Monday, February 12, 2018

वर्तमान राजनैतिक परिस्थिति, राष्ट्रिय स्वधीनता र निकास ः


आधार नोट ः 
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाराको आयोजनामा मिति २०७४ माघ २५ गते जिल्ला सदरमुकाम कलैया र जिल्ला समिति मकवानपुरको आयोजनामा मिति २०७४ माघ २७ गते हेटौडामा आयोजित “वर्तमान राजनैतिक परिस्थिति, राष्ट्रिय स्वाधीनता र निकास” विषयक वृहत अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नारायणी व्युरो ईन्चार्ज कमरेड चिरन पुनद्धारा प्रस्तुत कार्यपत्र । 
  • अन्तर्राष्ट्रिय सन्दर्भ ः 

  • क. पूँजीवादी ÷साम्राज्यवादी÷र उत्तर साम्राज्यवादी अन्तरविरोध र बहुधु्रव ः 

  १. विश्व अर्थतन्त्र निगम पूँजीको हातमा प्रवेश ः 
  २. चरम प्रतिस्पर्दा । 
  ३. हालै अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रमले सिनेटमा रुस र चीन अमेरिकाको प्रतिद्धन्दी रहेको प्रस्ताव ।
  ४. रुस र चीनसँग रणनैतिक प्रतिस्पर्धा गर्नु पर्ने प्रस्ताव । 
  ५. रुसले त्यसको तत्काल विरुद्ध÷प्रतिवाद । 
  ६. चीनले गरेको भत्र्सना । 
  ७. अमेरिका र उत्तर कोरिया विच बढेको तनाव, र आणविक होडवाजी । 
  ८. दक्षीण एसियामा चीन र भारतको दोक्लाममा भएको विवाद । 
  ९. गत डिसेम्वरमा भारतले चिनलाई ड्रोनबाट गरेको जासुसी र चीनले उक्त जासुसी ड्रोन खसालेको परिवेश ।  
  १०. पाकिस्तान र भारतको निरन्तर विवाद । 
  ११. रणनैतिक साझेदार देश अमेरिका पाकिस्तानलाई छोडेर भारततर्फ मोडिनु ।  
  १२. पाकिस्तान खुलेआमरुपमा चीनसँगको गठवन्धनमा पुग्नु ।  
  १३. नयाँ बर्षको सन्देश दिनेक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानलाई तोकेरै अमेरिकाबाट अरबौ डलर ल्यायर आतंङ्कवादलाई प्रवद्धन गरेको आरोप  र १५ बर्ष देखि पाकिस्तानलाई गरेको अरबौ डलर बेकार भएको प्रतिक्रिया । 
  १४. ट्रम्पको भनाईप्रति लक्षित गरेर पाकिस्तानले अफगानिस्तान युद्धमा गरेको सहयोग नभुल्न र अमेरिकी राजदुतलाई पाकिस्तानमा ध्यानाकर्सण गरेको सन्दर्भले अन्तर्राष्ट्रिय परिस्थिति जटिल मोडतर्फ गएको कुरालाई संकेत गर्दछ । 
यसप्रकारको अवस्थाले विश्वबहुध्रुवतर्फ केन्द्रीत हुँदै गैरहेको र फेरी अर्को विश्वयुद्ध र शितयुद्धको आकालन जानकारहरुको भनाई छ । 
ख. उत्पीडित राष्ट्रहरुमाथि हुने गरेका साम्राज्यवादी हस्तक्षेप । 
ग. चरम आणविक र विश्वबजारमाथि प्रतिस्पर्दा ।  

  • राजनीतिक परिवेश र स्वाधीनता ः

  १. दलाल पूँजीवादी राज्यसत्ता ः 
कार्यपालीका, न्यायपालिका, व्यवस्थापीका र सुरक्षा निकाय आदी । 

  २. सरकारको चरित्र र प्रवृति ः  
  दक्षीण एसियामा २६ बर्षयता भएका सरकार परिवर्तनहरु ः 
श्री लंका ५,  बंगलादेश ९, भारत १०, पाकिस्तान १२, नेपाल २५ पटक । 
  निगम पूँजीको प्रवेश र हस्तक्षेप र नेपाली अर्थतन्त्र विदेश पलायन । 
  विचौलिया दलाल पूँजीको जनविरोधी परिचालन, त्यसमा राजनैतिक सहभागिता । 

  ३. राष्ट्रघात र जनघातको श्रृङ्खला ः 
  नदीनालाहरु विदेशीको हातमा सुम्पिएको अवस्था । 
  दिनहुँ सिमाना मिचिनेक्रम जारी रहेकाले नेपालले हजारौ हेक्टर जमिन गुमाउनु परेको अवस्था । 
  भारतले नेपालको सिमाअतिक्रमण गर्ने प्रक्रियालाई पर्सा जिल्लाको छपकैया, सुन्दरपुर, सिर्सिया, मितेरीपुलसम्म आइपुग्दा आफ्नो साम्राज्यवादी चरित्र प्रस्ट भएको छ । 
  भारतीय गुप्तचर संस्था ‘र’का पूर्व अधिकृत आरके यादवले आफ्नो किताब ‘मिसन र’ मा भनेका छन्– ‘काओले मलाई भने कि सिक्किमको भारतमा विलय भएपछि उनको योजना नेपालको तराई क्षेत्रलाई पृथक बनाउने थियो । किनभने त्यहाँ चीनको बढ्दो उपस्थितिले भारतिय प्रधानमन्त्री इन्दिरा गान्धीलाई धेरै भयभित बनाएको थियो । उनले १९७५ मा नै भारतमाथि माओवादी खतराको भविश्यबाणी गरेका थिए जुन अहिले भारतको लागि गम्भिर सुरक्षा–चुनौति बनिरहेको छ । तथापि भारतमा राजनैतिक आन्दोलनका कारणले  नेपालको तराईक्षेत्रलाई गाभ्ने योजना स्थगित भएको थियो जसवेला इन्दिरा गान्धीले सिक्किमलाई भारतीय संघमा विलय गरे लगत्तै संकटकाल घोणणा गरेकी थिइन् । धेरै जसो विपक्षी नेताहरुलाई उनले गिरफ्तार गरिन् र अरु बाह्य क्षेत्रीय योजना सुत्रीकरण गर्न उनलाई आन्तरिक राजनैतिक आँधीले अवरोध ग¥यो । दुर्भाग्यवश १९७७ मा भएको चुनावमा इन्दिरा गान्धी पराजित भइन् र उनको पार्टी सत्तामा आउन सकेन, अनि काओको तराईलाई विलय गराउने योजना र अन्य कार्यहरु कार्यान्वयन हुन सकेनन्’–पृ.२६३ ।
इन्दिरा गान्धिको निर्देशन र तत्कालिन ‘र’ प्रमुखले बनाएको योजना त्यतिवेला स्थगित मात्र भएको थियो । अब यसलाई कार्यान्वयनमा लैजान भारतीय शासकहरु घुडा धसेर लागेका छन् ।
  उपल्लो कर्णाली, अरुण तेश्रो, कोशी उच्चबाँध आदी राष्ट्रघातका श्रृङखलाहरु । 
  आफ्नो कुुर्सीका लागि नेपाली जनताको हित विपरित गतिविधीहरुमा केन्द्रीत हुने प्रवृति । 

  ४. राजनीतिमा भ्रष्टाचारी, तस्करी, ठेकेदार, व्यापारीको प्रवेश ः  
  राजनीतिमा दलाल, भ्रष्टाचार, कालोबजारिया, तस्कर, ठेकेदारहरुको प्रवेश र बोलवाला । 
  कथित स्थानीय, प्रदेश र प्रतिनिधीसभाको चुनावसम्म आँउदा उम्मेदवारले गरेको असिमित खर्च । जुन प्रकृयाले ईमान्दार राजनीतिज्ञहरु पाखालाग्ने र पैसावाला, दलाल, ठेकेदार, तस्कर, गुण्डाहरु हावी हुने विद्धमान अवस्था । 

  ५. प्रसासनिक निकाय÷कर्मचारी संयन्त्र÷सुरक्षा संयन्त्र÷न्यायलयहरु सम्पूर्ण हिसावले पदभ्रष्ट ः 
  प्रसासनिक निकायहरुको गैरजिम्मेवार तौर तरिका । 
  विकाश निमार्णहरुका हरेक परियोजनाहरुमा चरम लापरवार्ही, कमिसन र भ्रष्टाचार । 
  अख्तियार प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, उपल्लो तहमा रहेका कर्मचारी, न्यायधिसहरुनै घुस र भ्रष्टाचार प्रकरणमा मुछिएका अनेकौ सन्दर्भहरु ।

