोनाले अर्थतन्त्रको चरित्रलाई समेत उजागर गरेको छ । कृषि अर्थतन्त्र औधोगिक एवं वित्तिय अर्थतन्त्रभन्दा शक्तिशाली सावित भएको छ । जुन देशहरु खाध्य उत्पादन र आपूर्तिमा आत्मनिरभर देखिए उनीहरुको अर्थ संकट कम देखियो भने जुन देशहरु औधोगिक  र वित्तिए अर्थतन्त्रमा बलियो छन् उनीहरुको जनजीवन जोखिमपूर्ण देखियो । 

१५) नव उदारवादी अर्थतन्त्र भन्दा सापेक्षतामा राज्यको नेतृत्व रहेको समाजवादी अर्थसम्बन्ध स्थिर र प्रभावकारी देखिएको छ । जति नै आलोचना गरेपनि क्युवा, जनवादी जनगणतन्त्र कोरिया, भियतनाम, चीनको अर्थतन्त्र सफल देखिएको छ । 

१६) हालै अमेरिकामा भएको चुनाव, चुनाव अगावै ट्रम्पले अमेरिकामा इतिहासकै सबैभन्दा धाधली पूर्ण चुनाव हुने, त्यसो भए चुनाव हारे पनि सत्ता नछोड्ने भनेर दिएको अभिव्यक्ति अनि चुनाव हार्दा पनि लामो समय सत्ता हस्तन्त्रण गर्न तयार नहुनुले पूँजीवादी प्रजातन्त्रको फासिवादी, अराजकतावादी नकाव उतारिक दिएको छ । सारा संकट र चरित्रले पूँजीवादीहरुले जतिनै असफलताको प्रचार गरे पनि समाजवादी अर्थ–राजनैतिक प्रणाली नयाँ विकल्पको रुपमा अगाडि आएको छ । 

४) दुई संभावना
माथि उल्लेखि योजना कार्यन्वयनको अवस्था, राष्ट्रिय एवं अन्तराष्ट्रिय परिस्थितिलाई विश्लेषण गर्दा हाम्रो क्रान्तिका अगाडि दुईवटा संभावना देखा परेका छन् । खराब संभाना र असल संभावना । 
क) असल संभावना
१)  सामाजिक दलाल केपी सरकारले आफूलाई टिकाउन र क्रान्तिको घाटी निमोठन जतिनै षडयन्त्र, दमन, हत्याआतंक मच्चाए पनि यसको सार जनविरोधी, राष्ट्र विरोधी र विनाशकारी भएकोले यो जनताको आँखामा अझै नाङ्गो र कमजोर भएर जानेछ । जनता दलालहरुको खेलबाट दिक्क भएका र वस्तुगत वातावरण क्रान्तिको पक्षमा बन्दै गएकोले यसका सारा अपराधका विरुद्ध जनताहरु उठ्ने छन्, नेपाल कम्युनिष्ट पार्टीलाई साथ दिने छन्, पार्टीले एकीकृत जनक्रान्तिलाई माथि उठाउँदै लैजान सफल हुने छ । 
२) नेपाल कम्युनिष्ट पार्टीले जनताका अधिकार, देशको स्वाधिनता र दैनिक जीवनका आवश्यकताका निम्ति लडिरहेकोले देशभक्त, श्रमिक जनताले पार्टीलाई अझ दरिलोगरी सहयोग दिनेछन् । उनीहरुले संसदीय व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवादी सत्ताको आवश्यकतालाई आत्मसाथ गर्ने छन् । पार्टीको नेतृत्वमा देशका विभिन्न ठाउँबाट गठन हुँदै गएका वैज्ञानिक समाजवादी सत्ता वरिपरि गोलवन्द हुँदै जानेछन् । 
३) आज जसरी भारतीय एवं अमेरिकी साम्राज्यवादी अतिक्रमण विरुद्ध विभिन्न मोर्चाबाट संघर्ष चलिरहेका छन् ती संघर्षहरु बढ्दै जानेछन् । राष्ट्रिय स्वाधिनताका पक्षमा सारा कम्युनिष्ट, वामपन्थी, देशभक्त शक्तिहरुको मोर्चाबन्दि सुदृढ भएर जाने छ । देशको सार्वभौमिकता रक्षाका लागि नेपाली जनता जागरुक हुँदै जादा साम्राज्यवादी तत्वहरु नेपालमा सिधा हस्तक्षेप र नियन्त्रण गर्न असफल हुनेछन् । 
४) पार्टीले शुद्धीकरण अभियान सुरु गरेदेखि आत्मसमर्पणवाद विरुद्ध जुन सफलता प्राप्त गर्दै लगेको छ, अगामी योजनाहरुमा यसका विरुद्ध अधिकतम विजय हासिल गर्दै जाने छ । पार्टीको क्रान्तिकारी पंक्तिले यसको महत्वलाई दह्रोसँग पकड्ने छ साथै पार्टीमा घुसेका किटानुहरुलाई पत्ता लगाउँदै र समाप्त पार्दै जाने छ । 
५) आफ्नो स्वार्थ पूर्ति गर्नका लागि पार्टीमा ठाउँ लिएर बसेका, पार्टीको आर्थिक (नगद, जमिन र जिन्सी)  आफ्नो निजी फाइदा र स्वार्थका लागि कुम्ल्याउने, आत्मसमर्पणवादी र अवसरवादीहरुलाई पाखा लगाउँदै जानेछ । पार्टी एउटा कम्युनिष्टहरुको पार्टीमा रुपान्तिरित हुँदै आम जनताको मन जितेर जाने छ । 
६) पार्टी जनतामा लोकप्रिय र स्थापित बन्दै जादा जनमुक्ति सेना, युवा, जवसहरुका संगठनात्मक शक्ति फैलिएर जाने छ । संघर्षमा जनसेनाले विजय हासिल गर्दै जानेछ । पार्टीमा नयाँ क्रान्तिकारीहरुको विकास हुँदै जाने छ । श्रमिक जनता क्रान्तिमा आबद्ध बन्दै जाने छन् ।
७) पार्टीले आफूभित्रका खराबीहरुलाई साफ गर्दै साथै बाहिरका दमनलाई परास्त गर्दै जादा एकीकृत जनक्रान्तिले नयाँ उचाई हासिल गर्ने छ । कुलमा नेपाली एकीकृत जनक्रान्ति, नेपाल कम्युनिष्ट पार्टी र श्रमिक जनताले नयाँ विजयहरु हासिल गर्दै जाने संभावना आउने छ ।  

ख) खराब संभावना 
१)  सामाजिक दलाल पूँजीवादी कपी सरकार असफल हुँदै जादा आफ्नो संकट टार्नका लागि महान एकीकृत जनक्रान्ति माथि फासिवादी दमन नाङ्गो रुपले बढाउने संभावना आउन सक्छ । उसले वारेन्ट, दमन, अप्रेसन, गिरफ्तारी, हत्या आतंकलाई चर्काएर लैजान सक्ने छ । पार्टी पंक्ति सचेत एवं गतिशील नभएमा क्षतिहरु हुन सक्ने छन् । 
२) नेपालमा दलालहरु असफल हुँदै जादा साथै एकीकृत जनक्रान्ति विकास हुँदै जाँदा विदेशी हस्तक्षेप विशेषतः भारतीय एवं अमेरिकी हस्तक्षेप नाङ्गो रुपले आउने संभावना रहन्छ । अमेरिकाले बढाई रहेको हिन्द प्रसान्त रणनीति अन्तर्गनको एमसीसीलाई केपी सरकारले पास गर्ने र त्यो बाटोबाट अमेरिकाले आफ्नो सैन्य उपस्थिति गाराउने अवस्था आउन सक्छ । यसो भएमा एमसीसी चीनका विरुद्ध मात्र हुने छैन मुख्यतः नेपाली क्रान्ति र वैज्ञानिक समाजवादकै विरुद्ध हुने छ । 
३) त्यसैगरी भारतीय साम्राज्यवादले आफ्ना हस्तक्षेपकारी एवं अतिक्रमणकारी योजनाहरुलाई पुरा गर्न देशभक्त, क्रान्तिकारीहरु विरुद्ध अनेकौं घटनाहरु घटाउन सक्ने संभावना देखा पर्छ ।  
४) नेपालमा एकीकृत जनक्रान्ति अगाडि बढेपछि नेपाली शासक, प्रतिक्रियावादी, संशोधनवादी, आत्मसमर्पणवादीहरुको मात्र टाउको दुखाइको विषय नभएर अन्तराष्ट्रिय साम्राज्यवादी तत्वहरुको पनि चिन्ताको विषय बनेको छ । क्रान्तिलाई अबरोध खडा गर्न सबै एक भएर लाग्ने छन् । त्यसका लागि  दुशमनले पार्टी भित्र जासूसहरु घुसाउने, पार्टीका गलत प्रवृत्तिहरुलाई उक्साउने—प्रयोग गर्ने, पार्टीमा भाडभैलो पार्न जोड गर्ने र नजिकबाट घेराबन्दि गर्ने खतरा आउन सक्छ । पार्टीका सबै नेतृत्वहरु सचेत नभएमा क्षतिको संभावना पनि रहन्छ । 

