Wednesday, February 29, 2012

जनसुरक्षा दस्ताको प्रस्तावना र उदेश्य बारे

अग्रगति साप्ताहिक
बर्ष ६, अंक २६,
२०६८ फगुन १८ विहिबार ।
काठमाडौ ।


चिरन पुन
प्रारम्भ ः
“बर्गहरु संघर्ष गर्छन, केहि बर्ग विजय पाउछन, अरुहरु निर्मुल हुन्छन । ईतिहास यस्तै छ, सभ्यताको हजारौ बर्षको ईतिहास यस्तै छ ।” क. माओले १४ अगष्ट १९४९ मा “भ्रमहरुलाई मिल्काउ, सघर्षको तयारी गर,” भन्ने सन्दर्भमा यो कुरा बताउनु भएको थियो । यो सत्य हो कि बर्गहरु बारम्वार संघर्र्ष गर्दै आईरहेका छन । समाज विकाश क्रममा एउटा बर्ग र अर्को बर्गको बीच निरन्तर संघर्षले नै समाज अगाडि बढिरहेको छ । आज पनि त्यो क्रम जारी छ । एकातिर दलाल, नोकरशाह, पुजिपति र सामन्तबर्गहरु आफ्नो निरन्तर चलिरहेको राज्यसत्तालाई कायम राख्न हर संभव कोशिस गरिहेका छन । फल स्वरुप नेपालमा आफ्नो अनुकुलको राज्यसत्ता आज सम्म टिकाईराख्न सफल पनि भएका छन । अर्कोतिर सर्वहारा बर्गले यो राज्यसत्तालाई खत्तम पार्न चाहन्छन । दलाल, नोकरशाह, पुजिपति र सामन्तबर्गहरुको हातमा रहेको राज्यसत्ता खोस्न चाहन्छन । यो लडाई हिज पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । । विश्व र नेपालमा पनि सहि क्रान्तिकारी शक्तिहरु तिनै सर्वहारा बर्गको राज्यसत्ता स्थापना गर्न लागि परेका छन । बसी खाने बर्गको हातमा रहेको राज्यसत्तालाई खोसेर गरिखाने बर्गको हातमा ल्याउनु सहि कम्युनिष्टहरुको उदेश्य केन्द्रीत छ । त्यसैको सफलताको लागि क्रान्तिकारीहरु लागि परेका छन । क्रान्तिकारीहरु त्यही उदेश्य पुरा गर्न लड्छन हार्छन, फेरी लड्छन फेरी पनि हार्छन, तर अन्त्यत क्रान्तिकारीहरु जित्छन भन्ने मान्यतालाई आत्मसाथ गर्दै जित्ने सहासका साथ लडाईका योजना बनाउछन र अगाडि बढ्छन यो क्रम अहिले पनि जारी छ । त्यसको सफलताको लागि सहि विचार, सहि क्रान्तिकारी पार्टी, सहि क्रान्तिकारी पार्टीको नेतृत्वमा सेना र सहि संयुक्त मोर्चाको आवश्यकता अनिवार्य रहन्छ । त्यसैले सहि क्रान्तिकारीहरु त्यसको निर्माणमा सधै गम्भिर बन्नु पर्दछ । त्यहि आधारलाई आत्मसाथ गर्दै नेपाल कम्यनिष्ट पार्टी (एकीकृत) ले आफ्नो नीति, योजना र कार्यक्रमलाई अगाडि सारेको छ । हामी हाम्रो नीतिमा स्पस्ट हुन चाहन्छौ । हामी हाम्रो कार्यक्रम र योजनाहरुमा पनि स्पस्ट हुन चाहन्छौ । हामी हाम्रा आगामी कार्यभारहरुमा स्पस्ट हुन चाहन्छौ । त्यसैले पार्टीले अगाडि सारेको जनसुरक्षा दस्ता, यसको प्रस्तावना र उदेश्यहरुमा पनि हामी एकरुपता र स्पस्टता हुन चाहन्छौं । यहि परिवेशमा जन सुरक्षा दस्ताको प्रस्तावना र उदेश्यहरुमा केन्द्रीत भएर केहि चर्चा गरिने छ ।

प्रस्तावना ः
जनसुरक्षा दस्ता माक्र्सवाद लेनिनवाद माओविचारधारको सिद्धान्तलाई आत्मसाथ गर्दछ । यसले नयाँ जनवादी क्रान्ति सन्पन्न गरी बैज्ञानिक समाजवाद र साम्यवादी समाजको स्थापना गर्ने उदेश्य लिएको छ । त्यहि उदेश्य पुरा गर्न यसको निर्माण र परिचालनमा जोड दिईएको हो । यो नेकपा (एकीकृत) को प्रत्यक्ष नेतृत्वमा संचालित विशेष सांगठनिक निकाय हो । नेकपा (एकीकृत) को एकताको सातौ महाधिवेशनद्धारा पारित नीति र केन्द्रीय समितिद्धारा गरिने निर्णयका आधारमा यसलाई परिचालन गरिने छ । जनसुरक्षा दस्तालाई सैद्धान्तिक हिसावले प्रखर बनाउनु, राजनैतिक हिसावले सक्षम बनाउनु र साँस्कृतिक हिसावले अगुवा बनाउनु हामी सवैको दायीत्व र जिम्मेवारी बन्न जान्छ । नेकपा (एकीकृत) को प्रत्यक्ष नेतृत्वमा परिचालन हुने हुदा यसको सैद्धान्तिक, राजनैतिक, आर्थिक, साँस्कृतिक भूमिकाका लाई प्रभावकारी बनाउन नेकपा (एकीकृत) जिम्मेवार हुनेछ । पार्टीले यसको परिचालन, संरक्षण, व्यवस्थापन, निरिक्षण र अनुगमन आदि कार्यहरु गर्न नेकपा (एकीकृत) को पिवीलाई जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुशार गठन गरिएको केन्द्रीय परिचालन टिमको प्रत्यक्ष निगरानीमा जनसुरक्षा दस्ताको परिचालन गरिने नीति पार्टीले लिएको छ ।

