Saturday, September 18, 2010

युवा आन्दोलन बारे

युवा आन्दोलन बारे
चिरन पुन
केन्द्रीय सदस्य
नेकपा (एकीकृत)
०६७ भदौ २९ ।
कामरेडहरु,
युवा भनेको नया“ जोस, जा“गर, उत्साह, बल बहाक रातो शक्ति हो । उमेरको हिसावले १६ बर्ष देखि माथि र ४० बर्ष सम्ममा रहेको उर्भर शक्ति हो । यसको छुट्टै कुनै स्थायी बर्ग हुन्न । यो समाजको रुपान्तरण, गती, विकाश, ध्वंस, सृजनाको प्रतिक हो ।
  • राज्य सत्ताको चरित्र ः
सामन्त दलाल, नोकरशाह पुजिपति बर्गको हातमा केन्द्रीत छ । यो अर्ध सामन्त तथा अर्ध औपनिवेशिक जगमा छ ।
  • समस्या ः
शिक्षा, स्वाथ्य, रोजगार, सामाजिक जिवन ।

  • क्रान्तिकारी युवा संगठनको महत्व ः
राजनीतिमा, सामाजिक रुपान्तरणमा, सा“स्कृतिक रुपान्तरणमा, आर्थिक रुपान्तरणमा, भौगोलिक रुपान्तरणमा, धार्मिक स्वतन्त्रतामा आदी ।
  • क्रान्तिकारी युवा संगठन के हो ः
  • सर्वहारा बर्गको सचेत र अगुवा दस्ताको सहायक, सर्वहारा बर्गको संगठित दस्ताको सहायक, सर्वहारा संगठनको उच्च रुपको सहायक, सवै जनसंगठनको उच्च रुपको सहायक, मजदुर बर्गको अगुवाको सजिव रुपको सहायक, क्रान्तिकारी रुपान्तरणको सहायक, आर्थिक, राजनीतिक, सामाजिक, सा“स्कृतिक रुपान्तरणको जगको सहायक आदी ।

  • युवा आन्दोलनको प्रवृति ः
प्रतिक्रियावादी, यथास्थितिवादी, उग्रवामपंथी, अराजकतावादी, दक्षिणपंथी, संशोधनवादी, बैज्ञानिक, क्रान्तिकारी ।

  • युवा आन्दोलनको चरित्र ः
प्रतिक्रियावादको सेवा गर्नु, यथास्थितिवादको पक्षपोषण गर्नु, सुधारवादमा विश्वास गर्नु,, वसरवादको सेवा गर्नु, अस्थिर, ढुलमुल, दोधारे र अस्पस्ट हुनु, अराजकतावादमा विश्वास गर्नु, अवसरवादको सेवा गर्नु, परिस्थितिको सहि मुल्याङ्कन गर्न नसक्नु आदी ।

  • युवा आन्दोलनको संस्कृति ः
सामन्तवादी संस्कृतिको पक्षपोषण ( भाग्यवाद, वंशको सृङ्खला, रुडीवाद, अलौकिक, र शोषणयुक्त)
प“ुजिवादी संस्कृतिको पक्षपोषण ः (उपभोक्तावाद, उदण्डतावाद, चमत्कारवाद, छाडा सेक्स, ध्वंसवाद, व्याक्तिवाद, पु“जी, शोषणयुक्त)
जनवादी संस्कृतिको पक्षपोषण ः (भोतिकवाद, उत्पादन प्रणाली, वस्तुपरक आन्दोलन, सहि व्यवहार, समउन्नत विचार, रुपान्तरण, श्रम प्रतिको आस्था, शोषण प्रतिको घृणा)

  • युवा आन्दोलनको अनुशासन ः
व्याक्तिगत, संगठनात्मक, सा“स्कृतिक, सामाजिक, राजनीतिक, श्रमीक र संघर्ष प्रतिको अनुशासन ।

  • सहि युवा आन्दोलन परिचालनको सिद्धान्त ः
क. परिचालन विधी ः ( जनवादी केन्द्रीयता को सिद्धान्तमा आधारित)
ख. सिद्धान्त नीति ः माक्र्सवाद लेनिनवाद माओविचारधाराको पथप्रदशक सिद्धान्त, सम्पूर्ण बामपथी, प्रगतिशिल, देशभक्त तथा क्रान्तिकारीहरुको प्रतिनिधित्व गर्ने, बर्ग संघर्ष प्रतिको विश्वास, जनवादी वा सर्बहारावर्गको अधिनायकत्वलाई स्वीकार, महान सर्वहारा सांस्कृतिक मुल्य मान्यताहरुको अनुशरण, बैज्ञानिक समाजवाद र साम्यवाद स्थापनामा परिलक्षित , ज्ुाझारु र अनुशासित ।

ड्ड सहि युवा आन्दोलनको तत्कालिन कार्यभार ः
विचारधारात्मक काम ः प्रशिक्षण, पाठ्य सामाग्री, स्व अध्ययनलाई जोड, प्रकाशनको निरन्तरता, क्रान्तिकारी आन्दोलनको सामाग्रीको अध्ययन, आदी ।
  • संगठनात्मक काम ः
पूर्ण कालिन कार्यकर्ता उत्पादन र परिचालन जोड, साधारण सदस्यलाई – संगठित सदस्य, संगठित सदस्यलाई– अगुवा कार्यकर्ता, अगुवा कार्यकर्तालाई– पूर्णकालिन कार्यकर्तामा रुपान्तरण, प्रचारात्मक, संगठनात्मक, आन्दोलनात्मक, रचनात्मक र सृजनात्मक काम ।

  • संघर्ष सम्वन्धि काम ः
सामान्तवाद विरुद्ध, साम्राज्यवाद विरुद्ध, विस्तारवाद विरुद्ध, पुजिवाद विरुद्ध, यथास्थितिवाद विरुद्ध, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा, सामाजिक सास्कृतिक रुपान्तरणको पक्षमा, शिक्षा, स्वास्थ्य र रोजगारको पक्षमा, शान्तिशुरक्षा र राष्ट्रिय स्वाधिनताको पक्षमा आदी ।

