Wednesday, April 9, 2025

आन्दोलन

  आन्दोलन
– चिरन सी
प्रकासन ः जनखबर डटकम
२०८१ चैत, २७ (बुधबार)
काठमाडौ ।
झुण्ड, झुण्ड, जुलुसका पैतलाले,
काठमाडौलाई
थिचिरहेको छ,
यतिबेला !,
त्यही जुलुसको बीचबाट,
एकजना अधबैसे नेता,
जुरुक्क उठ्छ र !,
पसिना चुहाउदै,
यताउती हेर्छ,
उफ्री, उफ्री, भन्छ,
लाग्छ !,
उसको सर्वश्व गुमेको छ !,
जुट, जुट, जुट,
पर्लाक, पुर्लुक नियाल्छ,
पुलिसतिर हेर्छ,
र, फेरि भन्छ,
जुट, जुट, जुट !,
तर,
बुझ्दैन उसले,
जुट्नेहरु त !,
उहिल्यै,
मलेसियाको जङ्गलमा,
भेडा चराउदै छ, साईला !,
भेडा ।

पोहोर जस्तै,
माईतिघर मण्डलाले दिनहुँ,
हुलका हुल,
आफ्नै माईतिलाई जस्तै,
सम्मान गर्छ,
उनिहरुको चीत्कार सुन्छ,
पीडा बुझ्छ,
तर,
बोल्न सक्दैन,
किनकी,
सधै अरुनै बोलेको सुन्ने,
बानी परेको छ,
उसलाई !,
अनुभुती गर्छ,
निम्छरो अनुहर र,
खालिखुट्टामा च्वास्स घोच्ने पीडा,
दिनहुँ,
उस्तै, उस्तै लाग्ने,
भाषा सैलीमा भाषण सुन्छ,
सुन्दा, सुन्दा बोली फुट्दैन उसको,
क्रमश ,
आउछन् , बहुरुपी मानिसहरु,
बसाल्छन् , डालो जत्रो पिठ्युँ,
बिसाउछन् १०० केजिको शरीर,
हिडाउछन् , २० हजारको जुत्ता,
तै पनि,
उफ्रिन्छन् ,
र भन्छन् गर !,
नत्र ठोक्ने हो,
ठोक !, ठोक !,
तर,
ठोक्नेहरु,
बिदेशी गगननचुम्वी महलहरुमा,
चमेरो जस्तै झुन्डिएर,
अर्कैको सेवा गर्दैछ साईला,
सेवा ।

पीडा ओकल्नेहरुको
दैनिकी उस्तै छ,
आजभोली !,
लाग्दैन, मानिसजस्तो,
लाग्दैन, गणतन्त्र जस्तो,
लाग्दैन, कम्युनिस्ट जस्तो,
लाग्दैन, काङ्ग्रेस जस्तो,
फोटा समातेर,
कोहि सिक्री बेरेर,
छुट्टाछुट्टै माग,
छुट्टाछुट्टै झुण्ड र आवाज,
दिनहुँ उनिहरु,
माईकमा चिच्याउछ्न,
चर्को चर्को,
पाँच बोतल पानी सकिन्छ,
पसिना झर्छ,
घाँटी सुक्छ,
बेरङ्गी मान्छे, बेरङ्गी आवाज,
बेरङ्गी पहिरन, बेरङ्गी पीडा,
रित्तिसक्यो खल्ती,
सुन्दैन , कसैले,
न बालुवाटार चलमलाउछ,
न सिंहदरबार बोल्छ,
न बानेश्वरले सुन्छ,
दिनहुँ सुनिन्छ,
काठमाडौमा !,
उठौ, उठौ, उठौ !,
तर,
बेहाल छ देशको !,
उठ्नेहरु त कतारमा,
६० डिग्रीको घाममा पसिना
चुहाउदैछ्न साइला,
पसिना ।



Monday, April 7, 2025

रहर

 रहर
– चिरन सी
प्रकाशित ः जनखबर डटकम
२०८१ चैत, २६ (मङ्गलवार)
काठमाडौ

रहर बाटोमा,
आउदै रहेछ !,
सोधे कता ?,
भन्यो रहर मेट्न !,
कहाँ मेटिन्छ रहर ?,
फेरि भन्यो शहर तिर,
लाग्यो !,
रहर मेटिने शहर,
कहाँ भेटिन्छ ह !,