५) नवौं योजनामा पार्टीले ध्यान दिनु पर्ने विषयहरु
माथि उल्लेखि संभावनाहरुका बीचमा उभिएर पार्टी पंक्तिले खराब संभावनालाई रोक्न र तिनलाई असल संभावनामा बदल्न साथै असल संभावनाहरुलाई वास्तविकतामा परिणत गर्न केही मूल विषयहरुमा विशेष ध्यान दिन आवश्यक छ । 

क) पार्टीले आउँदो योजनामा राजनैतिक अन्तर्विरोधहरुको परिचालन, मोर्चाबन्दि र उपलब्धि हासिल गर्नेमा ध्यान दिनु पर्ने छ । मुख्यतः केपीको सामाजिक दलाल फासिवादलाई एक्ल्याउन, कमजोर बनाउन र परास्त गर्न संभव भएसम्मका सबै शक्ति प्रवृत्तिहरुलाई परिचालन गर्न जोड दिनु पर्छ । यस्तो परिचालन सबै राजनैतिक शक्तिहरुसँगै सरकारी कम्युनिष्ट पार्टी भित्रैका अन्तर्विरोधलाई संचालन गर्न प्रयत्न गर्नु पर्छ । 

ख) दलाल सत्ता र केपी सरकार नेपाल कम्युनिष्ट पार्टी र एकीकृत जनक्रान्तिलाई समाप्त गर्ने षडयन्त्रमा लागिरहेको छ । यसबाट क्रान्ति र पार्टीलाई सुरक्षित गर्ने भनेको पार्टीले जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने, पार्टी संगठनलाई विस्तार र मजबुत बनाउने भन्दा अर्को विकल्प छैन । त्यसैले सिङ्गो पार्टी पंक्तिले पार्टी संगठनलाई सुदृढ र विस्तार गर्ने विषयमा आफ्नो ध्यान विशेषरुपले केन्द्रीत गर्नु पर्दछ । 

ग) नेपाली दलाल प्रवृत्तिहरुलाई समातेर अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले नेपाल भित्र हस्तक्षेप र अतिक्रमण गरिरहेको स्थिति छ । यसलाई सामना गर्दै देशको सार्वभौमिकता र स्वाधीनता रक्षा गर्न उनीहरुका विरुद्ध निरन्तर भण्डाफोर संचालन गर्न र संभव भएसम्मका मित्र शक्तिहरुसँग मिलेर प्रतिरोध संघर्ष बढाउँन जोड दिनु पर्दछ । यसका लागि पार्टीका सबै निकायले स्वपहलमा समेत जोड दिनु पर्दछ । 

घ) पार्टीभित्र शुद्धीकरणको प्रकृया चले पनि पुरा भइसकेको छैन । पार्टीमा अझै पनि आत्मसमर्पणवादी, अर्थवादी, अराजकतावादी कमजोरी विरुद्ध सशक्त संघर्ष आवश्यक छ । सबै कमिटिहरुले यी समस्याबाट पार्टीलाई मुक्त गर्न जोड दिनु पर्दछ । 

ङ) क्रान्तिको सफलताको मुख्य हतियार संगठन भएकोले सामान्य काम चलाउने तरिकाले नसोचेर क्रान्तिका लागि चाहिने संगठन निर्माण गर्न हरेक कमिटिले आफ्नो विशेषतामा चार इलाकाको निर्धारण गरेर सोही अनुरुप कामहरुलाई केन्द्रीत गर्न जोड दिनु पर्दछ । 
पार्टीले संगठनका कामहरुलाई केन्द्रीत र सुदृढ गर्दा आम संगठनहरुमा समान प्रकारले लाग्ने या अगाडि जे आउँछ त्यसैलाई पुरा गर्ने तरिकाले गर्नु हुँदैन । आन्दोलनमा चाहिने जनशक्ति, पेशा व्यवसाय र वर्गको विशेषता र संख्यालाई केन्द्रमा राखेर जोड दिने तरिकालाई प्रयोग गर्नु पर्छ । त्यसरी विश्लेषण गर्दा पार्टी पंक्तिले यो योजनामा युवा, विद्यार्थी, मजदूर, महिला संगठनमा मुख्य जोड दिनु पर्दछ । हरेक कमिटिले यी संगठनहरुलाई आफ्नो कार्ययोजनामा राखेर काम गर्नु पर्दछ । 

च) संघर्षको क्षेत्र व्यापकरुपले फैलिदै गएको स्थितिलाई मध्यनजर राख्दै पार्टी पंक्तिले जनमुक्ति सेना भर्ति र संरक्षण गर्नेमा जोड लगाउँनु पर्दछ । 

छ) फासिवादी दमनको सशक्त प्रतिरोध मुख्य बनेर आएको छ । पार्टीले सातौं वैठकपछिका स्थायी समितिका वैठक र आठौं केन्द्रीय समितिको योजनामा सशक्त प्रतिरोधको निर्णय गरे पनि सफल हुन सकेको छैन ।  यस स्थितिमा संघर्षको पहल लिन केवल कमिटिगत निर्णय गरेर मात्र पुग्दैन । त्यसका लागि जिम्मेवार नेता र कमाण्डरहरुले नै प्रत्यक्ष पहल लिएर लक्ष्य पुरा गर्नमा जोड लगाउँनु पर्दछ । 

ज) पार्टीमा विभिन्न वहान बनाएर आर्थिक अपचलन गर्ने अर्थवादी सोचलाई कडाइपूर्वक रुपान्तरण गर्न जोड दिनु पर्दछ । पार्टीको आर्थिक अपचलन गर्ने माथि कडा कार्यवाही गर्नु पर्दछ । 

झ) पार्टी माथि आर्थिक भार दिनप्रतिदिन बढ्दै गएको स्थितिमा सहयोग संकलन गर्ने कामलाई अरु व्यवस्थित गर्नु पर्दछ । पार्टी जिल्ला कमिटिसम्मले एक कमिटी एक आर्थिक उत्पादन कार्य अनिवार्य लागु गर्न जोड दिनु पर्छ । साथै परिवारलाई पार्टीकरण गर्दै आर्थिक समस्या समाधान गर्ने क्रान्तिकारी तरिकालाई क्रमशः विकास गर्नु पर्ने देखिन्छ । 

ञ) पार्टी पंक्तिलाई देशका जल्दाबल्दा मुद्दाबारे समयमै सूचित र निर्देशित गर्न साथै विषयगत अध्ययनका लागि रातोखबर साप्ताहिकलाई हरेक जिल्लासम्म अनिवार्य पुग्ने व्यवस्था गर्न जोड दिनु पर्छ । निरन्तर भन्दा पनि छुटिरहेको स्थितिमा व्युरोहरुले मातहत जिल्लासम्म पुगाउन ध्यान दिनु पर्छ । 

ट) जनसाँस्कृतिक महासंघको केन्द्रीय परिवार सामनाबाट जनजागरण एवं साँस्कृतिक जागरण पैmलाउनका लागि आगामि योजनामा पनि निरन्तर साँस्कृतिक अभियान संचालन गर्नु पर्दछ । 

