Wednesday, January 14, 2015

संकटपूर्ण राजनीतिक परिवेश र माओवादीको आसन्न राष्ट्रिय सम्मेलन बारे ।

त्रिशुली आवाज
राष्ट्रिय मासिक
बर्ष ४, पूर्णङ्क १८, पुस २०७१ ।

शुभारम्भ ः
     “कम्युनिष्टहरुले आफ्ना विचार र लक्ष्यलाई लुकाउन चाहन्नन । उनिहरुले आफ्ना उदेश्यहरु अहिलेका सवै सामाजिक अवस्थालाई बलपुर्वक फ्याकेर मात्र प्राप्त हुन सक्दछ भन्ने कुरा खुल्ला रुपले घोषणा गर्दछन । ” —माक्र्स ÷एङ्गेल्सले यो कुरा कम्युनिष्ट घोषणा—पत्रमा उल्लेख गर्नु भएको थियो । आजको राष्ट्रिय राजनीति कता जादैछ ? देशको परिस्थिति कस्तो छ ? हाम्रो बारेमा विभिन्न रुपमा उठाईएका भ्रमहरु के हुन ? किन वैद्य नेतृत्वस“ग सम्वन्ध विच्छेद गर्नु पर्यो त ? आसन्न पार्टीको राष्ट्रिय सम्मेलन प्रतिको अपेक्षा के छ ? आदी आदीको बारेमा स्पस्ट हुन आवश्यक छ । हामीले देखेका छौ, मुलुकमा आज दलाल पुँजिपतिहरुको विगविगी छ । नोकरशाह पुँजिपतिहरुको हैकम छ । प्रतिक्रान्तिकारीहरुको बोलवाला छ । प्रतिक्रियावादीहरुको दबदबा छ । यो कुरा भनिरहनु पर्दैन कि, हामीले यस्तो राज्यसत्ता मान्दैनौ, यसले लादेको सम्पूर्ण समाजिक, आर्थिक, राजनैतिक, सा“स्कृतिक लगाएतका अवस्थाहरुलाई स्वीकार गर्दैनौ । हामी सवैलाई सु स्पस्टनै छ, हामी नया“ जनवाद स्थापना गर्ने कुरा भनिरहेका छौ, समाजवाद र साम्यवाद स्थापना गर्ने कुरा भनिरहेका छौ, हामीले यो कुरा भनिरहेका मात्र छैनौ, लडिरहेका पनि छौ । अझ झन ठुलो लडाईको तयारी पनि गरिदैछ । यसैले त हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीले माक्र्स ÷एङ्गेल्सले कम्युनिष्ट घोषणापत्रमा बताउनु भएजस्तै यो राज्यसत्तालाई बलपुर्वक पm्याक्न चाहन्छ । यसका सम्पूर्ण संरचनाहरुलाई भत्काउन चाहन्छ । देशमा रहेको दलालीकरण, नोकरशाह प्रवृति, प्रतिक्रान्तिकारी वोलवाला र प्रतिक्रियावादी दबदबालाई तोड्न चाहन्छ ।

१. राजनीतिक परिवेश र निकाश ः
यतिखेरको राजनीतिक परिवेश निकै संकटपूर्ण, दर्दनाक, पीडादायी, आक्रोशपूर्ण, भयाभह र चुनौतिपूर्ण धरातलमा उभिएको छ । अलोकतान्त्रितक र गैर दलीय प्रवृतिको गर्भबाट जन्मेको दुषित कथित संविधानसभाले जनताको पक्षमा संविधान बनाउन नसक्ने कुरा प्रस्ट नै छ । यसले जनताको मुल प्रवृति र मागहरुलाई संवोधन गर्न सक्दैन । सहि धरातलमा राज्यको पुर्नसंरचना गर्न सक्दैन । शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा स्थापीत गर्न सक्दैन । त्यसैले आजको सन्दर्भमा मुलुकलाई सहि ढंगले दिशावोध गर्न क्रान्तिकारी शक्ति र प्रवृतिको भुमिका अहम र निर्णयक हुने परिवेश हाम्रो सामु उपस्थित भएको छ ।

क.     सरकारको प्रवृति र चरित्र ः
प्रतिक्रियावादी र संशोधनवादी शक्तिहरुको गठजोडले सरकार संचालन गरिएको छ । सरकारमा चरम ढंगको दलालीकरण छ ।  यो जनविरोधी पनि छ । यो गैर जिम्मेवार र जन हित र अधिकार विरोधी समेत छ । राज्यसत्ताको एउटा अंग भएकोले दलाल, नोकरशाह पुजिपति, प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी तत्वहरुको भयानक उपस्थिति यो सरकारमा रहेको छर्लङ्गै छ । यो सरकारको चरित्र, प्रवृति  र पात्रहरुको भुमिका विगतमा पनि राष्ट्रघाती, जनघाती, षडयन्त्रकारी र जन विरोधी रहेकोले आजको अनुहार नियाल्न  कसैलाई मुस्किल पर्ने छैन । त्यसैले नेपाली जनताले  यो सरकारलाई जतिसक्यो छिटो बर्खास्ती तर्फ लाग्नु र कदम चाल्नु पर्ने आवश्यकता छ ।

