Tuesday, June 16, 2015

भूकम्पीय विपत्ति र राष्ट्रवादी शक्तिहरुको भुमिका ः

चिरन पुन
रातो खबर साप्ताहिक
बर्ष १, अङ्क २
२०७२ असार २ बुधबार
काठमाण्डौं ।

अहिले हाम्रो मुलुक भूकम्पीय संकटमा छटपटाई रहेको छ । बैशाख १२ र त्यसयता आएको भूकम्पीय कम्पनहरुले धेरै धन जनको क्षेती भएको छ । यो प्राकृतिक विषय हो, यसलाई नत मानव समाजले टार्न सकेको छ,  न पन्छाउन नै ।  न कुनै मानवीय ताकतले यसलाई रोक्न,  छेक्न वा निश्तेज पार्न सकिन्छ । आजसम्मको विज्ञान र वैज्ञानिकहरुले यो कहिले ? कहाँ ? कत्रो ? जान्छ वा आउछ भन्ने कुरा पत्ता लगाउन सकेका छैनन । हाम्रो देश भूकम्पीय हिसावले जोखिमयुक्त छ, भन्नेकुरा बारम्वार हामीले सुन्दै आएका थियौं । तर भूकम्पीय क्षेतीलाई कम बनाउन नत सरकार जिम्मेवार देखियो, न त जनतामा सचेतनानै आउन सक्यो । प्राकृतिक हिसावले भूकम्प आउनु अनिवार्य थियो र आयो । हामी भन्न सक्छौ, अहिले नआएको भए झनै ठुलो संकट लिएर आउथ्यो । भूकम्पीय कम्पन राति नभएर दिउँस आएको छ, शनिवार आएको छ, यसलाई हामीले केवल संयोग मात्र मान्न सक्छौ । 

भूकम्पीय संकटको गर्भबाट अहिले निकै खतरनाक र षडयन्त्रमुलक नाटकहरुको मंचन हुन थालेका छन । नाटकलाई नँया भाव – भङ्गी, नयाँ पटकथा, नयाँ दृष्य र नयाँ रंग – रोगन सहीत मंचन गर्न खोजिएको भनिएता पनि कथावस्तु र पात्रहरु पुरानै हुन । नेपालीमा एउटा उखान छ, “कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भनेजस्तै संसदवादी दलहरु राष्ट्रिय सरकारको धोति समातेर पुरेतका गाई जस्तो गरी बुर्कुसी मार्न थालेकाछन । उनिहरुको लागि भूकम्पीय विपत्ति केवल देखाउने दाँत मात्र बनेको छ । सवै मिलेर जनताको पुर्नवास, उद्धार, राहत र पुर्ननिर्माणमा जोड गर्नुको सट्टा एकाएक सत्ताधारीहरु २०६४ सालदेखि बन्न नसकेको संविधान बनाउने नाममा आफ्नो कुर्सीको सौदावाजीमा लागेका छन । को राष्ट्रपति ?  को प्रधानमन्त्री ? को सभामुख ? कुन कुन पार्टी सरकारमा ? को को मन्त्री ? आदी जस्ता अनावश्यक छलफलमा केन्द्रीत छन ।

प्रधानमन्त्री शुशिल कोईरालाको नेपालमा भुकम्प गएको भारतीय प्रधानमन्त्रीबाट थाहा पाए भन्ने निर्लज्ज अभिव्यक्ति आयो । राष्ट्रिय शोक तथा संकटको बेलामा मन्त्रीहरु विदेश भ्रमणमा मस्ती छन । सरकारका जिम्मेवार पदमा रहने व्याक्तिहरु, सभासदहरु, उच्चतहकै कर्मचारीहरुको मिलेमतोमा जनतालाई राहतको लागि पठाईएको जस्तापाता, राहत सामाग्री विक्रि गरिएको तत्थ्यहरु छताछुल्ल बाहिरै आएको छ । जनताको लागि संकलित राहतहरु गोदाममै कुहिएको सन्दर्भहरु संचारमाध्यमबाट जनतामा सुचिकृत भएकै विषय छ । सरकारले घोषणा गरेका राहत भुकम्प प्रवाहित क्षेत्रका जनतामा अहिले सम्म पुग्न नसकिरहेको अवस्था छ । जस्तापाता किन्न भनि वितरण गर्ने भनिएको १५ हजार समेत आजसम्म विकट क्षेत्रका जनताको हातमा परेको पाईदैन । यतिनै बेला कमिसनखोर, भ्रष्टाचार, कालोबजारीहरुको विगविगी झनै बढेको छ । बजार भाउ किनी नसक्नु भएर महँगीएको छ । अव बर्षातको समय आईसकेको छ । दर्जनौ बस्ती र गाँउहरुमा बस्न नमिल्ने भनेर भुगर्भवीदहरुले नै भनेका छन । कालि नदीमा गएको पहिरो, पूर्वको ताम्लेजुडमा गएको पहिरो र जनधनको क्षेतीले समेत आउने समयको राम्रो गरी संकेत गरेको छ ।

यतिनै वेला देशी विदेशी साम्राज्यवादी विस्तावरवादी र प्रतिक्रियावादी शक्तिहरु भूकम्पीय संकटको भुमरीमा पैदा भएको चोर दुलाबाट पसेर ठुलो माछा समाउने दाउ देखिरहेका छन । भूकम्पीय संकटमा उद्धारको नाममा अमेरिका, भारत लगाएतका देशहरुबाट बर्दीमै सेनाको टुकुडिहरु आए ।  विभिन्न स्थानहरुमा क्याम्प राखेर बसे ।  न राहत बोक्न सक्ने नत उद्धारमै कामलाग्ने खालको जहाजहरुले सामरिक क्षेत्रहरुको  परिक्षण, निरिक्षण र अवलोकन गरेर फर्के ।  नेपाली सिमानाहरुमा बेराकतोक हेलिकप्टर उडाए । र, नेपालको सामरिक स्थलहरुको अवलोकन गरे ।  उद्धारको नाममा हवाई तथा सडक क्षेत्रहरुमा भारतीय प्लेन र गाडिहरुले दादागिरीनै चलाए, आए आफ्ना मान्छे राखे अनि कुलेलम ठोके ।  सरकार र नेपाली सुरक्षा कर्मीहरुको कमाण्ड कन्ट्रोलमा उनिहरु नरहेको तत्थ्यहरु बाहिर आयो । कतिपय जिल्लाका प्रमुख जिल्ला अधिकारीले समेत राष्ट्रिय संचार माध्यममा यो कुराको खुलासा गरे । दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टर २९ गतेको भुकम्पको बेला कसैलाई जानकारी नै नगराई उडेको अभिव्यत्ति विमानस्थलकै जिम्मेवार कर्मचारीले दिए । आदी सन्दर्भहरुलाई हेर्दा नेपालको सार्वभौमीकता माथिको खुनि परेड नेपाली जनताले टुलुटुलु हेर्नु बाहेक अरु विकल्प भएन यो समयमा ।

यसै सन्दर्भमा नेकपा माओवादीले खुल्ला मंचमै पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्दै, जेष्ठ महिना भित्र विदेशी सेनाहरु फर्कन चेतावनी दियो । संयोगनै मानौ π त्यसको भोलीपल्ट नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिले उद्धारको लागि नेपाली सेना र जनता सक्षम भएको बताउदै,  विदेशी सेनाको आवश्यकता नरहेको स्पस्ट पारे । भारतको अनियन्त्रीत गतिविधीलाई अर्को छिमेकी मुलक चीनले विज्ञप्ती नै निकालेर विरोध गर्यो  । एक एमालेको नेताले आफुमाथि त्रिभुवन विमानस्थलमा  भारतीय सेनाले देखाएको दादागिरीको विरोधमा राष्ट्रिय दैनिकमा लामो आर्टिकल छपाएर विरोध गरे । यसरी नेपालको सार्वभौमसत्ता माथि खुलेआम विदेशी सैनिकहरुको परेड र साम्राज्यवादी विस्तारवादी खुनि उदेश्यले भरिपूर्ण गतिविधीलाई नेपालको सरकार र सत्तासिन दलहरुले मुखमा चुकुल ठोकेर उनिहरुकै पाउमा लम्पसार पर्दै साम्राज्यवादी विस्तारवादी आर्शिवाद लिन तल्लिन भएको गतिविधीले एकातिर साम्राज्यवादी विस्तारवादी र अर्कोतिर नेपालको सत्ताधारी दलहरु र सरकारको चरित्रलाई झनै उदाङ्गो पारको छ ।

हाम्रो पार्टी नेकपा माओवादीले “भूकम्पीय विध्वंसलाई निर्माणमा बदलौं ! विपत्तिलाई समृद्धिको आधार बनाऔं !!”  भन्ने मुलनाराका साथ भूकम्प प्रवाहित १७ जिल्लाहरुमा जनसमुदायको उद्धार, राहत र पुनर्निर्माण अभियानमा लामवद्ध भएको छ । अहिले चौथो चरणको उद्धार, राहत र पुनर्निर्माण अभियान जारी छ । पार्टीका हजारौं युवाहरु र नेता कार्यकर्ताहरु यो अभियानमा सरिक भएका छन । पार्टीले आफ्नै ढंगले पुनर्वासको व्यवस्थापनलाई समेत अघि बढाएको छ । भूकम्पीय प्रभावले क्षेत विक्षेद भएका स्थानहरुबाट तत्काल जनतालाई पुर्नवासको व्यवस्था गर्न, भूकम्पीय प्रभावले धन जनको क्षेती बेहोरेका जनतालाई विना धितो रिण अभिलम्व उपलव्ध गराउन, र व्यवस्थित र केन्द्रीकृत ढंगले भुकम्प प्रवाहित जनतालाई राहत, उद्धार र पुनर्निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न सरकारलाई सचेत गराएको छ । साम्राज्यवादी तथा विस्तारवादी चलखेल र हस्तक्षेपलाई तत्काल बन्द गरी राष्ट्रिय स्वाधीनताको रक्षाको लागि लामवन्दी अनिवार्य देखेको छ । हालै भारत र चीनले गरेको व्यापार संझौता र त्यसले नेपाल र नेपाली भुमिमाथिको ठाडो हस्तक्षेपको विरोध र खारेज गर्नु पर्ने आवश्यकतालाई जोड दिएको छ । हामी हाम्रो देश आफ्र्रैले निर्माण गर्न सक्छौ भन्ने भावनाको विकाश र परमुखी र पराधीन चिन्तन, प्रवृतिलाई जनताको तर्फबाटै खारेज गर्नु पर्ने आवश्यकता छ ।

माओवादी आन्दोलनले अघि सारेका ऐजेण्डाहरु अहिले पनि पुरा भएका छैनन । ऐतिहाँसिक १० बर्षे जनयुद्द, ६२÷६३ को जनआन्दोलन, मद्येश आन्दोलन, जनजाति आन्दोलनसँग गरिएको संझौतालाई रड्डीको टोकरीमा मिल्काईएको छ । आफ्नो सत्ता र कुर्सी स्वार्थमा केन्द्रीत रहेर जनताको घाँटी निमोठ्ने पात्र र प्रवृतिसँग फेरी छिट्टै घनिभुत लडाईको आमन्त्रण परिस्थितिले गरेको छ । रोल्पाको ५ वुँदे सहमति र १२ वुँदे संझौता लगाएत विभिन्न समयमा गरिएका आन्दोलन र त्यससँग गरिएको संझौताहरुलाई खारेज गरेर एकलौटी आफ्नो सत्ता वैध देख्ने प्रवृतिसँग जनताले ठाड्र्रै प्रतिकार गर्न तयार रहनु वाहेक अरु कुनै विकल्प जनतासँग छैन । राष्ट्रिय संकटको परिवेशमा चोर दुलाबाट पसेर आफ्नो पुरानो सडेगलेका सत्तालाई वैधता दिने प्रपञ्चलाई जनताले कदापी स्वीकार्नु हुदैन । भूकम्पीय विपत्तिको गर्भबाट जन्मेको षडयन्त्र र अपराधीकरणलाई रोक्न शिरमा कफन वाँधेर फेरी शसक्त आन्दोलनको तयारीमा लाग्नु वाहेक राष्ट्रवादी शक्तिहरुको अगाडि अरुकुनै भुमिका र विकल्प छैन ।

धन्यवाद !