६) अगामी योजनामा जोड दिनु पर्ने विषयहरु 
क) राजनैतिक
कोरोना महामारिमा विश्वव्यापी पूँजीवादी राज्य व्यवस्थाको असफलता एवं नेपालमा दलाल पूँजीवादी        राज्य सत्ता र संसदीय व्यवस्थाको असफलता तथा वैज्ञानिक समाजवादको विकल्पबारे आम जनतामा         व्यापकरुपले प्रचार–प्रसार गर्नमा जोड दिनु पर्छ । 
जनसत्ताका कामहरुलाई व्यवस्थित गर्दै जान जनप्रतिनिधि सभा र जनपरिषदका अधिवेशन, वैठक र        प्रशिक्षणहरु आयोजना गर्नु पर्दछ । 
मित्र पार्टीहरुसँगको छलफललाई व्यवस्थित गर्दै संभव भएसम्म रणनैतिक सयुक्त मोर्चा निर्माण गर्न जोड दिनु पर्दछ । साथै तत्कालिक मुद्दाहरुमा कार्यगत एकता गरेर देश र जनताका पक्षमा गर्दै आएको सहकार्यलाई निरन्तरता दिनु पर्दछ । 
जनता र दलाल पूँजीवादी सत्ताका बीचमा बढ्दै गएको अन्तर्विरोध अवस्थामा स्थापित वाम बुद्धिजीवी, लेकख, साहित्यकार, कानूनविदहरुको सहयोग एवं सदभाव हाम्रो पार्टीतिर बढ्दै गएको छ । यस स्थितिमा पार्टीले दलाल सत्ता भित्र पैदा भएका अन्तर्विरोध एवं सत्तासिन पार्टी भित्र बढिरहेको संघर्षलाई क्रान्तिको पक्षमा सदुपयोग गर्न केन्द्र र प्रदेशमा त्यस्ता व्यक्तित्व, बुद्धिजीवीहरुसँग सहकार्य गर्न तथा उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउन जोड दनु पर्छ ।  
राज्यद्वारा पार्टी माथि थोपरिएको प्रतिबन्ध पार्टीको बुद्धीमत्तापूर्ण चाल, जनताहरुको अस्वीकृति, मित्रहरुको दवावका कारण निष्प्रभावी बन्दै गएको अवस्था छ । पार्टीको नीति, मित्र र जनताको विरोध साथै सरकारको नेतृत्व गरिरहेको पार्टी भित्रको अन्तर्विरोध र आत्मसमिक्षाका कारणले सरकारले वेलाबखत वार्ताको चर्चा अनौपचारिक ढंगले चलाउँने गरेको छ । यदी सरकार पार्टी माथिको प्रतिबन्ध हटाएर राष्ट्रिय स्वाधीनता, जनताका अधिकारहरु, दैनिक जनजीवनका समस्याहरुमा औपचारिकरुपले छलफल गर्न अगाडि आउछ भने पार्टीले देश र जनताका मामिलाहरुलाई खुल्लारुपले राष्ट्र सामु राख्न तयार हुनु क्रान्तिकै हितमा हुन्छ । तर वार्ताका नाममा क्रान्ति, वैज्ञानिक समाजवाद, जनता र राष्ट्रलाई क्षति पुग्ने कार्य कुनै पनि स्थितिमा हुन नदिन पार्टी सचेत हुनु पर्दछ ।  

आजको विश्व राजनैतिक परिस्थितिमा कम्युनिष्ट अन्तराष्ट्र, कम्युनिष्ट अन्तराष्ट्रवाद एवं कम्युनिष्टहरुको सहकार्यको महत्वमा पार्टीले जोडदिदै आएको छ । केही न केही रुपमा कामहरु पनि भइरहेका छन् । पार्टीले यसयोजनामा अन्तराष्ट्रिय कामहरुलाई परिणाममुखी बनाउन सुव्यवस्थित प्रकारले बल गर्नुपर्दछ ।    

ख) संगठन 
पार्टीले क्रमबद्ध रुपले देशका रणनैतिक इलाकाहरुमा संकठनात्मक कामहरुलाई बढाइरहेको स्थितिमा राज्यको प्रतिबन्धले अवरोध गर्न पुग्यो । हाल पार्टीले प्रतिकूलतालाई पचाउँदै गएको स्थितिमा विगतमा बाकीरहेका रणनैतिक क्षेत्रमा संगठनात्मक विस्तार अभियानलाई केन्द्रीत गर्नु उपयुक्त हुन्छ । 
रणनैतिक इलाकामा केन्द्रीत गरिने अभियानको अलावा सहरी क्षेत्र भएका पार्टी कमिटिले मजदूर संगठन र ग्रामिण क्षेत्र भएका पार्टी कमिटिहरुले युवा  संगठनमा जोड दिनु पर्दछ । साथै हरेक व्युरो र जिल्लाले आफ्नो आधार क्षेत्र विकासमा जोड दिनु पर्दछ । 
पार्टी सम्पन्न गरेको ऐतिहासिक आठौं महाधिवेशनको अवधि पुरा हुँदै नवौं महाधिवेशनको समय आइरहेको छ । आठौं महाधिवेशनपछि विश्व, राष्ट्र, क्रान्ति, कम्युनिष्ट आन्दोलन, पार्टी जीवनका कैयौं नयाँ विशेषताहरु उजागर भइरहेका छन् । यस्ता विषयहरुबारे पार्टीले उपयुक्त समयमै वैज्ञानिक एवं वस्तुवादी संश्लेषणहरु दिनु पर्ने जरुरी हुन्छ ।  कुनै विशिष्ट परिस्थिति बाहेक समयमै महाधिवेशन गर्नु उपयुक्त हुने साथै हाम्रो सन्दर्भमा नयाँ संश्लेषणहरु समेत आवश्यक बन्दै गएकोले आउँदो बर्ष महाधिवेशनको बर्ष हुनसक्नेतिर पार्टी पंक्तिको ध्यान पुग्नु पर्दछ । महाधिवेशनमा जान ठोस प्रस्ताव आवश्यक हुने भए पनि यो योजना देखिनै संठनात्मक कामहरुलाई सुव्यवस्थित गर्दै जानु पर्दछ । 
जनवर्गीय संगठनहरुलाई कसरी प्रभावकारी बनाउन समय पुगेका जवसका राष्ट्रिय संमेलनहरु यो योजना भित्र सम्पन्न गर्न जोड गर्नु पर्दछ । साथै पछिल्लो समयमा समाजमा विभिन्न व्यवसाय, क्षेत्र र विषयहरुको विस्तार भएको छ  । ति विशेषता र विगतकालमा गठन भएका संगठनात्मक ढाचा बीच अन्तर्विरोध पैदा भएर पुरानो संगठनले नयाँ क्षेत्रलाई नपकड्ने समस्या देखिएका छन् । पार्टीले ढिला नगरी नयाँ विशेषता अनुरुपका संगठनहरु खडा गर्नु पर्ने भएको छ । यसका लागि केन्द्रीय समितिले ध्यान दिनु पर्ने छ । 
पार्टी संगठनहरु संख्यामा भन्दा गुणमा, प्रचारमुखी भन्दा कामकाजी खालका, भद्दा भन्दा दुरुस्त खालका, मात्रात्मक भन्दा प्रभावकारी खालका निर्माण गर्नमा जोड दिनु पर्छ । यसका लागि पुरानो सत्ता अनुसारका जिल्लामा जानै पर्छ भन्नेमा नगई जनतालाई नेतृत्व दिनसक्ने गुण भएका कमिटिहरु निर्माणमा जोड दिनु पर्दछ । 

ग) संघर्ष 
एकीकृत जनक्रान्तिको संघर्षको मुख्य कार्यनैतिक विशेषता भनेको जनअनुमोदित कार्यवाहीलाई जोड दिनु रहेको छ । राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रमा दिनदिनै बढ्ने जनता र राज्य बीचका संघर्षलाई पकडेर जनभावनाको प्रतिनिधित्व गर्नेगरी कार्यवाही संचालन गर्नु पार्टीको अहिलेको कार्यनीति हुनु पर्छ । मुख्यतः राष्ट्रिघात, जनघात, भ्रष्टाचार, बलात्कार, जातीय दमन, कुरुतीबाट घटने सामाजिक अपराधहरु, महङ्गी आदिमा पार्टीले विना ढिलासुस्ति कार्यवाहीहरु बढाउनु पर्छ । 
राज्यले पार्टीलाई जवरजस्त छापामार युद्धा धकेल्न प्रयास गरिरहेको छ । पार्टी एकीकृत जनक्रान्तिको एकीकृत सैन्य रणनीति अनुसार शुद्ध छापामार युद्धमा जानबाट बचेर जनता र जनसेनालाई जोडने कार्यनीतिमा अडिग रहनु पर्दछ । 
युवा, विद्यार्थी, महिला, दलित, किसान, मजदूर संगठनहरुबाट शिक्षा, स्वास्थ्य, रोजगारी, मल विउ, न्यायोचित ज्यालाका पक्षमा संघर्ष संचालन गर्न जोड दिनु पर्दछ । 
राज्यबाट हुने प्रहरी दमन, सशस्त्र अप्रेसनलाई आवश्यक परामर्शसहित जनमुक्ति सेनाले प्रतिरोध कार्यवाही संचालन गर्नु पर्दछ । 