ख.     विपक्षको प्रवृति र चरित्र ः
यतिखेर यो सरकारको विपक्षमा नवसशोधानवादी, मद्येशवादी र केहि जातिय तथा क्ष्ँेत्रीय पार्टीहरु छन । आज उनिहरु पनि सरकारवादी दलहरुको वरीपरी बसेर आफ्नो निभ्न लागेको भुमिकाको खोजीमा लालायीत छन । रुपमा जनताको अधिकारको पक्षमा देखिएको भएता पनि उनिहरुको सारवस्तु भनेको सरकारमा कसरी पुग्ने भन्ने कुरामा केन्द्रीत रहेको देखिन्छ । विगत ०६४ सालको संविधानसभा र सरकारको नेतृत्वको हैसियतबाट पनि जनताले मुल्याङ्कन गर्न कठिन पर्दैन । त्यसमाथि राष्ट्रघाति विप्पा संझौता, विभिन्न जलश्रोत संझौता, भ्रष्टाचार आदीको भुमिकाले आजको विपक्षी नेतृत्व दल चरम ढंगको नवसंशोधनवादी र अवसरवादी धरातलमा उभिएको छ । त्यसमा पनि उसले आफ्नै पहल र सकृयतामा जनमुक्ति सेनालाई विगटन गरेको छ । रगतस“ग साटेर ल्याएको हतियार निर्लज्य रुपमा बुझा“एको छ । आफ्नो नीति, कार्यक्रम, कार्यदिशा, बर्गसंघर्ष, बलप्रयोगको सिद्धान्त लगाएत कम्युनिष्ट मुल्यमान्यताका आधारभुत विषयवस्तुहरुलाई समेत त्यागी सकेको अवस्था छ । त्यसैले अहिले विपक्षमा रहेको प्रवृति र चरित्रले समेत जनताको पक्षमा ठोस र मुर्त भुमिका खेल्न सक्ने कुनै आधार र औीचत्य देखिदैन ।

ग.     साम्राज्यवादी तथा विस्तारवादी चलखेल र हस्तक्ष्ँेप ः
मुलुकमा संघीय गणतन्त्र आईसकेको भनिएको छ । धर्मनिरपेक्षतामा मुलुक गयो भनिएको छ । तर पनि वैदेशीक चलखेल र हस्तक्षेप  आज पनि हटेको छैन । नेपालको राजनीतिक तथा  अर्थनीति, सामाजिक तथा धार्मिक नीति, भौगोलिक हस्तक्ष्ँेप र सरकारको हरेक गतिविधीमा साम्राज्यवादी विस्तारवादी चलखेल र हस्तक्ष्ँेप बढेको छ । वर्तमान सरकारले राष्ट्र र राष्ट्रियता प्रतिको आफ्नो अडान राखेर व्यवार देखाउनुको सट्टा उनिहरुकै पाउमा लम्पसार परेर ज्यु हजुरी गर्न लागिपरेको अवस्थामा हाम्रो देश छ । करिब ६२ हजार भन्दा धेरै नेपाली भुभाग विस्तारवादी पोल्टामा पुगिसकेको छ । दिनहु सिमानामा दिनहु“ लुटपाट, चोरी डकैति, बलत्कार, अपहरण र विस्तारवादी सुरक्षा कर्मिहरुको दबदबा आज पनि कायमै छ । त्यसैले राष्ट्रिय स्वाधीनताको रक्षाको लागि प्रतिरोध संघर्षलाई उठाउनु पर्ने आवश्यकता टट्कारो बनेको छ ।

घ.     जनतन्त्र र जनजीविकाको प्रश्न ः
हाम्रो देशमा जनतन्त्र होईन, लुटतन्त्र मौलाएको छ । जनताको अधिकार होईन, शोषण, दमन कायम छ । मुल्य असिमित ढंगले बढेको छ । भ्रष्टाचारले सीमा नाघेको छ । घुसखोरी, कमिसनतन्त्र, कालोबजारी खुलम्खुल्ला छ । जुनसुकै क्ष्ँेत्रमा दलालीकरण र विचौलियाहरुको विगबिगी बढेको छ । तस्करी र  अवैध कारोबारको नेपाल टान्जिटपोईन्ट बनेको छ । हजारौं  युवाहरु रोजी रोटीको समस्याले दिनहु“ विदेश पलायन  भैरहेका छन तर सरकार मुखमा चुकुल ठोकेर बसेको छ । यी सवै घटना र परिघटनाहरुलाई हेर्दा हाम्रो देश जनतन्त्र र जनजीविकाको सवालमा अनकन्टार दिशातर्फ कुदिरहेकाले तत्काल राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा ठुलो आन्दोलनको आवश्यकता छ । राष्ट्रिय पु“जिपतिबर्ग, मध्यमबर्ग, किसान, मजदुर लगाएत सवै तहका श्रमजीवि जनताहरुलाई नया“ जनवादी क्रान्तिको पक्षमा आधार तयार पार्न र त्यसको पक्षमा प्रचार प्रसार तथा तयारीको दिशामा लाग्न उत्पेरण सुजर्ना गर्नु र संगठित तथा आन्दोलित पार्नु पर्ने आवश्यकता झन बढेर गएको छ ।