  ६. जनतन्त्र र जनजीविकाको सवााल ः 
  नेपालका सवैक्षेत्रमा बसोवास गर्ने जनताको अधिकारहरु कुन्ठित । 
  शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका विषयहरुमा राज्य गैरजिम्मेवार ।
         युवाहरु विदेश पलायन हुने समस्या विकराल । 
  चरम मुल्यवृद्धि, कमिसन र विचौलिया दलालहरुको हातमा अर्थतन्त्रको केन्द्रीकरण । 

  ७. राष्ट्रिय उद्योग धन्दा र राज्यको नीति ः
क. निजिकरण र व्यापारीकरणमा केन्द्रीत । 
ख. निगमपूँजीवादलाई हस्तान्तरण गर्ने नीति । 
ग. बन्द भएका नेपालका ठुला उद्योग धन्दाहरु ः 

  गोरखकाली टायर उद्योग ।
  विरगंज चिनी कारखाना । 
  हेटौडा कपडा उद्योग । 
  भृकुटी कागज कारखाना । 
  जनकपुर चुरोट कारखाना 
  बुटवल धागो कारखाना  ।
  बाँसबारी छालाजुता कारखाना । 
  हिमाल सिमेन्ट कारखाना चोभार । 
  ट्रलीबस सेवा काठमाण्डौ । 
  साझा बस सेवा । आदी । 
  उदयपुर सिमेन्ट कारखाना 
  जनकपुर रेल्वे सेवा ।
  चिया कारखाना वीरगंज ।
  कृषी औजार कारखाना । 
  हरिसिद्धी ईटा टायल ।  
  ईलाम चिया कारखाना । 
  लुम्विनि चिनी कारखाना । 
  चाईनिज ईटा कारखाना । 
  हेटौडा रोपवे । 

८. अन्तरर्विरोधमा परिवर्तन र यसको प्रभाव ः 
  अन्तरर्विरोधमा परिवर्तन । 
(नेपाली काग्रेसको नेतृत्वमा दलाल पूँजीवादी धार, एमालेको नेतृत्वमा सामाजिक दलाल पूँजीवादी धार, राप्रपाको नेतृत्वमा राजावादी संसदीय पूँजीवादी धार) यसका आफ्नै प्रकृतिका अन्तरर्विरोध । 
  नयाँ धु्रविकरणको संभावना । 
एकातिर ः दलाल पूँजीवादी धार, सामाजिक दलाल पूँजीवादी धार र राजावादी संसदीय पूँजीवादी धारा   मद्येशवादी सहितको दलाल संसदीय व्यवस्थालाई मान्ने प्रवृतिहरु ः 
अर्कोतिर ः क्रान्तिकारी दर्शन, सिद्धान्त र राजनीतिक धारको वरिपरी किसान, मजदुर, श्रमजीवि  मध्यमवर्ग, देशभक्त, राष्ट्रवादी लगाएत क्रान्तिकारी शक्तिहरु ः  
  साम्राज्यवादी शक्तिहरुको हस्तक्षेपमा बृद्धिको संभावना । 
क. भारत र चीनको घेरावन्दी, युरोपिएन युनिएनको घेरावन्दी ः 
ख. अमेरिका लगाएत साम्रज्यवादी शक्तिहरुको घेरावन्दी ः 
ग. विभिन्न आईएनजिओ मार्फत हुने घेरावन्दी ः 
  झनै राष्ट्रघात र जनघात बढ्ने संभावना । 
(हालै भारतीय विदेशमन्त्री सुस्मा स्वाराजको नेपाल भ्रमणमा सुरक्षा र परराष्ट्र मामीला भारतलाई सुम्पनु पर्ने तर्कले प्रष्ट हुन सकिन्छ) ।

निकाश ः 
  १. सहि राजनैतिक दृष्टिकोण ः 
  २. संसदवाद प्रतिको सहि धारणा ः 
  ३. संघर्षप्रतिको सहि दृष्टिकोण ः 
  क. अपमानित राष्ट्रमा नै फासिवाद हुर्कन्छ ः जर्जी दिमित्रोब । 
प्रथम विश्वयुद्ध ः 
साम्राज्यवादी स्वार्थको टकरावको परिणामका कारण भयो । जसले धेरै भन्दा धेरै उपनिवेश कव्जा गर्न चाहन्थे ।    
दोश्रो विश्वयुद्ध ः
विश्व कब्जा गर्ने फासिवादी अहङ्कारका कारण भयो ।  यसले थुप्रै मुलुकहरु मुक्त बने ।
  ख. केही सन्दर्भहरु  ः 
सन् १९१४ जुन २८ मा बाल्कन राज्यको सानो सहर सेरावेजोमा अस्ट्रो हङ्गेरियाली हेब्स बुर्क राजवंशका उत्तराधिकारी (राजकुमार) अस्ट्रियाका आर्क डयुक फर्डिन्यान्ड पत्नी सोफिया सहित गोलीको शिकार भए । त्यसरी आक्रमण गर्नेहरु सर्वीयाली थिए । यहि घटनाले प्रथम विश्वयुद्धको शुरुवात भएको थियो । 
  ग. प्रथम विश्वयुद्धमा मानविय क्षेती ः
            रुस, फ्रान्स, अमेरिका संलग्न गठवन्धन राष्ट्रहरुबाट ः  २ करोड, २० लाख, ६४ हजार । 
            जर्मनी, टर्की, अस्ट्रो हङ्गेरी सहितको केन्द्रीय राष्ट्रहरुबाट ः  ३ करोड, ७४ लाख, ६८ हजार । 
             जम्मा ः  ५ करोड, ९५ लाख ३२ हजार मानिस मरे । 
  घ. दोश्रो विश्वयुद्ध (सन् १९३९ देखि १९४५ सम्म)
केही सान्र्दभिक भनाईहरु ः 
हिटलर ः लन्डन पेरिस शासकबर्ग जबसम्म समाप्त हुदैन, तबसम्म यो आक्रमण तथा जर्मनको विजय अभियान जारी रहनेछ । 
स्टालिन ः जर्मनवासीहरुलाई सुरक्षित राख्दै फासिवाद र हिटलरलाई जरै देखि उखेल्न जरुरी र जर्मन र जर्मन जातिलाई छिन्न विन्न गर्नु होईन ।  
अमेरिका ः पैसा ल्याउ सामान लौजाउ ।  
हिटलर ः  तिर्वगति र क्रुरतामा सारा शक्ति लुकेको हुन्छ । 
स्टालिन ः मानवताको रक्षाको यस लडाईमा सोभियत संघले रगत, बेलायतले कुटनिती र अमेरिकाले हतियार दियो । 
 स्टालिनग्राथमा फासिवादसगको भिडन्तको क्रममा ः 
हिटलर ः कुनै पनि हालतमा स्टालिनग्राथ कव्जा गर्नु । 
सोभियत संघ ः कुनैपनि मुल्यमा फासिवादलाई नस्ट गर्नु पछं ।  
  ङ. भौतिक सम्पत्तिको क्षेती ः 
जर्मनी ः ४२ हजार करोड, 
ईटाली ः ४२ हजार करोड, 
अमेरिका ः ३१ हजार ८ सय करोड,
बेलायत ः ३१ हजार करोड, 
सोभियत संघ ः १२ हजार ८ सय करोड लगाएत । 

  च. दोश्रो विश्वयुद्धमा मानविय क्षेती ः 
सोभियत संघ ः २ करोड, ८० लाख ।  
जर्मनी ः ८० लाख,  
पोल्याण्ड ः  ६० लाख र 
भारत ः  ५० लाख । भोकमरी सहित ।
चीनमा ः ३० लाख मानिसले जिवन गुमाए लगाएत झण्डै पौने ५ करोड मरे ।  
छ. नेपालमा भएका संघर्ष र बलिदान ः 
  मुख्यत ः १० बर्षे महान जनयुद्धमा भएको बलिदान, वेपत्ता, अपाङ्ग÷घाईते 

  ४. देशभक्त तथा राष्ट्रभक्त शक्तिहरुको बलियो एकता ः 
मजदुर, किसान, मध्यमवर्ग (नयाँ श्रमक वर्ग), युवा, विद्यार्थी, महिला, वुद्धिजिवी, शिक्षक, कर्मचारी,                      देशभक्त, राष्ट्रभक्त लगाएतका क्रान्तिकारी जनसमुदायहरुको एकता । 