घ) आर्थिक 
पार्टीले विभन्न व्यवसायीहरुलाई कर सहयोगमा ल्याउन निरन्तर प्रयास गर्नु पर्दछ । यसो गर्दा कुनै पनि क श्रेणीका व्यवसायीहरु नछुटाउन केन्द्रले जोड दिनु पर्दछ । त्यस्तै अन्य व्यवसायीहरुलाई पनि व्युरो र जिल्लाले पकडभित्र लिनु पर्दछ । 
अभियान नचलेको अवस्थामा विशेष आर्थिक सहयोगका लागि विभिन्न व्यवसायसँग सम्पर्क सम्बन्ध गर्न सबै पार्टी कमिटिहरुले पहल गर्नु पर्दछ । 
पैसा उठाउने र उठेजति सबै खर्च गर्ने प्रवृत्तिलाई दुरुत्साहित गर्दै उठेको रकमबाट जहिले पनि एउटा हिस्सा बचत गर्न र संस्थाको पूँजीलाई उत्पादनमा लगाउन जोड दिनु पर्छ । 
सधै चन्दा र अरुको सहयोगमा चल्ने तरिकालाई बदल्न सबै कमिटिहरु मुख्यतः व्युरो र जिल्लासम्मले एउटा योजना भित्र एउटा उत्पादन कार्य गर्न जोड दिनु पर्दछ ।   
पार्टीले गर्ने उत्पादन कार्य सकेसम्म जनतालाई प्रेरित गर्ने र जनतासँग सहकार्य गर्ने खालको बनाउन जोड दिनु पर्दछ । 
ङ) प्राविधिक क्षेत्रमा जसरी कामहरु अगाडि बढिरहेका छन् तिनलाई विशेष महत्वका साथ निरन्तरता दिन र सम्पन्न गर्न जोड दिनु पर्दछ । 

च) पार्टी संचार माध्यम
रातो खबरलाई देशव्यापी बनाउन निरन्तर प्रयास जारी राख्नु पर्छ । 
पार्टीका प्रकाशनहरुलाई व्यवस्थित प्रकारले प्रकाशन र वितरण गर्न जोड दिनु पर्छ । 
मिरमिरे रेडियोलाई यो योजनादेखि पार्टीको आधिकारिक रेडियो नबनाई सहयोगीका रुपमा मात्र लिनु पर्दछ । आधिकारिक रेडियो आफ्नै बनाउन पहल गर्नु पर्दछ । 

छ) साँस्कृतिक परिवार
पार्टीको केन्द्रीय साँस्कृतिक टोली सामना परिवारलाई ठूलो आकारबाट दुरुस्त पार्ने र जनताका बीचमा पुगाउने । केही युवाहरुलाई जनसेना र पार्टी कार्यकर्तामा खटाउने । 

६) नबौं योजना
क) पार्टीको नवौं योजना राजनैतिक परिस्थिति र योजना संपादनलाई चाहिने समयका दृष्टिले छ महिनासम्म संचालन गर्नु वस्तुवादी हुने छ । यदेपी छ महिनालाई पनि कार्यतीव्रताका लागि दुई महिने उपअबधिमा राखेर कामहरुलाई परिणाम मुखि बनाउन जोड दिनु पर्दछ । 
ख) योजनाको लक्ष्य
राजनैतिकरुपले सामाजिक दलाल केपी सरकारको फासिवादी दमन विरुद्ध मोर्चाबन्दि विस्तार गर्ने, वैज्ञानिक मसाजवादी क्रान्तिको आवश्यकतालाई अरु बोध गराउँने ।
संगठनात्मकरुपले पहलो तीन महिनामा महाभारत रणनैतिक क्षेत्रमा पार्टी, युवा, विद्यार्थी, महिला, किसान, दलित संगठन विस्तार गर्ने पछिल्लो दुई महिना सहरी क्षेत्रमा मजदूर, युवा, विद्यार्थी, महिला, दलितलाई विस्तार गर्ने 
सैन्यरुपले चार बटालयनलाई पूर्ति गर्दै जाने साथै केन्द्रीकृत कमााण्डका लागि व्रिगेड संरचना खडा गर्ने 
ग) यस योजनाभित्र गरिने कार्य योजना
पार्टी योजनाको आवश्यकता अनुसार विभागहरुका गठन पुनर्गठन र कार्यक्षेत्र हेरफेर गरिने छ । 
३) “सेना पहिलो” भन्ने पार्टीको संश्लेषणलाई समात्दै सैन्य संगठनलाई विकास गरिने छ साथै  हरेक कमिटि र संगठनहरुले  सैन्य संख्या थप गर्न जोड लगाउनु पर्दछ ।  
४) संघर्षका निशाना अझै पनि दलाल, भ्रष्ट, राष्ट्रघाती, कमिसनखोर, महङ्गि, जासूस, दमनकारी अप्रेसनका विरुद्ध सोझ्याउनु पर्दछ । त्यसो गर्दा पार्टीले योजनामा सूचीबद्ध गर्ने कार्यवाहीहरुलाई सक्दो पुरा गर्न व्युरोहरुले विशेष जोड दिनु पर्दछ । कोरना भाइरसको स्थिति हेरी जनवर्गीय संगठनका संघर्षहरु अगाडि बढाइने छ । 
५) आर्थिकरुपले पार्टीले नयाँ प्रयोगहरु गरिरहेको छ र परिणामहरु पनि सकारात्मक प्राप्त भइरहेका छन् । यो योजनाभित्र विशेष अभियानको अडिट पुरा गर्ने, सहरी क्षेत्रका पार्टी कमिटिहरुले पार्टीसँग परामर्श गरी परिणाम मुखि आर्थिक कामहरु सम्पन्न गर्न ध्यान दिनु पर्छ । पार्टीको आठौं वैठकबाट पास भएका केन्द्रीय श्रोत मुख्यत खोला र वनहरुको परिचालन गर्न उपविभाग बनाएर पहल लिइनेछ । 
६) पार्टीमा बढिरहेको आर्थिक, लजिस्टिक एवं खाद्यान्न आपूर्तिको चापलाई ध्यानमा राखि खाध्यन्न आपूर्ति तथा जिन्सी संकलन विभाग पनि बनाएर काम गरिने छ । 
७) नमुना कार्यहरुलाई तदारुकता पुरा गर्नका लागि पार्टी कमिटिबाट भन्दा विभाग र उपविभाग बनाएर कार्य संचलन गरिने छ । 
८) पार्टीका आधिकारिक सूचना, समाचार र विचार प्राप्तिका लागि रातो खबरलाई हरेक जिल्लामा पुगाउँने व्यवस्था व्युरोहरुले मिलाउँनु पर्नेछ । साथै अग्रेजी मुखपत्रलाई अंग्रेजीमा पनि प्रकाशन गरिने छ ।  
९) विज्ञान र प्रविधिका क्षेत्रमा कामहरु व्यवस्थित गर्न सबै कमिटिहरुले ध्यान दिनु पर्ने छ । 
१०) प्राविधिक तयारीका कामलाई ठोस उद्देश्यसहति पुरा गर्न सबै कमिटिहरुले जोड लगाउनु पर्ने छ । 
११) जनजागरण र जनचेतना निर्माणका लागि जनसाँस्कृति महासंघले साहित्यिक कार्यक्रमहरु संचलान गर्ने छ भने केन्द्रीय सास्कतिक परिवार सामनाले रणनैतिक इलाकामा अभियानलाई निरन्तरता दिने छ । 

अगामी योजनाका कार्यक्रमहरु 
नारा–  
एकीकृत जनक्रान्तिमा दृढतापूर्वक बढौं ! पार्टीलाई जनतासँग मजबुत तरिकाले जोडौं !!
अवधि छ महिना

राजनैतिक नारा
सबै कम्युनिष्ट, वामपन्थी, देशभक्त एकताबद्ध बनौं ! वैज्ञानिक समाजवादी सत्ता प्राप्तिका लागि अगाडि बढौं !!
लक्ष्य 
रणनैतिक सयुक्त मोर्चा बनाउन जोड दिने 
सयुक्त आन्दोलन गर्ने 
राज्यका प्रतिनिधिसँग वार्ताबारे स्पष्ट धाराणा बनाउन पहल गर्ने 
पौष, माघमा जनप्रतिनिधि सभा र परिषदका अधिवेशन गर्ने 

संगठनात्मक अभियान 
उच्च महाभारतमा फागुन चैत्र दुई महिना
लक्ष्य– पूर्व पश्चिम संगठनलाई जोड्ने 
ठूला सहरहरुमा पौष माघसम्म मजदूर संगठन निर्माण गर्ने 
गाउँमा युवा र विद्यार्थी संगठन पौष, माघसम्म निर्माण गर्ने 
माघ फागुनमा महिला, दलित, किसान संगठन निर्माणमा जोड दिने 
जनमुक्ति सेनाको निर्माणमा सबै व्युरो, जवसहरुले मेहनत गर्ने 