  • तिनै स्थानमा संघर्ष गर ः
आफु, संगठन, बाहिरी दुस्मन ।

धन्यवाद
chiranpunji@gmail.com, chiranpunji@hotmail.com
chiranpun.blogspot.com




Sunday, September 12, 2010

साम्राज्यवादीको दलाली गर्नेहरु क्रान्तिकारी हुनै सक्दैनन

देशप्रेम साप्ताहिक, काठमाण्डौं ।
बर्ष १२, अंक २२,
०६७ भदौ २७ गते, (आईतवार)
प्रकाशित

चिरन पुन
केन्द्रीय सदस्य – ईन्चार्ज, मगरात स्वशासित प्रदेश ।
०६७ भदौ २५ ।
  • भर्खर कार्यक्षेत्रबाट फर्कनु भएको छ । के छ तपाईको कार्यक्षेत्र मगरात प्रदेशको गतिविधी ?
संगठन विस्तार नै, अहिले मगरात प्रदेशको मुख्य काम हो । पार्टीको आयोजनामा प्रशिक्षण कार्यक्रमहरु संचालन भैरहकेका छन । विभिन्न स्थानहरुमा अन्तरक्रिया कार्यक्रम, बैठक, पार्टी सदस्यहरुको अद्यावधिक गर्ने, नया“ आवेदन फारम संकलन गर्ने आदी कामहरु पनि भैरहेका छन । त्यसको साथै, अहिले मगरात प्रदेशको प्युठान, बागलुङ, म्याग्दी, पर्वत जिल्लाहरुमा विभिन्न पार्टीहरु परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गर्ने क्रम बढेको छ । “सार्थक संविधान निर्माणको लागि जनदबाब सृजना गरौं” भन्ने मुल नाराका साथ संचालन हुने “जनजागरण अभियान ०६७” को तयारी पनि छौं ।
  • देशको तत्कालिन राजनीति बारे तपाईको क्षेत्रका जनता र कार्यकर्ताहरुमा कस्तो धारणा रहेको छ ?
  • अहिले सत्तामा रहेका र आफुलाई ठुलो भन्ने नेपाली काग्रेस, एमाले र ए नेकपा (माओवादी) को तत्कालिन गतिविधी देखेर जनता छक्क परेका छन । उनिहरुले सत्ता र कुर्सीको लागि गरेको तछाड–मछाड देखेर जनतालाई घृणा पैदा भएको छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको दलाली गर्ने, चाकडी गर्ने र नेपाली जनताको समस्या प्रति बेवास्था गर्दै आफ्नो व्याक्तिगत तथा गुटगत स्वार्थमा तल्लिन हुने ठुला दलको अवस्था देखेर ति दलहरु प्रति जनताको क्रमश आक्रोश बढ्दै गएको छ ।
सवैले थप गरिएको समयमा नया“ अग्रगामी सार्थक संविधान निर्माण होस भन्ने चाहन्छन । बहुमतीय खेल छोडेर राष्ट्रिय सहमतीको प्रकृयामा जाने र सरकार र कुर्सीे लछाचुडीको खेल बन्द गर्न माग गरेका छन ।
  • नेकपा (एकीकृत) को बैठक हु“दैछ भन्ने सुनिन्छ, के के छन् एजेण्डाहरु ?
हो हाम्रो पार्टीको केन्द्रीय समितिको नवौं बैठक यहि ०६७ असौज ३ गतेबाट शुरु हुदैछ । बैठकमा तत्कालिन राजनीतिक परिस्थितिको मुल्याङ्कन, पार्टीको आगामी संगठनात्मक कार्यक्रम, पार्टी एकता र संयुक्त मोर्चा, सार्थक संविधान निर्माणको लागि आन्दोलनका कार्यक्रम, जन शुरक्षा दस्ता आदी विषयहरुमा छलफल भई आवश्यक निर्णयहरु गरिनेछ ।
  • पार्टी एकताको कुरा पनि सुनिन्छ, तत्काल को को स“ग एकता गर्दै हुनुहुन्छ ?
हो सा“च्चीकै नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्ने र जनवादी अधिनायकत्वयुक्त राज्य व्यवस्था ल्याउने हो भने, क्रान्तिकारीहरुको बीचमा धु्रविकरण अनिवार्य छ । तर त्यो एकता विचार र दृष्टिकोणको आधारमा हुनु पर्दछ । अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा अवसरवादी धारा बलियो जस्तो देखिएको छ त्यसैले पनि क्रान्तिकारी शक्तिहरुको एकता झन आवश्यक बनेको छ । यहि अभिभारालाई पुरा गर्न हामी सहि क्रान्तिकारी धाराको निर्माण प्रकृयाको अभियानमा छौ । हामीले तिनओटा पार्टी मिलाएर नेकपा (एकीकृत) बनाएका हौ“ । क्रान्तिकारी धु्रवीकरणलाई अझ तिर्व बनाएर लैजानु पर्दछ भन्ने मान्यता हाम्रो पार्टीले राख्दछ ।
तत्कालमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालस“ग एकताको लागि छलफलहरु भैरहेका छन । आधारभुत विषयहरुमा हाम्रो सहमती कामय भैसकेको छ । मुख्य राजनीतिक विषयहरुमा समेत कुरा मिलिसकेको छ । अव केही तात्कालिन विषयहरुलाई दुवै केन्द्रीय समितिले निर्णय गर्नु पर्ने भएकोले त्यो पनि अवको केन्द्रीय समितिको बैठकमा निर्णय गरिनेछ र पार्टी एकताको घोषणा हुनेछ ।