  ५. सहि दृष्टिकोण र कार्यदिशा (एकीकृत जनक्रान्ति) सहितको आन्दोलन ः 
१. गाँउ शहरको सम्वन्ध र विकाश (नगर समाजको विकाश) 
२. विज्ञान र प्रविधिमा विकाश ः 
३. भुपरिवेष्ठित देश ः 
४. नयाँ श्रमिक बर्गको विकाश ः 
५. जाति÷जनजातिको बसोवास र अन्तरसम्वन्ध ः 
६. देशभक्त शक्तिको उपस्थिति ः 
७. दलाल पूँजीवादी चरित्र ः 
 ६. दलाल संसदवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना ः 
     शान्ति, सम्वृद्धि, स्वाधीनता र समानताकालागि बैज्ञानिक समाजवाद !
    कम्युनिस्टहरुको सिद्धान्तलाई एक वाक्यमा भन्ने हो भने निजी सम्पत्तिको अन्त्य गर्नु हो ।” “—             माक्र्स÷एङ्गेल्स कम्युनिस्ट घोषणा पत्र ।”

आजको सन्दर्भमा देखिएका आर्थिक समस्या÷अराजकतालाई हल गर्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले विभिन्न तिन आधारलाई अघि सारेको छ । 
एक ः 
      आम नागरिकका हकमा रोजगारीको पूर्ण सुनिश्चितता गर्दै, क्षमताअनुसारको काम र कामअनुसारको                         दामको नीति लागू गर्नुपर्छ, 
दुई ः पार्टी कार्यकर्ताहरुका लागि रोजगारीको अनिवार्य व्यवस्था, क्षमताअनुसारको काम र काम अनि आवश्यकता अनुसारको दामको नीति तय गरिनु पर्दछ । 
तीन ः पार्टी नेतृत्वमा बसेका कम्युनिस्ट नेताहरुका लागि क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दामको व्यवस्था गरिनु पर्दछ । 
जुन नीतिका आधारमा जनता र आम नागरिकले आफ्नो जीवन सुखी र समृद्ध बनाउनेछन् । कार्यकर्ताका लागि कामबाट प्राप्त आधा हिस्सा र आवश्यकताअनुसार प्राप्त गर्ने आधाभाग गरी उनीहरुको नीजि जिवनमा समेत सुखपूर्ण हुनेछ । त्यसका साथै कम्युनिस्ट पार्टीको नेतृत्वमा बसेका नेताहरुले आफ्नो सम्पूर्ण समय राज्य र जनताको काममा लगाउने र उसका लागि आवश्यक पर्ने श्रोतको व्यवस्था राज्यले गर्ने कुराले नेताहरुले नीजिसम्पत्ति जम्मा गर्ने अवस्थाको अन्त्य हुनेछ । नेताहरुको जीवन वैभव र विलासीपूर्ण हुनबाट रोक्ने छ । यो समाजका लागि सरल र आदर्शयुत्त हुनेछ । जुनकुरा, वर्तमान साम्राज्यवादी अवस्थााबाट हलगर्न संभवनै देखिदैन । त्यसैले बैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि हाम्रो अभियान परिलक्षित छ । एकीकृत जनक्रान्तिको प्रकृयाबाट दलाल सत्तालाई परास्त गर्नु र त्यसको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था लागु गर्नु आजको अनिवार्य आवश्यकता छ । 
धन्यवाद । 


Tuesday, January 16, 2018

क्रान्तिकारी आन्दोलनका ऐतिहाँसिक विरासत र जनताको विद्रोह ः


दृष्टिकोण मासिक
बर्ष २, अंङ्क ३ 
२०७४ पुस, काठमाण्डौ । 
चिरन पुन 
प्रारम्भ ः 
वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आदरणीय महासचिव क. नेत्रविक्रम चन्द “विप्लव” को कुशल नेतृत्वमा एकीकृत  जनक्रान्तिको उद्धघोष सहित नेपाल कम्युनिस्ट पार्टी अघि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी विश्वक्रान्तिको अभिछिन्न उत्तराधिकारीको रुपमा नेपालमा पुर्नगठन गरिएको हो । सन् १८७१ को पेरिश कम्युनबाट शुरु भएको विश्व क्रान्तिका ज्वारभाटाहरु निकै उथलपुथल अवस्थाबाट यहाँसम्म आईपुगेको छ । विश्वक्रान्तिको अनगिन्ति पेरणाका सन्दर्भहरु क्रान्तिकारीहरुका लागि जगजाहेर छन् । हजारै कृतिमानी संघर्ष र बलिदानबाट क्रान्तिकारी आन्दोलन यो अवस्थासम्म आईपुगेको हो । नेपाली क्रान्तिकारी आन्दोलनको सम्पूर्ण ऐतिहासिक सन्दर्भहरुलाई र आजको नेपाली समाजको बस्तुनिस्ट र बैज्ञानिक सस्लेषण सहित त्यसको नेतृत्व गर्न नेपाल कम्युनिस्ट पार्टी सक्षम बनेकोछ । क. विप्लवको कुशल नेतृत्व, आजको समाजको वस्तुनिस्ट कार्यदिशा र क्रान्ति संभव छ भन्ने मान्यतालाई हाम्रो पार्टीले सकुसल÷सक्षम ढंगले स्थापीत गर्न सिङ्गो पार्टी दृढ संकल्पीत छ । यसैको आलोकमा नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिमा लामवद्ध हुन नेपाली जनतालाई उद्धघोष गरिराखेको छ । दलाल संसदीय व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवादी व्यावस्थाको स्थापना आजको अनिवार्य आवश्यकता हो । उत्पीडनका विरुद्ध विद्रोह गर्नु जनताको अधिकार हो । दमनले विस्फोट जन्माउछ, भन्ने कुरा विस्वको अनगिन्ति ईतिहासले प्रमाणीत गरिसकेको विषय हो ।  

क्रान्तिकारी आन्दोलनका ऐतिहाँसिक विरासत ः 
सन् १९१७ को रसियन अक्टुवर क्रान्ति, सन् १९१८—१९ को जर्मन क्रान्ति हुँदै, सन् १९४५ मा भियतनामको अगष्ट रेभोलेसन, सन् १९४९ मा सम्पन्न भएको चाईनिज क्रान्ति, नेपालमा सन् २००६ मा सुरुभएको जनयुद्ध र सन् १९६७ देखि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा आजसम्म संचालन भैरहेको जनयुद्ध हुदै कोरिया, क्युवा, भियतनाम, युरोपका कैयौ देशहरु, फिलिपिन्स, पेरु जस्ता विश्वभर देखिएका क्रान्तिकारी आन्दोलनहरुले संसारभर ठुलो क्रान्तिकारी शिक्षा र परिवर्तनहरुको दिशावोध बोकेर ल्याएको छ । चाहे त्यो प्रथम विश्वयुद्धको आहालबाट सोभियत समाजवादी सत्ताको जन्म होस, या दोश्रो विश्वयुद्धको परिवेशबाट चिनी जनवादी÷समाजवादी सत्ता निर्माणको प्रकृया नै किन नहोस । आजको विश्वव्यापी आर्थिक आधारको एउटा महत्वपूर्ण हिस्सा विस्व समाजवादी व्यवस्थाको गर्भबाट जम्मेको हो भन्न हामीले रक्तिभर हिचकिचाउने पर्दैन । 