ङ.     तत्कालिन कार्ययोजनाको कार्यन्वयन ः
मुख्य कुरा आजको सन्दर्भमा सहि र सवल तत्कालिन कार्ययोजना के हुने भन्ने विषय महत्वपूर्ण हो । सहि कार्ययोजनाले मात्र मुलुकको चौतर्फी संकटलाई समाधान गर्ने र अग्रगामी दिशातर्फ धकेल्ने भुमिका खेल्दछ । यो परिवेशमा वर्तमान कथित संविधानसभाले मुलुकको सम्पूर्ण तह र तप्काका जनसमुदायहरुको हक, अधिकार सुनिश्चित गर्न नसक्ने भएकोले यसलाई तत्काल विगटन गरिनु पर्दछ । अनि अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभाको गठन गरी सम्पूर्ण उत्पीडित क्ष्ँेत्र, तह, समुदायहरुको सहभागीतामा कसरी सवैको अधिकारलाई सुनिश्चित गर्ने र कसरी मुलुकलाई २१ औं सताव्दी सुहाउदो ढंगले रुपन्तरण गर्ने भन्ने विषयमा घनिभुत छलफल गरेर मात्र आजको राष्ट्रिय संकटलाई समाधान गर्न पहल गर्नु आजको विन्दुमा सहि र सक्ष्ँम तत्कालिन कार्ययोजना हुन सक्छ भन्ने कुरा कसैले भुल्नु हुदैन ।

च.     राजनैतिक कार्यक्रम के हुने ?
वर्तमानका संकटहरु संक्षीप्त रुपमा माथि उल्लेख गरि सकिएको छ । त्यसैले आजको यी संकटहरुलाई समाधान गर्न हामीलाई सहि राजनैतिक कार्यक्रमको आवश्यकता पर्दछ । त्यसैले निम्न विषयहरुमा केन्द्रीत रहेर आजको राजनैतिक कार्यक्रम ठेगान गर्नु सहि र सान्दर्भिक देखिन्छ ।
१. तत्कालमा दलाल तथा नोकरशाह पु“जिपति, प्रतिक्रान्तिकारी शक्तिहरु र प्रतिक्रियावादी शक्तिहरुको विरुद्ध मोर्चावन्दी हुने र उनिहरुको विरोध, भण्डाफोरमा जोड गर्दै प्रतिरोध संघर्षलाई अघि बढाउने ।
२.     साम्राज्यवादी, विस्तारवादी तथा सम्पूर्ण खाले बैदेशिक हस्तक्ष्ँेपका विरुद्ध आन्दोलनलाई केन्द्रीत गर्ने र राष्ट्रिय स्वाधीनताको पक्षमा जनमत तयार गर्दै, प्रभावकारी, जुझारु र सशक्त राष्ट्रिय स्वाधीनताको आन्दोलन उठाउन जोड गर्ने ।
३.     सम्पूर्ण खाले दक्ष्ँीणपंथी अवसरवाद, आत्मसमर्पणवाद, नवसशोधनवाद, यथास्थितीवाद, संङ्किणवाद र संसदवादको विरुद्ध प्रशिक्षित गर्ने र भण्डाफोर आन्दोलनलाई योजनावद्ध अगाडि बढाउने ।
४. राष्ट्रघातको विरुद्ध उत्रने सम्पूर्ण राष्ट्रभक्तीहरु, जनतन्त्र र जनजीविका स्थापीतको लागि पहल गर्ने, नेपालको मध्यमवर्ग, राष्ट्रिय पु“जिपति बर्ग, र सम्पूर्ण उत्पीडित जनसमुदायहरुलाई गोलबन्द गर्दै नया“ जनवादी कार्यक्रमको प्रचार प्रसारमा जोड गर्दै, सचेत र संगठित रुपमा नया“ जनवादी क्रान्तिको पक्षमा भुमिका खेल्ने योजना बनाउने । त्यसको लागि नया“ जनवादी क्रान्ति जिन्दावाद । जस्ता कार्यक्रम र नाराहरुलाई सु संगठित बनाउन पहल गर्नु आजको सन्दर्भमा सहि र सक्षम राजनैतिक कार्यक्रम हुन सक्ने छ ।