त्यसको साथै अहिले क. मातृका यादवले नेतृत्व गर्नु भएको नेकपा (माओवादी), पुर्नगठित नेकपा (मसाल) र नेकपा (माले –समाजवादी) स“ग पार्टी एकताको लागि सकरात्मक ढंगले छलफल अगाडि बढिरहेको छ । त्यसमा नेकपा (माक्र्सवादी) को एउटा हिस्सा समेत समावेश हुने कुरा भएको छ ।
  • संविधान सभाले संविधान र सरकार दुवै बनाउन सकेन अव के गर्नु पर्ला ?
अहिले संविधानसभामा प्रतिक्रियावादी र अवसरवादी राजनीति बोक्ने दलहरुको बोलवाला छ । त्यसैले उनिहरु समयमा संविधान बनोस भन्ने पक्षमा छैनन । उनिहरु राजनीतिक अस्थिरताको फाईदा उठाउ“दै यहिबेलामा आफ्नो स्वार्थ पुरा गर्न चाहन्छन । साम्राज्यवादी, विस्तारवादीहरुको दलाली गरेर आफ्नो कुर्सीको आयु लामो बनाउन चाहन्छन । त्यसैले प्रधानमन्त्रीको चुनावमा बारम्बार परिणाम ननिस्कदा समेत त्यसैमा मरिहत्य गरेर लागेका छन नि त ? त्यसैले, राष्ट्रिय सहमतीको लागि दबाब दिनु पर्दछ । थपिएको समयमा सार्थक संविधान निर्माणको लागि सम्पूर्ण जनता एकतावद्ध हुनु पर्दछ । संविधानसभाका सभासद, सरकार र आफुलाई ठुला भन्ने दलहरुलाई खबरदारी गर्नु पर्दछ । अब झन ठुलो आन्दोलनको आ“धी बेहरी सृजना गर्नु पर्दछ ।
  • संविधान सभा विघटन गरेर नया“ अन्तरिम व्यवस्था हुनु पर्दछ भन्ने कुरा पनि त उठेको छ नी ?
हो सतहमा हेर्दा, यो संविधान सभाले तोकिएको समयमा संविधान निर्माण गर्न नसकेकै हो । राती १२ बजे आफ्नो आयु आफैले लम्व्याएकै हो । तर, जनताले आफ्नो प्रत्यक्ष मत प्रदान गरेर निर्वाचित गरेको संविधानसभालाई त ठुला भन्ने पार्टीले यस्तो हालत बनाए भने यसलाई विघटन गरेर अन्तरिम अवस्थामा मुलुकलाई लैजादा झन प्रतिगामी, साम्राज्यवादी, विस्तारवादी र यथास्थितिवादी शक्तिलाई बल पुग्ला नि त होईनर ?
  • देश भित्रै क्रियाशिल दलका बीच बृहत छलफल गरेर १२ बु“दे सहमती जस्तै नया“ सहमती हुनु पर्छ पनि भन्छन नि ?
जति सहमति गरे पनि के भो र, त्यसलाई लागु गर्न नपरेपछि । सहमती गर्ने तर त्यसलाई लागु नगर्ने प्रवृति नै यतिबेलाको मुख्य समस्या हो । अर्कोतिर, सहमती गर्ने बेलामा कुर्सी स्वार्थको कारणले गर्दा जस्तो सुकै एजेण्डामा पनि लम्पसार पर्ने प्रवृति सत्ताधारीहरुको गलग तरिका हो । त्यसैले हाम्रो पार्टीले राष्ट्रिय सहमतीको प्रकृयामा जानु पर्दछ भनेको छ । अब नया“ सहमती गर्नुृ पर्दछ जस्तो मलाई लाग्दैन । ऐतिहा“सिक जन आन्दोलन ०६२÷६३ को दिशा निर्देशलाई सम्झे पुगिहाल्छ । जनताको माग र अहिले मुखरित भएको ऐजेण्डाहरुलाई आत्मसाथ गरे भैहाल्छ ।
  • विदेशी हस्तक्षेपको निकै चर्चा चल्छ । के के रहेछन साम्राज्यवादी र विस्तारवादी नया“ नीतिहरु ?
विस्तारवादी र साम्राज्यवादी नीति कस्तो हु“दो रहेछ भनेर तपाईले हालसम्म भोगी हाल्नु भएको छ नि हैनर ? हाम्रो देशमा साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप बाट कुन चा“ही क्षेत्र बचेको देख्नु हुन्छ ? एउटा प्रधानमन्त्रीको चुनावमा त विस्तारवादका एजेण्टहरु कसरी दौडधुप गरे । त्यसैले साम्राज्यवादी र विस्तारवादी शक्तिहरुले नेपाललाई आफ्नो स्वार्थ पूर्ति गर्ने मनोरम स्थान बनाउन खोजिरहेका छन । यसमा हामी सम्पूर्ण नेपाली जनता सचेत हुन आवश्यक छ ।
  • बाम एकताको सरकार त बन्न नसक्दो रहेछ हैन ?
संविधानसभामा ६२ प्रतिसत मत बामपंथीहरुको रह“दा पनि किन मिलेर जान नसकेको होला भनेर आज सवैले भन्ने गरेको सुनेको छु । तर, सवैमा बामपंथी चरित्र भैदिएको भए किन देशको यस्तो अवस्था हुने थियो ? आफुलाई कम्युनिष्ट भन्ने तर काग्रेसले भन्दा पनि तल्लो दर्जाको राष्ट्रघाती र जनघाती काम गर्न तयार हुने प्रवृतिलेनै बामपंथी आन्दोलनलाई दिग्भ्रमित पारेको अवस्था देख्छु मैले । जहा“ सम्म बामपंथी सरकारको कुरा छ, अहिले त्यो अवस्था बन्ला जस्तो लाग्दैन ।
