Monday, September 29, 2025
भ्रष्टाचारका काण्ड र जेन जी पुस्ताको आन्दोलन
भ्रष्टाचारका काण्ड र जेन जी पुस्ताको आन्दोलन
चीरन पुन
प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ ।
२०८२ अश्विन १ गते बुधवार ।
२०४६ साल पछि मल्लिक आयोगको प्रतिवेदनलाइ रद्दीको टोकरीमा फालियो, त्यसले अपराधी ठहराएका कैयौं मानिसहरु पछि सत्तामा हालिमुहाली गरे । २०६२ ÷ ६३ मा रायमाझी आयोगको प्रतिबेदन पुन त्यही गरियो । कैयौं आयोगहरु बने त्यसका दोषीलाई कारवाही गर्नुको सट्टा सरकारकै मिलेमतोमा उल्टै प्रतिबेदन नै गायब पारियो । यस्तो भएपछि कसरी भ्रष्टाचार निर्मुल हुन्छ र देश बन्छ ।
२०४६ साल पछिको भ्रस्टाचारका ठुला काण्ड –
१) लालपूर्जा काण्ड,
२) टोप्सी काण्ड,
३) लोटस काण्ड,
४) महेन्द्र बहुमुखी क्याम्पस काण्ड,
५) जिप्सी काण्ड,
६) पजेरो काण्ड,
७) लिक्विडेशन (माछापोखरी) काण्ड,
८) दक्षिण कोरिया श्रम घोटाला काण्ड,
९) लालमोहन श्रेष्ठ ७ करोड घोटाला काण्ड,
१०) भ्रष्टाचार निवारण कोष काण्ड,
११) नेपाल टेलिकम उपकरण खरिद काण्ड,
१२) सूडान काण्ड काण्ड,
१३) बालुवाटार जग्गा काण्ड,
१४) ओम्नी काण्ड,
१५) वाइडबडी विमान खरिद काण्ड,
१६) सरुवा–बढुवा काण्डहरु,
१७) एमसीसी÷ठूलो परियोजना टेन्डर काण्डहरू
१८) सुन काण्डहरु,
१९) टनकपुर काण्ड,
२०) सुत्केरी भत्ता काण्ड,
२१) लाउडा काण्ड,
२२) ठेक्का पट्टा काण्ड,
२३) सीसी टिवी काण्ड,
२४) यार्सागुम्बा तस्करी काण्ड,
२५) अदुवा तस्करी काण्ड,
२६) यार्सागुम्बा तस्करी काण्ड,
२७) मल ÷ बिउ काण्ड,
२८) आयल निगम घोटाला काण्ड,
२९) चेलिबेटी बेचबिखन काण्ड,
३०) सासद खरिद ÷ बिक्री काण्ड,
३१) बुद्धचित्त काण्ड,
३२) रातो पासपोर्ट दुरुपयोग काण्ड,
३३) सर्प काण्ड ÷ बाख्रा काण्ड,
३४) पतन्जली जग्गा प्रकरण काण्ड,
३५) निर्मला पन्त बलात्कार ÷ हत्या काण्ड,
३६) ल् – अभिि करछली र घुस काण्ड,
३७) सरुवा ÷ बढुवा काण्ड,
३८) आयाल निगम काण्ड,
३९) नकली नोट काण्ड,
४०) सहकारी ठगी काण्ड,
४१) भुटानी सरणार्थी काण्ड,
४२) गिरि बन्धु टि काण्ड,
४३) कमिसन÷ कालोबजारी ÷ तस्करी काण्ड,
४४) एयरपोर्ट कमिसन काण्ड – आदि आदि ।
क) जेन जी पुस्ताको आन्दोलनमा मुख्य २ माग मध्ये (एक) भ्रष्टाचार अन्त्य र (दोश्रो) स्थीर सरकारको थियो । यसैको जगमा शुसिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । के यो सरकारले भ्रष्टाचार विरुद्ध “शक्तिशाली स्वतन्त्र आयोग” बनाएर त्यसमा जोडिएका सम्वन्धित मानिसहरुलाई गिरफ्तार गरि पुर्पक्षमा राखी छानविन गर्ने र कार्वाही अगाडि बढाउन सक्छ ?