२. गौर राजनीतिक गर्भमा उभिएको भ्रमहरु ः
क. हामी देखि रहेका छौ यतिवेला, प्रतिक्रियावादी, संशोसदनवादी, नवसंशोदनवादी, यथास्थितिवादी, संङ्किणवादी र संसदवादीहरुले विभिन्न भ्रमहरु छर्दै हिडेका छन । फेरी एकचोटी जनतालाई झुक्याउन सकिन्छ कि भनेर महाजाल बुनिरहेका छन । भ्रमका पहाडहरु खडा गरिरहेका छन । विभिन्न नौटङ्कीपूर्ण तर्कहरु गर्दै आफ्नो असली अनुहार झनै उदाङ्गो पारिरहेका छन । हो, यतिवेला नेकपा माओवादीले संचालन गरेको गतिविधी र लिन खोजेको नीतिले देशमा एउटा तरङ्ग सृजना गरेको छ । अवश्य पनि यसले जनतामा एउटा आशा पलाएको छ । क्रान्तिकारीहरुले आफ्नो शरिर तन्क्याउन थालेको अनुभुत हुन लागेको छ ।  अनुहार हँसिलो पार्दै अपुरो रहेको नया“ जनवादी क्रान्ति पुरा गर्न  फेरी एकचोटी जुरुक्क उठ्न सो“चेको अनुभुत भैरहेको छ । सहर, गल्ली, गाँउ, बस्ती, भीर, पाखा, तराई, हिमाल र पहाडका निम्छरो अनुहारमा फेरी नया“ उषाको लालि भरिन थालेको आभाष मिलेको छ । सर्वहारा वर्गीय क्रान्तिको विगुल फुक्दै नया“ उमङ्ग, नया“ जोस, नया“ उत्साह, नया“ प्रतिवद्धता, नया“ संङ्कल्प सहीत जनता व्यु“झिन थालेको तरङ्ग पैदा भएको छ ।
ख. यतिवेला हाम्रो पार्टी र नेतृत्वका बारे विभिन्न प्रकारका भ्रमहरु सृजना गरिएका छन ।  हाम्रो बारेमा विभिन्न आरोप प्रत्यारोप लगाईदै आईएको छ, जो निकै अराजनैतिक र अद्धन्दवादी देखिन्छ । जस्तै, अपरिपक्को छन, नेतृत्व महत्वकाक्षा छ, फुटपरस्त हुन, संगठनात्मक पद्धती मानेनन् आदी— आदी । हुनत यस प्रकारको विषयमा टिका टिप्पोणीमा लाग्नु भनेको उहि गा“उ घरे उखान जस्तो हुनेछ “आचीलाई चलाई मुखमा छिटा” तर सत्य के हो भने हरेक आन्दोलन र क्रान्तिहरुले विचार पनि जन्माउछ र नेतृत्व पनि निर्माण गर्दछ । यो फुट होईन विद्रोह हो । अझ भन्ने हो भने अगाडि बढ्न चाहने र नचाहने विचको संघर्ष हो । क्रान्तिको लागि आफ्नो शरिर खरानी पार्न तयार हुनेहरुलाई नेतृत्व महत्वकाक्षाको आरोप लगाउनु भनेको राजनीतिको र नबुझ्नेहरुले गर्ने तुक्ष आरोपहरु ह्ुन । कम्युनिष्ट आन्दोलनमा लागेर कपाल फुलाएकाहरुबाट यस प्रकारका आरोप र भ्रमहरु सृजना गरिनु सामान्यत ध्यान दिनु पर्ने विषय हो जस्तो लाग्दैन । फेरी विश्व कम्युनिष्ट आन्दोलन र नेपालकै कम्युनष्ट आन्दोलनको ईतिहा“सलाई हेर्नेहो भने पनि तत्कालिन अवस्थामा देखिएको यथास्थितिवादी प्रवृतिहरुस“ग सम्वन्ध विच्छेदले नै नया“ नया“ क्रान्ति र आन्दोलनको सकरात्मक जग बसालेको तथ्य लुकेको छैन । त्यसको साथै क्रान्तिकारी आन्दोलनहरुबाटै विश्व कम्युनिष्ट आन्दोलनका अग्रजहरु स्थापीत भएको सत्यलाई अश्विकार गर्ने वा बुझेर पनि बुझ पचाउनेहरुलाई बुढापाकाले भने जस्तै “झिङ्गाको सरापले डिङ्गा मर्दैन” मात्र भन्न सकिनेछ । हाम्रो सामु उत्पन्न गरिएको भ्रमहरुलाई परिवेश आफै खण्डन र विस्थापन गर्दै गएको छ र त्यो अझ व्यवहारबाटै प्रष्ट हुनेछ ।