रहर बाटो लाग्यो,
सोचे !,
सहि कुरा,
रहर शहर मै भेटिन्छ,
शहरमै फुल्छ, फक्रीन्छ र झर्छ,
रहरको पनि बाध्यता छ यहाँ,
के गरोस बिचरा !,
अरुलाई होइन , आफैलाई,
गाउँ होइन , शहर,
देश होइन, बिदेश,
कुदेको छ, दौडिएको छ,
भाग्ने सुख छैन,
थाक्ने सुख छैन,
विश्राम लिने सुख छैन,
रहरले शहर पछ्याएको छ कि ?,
शहरले रहर यो भने सोचनिय छ ।

स्यावास,
रहर स्यावास,
रहर त चक्र पो रहेछ !,
रहरले शहर खोज्छ,
शहरले पद रोज्छ,
पदले सुबिधा खोज्छ,
सुबिधाले पैसा रोज्छ,
पैसाले भ्रष्टाचार खोज्छ,
भ्रष्टाचारले देश रोज्छ,
देशले नेता खोज्छ,
नेताले पार्टी रोज्छ,
पार्टीले शहर खोज्छ,
शहरले रहर रोज्छ ।
वा ,
रहर त !,
शहरमा, पैसामा, पावरमा, नियुक्तिमा, पार्टीमा, नेतामा, कुर्सीमा, कमिसनमा, भ्रष्टाचारमा, कालोबजारीमा, तस्करीमा, लुट्मा, फुटमा, गुटमा पो हुने रहेछ हँ !,
बिचरा रहर !,
घुमेको, घुमै !,
चौमुखे तलवार जस्तो,
बहुमुखे चक्र जस्तो ।

यो रहर पनि,
कति रोज्न सकेको ?,
आफ्नैलाई हँ !,
पहिलो, आफु रोज्छ,
दोश्रो, श्रीमतिको खोज्छ,
तेश्रो, छोरा, छोरी रोज्छ,
चौथो, नाता, गोता खोज्छ,
पाचौ, इस्ट मित्र रोज्छ,
छैठौ, आउरे, बाउरे, धुपौरे खोज्छ,
समाजसेवा, देश सेवा, घर सेवा, परिवार सेवा,
आदि आदि सबै सेवा !,
त्यो पनि बाध्यताले !,
कहाँ रहरले ?,
बिचरा रहर त,
निम्छरो छ ।

के गरून् त बरै !,
बाध्यताले,
सके पनि नसके पनि,
उमेर गयो,
रहर गएन !,
एक झुन्ड शहर आउछन् ,
कराउछन् , जान्छन् !,
फेरि अर्को झुन्ड फेरि शहर आउँछन् ,
फेरि कराउछन् जान्छन् !,
के गर्नु !,
यो पनि त चक्र जस्तै हो,
यो प्रक्रिया चलिरहन्छ,
निरन्तर, निरन्तर,
रहरलाई शहर पुगेको छैन,
शहरलाई रहर,
हेर्नुस न !,
प्युठाने जि,
९० बर्ष, महामन्त्री – (मसाल),
भक्तपुरे जि,
८५ बर्ष, अध्यक्ष – (नेमकिपा),
बाग्लुङ्गे जि,
८० बर्ष, अध्यक्ष – (राष्ट्रिय जनमोर्चा),
अर्का प्युठाने जि,
७९ बर्ष, महासचिव – (क्राकपा),
डढेल्धुरा जि,
७८ बर्ष, सभापति – (काङ्ग्रेस),
झापाली जि,
७४ बर्ष, अध्यक्ष – (एमाले),
अर्का झापाली जि,
७४ बर्ष, महासचिव – (माले),
चितवने जि,
७१ बर्ष, अध्यक्ष – (माओवादी केन्द्र),
रौतहटे जि,
७३ बर्ष, महासचिव – (एकीकृत समाजवादी),
यस्ता जिहरु,
अरु, अरु, धेरै, धेरै छ्न !,
रहरको पनि त उमेर हुन्छ नि यार !,
७० कट्नु पर्छ,
हिड्न नसके पनि राजनीति गर्नुपर्छ,
ठिङ्ग उभिनु पर्छ,
देशको सेवामा लाग्नु पर्छ,
किनकी,
यो त प्राकृतिक कुरा हो ।
जम्मा ५० बर्ष त भयो,
नेतृत्व गरेको,
मान्छे बूढो हुन्छ मर्छ,
तर मान्छे बूढो हुने,
मर्ने र रहरको सम्बन्ध के छ हँ ?,