एकीकृत जन क्रान्ति र गाँउ शहरको सम्वन्ध ः


चिरन पुन
नेपाल कम्युनिष्ट पार्टी माओवादीको 
मुखपत्र  जनक्रान्ति
बर्ष १, अंङ्क १
२०७२ जेष्ठ ।
 
 विषय प्रवेश ः
 “क्रान्तिकारी सिद्धान्त नभैकन कुनै पनि क्रान्तिकारी आन्दोलन चल्न सक्दैन । सवभन्दा समउन्नत सिद्धान्तबाट निर्देशित हुने पार्टीले मात्र अगुवा योद्धाको भुमिकालाई पुरा गर्न सक्छ” “चुनिएको रचनाहरु, अंग्रजी संस्करण, मास्को १९४७, भाग १ पृष्ठ १६३ — १६४ क. लेनिन” । हाम्रो पार्टीले विश्व कम्युनिष्ट आन्दोलनका महान नेता क. लेनिनले राख्नु भएको यो भनाईलाई आत्मसाथ गर्दै अगाडि बढेको छ । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी माक्र्सवाद — लेनिनवाद — माओवादको  दार्शनिक आलोकमा नेपाली सर्वहारा बर्गको अग्रदस्ता हो । नयाँ जनवादी, समाजवादी र साम्यवादी राज्यसत्ता स्थापना गर्न बलप्रयोगको सिद्धान्तलाई  स्वीकार्ने क्रान्तिकारी पार्टी हो । सवै प्रकारका सुधारवाद, संशोधनवाद, अवसरवाद, तथा प्रतिक्रियावादका विरुद्ध संघर्ष गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने वैज्ञानिक र सर्वहारा वर्गीय आन्दोलनको संभाहक हो ।

आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा क. लेनिनले भन्नु भए जस्तै “ठोस परिस्थितिको ठोस विश्लेषण” गरेर नेपाली जनवादी क्रान्तिको निम्ती सहि नीति, सिद्धान्त, कार्यदिशा र कार्ययोजना बोकेको क्रान्तिको अभियानता हो । जडुसुत्रवाद, सारसंग्रहवाद, व्याक्तिवाद, मनोगतवाद, अनुभववाद, व्यवहारवाद र परम्परावादबाट मुक्त क्रान्तिको अगुवा योद्धा हो ।
 
 क्रान्तिको लागि एकीकृत जन क्रान्तिको कार्यदिशा ः
 २०७१ साल पुस २३ देखि २६ गते सम्म दाङको तुल्सीपुरमा ऐतिहाँसिक प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरेर “एकीकृत जन क्रान्तिको कार्यदिशा” सर्वसम्वत रुपमा पारीत गरिएको छ । हाम्रो पार्टीले “एकीकृत जन क्रान्तिको कार्यदिशा” को आधारमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने महान र गौरवशाली योजना बनाएको छ ।

 “क्रान्तिको लागि कार्यदिशा हरेक देशमा मौलिक हुन्छ र हुनु पर्दछ । यसको मतलव विश्वक्रान्तिसँग सम्वन्ध नै नराख्ने मौलिक नभई बैज्ञानिक समाजवादलाई भिन्न भिन्न देशमा लागू गर्दा प्रयोग हुने मौलिकता भन्न खोजिएको हो । पेरिस कम्युन भन्दा फरक रुसमा, रुसमा भन्दा फरक चीनमा, चीनमा भन्दा फरक क्युवामा प्रयोग मौलिकताको विषय हो” ऐतिहाँसिक प्रथम राष्ट्रिय सम्मेलनद्धारा पारीत “राजनैतिक प्रतिवेदन पृष्ठ ३३ अन्तिम प्याराग्राफ नेपाल कम्युनिष्ट पार्टी माओवादी” मा यो कुरा उल्लेख गरिएको  छ ।

यसको स्वभावीक अर्थ र महत्व के हुन्छ भने, हामी हाम्रो देशको राजनैतिक परिवेशको सापेक्षतामा कार्यदिशा निमार्ण गर्न स्वतन्त्र हुन्छौ र देशको वस्तुगत परिस्थितिको अनुकुलतामा निमार्ण गरिएको कार्यदिशा “एकीकृत जन क्रान्तिको कार्यदिशा” को आधारमा नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने अनिवार्य ठान्छौ ।  त्यसैले “एकीकृत जन क्रान्तिको कार्यदिशा” नेपालको जनवादी क्रान्तिलाई सम्पन्न गर्ने ऐतिहाँसिक कार्यदिशा हो । “एकीकृत जन क्रान्तिको कार्यदिशा” जन विद्रोह र जनयुद्धको निरन्तरता र उत्कर्ष सहित विकाश गर्न लागिएको कार्यदिशाको नेपाली आयाम हो । आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनैतिक परिवेशले सृजना गरेको वस्तुनिष्ट र बैज्ञानिक समृद्धि हो । विश्वका क्रान्तिकारीहरुले संचालन गरेका सफल तथा असफल क्रान्तिका अनुभवहरुको  दार्शनिक तथा सृजनात्मक उपज हो । नेपाली समाज र आजको राजनीतिक विशेषताहरुलाई आत्मसाथ गर्ने सृजनात्मक विकाश र प्रयोग हो । हाम्रो देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगाएतमा भएको मौलिक परिवर्तन र रुपान्तरणहरुको द्धन्दात्मक सश्लेषण हो । क्रान्तिको सार्वभौम चरित्र र नेपालको मौलिक धरातलमा “सार र रुप” पक्षको समस्टिगत विश्लेषण हो “एकीकृत जन क्रान्तिको कार्यदिशा” ।

नेपाली अर्थ राजनीतिका मौलिक विशेषताहरु भित्र गाँउ र सहरको अन्तरसम्वन्ध ः
“कार्यदिशा सही हुनु र नहुनुले नै सवै कुराको फैसला गर्दछ” क माओको यो भनाई अत्यन्तै महत्वपूर्ण र सान्दर्भभिक छ । रुसमा जन विद्रोहको कार्यदिशा समयानुकल थियो जसको आधारमा वोल्सेविक पार्टीको नेतृत्वमा सन् १८१६ मा अक्टुवर क्रान्ति मार्फत समाजवादी क्रान्ति सम्पन्न गरियो । दिर्घकालिन जनयुद्धको कार्यदिशाको बलमा चीन कम्युनिष्ट पार्टीले सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न गरियो । भियतनामी, क्युवा, उत्तर कोरिया, पेरु लगाएतका देशहरुमा समेत आफ्नो देशको मौलिक विशेषताको आधारमा कार्यदिशाको निमार्ण र क्रान्तिहरु अगाडि बढेका सन्दर्भहरुलाई नजरअन्दाज गर्नु राजनीतिक अपरिपक्कताको पहिचान बन्नेछ ।

हाम्रो पार्टीले आजको विश्व राजनीतिमा देखिएका नयाँ विशेषताहरु र नेपाली अर्थ राजनीतिका मौलिक विशेषताहरुलाई द्धन्दात्मक भौतिकवादी दृष्टिकोणको आधारबाट समायनुकुल निष्कर्ष निकालेको छ । जसमा धेरै विशेषताहरु पर्दछन । त्यस मध्य एउटा महत्वपूर्ण विशेषता भनेको आजको नेपाली राजनीतिमा गाँउ र सहरको अन्तरसम्वन्ध हो । क्रान्तिको निशाना गाँउ र शहर मध्य कता लगाउने ? मुख्य आधार गाँउ र शहर मध्य कहाँ हुने ? यो निकै महत्वपूर्ण प्रश्नहरु हुन । यसको सहि वस्तुनिष्ट सश्लेषण विना क्रान्ति सम्पन्न गर्न सकिदैन ।  क्रान्तिको लागि आज लागु गरिने कार्यदिशााले यो पक्षलाई आत्मसाथ नगरिकन नेपालमा जनवादी क्रान्ति सफल हुन सक्दैन । जस्तै हामीले हेर्न सक्छौ, रुसमा प्रयोग र सफल भएको शसस्त्र जनविद्रोहको कार्यदिशाको मुख्य केन्द्र शहर थियो , किनकी रुसमा शहरको विकाश र विस्तारको चरण धेरै उच्चतहमा पुगिसकेको थियो । चीनमा प्रयोग र सफल भएको दिर्घकालिन जनयुद्धको कार्यदिशाको केन्द्रीय विन्दु गाँउ थियो । चीन गाँउ गाँउले भरिएको देश थियो । शहरको विकाश र विस्तारले गति लिएको थिएन । सिमित भएका शहरहरुमा पनि साम्राज्यवादले मुख्य अखडा बनाएको थियो । भने क्युबियन क्रान्तिको कार्यदिशाको प्रयोग आफ्नै मौलिकतामा त्रिकोणात्मक ढंगले भएको पाईन्छ ।

द्धन्दवादले प्रकृति र समाजमा हुने विकाशलाई दुई तरिकाले हेर्ने, बुझने र व्याख्या गर्ने गर्दछ, ति हुन मन्द विकाश र दु्रत विकाश । यी दुवै पक्षलाई समिश्रण गरेर हेर्दा नेपालमा गाँउ र शहरको अन्तरसम्वन्ध र विकाश आफ्नै मौलिक धरातलमा उभिएको छ । सवै प्रकारका वस्तुगत पक्ष र आयामहरुले गर्दा गाँउ र शहरको दुरी घटेको छ । सवै सम्वन्ध र सामाजिक परिवेशले गर्दा गाँउ शहर जस्तो देखिन्छ, भने शहर गाँउ जस्तो बनेको छ । आधुनिक शहरको दु्रत विकाश नभएको भए पनि देशलाई शहरीकरणले छपक्क ढाक्न थालेको छ । सुचना ÷संचार, जनसंख्या र बसोबास, आर्थिक आधार र परिचालन, साँस्कृतिक अन्तरसम्वन्ध, बजार विस्तार र सम्वन्ध, यातायात विस्तार र सम्वन्ध आदीका कारणले क्रमश गाँउ र शहरको सीमा रेखा मेटिन थालेको छ ।

अहिले सम्मको विज्ञान र द्धन्दवादले गतिलाई ५ प्रकारले मुल्याङ्कन गरेको छ । ति हुन क. यान्त्रीक ख. भौतिक ग. रासाईनिक घ. जैविक ङ. सामाजिक । यसको कतिपय पक्षहरुले गाँउ र शहरको अन्तरसम्वन्धलाई नेपालको सापेक्षतामा घनिभुत र समिश्रित बनाएको छ । समाज परिवर्तनको लागि मुख्यत ३ ओटा विषयहरुले मुख्य भुमिका खेलेको हुन्छ । क. भौतिक अवस्था, ख. जनसंख्या र ग. उत्पादन प्रणाली यी परिस्थितिहरु मध्य उत्पादन प्रणाली बढी महत्वको हुन्छ, त्यसैले आजको गाँउ र शहरको अन्तरसम्वन्धमा ठुलो दरार पैदा नहुनुमा नेपालको सापेक्षतामा लागु भएको उत्पादन प्रणालीले गर्दा हो । किनकी, नेपालको सन्दर्भमा शहर र गाँउको उत्पादन सम्वन्ध र विकाशमा धेरै ठुलो अन्तर  आईसकेको छैन । त्यसको सहायक भुमिका सामाजिक, भौतिक अवस्था र जनसंख्याले समेत  खेलेको छ भन्न सकिन्छ । 

ऐतिहासिक भौतिकवाद र अन्य सामाजिक विज्ञानको बीचको मानव समाजको अध्ययन गर्न अन्य धेरै सामाजिक वज्ञानहरु छन । जस्तै, क. इतिहास, ख. राजनीति शास्त्र, ग. अर्थशास्त्र, घ. न्याय शास्त्र, ङ. भाषा शास्त्र आदी हुन । यसको वस्तुगत र वैज्ञानिक पहलुहरुको निरन्तरतालाई हेर्दा पनि गाँउ र शहरहरुको सम्वन्धमा झनै गाढा अन्तरसम्वन्धहरुको पक्षहरु प्रसस्त मात्रामा उद्धेलित हुन्छन । त्यसैले नेपालको सापेक्षतामा न गाँउ र न शहर दुवैमा एक साथ, एकै धरातलमा यसका मौलिकताहरुलाई कार्यदिशामा आत्मसाथ गर्न खोजिएको पक्षलाई बुझ्न सकिन्छ । वा गाँउ लाई हेर्दा शहर नदेख्ने र शहरलाई हेर्दा गाँउलाई नदेख्ने प्रवृति अद्धन्दवादी धरातलको पूर्वाग्रही दृष्टिकोण हो भन्न हिच्किचाउनु पर्दैन ।

गाँउ र शहरको सम्वन्धका मौलिक विशेषता ः
क. सूचना ÷ संचार ः

 आजको युगलाई सुचना ÷संचारको युग पनि भनिन्छ । क्रान्तिको लागि प्रचारात्मक र समन्वयात्मक भुमिका खेल्न सुचना ÷ संचारको निकै महत्वपूर्ण भुमिका हुन्छ । पछिल्लो समयमा हाम्रो देशको सुचना ÷ संचारले निकै फड्को मारेको छ । मुलुकमा अहिले पनि झण्डै ४ सय एम. एमहरुले जनतासँग प्रत्यक्ष सुचना सम्प्रेषण गरिरहेका छन । भने झण्डै १ सयको हाराहारीमा एम. एमहरु स्वीकृत लिएर बसेका छन । यो हिसावले हेर्ने हो भने नेपालका झण्डै ९८ प्रतिसत जनताहरु सुचनाबाट टाडा छैनन ।  म्याग्दी, मुस्ताड., दैलेख, डोल्पा, डोटी, रोल्पा, रामेछाप, रसुवा जस्ता जिल्लाहरुमा २ वा २ भन्दा धेरै एम. एमहरु संचालनमा छन । त्यस्तै काठमाण्डौमा मात्र २५, कास्कीमा १८, कैलाली र रुपन्देहीमा १५ ÷१५, चितवन र दाङमा १४ ÷१४, पर्सामा १३, मोरङमा १२, झापामा ११, बाँके, मकवानपुर र ललितपुरमा १०÷१० वटा एफ. एमहरु संचालनमा छन । एम. रेडियोहरुले हिमाली, पहाडी र तराईका जिल्लाहरु र क्षेत्रहरुमा जनतालाई सुचना सम्प्रेषण गरिरहेका छन । एफ. एम रेडियो विकाशमा नेपाल दक्षीण एसिया कै अग्रपङ्तीमा रहेको छ ।