नेकपा (एकीकृत) माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आफ्नो पथप्रदर्शक सिद्धान्तको आलोकमा नेपालको ठोस परिस्थितिमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम तय गरेको छ । नयाँ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान एकताको आधारमा सामन्तवाद र साम्राज्यवाद विरोधी देशभक्त जनवादी र वामपंथी क्रान्तिकारी शक्तिहरु सहितको जनताको जनवादी अधिनायकत्व हो । यो समाजवादको प्रारम्भीक चरण हो । विद्यमान सामन्त, दलाल र नोकरशाही पूँजीपतिको अधिनायकत्वलाई सशस्त्र क्रान्तिद्धारा विस्तापित गरेर मात्रै स्थापति हुन सक्दछ भन्ने मान्यतालाई आत्मसाथ गरेको पार्टीको नीति निर्माणमा मुख्य जोड दिएकोले जनसुरक्षा दस्ताले पार्टीको नेतृत्वमा त्यो भुमिका खेल्न मदत गर्ने छ । ठोस परिस्थितिको ठोस विष्लेषण गर्दै नेपालको अर्ध सामन्ती र अर्ध–औपनिवेशिक राजनैतिक, आर्थिक, साँस्कृतिक र सामाजिक संरचनालाई बलपूर्वक विस्तापित गरेर मात्रै बैज्ञानिक समाजवाद र साम्यवादी समाजको स्थापना गर्ने महान् उदेश्य पुरा गर्न जनसुरक्षा दस्ता लागि पर्नेछ । जनसुरक्षा दस्ताले सामन्त, दलाल र नोकरशाही पूँजीपति बर्गको वर्तमान राज्यसत्ताद्धारा जनतामाथि गरिने सवै प्रकारका शोषण, दमन र उत्पीडनका विरुद्ध दृढतापूर्वक संघर्ष गर्नेछ । शासक र शोषक बर्गको सवै प्रकारका ज्यादती, आर्थिक अनियमितता, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती विरुद्ध जनतालाई जागृत बनाउने, संगठित हुन प्रेरित गर्ने र उनीहरुको संघर्षमा सवै प्रकारको सहयोग पुर्याउने काम गर्ने छ । यहा सवै स्पस्ट हुनु पर्ने के छ भने, जनसुरक्षा दस्ता नेकपा (एकीकृत) को प्रत्यक्ष नेतृत्वमा संचालितहुने भएकोले जनसुरक्षा दस्ता पूर्णत नेकपा (एकीकृत) को विशेष साँगठनिक निकाय हो । यसको पूर्ण दायित्व नेकपा (एकीकृत) मा निहित हुनेछ ।

उदेश्य ः
“माक्र्सवाद लेनिनवादको सिद्धान्तवाट सुसज्जित, स्व आलोचनाको पद्धतीलाई अंगालेको र जनसमुहसग गासिएको अनुशासनवद्ध पार्टी, त्यस्ता पार्टीको नेतृत्वको मातहात सेना, त्यस्तो पार्टीको नेतृत्वको अन्तरगत सवै क्रान्तिकारी बर्ग र सवै क्रान्तिकारी डफ्फाहरुको संयुक्त मोर्चा तिनै तिन मुख्य हतियारहरु हुन जो हामीले सत्रुलाई हरायौ ।” क. माओले यो कुरा ३० जून १९४९ मा “जनताको जनवादी अधिनायकत्वको विषयमा” स्पस्टसँग राख्नु भएको थिायो । त्यो मान्यतालाई हाम्रो पार्टी र जनसुरक्षा दस्ताले पनि स्वीकार गरेको छ । आत्मसाथ गरेको छ र नेपालको जनवादी क्रान्तिमा त्यसको आधारलाई पनि दिशानिर्देशनात्मक बन्न सक्छ भन्ने मान्यता राखेको छ । निश्चय पनि कुनै पनि काम शुरु गर्दा त्यसको उदेश्य स्पस्ट बन्नु पर्दछ । त्यसले गर्नु पर्ने कामको मार्ग दर्शन सवैले जान्नु, बुझ्नु र स्वीकार गर्नु पर्दछ । अनि मात्र हामी हाम्रो उदेश्य अनुरुपको परिणामलाई हात पर्न सफल भईनेछ । त्यसैले जनसुरक्षा दस्तााले आफ्नो उदेश्यहरुलाई जान्नु, कामलाई केन्द्रीय विन्दुमा राख्नु र त्यसलाई पुरा गर्न कटिवद्ध हुनुले जन सुरक्षा दस्ताको सफलतामा मुख्य भुमिका खेल्दछ, । त्यसैले आजको सन्दर्भमा जनसुरक्षा दस्ताको उदेश्यलाई यसरी हेर्न, बुझ्न र जान्न सकिन्छ । नेकपा (एकीकृत) को सिद्धान्त, उदेश्य कार्यक्रमलाई पुरा गर्नु, नेकपा (एकीकृत) को रणनीति र कार्यनीतिलाई क्रियान्वयन गर्नु, किसान मजदुरहरुको हक र हितको लागि गरिने संघर्षमा तदारुकताका साथ सक्रिय रहनु, शोषित उत्पीडित बर्ग, अल्पसंख्यक जाति, आदिबासी जनजाति, दलित, महिला, अशक्त, अपाङ्ग, बालबालिका बृद र बृद्धा, कमैया, हलिया, सुदुर दुर्गम क्षेत्र तथा तराई मधेशीका हक हित र अधिकारको निम्ति संचालन हुने संघर्षमा सक्रिय रहनु, अन्याय अत्याचारमा परेका कुनै पनि जनताको पक्षबाट संघर्ष गर्नु, भ्रष्टाचारीहरुलाई कारबार्ही गर्न जनताको नेतृत्व प्रदान गर्नु, पार्टीको कुनै पनि कार्यकर्ताको सहयोगमा तत्पर रहनु, राज्यवाट जनतामाथि गरिने उत्पीडन तथा दमनको विरुद्ध संघर्ष गर्नु, जनताको लागि रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरु नियमित संचालन गर्न प्रयन्त गर्नु, नयाँ जनवादी क्रान्तिको लागि सक्रिय र दृढतापूर्बक सहभागी हुनु, जनताको हक र अधिकारको लागि संघर्ष गर्नु, राष्ट्रियता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता र अक्षुष्णताको लागि संघर्ष गर्नु, उत्पादनको लागि संघर्ष, बर्ग संघर्ष र बैज्ञानिक प्रयोगहरुमा संलग्न रहनु, समाजवाद र साम्यवादको पक्षमा प्रचारात्मक बन्नु, जनतालाई सशक्त संगठनमा आवद्ध हनु सहयोग गर्नु, प्राकृतिक प्रकोप, भुकम्प, बाडी पहिरो, डुवान,अग्निकाण्ड, आदीबाट पीडितहरुको उद्धार र साहतको लागि सहयोग गर्न तत्पर रहनु, हरेक काम कारबाहिमा जननीति लागु गर्नु, उत्पादनमा बैज्ञानिक प्रविधि अध्ययन अनुसन्धान आदी, रचनात्मक कार्यमा संलग्न हुन र अरुलाई पनि त्यस दिशामा प्रेरित गर्नु, बर्तमान राज्यसत्ताको परिवर्तनको लगि नेकपा (एकीकृत) ले ल्याउने संघर्षका हरेक कार्यक्रमहरुलाई सफल पार्न जोड गर्नु आदी ।