बिचरा !,
बाध्यता छ,
रहरको पनि !,
पार्टी उचाल्ने, देश उचाल्ने, क्रान्ती उचाल्ने,
यो रहरलाई उन्मुक्ति चाहिदैन हँ !,
खोज्दा, खोज्दा, पचासौ बर्ष भयो,
भेटिदैन उत्तराधिकारी ?,
छोरा भए, छोरी भए, ज्वाइँ भए, परिवार भए, इस्टमित्र भए, नातागोता भए,
घर भए, गाडी भए, धन – दौलत भए, श्री – सम्पत्ति भए, शुख – सुबिधा भए, 
मान – सम्मान भए, सबै भए तर !,
उत्तराधिकारी भएनन ।

कस्तो दुर्भाग्य बिचरा !
राजनीति रहर होइन,
सेवा हो, सेवा ।
फेरि सोधे !,
ए रहर, तिमिलाई
रहर छ कि बाध्यता हँ ,
रहर मेटाउने,
रहर पुर्याउने,
रहर बचाउने,
आफू मरेर पनि !,
रहर नमर्ने,
रहर बिनाका जिन्दगी संसारमा,
कति रहरै नभेटी मरे होलान हँ ?,
रहर ।


मास्टर साव (शिक्षकको आन्दोलनप्रती समर्पण)

Sunday, April 6, 2025

मेरो नारा हरायो

 कविता 
मेरो नारा हरायो । 
चिरन पुन
जनखबर अनलाइन 
२०८१ चैत १४ गते, विहिवार प्रकाशित । 

पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

सहरभरी बर्गेल्ती,
छापिदै छ,
नाराहरु !
बिजुलीका खम्बाहरुमा,
सडकका भित्ताहरुमा,
पोतिदै छ,
झुन्डिदै छ,
नाराहरु !
माईतिघर वा खुलामन्च मै किन ?,
सिहदरवार,
निर्मल निवास,
विद्युत प्राधिकरण,
बालुवाटार,
बुढानिलकण्ठ,
झुत्रे बनेका कारखानाका भग्नावसेश
जताततै खोज्छु तर !
मेरो नारा भेटिदैन,
पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

फेसबुक वालहरु,
टिकटक एबम रिल पर्दाहरु,
भाषणबाट,
कासनबाट,
गीतबाट,
कबिता र गजलबाट,
अलाप्दैछ्न,
फलाक्दैछ्न !,
अनेकौं अनकण्टार भग्नावसेसबाट
अलाप्नेहरु, फलाक्नेहरु,
बिचरा !
धुलोमैलोले पुरिएर सुनिरहेका होलान,
एकोहोरो भनिरहेका होलान,
चिच्याईरहेका होलान,
तर !
बुझिदैन, सुनिदैन,
प्रिय मेरा नाराहरु,
पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

बुर्कुसी मार्दै,
एक दर्जन नाराहरु !
आए, कराए, गए,
२८ खर्ब ऋण ,
कुइन्टल – कुइन्टल सुन,
काण्डै काण्डका काण्ड,
तस्करी, कालोबजारी,
भ्रष्टाचार, बिचौलिया
ललिता निवास,
एमसीसी !
नारा भित्र नारा,
प्रजातन्त्र आयो, प्रजालाई भएन !
लोकतन्त्र आयो, लोकलाई भएन !
गणतन्त्र आयो, गण र जनलाई भएन !
अस्ति पनि लुटिन्थे
हिजो पनि लुटिए,
आज पनि लुटिदैछ्न,
प्रजा, लोक, गण एबम् जनहरु !,
यी सबै लुटिने भागमा हुन,
लुटिएकै छ्न, ठगिएकै छ्न,
तर चर्को नारा यिनिहरुकै छ,
अवस्था पुरानै, उस्तै,
निन्याउरे अनुहार,
च्याउसे मुहार,
खान पाए पो गतिलो हुनु ?
उफ्रदै छ, कुर्लदै छ,
बिचरा उस्तै नारा,
पर्ख न हो साथी पर्ख,
मेरो नारा हरायो !
नयाँ नयाँ नाराहरु,
बेग्ला बेग्लै रुपहरु,
निस्सासिदै,
टुकुचा, मनोहरा, बागमती र बिस्णुमती
पशुपतिनाथ र स्वम्भुनाथ,
जस्तै
नाम फेरिएको बालकोट
बालुवाटार, बुढानिलकण्ठ
निर्मल निवास,
आदि आदि ले,
सुन्दैन,
खुमलटार,
कोटेश्वर,
यस्तै अरुहरु पनि,
भेटाए कि, देखे कि ?
लुकाए कि ? दबाए कि ?
मेरा प्रिय नाराहरु,
खोज्दैछु !,
पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