  • ए माओवादीका पछिल्ला गतिविधीलाई कसरी हेर्नु हुन्छ ?
बैचारिक हिसावले ए माओवादीको यात्रा संशोधनवाद तर्फ दौडिरहेको छ । एक्काईसौ सताव्दीको जनवादलाई आत्मसाथ गर्नु, बर्ग संघर्ष प्रतिको मोह भंग हुनु, खुल्ला अर्थ तन्त्रलाई स्वीकार गर्नु, पथप्रदशक सिद्धान्तमा समेत स्पस्ट नीति बनाउन नसक्नु आदी उनिहरुको संशोधनवादी यात्राको पहिचानहरु हुन । जहा“सम्म उनिहरुको व्यवहारको कुरा छ, उनिहरु अहिले पनि उग्रबामपंथी सो“च र चिन्तनबाट ग्रसित छन । अराजकतावादी गतिविधीमा तल्लिन छन । त्यहा“ भित्र अनेकौं प्रकारका विकृतिहरु मौलाईरहेका छन । पार्टीका ईमान्दार कार्यकर्ता पाखालाग्ने र अवसरको लागि झुम्मिएका दरबारीया देखि घरबारीया सम्मका अवसरवादी व्याक्तिहरुको बोलवाला हुने अवस्था देखिएको छ । त्यो कुरा त स्वयं ए माओवादीको नेताहरुले नै खुल्ला बोल्दै हिडेका छन ।
  • सार्थक संविधानको लागि नेकपा (एकीकृत) ले चलाएको जन दबाब अभियान कहा“ पुग्यो ?
हाम्रो अभियान निरन्तर जारी रहेको छ । संविधान नबन्दा सम्म यो अभियानले निरन्तरता पाउने छ । विगतमा पनि तोकिएको समयमा सार्थक संविधान निर्माणको लागि जनदबाब अभियान चलायौं । मेची महाकाली मोटर साइकल र्याली गर्यौं । अभियानमा विभिन्न कार्यक्रमहरु संचालन गरियो । तर, जेठ १४ गते संविधान बनेन । पार्टीको केन्द्रीय समितिले फेरी निर्णय गरेर असार १ गते देखि अवध–भोजपुरा र तमुवान प्रदेशबाट जनदबाब अभियानको शुरुवात भै सकेको छ । अबको केन्द्रीय समितिको बैठकमा विगतमा संचालित अभियानको समिक्षा गरिनेछ र अझ व्यवस्थित ढंगले यो अभियानलाई देशव्यापी बनाउने योजनामा छौ । जसले सार्थक संविधान निर्माण गर्न बल पुग्ने छ ।
  • जनदबाब अभियानमा कस्ता कार्यक्रमहरु छन त ?
विभिन्न कार्यक्रमहरु संचालित छन । प्रचा वितरण, माईकिङ, कोण सभा, सभा, अन्तरक्रिया, साईकल तथा मोटरसाईकल र्याली, जुलुस, गोष्ठि, जनभेटघाट, वालपेन्टिङ आदी जस्ता कार्यक्रमहरु छन ।
  • यो सार्थक संविधान भनेको के हो ?
आत्मनिर्णयको सिद्धान्तको आधारमा जातीय÷क्ष्ँेत्रीय स्वशासन सहीतको संघीय गणतन्त्रको स्थापना, सम्पूर्ण निर्वाचित निकायहरुमा प्रत्याआव्हानको अनिवार्य व्यवस्था, शिक्ष्ाँ, स्वास्थ, रोजगार, सामाजिक सुरक्ष्ाँ लगाएतका विषयहरुलाई राज्यको अनिवार्य दायीत्व, किसान र मजदुर बर्गबाट राज्यमा विशेष प्रतिनिधित्वका व्यवस्था र राज्यको सवैतह र प्रकृयाहरुमा शोषित पिडित बर्ग, उत्पीडित समुदाय, जात–जाती, आदिवासी÷जनजाती, दुर्गम क्षेत्र र तराईवासी लगाएत सम्पूर्ण क्ष्ँेत्र र लिङगको समावेशी, सहभागितामुलक र समानुपातिक प्रतिनिधित्वको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागु, वर्तमान सुरक्षा नीतिको खारेजी र जन सुरक्षा नीतिको लाग, समाजवाद उन्मुख अर्थ व्यवस्थाको अनिवार्यता, पुरानो सम्पूर्ण असमान सन्धी संझौताको खारेजी र समानताको आधारमा अन्तराष्ट्रिय सम्वन्धको विस्तार र व्यवस्थापन । राष्ट्रिय स्वाधीनताको निम्ति ठोस नीति निर्माण आदी विषयहरुलाई अव बन्ने संविधानले अनिवार्य रुपमा समावेश गरिनु पर्दछ अनिमात्र अव बन्ने संविधान सार्थक बन्नेछ भन्ने हाम्रो पार्टीको मान्यता रहेको छ ।
  • अन्त्यमा केही भन्नु छ ?
तपाईलाई धन्यवाद, पार्टीको विचारलाई राख्ने अवसर दिनुभयो । थप गरिएको समयमा सार्थक संधिवान निर्माणको लागि दबाब सृजना गर्न तपाई पत्रकारहरु पनि लाग्नु पर्ने भयो । सवैे एकतावद्ध बनौ ।