अन्त्यमा ः
जनसुरक्षा दस्ता कम्युनिष्ट पार्टीको नेतृत्वमा गरिखाने बर्गको लागि लड्ने दस्ता हो । सर्वहारा बर्गको हितलाई सर्वोपरी मान्ने दस्ता हो । साँस्कृतिक क्रान्तिको मुल्य मान्यतालाई आत्मसाथ गर्ने दस्ता हो । त्यसैले सवै स्पस्ट हुन आवश्यकता छ । जसरी आज नेपालमा अनेकौ नााम धारी पार्टीहरु आफुलाई कम्युनिष्टको दावी गर्दै जनतालाई भ्रम छरिरहेका छन । सवैले हसिया हतौडा अंकित झण्डा बोक्ने गरेका छन । आफ्नो शुभ नाममा पनि कम्युनिष्ट नै झुण्ड्याउने गरेका छन । आफुलाई जनताको अगाडि कम्युनिष्ट नै भनेर चिनाउन चाहन्छन । जसले गर्दा उनिहरुले जनतालाई ठुलो भ्रम पनि पारिरहेको छन । त्यसैले अब नेपाली जनता भ्रममा रहनु हुदैन । कम्युनिष्ट नीति र सिद्धान्तले हुने हो । व्यवहार र कार्यक्रमले बन्ने हो । दार्शनिक पक्षधरताले हुने हो । वैचारिक प्रस्तावना र कम्युनष्टि आदर्शले बन्ने हो । कम्युनिष्ट नैतिकता र चरित्रले बन्ने हो । जसलाई मनलाग्यो कम्युनिष्ट भनिदिने, अनि सवैले त्यहि बुझिदिने प्रवृति र तरिकाबाट सवै नेपाली जनता स्पस्ट हुनु पर्दछ । नेपालमा सर्वहारा बर्गको अधिनायकत्व विना गरिखाने बर्गको अधिकारको सुनिश्चिता छैन । त्यसैले आज देखिएका एमाले, एमाओवादी लगाएत नाममा कम्युनिष्ट बन्न सक्छन तर, काममा भने सवैले देखिएको नै छ नि होईनर ?

धन्यवाद


Thursday, February 23, 2012

यो सरकार कम्युनिष्टको हो ?

अग्रगति साप्ताहिक
बर्ष, ६ अंक २४
२०६८ फागुन ४ विहिबार ।
चिरन पुन
सरकार राज्य सत्ताको एक अंग हो । राज्यसत्तालाई बल पुर्याउन सरकारले भुमिका खेलिरहेको हुन्छ । सरकार सम्वन्धि पार्टीहरुको तत्कालिन नीति, राज्यसत्तालाई हेर्ने दृष्टिकोण, उसको चरित्र र देश, जनता प्रतिको जिम्मेवारीवोध, सरकारमा सहभागी हुने व्याक्तिहरुको दक्षता आदी कारणहरुले सरकार सामान्य रुपले सकरात्मक हुने वा नहुने भन्ने कुराको फैसला हुन्छ । त्यो अनुरुप बर्तमान सरकारको बारेमा पनि सकरात्मक नकरात्मक टिप्पोणीहरु हुने गरेको छ । के यो सरकार कम्युनिष्ट को हो ?