नारा !,
बिचरा मेरो प्रिय नारा !
नाना फेरियो,
पापा फेरियो,
बङ्गला फेरियो,
मोटर फेरियो,
अनुहार फेरियो,
सङ्गत फेरियो,
मित्रु फेरियो,
सङ्गै
शत्रु पनि त फेरियो,
सबै फेरियो,
अब सबै फेरिए पछि
मेरो नारा पनि त फेरियो कि ?
बिचरा !
मेरो आत्मिय नारा,
मेरो नारा कहाँ भेटिन्थ्यो ?,
अर्काको कोटको भित्री गोजिको कुनामा,
निस्सासिए होला ?,
तारे होटलमा डिनर,
हुस्कीमा चुस्की मिसाउदै,
८४ ब्यन्जनको साथी,
फेरि,
यत्रो, सानो जाबो चिर्कटो मै त
लेखिएको,
एकपन्ने पत्ता,
र शिशा कलमको अक्षर !,
महान सपना
खुनै उराल्ने जागर,
निकास सहितको गन्तब्य,
स्पस्ट बाटो,
समानताको दिशा निर्देश,
तिमिले सानो टुक्रे चिर्कटो मानेर
के भो र ह ?
भोलि चैत १५ गते,
फेरि नाराहरुको भिड आउदैछ,
थरिथरिका सपना आउदैछ,
त्यसैमा मेरो प्रिय नारा पनि भेटिन्छ कि कतै !, ?
आउनुहोस !!!
सबैलाई
चुले निम्तो छ ।
सबै मिलेर नारा लगाऔ !
सबै मिलेर नारा खोजौ !
कतै भेटिन्छ कि ?
मेरो प्रीय नारा !
पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

Wednesday, February 26, 2025

जनवादी र व्यवसायिक कलाकारले ‘फनफनी घुमाएको दरमखोला’

लोकान्तर, काठमाडौं 
माघ १९, २०८१
उजिर मगर 



दरमखोला फनफनी घुम्यो गल्कोटको बीचै हजुर
माछी तलतल बग्यो, उमेर माथि–माथि
तर, पनि छाडेन कहिल्यै, ऋणै–ऋणैको भारी हजुर
दमरखोला फनफनी घुम्यो गल्कोटको बीचै हजुर

बागलुङको गल्कोट वरपर बग्ने गण्डकीको साहयक नदीमध्ये एउटा हो दरमखोला । दुधिलाभाटीको गौमुखी, ताराखोलाको सिरान दुरलेक र नरेठाँटी बीचबाट बगेर दोभानमा जम्मा भई बनेको छ दमरमखोला । त्यही दरमखोला अहिले सामाजिक सञ्चालका प्लेटफर्म ‘टिकटक, फेसबुक, युट्युबलगायत रिल्स’हरूमा फनफनी घुमेको छ । युट्युबमा हेर्ने र सुन्नेको लर्को भने कमै भए पनि टिकटक र रिल्सको ट्राफिक भने बाक्लै छ । धेरैले गीतमा अभिनय गरेर आ–आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।  

गीत तथा संगीतकार चिरन पुन (चिरन ‘सी’)  आफ्नो गीतले चर्चा पाएपछि हौसिएका छन् । गजल गायनमा अब्बल कहलिएका गल्कोट क्षेत्रकै थानेश्वर गौतमको स्वरमा गुञ्जिने दरमखोला मात्रै फनफनी घुमेको छैन, उत्तरगंगा ढोरपाटनबीच, दरमखोला पर्वतबीच, तम्मुखोला तम्मुखोला सुखौराबीचबाट बगेको छ । नेकपा ९मसाल०को सांस्कृतिक मोर्चा रक्तिम परिवार जनवादी गीतसंगीतमा अब्बद मानिन्थ्यो । अहिले रक्तिम छिन्नभिन्न छ । बागलुङ स्वाभाविकै रूपले मसालको प्रभाव क्षेत्र रहेकाले रक्तिमका गीत, नाचले कुनै समय निकै लोभ्याउँथ्यो ।