ख) आज देशको अर्थतन्त्र डामाडोल हुनुमा भ्रष्टाचार मुख्य समस्या हो । सत्ताको लछाचुडी गर्दै – भ्रष्टाचार, कालोबजारी, कमिसन, तस्करी आदीमा देशका जिम्मेवार मानिसहरुनै सहभागी भएको कैयौं तथ्यहरुले स्पष्ट हुन्छ । त्यसैले उनिहरुको सम्पत्ति खोसेर रास्ट्रीयकरण गर्ने र भ्रष्टाचारीहरुलाई आजिवन जेल सजाय गर्न तयार हुन्छ यो सरकार ?
ग) के आजसम्म राज्यका उच्च तहमा बसेका मानिसहरुको सम्पत्ति निस्पक्ष छनवीन हुन सक्छ ? पक्कै पनि भ्रष्टाचार गरेर देशलाई खोक्रो पार्नेहरु खोज्न धेरै टाढा जानुपर्ने छैन । सत्ताधारी पार्टीहरुमा झण्डाको खोल ओढेर बसेका नेता भनाउदाहरु, सत्ताधारी पार्टीलाई कमिसन बुझाएर नियुक्ति खाएका उच्च पदस्थ ब्याक्ती – ब्याक्तित्वहरु र उच्च ब्यापारीक घारानाहरु जसले विभिन्न समयमा सरकारमा बसेका पार्टीलाई कमिसन बुझाउदै सासद र मन्त्रीको नियुक्ति खाएकाहरु नै छ्न ।
घ) के नेपालमा पनि एक हजार र पाँच सयका नोटहरु केही समय बन्द वा खारेज गर्न सक्छौ र ङ) एक हजार र पाँच सयको नोटलाई नयाँ डिजाईनमा संचालन गर्न सक्छौ ?
च) के नेपालमा बिचौलिया र कमिसन खोरहरुलाई आजिवन जेल हाल्न सक्छौ ?
छ) के नेपालमा आत्म निर्भर उत्पादन प्रणालीलाई आत्मसात गर्दै, सबै मानिसलाई उत्पादनमा लगाउन सक्छौ ?
ज) के नेपालमा बिदेश पलाएन भएका जनशक्तिलाई देशमै रोजगार शृजना गरेर काममा लगाउन सक्छौ ?
झ) अब ठुला – ठुला आदर्श र रणनीतिक कुरा गरेर जनतालाई झुक्याउने दिन समाप्त भयो । आज जनताको मुख्य समस्या जे छ त्यसलाई पूरा गर्दै जनतालाई बिस्वासमा राख्दै जनतासङ्ग सङ्सङ्गै समृद्धिको दिशामा अघि बढ्नु पर्ने आजको आवस्यकता बनेको छ ।
ञ) राज्यसत्ता, सरकार, संविधान, सिङ्गो पार्टी, नेतृत्वको आमूल पुनर्संरचना अनिवार्य छ, त्यसमा जेन जी पुस्तालाई समावेश अनिवार्य गरिनु पर्दछ ।
ट) पार्टी, नेतृत्व, राज्यको उच्च तह देखि तल्लो निकाय सम्म खुला प्रतिस्पर्धालाई आत्मसात गर्नु पर्दछ ।
ठ) हाम्रा निरङ्कुश शैली, अधिनायकवादी तौर तरिका, गुटिय चिन्तन, आत्म केन्द्रीत प्रवृत्तिलाई सबैले छोडौ ।
ड) पार्टीलाई कर्मचारी शैली वा ब्यापारीक कामदार जस्तो गरि संचालन गर्ने बिधिलाई बदलौ ।
ढ) पार्टीहरुलाई बदलिँदो परिस्थिति, बिज्ञान, प्रबिधी, सूचना – सन्चार र जेन जी पुस्ताको मनोबिज्ञानिक र ब्यवहारीक दक्षता र अन्तरबिरोधलाई आत्मसाथ र गुणस्तरीय बनाउदै लैजाउ ।