भनिन्छ, आज देशमा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । सडक, संविधानसभा, सरकार र प्रतिपक्षमा पनि बहुमत कम्युनिष्ट को नै छ । तर, किन कम्युनिष्टहरु मिलेर कम्युनिष्टले चाहे जस्तो संविधान बनाउन नसकेका होलान ? किन कम्युनिष्टहरु आफै झगडा गर्दै बसेका होलान ? किन कम्युनिष्टले नेतृत्व गरेको सरकारमा यतिधेरै बेतिथि भयो होला ? जस्ता प्रश्नहरु आज छरपस्ट सुन्न पाईन्छ । त्यतिमात्र होईन, युद्ध लडेर आएको ए (माओवादी) गत संविधानसभाको निर्वाचनबाट ३१ लाख, ४५ हजार, ५ सय १९ मत अर्थात ३०. ५२ प्रतिसत मत प्राप्त गरी संविधानसभामा सवैभन्दा ठुलो दलको रुपमा स्थापित भएर आएको हो र उसैले अहिले सरकारको नेतृत्व गरिरहेको छ । त्यस्तै यतिवेला प्रतिपक्षमा रहेको नेकपा (एमाले) २२, लाख २९ हजार, ६४ मत अर्थात २१. ६३ प्रतिसत मत प्राप्त गरी तेश्रो ठुलो दलको रुपमा आफुलाई स्थापित बनाउन सफल भएको थियो । उसले पनि यस भन्दा अगाडि सरकारको नेतृत्व गरेर आएको हो । त्यस्तै नेमकिपा, राजमो, नेकपा (माले), नेकपा (एकीकृत), नेकपा (संयुक्त) जस्ता कम्युनिष्ट पार्टीहरु संविधानसभामा प्रतिनिधित्व गरिरहेका छन । यसरी कम्युनिष्टको नाममा विभिन्न पार्टीहरुले जनताबाट मत प्राप्त गरे र संविधानसभामा सहभागी हुन सफल भए । यी सवै कम्युनिष्ट भनिएका पार्टीहरुले ल्याएको मतलाई आधार मान्ने हो भने पनि करिब ६२ प्रतिसत भन्दा धेरै संविधानसभामा विभिन्न कम्युनिष्ट पार्टीबाट सहभागिता रहेको छ ।

आज सरकारमा, संविधानसभामा, सडकमा र प्रतिपक्षमा पनि कम्युनिष्टको बाहुल्यता देख्नु र त्यस प्रकारको दृष्टिकोण जनताको तर्फबाट राख्नु सान्र्दभिक नै हुन्छ । यसमा पनि सर्वहारा बर्गको वकालत गर्दै १० बर्ष युद्ध लडेका मानिसहरुले अहिले मुलुकमा सरकारको नेतृत्व गरिरहेका छन । साम्राज्यवाद र विस्तारवादको विरोधमा सुरुड्ग खनेर प्रतिकार गर्न तम्सेका मानिसहरु आज देशको मुख्य ओदाहमा आसिन छन । सुकुम्वासीहरुको लागि जमिन, बेरोजगारको लागि रोजगार, गास, बास र कपासमा सर्वसुलभता भन्नेहरुले अहिले देशमा सरकार चलाईरहेका छन । सम्पूर्ण असमान सन्धी संझौताहरुको खारेजी र राष्ट्रिय स्वाधीनताको रक्षाको चर्को वकालत गर्नेहरु यो देशलाई अघि बढाउने जिम्मेवारीमा छन । भ्रष्टाचारी, कालोबजारी, तस्करी, घुसखोरी र कमिसनतन्त्रलाई निमुर्ल गर्न लडेकाहरुले विभिन्न मन्त्रालय संभालेर बसेका छन । तर पनि देशको अवस्थामा कुनै सुधार नहुनु अत्यन्त दुखदायी प्रश्न हो । जनताको लागि चिन्ताको विषय हो । यस्तो अवस्थामा जनतालाई कम्युनिष्ट प्रति वितिष्णा पैदा हुनु, उनिहरुको विरोध गर्नु, कम्युनिष्टहरु मिलेर गए हुन्थ्यो भन्ने चाहना राख्नु स्वभाविक नै हो । जनताको यस प्रकारको चाहनालाई सकरात्मक रुपमानै लिनु पर्दछ तर के गर्नु आजको अवस्था आकाशको फल आखा तरी मर भन्ने उखानको चरित्रार्थ कम्युनिष्ट भन्ने हरुमा नै देखिएको छ ।

आज देशमा भ्रष्टाचार झन चुलिएको छ । कमिसनतन्त्र, घुसखोरी, कालोबजारी र तस्करी राजनैतिक संरक्षणमा मौलाएको छ । पेट्रेलियम पदार्थको अभाव छ । असिमित मुल्य वृद्धिले दैनिक उपभोग्य वस्तुहरु किनी नसक्नु भएको छ । चर्को लोडसेडिडले देश अन्धकारमय बनेको छ । दिनहु सिमा अतिक्रमण भएको छ । राष्ट्र्यि स्वाधीनता झन संकटमा पर्दै गईरहेको छ । उद्योग धन्दा, कलकारखानाहरु बन्द हुदै गैरहेका छन । बेरोजगारी समस्याले दिनहु हजारौ युवा पलायन हुने क्रम रोकिएको छैन । सवै क्षेत्रमा झन बढि असमानताहरुको खाडल देखिदै गएको छ । संविधान निर्माणका कार्यहरु पनि निकै सुस्त गतिमा छ । शान्ति सुरक्षाको अवस्थामा पनि सुधार हुन सकिरहेको पाईदैन । आज देशको अर्थतन्त्र डामाडोल अवस्थामा छ । हाम्रो देश कुन अवस्थामा छ भन्ने कुरा यी तत्थ्यहरु बाट झन बढि प्रस्ट हुनेछ । नेपाल विद्युत प्राधिकरण १८ अर्ब, ३३ करोड, २ लाख, राष्ट्र्यि बाणिज्य बैक ११ अर्ब, २२ करोड, ८६ लाख, नेपाल आयल निगम ८ अर्ब, ४१ करोड, ८६ लाख, कृषी विकाश बैक ४ अर्ब, ३९ करोड, १७ लाख, नेपाल ओरियन्ट मेग्नसाईट ३ अर्ब, ५९ करोड, ७१ लाख, उदयपुर सिमेन्ट कारखाना १ अर्ब, ७७ करोड, ३० लाख, नेपाल बायु सेवा निगम १ अर्ब, ५५ करोड, ७५ लाख, नेपाल खाद्य्य संस्थान १ अर्ब, १० करोड, ८६ लाख, नेपाल टेलिभिजन ७६ करोड, २ लाख, जनकपुर चुरोट कारखाना ८० करोड, ८ लाख, हेटौडा सिमेन्ट कारखाना ६१ करोड, ९८ लाख, नेपाल औषधी लिमिटेड ४८ करोड, ५८ लाख, खानेपानी संस्थान ३९ करोड, १४ लाख, दुग्ध विकाश संस्थान ३२ करोड, ५१ लाख, जडिबुटी उत्पादन तथा प्रशोधन १३ करोड, ६२ लाख, गोर्खा पत्र संस्थान ८ करोड, ९७ लाख घाटा रहेको कुरा अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी सरकारले नेतृत्व गरेको विभिन्न सरकारी सस्थानहरुको दिनानु दिन घाटा जाने क्रम रोकिएको छैन र देश आर्थिक अवस्थामा निकै जर्जर बनिरहेको कुरा प्रस्ट नै छ ।