बागलुङमा मसालको जिल्ला सत्ता र रक्तिमको उच्च चढावका उम्दा कलाकार र नेता हुन गीत तथा संगीतकार चिरन पुन् । अहिले नेत्रविक्रम चन्द ९विपल्व० नेतृत्व नेकपामा आबद्ध उनी आफूलाई ‘चिरन सी’ नामले चिनाउँछन् । रक्तिमको चर्चित गीती नाटक ‘ठूली’मा खाइलाग्दो ज्यानअनुसार ‘खलनायक’को अभिनय गरेका चिरन २०५४ सालमा बागलुङको साविक सुखौरा गाविसमा कम उमेरमै अध्यक्ष निर्वाचित भएका व्यक्ति हुन् । 
अहिले युट्युबमा करोड क्लबका गायक तथा संगीतकार आशिष अविरललाई कुनै दिन रक्तिममा हार्मोनियम समाउन लगाउने उनै चिरन हुन् ।

जनताको गीत गाउनुपर्छ भन्ने चेतबाट उदाएका चिरनको नाम पनि खासमा चेतबहादुर हो । वर्तमान समाजले भोगेका पीडा, देशमा केही गरौं भन्ने आह्वानसहितका केही प्रगतिशील शब्दले मध्यमवर्गको मनमा झ्याप्पै छाप छोडेको छ । बागलुङ ताराखोलाकी संविधान सभा सदस्य केशरी घर्तीमगर र विबता बस्नेतको स्वरले पनि गीतलाई उत्तिकै न्याय दिएको छ । केशरी माओवादी युद्धकालकी कुशल कलाकार हुन् । 

भिडियो मेकिङमा भने थानेश्वरको स्वरमा दरमखोला जसरी फनफनी घुम्ने हो त्यति घुम्न सकेको छैन । भिडियो मेकिङ, पात्रहरूको चयन गतिलो नहुँदा टिकटक र रिल्सका अभिनयहरू जीवन्त देखिन्छन् । मान्छेका दैनिकी, सुखदुख र भोगाइ अनेकन छन् । मान्छे–मान्छेको हृदयभित्र खिल बनेर बसेका ती भावनाहरू, उकुसमुकुस जब संगीत बनेर आउँछन्, त्यसले वर्तमान समाजको वास्तविक चरित्र कस्तो छ रु भन्ने चिनारी दिन्छ । समाजकै वरपर रहेर गीतमा भनिएको छ– 
पोहोर साल माइलो छोरो खाडी मुलुक उड्यो
के हुन्थ्यो र बिरानो देश, ज्यान फर्काउन गाह्रो हजुर
छोरीज्वाइँहरू कलकत्तातिरै चौकीदार गरी बस्छन्
आफ्नै पेट पाल्न मुस्किल भो भनि, धरधरी आँशु झार्छन् हजुर
उत्तरगंगा उत्तरै बग्यो ढोरपाटनको बीचै हजुर

गीतका यी शब्दले सबैलाई झसङ्ग बनाउँछ । सुखौरामा जन्मिएका चिरन उनको पानीढलो दुईतिर छ । गल्कोट र शान्तिपुर ९गुल्मी० । त्यसैले हुग्दिशिरको खोला शान्तिपुरबीच बग्यो हजुर भनेका छन् । जहाँबाट गीतको गर्व उठान भएको छ, त्यही वरपरको जीवन परिवेशका मनका विरह र केही गरौं भन्ने जागरुक चेतलाई गीतमा उनिएको छ । पोहोर साल खाडी गएको माइलो वर्तमान हो भने, छोरीज्वाइँहरू कलकत्तातिर चौकीदार गर्ने सम्बत् ५० को दशकको परिवेशलाई चिरनले गीतमा समावेश गरेको देखिन्छ ।

लोकभाकामा प्राकृतिक सौन्दर्यहरूलाई कसरी गीतमा लिइन्छ भन्ने एउटा उदाहरण हुन् साविक अधिकारीचौरका अध्यक्ष जिवलाल छन्त्याल ९निधन भइसकेको २०६३० । माया, पिरती र टाढाका युवतीसँगको गीतमा छन्त्यालले यो शब्द प्रयोग गरेको देखिन्छ । उनको एउटा चर्चित गीत छ–
उत्तर बग्ने उत्तरगंगा, पश्चिम बग्ने भेरी
बाँचे भेट हुनेछ अर्को साल फेरि