एफ. एम रेडियोको साथै अहिले नेपालमा ४० भन्दा धेरै केन्द्रीय तथा स्थानीय टेलिभिजनहरुले केन्द्रीय तथा स्थानीय रुपमा जनतालाई सुचनाको हक प्रदान गरिरहेका छन । भने दर्जनौ टेलिभिजनहरु स्वीकृत लिएर बसेका छन । विभिन्न देशहरुको अवस्थालाई समेत हेर्ने हो भने झण्डै १० वटा भन्दा धेरै नेपाली भाषाका टेलिभिजनहरु विश्वका विभिन्न देशहरुमा संचालन गरिएको छ । यसबाट समेत विश्वका विभिन्न मुलुकहरुमा रहेका नेपालीहरुलाई सुचना सम्प्रेषण गर्ने काम गरिरहेका छन । यो प्रकृयाले गाँउ र शहरको दुरीलाई नजिक्याएको मात्र हैन, गाँउ र शहरको सम्वन्धहरुलाई प्रगाढ बनाएको छ । आजका झण्डै ९५ प्रतिसत जनताहरु टेलिफोनबाट जोडिन्छन । मोवाईलबाट गाँउ गाँउसम्म ईन्टरनेटको सुविधा समेत जनताले उपयोग गरिरहेको अवस्था बनेको छ । यसले गर्दा गाँउ र शहरको सम्वन्धमा झनै ठुलो विकाश भएको छ । जसको कारणले गर्दा शहरमा हुने र गाँउमा हुने विभिन्न सुचनाहरु तत्कालै गाँउ र शहरहरुमा पुगिसकेको हुन्छ । यसले गाँउ र शहरहरुमा जनताको भावना र अन्तरसम्वन्धको लागि बल पुर्याईरहेको छ । यसले नेपालको शहर र गाँउको सम्वन्धलाई सुलव, निकटता र व्यापकतामा बलदलेको छ ।

ख. जनसंख्या र बसोवास ः  
जन गणना २०६८ को आधारमा नेपालमा २ करोड, ६४ लाख, ९४ हजार, ५ सय ४ जनसंख्या रहेको छ । जसमा महिलाको जनसंख्या   १ करोड, ३६ लाख, ४५ हजार ४ सय ६३ छ, भने पुरुषहरुको जनसंख्या १ करोड २८ लाख, ४९ हजार ४१ रहेको छ । जनसंख्याको हिसावले विश्वको ४५ औ स्थानमा रहेको मुलुक हो । नेपालमा जम्मा ५४ लाख, २७ हजार ३ सय २ घरघुरीले बसोवास गर्दछन । सवैभन्दा धेरै काठमाण्डौ जिल्लामा ४ लाख, ३६ हजार, ३ सय ४४ घरपरिवार बस्छन भने सवैभन्दा कम मनाङ जिल्लामा १ हजार, ४ सय ८० घर परिवारको बसोवास रहेको छ ।

सवैभन्दा धेरै जनसंख्या रहेको जिल्ला काठमाडौमा १७ लाख, ४४ हजार २ सय ४० रहेको छ, भने सवैभन्दा कम जनसंख्या रहेको जिल्ला मनाङमा ६ हजार ५ सय ३८ मात्र रहेको छ । जुनसुकै उदेश्य भएपनि अहिले नेपालमा नगरपालीका निकै धेरै बढिसकेको छ । कतिपय जिल्लाहरुमा त गाविसको संख्यानै नरहेको तत्थ्य जगजाहेर छ । १९७५ पुस २ गते पहिलो नगरपालीका ललितपुरबाट शुरु भएको नगरपालीका बन्ने अभियान आज आएर निकै दु्रत गतिमा कुदिरहेको छ ।  २०५३ साल भन्दा अगाडि जम्मा ३६ वटा मात्र नगरपालीकाहरु बनाईएको थियो । २०५३ सालमा २२ ओटा नगरपालीका थप गरेर ५८ वटा नगरपालीका पुर्याईएको थियो । २०६८ साउन १ गते पुन ४१ ओटा नगरपालीका घोषणा गरियो तर विवादित भएको कारणबाट त्यो लागु हुन सकेन । २०७१ बैशाख २५ गते ७२ ओटा नगरपालीका थप गरेर १३० ओटा बनाईयो । त्यो क्रम रोकिएन पुन ः २०७१ मंसीर १६ गते ६ ओटा उपमहानगर पालीका र ६१ ओटा नगरपालीका घोषणा गरी नेपालमा नगरपालीकाको संख्या १९१ पुर्याएको छ । अब नगरपालीका घोषणा नभएको जिल्लामा जम्मा ८ ओटा (मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, हुम्ला, कालिकोट, मुगु र रशुवा) मात्र रहेको छ । यी जिल्लाहरुमा पनि नगरपालीका घोषणा गर्ने प्रकृयामा रहेको देखिन्छ । यसरी अहिले नेपालमा १ महानगरपालीका, ९ उपमहानगर पालीका सहित १९१ वटा नगरपालीका निमार्ण गरिएको छ । गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर अहिले ३ हजार २ सय ७६ मा आएको छ ।

२०५८ सालमा नगरपालीमा बस्ने मानिसहरुको जनसंख्या १३ प्रतिसत मात्र थियो भने, २०६८ सालको जन गणनाअनुशार १७ प्रतिसत मानिसहरु नगरपालीमा बसोवास गर्दथे । तर आज आएर नगरपालीकामा बसोवास गर्ने मानिसहरुको जनसंख्या झण्डै ४० प्रतिसत भन्दा माथि रहेको देखिन्छ । मुख्य १० ओटा नगरपालीका मा बस्ने मानिसहरु जनसंख्या काठमाण्डौ १४ लाख ४२ हजार, २ सय ७१, पोखरा २ लाख, पाटन १ लाख, ८३ हजार, ३ सय १०, विराटनगर १ लाख, ८२ हजार, ३ सय २४, विरगंज १ लाख, ३३ हजार, २ सय ३८, धरान १ लाख, ८ हजार, भरतपुर १ लाख, ७ हजार, १ सय ५७, जनकपुर ९३ हजार, ७ सय, ६७,  धनगढी ९२ हजार, २ सय, ९४ र वुटवल ९१ हजार, ७ सय ३३ गरेर २६ लाख, ३४ हजार, ६ सय, ९४ जनसंख्याले बसोवास गर्ने गर्दछन । यो त तत्थ्यगत विवरण हो, जस्तै अहिले काठमाण्डौमा उपत्यकामा  मात्र झण्डै ५० लाख मानिसहरुको जनसंख्या रहेको अनुमान गरिएको छ । यसरी आज नगरपालीमा मात्र ४० प्रतिसत भन्दा माथि जनसंख्याको बसोवास छ भने नेपालको गाविसहरुमा झण्डै ६० प्रतिसत जनसंख्याको बसोवास देखिन्छ । यो विवरणगत तत्थ्यहरुले के पुष्टी गर्दछ भने आज निमार्ण हुने कार्यदिशाले जनसंख्या र बसोवासको अवस्थालाई संवोधन गर्नु पर्ने हुन्छ । त्यसैले गाँउ र शहरको अन्तरसम्वन्धलाई नयाँ ढंगले मुल्याङ्कन गरेर “एकीकृत जन क्रान्तिको कार्यदिशा” हाम्रो पार्टीले अघि सारेको हो ।

ग. यातायात विस्तार र सम्वन्ध ः
अहिले यातायातको विस्तार बढेको छ । राष्ट्रिय राजमार्ग १६, क्षेत्रीय सडक ५१ छन । यिनीहरुको माध्यमवाट गाँउ र शहरको दुरीलाई निकै कम बनाएको छ । अब झण्डै १६ ÷ १८ घण्टामा राजधानीबाट लगभग सवै जिल्ला सदरमुकामहरुमा सहज पुग्न सकिने अवस्था बनेको छ । झण्डै ७५ प्रतिसत भन्दा माथिका जिल्लाहरुमा त जिल्ला सदरमुकाम देखि सवै गाविस र नगरपालीकाहरुमा जोडिने सडकहरु विस्तार भैसकेका छन । १ हजार २७. ६७ किलोमिटरमा रहेको पूर्व पश्चिम राजमार्ग वा महेन्द्र राजमार्गले पूर्वको सिमाना झापा काकडभित्ता देखि पश्चिम कन्चनपुर जिल्लाको गड्डाचौकी सम्म जोडेको छ । त्यस्तै १ हजार ७ सय ६५ किलोमिटर लामो  मध्यपहाडी लोकमार्ग अन्तिम अवस्थामा पुगेको छ ।

पूर्वको नेपाल भारत सिमानाको पाँचथर जिल्लाको चियो भन्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्गले सुदुरपश्चिमको नेपाल भारत सिमानामा पर्ने बैतडी जिल्लाको झुलाघाटमा पुगेर टुङ्गिने छ । यो लोकमार्गले पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, ललितपुर, काठमाण्डौ पुग्ने छ । त्यस्तै, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेल्धुरा हुदै बैतडी सम्मलाई जोड्ने छ ।  मध्यपहाडी लोकमार्गले पूर्व देखि पश्चिमसम्ममा २६ जिल्ला र २ सय २५ ओटा बस्तीहरुलाई सडक संजालमा जोड्ने छ । यसले ७० लाख भन्दा धेरै जनतालाई प्रत्यक्षरुपमा फाईदा पुग्नेछ ।

त्यस्तै दक्षीण देखि उत्तर जोड्ने सडकहरु पनि विस्तारको क्रममा छ । यसरी हेर्दा झण्डै नेपालको ९०  प्रतिसत जनता सडक संजालबाट प्रत्यक्ष ÷अप्रत्यक्ष जोडिन पुगको अवस्था विद्धमान बनेको छ । हाल नेपालमा ४८ ओेटा एयरपोर्टहरु निमार्ण भएका छन, त्यसमा झण्डै ३५ वडा एयरपोर्टहरु संचालनमा छन । अन्य १३ वटा एयरपोर्टहरुको संचालनको संभाव्यताहरु खोजि गर्ने अनुभुत जन स्तरमा भैरहेको छ । झण्डै ३० को हाराहारीमा विभिन्न देशहरुका अन्तर्राष्ट्रिय उडानहरुले नेपालको हवाईमार्गलाई जोडेको अवस्था छ । बारा, पोखरा, भैरहवा जस्ता स्थानहरुमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रकृयाहरु अघि बढिरहेको अवस्थामा बजेट अभाव देखाएर रोकिएको छ ।  विभिन्न जिल्लाहरुमा भएका सडकहरुलाई स्तर उन्नतिको कार्य भैरहेको छ भने, अझै पनि कतिपय जिल्लाहरुमा सडक संजाललाई जोडर हरेक गाँउ देखि शहरसम्म यातायातको पउँचलाई सरल र सहज बनेको अवस्था छ । यो अवस्थाले गर्दा शहरको उत्पादहरुलाई यातायातको साधनहरुबाट गाँउमा लैजाने र गाँउको उत्पादनहरुलाई शहरहरुमा पुर्याउने कुराको सहजता पैदा गरेको छ ।  यसले गाँउ र शहरको दुरीलाई छोटो, सजिलो र सरितो बनाएको छ । यो अवस्थागत परिवेशलाई आत्मसाथ गर्ने र कार्यदिशामा यसलाई मुल्याङ्कन गरेर समायोजन नगर्ने हो भने हाम्रो क्रान्तिले अधुरो बाटो तय गर्ने हुन्छ ।

घ. आर्थिक आधार र बजार विस्तार ः
नेपालको आर्थिक आधार निकै संभावनाले भरिपूर रहेको छ । हिमाल देखि तराई र गाँउ देखि शहर सवैतिर आ— आफ्नै विशेषतामा आर्थिक श्रोत र साधनहरुहरु विकेन्द्रीत छन । नेपाल जलश्रोतले धनी देश भएकाले सवैतिर जल श्रोतका भण्डारहरु छन । पर्यटनको विकाश र विस्तारले गुणात्मक फड्कोयुक्त संभावना बोकेको छ । कृषी उत्पादनको पनि त्यतिकै प्रवलता छ । मानविय उपभोग्य वस्तुहरुको पउँच नेपालको सापेक्षतामा सरल र सहज बन्दै गैरहेको छ । शहरका मानिसहरुले गाँउमा आर्थिक विस्तारको संभावना खोज्दै गएको पाईन्छ भने गाँउका मानिसहरु शहरमा जस्तै उपभोग्य बस्तुहरुको उपयोगमा धेरै भेद देखिदैन ।

नेपालमा अहिले झण्डै २ सय ५० को हाराहारीमा बैंकहरु संचालित छन, र यो अझै बढ्ने क्रम जारी छ । केन्द्रीय बैक १, ए कलासको कर्मसियल बैक ३२, बी कलासको विकाश बैंकहरु ८७, सि कलासको फाईनान्स कम्पनीहरु ७३, डि कलासको माईक्रो क्रेडिड कम्पन्नीहरु २२ वटा संचालनमा भएको पाईन्छ । यिनीहरुको शाखा विस्तारहरु देशव्यापी रुपमा बढ्दै गएको छ । यसको संजालहरुलाई शहर देखि गाँउ स्तर सम्म पुग्ने प्रक्रिया बढेको छ, भने त्यतिकै संख्यामा नयाँ बैंकहरुको अनुमति लिनेको लामवन्द पनि देखिन्छ ।  विश्व बैंकले सन् २०११ मा सार्वजनिक गरेको (जिडिपी) लाई आधार मान्नेहो भने, हाम्रो देश १८ हजार ८ सय ८४ मिलियन अमेरिकी डलर सहित विश्वको १ सय ५ औं रहेको छ ।