संघर्ष
महत्वपूर्ण नाराहरु भित्तेलेखन गर्ने 
केही ठूला सहरहरुमा ठूला जनप्रदर्शन गर्ने 
राज्य दमनमा आएमा व्यवस्थितरुपले प्रतिरोध संघर्ष गर्ने 
मंच र जवसले राजनैतिक जागरण विरोध प्रदर्शन र जनसंघर्षमा जोड दिने 
जनअनुमोदित कार्यवाहीलाई बढाउनु , भ्रष्ट, दलाल, सुदखोर, प्रतिरोध

आर्थिक लक्ष्य
विशिष्ट सहयोग संकलन गर्न जोड दिने 
छ महिनासम्म व्युरो र जिल्लाले एउटा एउटा परिणाममुखी उत्पादन गर्ने 

प्राविधिक लक्ष्य,
कामहरुलाई परिणाम मुखी बनाउने

सूचनासंचारको लक्ष्य
रातो खबरलाई सुव्यवस्थित गर्ने 

साँस्कृतिक लक्ष्य 
आधार क्षेत्रका जनताका बीचमा पुगेर कार्यक्रम संचालन गर्ने

धन्यवाद । 

कम्युनिष्ट पार्टीको आर्थिक दृष्टिकोण

विषय प्रवेश ः 
कम्युनिष्ट अर्थदृष्टिकोण अनुरुप पार्टीको संस्थागत आर्थिक जीवन, नेता र कार्यकर्ताको जीवन, जनताको आर्थिक जीवन र समग्र कम्युनिष्ट समाजको आर्थिक सम्बन्धबारे हाम्रो ऐतिहासिक आठौं महाधिवेशनले मार्गनिर्देश गर्ने कार्य गरेको छ । खासगरी वैज्ञानिक समाजवाद—साम्यवाद प्राप्त गर्ने हाम्रो लक्ष्य र वैज्ञानिक समाजवादमा प्रतिक्रान्तिका अनुभव र शिक्षाहरुले हामीलाई यो विषय सोच्नका लागि उत्प्रेरित गरेका छन् । रुसी समाजवादको असफलता र धनाढ्या वर्गको उत्पत्ति, पूर्वीयुरोमा समाजवादको असफलता र पूँजीपति वर्गको पुनरोदय, चीनमा खरबपतिहरुको उत्पत्ति,प्रचण्डहरुको धनाढ्या वर्गमा विचलन कम्युनिष्ट आन्दोलनका नकारात्मक शिक्षा हुन ।

संस्थागत अर्थपरिचालनको हाम्रो विचारले मात्र पनि कम्युनिष्ट आन्दोलनमै गुणात्मकरुपले नयाँ अर्थजीवन देखापरेको छ । हाम्रो पार्टीको अर्थजीवन केन्द्रमा संस्थागत प्रणालीमा उठ्दै गएको छ । नेताहरुको जीवन पारदर्शी बन्न थालेको आभाष भएको छ, आफ्नै अर्थसम्बन्धबारे मोटो धारणा विकास भएको छ । तर हामीले परिकल्पना गरेको कम्युनिष्ट जीवन पद्धतीमा पुग्न अझै धेरै गर्न बाकि छ । हाम्रो विचारमा कम्युनिष्ट अर्थदृष्टिकोणलाई सम्पूर्ण सत्ता प्राप्तीपछिको विषय बनाएर नेता र कार्यकर्ताहरुको अर्थजीवन अमूर्त, अपारदर्शी र समस्याग्रस्त बन्न दिनु हुँदैन । यसले पार्टी भित्र नै वर्गहरु पैदा गर्ने गरेको तितो अनुभव हामीसँग छ । आर्थिक सम्बन्ध र उत्पादन कार्यलाई क्रान्तिभित्र पनि अनुसरण र प्रयोग गर्न सकिने विषय बनाउननु पर्छ । जुन सिद्धान्तहरु व्यवहारिक जीवनमा भोग्य, प्रयोगात्मक हुन सक्दैनन् ती भौतिक जीवनमा जीवित रहन या अर्थपूर्ण हुँदैनन् । त्यसैले कम्युनिष्ट आर्थिक दृष्टिकोणलाई तर्क र परिकल्पनाको आकाशबाट समाजका सबै नागरिकहरु विशेषतः श्रमिक वर्गले देख्न, अनुभव र अनुसरण गर्न पाउने धर्तिमा उतार्नु पर्दछ । हाम्रो यही अर्थदृष्टिकोणअनुरुप अनुरुप यो प्र्रस्ताव तयार परिएको छ ।

कम्युनिष्ट अर्थदृष्टिकोण ः
पूँजीवादसम्म कायम उत्पीडक र उत्पीडित, शोषक र शासित, मालिक र दास, सामन्त र भूदास, पूँजीवादी र सर्वहारा वर्गमा विभाजित समाजको इतिहास मूलतः वर्ग अर्थसम्बन्धको इतिहास हो । वैज्ञानि समाजवाद—साम्यवादले मात्र यो इतिहासलाई वर्गविहीन अर्थसम्बन्धको इतिहासमा परिवर्तन गर्दछ । 

विद्यमान समाजिक जीवन वर्ग नियन्त्रित अर्थसम्बन्धद्वारा विभाजित वर्ग समाजिक जीवन हो । हरेक वर्ग, समुदया, जाति, पार्टी, नेता, कार्यकर्ता सर्वसाधारण नागरिक सबै नै वर्ग विभाजित समाजको परिधिभित्र बाधिएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवाद—समाजवादले मात्र वर्ग विभाजित अर्थसम्बन्धबाट बाहिर लगेर सर्वविहीन सम्बन्धमा उठेको मानवजाति विकास गर्दछ । 

हरेक दर्शन र विचार अर्थसम्बन्धसँग सम्बन्धित छन् । सामन्तवाद, पूँजीवादसम्मका दर्शन र विचार उत्पीडक र शासक वर्गीय अर्थसम्बन्ध अनुकूलका दर्शन र विचार हुन तर वैज्ञानिक समाजवाद—सामयवाद भने उत्पीडित , शासित वर्गीय दर्शन र विचार हुँदै सिङ्गै मानव जातिको वैज्ञानिक युग र सभ्यतामा प्रवेश गराउने दर्शन र विचार हो । 

वर्ग विभाजित समाजको हरेक राजनीति वर्ग अर्थसम्बन्धको प्रतिविम्ब हो । राजनीतिले कुनैनकुनै वर्ग स्वार्थको प्रतिनिधित्व गर्दछ । वैज्ञानिक समाजवाद—साम्यवादले कम्युनिष्ट अर्थ राजनैतिको प्रतिनिधित्व गर्दछ । वर्ग विभाजित अर्थसम्बन्ध भएको समाजमा हरेक राजनैतिक पार्टी वर्ग स्वार्थको प्रतिनिधित्व गर्ने संगठित संस्था,दस्ता र नेतृत्व हुन्छ । कम्युनिष्ट पार्टीले समाजवादी—साम्यवादी सर्वहारा वर्गीय अर्थसम्बन्धको अगुवाई गर्दछ । सत्ता प्राप्तीसँगै कम्युनिष्ट पार्टीले वर्गहरु र वर्गविभाजित समाजको अन्त्य गर्दै आफैलाई समेत अन्त्य गर्दछ । 

कम्युनिष्टको आर्थिक सिद्धान्त  ः 
कम्युनिष्ट अर्थसिद्धान्त निम्न लिखित मान्यतामा आधारित हुन्छ —ः
उत्पादन सम्बन्धमा कायमरहेको पूँँजीवादी स्वामित्वलाई सर्वहारा वर्गीय शक्तिको प्रयोगद्वारा                         नियन्त्रणमा लिनु ,
अर्थसम्बन्धमा रहेको पूँजीवादी स्वामित्वलाई अन्त्य गर्नु 
समाजका हरेक नागरिकका लागि गास, वास, कपास, शिक्षा, स्वास्थ्य, सूचना सुनिश्चित गर्नु, अर्थसम्बन्ध         माथि सामाजिक स्वामित्व कायम गर्नु 
निजी स्वामित्वलाई राज्य नियन्त्रिीत स्वामित्व हुँदै सामुहिक स्वामित्व कायम गर्नु 
निजी स्वामित्वको अन्त्य गर्नु र सार्वजनीति अर्थसम्बन्धको विकास गर्नु 
मुठ्ठीभर व्यक्तिको संमृद्धिको ठाउँमा हरेक नागरिकको संमृद्धिको विकास गर्नु 
वर्ग विभाजित मानव विश्वलाई वर्गविहीन मानव विश्वमा रुपान्त्रण गर्नु 
ज्ञान विज्ञानले संमृद्ध विश्व साम्यवादको निर्माण गर्नु 