३. नकरात्मक सम्वन्ध विच्छेदको सकरात्मक शिक्षाहरु ः
क. सामन्यत सम्वन्ध विच्छेदलाई हाम्रो समाजले राम्रो मान्दैन । मिले हुन्थ्यो, स“गै बसे हुन्थ्यो, झगडा नगरेहुन्थ्यो, आदी समाजले भन्ने विषयहरु ह्ुन तर, आवश्यकताले बेमिलन हुन्छ, झगडा हुन्छ वा सम्वन्ध विच्छेद हुन्छ यतिखेर नेकपा माओवादीको वैद्य नेतृत्वस“ग सम्वन्ध विच्छेद भनेको कुनै सामन्य विषयमा परेको घर झगड जस्तो होईन वा श्रीमान श्रीमतिको झगडा परालको आगो भने जस्तो पनि होईन यो त विचारको प्रश्न हो । सिद्धान्तको प्रश्न हो, अझ दर्शनको पनि प्रश्न हो । त्यसैले यो नकरात्मक मानियको सम्वन्ध विच्छेदको सकरात्मक शिक्षाहरु ह्ुनेछ । 

 “क्रान्तिकारी सिद्धान्त नभैकन कुनै पनि क्रान्तिकारी आन्दोलन चल्न सक्दैन, सवभन्दा समउन्नत सिद्धान्तबाट निर्देशित हुने पार्टीले मात्र अगुवा योद्धाको भुमिकालाई पुरा गर्न सक्दछ ।” यो कुरा क. लेनिनले आफ्नो चुनिएको रचना अंग्रजी संस्करण भाग १ पृष्ठ १६३—१६४, १९४७ मस्को मा लेख्नु भएको छ । बैद्य नेतृत्वस“ग सम्वन्ध विच्छेदको सम्वन्ध लेनिनको यो भनाईबाट समेत पुष्टी हुने देखिन्छ । पार्टीलाई एकातिर क्रान्तिकारी सिद्धान्तको आवश्यकता पर्दछ, त्यो सिद्धान्त सवभन्दा समउन्नत हुन आवश्यकता हुन्छ । फेरी त्यो क्रान्तिकारी सिद्धान्तबाट निर्देशित हुन नसक्ने पार्टीले पनि आफ्नो क्रान्तिकारी उदेश्य पुरा गर्न नसक्ने कुरा प्रष्ट छ । सिद्धान्त र व्यवहारको बेमेलताले पनि क्रान्ति हुन सक्दैन । यसै सन्दर्भमा वैद्य नेतृत्वमा रहेको समुह यथास्थितिवाद, सङ्किणवाद, सारसंग्रहवाद र संसदवादी गोलचक्करपूर्ण राजनीतिको घेरालाई पार गर्न नसक्ने अवस्था सिद्धान्तत स्पस्ट भयो । यस प्रकारको अवस्थामा व्याक्तिगत आरोप प्रत्यारोपमा फस्नु, अनावश्यक लाल्छना लगाउनु, वा सिद्धान्तको प्रश्नमा व्याक्ति वा नेतृत्व ईमान्दार नै हुन भनेर कुरी बस्नु क्रान्ति प्रतिको बेईमानी हुन्थ्यो । त्यसैले क्रान्तिकारीहरुको लागि सम्वन्ध विच्छेद बाहेक अर्को कुनै विकल्प बा“की देखिएन । यस अर्थमा यो आजको परिवेशले सृजना गरेको अनिवार्य सत्य, तथ्य र वस्तुपरक निर्णय हो । क. विप्लवको नेतृत्वमा गरेको सम्वन्ध विच्छेद आजको क्रान्तिकारी आन्दोलनको अवस्थाले अनिवार्य निम्त्याएको विषय वस्तु हो । 

ख. दोश्रो प्रश्न भनेको संगठनात्मक पद्धती र त्यसको पालना गर्ने विषयसँग संवन्धित रहेको छ । पार्टीमा विभिन्न विषयहरुमा अन्तर्रविरोध उत्पन्न भए पछि पार्टीले आफु भन्दा ठुलो निकायको फैसलामा जानु पर्दछ भन्ने हाम्रो माग थियो । विश्व कम्युनिष्ट आन्दोलनको ईतिहा“स हेर्नेहो भने पनि त्यो कुरा स्पस्ट देख्न सकिन्छ । सोभियत कम्युनिष्ट पार्टीले पनि पार्टीको विभिन्न अन्तरविरोध उत्पन्न हुँदा सोभियत युनियनको पार्टी कँग्रेसमा नै जोड गरेको देखिन्छ । सन् १९०३ जुलाईमा दोश्रो, १९०५ अप्रेल मा तेश्रो, १९०६ अप्रेलमा चौथो, १९०७ अपे्रलमा पाँचौ पार्टी कँग्रेस गरेको छ । त्यस्तै सन् १९१७ जुलाईमा छैठौ, १९१८ मार्चमा सातौं, १९१९ मार्चमा आठौं, १९२० मार्चमा नवौं, १९२१ मार्चमा दशौं, १९२२ मार्चमा एघारौं र १९२३ अप्रेलमा बाह्रौं पार्टी कँग्रेस सम्पन्न गरिएको थियो । त्यस्तै सन् १९२४ देखि १९५२ सम्म स्टालिनको नेतृत्वमा रहेको सोभियत कम्युनिष्ट पार्टीको समेत निरन्तर पार्टी कँग्रेसमानै जोड गरेको देखिन्छ ।