देशको राज्यसत्ताको गलत नीति, भ्रष्ट चरित्र, कमिसन र दलालीकरण का साथै विदेशी पाउमा लम्पसार पर्दै अफ्नो दुना सोझाउने हरामी प्रवृतिका कारणले गर्दा देशको आर्थिक उत्पादन, परिचालन र उपयोग गर्ने बहुआयामिक आर्थिक संभावनाको ढोका बन्द गरेको परिस्थिति विद्धमान छ । तथापी यतिवेला नेपालमा सवैतिर बजार विस्तारको क्रम बढेको छ । शहर र गाँउमा बस्ने मानिसहरुको पोसाक, खानपानमा धेरै असमानता पाईदैन । सुचना ÷संचारमा झण्डै समान पउँच देखिन्छ । गाँउमा समेत के खाँउ ? वा के लाउ ? भन्ने प्रश्नको दायरा साँगुरिएको छ । यो परिवेशले गर्दा गाँउ र शहरको अन्तरसम्वन्ध निकै सामिप्य भएको छ ।

ङ. शिक्षा, स्वास्थ्य र साँस्कृतिक अन्तरसम्वन्ध ः
शिक्षा, स्वास्थ्य र साँस्कृतिक अन्तरसम्वन्धमा समेत गाँउ र शहरको दुरी नजिक्किएको छ । चाहे गाँउ होस वा शहर अव नेपालमा शिक्षाको पउँच बाट  वन्चित निकै कम मानिसहरु पर्दछन । शिक्षाको गुणस्तर, सस्तो र सुलव, समान शिक्षा प्रणाली, व्यवहारिक शिक्षा आदी विषयहरु असमानता र अभाव भएको भएता पनि सरकारी तथा नीजि स्तरका ईस्कुलहरुको विस्तारको क्रम निकै बढेको छ । अब दुर्गम गाँउमा बस्ने मानिसहरुमा पनि शिक्षाको महत्व र चेतना बढेको छ । जे जसरी पनि आफ्ना छोरा छोरीलाई पढाउनु पर्दछ भन्ने भावनाको विकाश भएको छ । यसले सामन्यत शहर र गाँउमा बस्ने मानिसहरुको सोँचाईमा एकरुपता पैदा भएको देखिन्छ । गाँउ क्षेत्रमा पनि उच्च शिक्षा हासिक गरेका मानिसहरुको संख्या बढ्दो छ ।

विभिन्न अभाव, असुविधाका वावजुद अहिले नेपालमा झण्डै १ सयको हाराहारीमा सरकारी अस्पतालहरु छन,  स्वास्थ्य चौकी तथा उप स्वास्थ्य चौकीको पउच लगभग सवै गाविसहरुमा पुगेको छ, भने तिनको स्तर उच्च तह देखि निम्न तहसम्मको छ । यसको साथै झण्डै १ सय ५० को हाराहारीमा निजी अस्पतालहरु संचालनमा छन । भने झण्डै ५० भन्दा धेरै अस्पतालहरुले अनुमति लिएर बसेका देखिन्छन । अनेकौ नकरात्मक पक्षहरुलाई बोकेर र विभिन्न समस्याहरुका बीच झण्डै २० भन्दा धेरै मेडिकल कलेजहरु नेपालमा संचालित गरिएको छ । उनिहरुले स्वास्थ्यमा दक्ष जनशक्ति उत्पादन गर्ने क्रम तिर्व बनेको छ । यो अवस्थालाई समेत हेर्दा अहिले तुलनात्मक रुपमा गाँउको सहभागिता पनि बढ्दै गएको पाईन्छ ।

 नेपाल एउटा बहु भाषीक, बहु साँस्कृतिक र बहु धार्मिक देश हो । तुलनात्मक हिसावले यसमा गाँउ र शहरको सम्वन्ध निकै निकटतामा रहेको छ । गाँउ र शहरको साँस्कृतिक सम्वन्धहरु घनिभुत छन । साँस्कृतिक हिसावले गाँउका मानिसहरुको सहज सम्वन्ध शहरसँग छ भने, शहरका मानिसहरु सोझै गाँउसँग जोडिन्छन । किनकी, नेपालको शहरहरुको विकाश र विस्तार गाँउका मानिसहरुको बसाईसराईको कारणले गर्दा मुख्य रुपमा भएको हो । शहरीकरणको विस्तार,  शहरमा जनसंख्याको विकाश र बृद्धिमा पनि गाँउले महत्वपूर्ण भुमिका खेलेको छ । त्यसैले गर्दा नेपालको शहर गाँउ विना टिक्न नसक्ने र गाँउहरु शहर विना बस्न नसक्ने अवस्थामा विद्धमान छ ।  त्यसैले यो अवस्थालाई समायोजन नगर्ने हो भने नेपालको क्रान्तिले सत्वलाई पक्क्रन सक्ने छैन, यो उपरी संरचनामा मात्र रहने छ जसको कारणले गर्दा क्रान्ति विजयसम्म पुग्न मुस्किल मात्र होईन असम्भव हुनेछ ।

त्यसको साथै राजनैतिक तथा समाजिक अन्तरघुलनहरु पनि गाँउ र शहरको निकटतामै छ । एकातिर, तुलनात्मक हिसावले विकाश, शिक्षा, स्वास्थ्य, सुचना ÷संचार, प्रविधी, यातायात आदीको पउँच गाँउमा भन्दा छिटो शहरमा भएकोले शहरका जनताको सामाजिक, राजनीतिक चेतना अघि बढ्यो भने अर्कोतिर, १० बर्षको जनयुद्धले सृजना गरेको राजनैतिक तथा सामाजिक चेतना शहरलाई भन्दा गाँउमा प्रभाव बढि पर्यो । किनभने, १० बर्षको जनयुद्धको केन्द्र गाँउ थियो । र आधार ईलाकाहरु गाँउमा नै व्यवस्थित र केन्द्रीकृत थियो । जनयुद्धमा लामवन्दी हुने, शहीद हुने प्रकृयामा समेत शहर भन्दा गाँउ अगाडि थियो । पार्टीको केन्द्रीत गतिविधीहरु र पार्टीको मुख्य आधारहरु पनि शहरमा भन्दा गाँउमा व्यवस्थित र केन्द्रीकृत ढंगले परिचालित थियो । यो परिवेशले गर्दा राजनीतिक र सामाजिक चेतनाको स्तर गाँउ र शहरहरुको समान रुपमा भएको पाईन्छ ।   यी र यस प्रकारका तत्थ्यहरुलाई आत्मसाथ नगरिकन नेपालको कार्यदिशा अपुरो मात्र होईन अधुरो नै रहने छ । त्यसैले, कर्यादिशाले दिर्घकालिन जनयुद्धले चीनमा जस्तै गाँउलाई वा जनविद्रोहले रुसमा जस्तै शहरलाई मात्र समेटेर आज नेपालमा क्रान्ति संभव छैन । क्रान्ति सफलताको लागि गाँउ र शहरको उचित तालमेल र समायोजन आवश्यक मात्र होईन, अनिवार्य बन्न जान्छ । यो समग्र परिवेशमा र आजको अर्थ राजनीतिको मौलिक विशेषताहरुलाई विश्लेषण गरेर गाँउ र शहरको सम्वन्धलाई “एकीकृृत जन क्रान्तिको कार्यदिशा” को मौलिक विशेषतामा अनिवार्य सुचिकृत  र सश्लेषण गर्ने महत्वलाई बोध गरेको हो ।

अन्त्यमा ः
ऐतिहासिक भौतिकवादको हामीलाई मुख्यत २ विषयहरुमा महत्वपूर्ण दिशा निर्देश गरिरहेको हुन्छ । ति हुन १. आधार र २. संरचना । उत्पादनको सम्वन्धको समग्रता नै समाजको आर्थिक आधार बन्दछ । आर्थिक आधार अन्तरगत नै उत्पादन, वितरण, विनिमय, उपभोग आदी पर्दछन । मानिस मानिसको आपसी सम्वन्धले नै प्रकृतिसग संघर्ष गर्दछन, र सामाजिक जिवनको सामाजिक आर्थिक संरचनानै आर्थिक आधार हुन्छ । भने संरचनामा क. दर्शन, ख. सिद्धान्त, ग. दृष्टिकोण, घ. विचार, ङ. संस्कृति, च. राजनीतिक पार्टी, छ, संघ ÷सस्था, ज. धर्म आदी पर्दछन । यिनीहरुको द्धन्दात्मक सम्वन्ध रहिरहने भएकोले समाजमा जस्तो किसिमको आधार हुन्छ, त्यस्तै किसिमको संरचना हुन्छ । आधार परिवर्तन हुदा संरचना पनि परिवर्तन हुन्छ । पुरानो आर्थिक आधारहरु समाप्तहुँदा पनि संरचना परिवर्तन भएन भने त्यहाँ साँस्कृतिक क्रान्ति अनिवार्य रहन्छ । यसलाई हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीले “एकीकृत जन क्रान्तिको कार्यदिशा” निमार्ण र निर्णय गर्दा यस प्रकारका पक्षहरुलाई आत्मसाथ गरेर आजको नेपाली समाजको मौलिक विशेषताहरुलाई द्धन्दात्मक भौतिकवादी धरातलबाट सश्लेषण गरेको हो । 

 हालको परिस्थिति र हाम्रा कर्तव्यहरुको सन्दर्भमा २५ डिसेम्वर १९४७ क. माओले यो महत्वपूर्ण भनाई राख्नु भएको थियो । “हामीले आफ्ना पड्तीहरुलाई सवै किसिमको लुरे विचारहरुबाट मुक्त पार्नु पर्छ, शत्रुको शक्तिलाई भएको भन्दा बढ्ता ठान्ने र जनताको शक्तिलाई भएको भन्दा कम ठान्ने सवै विचार बेठीक छन” । सहि कार्यदिशा, सिद्धान्त, कार्यनीति र कार्ययोजनाको निमार्ण गर्ने सन्दर्भमा क. माओले राख्नु भएको यो विचारलाई केन्द्रमा राखेर अगाडि बढ्नु पर्ने परिस्थितिको जगमा हामी आज पनि उभिएका छौ । यो सन्दर्भलाई नेकपा माओवादीले “एककिृत जन क्रान्तिको कार्यदिशा” निमार्ण गरेर नेपाली जनवादी क्रान्ति पुरा गर्ने दृष्टिकोणले पुष्टी र दिशा निर्देश दुवै गरेको छ ।

“एकीकृत जन क्रान्तिको कार्यदिशा” को आधारमा नेपाल कम्युष्निट पार्टी माओवादी अघि बढ्दै नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्ने भनेको छ, त्यसैले नै आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको मौलिक विशेषताहरुलाई बस्तुनिष्ट, बैज्ञानिक र सृजनात्मक सश्लेषणका साथ जनता सामु उपस्थित भएको छ ।  यसको लागि सिङ्गो पार्टी पङ्तीमा ठुलो बहादुरीताको आवश्यकता छ । ठुलो अनुशासन र प्रतिवद्धताको खाँचो छ । “गद्धारले धोका दिन्छ, कायरले घुडा टेक्छ, बहादुर लड्छ र ईमान्दार अघि बढ्छ” महान साहित्यकार होचि मिन्हको यो भनाईलाई आत्मसाथ गरौ । कहिल्यै नहार्ने लडाईको तयारीमा लागौं ।
   
धन्यवाद ।
   

Wednesday, January 14, 2015

संकटपूर्ण राजनीतिक परिवेश र माओवादीको आसन्न राष्ट्रिय सम्मेलन बारे ।

त्रिशुली आवाज
राष्ट्रिय मासिक
बर्ष ४, पूर्णङ्क १८, पुस २०७१ ।

शुभारम्भ ः
     “कम्युनिष्टहरुले आफ्ना विचार र लक्ष्यलाई लुकाउन चाहन्नन । उनिहरुले आफ्ना उदेश्यहरु अहिलेका सवै सामाजिक अवस्थालाई बलपुर्वक फ्याकेर मात्र प्राप्त हुन सक्दछ भन्ने कुरा खुल्ला रुपले घोषणा गर्दछन । ” —माक्र्स ÷एङ्गेल्सले यो कुरा कम्युनिष्ट घोषणा—पत्रमा उल्लेख गर्नु भएको थियो । आजको राष्ट्रिय राजनीति कता जादैछ ? देशको परिस्थिति कस्तो छ ? हाम्रो बारेमा विभिन्न रुपमा उठाईएका भ्रमहरु के हुन ? किन वैद्य नेतृत्वस“ग सम्वन्ध विच्छेद गर्नु पर्यो त ? आसन्न पार्टीको राष्ट्रिय सम्मेलन प्रतिको अपेक्षा के छ ? आदी आदीको बारेमा स्पस्ट हुन आवश्यक छ । हामीले देखेका छौ, मुलुकमा आज दलाल पुँजिपतिहरुको विगविगी छ । नोकरशाह पुँजिपतिहरुको हैकम छ । प्रतिक्रान्तिकारीहरुको बोलवाला छ । प्रतिक्रियावादीहरुको दबदबा छ । यो कुरा भनिरहनु पर्दैन कि, हामीले यस्तो राज्यसत्ता मान्दैनौ, यसले लादेको सम्पूर्ण समाजिक, आर्थिक, राजनैतिक, सा“स्कृतिक लगाएतका अवस्थाहरुलाई स्वीकार गर्दैनौ । हामी सवैलाई सु स्पस्टनै छ, हामी नया“ जनवाद स्थापना गर्ने कुरा भनिरहेका छौ, समाजवाद र साम्यवाद स्थापना गर्ने कुरा भनिरहेका छौ, हामीले यो कुरा भनिरहेका मात्र छैनौ, लडिरहेका पनि छौ । अझ झन ठुलो लडाईको तयारी पनि गरिदैछ । यसैले त हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीले माक्र्स ÷एङ्गेल्सले कम्युनिष्ट घोषणापत्रमा बताउनु भएजस्तै यो राज्यसत्तालाई बलपुर्वक पm्याक्न चाहन्छ । यसका सम्पूर्ण संरचनाहरुलाई भत्काउन चाहन्छ । देशमा रहेको दलालीकरण, नोकरशाह प्रवृति, प्रतिक्रान्तिकारी वोलवाला र प्रतिक्रियावादी दबदबालाई तोड्न चाहन्छ ।