हामीले यो पनि भन्न सक्नेछौ, कि विश्वभर समाजवादी व्यवस्थाका लागि सवैभन्दा धेरै रगत कम्युनिस्ट क्रान्तिकारीहरुलेनै बगाएका छन । नेपालको सन्दर्भमा भन्नु पर्दा पनि सवैभन्दा धेरै बलिदान, सवैभन्दा धेरै जेल, नेल, हिरासत र यातना, सवैभन्दा धेरै वेपत्ता, र सवैभन्दा धेरै घाईते÷अपाङ्ग हुनेहरु क्रान्तिकारी कम्युनिस्टहरुनै हुन । अझ भनौ, जसले राष्ट्रका लागि सवैभन्दा धेरै बलिदान पोखेको हुन्छ, उसैलाई राष्ट्रप्रति धेरै चिन्ता हुन्छ भन्ने कुरामा पनि हिचकिचाउनु पर्दैन । यो दिनको घामझै छलङ्र्ग भएको ईतिहाँसलाई कुल्चेर एकलौटी दलाल सत्ताले नेपाली जनतालाई उत्पीडन लाद्न चाहन्छ, भने यो नेपाली जनताका लागि कुनै पनि हालतमा मान्यहुने विषय हुदै होईन । नेपाली महान र गौरवपूर्ण जनयुद्धको ऐतिहाँसिक प्रस्तावनाहरुलाई बेचेर दलाल सत्ताको मतियारमा नियुक्त हुने प्रचण्ड÷बाबुराम मण्डलीलाई छुट ÷छाम्यहुने विषय कतापी हुनुहुदैन र हुनेछैन । प्रचण्ड÷बाबुराम मण्डलीले आफ्नो स्वार्थका लागि महान जनयुद्धका महान ऐजेण्डाहरुलाई विक्रि गर्न तयार भएको फाईदा उठाउदै जनयुद्धका ऐतिहाँसिक विरासतलाई आफ्नो हितानुकुल बनाउन सफल मानिएका साम्राज्यवादका दलाल देउवा, केपी गुटका दलाल प्रवृतिले कुनैपनि मान्यतामा दोष मुक्त हुन सक्ने छैनन् । 

नेपालमा भएका विद्रोह र त्यसका शिक्षा ः 
हामीले नेपालको राजनैतिक सन्दर्भहरुलाई पनि हेर्न, जान्न र वुझ्न सक्छौ, कि अनेकौ विद्रोह र क्रान्तिबाट हालसम्मका राजनैतिक अवस्थाको आगमन भएको हो । नेपालका प्रथम सहिद लखन थापाले राणा शासन विरुद्ध विक्रम सम्वत १९३३ तिर विद्रोह, राणा प्रधानमन्त्री जंगबहादुरको सरकारले लखन थापा सहित ६ जना युवाहरुलाई गोर्खा मनकामनामा  रुखमा झुण्डाएर हत्या गरे । प्रचण्ड गोरखाका सदस्यहरुले वि. स १९८८ मा भीम शमसेर माथि बम प्रहार र त्यो बेला सघर्षको दौरानमा ४ जनाको हत्या गरियो । वि. स. २००४ सालमा स्थापना भएको नेपाली काग्रेसले पनि आफ्नै सेना बनाएर राणा शासन विरुद्ध सशस्त्र संघर्ष शुरु, त्यो बेला तत्कालीन सरकारले दजर्नौको हत्या भयो । वि. स. २००८ सालमा सामन्तवाद र विस्तारवाद विरुद्ध सुदुर पश्चिममा किसान नेता भिमदत्त पन्तले सशस्त्र विद्रोहको उठान गरे । पन्तको “कि जोत हलो कि छोड थलो नत्र हुने छैन भलो” को नारामा सयौं युवाहरु सामेल भएका थिए । अन्त्यत ः भिमदत्तलाई झुण्डाएर मारियो । 

२००९ साल रुकुम जिल्लामा कामी बुढाले सशस्त्र विद्रोहको उठान पश्च्यात राज्यको दमनद्धारा उनको हत्या गरियो । राजाको कु विरुद्ध नेपाली काग्रेसले २०१८ सालमा सशस्त्र प्रतिरोध आन्दोलन शुरु, सोही साल माघ ५ गते जनकपुरको रगभूमीमा राजाको गाडिमाथि बम प्रहार, सोही आरोपमा गिरफ्तार दुर्गानन्द झालाई २०२० सालमा फाँसी । २००७ साल देखि २०१७ सालसम्म संचालन भएको संघर्षमा ८ जनाले ज्यान गुमाए । २०१८माघमै कागे्रसले भरतपुर कव्जा गर्यो । सोही सेरोफेरोमा पर्सा, कन्चनपुर, विराटनगर, रौतहट, गोरखा, ताप्लेजुङमा विभिन्न सशस्त्र गतिविधी गर्यो, यो दौरानमा ११९ जना निर्ममतापूर्वक मारियो । २०१९ असौज १७ गते पंचायती व्यवस्था विरुद्ध आन्दोलनमा उत्रिएको बझाङी राजा सहित ११ जना काग्रेसी कार्यकर्तालाई शाही सेनाले गिरफ्तार गरी वित्थड लेकमा हत्या गर्न पछि परेनन् । नेपाली काग्रेसले सशस्त्र संघर्षको क्रममा २०३१ सालमा ओखलढुङाको टिमुरेबोटेमा ४१ जना  कार्यकर्ता शाही सेनाको मारे । गिरफ्तार परेका लडाकु टुकुडीका नेता यज्ञबहादुर थापालाई २०३५ मा कमला नदीमा लगेर गोली हानी मारियो । २०३१ सालमा राजा विरेन्द्रमाथि विराटनगरमा बम प्रहार भयो । २०२७ सालमा तत्कालिन “झापा जिल्ला कमिटी नेकपा” ले “बर्ग सत्रु खत्तम पार्ने” विद्रोह शुरु गरे, त्यो दौरानमा २३ जनालाई राज्यले हत्या गर्यो, तर पनि आन्दोलन र जनताको विद्रोह रोकिएन ।  

२०३० र ३१ सालमा झापामा किसान संघर्ष उठ्यो । सोही सेरोफेरोमा सर्लाही, महोत्तरी, धनुषा, सिन्धुलीमा पनि किसान संघर्ष चल्यो । २०३४ सालमा चितवनको जुगेडीमा किसान आन्दोलन उठाउने कोशिस गरियो, जुगेडीमा धर्मे र घोडे भन्न दुई सामन्तको अन्न खोसेर त्यहाँका जनतालाई बाडियो । २०३६ सालको आन्दोलनमा ३४ जना मारिए भने २०३६ कै छिन्ताङ दमनमा १५ जनाको हत्या गरियो । सोही साल सुर्खेत काण्डमा ७ जनालाई मार्ने काम भयो । २०३७ सालमा सिन्धुलीका केहि युवाहरुले सामन्तवाद खत्तम पार्ने भन्दै दीर्घकालिन जनयुद्धको सुरु गर्ने भनेर विद्रोह उठान गर्न खोजे तर राज्यले व्यापक दमन गर्दै श्रृषी देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजन मारिए र अन्य जेलमा परे । 

२०३८ सालको राष्ट्रिय पन्चायतको चुनावमा रोल्पा थबाङमा जनताले विद्रोह गरे र त्यस मतदान केन्द्रमा कर्मचारीको मात्र मत खस्ने स्थिति बन्यो । २०४० सालको सिन्धुपाल्चोकको पिस्कर काण्डमा ६ जनालाई मारियो । २०४२ साल असार ६ गते रामराजाप्रसाद सिंहको नेतृत्वमा राजदरबार वरिपरी, सिंहदरवार दक्षीण ढोका, राष्ट्रिय पन्चायत भवनको आसपास बम प्रहार भयो ।  २०४२ साल चैत्रमा चुनावमा ध्वस्त बनाउन भन्दै तत्कालिन नेकपा (मशाल)का कार्यकर्ताले राजधानीका विभिन्न ९ ओटा सेक्टरमा आक्रमण भयो । २०४६ सालको जन आन्दोलनको दौरानमा पनि ४७ जनाले ज्यान गुमानउनु परेको थियो । २०५२ साल तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा  महान जनयुद्ध सुरु भयो र त्यो १० बर्ष सम्म चल्यो । त्यसमा १७  हजार भन्दा धेरै शहीद बने । हजारौ आजसम्म पनि वेपत्ता अवस्थामा छन । हजारौ योद्धाहरु अपाङ्ग र घाईते जीवन वितााईरहेका छन । 