लोकगीत के हो रु भन्नेबारे लामै अनुसन्धान गरेका जनकविकेसरी धर्मराज थापाले भनेका छन्, ‘मानव संगीत प्रेमीलाई संगीतको भावना जागृत गराउन लोकगीतको माध्यमबाट नै सक्छन् । जीवनको वास्तविकतालाई सजीव रूपमा प्रस्तुत गर्न सफल छ लोकगीतजस्तो अन्य साहित्यिक विधामा कठिन छ ।’

लोकगीतले किन जनमनमा छिट्टै छुन्छ त रु भन्ने आधारहरू पेश गर्दै जनकविकेसरी थापाले भनेका छन्– ‘सरलता, गेयात्मकता र मिठास । भनाइमा तीब्रता, प्रवाहमय गेयात्मकता, सरलता र सहजतासँग मितेरी, स्वाभाविकताले भरपुर हुनु, प्राकृतिक तादात्म्य भै हार्दिक अभिव्यक्ति पोख्नु, हृदयबाट उद्गारित भै उत्तराधिकारी ९लय–भाका० सिर्जना गरी विस्तारै पुरानो बन्नु, समसामयिक वातावरण वा स्थानीय परिचयताको साथै अलपिएको हुनु ।’

लोकगीत मूलतः प्रकृतिसँग जोडिएका हुन्छन् । वन, जंगल, हिमाल, खोला, नाला, झर्ना, भीर, पहरा, चराचुरुङ्गी, ऋतुहरूससँग फुल्ने फूल, त्यसमा रम्ने जीवहरूसँग जोडिएर  लोकगीतमा आएका शब्दले साँच्चिकै जनजीवनमा मिठास छाउँछ । संगीतका लागि प्रयोग हुने मादल, सारङ्गी, डम्फु, नौमती बाजाले आफ्नो मौलिकतालाई झन् भरिपूर्ण बनाउँछ ।

गायन शैलीमा आउने ‘है।। हो हो।। हा हा।। ए।।’ गण्डकी क्षेत्रमा गाइने लोकगीतका असाध्यै प्रचलित शैली हुन् । त्यसैमाथि थानेश्वरको शैलीले गीतलाई झन् न्याय गरेको छ । जसका कारण लोकगीतमा आउने यी शैलीले जो कसैको मन सहजै तान्छ । नेपाली समाज जुन ढंगले निर्माण भयो सोही चेतनासँगै लोकगीतहरूको शब्द निर्माण भएका छन् । जबदेखि लाहुरेप्रथा शुरू भयो, त्यही कालदेखि लोकगीतमा ‘लाहुरको खुकुरी र रेल’ शब्द घुस्यो । त्यसबाहेक सबैभन्दा बढी खोलानाला, स्थान, वन, जंगलबाट शब्दले लोकगीतमा प्रवेश पाएका छन् । अहिले चिरनको गीतमा पनि त्यसैले प्रवेश पाएको छ ।

चिरनका यतिखेर गीतरसंगीत कम, नेता बढी हुन् । नेता पनि एउटा ‘क्रान्तिकारी’ पार्टीको १ उनका अभिव्यक्ति, रचना स्वतः वर्ग पक्षधरता हुन्छन् भन्ने एउटा भाष्यलाई यो गीतले खण्डन गरेको छ । बुर्जुवा गीतको मात्रै व्यापार र भाइरल, लोकगीतको नाममा समाजमा अपाच्य शब्द प्रयोगबाट भाइरल बन्ने होडाबाजीलाई दरमखोलाले फनफनी घुमाएरै एउटा किनारमा पुर्याइदिएको छ ।