१. राजनीतिक परिवेश र निकाश ः
यतिखेरको राजनीतिक परिवेश निकै संकटपूर्ण, दर्दनाक, पीडादायी, आक्रोशपूर्ण, भयाभह र चुनौतिपूर्ण धरातलमा उभिएको छ । अलोकतान्त्रितक र गैर दलीय प्रवृतिको गर्भबाट जन्मेको दुषित कथित संविधानसभाले जनताको पक्षमा संविधान बनाउन नसक्ने कुरा प्रस्ट नै छ । यसले जनताको मुल प्रवृति र मागहरुलाई संवोधन गर्न सक्दैन । सहि धरातलमा राज्यको पुर्नसंरचना गर्न सक्दैन । शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा स्थापीत गर्न सक्दैन । त्यसैले आजको सन्दर्भमा मुलुकलाई सहि ढंगले दिशावोध गर्न क्रान्तिकारी शक्ति र प्रवृतिको भुमिका अहम र निर्णयक हुने परिवेश हाम्रो सामु उपस्थित भएको छ ।

क.     सरकारको प्रवृति र चरित्र ः
प्रतिक्रियावादी र संशोधनवादी शक्तिहरुको गठजोडले सरकार संचालन गरिएको छ । सरकारमा चरम ढंगको दलालीकरण छ ।  यो जनविरोधी पनि छ । यो गैर जिम्मेवार र जन हित र अधिकार विरोधी समेत छ । राज्यसत्ताको एउटा अंग भएकोले दलाल, नोकरशाह पुजिपति, प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी तत्वहरुको भयानक उपस्थिति यो सरकारमा रहेको छर्लङ्गै छ । यो सरकारको चरित्र, प्रवृति  र पात्रहरुको भुमिका विगतमा पनि राष्ट्रघाती, जनघाती, षडयन्त्रकारी र जन विरोधी रहेकोले आजको अनुहार नियाल्न  कसैलाई मुस्किल पर्ने छैन । त्यसैले नेपाली जनताले  यो सरकारलाई जतिसक्यो छिटो बर्खास्ती तर्फ लाग्नु र कदम चाल्नु पर्ने आवश्यकता छ ।

ख.     विपक्षको प्रवृति र चरित्र ः
यतिखेर यो सरकारको विपक्षमा नवसशोधानवादी, मद्येशवादी र केहि जातिय तथा क्ष्ँेत्रीय पार्टीहरु छन । आज उनिहरु पनि सरकारवादी दलहरुको वरीपरी बसेर आफ्नो निभ्न लागेको भुमिकाको खोजीमा लालायीत छन । रुपमा जनताको अधिकारको पक्षमा देखिएको भएता पनि उनिहरुको सारवस्तु भनेको सरकारमा कसरी पुग्ने भन्ने कुरामा केन्द्रीत रहेको देखिन्छ । विगत ०६४ सालको संविधानसभा र सरकारको नेतृत्वको हैसियतबाट पनि जनताले मुल्याङ्कन गर्न कठिन पर्दैन । त्यसमाथि राष्ट्रघाति विप्पा संझौता, विभिन्न जलश्रोत संझौता, भ्रष्टाचार आदीको भुमिकाले आजको विपक्षी नेतृत्व दल चरम ढंगको नवसंशोधनवादी र अवसरवादी धरातलमा उभिएको छ । त्यसमा पनि उसले आफ्नै पहल र सकृयतामा जनमुक्ति सेनालाई विगटन गरेको छ । रगतस“ग साटेर ल्याएको हतियार निर्लज्य रुपमा बुझा“एको छ । आफ्नो नीति, कार्यक्रम, कार्यदिशा, बर्गसंघर्ष, बलप्रयोगको सिद्धान्त लगाएत कम्युनिष्ट मुल्यमान्यताका आधारभुत विषयवस्तुहरुलाई समेत त्यागी सकेको अवस्था छ । त्यसैले अहिले विपक्षमा रहेको प्रवृति र चरित्रले समेत जनताको पक्षमा ठोस र मुर्त भुमिका खेल्न सक्ने कुनै आधार र औीचत्य देखिदैन ।

ग.     साम्राज्यवादी तथा विस्तारवादी चलखेल र हस्तक्ष्ँेप ः
मुलुकमा संघीय गणतन्त्र आईसकेको भनिएको छ । धर्मनिरपेक्षतामा मुलुक गयो भनिएको छ । तर पनि वैदेशीक चलखेल र हस्तक्षेप  आज पनि हटेको छैन । नेपालको राजनीतिक तथा  अर्थनीति, सामाजिक तथा धार्मिक नीति, भौगोलिक हस्तक्ष्ँेप र सरकारको हरेक गतिविधीमा साम्राज्यवादी विस्तारवादी चलखेल र हस्तक्ष्ँेप बढेको छ । वर्तमान सरकारले राष्ट्र र राष्ट्रियता प्रतिको आफ्नो अडान राखेर व्यवार देखाउनुको सट्टा उनिहरुकै पाउमा लम्पसार परेर ज्यु हजुरी गर्न लागिपरेको अवस्थामा हाम्रो देश छ । करिब ६२ हजार भन्दा धेरै नेपाली भुभाग विस्तारवादी पोल्टामा पुगिसकेको छ । दिनहु सिमानामा दिनहु“ लुटपाट, चोरी डकैति, बलत्कार, अपहरण र विस्तारवादी सुरक्षा कर्मिहरुको दबदबा आज पनि कायमै छ । त्यसैले राष्ट्रिय स्वाधीनताको रक्षाको लागि प्रतिरोध संघर्षलाई उठाउनु पर्ने आवश्यकता टट्कारो बनेको छ ।

घ.     जनतन्त्र र जनजीविकाको प्रश्न ः
हाम्रो देशमा जनतन्त्र होईन, लुटतन्त्र मौलाएको छ । जनताको अधिकार होईन, शोषण, दमन कायम छ । मुल्य असिमित ढंगले बढेको छ । भ्रष्टाचारले सीमा नाघेको छ । घुसखोरी, कमिसनतन्त्र, कालोबजारी खुलम्खुल्ला छ । जुनसुकै क्ष्ँेत्रमा दलालीकरण र विचौलियाहरुको विगबिगी बढेको छ । तस्करी र  अवैध कारोबारको नेपाल टान्जिटपोईन्ट बनेको छ । हजारौं  युवाहरु रोजी रोटीको समस्याले दिनहु“ विदेश पलायन  भैरहेका छन तर सरकार मुखमा चुकुल ठोकेर बसेको छ । यी सवै घटना र परिघटनाहरुलाई हेर्दा हाम्रो देश जनतन्त्र र जनजीविकाको सवालमा अनकन्टार दिशातर्फ कुदिरहेकाले तत्काल राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा ठुलो आन्दोलनको आवश्यकता छ । राष्ट्रिय पु“जिपतिबर्ग, मध्यमबर्ग, किसान, मजदुर लगाएत सवै तहका श्रमजीवि जनताहरुलाई नया“ जनवादी क्रान्तिको पक्षमा आधार तयार पार्न र त्यसको पक्षमा प्रचार प्रसार तथा तयारीको दिशामा लाग्न उत्पेरण सुजर्ना गर्नु र संगठित तथा आन्दोलित पार्नु पर्ने आवश्यकता झन बढेर गएको छ ।

ङ.     तत्कालिन कार्ययोजनाको कार्यन्वयन ः
मुख्य कुरा आजको सन्दर्भमा सहि र सवल तत्कालिन कार्ययोजना के हुने भन्ने विषय महत्वपूर्ण हो । सहि कार्ययोजनाले मात्र मुलुकको चौतर्फी संकटलाई समाधान गर्ने र अग्रगामी दिशातर्फ धकेल्ने भुमिका खेल्दछ । यो परिवेशमा वर्तमान कथित संविधानसभाले मुलुकको सम्पूर्ण तह र तप्काका जनसमुदायहरुको हक, अधिकार सुनिश्चित गर्न नसक्ने भएकोले यसलाई तत्काल विगटन गरिनु पर्दछ । अनि अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभाको गठन गरी सम्पूर्ण उत्पीडित क्ष्ँेत्र, तह, समुदायहरुको सहभागीतामा कसरी सवैको अधिकारलाई सुनिश्चित गर्ने र कसरी मुलुकलाई २१ औं सताव्दी सुहाउदो ढंगले रुपन्तरण गर्ने भन्ने विषयमा घनिभुत छलफल गरेर मात्र आजको राष्ट्रिय संकटलाई समाधान गर्न पहल गर्नु आजको विन्दुमा सहि र सक्ष्ँम तत्कालिन कार्ययोजना हुन सक्छ भन्ने कुरा कसैले भुल्नु हुदैन ।

च.     राजनैतिक कार्यक्रम के हुने ?
वर्तमानका संकटहरु संक्षीप्त रुपमा माथि उल्लेख गरि सकिएको छ । त्यसैले आजको यी संकटहरुलाई समाधान गर्न हामीलाई सहि राजनैतिक कार्यक्रमको आवश्यकता पर्दछ । त्यसैले निम्न विषयहरुमा केन्द्रीत रहेर आजको राजनैतिक कार्यक्रम ठेगान गर्नु सहि र सान्दर्भिक देखिन्छ ।
१. तत्कालमा दलाल तथा नोकरशाह पु“जिपति, प्रतिक्रान्तिकारी शक्तिहरु र प्रतिक्रियावादी शक्तिहरुको विरुद्ध मोर्चावन्दी हुने र उनिहरुको विरोध, भण्डाफोरमा जोड गर्दै प्रतिरोध संघर्षलाई अघि बढाउने ।
२.     साम्राज्यवादी, विस्तारवादी तथा सम्पूर्ण खाले बैदेशिक हस्तक्ष्ँेपका विरुद्ध आन्दोलनलाई केन्द्रीत गर्ने र राष्ट्रिय स्वाधीनताको पक्षमा जनमत तयार गर्दै, प्रभावकारी, जुझारु र सशक्त राष्ट्रिय स्वाधीनताको आन्दोलन उठाउन जोड गर्ने ।
३.     सम्पूर्ण खाले दक्ष्ँीणपंथी अवसरवाद, आत्मसमर्पणवाद, नवसशोधनवाद, यथास्थितीवाद, संङ्किणवाद र संसदवादको विरुद्ध प्रशिक्षित गर्ने र भण्डाफोर आन्दोलनलाई योजनावद्ध अगाडि बढाउने ।
४. राष्ट्रघातको विरुद्ध उत्रने सम्पूर्ण राष्ट्रभक्तीहरु, जनतन्त्र र जनजीविका स्थापीतको लागि पहल गर्ने, नेपालको मध्यमवर्ग, राष्ट्रिय पु“जिपति बर्ग, र सम्पूर्ण उत्पीडित जनसमुदायहरुलाई गोलबन्द गर्दै नया“ जनवादी कार्यक्रमको प्रचार प्रसारमा जोड गर्दै, सचेत र संगठित रुपमा नया“ जनवादी क्रान्तिको पक्षमा भुमिका खेल्ने योजना बनाउने । त्यसको लागि नया“ जनवादी क्रान्ति जिन्दावाद । जस्ता कार्यक्रम र नाराहरुलाई सु संगठित बनाउन पहल गर्नु आजको सन्दर्भमा सहि र सक्षम राजनैतिक कार्यक्रम हुन सक्ने छ ।