चिनी कम्युनिष्ट पार्टीको ईतिह“ँसमा पनि सन् १९२१ जुलाईमा पहिलो, १९२२ जुलाईमा दोश्रो, १९२३ जुनमा तेश्रो, १९२५ जनवरीमा चौथो, १९२७ अप्रेलमा पाँचौ, १९२८ जुनमा छैठौ पार्टी महाधिवेशनहरु सम्पन्न गरिएको छ । क. माओले समेत जहिले पनि माथिल्लो निकायको निर्णयहरुलाई मुख्य आधार बनाएको पाईन्छ । तर, पार्टीको कार्यदिशा, संगठनात्मक कार्वाही, अनुशासन र पार्टी पद्धति पालना, आन्दोलनमा पार्टीले खेल्ने भुमिका आदीका बारे पार्टीमा विवाद उत्पन्न भै सकेपछि पार्टी केन्द्रीय समितिको पूर्ण बैठक, सम्मेलन र महाधिवेशनहरुमा जान तयार हुनु पर्दथ्यो तर त्यो हुन सकेन उल्टै केन्द्रीय समितिको बैठक बोलाउन नमान्ने, ठेगान भैसकेको राष्ट्रिय सम्मेलनलाई एकाएक रोक्ने, नीतिमा महाधिवेशनको विरोध नगर्ने तर, महाधिवेशनको मिति ठेगान गरेर पहल गर्न आनाकानि गर्ने जस्ता गतिविधीले पार्टी नचल्ने मात्र हैन विर्सजनको प्रकृयामा जाने निश्चित प्राय हुन्थ्यो । यद्धपी संगठनात्मक प्रश्न भनेको दोश्रो र गौण महत्वको कुरा हुन्थ्यो तर पनि यसलाई वेवास्था गरी बस्ने सवाल कतापी हुदैनथ्यो ।

    ग.      “ज्ञान अभ्यासबाट शुरु हुन्छ र अभ्यासबाट प्राप्त भएको सैद्धान्तिक ज्ञानले  फेरी अभ्यासमानै फर्कनु पर्दछ । बैचारिक ज्ञानबाट क्रान्तिकारी व्यवहार तर्फ फड्को मार्न प्रकट हुनै पर्दछ अनि मात्र त्यसले झनै महत्वपूर्ण भुमिका खेल्छन ।” “सहि विचार कहाँबाट आँउछ, मे १९६३ मे मा क. माओले” यो कुरा बताउनु भएको थियो ।  यो कुरा हामीले मान्न लागु गर्न, तयार हुन्छौ वा हुदैनौ यसले नै हाम्रो ज्ञानको परिक्षण हुने हुन्छ । त्यसैले आजको सार विषयवस्तु भनेको क्रान्ति हो । त्यसैको लागि एमाओवादीस“ग सम्वन्ध विच्छेद गरेर वैद्यजीको नेतृत्वमा पार्टीलाई पुर्नगठन गरिएको सत्य लुकेको थिएन । विद्यान पार्टीको लागि हो र पार्टी क्रान्तिको लागि हो । यो सत्यलाई नबुझ्ने वा नबुझेझै गर्ने वा वुझेर पनि त्यो प्रक्रियामा जान डराउने वा हिचकिचाउने वा आनाकानी गर्ने वा त्यो परिवेशको नेतृत्व गर्न डराउने वा पछि हट्ने परिस्थिति छैन वा १०, १५ बर्ष क्रान्ति हुदैन वा गर्न सकिदैन भन्दै क्रान्ति प्रतिकोे अनास्था फैलाउने जस्तो अवस्था वैद्य नेतृत्वको पार्टीका अधिका“श पदाधिकारी वा पोलिटव्युरोमा रहेका कामरेडहरुको भुमिका छर्लङ्ग दोखियो । आफुलाई द्धन्दवादी भन्ने तर रुखहरु हेर्दा बनै नलाग्ने र बनको विचमा पुग्दा यहा“त रुखनै रहेनछ भन्ने जस्तो तर्क गर्दै यथास्थितिवादी गोलचक्करमा फन्को मार्न थालेको स्पस्ट भैसके पछि अव त्यसमा ट“ँसिरहन वा झुण्डीरहन क्रान्ति र क्रान्तिकारी आन्दोलनको लागि ठुलो घात वा बेईमानी वा छलछाम वा धोका हुन्थ्यो त्यसैले पदाधिकारीमा रहनुभएका पुछ्रे सचिव क. विप्लवले त्यसको ताल्चा तोड्नुु भएको छ । आईसब्रेक गर्नु भएको छ । यथास्थितिवाद र गोलचक्करवादको बलियो घेरालाई फड्को हान्ने कोशिस गर्नु भएको छ । क्रान्तिको लागि फेरी नया“ ढंगले उत्घोष गर्नु भएको छ । अनि त आज फेरी क्रान्तिकारीहरुको शरिरमा रक्तसंचार पैदा गरेको छ । परिस्थितिले आवश्यकता बनायो र सम्वन्ध विच्छेद गरियो ।