कम्युनिष्ट अर्थदृष्टिकोण र सामाजिक अर्थसम्वन्ध ः  
वगतदेखि पूँजीवादी समाजसम्मका सबै समाजहरु आर्थिक सम्बन्धहरु जनविरोधी, श्रमिक वर्ग विरोधी, विभेदकारी एवं शोषणकारी उत्पादन सम्बन्धहरु हुन । हरेक समाजमा अल्पसंख्यकले बुहसंख्यक श्रमिक वर्गको उत्पादनमा शोषण गर्ने  सम्बन्ध हुन । तर बैज्ञानिक समाजवाद—सामयवाद मात्र सबै विभेद, उत्पीडन र शोषणबाट मुक्त समाज हो ।

कम्युनिष्ट समाजले मात्र वर्ग, जाति, राष्ट्र र धर्मको अनावश्यक्तालाई पुरा गर्दै विश्व मानवजाति, विज्ञान, सभ्यता र संमृद्धिको प्रतिनिधित्व गर्दछ । 

कम्युनिष्ट समाज हरेक समाजसँगको संघर्षपूर्ण प्रतिशपर्दामा उत्कृष्ठ, वैज्ञानिक र सभ्य सावित गरेर नै पुरानो समाजको निषेध र साम्यवादी समाजको विकास गर्दछ । तर पूँजीवादी अधिनायकत्वका सारा बन्धन र अबरोधलाई बलपूर्वक तोडेर मात्र श्रमिक वर्ग र कम्युनिष्टहरुले त्यसको आधार तयार गर्न सक्दछन् । 

विचारधारात्मक संघर्षबाट राजनैतिक क्रान्तिको मार्गमा अग्रसर कम्युनिष्टले ध्वंस र निर्माणको वैज्ञानिक प्रणाली पकडेर पूँजीवादी अर्थसम्बन्धको निषेध र समाजवादी अर्थसम्बन्धको निर्माण सँगसँगै गरेर मात्र नेता कार्यकर्ता र जनतालाई क्रान्ति जस्तो महान प्रकृयामा निश्चिन्त सहभागी र समर्पण गराउन सक्दछन् । 

कम्युनिष्ट समाजको सृजना गर्नु कम्युनिष्टहरुको नै पहिलो दायीत्व र जिम्मेवारी हो । उनीहरुले वर्ग संघर्ष, राजनैतिक संघर्ष, उत्पादन संघर्ष र साँस्कृतिक संघर्षसँग जोडेर यो जिम्मेवारी पुरा गर्दै जानु पर्दछ । 

कम्युनिष्ट समाज निजी स्वार्थले पुरिएको, कुजिएको र बाधिएको तुच्छ समाजभन्दा अतुलनीय रुपले उत्कृष्ट, संमृद्ध, मानवीय, सुसंस्कृत, वैज्ञानिक र सभ्य हुन्छ । यो पूँजी, सम्पत्ती, राज्य र गुण्डागर्दीको बलमा जकडीएको समाज होइन, उच्च कम्युनिष्ट चेतना, विचार, राजनीति, स्वतन्त्रता र योजनाले संचालित र सुव्यवस्थित समाज हो । 

कम्युनिष्ट समाजको निर्माण नेतृत्वदायी कार्यक्रममा रहने भएकोले वर्तमान समाजमा कम्युनिष्टले चार खाले उत्पादन सम्बन्ध र स्वामित्वलाई बदलेर मात्र वैज्ञानिक समाजवादी उत्पादन सम्बन्धमा प्रवेश गर्न सक्ने छ । 
क) सामन्तवादी भूस्वामित्वको अन्त्य, जमिनको स्वामित्व राज्यको हातमा केन्द्रीकरण , जमिनको आधुनिकीकरण, कृषिमा सहकारी, कम्युनीकरण र समाजवादी उद्योगको विकास ।
ख) अर्थतन्त्रमा दलाल पूँजीवादी आर्थिक सम्बन्धको अन्त्य, राष्ट्रिय औधोगीकरण, उद्योगको स्वामित्व श्रमिक वर्गको हातमा, सहकारीकरण, राज्य नियन्त्रित अर्थतन्त्र(उद्योग, कृषि, वित्त, यातायात, सहकारी आदि) को विकास, 
ग) पूँजीवादी एकाधिकारवादी एवं निगम पूँजीको अन्त्य, श्रमिक वर्गीय औधोगिक नीतिको विकास, राज्यको हातमा स्वामित्व, योजनाबद्ध अर्थतन्त्रको विकास 
घ) नोकरशाही, सुधखोरी एवं कमिशनखोरी पूँजीको अन्त्य , श्रमका आधारमा आर्थिक सुविधा उपलब्ध गराउने व्यवस्था 
उल्लेखित कम्युनिष्ट आर्थिक सिद्धान्तहरुलाई क्रान्तिपछि सम्पूर्ण क्षेत्रमा लागु गरिने भएपनि क्रान्तिको
चरणमा पार्टीले आफ्नो आन्दोलन र जीवनमा त्यसका आम्सिक विशेषताहरुलाई लागु गर्दै जानु पर्दछ ।
किनकि हामी आर्थिक सम्बन्धमा काल्पनीक आदर्शवाद र अर्थवादी व्यवहारवाद दुबैबाट बचन जरुरी छ ।
काल्पनीक आदर्शवादले विचार र आवश्यक्ताको अन्तरसम्बन्धलाई ठीक ढंगले समाधान गर्न सक्दैन र
द्वैतअर्थी जीवन भोग्ने पाखण्डीमा परिनत गरिदिन्छ  अर्थवादी व्यवहारवादले सिद्धान्त र आदर्शलाई
उपभोगवादको दलदलमा डुवाइदिएर वैज्ञानिक मान्यताहरुप्रतिनै भयानक दुविधा र अविश्वास खडा
गरिदिन्छ । हामीले यी दुवै विचलनबाट बच्दै सिद्धान्त र व्यवहार , आदर्श र जीवनको द्वन्द्वात्मक एवं
जीवन्त प्रयोगलाई आत्मसाथ गर्नु पर्दछ । 

कम्युनिष्ट पार्टीको अर्थसम्बन्ध ः 
कम्युनिष्ट पार्टी कम्युनिष्ट अर्थदृष्टिकोण निर्माण गर्ने, समाजवादी—साम्यवादी उत्पादन सम्बन्धलाई संस्थागत रुपदिने, संचालन गर्ने र नयाँ समाजको निर्माण गर्ने नेतृत्व हो । 

विगतका हरेक उत्पादन सम्बन्धले नयाँ उत्पादक शक्ति र नेतृत्वको जन्म दिएको छ । नयाँ उत्पादक शक्ति र त्यसको नेतृत्वले पुरानोको निषेध मात्र गरेको छैन नयाँको निर्माण पनि गर्दै आएको छ । दास युग भित्रको अर्थसम्बन्धबाट सामन्ती अर्थ नेतृत्वको जन्म र विकास भयो, सामन्ती उत्पादन सम्बन्धभित्रबाट पूँजीवादी अर्थ नेतृत्वको विकास भयो भने कम्युनिष्ट पार्टीले पूँजीवादी उत्पादन सम्बन्धको अन्त्य संगै समाजवादी—साम्यवादी उत्पादन सम्बन्धको विकास गर्दछ । 

कम्युनिष्ट पार्टी विचारधारात्मक एवं राजनैतिक विचारको नेतृत्व मात्र होइन अपितु समाजवादी—साम्यवादी अर्थसम्बन्धको नेतृत्व पनि हो । यसले सिद्धान्त र व्यवहार दुबैमा समाजवादी—साम्यवादी अर्थसम्बन्ध र अर्थ प्रणालीलाई कार्यन्वयन गर्दै अगाडि बढ्नु पर्दछ ।

कम्युनिष्ट पार्टी विचारधारा, राजनीतिसँगै अर्थदृष्टिकोणको प्रतिनिधि संस्था हो । यसले हरदम कम्युनिष्ट दृष्टिकोणबारे आम नागरिकसामु स्पष्ट गर्दै जानु पर्दछ । 