२. गौर राजनीतिक गर्भमा उभिएको भ्रमहरु ः
क. हामी देखि रहेका छौ यतिवेला, प्रतिक्रियावादी, संशोसदनवादी, नवसंशोदनवादी, यथास्थितिवादी, संङ्किणवादी र संसदवादीहरुले विभिन्न भ्रमहरु छर्दै हिडेका छन । फेरी एकचोटी जनतालाई झुक्याउन सकिन्छ कि भनेर महाजाल बुनिरहेका छन । भ्रमका पहाडहरु खडा गरिरहेका छन । विभिन्न नौटङ्कीपूर्ण तर्कहरु गर्दै आफ्नो असली अनुहार झनै उदाङ्गो पारिरहेका छन । हो, यतिवेला नेकपा माओवादीले संचालन गरेको गतिविधी र लिन खोजेको नीतिले देशमा एउटा तरङ्ग सृजना गरेको छ । अवश्य पनि यसले जनतामा एउटा आशा पलाएको छ । क्रान्तिकारीहरुले आफ्नो शरिर तन्क्याउन थालेको अनुभुत हुन लागेको छ ।  अनुहार हँसिलो पार्दै अपुरो रहेको नया“ जनवादी क्रान्ति पुरा गर्न  फेरी एकचोटी जुरुक्क उठ्न सो“चेको अनुभुत भैरहेको छ । सहर, गल्ली, गाँउ, बस्ती, भीर, पाखा, तराई, हिमाल र पहाडका निम्छरो अनुहारमा फेरी नया“ उषाको लालि भरिन थालेको आभाष मिलेको छ । सर्वहारा वर्गीय क्रान्तिको विगुल फुक्दै नया“ उमङ्ग, नया“ जोस, नया“ उत्साह, नया“ प्रतिवद्धता, नया“ संङ्कल्प सहीत जनता व्यु“झिन थालेको तरङ्ग पैदा भएको छ ।
ख. यतिवेला हाम्रो पार्टी र नेतृत्वका बारे विभिन्न प्रकारका भ्रमहरु सृजना गरिएका छन ।  हाम्रो बारेमा विभिन्न आरोप प्रत्यारोप लगाईदै आईएको छ, जो निकै अराजनैतिक र अद्धन्दवादी देखिन्छ । जस्तै, अपरिपक्को छन, नेतृत्व महत्वकाक्षा छ, फुटपरस्त हुन, संगठनात्मक पद्धती मानेनन् आदी— आदी । हुनत यस प्रकारको विषयमा टिका टिप्पोणीमा लाग्नु भनेको उहि गा“उ घरे उखान जस्तो हुनेछ “आचीलाई चलाई मुखमा छिटा” तर सत्य के हो भने हरेक आन्दोलन र क्रान्तिहरुले विचार पनि जन्माउछ र नेतृत्व पनि निर्माण गर्दछ । यो फुट होईन विद्रोह हो । अझ भन्ने हो भने अगाडि बढ्न चाहने र नचाहने विचको संघर्ष हो । क्रान्तिको लागि आफ्नो शरिर खरानी पार्न तयार हुनेहरुलाई नेतृत्व महत्वकाक्षाको आरोप लगाउनु भनेको राजनीतिको र नबुझ्नेहरुले गर्ने तुक्ष आरोपहरु ह्ुन । कम्युनिष्ट आन्दोलनमा लागेर कपाल फुलाएकाहरुबाट यस प्रकारका आरोप र भ्रमहरु सृजना गरिनु सामान्यत ध्यान दिनु पर्ने विषय हो जस्तो लाग्दैन । फेरी विश्व कम्युनिष्ट आन्दोलन र नेपालकै कम्युनष्ट आन्दोलनको ईतिहा“सलाई हेर्नेहो भने पनि तत्कालिन अवस्थामा देखिएको यथास्थितिवादी प्रवृतिहरुस“ग सम्वन्ध विच्छेदले नै नया“ नया“ क्रान्ति र आन्दोलनको सकरात्मक जग बसालेको तथ्य लुकेको छैन । त्यसको साथै क्रान्तिकारी आन्दोलनहरुबाटै विश्व कम्युनिष्ट आन्दोलनका अग्रजहरु स्थापीत भएको सत्यलाई अश्विकार गर्ने वा बुझेर पनि बुझ पचाउनेहरुलाई बुढापाकाले भने जस्तै “झिङ्गाको सरापले डिङ्गा मर्दैन” मात्र भन्न सकिनेछ । हाम्रो सामु उत्पन्न गरिएको भ्रमहरुलाई परिवेश आफै खण्डन र विस्थापन गर्दै गएको छ र त्यो अझ व्यवहारबाटै प्रष्ट हुनेछ ।

३. नकरात्मक सम्वन्ध विच्छेदको सकरात्मक शिक्षाहरु ः
क. सामन्यत सम्वन्ध विच्छेदलाई हाम्रो समाजले राम्रो मान्दैन । मिले हुन्थ्यो, स“गै बसे हुन्थ्यो, झगडा नगरेहुन्थ्यो, आदी समाजले भन्ने विषयहरु ह्ुन तर, आवश्यकताले बेमिलन हुन्छ, झगडा हुन्छ वा सम्वन्ध विच्छेद हुन्छ यतिखेर नेकपा माओवादीको वैद्य नेतृत्वस“ग सम्वन्ध विच्छेद भनेको कुनै सामन्य विषयमा परेको घर झगड जस्तो होईन वा श्रीमान श्रीमतिको झगडा परालको आगो भने जस्तो पनि होईन यो त विचारको प्रश्न हो । सिद्धान्तको प्रश्न हो, अझ दर्शनको पनि प्रश्न हो । त्यसैले यो नकरात्मक मानियको सम्वन्ध विच्छेदको सकरात्मक शिक्षाहरु ह्ुनेछ । 

 “क्रान्तिकारी सिद्धान्त नभैकन कुनै पनि क्रान्तिकारी आन्दोलन चल्न सक्दैन, सवभन्दा समउन्नत सिद्धान्तबाट निर्देशित हुने पार्टीले मात्र अगुवा योद्धाको भुमिकालाई पुरा गर्न सक्दछ ।” यो कुरा क. लेनिनले आफ्नो चुनिएको रचना अंग्रजी संस्करण भाग १ पृष्ठ १६३—१६४, १९४७ मस्को मा लेख्नु भएको छ । बैद्य नेतृत्वस“ग सम्वन्ध विच्छेदको सम्वन्ध लेनिनको यो भनाईबाट समेत पुष्टी हुने देखिन्छ । पार्टीलाई एकातिर क्रान्तिकारी सिद्धान्तको आवश्यकता पर्दछ, त्यो सिद्धान्त सवभन्दा समउन्नत हुन आवश्यकता हुन्छ । फेरी त्यो क्रान्तिकारी सिद्धान्तबाट निर्देशित हुन नसक्ने पार्टीले पनि आफ्नो क्रान्तिकारी उदेश्य पुरा गर्न नसक्ने कुरा प्रष्ट छ । सिद्धान्त र व्यवहारको बेमेलताले पनि क्रान्ति हुन सक्दैन । यसै सन्दर्भमा वैद्य नेतृत्वमा रहेको समुह यथास्थितिवाद, सङ्किणवाद, सारसंग्रहवाद र संसदवादी गोलचक्करपूर्ण राजनीतिको घेरालाई पार गर्न नसक्ने अवस्था सिद्धान्तत स्पस्ट भयो । यस प्रकारको अवस्थामा व्याक्तिगत आरोप प्रत्यारोपमा फस्नु, अनावश्यक लाल्छना लगाउनु, वा सिद्धान्तको प्रश्नमा व्याक्ति वा नेतृत्व ईमान्दार नै हुन भनेर कुरी बस्नु क्रान्ति प्रतिको बेईमानी हुन्थ्यो । त्यसैले क्रान्तिकारीहरुको लागि सम्वन्ध विच्छेद बाहेक अर्को कुनै विकल्प बा“की देखिएन । यस अर्थमा यो आजको परिवेशले सृजना गरेको अनिवार्य सत्य, तथ्य र वस्तुपरक निर्णय हो । क. विप्लवको नेतृत्वमा गरेको सम्वन्ध विच्छेद आजको क्रान्तिकारी आन्दोलनको अवस्थाले अनिवार्य निम्त्याएको विषय वस्तु हो । 

ख. दोश्रो प्रश्न भनेको संगठनात्मक पद्धती र त्यसको पालना गर्ने विषयसँग संवन्धित रहेको छ । पार्टीमा विभिन्न विषयहरुमा अन्तर्रविरोध उत्पन्न भए पछि पार्टीले आफु भन्दा ठुलो निकायको फैसलामा जानु पर्दछ भन्ने हाम्रो माग थियो । विश्व कम्युनिष्ट आन्दोलनको ईतिहा“स हेर्नेहो भने पनि त्यो कुरा स्पस्ट देख्न सकिन्छ । सोभियत कम्युनिष्ट पार्टीले पनि पार्टीको विभिन्न अन्तरविरोध उत्पन्न हुँदा सोभियत युनियनको पार्टी कँग्रेसमा नै जोड गरेको देखिन्छ । सन् १९०३ जुलाईमा दोश्रो, १९०५ अप्रेल मा तेश्रो, १९०६ अप्रेलमा चौथो, १९०७ अपे्रलमा पाँचौ पार्टी कँग्रेस गरेको छ । त्यस्तै सन् १९१७ जुलाईमा छैठौ, १९१८ मार्चमा सातौं, १९१९ मार्चमा आठौं, १९२० मार्चमा नवौं, १९२१ मार्चमा दशौं, १९२२ मार्चमा एघारौं र १९२३ अप्रेलमा बाह्रौं पार्टी कँग्रेस सम्पन्न गरिएको थियो । त्यस्तै सन् १९२४ देखि १९५२ सम्म स्टालिनको नेतृत्वमा रहेको सोभियत कम्युनिष्ट पार्टीको समेत निरन्तर पार्टी कँग्रेसमानै जोड गरेको देखिन्छ ।

चिनी कम्युनिष्ट पार्टीको ईतिह“ँसमा पनि सन् १९२१ जुलाईमा पहिलो, १९२२ जुलाईमा दोश्रो, १९२३ जुनमा तेश्रो, १९२५ जनवरीमा चौथो, १९२७ अप्रेलमा पाँचौ, १९२८ जुनमा छैठौ पार्टी महाधिवेशनहरु सम्पन्न गरिएको छ । क. माओले समेत जहिले पनि माथिल्लो निकायको निर्णयहरुलाई मुख्य आधार बनाएको पाईन्छ । तर, पार्टीको कार्यदिशा, संगठनात्मक कार्वाही, अनुशासन र पार्टी पद्धति पालना, आन्दोलनमा पार्टीले खेल्ने भुमिका आदीका बारे पार्टीमा विवाद उत्पन्न भै सकेपछि पार्टी केन्द्रीय समितिको पूर्ण बैठक, सम्मेलन र महाधिवेशनहरुमा जान तयार हुनु पर्दथ्यो तर त्यो हुन सकेन उल्टै केन्द्रीय समितिको बैठक बोलाउन नमान्ने, ठेगान भैसकेको राष्ट्रिय सम्मेलनलाई एकाएक रोक्ने, नीतिमा महाधिवेशनको विरोध नगर्ने तर, महाधिवेशनको मिति ठेगान गरेर पहल गर्न आनाकानि गर्ने जस्ता गतिविधीले पार्टी नचल्ने मात्र हैन विर्सजनको प्रकृयामा जाने निश्चित प्राय हुन्थ्यो । यद्धपी संगठनात्मक प्रश्न भनेको दोश्रो र गौण महत्वको कुरा हुन्थ्यो तर पनि यसलाई वेवास्था गरी बस्ने सवाल कतापी हुदैनथ्यो ।

    ग.      “ज्ञान अभ्यासबाट शुरु हुन्छ र अभ्यासबाट प्राप्त भएको सैद्धान्तिक ज्ञानले  फेरी अभ्यासमानै फर्कनु पर्दछ । बैचारिक ज्ञानबाट क्रान्तिकारी व्यवहार तर्फ फड्को मार्न प्रकट हुनै पर्दछ अनि मात्र त्यसले झनै महत्वपूर्ण भुमिका खेल्छन ।” “सहि विचार कहाँबाट आँउछ, मे १९६३ मे मा क. माओले” यो कुरा बताउनु भएको थियो ।  यो कुरा हामीले मान्न लागु गर्न, तयार हुन्छौ वा हुदैनौ यसले नै हाम्रो ज्ञानको परिक्षण हुने हुन्छ । त्यसैले आजको सार विषयवस्तु भनेको क्रान्ति हो । त्यसैको लागि एमाओवादीस“ग सम्वन्ध विच्छेद गरेर वैद्यजीको नेतृत्वमा पार्टीलाई पुर्नगठन गरिएको सत्य लुकेको थिएन । विद्यान पार्टीको लागि हो र पार्टी क्रान्तिको लागि हो । यो सत्यलाई नबुझ्ने वा नबुझेझै गर्ने वा वुझेर पनि त्यो प्रक्रियामा जान डराउने वा हिचकिचाउने वा आनाकानी गर्ने वा त्यो परिवेशको नेतृत्व गर्न डराउने वा पछि हट्ने परिस्थिति छैन वा १०, १५ बर्ष क्रान्ति हुदैन वा गर्न सकिदैन भन्दै क्रान्ति प्रतिकोे अनास्था फैलाउने जस्तो अवस्था वैद्य नेतृत्वको पार्टीका अधिका“श पदाधिकारी वा पोलिटव्युरोमा रहेका कामरेडहरुको भुमिका छर्लङ्ग दोखियो । आफुलाई द्धन्दवादी भन्ने तर रुखहरु हेर्दा बनै नलाग्ने र बनको विचमा पुग्दा यहा“त रुखनै रहेनछ भन्ने जस्तो तर्क गर्दै यथास्थितिवादी गोलचक्करमा फन्को मार्न थालेको स्पस्ट भैसके पछि अव त्यसमा ट“ँसिरहन वा झुण्डीरहन क्रान्ति र क्रान्तिकारी आन्दोलनको लागि ठुलो घात वा बेईमानी वा छलछाम वा धोका हुन्थ्यो त्यसैले पदाधिकारीमा रहनुभएका पुछ्रे सचिव क. विप्लवले त्यसको ताल्चा तोड्नुु भएको छ । आईसब्रेक गर्नु भएको छ । यथास्थितिवाद र गोलचक्करवादको बलियो घेरालाई फड्को हान्ने कोशिस गर्नु भएको छ । क्रान्तिको लागि फेरी नया“ ढंगले उत्घोष गर्नु भएको छ । अनि त आज फेरी क्रान्तिकारीहरुको शरिरमा रक्तसंचार पैदा गरेको छ । परिस्थितिले आवश्यकता बनायो र सम्वन्ध विच्छेद गरियो ।