अझ मुख्य रुपमा भन्नु पर्दा संविधान सार्थक ढंगले बन्छ वा बन्दैन यो पनि झनै अन्यौल बनेको छ । तर दिनानुदिन देशको बजेट बालुवामा पनि खन्याय जस्तो गरी बगिरहेको छ । शान्ति प्रकृया र संविधान निर्माणकोे लागि भनेर विभिन्न देशहरु र दातृ निकायहरुले निकै धेरै हाम्रो देशमा लगानि गरिसकेका छन । राष्ट्रसंघीय मिसन अनमिन १३ अर्ब १९ करोड, यु. एन. डि. पी. १ अर्ब ७५ करोड, यु एस आई डी २ अर्ब ७२ करोड ५० लाख, स्वीस सहयोग नियाग २ अर्ब ७२ करोड, युरोपिएन युनियन १५ करोड ५० लाख, सिडा क्यानडा ४७ करोड, जि टि जेट (जर्मन) १९ करोड, नर्बे ४० करोड ४७ लाख, युन एन पीएफ एन २१ करोड ११ लाख, नेपाली गैरसरकारी संस्थाहरुले ५४ करोड १२ लाख लगाएत अनेकौ बजेट यो देशमा ०६८ भित्रै लगानी भैसकेको छ । अर्को तिर हाम्रो जस्तो गरिब मुलुकको मन्त्री परिसर, सभासद, उनिहरुको नियुक्तिमा बसेका मानिसहरुले तलब भत्ता वापतै निकै ठुलो बजेट राज्यले खर्च गरिरहेको छ । लेखाशाखा, संविधानसभा सचिवालय २०६८ का अनुशार आज एक जना सभासदको लागि यसरी मासिक ६४ हजार ०६८ र त्यसबाहेक पनि दैनिक भत्ता, भ्रमण भत्ता, यातायात भत्ता भनेर बजेट खर्च भैरहेको छ तर पनि संविधान निर्माणमा दलहरु जिम्मेवार देखिएका छैनन । माओवादी क्यान्टेनमेन्टमा रहेका सेनाहरुको लागि मात्र भरणपोषण र मासिक भत्ता गरेर ०६८ कार्तिक सम्म ९ अर्ब, ९ करोड, ११ लाख, ६२ हजार, ८ सय, ९९ रुपया बजेट खर्च भैसकेको देखिन्छ ।

अब हामी भन्न सक्छौ, के यो मुलुक कम्युुिनष्ट नैतिकता र चरित्र भएका पार्टीहरुले चलाईरहेका छन ? के आज कम्युनिष्टको नाममा सरकारमा गैरहेका वा बसेका मानिसहरुको गतिविधीले कम्युनिष्टको सैली झल्काईरहेको छ ? के उनिहरुको आलिसान सैली, तौर तरिका र आजको साज सजाहरुलाई हेर्दा कम्युनिष्ट भनेर नेपाली जनतालाई गर्भ गर्ने कुनै ठाउ कतै भेटिन्छ ? के उनिहरु राष्ट्र्यिता, जनतन्त्र र जनजिविकाको लागि कुनै काममा तत्पर भएको पाईयो ? यी सवै परिस्थिति र परिवेशहरुलाई हेर्दा आज मुलुकमा कम्युनिष्ट नामधारी अवसरवादी पार्टीहरुले देश संचालन गरिरहेका छन भन्न कसैलाई हिच्किचाहट हुनु पर्ने छैन । बरु उनिहरुले नेपाली जनतालाई ढाटिरहेका छन वा नेपाली जनताले बुझिरहेका छैनन, वा भ्रममा छन वा पारिएको छ । अब सवै प्रष्ट हुनु पर्दछ कि नेकपा एमालेमा कुनै कम्युनिष्टको विचार, दृष्टिकोण, आर्दश र चरित्र छैन उ कम्युनिष्ट नामधारी बुर्जुवा बर्गमा परिणत भैसकेको छ । ए नेकपा (माओवादी) मा पनि त्यो सैली देखिदैछ । उग्रवामपथी अवसरवादीहरुको पतन दक्षिणपथी अवसरवादमा पुगेर समाप्त हुन्छ भन्ने भनाई चरित्रार्थ हुदैछ । आजको उसका दृष्टिकोण, नीति, तौरतरिका र गतिविधीहरुलाई हेर्दा अब ए नेकपा (माओवादी) लाई पनि बुर्जुवा अवसरवादी बर्गमा परिणत हुन धेरै समय कुर्नु पर्ने छैन भन्ने कुराको स्पस्ट रेखा कोरिदै गएको छ । त्यसैले अब आजको सन्दर्भ, राजनैतिक अवस्था, सरकार, संविधानसभा, सडक र कतिपय प्रतिपक्षमा रहेका कम्युनिष्ट भन्नेहरुलाई पनि सोहि अनुशार चिन्नु, बुझ्नु र जान्नु पर्ने आवश्यकता छ र के यो सरकार कम्युनिष्टको हो ? भन्ने प्रश्नको उत्तर खोज्न जरुरी छ ।