Thursday, September 9, 2010

युवा समस्या, विचारधारात्मक चिन्तन र आन्दोलनको दिशा

नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) को मुखपत्र
“युवा कम्युनिष्ट”
बर्ष– ४, अंक १
भाद्र

युवा समस्या, विचारधारात्मक चिन्तन र आन्दोलनको दिशा
१. आरम्भमा ः
हामी सहि युवा आन्दोलनको कुरा गरिरहेका छौं । हामीले समाजलाई अग्रगामी दिशा तर्फ रुपान्तरण गर्न खोजिरहेका छौं । शोषणलाई अन्त्य गर्नु हाम्रो चाहना हो, यो युगलाई बदल्नु हाम्रो लक्ष्य हो । त्यसैले, हाम्रो पहल प्रतिगामी, यथास्थितिवादी, सुधारवादी र अराजकतावादी धरातलबाट युवा संगठन र आन्दोलनलाई मुक्त बनाउन चाहन्छौं ।

२. युवा समस्याहरु र के गर्ने ः
हामीले देखिरहेका छौं, आज युवाहरुको मुख्य समस्या भनेको शिक्षा, स्वास्थ्य, रोजगार, सा“स्कृतिक र सामाजिक सुरक्षाको हो । रँज्यले शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा जस्ता प्रश्नहरुलाई आफ्नो अनिवार्य दायीत्व भित्र राखेर यसको पक्षमा भुमिका खेल्नु पर्ने थियो । तर, त्यो हुन सकिरहेको छैन ।
शिक्षा,
देशको शिक्षा नीति अत्यन्त नाजुक अवस्थाको छ । देशमा सर्वसुलभ शिक्षा छैन । भएको शिक्षा पनि वैज्ञानिक र व्यवहारिक छैन । त्यो, सिमित उच्च तह र बर्गको पउ“चमा र सहर केन्द्रीत मात्र छ । देशका ७२ प्रतिसत मानिसहरु शिक्षाबाट बन्चित छन । त्यसको लागि पुरानो शैक्षिक नीतिलाई बदल्ने, पुरानो शैक्षिक व्यवस्थालाई बदल्ने, पुरानो शैक्षिक पद्धतीलाई खारेज गर्ने, पुरानो अध्यापन नीतिलाई पूर्णरुपमा बदल्ने र नया“ शैक्षिक व्यवस्था, नया“ पद्धती, नया“ शिक्षा नीतिलाई उत्पादन मुलक, बैज्ञानिक र व्यवहारिक बनाउन जोड गर्ने र त्यसको लागि संघर्ष गर्नु पर्दछ ।
स्वास्थ्य,
स्वाथ्यको अवस्था पनि त्यही प्रकारको छ । नेपालको वर्तमान स्वास्थ्य नीति खराब छ । भएका स्वाथ्य केन्द्रहरु शहर केन्द्रीत मात्र छ । शहरमा केन्द्रीत भएका स्वास्थ्य केन्द्रहरु पनि निकै मह“गो छ । त्यसैले आम नेपाली जनता स्वास्थ्य उपचारको पउ“चमा छैनन । मानिस, युवा अवस्थामा पुगी नसक्दै उ अनेकौ रोगले ग्रस्त बनिसकेको हुन्छ । शारिरीक अस्वस्थताको कारणले गर्दा उ मानसिक रुपमा पनि निकै कमजोर बनिसकेको हुन्छ । यस्तो अवस्थामा उसले आफ्नो, घरपरिवारको, समाजको र देशको लागि केही काम गर्न नसक्ने अवस्थामा रहन्छ । यहि स्थिति आज नेपालमा विद्धमान रहेको छ । त्यसैले, स्वास्थ्यलाई जनमुखी बनाउन जोड दिनु, यसलाई राज्यको अनिवार्य दायीत्व भित्र राख्न पहल प्रयत्न गर्नु, यसको सर्वसुलभतामा जोड दिनको लागि पहल गर्नु पर्दछ ।
रोजगार,
अर्को, समस्या भनेको रोजगारीको हो । यो समस्या पनि युवाहरुको लागि निकै ज्वलन्त बनेको छ । देशमा सरकारले रोजगारीको व्यवस्था मिलाउन सकिरहेको छैन । त्यसैले, लाखौं युवाहरु विश्वका विभिन्न मुलुकहरुमा पलाएन भैसकेका छन । दैनिक हजारौं युवाहरु आज पनि आफ्नो देश छोडेर विदेशमा पलाएन हुने क्रम तिर्व बनिरहेको छ । नत, युवाहरुको जिवन विदेशमा सुरक्षित छ, न उनिहरुले त्यह“ा राम्रो काम पाईरहेका छन, न त्यहा“ उनिहरुको सामाजिक मर्यादा छ । यसरी, आज नेपाली युवाहरुले नया“ जोस, जा“गर, बल र उत्साहलाई विदेशी भुमिमा पोखिरहेका छन । अतः सम्पूर्ण विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमा फर्काउने नीति बनाउनु पर्दछ । नेपाली युवाहरुले नया“ जोस, जा“गर, बल र उत्साहलाइ लाई देशमै लगाउनको लागि रोजगारको व्यवस्था मिलाउनको लागि पहल गर्नु पर्दछ । बैज्ञानिक र व्यवहारिक रोजगारको खोजीमा लाग्न पहल र प्रयत्न गर्नु पर्दछ , आदी ।
स“ास्कृतिक,
नेपाली युवाहरुमा सा“स्कृतिक समस्या पनि अर्को मुलभुत समस्या हो । साम्राज्यवादी, विस्तारवादी, पु“जीवादी र सामन्तवादी सा“स्कृतिक धरातलले हाम्रो देशलाई निकै गा“जेको छ । आज एकातिर, पश्चिमेली पु“जीवादी पाश्चात्य संस्कृतिले युवाहरुलाई उपभोक्तावाद, उदण्डता, चमत्कार र ध्वंस, छाडा सेक्स र पाश्चात्य संस्कृति, व्याक्तिवाद, शोषण र पु“जीमा आधारित बन्न अभिप्रेरित बनाईरहेको छ भने अर्कोतिर, सामन्तवादी संस्कृतिले पूर्वजन्म, यसजन्म, पुर्नजन्म, छुवाछुत, रहस्यवाद, अवतारवाद र भाग्यवाद, वंशको श्रखला, रुडिवाद, अलौकिकवाद जस्ता संस्कृतिले पनि नेपाली युवाहरुलाई दिग्भ्रमित पारिरहेको अवस्था कायम छ । अतः भौतिक परिस्थितिमा आधारित, उत्पादन प्रणालीस“ग आधारित, जनताको आन्दोलनस“ग आधारित, सहि व्यवहार सम्उन्नत विचार स“ग आधारित, आमुल परिवर्तन र रुपान्तरणमा आधारित, श्रम प्रति प्रेम र शोषण प्रति विरोधमा आधारित जनवादी तथा समाजवादी सा“स्कृतिक मुल्य मान्यतालाई स्थापनार्थ जोड दिनु ।
सामाजिक सुरक्षा,
यसको साथै सामाजिक सुरक्षाको प्रश्न पनि आज जटिल मोडमा रहेको समस्या हो । जुनसुकै मुलुकमा पनि जनताले शान्तिपुर्वक बस्न र बा“च्न पाउने उसको अधिकार हो । तर, आज नेपालको सामाजिक सुरक्षाको प्रश्न पनि निकै खलबलिएको अवस्थामा छ । समाजमा हत्या, हिंसा, अपहरण, लुटपाट, चोरी, डकैती जस्ता क्रियाकलापहरुले जोर पक्रेको छ । जसको कारणले गर्दा नेपाली जनता र युवाहरुको सामाजिक जिवन निकै प्रताडित बनेको छ ।