२०६२÷ ६३ को आन्दोलनमा पनि नेपाली जनतालाई मार्ने काम रोकिएन । मद्येश आन्दोलनका दौरुन पनि दर्जनौ मानिसहरुको हत्या भयो । र कथित स्थानिय निर्वाचन खारेजको दौरानमा समेत नेपाल कम्युनिस्ट पार्टीका क.धनरुप बटाला र क. सनराईजले आफ्नो जिवनको आहुति दिएर एकीकृत जनक्रान्तिका प्रथम र दोश्रो शहीद बन्न पुगे । यो ऐतिहाँसिक संघर्ष  र विद्रोहका श्रङ्गखलाको  शिक्षाले के पाठ शिकाउछ भने, जब राष्ट्रमा अन्याय÷अत्याचार हुन्छ, जनतामाथि उत्पीडन लादिन्छ, त्यतिखेर जनताले िवद्रोह गर्दछ । जनताको विद्रोह हिजो पनि थियो, आज पनि छ र भोली पनी हुदै जानेछ । जनताले आवश्यकता परे हतियार पनि बोक्छन्, दुस्मनलाई धावा पनि वोल्छन् र आफुले नजित्दासम्म लडिपनि रहन्छन्, भन्ने कुरा प्रमाणीत भैसकेको कुरा पनि हो । राज्यको कुनै पनि ताकतले जनताको विद्रोहलाई रोक्न र दवाउन सक्दैन । आजको नेपाली जनतासँग सहि दर्शन, विचार, राजनीति, कार्यदिशा, रणनीति, कार्यनीति बोकेको सक्षम क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी साथमा छ । मालेमावादको सिद्धान्तले ओतप्रोत जनमुक्ति सेना छ । जनताको आफ्नो सत्ता जनपरिषद (जनसत्ता) छ । जनताकै न्यायलय क्रियाशिल छ । जनतालाई सुख दुखमा साथदिने स्थानीय तहसम्म पार्टीका नेता ÷कार्यकर्ता क्रियाशिल छन् । त्यसैले, हामीले ढुक्क भन्न सक्छौ कि, यदि सुरक्षा निकायको परिचालन र दलाल सत्ताको जुनसुकै टिकडमलाई जनताले परास्त गर्नेछन ।  
अन्त्यमा ः   
सन् १९१४ जुन २८ मा बाल्कन राज्यको सानो सहर सेरावेजोमा अस्ट्रो हङ्गेरियाली हेब्स बुर्क राजवंशका उत्तराधिकारी (राजकुमार) अस्ट्रियाका आर्क डयुक फर्डिन्यान्ड पत्नी सोफिया सहित सर्बीयालीको आक्रमणमा गोलीको शिकार भए, यहि घटनाले प्रथम विश्वयुद्धको शुरुवात भयो । २०५१ सालमा तत्कालिन संयुक्त जनमोर्चाको ४८ वुँदे मागलाई वेवास्था गरेर राज्यले दमन गर्दा १० बर्षे महान जनयुद्ध शुरुवात भयो । यो सन्दर्भलाई सवैले मनन गर्न आवश्यक छ । 

दलाल सत्ताले राष्ट्रघात गरेको छ । जनघात गरेको छ । जनतामाथि अनेक प्रकारका उत्पीडन लादेको छ । भ्रष्टाचारले देश आकुल÷व्याकुल बनेको छ । राजनीति ठेकेदार, भ्रष्टाचारी र व्यापारीसँग पैसा मोलमोलाईको हतियार बनेको छ । मुलुक कमिसनखोर, कालोबजारी र विचौलियाको रजाईस्थल बनेको छ । आफुलाई ठुला दलका ठुला नेता भन्नेहरुले साम्राज्यवादको पाउमा लम्पसार परेर राष्ट्रिय स्वाधीनतालाई मागिखाने भाँडो बनाएका छन । यस्तो परिवेशमा घोषणा गरिएको कथित संसदीय चुनावले जनता र राष्ट्रको हितमा काम गर्न नसक्ने कुरा आजसम्म उनिहरुले निर्वाह गरेका भुमिकाबाटै प्रस्ट हुन सकिन्छ । आफ्नो सत्ता स्वार्थलाई पुरा गर्न तयार गरिएको कथित गठवन्धनको नौटकीले जनविरोधी खलपात्र जन्माउनु वाहेक अरु आशा गर्न सकिने कुनै स्थान देखिदैन । नेपाल कम्युनिस्ट पार्टीको अपीललाई जनताले सहर्ष स्वीकार गरेर दलाल राज्यसत्ताको कथित चुनाव विरुद्ध विद्रोह र प्रतिवाद गर्न शुरु गरेका छन । अवश्य पनि जनताको यो विद्रोह र प्रतिवाद अझ उच्च तहसम्म लम्कने छ । सम्पूर्ण उत्पीडित जनसमुदाय, विभिन्न पार्टी, कर्मचारी, सुरक्षा निकाय, न्यालयभित्र रहेका देशभक्त तथा राष्ट्रभक्त चिन्तन र प्रवृतिको एकतावद्धा सहकार्य र विभिन्न तह र तप्कामा रहेका जनसमुदायको बलियो एकताले वैज्ञानिक समाजवादको स्थापना गर्ने क्रान्तिलाई सफलताको विन्दुमा पुर्याउने छ । नेपाल कम्युनिस्ट पार्टीको यो महान र गौरवपूर्ण यात्रामा सहकार्य गर्न सवै तमतयार बनौ । 

धन्यवाद । 






Thursday, January 4, 2018

असफलताको चाङ्गभित्र लुकेको नेपाली संभावना


रातोखबर साप्ताहिक 
बर्ष ३, अंक २९ पूर्णङ्क १२४ 
२०७४ पुस १९ बुधबार काठमाण्डौ । 
चिरन पुन 
१. असफल संसदवादी राजनैतिक पार्टी र सरकार ः 
बहुदलको आगमन पछि सवैभन्दा धेरै सरकारमा बस्ने पार्टी नेपाली काग्रेस हो । २०४७ मा काग्रेस नेता कृष्णप्रसाद भटराईको नेतृत्वमा पहिलो अन्तरिम सरकारबाट काग्रेसले आफ्नो सरकारको यात्रा तय गर्यो । त्यसपछि २०४८ मा गिरिजाप्रसाद कोईरालको नेतृत्वमा दोश्रो, २०५५ बैशाख २ गते सभापति कोईरालाकै नेतृत्वमा तेश्रो, २०५६ जेठ १३ गते नेता कृष्णप्रसाद भटराईको नेतृत्वमा चौथो, २०५६ चैत्र ७ गते गिरिजाप्रसाद कोईरालाकै नेतृत्वमा पाँचौ,  २०५८ साउन ११ गते नेता शेरबहादुर देउवाको नेतृत्वमा छैठौपल्ट नेपाली काग्रेस सरकारमा बस्यो । २०६१ जेठ २१ गते नेका (प्रजातान्त्रिक) का सभापती शेरबहादुर देउवाको नेतृत्वमा सातौ, २०६३ बैशाख १२ गते  सभापती गिरिजाप्रसाद कोईरालाकै नेतृत्वमा आठौ पटक काग्रेसकै सरकार बन्यो । २०७० माघ २८ गते  पार्टी सभापती शुशिल कोइरालाको नेतृत्वमा नवौं, र २०७४ असोज महिनामा सभापती शेरबहादुर देउवाको नेतृत्वमा दशौं पटक काग्रेसको तर्फबाट प्रधानमन्त्रीमा बने । वहुदलपछिको यो २८ बर्षमा सवैभन्दा धेरै आफ्नो नेतृत्वमा सरकार बनाउने पार्टी नेपाली काग्रेसनै हो । उसको पालामा निकैधेरै राष्ट्रघात, जनघातका घटनाहरु भयो । भ्रष्टाचार, कमिसनखोर, कालोबजारी जस्ता विषयहरुले चुलि नाध्यो । त्यसैले नेपाली काग्रेस र उसले सचालन गरेको सरकार पूर्णत असफल, राष्ट्रविरोधी, जनविरोधी सरकारको रुपमा नेपाली जनताको अघि चिरपरिचत बनेको छ । 

त्यस्तै एमाले पनि निकै ठुलो ढुलमुले र अवसरवादी पार्टीको रुपमा परिचत छ । २०५१ सालमा एमाले अध्यक्ष मनमोहनको नेतृत्वमा पहिलो एमालेको सरकार बन्यो । २०६६ जेठ ११ गते एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा दोश्रो, २०६७ माघ २३ गते एमाले नेता झलनाथ खनालको नेतृत्वमा तेश्रो,  २०७२ असोज २५ गते एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वमा चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसिन भए । तर उसले सरकारका लागि राप्रपाजस्तो पार्टीसँग पनि गठवन्धन सरकारमा सामेल भयो । काग्रेस भन्दा पनि धेरै पटक गठवन्धन सरकारमा सामेल हुने पार्टी पनि एमाले नै हो । अझ तत्कालिन राजा ज्ञानेन्द्रलाई समेत एमाले नेता माधव नेपालले प्रधानमन्त्रीको लागि विन्ती पत्र चडाएर आफ्नो र पार्टीको अवसरवादी चरित्रलाई जनतासमक्ष छर्लङ्ग पारे । एमाले पूर्णत अवसरवादी पार्टी हो, उसको भुमिका चरमप्रतिक्रियावादी भुमिकातर्फ परिलक्षित छ । कैयौ जनविरोधी, राष्ट्रविरोधी पहिचान एमालेको परिचय हो । भ्रष्टाचार, कालोवजारी, कमिसनलाई आफ्नो राजनीतिको केन्द्रविन्दुमा  राखेको एमालेले आफ्नो संशोधनवादी अनुहार जनतासमक्ष उदाङ्गो पारेकोछ । 