४. राष्ट्रिय सम्मेलन क्रान्तिको लागि कोशेढुङ्गा ः
क. यहि पौष महिनाको २३ देखि २६ गते सम्म पार्टीको ऐतिहा“सिक राष्ट्रिय सम्मेलन सम्पन्न हु“दैछ । यो राष्ट्रिय सम्मेलन अवश्य पनि नेपाली कम्युनिष्ट आन्दोलन र नया“ जनवादी क्रान्तिको लागि एक ऐतिहा“सिक कोशेढुङ्गा हुनेछ । यसले नया“ धु्रविकरणको ढोका जोडदार रुपमा खोलिदिनेछ । क्रान्तिकारी र यथाास्थिथिवादीहरुको सीमा रेखा कोरिदिनेछ । छद्म अवसरवादीहरुको भण्डाफोर गरिदिनेछ ।

 पार्टीले राष्ट्रिय सम्मेलनको लागि “प्रतिक्रियावाद र राष्टघातका विरुद्ध एकीकृत आन्दोलन, नया“ जनवादी क्रान्तिका लागि प्रथम राष्ट्रिय सम्मेलन π” भन्ने मुल नारा तय गरेको छ । राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा पार्टी जोडतोडले लागि परेको छ । जिल्ला र गा“उसम्म पार्टीको संरचनाहरु निर्माण भैसकेका छन । जबस÷मोर्चाहरुका पनि केन्द्र र जिल्ला तहसम्मका संगठनको संरचना खडा गरिसकिएको छ । आवश्यक पूर्वाधार, आर्थिक व्यवस्थापन, प्रचारात्मक तयारी, प्रतिनिधी छनौट जस्ता कार्यहरु जोडतोडले अघि बढिरहेको छ । यथास्थितिवादीहरुको पोल्टा खाली हुने र क्रान्तिकारीहरुको मोर्चावन्दी धुूविरणले तिर्वता ल्याएको छ । जिल्ला जिल्लाबाट क्रान्तिकारीहरु क्रान्तिका लागि मोर्चावन्दी धुूविकरण शुरु भएको । यसरी हेर्दा पार्टीमा नया“ विश्वास पैदा भएको छ । जनतामा तरङ्ग छ । प्रतिक्रान्तिले निल्न लागेको क्रान्तिको ज्वाला फेरी नया“ सिराबाट दन्कन थालेको छ ।  शहीद परिवार, वेपक्ता परिवार, घाईते र प्रतिक्रियावादी दमनको शिकार भएका सम्पूर्ण नागरिकहरुको मनमा फेरी ठुलो आत्मविश्वास जागृत हुन लागेको छ ।

ख. पार्टीको राष्ट्रिय सम्मेलनले गर्नु पर्ने मुख्यत चारवटा कामहरु छन । एक, पार्टीको कार्यदिशाबारे निर्णय गर्ने । दोश्रो, पार्टीको तत्कालिन नीति, कार्यनीति र समसामयीक सन्दर्भमा पार्टीको राजनैतिक दृष्टिकोणबारे निर्णय गर्ने । तेश्रो, संघर्ष र संगठनका अगामी कार्ययोजना बनाउने । र चौथो, पार्टीको चुस्त, दुरुस्त, जुझारु र सक्षम  केन्द्रीय नेतृत्वको निर्वाचन गर्ने । हामीलाई ठुलो विश्वास छ, कि हामीले यि कामहरुलाई ऐतिह“ँसिक ढंगले सु सम्पन्न गरिने छ । र दुनियालाई अर्भिलो यात्राको पहिलो पाईला आशावान, विस्वसनीय, उर्जाशिल र दायीत्वबोध सहितको अनुभुत बनाउने छ ।

ग. क. विप्लवले अघि सार्नु भएको कार्यदिशाको बहसले पनि यतिवेला नेपाली कम्युनष्टि आन्दोलनमा सकरात्मक वा नकरात्मक ढंङ्गले तरङ्गीत बनाएको छ । “माक्र्सवादी दर्शनशास्त्रको भौतिक हतियार सर्वहारा बर्ग हो भने, सर्वहारा बर्गको वैद्धिक हतियार माक्र्सवादी दर्शनशास्त्र हो ।” कार्ल माक्र्सले सार्नु भएको यो दार्शनिक तर्कलाई हामीले कदपी भुल्दैनौ । माक्र्सवादी दर्शन, द्धन्दात्मक तथा ऐतिहा“सिक भौतिकवाद, माक्र्सवाद लेनिनवाद माओवादको सहि पथप्रदशक सिद्धान्त, बर्ग संघर्ष र बल प्रयोगको नीति, निरन्तर क्रान्तिको सिद्धान्त जस्ता हाम्रो पार्टीको दार्शनीक तथा सैद्धान्तिक जगहरु हुन । त्यसैले हामीलाई विस्वास छ, पार्टीले ठेगान गर्ने कार्यदिशा पनि सहि र सक्षम ढंगको निर्णय गरिनेछ ।  जसले आगामी नेपाली क्रान्तिको लागि सहि मार्गदर्शन गर्न सफल र सक्षम हुनेछ । 

 विश्वका महान दार्शनिक कार्ल माक्र्सले भन्नु भए जस्तै “प्रत्येक सच्चा दर्शन आफ्नो समयको वैद्धिक सारतत्व हो ।” भन्ने मान्यतालाई आत्मसाथ गर्ने हो भने पनि हामीले हाम्रो देशको परिवेशमा हाम्रो देशको विशिष्टतामा, हाम्रो देशको अनुकुलतामा, र हाम्रो देशको सुगमतामा हाम्रो कार्यदिशा निर्माण गर्न सक्छौ । न कि सोभियत संघ र चीनको अन्ध नक्कल गरेर नेपाली क्रान्ति सफल हुनेछ । सोभियत संघमा लागु गरिएको कार्यदिशा लाई चीनमा छोडियो र चीनमा लागु गरिएको कार्यदिशालाई हाम्रो देशमा हुबहु लागु गर्नु पर्दछ भन्ने कुरा सारसंग्रहवादी र संङ्कृण तर्कमात्र हुनेछ । त्यसैले हामीेले हाम्रै अनुकुलमा कार्यदिशा निर्माण गर्ने प्रकृया छौ र त्यसमा हामी सफल हुनेछौ । 

अन्त्यमा ः
हाम्रो पार्टीले केवल जनताको अधिकार खोजेको छ । रोल्पामा भएको ५ वुँदे सहमति र दिल्लीमा भएको १२ वुँदे संझौता किृयान्वयन होस भन्ने चाहेको छ । काग्रेस एमाले किन ति सहमति र संझौताहरुबाट पछाडी फर्केका हुन ? भन्ने प्रश्नको उत्तर खोजेको छ । के माओवादी उनिहरुस“ग आत्मसमर्पण गरेर शान्ति प्रकृयामा आएका हुन ? यसको जवाफ खोजेको छ ।  “युद्ध भनेको राजनीतिको निरन्तरता हो ।” सर्वहारा वर्गका महान गुरु क. लेनिनले भन्नु भएको यो भनाईलाई अझ स्पस्ट पार्दै “राजनीति भनेको विना रक्तपातको युद्ध हो भने, युद्ध भनेको रक्तपात सहितको राजनीति हो ।” युद्ध र राजनीतिको विषयमा क. माओले यो कुरा बताउनु भएको छ ।

त्यसैले “सहासलाई सवैभन्दा माथि राख र निडर बनेर जनतालाई व्युँझाउ” क. माओको यो भनाईलाई हामीले यतिवेला झनै दह्रो गरिकन पक्रनु पर्ने भएको छ । अवश्य पार्टीको अगाडि गम्भिर चुनौतिहरु छन । अनेकन आरोह—अबरोहहरुलाई पार लगाउनु पर्ने छ । हामीले जानेरै यो कदम उठाएका छौ । हामीले बुझेरै आगोको लप्कासँग खेल्न कस्सिएका छौ । हामीले सोँच विचार गरेरै शिरमा कफन बाँध्न तयार भएका छौ । हाम्रो पार्टीको यो सम्मेलन नेपालको कम्युनिष्ट आन्दोलनमा अवश्य पनि ऐतिहाँसिक कोशेढुङ्गा हुनेछ । यसले नेपालको कम्युनिष्ट आन्दोलन र माओवादी आन्दोलनलाई समेत नया“ धु्रविकरणको ढोका खोलिदिनेछ । हामी भन्दै हुनेछौ, “तिमी तिम्रो तरिकाले लड हामी हाम्रो तरिकाले लड्छौ ।”

धन्यवाद ।
२०७१ पौष ९ 

Monday, December 22, 2014

दोलखामा एमाओवादीसँग सम्वन्ध विच्छेद गरी नेकपा माओवादीमा समाहित एमाओवादी रिक्तिने क्रममा, सिसिएम क. चिरनले स्वागत अपुरो रहेको क्रान्तिलाई पुरा गर्न सँगै अघि बढ्ने प्रतिवद्धता

Saturday, December 13, 2014

पत्रकार सम्ममेलनमा नेताहरु,,,

पौष ११ गते खुल्लामंच जाऔं,
विशाल खबरदरीसभामा सहभागी बनौं

Tuesday, December 2, 2014

प्रेस विज्ञप्ति


हाम्रो गौरवशाली पार्टी ने.क.पा.माओवादीको केन्द्रीय समितिको २०७१ साल मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समितिका जेष्ठ सदस्य कमरेड असारेका अध्यक्षतामा सम्पन्न बैठकले लिएका ऐतिहासिक निर्णयहरू सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ –




१. मङ्सिर ७ गते कमरेड किरणको अध्यक्षतामा बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा कमरेड किरणले पेश गर्नुभएको प्रस्ताव र अभिव्यक्ति दुवै आजको देशको राजनीति र पार्टीमा चलिरहेको दुईलाइन सङ्घर्षको परिवेशमा पार्टी एकतावद्ध गर्ने प्रकृतिको नभई पार्टी विभाजन उन्मुख भएको साथै उक्त प्रस्ताव स्वीकार गर्ने सम्भावना कुनै पनि क्रान्तिकारीको लागि सम्भव नरहेको निस्कर्षसहित कमरेड किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गर्न दिएको पत्र सही रहेको निष्कर्ष निकाल्दै बैठकले सो निर्णय अनुमोदन ग¥यो ।
२. कमरेड किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गरिसकेपछि पार्टी पुनर्गठन गरियो । पुनर्गठित पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी माओवादी रहने निर्णय लिइयो ।
३. पुनर्गठित पार्टी ने.क.पा.माओवादीको अगाडि नीति र कार्यक्रमका लागि “प्रतिक्रियावाद र राष्ट्रघातका विरुद्ध एकीकृत आन्दोलन ! नयाँ जनवादी क्रान्तिका लागि प्रथम राष्ट्रिय सम्मेलन !!” नाराका साथ अगामी पुस २३, २४, २५ र २६ गते प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय लिइयो । त्यसपछि केन्द्रीय कमरेड किरणसँग सम्बन्ध विच्छेद गरी आउनुभएका केन्द्रीय समितिका सदस्य, वैकल्पिक केन्द्रीय समितिका सदस्य र सल्लाहकार कमरेडहरू रहेको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरियो । आयोजक समितिको संयोजकमा कमरेड विप्लव र पार्टी प्रवक्तामा कमरेड प्रकाण्डलाई निर्वाचित गरियो ।
४. पुनर्गठित ने.क.पा.माओवादीलाई राज्य, जिल्ला, इलाका र सेलसम्म पुनर्गठन गर्ने र व्यवस्थित परिचालन गर्ने निर्णय भयो ।
५. वर्गीय, जातीय, लिङ्गीय, क्षेत्रीय साथै राष्ट्रिय स्वाधीनताको मुक्ति आन्दोलनलाई दृढतापूर्वक अगाडि बढाउन सबै जनवर्गीय संगठनहरू युवा, विद्यार्थी, मजदूर, किसान, जनजाति, दलित, महिला, सांस्कृतिक तथा सबै राष्ट्रिय मुक्ति मोर्चालाई ने.क.पा. माओवादीलाई साथ दिन आग्रह गर्ने निर्णय गरियो ।
६. सबै खालका विदेशी हस्तक्षेप एवं अतिक्रमण विशेषतः भारतीय विस्तारवादद्वारा नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक, जलस्रोत आदिमा गरिएको हस्तक्षेपको सशक्त प्रतिरोध गर्ने सो प्रतिरोध आन्दोलनका लागि सबै देशभक्त, स्वाधीनताप्रेमी, प्रगतिशील, वामपन्थी शक्तिहरूसँग एकतावद्ध हुँदै अगाडि बढ्ने निर्णय भयो ।
७. संसदवादी राजनीतिक दलहरू मुलतः नेपाली कांग्रेस र नेकपा (एमाले) ले केही विदेशी शक्तिको आड र उक्साहटमा निर्वाह गरेको भूमिका र बेइमानीका कारण नेपाली जनताले पुनः ठुलो मुल्य चुकाउनुपर्ने परिस्थिति सृजना हुँदै गएको छ । दलालहरूको उक्साहटमा पर्दै जनताका प्रस्तावहरूबाट पछाडि फर्किन पुगेका छन् । संसदवादी र माओवादीबीचमा भएका सहमतिको राज्यमा सहअस्तित्व, सहकार्य र साझेदारीको विपरीत सबै सहमति र सम्झौताको उल्लङ्घन गर्दै जनयुद्ध; जनआन्दोलनबाट प्राप्त जनताका अधिकारहरूलाई निषेध गर्दै पछाडि फर्किरहेका छन् । उनीहरूको जोड एकलौटीरुपले राज्यलाई कब्जा गर्ने रहेको छ । यो प्रतिक्रान्तिकारी कदम हो । संसदवादीहरूको यसखाले भूमिकाले देशमा शान्ति, अग्रगमन, राजनीतिक निकास र समृद्धि ल्याउने नभई अस्थिरता, पश्चगमन, अराजकता सृजना हुँदैछ । देशको लागि यो गम्भीर राजनीतिक संकटको परिस्थिति हो । यदि जनता र देशको अपेक्षा र आवश्यकतालाई ग्रहण गर्ने हो भने आजको राजनीतिक सङ्घर्षको अग्रगामी समाधान संसदवादी र माओवादीको बीचमा पुनः शान्ति प्रक्रियाका समग्र विषय (राज्यसत्ता, न्यायालय, सुरक्षा प्रणाली, आर्थिक जनअधिकार, संविधान) मा पुनः समीक्षा गर्दै नयाँ सहमतिमा पुग्नुपर्ने आवश्यकता छ । त्यसको लागि कथित संविधानसभा विघटन गरी अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभा गठन गरिनुपर्दछ । उक्त राजनीतिक सभाबाट नै सबै विषयको निकास निकालिनुपर्दछ ।
८. शान्ति प्रक्रियाको विषयमै विस्तृत छलफल गर्न आवश्यक छ । हाम्रो विचारमा दुई सत्ता, दुई सेना, दुई अदालत, दुई प्रशासनको मान्यतालाई केन्द्र विन्दुमा राखेर सबै क्षेत्रमा पुराना संयन्त्रहरू दुवैतिर विघटन गरेर नयाँ संरचनाहरूमा पुग्न आवश्यक छ । किनकि शान्ति प्रक्रियाको मुल मर्म नै सहअस्तित्व, सहकार्य र साझेदारीता हो । कुनै पनि वहानामा यो मर्मको उलङ्घन कुनै एक पक्षद्वारा गरिनु भनेको अन्ततः शान्ति प्रक्रिया असफल हुनु नै हो । आज यो पक्षमा पनि हामी राज्यसत्ताको ध्यान केन्द्रित गर्न चाहन्छौँ ।
९. कम्युनिस्ट पार्टी श्रमजीवि जनताको अग्रदस्ता तथा प्रगतिशील, देशभक्त शक्तिहरूको नेतृत्वदायी शक्ति हो । यसले ठोस परिस्थिति अनुरुप ठोस निर्णयहरू गर्दै जनताको नेतृत्व गर्नुपर्दछ । हाम्रो पार्टीले यसको प्रयत्न गर्दै आएको छ । परन्तु कमरेड किरण पार्टी नेतृत्वमा रहिसकेपछि परिस्थिति अनुरुप देश र जनताको नेतृत्व गर्ने मामिलामा कमजोर बन्दै एक प्रकारले गतिहीन बन्न पुग्नुभयो । साथै प्रतिक्रान्तिकारी धारालाई चिर्न दृढतापूर्वक अगाडि बढ्नुको सट्टा यथास्थितिकै पछाडिमा घिस्रिने र गोलचक्करमा फस्ने समस्या देखाप¥यो । यो समस्याबाट निकास दिन पार्टीले राष्ट्रिय सम्मेलन या विशेष महाधिवेशन गर्नुपर्ने निर्णय लिइयो । परन्तु उक्त निर्णयको कार्यान्वयन पनि समय बिताएर मात्र गर्ने या अन्तसम्म पछि धकेल्ने सोचाइ देखाप¥यो । परिस्थितिको जटिलतालाई बुझेर विशेष कदम चालौँ भन्ने सुझावलाई बेवास्ता गर्दै उल्टो पार्टीभित्रको समस्यालाई मुख्य बनाउँदै असहिष्णुता, संकीर्णता, पुर्वाग्रह र वर्ग सङ्घर्षबाट भाग्ने र अन्तर्सङ्घर्षमै रमाउने शैली प्रकट भयो ।
१०. नेपालीमा कम्युनिस्ट पार्टीको स्थापनापछि राज्य र जनताको बीचको अन्तर्विरोध र सङ्घर्षको वस्तुस्थिति अनुरुप कम्युनिस्टहरूबीच बहस, अन्तर्सङ्घर्ष, एकता, पुनर्गठन निर्धारित हुँदै आएका छन् । प्रतिक्रियावादी राज्यसत्ताको विरुद्ध जनताका अधिकारहरूको नेतृत्व गर्नेगरी कम्युनिस्ट नेतृत्व अगाडि आउँदा व्यापक केन्द्रीकरण र ध्रुवीकरण हुने गरेको छ भने नेतृत्वले त्यो भूमिका पूरा गर्न नसक्दा भएको शक्ति विकेन्द्रित, विभाजित हुने गरेको छ । जनयुद्धकालमा माओवादी नेतृत्व वरिपरि व्यापक कम्युनिस्ट केन्द्रीकरण र शान्तिकालमा आएपछि भद्दा विकेन्द्रीकरण, विभाजन, छरपस्टता यसैका उदाहरण हुन । आज कम्युनिस्ट आन्दोलनमा अविश्वास, आशंका, छरपस्टता, अराजकता, आत्मसमर्पण मुख्या चुनौती बनेको छ । यसको बोध कम्यनिस्ट नेता, कार्यकर्ता, समर्थक सबैमा हुन पुगेको छ । माओवादी आन्दोलन हाल देखिएका अन्तर्सङ्घर्ष, विभाजन आदि पनि यसैका परिणाम हुन् । सम्भवतः यो कालक्रमले एउटा चक्र पार गरिसकेको छ । अब नेपाली कम्युनिस्ट आन्दोलनमा पुनः एकता, केन्द्रीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि आउनेछ । आजको प्रमुख सङ्घर्ष र समस्या कम्युनिस्टहरूबीचको होइन र बनाउनुहुँदैन । समस्या दलाल पुँजीवादी राज्यसत्ता र नेपाली जनताको बीचको नै हो । केही व्यक्तिको तुच्छ व्यक्तिगत स्वार्थ र कमिसनको लागि देशको अमुल्य श्रोतसाधन (खानी, पानी, व्यपार) बेचेर खाने दलाल र उनीहरूको संरक्षण गर्ने प्रतिक्रियावादी सत्ता र स्वाभिमानी नेपाली जनताको बीचको सङ्घर्ष हो । हामी कम्युनिस्टहरूले त्यसले नेतृत्व गर्ने बेला आएको छ । यसको लागि आपसी अन्तरहरूलाई सहायक बनाउँदै सबै कम्युनिस्टहरू विशेषतः माओवादी कम्युनिस्टहरू एक अर्काका सहयोगी बन्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।
११. कमरेड किरणसहितको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेर पार्टी पुनर्गठन गर्दा अनेकौं भ्रम फैलाइएको देखिन्छ । त्यस्ता प्रचारहरूमा मुख्यतः माओवादी जंगल फर्किदैछ, हतियार उठाउँदैछ, युद्ध गर्दैछ, संवाद र सहमतिको बाटो त्यागिसक्यो आदि आदि छन् । वास्तवमै माओवादीका राजनीतिक, जनअधिकार, राष्ट्रिय स्वाधीनतासहित अग्रगमनकारी सुस्पष्ट दृष्टिकोणलाई छोपछाप पारिदिने, सम्पूर्ण नागरिकहरूको ध्यान विषयान्तर गर्ने, पार्टीबारे भ्रम श्रृजना गरिदिन र प्रतिक्रान्ति र प्रतिक्रियावादी राज्यसत्ता स्थापनाको बाटो सहज गरिदिने जाल हो । यी सबै प्रायोजित भ्रमहरुलाई खारेज गर्दै ती सहमतिहरूको समीक्षा गर्दै नयाँ सहमतिसहित मुलुकलाई शान्ति र अग्रगमनतिर लैजान तयार होऊन् भन्ने रहेको छ । जुन कदम नै वास्तविक शान्ति, अग्रगमन र समृद्धिको आधार हो । यदि स्पष्ट इमानदारीतापूर्वक दृष्टिकोण र प्रस्तावलाई हुँदै नभएको सिर्पm युद्ध र हतियारतिर मात्र प्रचार गरिदिनु भ्रामक त छ नै, यो बेइमानी, जालझेल र भयानक षड्यन्त्रको पुलिन्दा मात्र हो । यसले अनजानमै देशलाई द्वन्द्वको भूमरीमा फसाउँछ । हाम्रो आग्रह छ कि यसखालका गलत प्रचार, भ्रम र जालझेलको भ्रममा नपर्न अन्तर्राष्ट्रिय समुदाय, आम नागरिक र सबै सरोकारवाला पक्षसँग आग्रह गर्दछौं ।
१२. संसदवादी रमाओवादीबिच भएका पाँच बुँदे सहमति १२ बुँदे सहमति र त्यसको जगमा बनेको विस्तृत शान्ति सम्मmौता हुँदै शान्ति प्रक्रियामा भएका तमाम सहमतिहरूको नेपाली कांग्रेसबाट उल्लंघन भएको छ । जसमा सहअस्तित्व, सहमति, सहकार्यको मन्यताअनुसार सत्ता साझेदारी, भूमिहीन, सुकुम्बासी तथा आम किसानका जमिनको समस्याको समाधान, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत राज्यको पुनर्संरचना जस्ता आधारभूत सहमतिहरू एकलौटी रुपमा कांग्रेसको नेतृत्वमा बनेको संसदीय प्रणालीले भंग गरेको छ । त्यसलाई सच्याउँदै सहमतिहरूलाई इमानदारीपूर्वक कार्यान्वयन गरियोस् भन्ने हाम्रो पार्टी चाहन्छ ।
१३. सहमतिहरूको उल्लंघनको प्रभाव राष्ट्रियता, जनतन्त्र, जनजीविकामा देखापरेका छन् । जनताको नैसर्गिक तथा मानव अधिकारको हनन भएको छ । स्वास्थ्य, शिक्षा, रोजगारीमा व्यापारीकरण भएको छ । महिला तथा बालबालिकाको बेचबिखन जस्ता जघन्य अपराधहरू भएका छन, घरेलु हिंसा, पारिवारिक तथा सामाजिक विखण्डन, धार्मिक असहिष्णुता र अतिक्रमण, मूल्य वृद्धि, सेना तथा प्रहरीमाथि राजनीतिक विभेद भएको छ । कर्मचारीन्त्रको व्यापक भ्रष्टीकरण भएको छ । साथै, देशका विभिन्न जाति, क्षेत्र, लिंग र वर्गका जनताको सत्तामा हुने समानुपातिक सहभागिताको व्यवस्थालाई खारेज गर्ने हर्कत भइरहेको छ । जातीय क्षेत्रीय लिंगीय वर्गीय विभेदको अन्त्य गरी राष्ट्रिय सवाधीनता, आर्धिक समृद्धि सांस्कृतिक रुपान्तरण सहित राष्ट्रिय एकता पैदा गर्ने उद्देश्यका साथ माओवादीले अगाडि सारेको राष्ट्रिय पहिचानको आधारमा संघीयताको मुद्दालाई कांग्रेस लगायतका संसदवादीहरूले जातीय विभेद र जातीय साम्प्रदायिक तथा राष्ट्रिय विखण्डनको दिशातिर धकेलिएको छ । यी समस्याहरूको कारणहरू सहमतिको उल्लंघनले लयाएका परिणामहरू हुन् ।
१४. माथिका सहमतिहरू क्रान्तिको नेतृत्व गरेको तत्कालीन माओवादी, सत्तासीन संसदवादी र संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायको रोहवरमा भएका हुन् । यी सहमतिहरू कांग्रेसबाट एकलौटी रूपमा उल्लंघन हुँदा संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायको घोर अवहेलना तथा उपेक्षा भएको छ । तसर्थ, यी सहमतिहरूलाई पूर्ण रुपले कार्यान्वयन गराउन संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्टिय समुदायको विशेष हाम्रो पार्टी ध्यानाकर्षण गर्दछ ।
१५. भारतसित भएको सन् १९५० को असमान सन्धि र त्यसपछिका तमाम गोप्य तथा नेपालको हित विपरीत सहमतिहरुको जगमा टेकेर पीटीए, पीडीए लगायत नेपालका जमिन, जङ्गल, जल, खनिज लगायतका प्राकृतिक सम्पदामाथि नियन्त्रण गरिरहेको छ । सन् १९५० लगायत सबै प्रक्रिया तत्काल खारेज गरियोस्् भन्ने हाम्रो पार्टी चाहन्छ ।
१६. हामी शान्ति चहान्छौं, स्वाधीनता चाहन्छौं, परिवर्तन र समृद्धि चाहन्छौं । हामीलाई नेपाली जनता, श्रमजीवि वर्ग, राष्ट्रिय स्वाधीनताको अधिकारबाहेक अरू कुनै स्वार्थको सर्त र आवश्यकता मान्य छैन । हाम्रो यो अभियानमा देशभक्त, वामपन्थी, प्रगतिशील, मजदूर, किसान, जनजाति, दलित, महिला, युवा सबैले सहयोग पु¥याइदिनु हुनेछ भन्ने विशेष आग्रह गर्दछौं ।
क्रान्तिकारी अभिवादनसहित !
…….. ……….
(विप्लव)
संयोजक
राष्ट्रिय सम्मेलन आयोजक समिति
नेपाल कम्युनिस्ट पार्टी माओवादी

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।