Tuesday, February 14, 2012

जन सुरक्षा दस्ता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) केन्द्रीय समितिको आयोजनामा मिति ०६८ मंसिर २७ गते देखि पौष ४ गते सम्म धरानमा सम्पनन हुने केन्द्रीय कार्यशालामा केन्द्रीय सदस्य तथा जन सुरक्षा दस्ता केन्द्रीय परिचालन टिमको उप प्रमुख क. चिरन पुनले जन सुरक्षा दस्ता बारे तयार पारेको आधार नोट ।

“बर्गहरु संघर्ष गर्छन, केहि बर्ग विजय पाउछन, अरुहरु निर्मुल हुन्छन । ईतिहास यस्तै छ, सभ्यताको हजारौ बर्षको ईतिहास यस्तै छ ।” “भ्रमहरुलाई मिल्काउ, सघर्षको तयारी गर,”
“अगष्ट १४, १९४९,”
क. माओ ।

१. प्रस्तावना ः
  • जनसुरक्षा दस्ता माक्र्सवाद लेनिनवाद माओविचारधारको आलोकमा नयाँ जनवादी क्रान्ति सन्पन्न गरी बैज्ञानिक समाजवाद र साम्यवादी समाजको स्थापना गर्ने उदेश्य लिएको नेकपा (एकीकृत) को प्रत्यक्ष नेतृत्वमा संचालित विशेष सांगठनिक निकाय हो ।

  • केन्द्रीय समितिद्धारा पारित निर्णयका आधारमा जनसुरक्षा दस्ताको सैद्धान्तिक, राजनैतिक, आर्थिक, साँस्कृतिक भूमिकाका लागि नेकपा (एकीकृत) जिम्मेवार हुनेछ । यसको परिचालन, संरक्षण, व्यवस्थापन, निरिक्षण र अनुगमन आदि कार्यहरु नेकपा (एकीकृत) को पिवीले गर्नेछ । केन्द्रीय परिचालन टिमको प्रत्यक्ष निगरानीमा यसको परिचालन गरिने छ ।

  • नेकपा (एकीकृत) माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आफ्नो पथप्रदर्शक सिद्धान्तको आलोकमा नेपालको ठोस परिस्थितिमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम तय गरेको छ । नयाँ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान एकताको आधारमा सामन्तवाद र साम्राज्यवाद विरोधी देशभक्त जनवादी र वामपंथी क्रान्तिकारी शक्तिहरु सहितको जनताको जनवादी अधिनायकत्व हो । यो समाजवादको प्रारम्भीक चरण हो । विद्यमान सामन्त, दलाल र नोकरशाही पूँजीपतिको अधिनायकत्वलाई सशस्त्र क्रान्तिद्धारा विस्तापित गरेर मात्रै स्थापति हुन सक्दछ ।

  • ठोस परिस्थितिको ठोस विष्लेषण गर्दै नेपालको अर्ध सामन्ती र अर्ध–औपनिवेशिक राजनैतिक, आर्थिक, साँस्कृतिक र सामाजिक संरचनालाई बलपूर्वक विस्तापित गरेर मात्रै बैज्ञानिक समाजवाद र साम्यवादी समाजको स्थापना गर्ने महान् उदेश्य पुरा गर्न जनसुरक्षा दस्ता लागि पर्नेछ ।

  • जनसुरक्षा दस्ताले सामन्त, दलाल र नोकरशाही पू“जीपति बर्गको वर्तमान राज्यसत्ताद्धारा जनतामाथि गरिने सवै प्रकारका शोषण, दमन र उत्पीडनका विरुद्ध दृढतापूर्वक संघर्ष गर्नेछ ।

  • शासक र शोषक बर्गको सवै प्रकारका ज्यादती, आर्थिक अनियमितता, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती विरुद्ध जनतालाई जागृत बनाउने, संगठित हुन प्रेरित गर्ने र उनीहरुको संघर्षमा सवै प्रकारको सहयोग पुर्याउने काम गर्ने छ ।

  • नेकपा (एकीकृत) को प्रत्यक्ष नेतृत्वमा संचालितहुने भएकोले जनसुरक्षा दस्ता पूर्णत नेकपा (एकीकृत) को विशेष सा“गठनिक निकाय हो । यसको पूर्ण दायित्व नेकपा (एकीकृत) मा निहित हुनेछ ।

२. “हाम्रा सत्रुहरु को हुन ? हाम्रा साथिहरु को हुन ? क्रान्तिको निम्ती यो प्रमुख प्रश्न हो ।” “चिनीया समाजमा बर्गहरुको विष्लेषण” (मार्च १९२६) क. माओ । न सुरक्षा दस्ताले बर्ग र बर्ग संघर्ष बारे बुझ्न अनिवार्य आवश्यकता पर्दछ । यसको ज्ञान विना हामी सहि बाटो, असल कुरा र सहि निसाना लगाउन सक्दैनौ । त्यसैले यि मुलभुत कुराहरु बुझुन सान्र्दभिक रहन्छ ।