विशौं शताब्दीमा देखिएका प्रतिक्रान्ति सारमा अर्थसम्बन्धमा आएको समस्यासँग सम्बन्धित छ । हामीले ती अनुभवलाई वैज्ञानिक समाजवादी—साम्यवादी अर्थसम्बन्ध विकासको शिक्षामा ग्रहण गर्नु पर्ने आवश्यक्ता छ । 
सामन्तवाद र पूँजीवादलाई ध्वस्त पारेर पैदा भएको वैज्ञानिक समाजवाद—साम्यवादको कोखबाट पूँजीवादी दानवको पुनरावृत्ति हुनु मूलरुपमा समाजवादी अर्थसम्बन्धको प्रयोग र विकासमा रहेको अपूर्णता र समस्या नै हो । 
हामी कम्युनिष्टले वर्ग विभाजित समाजको अर्थसम्बन्ध ध्वस्त पार्ने र वैज्ञानिक समाजवादी अर्थसम्बन्ध निर्माण गर्ने विचार मात्र पकडेर हुँदैन अपितु वैज्ञानिक समाजवाद—साम्यवाद भित्र नागरिकहरुको निजी एवं सामाजिक जीवन अुतलनीयरुपले उन्नत र संमृद्ध हुन्छ भन्ने पनि सावित गर्नु पर्ने छ । आजसम्मका हरेक राज्यसत्ताले एक सुविधा सम्पन्न वर्गको जन्म मात्र अनिवार्य गरे हामीले उत्पादन  कार्यविना श्रमिक जनताभन्दा विशेष सुविधाभोगी वर्ग नजन्मिने आर्थिक सम्बन्धको विकास गर्नु पर्दछ ।  

कम्युनिष्ट पार्टी स्वयं आर्थिक कार्यको संस्था पनि भएकोले यसले आफ्नो आर्थिक कार्यलाई हरदम संस्थाग, पारदर्शी, योजनाबद्ध र सुव्यवस्थित गर्नु पर्दछ । कम्युनिष्ट पार्टी लामो कालसम्म सामाजिक रुपान्त्रणको नेतृत्वदायी भूमिकामा रहनु पर्ने भएकोले यसको आप्mनै सुव्यवस्थित आर्थिक उत्पादन, विनिमय, वितरण प्रणाली हुनु पर्दछ । निर्माणका दृष्टिले संस्थागत आर्थिक स्वामित्व निजी स्वामित्वमा हावी गर्ने सोच्नु पर्दछ ।
कम्युनिष्ट पार्टीले पुरानो उत्पादन सम्बन्ध र स्वामित्वको अन्त्य गर्ने संघर्ष सँगसँगै नयाँ समाजवादी—साम्यवादी अर्थसम्बन्धको निर्माण र विकास पनि गर्दै जाने पहल गर्नु पर्दछ । यसले पुरानोको ध्वंश मात्र होइन नयाँको निर्माण पनि गर्दै लैजान्छ । 

समाजवादी—साम्यवादी स्वामित्वको आधार निर्माण र नयाँ समाजिक जीवन निर्माण गर्ने नेतृत्व ।  
कम्युनिष्ट पार्टीले गर्नु पर्दछ । आधुनिक, समाजवादी एवं वैज्ञानिक उत्पादन सम्बन्धको विकास गर्नु पर्छ ।
कम्युनिष्ट पार्टीले जति साम्यवादी अर्थसम्बन्ध र प्रणाली सुसंगठित गर्दछ, कम्युनिष्टहरुको निजी जीवन त्यतिकै सुव्यवस्थित हुन्छ । सुव्यवस्थित जीवनले समाजलाई रुपान्त्रण गर्न र समाजवाद—साम्यवादप्रति विश्वस्त पार्न मद्दत गर्दछ । 

कम्युनिष्ट नेतृत्व र आर्थिक दृष्टिकोण ः 
कम्युनिष्ट नेतृत्व कम्युनिष्ट अर्थदृष्टिकोण, अर्थसम्बन्ध र अर्थप्रणालीमा नेतृत्वदायी अंग हो । यसले कम्युनिष्ट अर्थदृष्टिकोणको नेतृत्व, संचालन र सुदृढीकरण गर्दछ । यो आफ्नो विचार, नीति र कार्ययोजनाहरुप्रति स्पष्ट र आदर्श हुनु पर्दछ । कम्युनिष्ट नेतृत्वले नै सर्वप्रथम समाजवादी—साम्यवादी अर्थजीवन निर्माण र पालना गर्नु पर्दछ । कम्युनिष्ट पार्टी र कम्युनिष्ट समाजको व्यवहारिक नेतृत्व र अभ्यास कम्युनिष्ट नेतृत्वले नै गर्नु पर्दछ । नेताहरुको जीवन पारदर्शी, संस्थागत, सरल, सुसंस्कृत र सभ्य हून्छ र हुनु पर्दछ । 

कम्युनिष्ट नेताहरु अर्थिक विषयमा सहभागि हुँदा केवल नीतिगत पक्षमा मात्र होइन उत्पादन कार्यमा पनि सहभागी बन्नु पर्दछ । नेताहरुको उत्पादन सामुहिक उत्पादन प्रणाली अन्तर्गत हुन्छ भने त्यसको स्वामित्व पनि सामुहिक र संस्थागत स्वामित्वमा हुनुपर्दछ । कुनै पनि उत्पादन कार्यमा सहभागि नबनेर आर्थिक आवश्यक्ता र वितरणमा मात्र जोड दिनु भनेको संस्थागत पूँजीको असमान वितरण गर्नु या संस्थागत उत्पादनको शोषण हुन पुग्छ । उत्पादक श्रम विनाको पूँजी वितरण एक प्रकारले राजकीय नोकरशाही पूँजीको शोषणकै नयाँ रुप मात्र हुनपुग्छ । 

नेताहरुको उत्पादन सामुहिक स्वामित्व अन्तर्गत रहदा र नेताहरुको आवश्यक्ता संस्थागत प्रणालीमा हुँदा  निजी जीवनको संंमृद्धि स्वभाविकरुपमा माथि उठ्न पुग्छ । अमूर्त सर्वहारा वर्गको नारामा व्यतित गर्ने असमान जीवनभन्दा सामूहिक स्वामित्व भित्रको निजी जीवन निकै आनन्दमय बन्न पुग्छ ।  

कम्युनिष्ट नेताहरुको अर्थजीवन निजी स्वामित्वमा आधारित नभएर सामुहिक स्वामित्वमा परिचालित हुनु पर्छ । तर नेताहरुको निजी स्वामित्व र निजी आवश्यक्तालाई फरक अर्थमा देख्न नसक्नु या समान अर्थमा बुझ्नुले कम्युनिष्ट आन्दोलन र समाजवादमा ठूलो समस्या पैदा गर्न सघाएको छ । हाम्रो अध्ययनमा यी दुई सारभूतरुपमा नै फरक रहेका छन् । निजी स्वामित्व कम्युनिष्ट दृष्टिकोण, सिद्धान्त र नीतिभन्दा उल्टो, सामुहिक स्वामित्वको विपरीत, पूँजीवादी विचार हो भने निजी आवश्यक्ता सामुहिक स्वामित्व भित्रको अनिवार्य विशेषता हो । यसे विगत प्रतिक्रान्तिको मूल जडलाई समेत समाधान गर्न मद्दत पुगाउन सक्छ । निजी स्वामित्वले शोषणको प्रतिनिधित्व गर्दछ भने निजी आवश्यक्ताले सामुहिकता र समानताको प्रतिनिधित्व गर्दछ । 
कम्युनिष्ट नेताहरुले निजी आवश्यक्ता र निजी विलासितालाई अलग गर्दछन् साथै यी भिन्न प्रवृत्ति भएको स्पष्ट गर्दछन् । आवश्यक्तालाई उत्पादन र खपतको अवस्था अुनरुप व्यवस्थापन गर्नु कम्युनिष्ट दृष्टिकोण हो भने आवश्यकतालाई उपभोगवादसम्म तन्काएर प्रयोग गर्नु भनेको पूँजीवादी फजुलखर्ची र विलासी प्रवृत्ति हो । 
नेताहरुको उत्पादन कार्य सामूहिक हुन्छ, स्वामित्व संस्थागत र सामूहिक हुन्छ तर उत्पादनकार्यप्रति भने नेताहरुको व्यक्तिगत उत्तरदायीत्व हुनु पर्दछ । किनकि उत्पादनको सामुहिक चरित्र समाजसम्म नपैmलीएसम्म सामूहिकताभित्र पनि निजी उत्तरदायीत्व या जिम्मवादी हुनु अनिवार्य छ । अन्यथा उत्पादन प्रकृयाले अराजकताको समस्या भोग्न बाध्य हुन पुग्छ । नेतृत्वले संस्थागत उत्पादन, सामूहिक स्वामित्व, व्यक्तिगत उत्तरदायीत्वसँग मात्र क्षमता अनुसारको काम र आवश्यक्ता अनुसारको दामको साम्यवादी अर्थसम्बन्ध विकास हुनपुग्छ ।  