प्रगतिशील गीतलाई व्यवसायीक कलाकारले गाउँदा भाइरल बन्न सक्छ भन्ने यतातिर अर्को सत्यततालाई उजागर गरेको छ । जसले एकथरी जनवादी र प्रगतिशील पक्षधरताका कलाकारहरूको पनि चेत खुलाइदिएको छ । स्थानीय यानीमाया, सोरठी, ठाडो भाका, सुर्खेती टप्पा शैलीको गजल गायक थानेश्वरको स्वर, बागलुङको ख्यातिप्राप्त नौमती बाजाको बसिउठी गुरगुरे तालले जो कसैलाई नचाउन सक्छ । गल्कोट आसपास लोक गायकरगायिका उत्पादन गर्ने एउटा खानी हो । जहाँ तीन दर्जन हाराहारीका नाम चलेका कलाकारहरू छन् । फरकधार बोकेका चिरन पुरानै कलाकार हुन् । अहिले गीतबाट गल्कोट वरिपरिका खोला ल्याए र त्यही भिडमा आफूलाई पुर्नपरिचित गराउँदै गीतको अन्तमा भनेका छ न्–
सुनै फल्ने नेपाली माटो पौरखमा सम्बृद्धि रोपौँ हजुर
घुम्टेको लेक, न्युरेको वन हलेसी ढुकुर बास्छ
आफ्नै पसिनामा रमाउन सक्छौं, फर्किदेऊ प्रदेशी भन्छ हजुर
स्वाभीमानी पुर्खाको देश पराइको हप्की कति,
सुनै फल्ने नेपाली माटो पौरखमा सम्बृद्धि रोपौँ हजुर



मिठास गीत थानेश्वर र चिरन सिको ‘दरमखोला फनफनी घुम्यो’

 संगीतमा बागलुङेको बर्चस्वः ट्रेन्डिङदेखि मौलिकता सम्म
दिल श्रीसमगर 
कलालिका 
२०८१ माघ १८ शुक्रबार ः ०४ः११ । 
काठमाण्डौ । 

पछिल्लो साताको संगीत बजार हेर्ने हो भने युट्युव ट्रेन्डिङ १,२ देखि निकै रुचाइएका मौलिक गीत तिनै भुगोलका कलाकारले पस्केका छन् । थानेश्वर गौतम शास्त्रीय संगीत अध्ययन र साधनमा पनि अब्बल गायक संगीतकार हुन् । उनका दर्जनौ गजल र लोक गीत चर्चाको चुलीमा छन् । उनै गौतमले यसै साता सार्वजनिक गरेको गीत हो–‘दरमखोला फनफनी घुम्यो’ ।

झट्ट सुन्दा यो गीत वियोगान्त प्रेमिल लाग्न सक्छ तर, नितान्त प्रकृतिको सुन्दरता, नेपाली समाजको कहालीलाग्दो अवस्था र परिवेश उधिन्ने गीत हो । जनवादी गीत संगीतको अभियान र साधनामा सक्रिय चिरन सिले शब्द तथा संगीत सिर्जना गरेको यो गीत सुरुमा सुन्दा अरु गीतहरु जस्तै लागे पनि गीत सुन्दै जाँदा ‘मन्द विष’ जस्तै लाग्ने अनुभूति हुन्छ । अडियो मात्रै सुन्दा पनि प्रियकर लाग्ने गीतको भिडियो ६ दिनमा १ लाख पटक हेरिएको छ । यो गीत यसरी तयार गरिएको छ कि आजको ५,१० वर्ष पछि सुन्दा पनि पुरानो हुँदैन । गीतको म्युजिक भिडियो पनि हेर्न लायक बनेको छ । भिडियोमा बागलुङकै निर्मल क्षत्री र कुसुम थापाले अभिनय गरेका छन् ।गायनमा गौतमलाई जनवादी कलाकार केशरी घर्ति र सविता बस्नेतले साथ दिएकी छिन् ।

यस गीत अहिले फेसबुक रिल र टिकटकहरुमा निकै लोकप्रिय बनिरहेको छ । लोकप्रिय गायक बैकुण्ठ महत मुख्यतः प्राकृतिक, सांस्कृतिक मर्म बोकेको मौलिक सृजना भएकाले यसले धेरै श्रोता दर्शकको मन जित्ने बताउँछन् । ‘मलाई त गीतले निकै तान्यो, आफुले रुचाएको सृजना तपाईंले पनि सुन्नु र हेर्नुहुनेछ भन्ने अभिप्रायले शेयर पनि गरेको छु,’ महतले भने । यस गीतका सर्जक चिरन सि बागलुङ बरेङ गाउँपालिकाका हुन् भने गायक गौतम गलकोट काँडेबासका हुन् ।




दरम खोला फनफनी घुम्यो गीतको भिडियो सार्वजनिक

                                                                                                                                गीत संगीत

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।