ण) सबै पार्टीहरुमा पुरानो पुस्ता र नयाँ पुस्ता बीच देखिएको अन्तर्बिरोधलाइ सबैको अपनत्व स्वीकार गर्ने, कसैले दिने वा छोड्ने, कसैले लिने वा खोस्ने प्रबृतीलाई बैज्ञानिक, वस्तुपरक, ब्यवहारिक र आजको आवस्यकतासङ्ग तालमेल मिलाउने ।
त) प्रारम्भ आलोचना, विश्लेषण आलोचना र सस्लेषण वा निस्कर्श पनि आलोचनाको गर्ने प्रवृत्तिलाई त्याग्ने र आजको आवस्यकता, जाने गन्तव्य र प्राप्त गर्ने वस्तुपरक आधार तय गरि एकतावद्ध कदम बढाउने ।
थ) सबैले म नभै ससार डुब्छ भन्ने चिन्तन र प्रवृत्ति त्याग्ने ।
लेखन मिति ः २०८२ भदौ २७ ।
धन्यवाद ।
काम खुलाई दे
रचना ÷ सङ्गीत ः चीरन पुन
प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ
२०८२ असार २९ गते, आईतवार ।
प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ
२०८२ असार २९ गते, आईतवार ।
श्रम गरी खानलाई काम खुलाई दे
विदेश जाने युवालाई यतै भुलाई दे २
ए सरकार !
सुत्या छौ कि, उठ्या छौ,
आँखा चिम्म पार्या छौ किन ? किन !
ए सरकार !
जिँउदै छौ कि मर्या छौ
चुप्प लागि बस्या छौ किन ? किन ।
क्यारी हो चल्ने पेटभरी खान किनी नसक्नु
क्यारी हो बाँच्ने औषधी महँगो छोई नसक्नु २
बाँच्न दे हामीलाई बढेको मुल्य छिट्टै घटाईदे
भ्रष्टाचारीहरुलाई चारपाटा मुडेर जेल पठाई दे
कर्णालीमा नुन छैन नुन पठाई दे
हेर पेट खाली छ खानाा पठाई दे
ए सरकार !
सुत्या छौ कि, उठ्या छौ,
आँखा चिम्म पार्या छौ किन ? किन !
ए सरकार !
जिँउदै छौ कि मरया छौ
चुप्प लागि बस्या छौ किन ? किन ।
बाँजो छ जमिन अल्छी छ नीति सुनि नसक्नुु
सरकार छ मौन चौतर्फी सङ्कट भोगी नसक्नु २
श्रम गरि बाँच्ने आत्मनिर्भर हुने नीति चलाई दे
स्वदेशमै रोजगार सम्वृद्धिमा पुग्ने बोटो खुलाई दे
श्रम गरी खानलाई काम खुलाई दे
विदेश जाने युवालाई यतै भुलाई दे २
ए सरकार !
सुत्या छौ कि, उठ्या छौ,
आँखा चिम्म पार्या छौ किन ? किन !
ए सरकार !
जिँउदै छौ कि मरया छौ
चुप्प लागि बस्या छौ किन ? किन ।
लेखन मिति ः २८ असार, २०८२ ।
गणतन्त्र दिवस, जेष्ठ १५ को कबिता
गणतन्त्र दिवस, जेष्ठ १५ को कबिता
लेखक ः चीरन पुन
प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ
२०८२ जेठ १६ गते विहिवार ।
लेखक ः चीरन पुन
प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ
२०८२ जेठ १६ गते विहिवार ।
तिम्रो गणतन्त्र,
न्याय र तिम्रो शासन,
२८ खर्बको रिणले च्यापिएको,
हामी मनुवाको जिन्दगी हेर्न लाएक छ,
यतिबेला ।
सिमित मान्छेहरु,
कुर्लिरहेका छ्न,
सबैभन्दा बढी,
गणतन्त्र फाल्न र राख्न,
फाल्नेहरुले पनि, राख्नेहरुले पनि
लुट्नै सम्म लुटे ?