३. युवा आन्दोलनमा विचारधारात्मक चिन्तन ः
उत्पादन प्रणालीको विकाशको क्रममा उत्पादक शक्तिको पनि विकाश र परिवर्तन हुदै जान्छ । त्यस अनुशार मानिसको उत्पादन सम्वन्ध र उनिहरुको आर्थिक सम्वन्ध पनि बदलिदै जान्छ । त्यही प्रक्रियामा मानिसको राजनीतिक, सामाजिक, सा“स्कृतिक चेतनाहरु पनि बदलिदै जान्छ । राम्रो र नराम्रो, सहि र गलत पक्षहरुको पनि समाजमा देखा पर्दै जान्छ । त्यसैले युवा आन्दोलन शहि ढंगले अगाडि बढाउनको लागि आन्दोलनको विचारधारात्मक पक्षलाई पनि राम्रो गरि बुझ्न आवश्यक छ र सहि विचारको पक्षमा आफुलाई समाहित गर्न जरुरी छ । जुनकुरा क्रान्तिकारी युवा आन्दोलनको मुख्य कडि हुन जान्छ । हाल नेपालको युवा आन्दोलनमा मुख्यत ः ३ ओटा विचारधारात्मक पक्षमा युवा आन्दोलन क्रियाशिल रहेका छन ।

प्रतिक्रियावादी चिन्तन,
यसमा प्रतिगामी र यथास्थितिवादी विचारधारात्मक पक्ष छन । युवा आन्दोलनमा यतिवेला प्रतिगामीको अवस्था कमजोर रहेको छ । खासगरी गत ०६२÷६३ को ऐतिहा“सिक जन आन्दोलनको बलबाट राजतन्त्रको औपचारिक अन्त्य पछि यो धाराको खासै चर्चा छैन । तर, आज पनि यो वैचारिक पक्षमा यथास्थितिवादको चलखेल देखिन्छ । यसको मुख्य अभिष्ट भनेको आज विद्धमान रहेको दलाल, नोकरशाह, पु“जिपती तथा सामन्तवर्गको राज्य सत्तालाई टिकाई राख्नु हो । यसको अर्थ यथास्थितिवादको पक्षपोषण गर्नु हो । यसले युवा आन्दोलनलाई अग्रगामी दिशामा जान नदिन भुमिका खेलिरहेको हुन्छ । यसले विद्धमान रहेको दमन, शोषण, उत्पीडन, भेदभावलाई कायमै राख्न चाहन्छ । प्रतिक्रियावादी राज्य सत्तालाई टिकाईराख्न यसले बारम्वार गुण्डागर्दी गर्दछ । साम्राज्यवाद विस्तारवादको दलाली गर्ने काम गर्दछ । यो पक्ष सामन्त, दलाल नोकरशाह, पु“जिपती बर्गको निरन्तर सेवामा लागिरहेको छ । यसको सस्थागत प्रतिनिधित्व मुख्य नेपाल तरुण दलले गरेको छ । आफुलाई नेपाली काग्रेसको भातृ संगठनको रुपमा चिनाउने यो युवा संगठनले मुख्य यथास्थितिवादको पक्षपोषण गर्दछ र प्रतिक्रियावादी राज्य सत्ताको टिकाई राख्न भुमिका खेल्दछ । लगाएत अन्य कतिपय स साना युवा संगठनहरु पनि यसमा क्रियाशिल रहेका छन । यसले युवा आन्दोलनलाई अग्रगामी दिशामा लैजान अवरोध सृजना गरिरहेको छ । यसबाट सवै युवाहरु स्पस्ट हुन आवश्यक छ ।

सुधारवादी चिन्तन,
यो विचारधारात्मक पक्षको सैद्धान्तिक नेतृत्व दक्षिणपंथी अवसरवादले गर्दछ । यो विचारधारा सहि क्रान्तिकारी विचारधारा स“ग नजिक देखिएको भएता पनि यसले अन्त्यतः तिनै दलाल, नोकरशाह तथा पुजिपती बर्गको सेवामा नै लागेको हुन्छ । प्रतिक्रियावादी राज्यसत्ताको संरक्षणमा नै यो धारा क्रियाशिल रहेको पाईन्छ । यसको मुख्य अभिष्ट सुधारवाद हो । सामान्य सुधारलेनै युवा समस्याहरुलाई समाधान गर्न सकिन्छ भन्ने यसको मुल दृष्टिकोण हो । यसले बर्ग संघर्ष, सर्वहारावर्गको अधिनायकत्व, महान सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल्य÷मान्यतालाई तिलाञ्जली दिएको हुन्छ । बर्तमान प्रकृतिको चुनावबाट नै सवै कुराको हल गर्न सकिन्छ भन्ने यसको मान्यता रहेको छ । सरकार, सत्ता, कुर्सी, पदको लागि यो चिन्तन मरिहत्य गरेर लागेको हुन्छ । साम्राज्यवाद, विस्तारवाद, सामन्तवादस“ग सा“ठगा“ठ नगरीकन आफ्नो स्वर्थ पुर्ती नहुने भएकोले यसले जहिल पनि साम्राज्यवाद, विस्तारवाद र सामन्तवादस“को आत्मसमर्पण, उनिहरुको दलाली गर्दछ । जो नेपालको सन्दर्भ पनि ताजै छ । तत्कालिन तथा दिर्घकालिन विषयहरुको छिनोफानोमा पनि यसको चरित्र ढुलमुल, अस्पस्ट र अवसरवादी प्रकारको हुन्छ, त्यसैले यसले जहिले राष्ट्रघाती तथा जनघाती कामको पक्षपोषण गरिरहेको हुन्छ । नेपालको सन्दर्भमा प्रजातान्त्रिक युवा संघ, नेपाल (हालको युवा संघ, नेपाल) ले यो विचारधाराको नेतृत्व गरिरहेको छ । यसमा अन्य कतिपय युवा संगठनहरु पनि क्रियाशिल रहेको पाईन्छ । यसले युवाहरुको जोस, जा“गर, उत्साह÷उमङ्गलाई नष्ट पारी युवा आन्दालनलाई सुधारवादमा लगेर फसाउ“छ । संसदीय गोलचक्करमा युवा आन्दोलनलाई केन्द्रीत गर्दछ । त्यसैले सुधारवादी विचारधाराको बारेमा सवै युवाहरु स्पस्ट हुन आवश्यक छ । यसले नेपाली क्रान्तिकारी आन्दोलनलाई अवरोध सृजना गरिरहेको हुन्छ । यो धारा युवा आन्दोलन र युवा मुक्तीको लागि अवरोधक रहेको छ । त्यसैले यसबाट स्पस्ट हु“दै, सहि क्रान्तिकारी युवा आन्दोलनमा समाहित हुन आवश्यकता छ ।