४. राष्ट्रिय सम्मेलन क्रान्तिको लागि कोशेढुङ्गा ः
क. यहि पौष महिनाको २३ देखि २६ गते सम्म पार्टीको ऐतिहा“सिक राष्ट्रिय सम्मेलन सम्पन्न हु“दैछ । यो राष्ट्रिय सम्मेलन अवश्य पनि नेपाली कम्युनिष्ट आन्दोलन र नया“ जनवादी क्रान्तिको लागि एक ऐतिहा“सिक कोशेढुङ्गा हुनेछ । यसले नया“ धु्रविकरणको ढोका जोडदार रुपमा खोलिदिनेछ । क्रान्तिकारी र यथाास्थिथिवादीहरुको सीमा रेखा कोरिदिनेछ । छद्म अवसरवादीहरुको भण्डाफोर गरिदिनेछ ।

 पार्टीले राष्ट्रिय सम्मेलनको लागि “प्रतिक्रियावाद र राष्टघातका विरुद्ध एकीकृत आन्दोलन, नया“ जनवादी क्रान्तिका लागि प्रथम राष्ट्रिय सम्मेलन π” भन्ने मुल नारा तय गरेको छ । राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा पार्टी जोडतोडले लागि परेको छ । जिल्ला र गा“उसम्म पार्टीको संरचनाहरु निर्माण भैसकेका छन । जबस÷मोर्चाहरुका पनि केन्द्र र जिल्ला तहसम्मका संगठनको संरचना खडा गरिसकिएको छ । आवश्यक पूर्वाधार, आर्थिक व्यवस्थापन, प्रचारात्मक तयारी, प्रतिनिधी छनौट जस्ता कार्यहरु जोडतोडले अघि बढिरहेको छ । यथास्थितिवादीहरुको पोल्टा खाली हुने र क्रान्तिकारीहरुको मोर्चावन्दी धुूविरणले तिर्वता ल्याएको छ । जिल्ला जिल्लाबाट क्रान्तिकारीहरु क्रान्तिका लागि मोर्चावन्दी धुूविकरण शुरु भएको । यसरी हेर्दा पार्टीमा नया“ विश्वास पैदा भएको छ । जनतामा तरङ्ग छ । प्रतिक्रान्तिले निल्न लागेको क्रान्तिको ज्वाला फेरी नया“ सिराबाट दन्कन थालेको छ ।  शहीद परिवार, वेपक्ता परिवार, घाईते र प्रतिक्रियावादी दमनको शिकार भएका सम्पूर्ण नागरिकहरुको मनमा फेरी ठुलो आत्मविश्वास जागृत हुन लागेको छ ।

ख. पार्टीको राष्ट्रिय सम्मेलनले गर्नु पर्ने मुख्यत चारवटा कामहरु छन । एक, पार्टीको कार्यदिशाबारे निर्णय गर्ने । दोश्रो, पार्टीको तत्कालिन नीति, कार्यनीति र समसामयीक सन्दर्भमा पार्टीको राजनैतिक दृष्टिकोणबारे निर्णय गर्ने । तेश्रो, संघर्ष र संगठनका अगामी कार्ययोजना बनाउने । र चौथो, पार्टीको चुस्त, दुरुस्त, जुझारु र सक्षम  केन्द्रीय नेतृत्वको निर्वाचन गर्ने । हामीलाई ठुलो विश्वास छ, कि हामीले यि कामहरुलाई ऐतिह“ँसिक ढंगले सु सम्पन्न गरिने छ । र दुनियालाई अर्भिलो यात्राको पहिलो पाईला आशावान, विस्वसनीय, उर्जाशिल र दायीत्वबोध सहितको अनुभुत बनाउने छ ।