लुटिने त केवल
नेपाल भन्ने देश र हामी मनुवाहरु हौ
यतिबेला ।
गुन लगाएकै छ नि त !,
फाल्नेहरुलाई
हजारौ बिगा जमिन,
नमिता सुनिता काण्ड, पिस्कर काण्ड, मुर्ती चोर र
अनेकौ काण्ड र बर्बरता, बोल्नै नपाईने शासन,
चिहानघाटबाट मुर्दा जागेझै
फेरि फर्किने अरे ?,
अँध्यारो गुफा तिर !,
झुन्ड तयार गर्दै छ्न ?
फेरि लुट्न नपाएकाहरु,
र कोसिस गर्दैछ लुरे बल लगाएर,
फाल्न गणतन्त्रलाई,
यतिबेला ।
पटकौ, पटक प्रधानमन्त्री,
मन्त्री, राज्यको वरिष्ठ देखि कनिष्ठ सम्म नियुक्ति
कुम्ल्याउदै
तलब भत्ता पचाउदै,
पार्टी, पार्टी कार्यालय, नेता – कार्यकर्ता,
आउरे, बाउरे र धुपौरेहरु,
चिच्याउनु स्वभाविक छ नि त ?,
राख्नलाई,
पार्टी नाम गरेको खुद्रे पसल थाप्दै,
नियुक्ति र पदको बार्गेनिङ गर्दै,
नेताको झोले बन्दै,
यता र उता चाहार्दै,
जता खान र लुट्न पाईन्छ,
उतै ढल्किरहने कर्कलाको पानीजस्तो
जिन्दगी चलाउनु परेन त महासय !
लाउडा काण्ड, महाकाली काण्ड, सुन काण्ड, विमान काण्ड, सुत्केरी भत्ता काण्ड, पजेरो काण्ड, भ्रस्टाचार काण्ड, ःऋऋ काण्ड, बाख्रा काण्ड, सर्प काण्ड, रातोपासफोर्ट काण्ड, इटाभट्टा काण्ड,
सहकारी ठग काण्ड, एईरपोर्ट काण्ड, कमिसन काण्ड, तस्करी काण्ड जस्ता हजारौ जनबिरोधी र रास्ट्र बिरोधी काण्डका मतियारहरु
राख्न तम्सिएका छ्न फेरी,
किनकी बल्ल त २८ खर्ब पुग्यो !,
जनताको थाप्लोमा रिण,
उनिहरुलाई राख्न परेको छ
गणतन्त्रको नाममा कस्ले लुटि दिन्छ्र र ?
देशलाई र हामी मनुवालाई,
यतिबेला ।
सहिद हुने त भए,
लाल सलाम, जय नेपाल, अमर रहुन भनौला,
केही छैन
किनकी त्यति भन्नलाई केही जादैन कसैको,
पैसा लाग्दैन,
फोटो पनि राखौला फेसबुकमा,
बेपत्ता योद्धा सम्मान र स्मरण गरौला,
घाईतेप्रती गोहिको आँसु पनि चुहाउला,
तर !,
लाज पनि लजाउदै छ आज,
पैसा कमाउनु छ ?
भ्रस्टाचार गर्नु छ ?,
कमिसन खानु छ ?,
दलाल बन्नु छ ?,
चिल्लो गाडी चढ्नु छ ?
आलिसान घर, महल ठडाउनु छ ?
तीन पुस्तालाइ पुग्ने सम्पत्ति जोड्नु छ ?
छोरा, छोरी अमेरिका पढाउनु छ ?
सान, मान, सौकतमा बाच्नु छ ?