नेतृत्वको जीवन साम्यवादी दिशामा अग्रसर हुनु पर्छ । उसको जीवन आवश्यक्ता अनुसारको दाम र क्षेमता अनुसारको काम हुनु पर्छ । त्यहाँ स्वयच्छिक श्रम, त्याग, समर्पण, वलिदान हुनु पर्छ । कम्युनिष्ट नेतृत्व भनेको एक प्रकारले निजी जीवनबाट मुक्त, विभिन्न स्वामित्व, मायाँ मोह र लोभबाट मुक्त हुनु पर्छ । नेतृत्व पथपर्दशक, आदर्श बन्ने महत्वकाँक्षाबाट अभिप्रेरित हुनु पर्छ ।

कम्युनिष्ट कार्यकर्ता र अर्थसम्बन्ध ः 
शोषणमा आधारित दलाल पूँजीवादी—पूँजीवादी—निगम पूँजीवादी अर्थउत्पादन सम्बन्धका विरुद्ध संघर्ष गर्नु, पूँजीवादी—दलाल पूँजीवादी उत्पीडनलाई अन्त्य गर्ने संघर्षको नेतृत्व गर्नु र श्रमिक वर्गलाई हरेक प्रकारका शोषण दमनबाट मुक्त गर्नु कम्युनिष्ट कार्यकर्ताको आर्थिक जिम्मेवारी हो । 

हरेक कम्युनिष्ट कार्यकर्ता वैचारिक, राजनैतिक र संगठनका प्रतिनिधि मात्र होइनन् अपितु आर्थिक सम्बन्ध र प्रणालीका प्रतिनिधि पनि हुन । उनीहिरुको कार्यप्रणालीमा कम्युनिष्ट आर्थिक दृष्टिकोण प्रतिविम्बित भएको हुनुपर्दछ । कम्युनिष्ट कार्यकर्ता राजनैतिक कार्यसँगै आर्थिक उत्पादन कार्यमा पनि कुनैनकुनैरुपले सहभागि बनेको हुनु पर्छ । आर्थिक उत्पादन विनाको राजनैतिक कार्य जीवन विनाको पाण्डित्य जस्तो मात्र हो । न त्यसले सामाजिक रुपान्त्रणमा सही नेतृत्व प्रदान गर्न सक्छ नत स्वयंलाई कम्युनिष्ट कार्यकर्ताको रुपमा निरन्तर कायम राख्दै साम्यवादतिरको यात्र गर्न सक्छ । 

उत्पादन कार्य विनाको आर्थिक जीवन एकखालको परजीवी या शोषणमा आधारित जीवन बन्न पुग्छ । कम्युनिष्ट कार्यकर्ता आफैमा हर शोषण, उत्पीडनको विरोधी हो, कुनैपनि प्रकारको परोक्ष अपरोक्ष शोषण उत्पीडनमा बाच्दैन,त्यसलाई सहन गर्दैन । अर्थउत्पादन विनाको अर्थ वितरण जहिले पनि असमान र विभेदकारी हुन्छ । उत्पादनमा सहभागि नभएर माग गरिने समान वितरण र उपभोग असंभव छ । यसले कम्युनिष्ट दृष्टिकोणलाई होइन परजीवि दृष्टिकोणलाई अभिव्यक्त गर्दछ । 

हरेक कम्युनिष्ट कार्यकर्ता कुनैनकुनै स्तर र विशेषताको अर्थउत्पादन कार्यमा सहभागी बन्नु पर्दछ । उनीहरुको उत्पादन कार्य सामुहिक हुनु पर्दछ साथै उत्पादनमा संस्थागत स्वामित्व हुनु पर्छ । तर कार्यकर्ताको वितरण प्रणाली कम्युनिष्ट नेतृत्वकोभन्दा केही लचिलो अर्थात अर्ध सामाजिक चरित्रको हुनु पर्दछ । कार्यकर्ताको आर्थिक जीवन निजी स्वामित्वबाट क्रमशः सामूहिक स्वामित्वतर्फ अग्रसर भएको हुनु पर्दछ ।  यसलाई क्षमता अनुसारको काम र काम एवं आवश्यक्ता अनुसारको दाम प्रणाली भन्न सकिन्छ । कम्युनिष्ट कार्यकर्ताको अर्थजीवन जनताभन्दा भडकिलो, उत्ताउलो, खर्चिलो र विलासी हुनुहुँदैन । उनीहरुको जीवन सुव्यवस्थित, सरल एवं पारदर्शी हुनु पर्दछ । उनीहरुको जीवनले निजी मात्र होइन सामाजिक अर्थजीवनलाई समेत रुपान्त्रण गर्न सघाउन पुर्याउनु पर्दछ । 

कम्युनिष्ट आर्थदृष्टिकोण र जनताको अर्थजीवन ः 
समाजमा हरेक नागरिकले श्रममा भागलिन पाउनु , आफ्नो अर्थउत्पादनको स्वामित्व आफैसँग राख्न पाउनु र उपभोग गर्नपाउनु जनताको नैसगर्किक अधिकार हो । 
जनतामाथि लादिएको दलाल पूँजीवादी—पूँजीवादी—निगम पूँजीवादी शोषण, उत्पीडन र लुटलाई अन्त्य गर्नु जनताको हितको पहिलो खुडकिलो हो । जतिवेलासम्म जनता उल्लेखित शोषण उत्पीडनबाट मुक्त हुनसक्दैनन् त्यसवेलासम्म उनीहरुको आर्थिक जीवन कष्टकर हुन अनिवार्य छ । उनीहरुको निजी जीवन कहिल्यै पनि सुखी एवं संमृद्ध हुनसक्दैन । किनकि संमृद्धिको मार्गमा पूँजीपतिवर्गले शोषण, लुट र उत्पीडन लादेको हुन्छ । 

पूँजीवादी उत्पीडनलाई अन्त्य गरेर पनि जनताको पुरानो श्रम कार्य एवं अर्थउत्पादन तरिका नवदलेसम्म उनीहरुको आर्थिक उत्पादकत्वमा वृद्धि हुन सक्दैन । त्यसैले जनताको पिछडीएको, टुक्रे एवं छितरिएको उत्पादन सम्बन्धलाई वदलेर आधुनिक एवं सहकारी उत्पादन सम्बन्धमा विकास गर्नु पर्दछ । 

आम नागरिकलाई वैज्ञानिक समाजवादी अर्थसम्बन्धको चेतना दिदै, समाजवादी अर्थजीवनद्वारा नेतृत्व प्रदान गर्दै जानु पर्दछ तर जनता नै सहमत नभएसम्म सम्पत्तिमा निजी स्वामित्व उत्पादनमा सहकारी र वितरणमा समानतामूलक प्रणाली लागु गर्नु पर्दछ । यसो गर्दा जनताको हकमा क्षमता अनुसारको काम, काम अनुसारको दामको अर्थ नीति प्रयोग गर्नु पर्दछ । 

वैज्ञानिक समाजवाद—साम्यवाद नै आम नागरिकको उच्चतम संमृद्धिको युग भएकोले निजी उत्पादन र स्वामित्वको अर्थजीवनबाट पनि हरेक नागरिकलाई समाजवाद—साम्यवादको रक्षा र विकासका लागि समुचित अर्थ योगदान, प्रगतिशील करबाट सहयोग गर्ने व्यवस्था गर्नु पर्दछ । 

उत्पादन सम्बन्धलाई आधुनिकीकरण, औधोगिकीकरण र जनवादीकरण गर्न वैज्ञानिक समाजवादले नै नेतृत्वदायी भूमिका पुरा गर्दछ । त्यसबाट जनताको आर्थिक जीवन मात्र परिवर्तन हुँदैन कि आर्थिक दृष्टिकोणमा पनि परिवर्तन हुन्छ । हरेक क्रान्ति पुरानो अर्थसम्बन्धसँग उत्पादक शक्तिले मेल नखादा पैदा हुन्छ साथै क्रान्तिको सफलता र असफलतालाई अर्थसम्बन्धमा ल्याउने परिवर्तनद्वारा मापन गरिन्छ ।
उत्पादन निजी आवश्यकताको साधन मात्र होइन । सामाजिक संमृद्धिको आधार हो 
सामुहिक स्वामित्वमा प्राप्त निजी संमृद्धि पूँजीवादी संमृद्धिभन्दा अतुलनीय रुपले वैज्ञानिक हुन्छ 
आर्थिक कार्य केवल निजी मामिला नभएर अनन्त सभ्यताको यात्रासँग जोडिएको विषय हो ।

नेपाल कम्युनिस्ट पार्टी 
केन्द्रीय समिति । 


 

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...