१० बर्ष जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड र उनको पार्टी माओवादी केन्द्र (माके) शान्तिप्रकृया पश्च्यात ठुल्ठुला जनविरोधी गतिविधीमा केन्द्रीकृत भयो । उसले मुख्यत १० बर्षको महान जनयुद्धको प्रस्तावनालाई ठुलो धोका र गद्धारी गरेर दलाल ससदवादमा पतन भयो । २०६४ को संविधानसभाको निर्वाचन मार्फत सवैभन्दा ठुलो दलको नेताको रुपमा २०६५ साउन ३१ गते माके अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा आसिन भए । त्यसपछि, २०६८ भदौ १२ गते माओवादी नेता डा. बाबुराम भटराई र २०७३ साउन १९ गते माके अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा बसे । शन्तिप्रकृया पछि कैयौ पटक माके संयुक्त सरकारमा समेत सामेल बन्यो । २०६४ को संविधानसभाको निर्वाचनमा जनतले गरेको आशालाई रड्डीको टोकरीमा मिल्काउदै आफ्नो नवसंशोधनवादी राजनैतिक चरित्रमा इमान्दार पात्रको रुपमा खडा भए र हाल एमालेसँग गठवन्धन गरेर आफ्नो सशोधनवादी यात्रामा पूर्णत नेपाली जनताले स्पस्ट बुझ्ने गरि रुपान्तरीत बन्न पुगको छ । 

२०५३ फागुन २९ एमालेको समर्थनमा राप्रपा नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । २०५४ असौज २१ गते काग्रेसको समर्थनमा राप्रपा नेता सुर्यवहादुर थापा  र २०५९ असोज २५ गते राप्रपा नेता लोकेन्द्रवहादुर चन्द प्रधानमन्त्रीको कुर्सीमा आसिन बने । २०६० जेठ २२ गते राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापा पुनः प्रधानमन्त्री नियुक्त भए । यसबाहेक पनि तत्कालिन राजा ज्ञानेन्द्र र २०६९ चैत्र १ गते सर्वोच्च अदालतका प्रधानन्यायधिस खिलराज रेग्मीको अध्यक्षतामा चुनावी मन्त्रीपरिषदको गठन गरियो । अहिले हाम्रो देश दक्षिण एसियामा मात्र होईन, पुरै विश्वमा छोटो समयमा धेरै पटक सरकार गठन र पुर्नगठन गर्ने र छोटो समयमा सवैभन्दा धेरै मानिसलाई  मन्त्री बनाउने देश बनेको छ । सरकारहरु वारम्वार परिवर्तन भयो । कुर्सी प्राप्त गर्ने खेल धेरै गरियो । तर, देशको आर्थिक र विकाशको अवस्था निकै दयनिय बन्यो । राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, तस्करी, कमिसनखोर र विचौलियाको चंगुलमा देशलाई फसाउने काम गरियो । आजसम्मको अवस्थालाई हेर्दा राजनीति ठेकेदार, व्यापारी, तस्करी, कालोबजारिया, गुण्डा, भ्रष्टाचारी र विचौलियाको हातमा सुम्पने काम भएको छ । यहाँका संसदवादी पार्टीहरु साम्राज्यवाद र दलाल पँुजीवादी बर्गलाई खुसि बनाउदै आफ्नो कर्सी स्वार्थमा तल्लिन बनेका छन् । यसरी नेपालका संसदवादी पार्टी र बनेका सरकारले ठुलो राष्ट्रघात, जनघात गर्दै, नेपाली जनताको हक, हित र अधिकारलाई साम्राज्यवाद र दलालको पोल्टामा सुम्पदै गएका छन् । यसअर्थमा, नेपालमा क्रियाशिल संसदवादी पार्टी र उनको नेतृत्वमा बनेका सरकार पूर्णतह् असफल सिद्ध भैसकेको छ ।  

२. असफल शान्तिप्रकृया ः 
२०६३ मंसीर ५ गते सरकार र तत्कालिन माओवादीवीच बिस्तृत शान्ति संझौतामा हस्ताक्षर गरियो । २०६४ चैत्र २८ गते संविधानसभाको निर्वाचन मार्फत तत्कालिन नेकपा (माओवादी) सवैभन्दा ठुलो दल पनि भयो । प्रचण्ड, बाबुराम र फेरी प्रचण्डको नेतृत्वमा सरकार पनि बन्यो । यो विचमा क्रमश ः जनसत्ता, जनअदालत, जनमुक्तिसेना सवै विघटन गरियो । तत्कालिन माओवादी पार्टीले उठाएका राजनीतिक मुद्धाहरुलाई चटक्कै बिर्सेर पुरानै संसदवादीहरुको गठजोडमा प्रचण्ड र बाबुरामहरु लागे । जनमुक्तिसेनाको भरणपोषणका लागि भनेर राज्यकोषबाट अरबौ रकम बुझेर आफ्नो दुना सोझाउने काम गरे । आफ्नो निकटका नेता कार्यकर्ताहरुलाई रक्तचन्दन, सुन तस्करीमा समेत लगाउने काम गरे । 

प्रचण्ड÷बाबुरामले सवै दार्शनिक र सैद्धान्तिक आदर्शहरुलाई बेचे । जनयुद्धमा उठाएका राजनैतिक मुद्धाहरुलाई तिलान्जली दिएर, दलाल संसदवादी सत्तासँग आत्मसमर्पण गरे । नयाँ जनवाद, वैज्ञानिक समाजवाद, सर्वहारा वर्गको अधिनायकत्व, बलप्रयोगको सिद्धान्त आदीलाई बिर्से । जनयुद्धका महान योगदानहरुलाई साम्राज्यवादी÷प्रतिक्रियावादी र संसदवादीशक्तिहरुसँग बेचेर कुर्सीस्वार्थमा लागे । आफ्ना सवै क्रान्तिकारी÷कम्युनिस्ट मुल्य÷मान्यताहरुलाई छोडेर यात्रालाई संशोधनवादी÷अवसरवादी दिशातर्फ केन्द्रीत बनाउदै लगे । कुर्सीका लागि राष्ट्रघात र जनघातमा केन्द्रीत बन्न पुगे । भ्रष्टाचार, कालोबजारी, कमिसनखोरीको प्रकृयामा लागे । दलाल बर्गसँग साँठगाँठ र गठजोठ गर्न पुगे । तर, जनयुद्धमा आफ्नो बलिदान दिने बीर शहीद, परिवार आज आकुल÷व्याकुल अवस्थामा छन् । हजारौ वेपत्ता योद्धाका परिवारहरुको दैनिकी दयनिय अवस्थामा गुज्रिरहेको छ । जनयुद्धका घाईते÷अपाङ्ग योद्धाहरुको समस्या पनि विकराल छ । यस्तो अवस्थामा तत्कालिन माओवादी भित्रका क्रान्तिकारीहरुले प्रचण्डको संशोधनवाद विरुद्ध विद्रोहको झण्डा उठाए । त्यो सँग सम्वन्ध विच्छेद गर्दै, नेपाल कम्युनिस्ट पार्टीको पुर्नगठन गरेर क्रान्तिकारी विचार, महान जनयुद्ध र उत्पीडित नेपाली जनतामाथि भए गरिएका सवै प्रकारका गद्धारी र धोखाधडीको विरुद्ध एकीकृत जनक्रान्तिको उद्धघोष गरिसकेको अवस्था छ । यस्तो परिवेशमा स्वभावैले तत्कालिन माओवादी र राज्यपक्षसँग भए गरिएका सवै शान्ति÷संझौताहरु व्यवहारत स्वतह ः भङ्ग हुन पुगेको छ । 

क. विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले आजको विश्व र नेपालको राजनीतिक अवस्थाको वस्तुनिस्ट सस्लेषण गर्दै एकीकृत जनक्रान्तिमा लामवद्ध हुने÷बनाउने प्रकृयाको उद्धघोष गरिसकेको छ । न त यो संसदीय व्यवस्थाका लागि १० बर्षको महान जनयुद्ध संचालित थियो ? न प्रचण्ड÷बाबुराम मण्डलीले गरेको गद्धारीलाई सहर्ष स्वीकार गरेर संसदवादको फोहोरी खेलमा सामेल बनाउने कुरा क्रान्तिकारीहरुका लागि मान्यहुने विषय हो । के माओवादी क्रान्तिमा हारेर वा आत्मसर्मपण गरेर शान्तिप्रकृयामा आएका हुन ? के राज्यले माओवादीमाथि युद्ध जितेर वा एकलौटी हतियार खोसेर शान्तिप्रकृयामा ल्याईएको हो ? त्यसैले, शान्तिप्रकृयालाई क्रान्तिकारीहरुले मान्नु पर्ने कुनै सन्दर्भ र कारणहरु तत्थ्यपरक छैनन् । यस मानेमा तत्कालिन अवस्थामा गरिएका शान्ति÷संझौता स्वातह ः खारेज हुने वा भंङ्ग भएको अर्थमा जान्नु, बुझ्न आवश्यक छ । जहाँसम्म आजको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले हतियार उठाउने कुरा छ, त्यो राज्यको नीतिमा भर पर्ने विषय हो । राज्यले राजनीतिक हिसावले व्यवहार गर्छ त्यससँग प्रतिस्पर्दा गर्न नेकपा तयार भएको कुरा बारम्वार उद्धघोष भएकै छ । होईन, राज्यले हतियारको बलमा ठिक लगाउन सकिन्छ भन्ने युद्धवादी नीति अख्तियार गर्छ र दमन गर्न आउँछ भने, त्यसको प्रतिवादमा उत्पीडित नेपाली जनता र नेपाल कम्युनिस्ट पार्टी तमतयारनै रहेको कुरामा कोहि पनि दुविदामा नससे हुन्छ ।  

३. असफल कथित संसदवादी चुनाव ः 
धादिङ्ग जिल्लाको रुबीभ्याली गाउँपालिका अन्तरर्गत सेर्तुङ स्थित बोराङको मुक्रव देवी मावि मतदान केन्द्रमा ९९ दशमलव २६ प्रतिसत मत खस्यो । त्यहाँ मतदाता संख्या ८ सय १५ जना थिए । चुनावमा ८ सय ९ मत खस्यो । जबकी मतदाता नामावलीमा रहेको मध्ये १७ जनाको मृत्यु पहिलेनै भैसकेको थियो । बाजुरामा १ जनाले ६० पटकसम्म मत खसालेको समाचार बाहिरै आयो । । अझ संकटकाललाई विर्साउने गरी सेनाको घेरावन्दीमा यो चुनाव गरियो । मतदान गर्न नजाने जनतालाई बन्दुक तेर्साउदै मतहाल्न बाध्य पारियो । निर्दोश नेकपाका कैयौ नेता कार्यकतालाई हिरासतमा कोच्यो । यसरी दिनको संकेत विहानीबाटै गर्न सकिन्छ भनेजस्तै यो चुनाव कस्तो भयो, सानो नमुना यी विषयहरुबाटै प्रष्ट हुन सकिन्छ । यहाँसम्मको राजनीतिक परिस्थिती हेर्दा नेपालको राजनीति पुरै तस्कर, व्यापारिक घराना, गुण्डानाईके, ठेकेदार, राष्ट्रघाती, जनघाति, भ्रष्टाचारी, मानवतस्करी र हत्याराहरुको हातमा पुगेकोछ । राजनीतिमा हामीले नियतलाई हेर्ने होइन परिणामबाट मुल्याङ्कन गर्नेहो । चुनावमा जुनढंगले आर्थिक चलखेल भएको छ, त्यो रुपमा नेपाली वैकहरुबाट खर्चको निकासी नभएको सन्दर्भले मुलुक कालोबजारीयाहरुको चङ्गोलमा पुगेको छ । आज देउवा, केपी, प्रचण्डहरु तिनै तस्कर, भ्रष्टाचारी, व्यापारिक घराना, गुण्डा नाईके, ठेकेदार, राष्ट्रघाती, जनघाति, हत्यारा र कालोबजारीयाको नेता बन्न पुगका छन् । जीवनभर आस्था र ईमान्दार राजनीति गर्ने कार्यकर्ताहरु निरिह र अपमानित बनेर ओठ सुकाउदै हिन्ने अवस्था पैदा भएको छ । आफ्नो जिवनभर तस्कर, व्यापार, गुण्डागर्दी, ठेक्कापट्टा, राष्ट्रघात, जनघात, हत्या÷हिंसा र आतंङ्क, कालोबजारी, चेलिबेटी बेचविखन र मानव तस्कर गरेर देशलाई ब्रम्ह्लुट र कंङ्गाल बनाउनेहरु राजनीतिको ठुल्ठुला गफ हाँक्दै जनताको बीचमा हल्लिनेकुरा झनै लाजमर्दो र उदेकलाग्दो छ । त्यसैले परिणामत यो कथित चुनाव असफल मात्र हैन, जनताको बीचमा खारेजको तहमानै पुगेको छ । 

४. असफल सुरक्षा नीति ः 
सरकारले (सेना, सशस्त्रप्रहरी, प्रहरी, म्यादीप्रहरी र राष्ट्रीय अनुसन्धान) गरी झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन गरेको कुरा बारम्वार भनिरहेको थियो । तर, देशभर उम्मेदवार केन्द्रीत बम विस्फोटनका घटनाहरु चुनावकै दिनसम्म रोकिएन । १ जना म्यादी प्रहरी चौधरीको ज्यान गयो । दर्जनौ उम्मेदवारको घर र गाडिमा बम पड्कियो । भने, देशभरका दर्जनौ चुनावी सभामा विस्फोटनका घटनाहरु भए । कैयौ उम्मेदवार र सर्वसाधारणहरु घाईते बने । देशभरका सैयौ स्थानमा वेवारिसे बमहरु फेला परे । गृहमन्त्रालय र सुरक्षा निकायले जतिनै सुरक्षा व्यवस्था कडा भनेपनि बिशेषत ः दलाल, भ्रष्ट, तस्कर उम्मेदवारहरु र तिनका आसेपासेहरुका लागि यो चुनाव निकै त्रस्त, भयवित र आतंङ्कित बन्न पुग्यो । 

२०७४ मंसीर १९ गते बर्ष २५ अंक २८५ कान्तिपुर दैनिकले “कहाँ चुके सुरक्षा निकाय ?” भन्ने मुख्य व्यानरमा समाचार छाप्यो । सुरक्षा निकाय चुक्नुमा ७ वटा कारण देखाईएको छ । एक ः गुप्तचर संयन्त्र फितलो हुनु । दुई ः सुरक्षा निकायको समन्वय कमजोर हुनु । तीन ः पहिलो चरणमा धेरै सुरक्षा कर्मी उपत्यका बाहिर खटाईनु । चार ः जाँच र खानतलासी प्रभावकारी नहुनु । पाँच ः विस्फोटक पदार्थ पहिले देखिनै काठमाण्डौमा हुनु । छ ः विस्फोटनमा भाडाका अपराधी प्रयोग हुनु । सात ः विप्लव समुहलाई हेर्ने प्रस्ट सरकारी दृष्टिकोण नहुनु आदी । यो निस्कर्ष गृहमन्त्रालय र सुरक्षा निकायको  उपल्लो तहको हो । 