तिम्राबाउको बिर्ता हो नि यो निर्धो देश !,
निरीह नेपाली जनता,
पछि लागेर उफ्री हाल्छ्न,
चुनावमा भोट दी हाल्छ्न,
अनि राख्नु परेन त ?
चिच्याउनु परेन त ?
बुर्जुवा गणतन्त्र !,
दलाल गणतन्त्र – जिन्दावाद !,
यतिबेला ।
किनकी,
यसैको लागि त हो सहिद भएको,
जेल बसेको,
झुट्टा मुद्दा खेपेको,
बन्दुक बोकेको,
नेता भएको, पार्टी खोलेको, मन्त्री बनेको, नियुक्ति खाएको, जनता लुटेको, भ्रस्टाचार गरेको, बिचौलिया बनेको, १४÷१४ बर्स जेल बसेको, आलिसान महाराजहरुको जस्तो जिन्दगी बनाएको,
काण्डहरु घटाएको,
र बुर्जुवा गणतन्रको नारा लगाएको,
कहाँ छ ?
बैज्ञानिक समाजवाद र साम्यवाद ?
कहाँ छ्न सहिदका आदर्श र बलिदान ?
कहाँ छ्न बेपत्ता र घाईतेको कुर्वानी ?
कहाँ छ्न कम्युनिस्ट आदर्स र नैतिकता ?
कहाँ छ्न न्याय र समानताको कुरा ?
कहाछ्न रास्ट्रीय स्वाधिनता र जनतन्त्रका कुरा ?
एकपटक !,
फेरि यो गणतन्त्र फाल्ने र राख्नेहरुलाई
सोध्ने मन छ ?
के यो बुर्जुवा गणतन्त्र हाम्रो लागि हो ?
जनताको लागि हो ?
र रास्ट्रको लागि हो
१५ जेष्ठ, २०८२ ।
सङ्गसङ्गै जाउला
सङ्गसङ्गै जाउला
रचना ÷ सङ्गीत ः चिरन सी
प्रकाशन ः जनखबर डटकम काठमाडौ
२०८२ जेठ ५ गते, आईतवार ।
रचना ÷ सङ्गीत ः चिरन सी
प्रकाशन ः जनखबर डटकम काठमाडौ
२०८२ जेठ ५ गते, आईतवार ।
सङ्गसङ्गै जाउला बाटो एउटै हो भने
किनतिमी तर्किएर हिड्छौ परपर
एकैसाथ जिउँला लक्ष्य एउटै छ भने,
रिसराग हटाएर आउन वरवर ।
एउटै घरमा जन्मिएर आएका हौ हामी
जे जे पर्छ बराबर सङ्गै भोगौलानी
पूर्व, पश्चिम, उत्तर, दक्षीण, बरालिन छोड्नु पर्छ
सानातिना चुलोचौको बालिरहन छोड्नु पर्छ,
तितोमिठो खाउला विचार सुन्दर छ भने
किनतिमी तर्किएर जान्छौ परपर,
ङ्सङ्गै रमाउँला शिखर पुग्ने हो भने
तेरो मेरो हटाएर आउन वरवर ।
रङ्ग एउटै झण्डा एउटै नेपाली यो माटो,
मिलिजुली तय गरौ उन्मुक्तिको बाटो
टुक्रा टुक्रा छरिएर बस्नु हुन्न हामी अब
समयले पर्खिदैन जुटुनु पर्छ हामी सव
सङ्गसङ्गै जाउला बाटो एउटै हो भने
किनतिमी तर्किएर हिड्छौ परपर
एकैसाथ जिउँला लक्ष्य एउटै छ भने,
रिसराग हटाएर आउन वरवर ।
२७ बैशाख, २०८२ ।
झर्नु तलै छ
रचना ÷ सङ्गीत ः चिरन सी
प्रकाशन ः जनखबर डटकम काठमाडौ
मिति ः २ जेष्ठ, २०८२
प्रकाशन ः जनखबर डटकम काठमाडौ
मिति ः २ जेष्ठ, २०८२
गर्ज जति झर्नु तलैछ
ढाड, बगरमा लुक्नु छदैछ
शान्त कहिले
अशान्त कहिले