  • व्याक्तिगत सम्पत्तीको उदयसगै बर्ग र बर्ग संघर्षको उदय भयो ।
  • समाजमा बर्गहरुको उत्पत्ती श्रम विभाजनबाट भयो ।
  • बर्ग संघर्षमा सर्वहाराबर्गको अधिनायकत्व हुन आवश्यक छ ।
  • बर्ग संघर्ष साम्यवादी समाज स्थापना नहुदासम्म निरन्तर चलिरहन्छ ।
  • विश्वसर्वहारा बर्गका नेता क. मार्सले भन्नुभएको छ दाश युग देखि आजसम्मको ईतिहास बर्गसंघर्षको हो ।
  • पुजीपतिहरुले पनि बर्ग संघर्षलाई स्वीकार गरेका छन तर सर्वहारा बर्गको अधिनायकत्वलाई स्वीकार गर्दैनन ।

३. ”बुर्जुवा जनवाद, सर्वहारा बर्गलाई प्रशिक्षित तुल्याउन र उसका संघर्षको प्रशिक्षण दिनमा जसको भुमिका निर्विवाद छ , सधै, संकुचित, पाखण्डपूर्ण , झुठो र नकली हुन्छ । यो सधै धनिहरुको लागि जनवाद र गरिबहरुको लागि धोका हुन जान्छ ।“ “सर्वहारा क्रान्ति र गद्धार काउस्की” संकलित रचना पार्चौ संस्करण, खण्ड ३७, ९ अक्टुबर, १९१८, लेनिन । मी सर्वहारा जनवादको पक्षमा छौ । सर्वहारा जनवाद सर्वहारा संस्कृतिको जगमा उभिएको हुन्छ । जसमा विश्व सर्वहारा बर्गका महान गुरुहरु क. लेनिन तथा क. माओले निकै सचेत ढंगले सर्वहारा संस्कृतिको बारेमा आन्दोलन संचालन गरेको ईतिहास हाम्रो सामु प्रस्ट नै छ अझ चिनको कम्युनिष्ट पार्टीले त महान सर्वहारा सास्कृतिक क्रान्तिनै संचालन गर्यो । यसको बैचारिक तथा नीतिगत ्रस्तावनाहरुलाई जनसुरक्षा दस्ताले आत्मसाथ गर्न आवश्कता छ । जसले यसको सास्कृतिक तथा वैचारिक पक्षलाई दरिलो बनाउने छ । “महान सर्वहारा सास्कृतिक क्रान्तिलाई योजनावद्ध अगाडि बढाउ” (८ अगष्ट, १९६६) चि.क.पा. केन्द्रीय समितिद्धारा पारीत नीति,

  • समाजवादी क्रान्तिको नौलो अध्यायको प्रश्न ।
  • मुलधार र बाड्गा टिड्गा बाटाहरु प्रश्न ।
  • सहासलाई सवैभन्दा माथि राख र निडर बनेर जनसमुहलाई व्युझाउ ।
  • आन्दोलनमा जन समुहलाई आफै शिक्षीत बनाउन ध्यान देउ ।
  • पार्टीको बर्गिय कार्यदिशालाई दृढतापुर्वक लागु गर ।
  • जनताको विचको अन्तरविरोधलाई सहि ढंगले संचालन गर ।
  • क्रान्तिकारी जनतालाई प्रतिक्रान्तिकारी मार्का लगाउनेहरुबाट सर्तक पार ।
  • कामदारको प्रश्न र उनिहरुको बर्गिकरणलाई ध्यान देउ ।
  • सास्कृतिक क्रान्तिकारी समुह, कमिटि र महाधिवेशनहरुलाई ध्यान देउ ।
  • शैक्षिक सुधारको प्रश्नमा ध्यान देउ ।
  • समाचारपत्रको प्रश्नमा पनि ध्यान देउ ।
  • बैज्ञानिक, प्राविधिक, कार्यालय, कर्मचारी प्रतिको नीति स्पस्ट पार ।
  • सहर र गाउमा समाजवादी शिक्षालाई मिलाउने व्यवस्था गर ।
  • क्रान्ति प्रति दृढ बन र उत्पादन बढाउ ।
  • सैनिक शक्तिको विकाश र विस्तारमा जोड देउ ।
  • माओविचारधारा महान सास्कृतिक क्रान्तिको पद प्रदशक सिद्धान्त हो ।

४. ”माक्र्सवाद लेनिनवादको सिद्धान्तवाट सुसज्जित, स्व आलोचनाको पद्धतीलाई अंगालेको र जनसमुहसग गासिएको अनुशासनवद्ध पार्टी, त्यस्ता पार्टीको नेतृत्वको मातहात सेना, त्यस्तो पार्टीको नेतृत्वको अन्तरगत सवै क्रान्तिकारी बर्ग र सवै क्रान्तिकारी डफ्फाहरुको संयुक्त मोर्चा तिनै तिन मुख्य हतियारहरु हुन जो हामीले सत्रुलाई हरायौ ।” “जनताको जनवादी अधिनायकत्वको विषयमा” (जून ३०, १९४९) क. माओ । आफ्नो उदेश्यहरुलाई जान्नु, कामको केन्द्रीय विन्दुमा राख्नु र त्यसलाई पुरा गर्न कटिवद्ध हुनुले नै मुख्य भुमिका खेल्दछ, त्यसैले जनसुरक्षा दस्ताको उदेश्यलाई निम्न बुदामा उल्लेख गरिएको छ ।