अराजकतावादी चिन्तन,
क्रान्तिकारी युवा आन्दोलनमा अर्को खतरनाक प्रवृतिको नेतृत्व अराजकतावादी विचारधारले गरेको छ । यसको सैद्धान्तिक नेतृत्व “उग्रबामपंथी” चिन्तनले गरेको हुन्छ । यसले ठोस परिस्थितिको ठोस विष्लेषण गर्न सक्दैन । अराजकतावादी गतिविधी यसको चारित्रिक पहिचान हो । उग्रवामपंथी भड्कावको पतन दक्षिणपंथी असरवादमानै हुने भएकोले क्रमशः यसले पनि बर्ग संघर्षलाई तिलाञ्जली, सर्वहारावर्ग अधिनायकत्वलाई तिलाञ्जली, महान सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल्य÷मान्यतालाई तिलाञ्जली दिदै अगाडि बढिरहेको हुन्छ । नया“ जनवादी क्रान्तिको नीति देखाउनको लागि मात्र प्रयोग गरिन्छ । यो प्रवृति पनि सरकार, कुर्सी, पद ÷प्रतिष्ठा को लागि लालाहित हुने भएकोले यसले साम्राज्यवाद, विस्तारवाद र सामान्तवादस“गको सम्वन्धलाई सुधार गर्दै अगाडि बढिरहेको छ । यसको नेतृत्व आज योङ कम्युनिष्ट लिंग ले गरेको छ ।

क्रान्तिकारी चिन्तन,
युवाहरुको समस्यालाई ठोस ढंगले पहिचान गरेर आमुल परिवर्तकारी आन्दोलनकै बलमा युवाहरुको समस्यालाई समाधान गर्न क्रान्तिकारी चिन्तन लागि परेको हुन्छ । यसले साम्राज्यवाद, विस्तारवाद, सामन्तवादको विरुद्धमा सधै संघर्षमा जोडदिन्छ । सामन्त, दलाल तथा नोकरशाह पु“जिपती बर्गको राज्यसत्तालाई खतम पारेर नया“ जनवादी राज्यसत्ताको स्थापनामा जोड दिन्छ । क्रान्तिकारी आन्दोलनको सधै सहयोगी भुमिका खेििलरहेको हुन्छ । यसले समाजमा हुने सवैखाले शोषण, दमन र उत्पीडनको अन्त्यको लागि संघर्षमा जोड दिनु पर्ने कुरामा विश्वास राख्दछ । माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पदप्रदशक सिद्धान्त मान्दै, नया“ जनवादी क्रान्ति, सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्य सत्ताको स्थापना, महान सर्वहारा सा“स्कृतिक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको हुन्छ । यसले ठोस परिस्थितिको ठोस विष्लेषण गर्दै आफ्नो क्रान्तिकारी युवा आन्दोलनलाई अगाडि बढाईरहेको हुन्छ । क्रान्तिकारी नीति, सिद्धान्त, दर्शनलाई आत्मसाथ गर्नु यसको चारित्रिक विषेशता हो । शोषण प्रति घृणा र श्रम प्रतिको प्रेमलाई आत्मसाथ गर्दछ ।

यस प्रकारको क्रान्तिकारी चिन्तनले मात्र युवा आन्दोलनलाई सहि ढंगले नेतृत्व प्रधान गर्न सक्दछ । युवाहरुको समस्याहरुलाई सहि ढंगले समाधान गर्न भुमिका खेल्न सक्दछ । त्यसैल्ो, यस प्रकारको क्रान्तिकारी चिन्तनले लेस भएको युवा संगठनको निर्माण आजको आवश्यकता हो । सामन्यतः यो भुमिकालाई हेर्दा आज नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) त्यो दिशामा परिचालित भएको छ । यो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को सहायक संगठन भएकोले पनि यसको क्रान्तिकारी दायीत्व झन बढेर जाने कुरा स्वतहः सिद्ध छ । त्यसको विकाश, विस्तार, रुपान्तरणको लागि धेरै काम गर्न अझै पनि आवश्यक छ । यसको भुमिकालाई देशका सम्पूर्ण भागका युवाहरुलाई पहिचान दिलाउन र संगठन विस्तारमा जोड दिन अझै बा“की छ । निश्चयनै यो भुमिकाहरुलाई पुरा गर्न क्रान्तिकारी चिन्तन बोकेको नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) सफल हुनेनै छ । त्यसको लागि संगठनमा लागेका सवै नेता कार्यकर्ता जिम्मेवारी बोधका साथ लाग्नु आजको परिवेशले माग गरेको यर्थाथता र दायीत्वबोध हो ।