एकदिन त सागरमा बिलिन हुनुछ ।
मुडा ढलेझै, पतझर गलेझै
ढल्नु र गल्नु त छदैछ एकदिन
बादल उडेझै, घाम डुबेझै
उड्नु र डुब्नु त छदैछ एकदिन ।
धुवाँसरी उड्नु छदैछ
घाटहरुमा पुग्नु छ्दैछ
चिताहरुबाट कोही
मेसिनहरुबाट कोही
एकदिन त आकासमा बिलिन हुनुछ ।
फुल झरेझै, पहिरो टुटेझै
झर्नु र टुट्नु त छदैछ एकदिन
जुन खुलेझै अतीत लुकेझै
खुल्नु र लुक्नु त छदैछ एकदिन ।
गर्ज जति झर्नु तलै छ
ढाड, बगरमा लुक्नु छदैछ
शान्त कहिले
अशान्त कहिले
एकदिन त सागरमा बिलिन हुनुछ ।
२७ बैशाख, २०८२ ।
म गाउँन खोज्छु
म गाउँन खोज्छु (१३६ औँ श्रमीक दिवसको सन्दर्भमा)
रचना ÷सङ्गीत ः चीरन पुन
प्रकाशन ः जनखबर डटकम काठमाण्डौ
२०८२ बैशाख १८, विहिवार ।
रचना ÷सङ्गीत ः चीरन पुन
प्रकाशन ः जनखबर डटकम काठमाण्डौ
२०८२ बैशाख १८, विहिवार ।
म गाउँन खोज्छु श्रमीकको गीत
म गाँउन सक्दिन
म नाच्न खोज्छु मजदुरको नाँच
म नाच्न सक्दिन
भाषण धेरै भो, नारा धेरै भो
श्रमीक मारा, शाषन धेरै भो
म गाँउन खोज्छु ।
ए आई बनाउछन् श्रमकिहरुले
स्वामीत्व अर्कोले लिन्छ
संसार सिर्गाछन् मजदुरहरुले
शासन अर्कैले गर्छ
म गाँउन खोज्छु ।
विज्ञान, प्रविधी श्रमीकहरुको
पसिना माथि चल्छ
खुनको आँशु मजदुरको बग्छ
ढुकुटी अर्कैले भर्छ,
म गाउँन खोज्छु श्रमीकको गीत
म गाँउन सक्दिन
म नाच्न खोज्छु मजदुरको नाँच
म नाच्न सक्दिन
भाषण धेरै भो, नारा धेरै भो
श्रमीक मारा, शाषन धेरै भो
म गाँउन खोज्छु ।
१८ बैशाख, २०८२ ।
म गाँउन सक्दिन
म नाच्न खोज्छु मजदुरको नाँच
म नाच्न सक्दिन
भाषण धेरै भो, नारा धेरै भो
श्रमीक मारा, शाषन धेरै भो
म गाँउन खोज्छु ।
१८ बैशाख, २०८२ ।
Subscribe to:
Posts (Atom)
Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न
Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न चीरन पुन (सी) प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।
-
Communist revolutions throughout history The following is a list of communist revolutions throughout history . Among the lesser kno...
-
संविधान निर्माण सम्वन्धी ः १. ०६९ जेठ १४ गते भित्र जनताको लोकतान्त्रिक संघीय गणतन्त्मक संविधान अनिवार्य जारी गर । २. नया संविधानमा गणतन्त्...
-
रातोखबर साप्ताहिक बर्ष ३, अंक २९ पूर्णङ्क १२४ २०७४ पुस १९ बुधबार काठमाण्डौ । चिरन पुन १. असफल संसदवादी राजनैतिक पार्टी र सरका...