ग. क. विप्लवले अघि सार्नु भएको कार्यदिशाको बहसले पनि यतिवेला नेपाली कम्युनष्टि आन्दोलनमा सकरात्मक वा नकरात्मक ढंङ्गले तरङ्गीत बनाएको छ । “माक्र्सवादी दर्शनशास्त्रको भौतिक हतियार सर्वहारा बर्ग हो भने, सर्वहारा बर्गको वैद्धिक हतियार माक्र्सवादी दर्शनशास्त्र हो ।” कार्ल माक्र्सले सार्नु भएको यो दार्शनिक तर्कलाई हामीले कदपी भुल्दैनौ । माक्र्सवादी दर्शन, द्धन्दात्मक तथा ऐतिहा“सिक भौतिकवाद, माक्र्सवाद लेनिनवाद माओवादको सहि पथप्रदशक सिद्धान्त, बर्ग संघर्ष र बल प्रयोगको नीति, निरन्तर क्रान्तिको सिद्धान्त जस्ता हाम्रो पार्टीको दार्शनीक तथा सैद्धान्तिक जगहरु हुन । त्यसैले हामीलाई विस्वास छ, पार्टीले ठेगान गर्ने कार्यदिशा पनि सहि र सक्षम ढंगको निर्णय गरिनेछ ।  जसले आगामी नेपाली क्रान्तिको लागि सहि मार्गदर्शन गर्न सफल र सक्षम हुनेछ । 

 विश्वका महान दार्शनिक कार्ल माक्र्सले भन्नु भए जस्तै “प्रत्येक सच्चा दर्शन आफ्नो समयको वैद्धिक सारतत्व हो ।” भन्ने मान्यतालाई आत्मसाथ गर्ने हो भने पनि हामीले हाम्रो देशको परिवेशमा हाम्रो देशको विशिष्टतामा, हाम्रो देशको अनुकुलतामा, र हाम्रो देशको सुगमतामा हाम्रो कार्यदिशा निर्माण गर्न सक्छौ । न कि सोभियत संघ र चीनको अन्ध नक्कल गरेर नेपाली क्रान्ति सफल हुनेछ । सोभियत संघमा लागु गरिएको कार्यदिशा लाई चीनमा छोडियो र चीनमा लागु गरिएको कार्यदिशालाई हाम्रो देशमा हुबहु लागु गर्नु पर्दछ भन्ने कुरा सारसंग्रहवादी र संङ्कृण तर्कमात्र हुनेछ । त्यसैले हामीेले हाम्रै अनुकुलमा कार्यदिशा निर्माण गर्ने प्रकृया छौ र त्यसमा हामी सफल हुनेछौ । 

अन्त्यमा ः
हाम्रो पार्टीले केवल जनताको अधिकार खोजेको छ । रोल्पामा भएको ५ वुँदे सहमति र दिल्लीमा भएको १२ वुँदे संझौता किृयान्वयन होस भन्ने चाहेको छ । काग्रेस एमाले किन ति सहमति र संझौताहरुबाट पछाडी फर्केका हुन ? भन्ने प्रश्नको उत्तर खोजेको छ । के माओवादी उनिहरुस“ग आत्मसमर्पण गरेर शान्ति प्रकृयामा आएका हुन ? यसको जवाफ खोजेको छ ।  “युद्ध भनेको राजनीतिको निरन्तरता हो ।” सर्वहारा वर्गका महान गुरु क. लेनिनले भन्नु भएको यो भनाईलाई अझ स्पस्ट पार्दै “राजनीति भनेको विना रक्तपातको युद्ध हो भने, युद्ध भनेको रक्तपात सहितको राजनीति हो ।” युद्ध र राजनीतिको विषयमा क. माओले यो कुरा बताउनु भएको छ ।

त्यसैले “सहासलाई सवैभन्दा माथि राख र निडर बनेर जनतालाई व्युँझाउ” क. माओको यो भनाईलाई हामीले यतिवेला झनै दह्रो गरिकन पक्रनु पर्ने भएको छ । अवश्य पार्टीको अगाडि गम्भिर चुनौतिहरु छन । अनेकन आरोह—अबरोहहरुलाई पार लगाउनु पर्ने छ । हामीले जानेरै यो कदम उठाएका छौ । हामीले बुझेरै आगोको लप्कासँग खेल्न कस्सिएका छौ । हामीले सोँच विचार गरेरै शिरमा कफन बाँध्न तयार भएका छौ । हाम्रो पार्टीको यो सम्मेलन नेपालको कम्युनिष्ट आन्दोलनमा अवश्य पनि ऐतिहाँसिक कोशेढुङ्गा हुनेछ । यसले नेपालको कम्युनिष्ट आन्दोलन र माओवादी आन्दोलनलाई समेत नया“ धु्रविकरणको ढोका खोलिदिनेछ । हामी भन्दै हुनेछौ, “तिमी तिम्रो तरिकाले लड हामी हाम्रो तरिकाले लड्छौ ।”

धन्यवाद ।
२०७१ पौष ९ 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...