४. क्रान्तिकारी युवा आन्दोलनको निम्ति तत्काल गर्नु पर्ने कामहरु ः
युवाहरुलाई ठोस ढंगले मुलुकको बारेमा चिन्ता गर्ने र आमुल परिवर्तनकारी आन्दोलनमा समाहित हुने दिशा प्रवाहित गर्न अनिवार्य रहेको विषय हो । त्यसको लागि तत्कालमा केहि कामलाई सुचिकृत गरेर अगाडि बढाउन आवश्यक छ ।
विचारधारात्मक काम ः
क) नियमित प्रशिक्षण कार्यक्रम संचालन गर्न ध्यान दिनु , ख) देशका केन्द्र, प्रदेश, जिल्ला, एरिया, गा“उ÷नगर र टोलहरुमा पुस्तकालय र वाचनालयहरुको व्यवस्थापन गर्न जोड दिनु, ग) व्यापक रुपमा युवाहरुलाई साहित्य, राजनीति, अर्थनीति, दर्शन, कला आदीको विषयमा स्वअध्ययनलाई प्रशय दिने, घ) आवश्यक पाठ्य साम्रागीको तयार पार्ने र नियमित तल पठाउन ध्यान दिने, ङ) संगठनको मुखपत्र, बुलेटिन आदी जस्ता प्रकाशनहरुलाई नियमित बनाउने, च) विश्व स्तरमा संचालन भएका क्रान्तिकारी आन्दोलन स“ग सम्वन्धित पाठ्य सामाग्रीहरुको अध्ययनमा जोड दिने, छ) नियमित प्रशिक्षणमा जोड दिने, आदी ।
संगठनात्मक काम ः
क) संगठनहरुको प्रचारात्मक कामले ल्याएको अनुकुलतालाई तुरुन्त संगठनात्मक शक्तिमा बदल्न प्रयत्न गर्ने, ख) युवा पूर्णकालिन कार्यकर्ता निर्माणमा व्यापक जोड दिने, ग) व्यापक युवा पूर्णकालिन कार्यकर्ताको परिचालन, रेखदेख, र विस्तारमा जोड दिने, घ) आम जनतालाई साधारण सदस्यमा, साधारण सदस्यलाई संगठित सदस्यमा, संगठित सदस्यलाई अगुवा कार्यकर्तामा, अगुवा कार्यकर्तालाई पूर्णकालिन कार्यकर्तामा बदल्न मुख्य ध्यान दिने, ङ) नियमित सम्मेलन, भेला, बैठक आदी जस्ता कामको निरन्तरतामा जोड, आदी ।
संघर्ष सम्वन्धी काम ः
क) सम्राज्यवाद, विस्तारवाद, सामन्तवाद विरुद्धको संघर्षमा व्यापक जोड दिनु, ख) पु“जीवाद, यथास्थितिवाद र संङ्क्रिणवाद विरुद्धको संघर्षमा जोड, ग) सुधारवाद तथा अराजकतावाद विरुद्धको संघर्षमा जोड दिनु, घ) राष्ट्रियता, जनअधिकार तथा जनजिविकाको पक्षमा हुने संघर्षमा भाग लिनु र नेतृत्व गर्नु, ङ) सामाजिक तथा सा“स्कृतिक रुपान्तरणको निम्ति हुने संघर्षमा भाग लिनु र नेतृत्व गर्नु, च) शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको निम्ति चल्ने संघर्षमा भाग लिनु र त्यसको नेतृत्व गर्नु, छ) रचनात्मक, सृजनात्मक क्रियाकलाप, र जनवादी सुधार अभियानलाई तिर्वता दिनु र त्यसको लागि संघर्ष गर्नु , आदी ।

५. क्रान्तिकारी युवा आन्दोलनले अनुशरण गर्नुपर्ने कुराहरु ः
क) कडा मेहनत गर्नु, मुख्य कुराहरु बुझ्नु, सहि विषयहरु छान्नु र त्यसमा विशेषज्ञ बन्न पहल गर्नु, ख) कडा मेहनत गर्नु, राम्रो योजना बनउनु, मुख्य विषयहरुमा ध्यान केन्द्रीत गर्नु र आफु व्यवस्थित बन्नु, ग) अध्ययनलाई कामस“ग गास्नु, समय, स्थान र परिस्थितिको उचित मुल्याङ्कन गर्नु, घ) कामको बारम्वार मुल्याङ्कन÷सिमाहलोकन गर्नु, ङ) नया“ नया“ कुराहरु पत्ता लगाउनु, सृजना गर्नु र त्यसलाई व्यवहारमा लागु गर्नु, च) आफ्नो र अरुको गलत विचारहरुको विरुद्ध संघर्ष गर्न सिद्धान्तनिष्ट बन्नु, छ) कामहरुको असल कुराहरुलाई प्रयोग गर्नु र कमजोरीहरुलाई सच्चयाउनु, ज) जनताबाट अलग नहुनु, जनताबाट सिक्नु र जनतालाई सिकाउनु, झ) जनतालाई सधै मद्धत गर्नु र सामुहिक जिवन विताउन सधै कोशिस गर्नुृ, ञ) अध्ययन अनुसन्धानलाई ध्यान दिनु र अनुशासनको सधै पालना गर्नु, ट) तन्दुरुस्त बन्न ध्यान दिनु र नियमित व्यायमहरु गर्नु, ठ) श्रम प्रतिको आस्था र शोषण प्रतिको घृणालाई दृढ बनाउनु, आदी । जुन विषयहरुमा कामरेड माओले व्यापक चर्चा गर्नु भएको थियो ।

समापनमा,
ठेगान गरिएको समयमा त संविधान बनेननै । थपिएको समयमा पनि नया“ अग्रगामी सार्थक संविधान बन्ने कुनै आधार छैन । आफुलाई ठुला भनाउदा पार्टीहरु संविधान बनाउनमा भन्दा सत्ता, सरकार र कुर्सीको लागि मरिहत्य गरिरहेका छन । देशको राजनीतिक संक्रमणको फाईदा उठाउनको लागि साम्राज्यवादी तथा विस्तारवादी झन कम्मर कसेर लागेका छन । उनिहरुको चलखेल तिर्व ढंगले बढेको छ । दिनहु“ सिमा मिचिएको छ । राष्ट्रियताको समस्या गम्भिर बनेको छ । हत्या, हिङ्सा, अराजकता, असान्ती बढेको छ । यस्तो अवस्थामा हामी सवै नेपाली युवाहरु बर्तमानमा थोपरिएका समस्याहरुलाई समाधान गर्न फेरी एकपटक एकतावद्ध हुन आवश्यकता छ । फेरी एक पटक आन्दोलनको आ“धी बेहरी सृजना गर्न जरुरी छ । जनताको अनेक समस्याहरुलाई बेवास्था गर्दै कुर्सीको लागि मरिहत्य गर्ने दल र नेताहरुलाई खवरदारी गर्नु पर्ने बेला भएको छ । त्यसैले थप गरिएको समयमा सार्थक संविधान निर्माणको लागि सवै एकतावद्ध बनौं । फेरी एकपटक आ–आफ्नो स्थानबाट जुरुक्क उठौं ।



(लेखक ः– नेकपा (एकीकृत) का केन्द्रीय सदस्य तथा नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) का केन्द्रीय सल्लाहकार हुनुहुन्छ )

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...