माथिको निस्कर्षमाथि धेरै घोत्लिनु पर्छ जस्तो लाग्दैन । सुरक्षा निकायको असफलता गलत सुरक्षा नीतिका कारणले गर्दा हो । त्यो नीतिको बागडोर सरकार संचालकहरुको हातमा थियो । निर्वाचन सुरक्षामा यसप्रकारको परिणाम आउनु निम्न कारणहरु हुन । पहिलो ः सुरक्षा निकायहरुमा राष्ट्रभक्त÷देशभक्तिको भावना प्रवल हुनु र यो चुनावले उनिहरुको मन नछुनु, दोश्रो ः यो दलाल संसदीय व्यवस्थाले गरेका राष्ट्र र जनविरोधी गतिविधीबाट सुरक्षा निकाय वाक्क÷दिक्क हुनु, तेश्रो ः यी राष्ट्रघाती, जनघाति, भ्रष्टाचारी उम्मेदवारलाई जिताएर के हुन्छ ? भन्ने भावना परिवेशले बन्न जानु, चौथो ः  वर्तमान राज्यसत्ताले लादेको उत्पीडनले घरपरिवार र सामाजिक जिवन भताभुङ बनेको अवस्थाले यो व्यवस्था प्रति वितिष्णा जाग्नु, पाचौं ः आफुलाई ठुलाभन्ने संसदवादी दलहरुको आपसी अन्तरविरोधको उत्पीडनमा पर्नु, छैठौं ः वर्तमान समस्या राजनैतिक भएकाले यसको समाधान पनि राजनैतिक ढंगले गरिनु पर्दछ भन्ने मान्यता सुरक्षानिकायमा बलियो देखिनु, सातौ ः सरकारमा बसेका संसदवादी दलले मुलुकमा जवर्जस्त युद्ध थोपर्ने रणनीति मन नपर्नु, आठौंः २४ सै घण्टा राष्ट्रसेवामा रहेका सुरक्षाकर्मीहरुलाई उचित सेवा÷सुविधाबाट बच्तित गरिनु रहेकाछन । किनकी, सुरक्षानिकायमा अधिकांश हिस्सा किसान, मजदुर र श्रमिकका छोरा÷छोरी छन् । र, सुरक्षा निकायभित्रैका केही सम्भ्रान्तवर्गको रवैया, भ्रष्टाचारले हैरान बनेका छन् । यि सवै समस्याको केन्द्रमा वर्तमान दलाल संसदिय सत्ता र त्यसको राजनैतिक कारण मुख्य आधार बन्न पुगेको हो ।   

५. असफलताको चाङ्गभित्र लुकेको नेपाली संभावना ः 
भनिन्छ, हरेक असफलताले सफलताको पाठ सिकाउछ । आज विश्वका आर्थिक सम्पन्नता भएका मुलुकहरुको ईतिहाँस हेर्दा पनि निकै संकटग्रस्त अवस्थाबाट माथि उठेको पाईन्छ । ति देशहरु आ—आफ्नै सापेक्षताका समस्याहरुमा जकडिएका थिए । चीन सन् १९४९ सम्म विभिन्न साम्राज्यवादी देशहरुको रजाईस्थल बनेको थियो, त्यहि चीन आज आर्थिक सम्पन्नताको शिखरमाछ । अमेरिकाले आफ्नो अर्थतन्त्रलाई यो अवस्थासम्म पुर्याउन निकै ठुलो टिकडम गरिरहेको छ । जापान दोश्रो विश्वयुद्धमा हार सहित अर्थतन्त्रमा निकै ठुलो तहस÷नहस भयो, तर उसले ति शिक्षालाई सहिढंगले सधुपयोग गर्दै आफ्नो सम्वृद्धिलाई विश्वसामु टिकाईराख्न सक्यो । ठुलो अन्तरद्धन्दबाट गुर्जदै आएको जर्मनी आफ्नो आर्थिक सम्वृद्धीकालागि निकै ठुलो कष्ट बेहोरेको देखिन्छ । २०० भन्दा धेरै राज्यलाई एकतावद्ध गराउदै, पूर्वी र पश्चिम जर्मनीका समस्यालाई समाधान गर्दै एकतावद्ध बनेर उसले विश्वसामु आर्थिक शिर ठाडोबनाउन सफल भएको हो । फ्रान्स, ब्राजिल, ईटाली, रसिया, क्यानडा, अष्ट्रेलियाआदी देशहरु पनि धेरै असफलताहरुका वीच यो अवस्थासम्म आईपुगका हुन । सन् १९४७ सम्म वेलायत, जापान, जस्ता देशहरुको उपनिवेशमा रहेको हाम्रै छिमेकी मुलुक भारतले अहिले विश्व आर्थिक बजारमा माथिनै फड्को मारिसकेको छ । 

भुगोलको हिसावले १९० औ र जनसंख्याको हिसावले ११६ औं स्थानमा रहेको सिंङ्गापुरलाई तत्कालिन प्रधानमन्त्री लि क्वान यू को पहलबाट १९५९ सम्म प्रतिव्याक्ति आय ४ सयबाट आज प्रतिव्याक्ति आय ५३ हजार डलर सम्म पुर्याउन सफल बने । जम्मा ५ लाख ३७ हजार जनसंख्या भएको लक्जम्वर्गले १,०३११६ प्रतिव्याक्ति आम्दानी गरेर विश्वमा प्रथम मुलुक बन्न सफल बनेकोछ । भौगोलिक हिसावले ४१,२२४ किमी सहित विश्वमा १३५ स्थनमा रहेको स्वीर्जल्याण्ड ७९,२४२ सहित दोश्रो, नर्वे ७०,३९२ सहित प्रतिव्याक्ति आम्दानीका हिसावले विश्वमा तेश्रो, ६७,०७९ प्रतिव्याक्ति आम्दानी सहित मकाउ चौथो, आईसल्याण्ड ६२,५६२ सहित पाँचौ  र जनसंख्याको हिसावले १९,७४००० भई विश्वको १४८ औं स्थानमा रहेको कतार ६०,७८७ प्रतिव्याक्ति आम्दामी सहित विश्वको छैठौ मुलुक बन्न सफल बनेको छ । ति मुलुकहरुले पनि आ आफ्नै प्रकारका समस्याबाट माथि उठेको हो । विश्व स्तरमा देखिएका यी आर्थिक सम्वृद्धिलाई हेर्दा हाम्रो देशको आजसम्मको  आर्थिक÷राजनीतिक असफलताको चाङ्गभित्र निकै ठुलो संभावना बोकेको अवस्था विद्धमान छ । यतिधेरै श्रोत÷साधन भएको सुन्दर देश हाम्रो प्रतिव्यााक्ति आम्दानीका हिसावले वार्षीक जम्मा ७३३ सहित विश्वमा १७९ नम्वरमा रहेको छ । यो हुनुमा नेपालको सत्ताधारीहरुले नेपालको श्रोत साधनहरुलाई कौडीको मुल्यमा वेचेर आफ्नो पेट भर्ने परम्पराले गर्दा नै हो । जलश्रोतमा विश्वको दोश्रो ठुलो देश हाम्रै हो । पर्यटन र जडिवुटी नेपालको अर्को महत्वपूर्ण श्रोत हो । अनेकै श्रोत साधनहरुको संभावना बोकेको हाम्रो देशलाई भिखमङ्गा र गरिव मुलुकको सुचिमा पुर्याईएको छ । यो अवस्थाबाटमुक्त हुन हामीले नै हरेक संभावनाहरुका बाटोलाई खोजि गर्नुपर्ने हुन्छ । 

हालै सम्पन्न भएको भनिएको कथित चुनावसम्म आउदा दलाल संसदीय व्यवस्था पूर्णत असफल बनेको छ । नेपालमा हाल देखिएका आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक समस्याको जग वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्था नै हो । उत्पीडकहरुको स्वार्थसिद्ध गर्ने लुटको व्यवस्था हो यो ।  यो व्यवस्था रहेसम्म राजनीतिक समानता, शान्ति, सम्वृद्धि र राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्दैन । त्यसैले यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन अनिवार्य छ । अब सम्पूर्ण उत्पीडित बर्ग, क्षेत्र, लिङ्गका जनसमुदाय एकतावद्ध हुदै बैज्ञानिक समाजवादका लागि गोलवन्द बन्नु पर्दछ । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सवै राष्ट्रभक्त तथा देशभक्तहरु, किसान, मजदुर, विद्यार्थी, वकिल, वुद्धिजिवी, कर्मचारी, सुरक्षा निकाय, मध्ययम बर्गका जनसमुदाय एकतावद्ध हुनु पर्दछ । एकीकृत जनक्रान्तिको बाटोबाट वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने अभियानमा लामवद्ध हुनु पर्दछ । अन्याय र उत्पीडनले नै विद्रोहको जन्म दिन्छ । विद्रोहले क्रान्तिको संङ्खघोष गर्दछ । वर्तमान दलाल संसदीय व्यवस्थाले पैदा गरेको असफलताको चाङ्गभित्र लुकेको नेपाली क्रान्तिको संभावनालाई आत्मसाथ गरौं । वैज्ञानिक समाजवाद स्थापना गर्ने गौरवपूर्ण यात्राको प्रारम्भ गर्दै, एकीकृत जनक्रान्तिको आँधी बेह्री सृजना गरौ । 



जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...