  • नेकपा (एकीकृत) को सिद्धान्त, उदेश्य कार्यक्रमलाई पुरा गर्नु ।
  • नेकपा (एकीकृत) को रणनीति र कार्यनीतिलाई क्रियान्वयन गर्नु ।
  • किसान मजदुरहरुको हक र हितको लागि गरिने संघर्षमा तदारुकताका साथ सक्रिय रहनु ।
  • शोषित उत्पीडित बर्ग, अल्पसंख्यक जाति, आदिबासी जनजाति, दलित, महिला, अशक्त, अपाङ्ग, बालबालिका बृद र बृद्धा, कमैया, हलिया, सुदुर दुर्गम क्षेत्र तथा तराई मधेशीका हक हित र अधिकारको निम्ति संचालन हुने संघर्षमा सक्रिय रहनु ।
  • अन्याय अत्याचारमा परेका कुनै पनि जनताको पक्षबाट संघर्ष गर्नु ।
  • भ्रष्टाचारीहरुलाई कारबार्ही गर्न जनताको नेतृत्व प्रदान गर्नु ।
  • पार्टीको कुनै पनि कार्यकर्ताको सहयोगमा तत्पर रहनु ।
  • राज्यवाट जनतामाथि गरिने उत्पीडन तथा दमनको विरुद्ध संघर्ष गर्नु ।
  • जनताको लागि रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरु नियमित संचालन गर्न प्रयन्त गर्नु ।
  • नया“ जनवादी क्रान्तिको लागि सक्रिय र दृढतापूर्बक सहभागी हुनु ।
  • जनताको हक र अधिकारको लागि संघर्ष गर्नु ।
  • राष्ट्रियता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता र अक्षुष्णताको लागि संघर्ष गर्नु
  • उत्पादनको लागि संघर्ष, बर्ग संघर्ष र बैज्ञानिक प्रयोगहरुमा संलग्न रहनु ।
  • समाजवाद र साम्यवादको पक्षमा प्रचारात्मक बन्नु ।
  • जनतालाई सशक्त संगठनमा आवद्ध हनु सहयोग गर्नु ।
  • प्राकृतिक प्रकोप, भुकम्प, बाडी पहिरो, डुवान,अग्निकाण्ड, आदीबाट पीडितहरुको उद्धार र साहतको लागि सहयोग गर्न तत्पर रहनु ।
  • हरेक काम कारबाहिमा जननीति लागु गर्नुृ ।
  • उत्पादनमा बैज्ञानिक प्रविधि अध्ययन अनुसन्धान आदी, रचनात्मक कार्यमा संलग्न हुन र अरुलाई पनि त्यस दिशामा प्रेरित गर्नु ।
  • बर्तमान राज्यसत्ताको परिवर्तनको लगि नेकपा (एकीकृत) ले ल्याउने संघर्षका हरेक कार्यक्रमहरुलाई सफल पार्न जोड गर्नु ।

५. “ हामी भन्दछौ, हाम्रो सदाचार सर्वहारावर्गको बर्ग संघर्षका हितहरुको पूर्णतः अधिनमा छ । हाम्रो सदाचाकार सर्वहारा बर्गको वर्ग संघर्षको हितहरुबाट नै उत्पन्न हुन्छ ।” “युवक संघका कार्यहरु” (संकलित रचना , पाचौं संस्करण खण्ड ४१) क. लेनिन । त्यसैले नीतिगत प्रतिवद्धता विना कुनै पनि आन्दोलन वा क्रान्ति अगाडि बढ्न नसक्ने भएकोले जनसुरक्षा दस्ताले निम्न अनुशारको नीतिगत प्रतिवद्धतालाई आत्मसाथ गर्दछ ।

  • माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आत्मसाथ गर्ने नीति ।
  • नया“ जनवादी राज्यसत्ता स्थापनाको लागि कृयाशिल रहने नीति ।
  • सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्यसत्ता स्थापना गर्न प्रयत्नशिल रहने नीति ।
  • महान सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल्यमान्यतालाई आत्मसाथ गर्ने नीति ।
  • स्वयम्लाई सर्वहारा विश्व दृष्टीकोणले लैस बनाउने नीति ।
  • अनुशासित र मिलिटेन्ट हुनु, हरेक काम, जिम्मेवारी र दायीत्वलाई पुरा गर्न सक्रिय हुने नीति ।
  • हरेक समस्याहरुलाई गम्भिरतापूर्वक लिने र जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहने नीति ।
  • सापेक्षीत रुपले तयारीमा गम्भिर बन्नु र रणनैतिक रुपले शत्रुलाई हेप्ने नीति ।
  • निरपेक्ष रुपले शत्रुलाई पराजित गरी विजय प्राप्त गर्ने कुरामा दृढ बन्नु र विश्वासका साथ काममा समर्पित रहने नीति ।
  • जनतामा भर पर्नु, जनतालाई विश्वास गर्नु र आफ्ना सवै कामहरुमा जननीति अवलम्वन गर्ने नीति ।
  • जनसुरक्षा प्रणालिको स्थापना, विकाश र सुदृढिकरणमा जोड दिने नीति ।

६. “अप्ठ्यारो समयमा हामीले आफ्नो सफलताहरुलाई देख्न छोड्नु हुदैन, उज्यालो भविस्यलाई अवस्य देख्न सक्नु पर्छ र आफ्नो सहासलाई उकास्न सक्नु पर्दछ । ” “जनताको सेवा गर” (सेप्टेम्वर ८, १९४४) क माओ ।
“काम के हो ? काम संघर्ष नै हो । ती ठाउहरुमा अप्ठ्यारा र समस्याहरु छन, जहा हामीले तिनको समाधान गर्न जान्नु पर्दछ । हामी जहा ती अप्ठ्याराहरुलाई पार गर्न काम तथा संघर्ष गर्न जान्छौ । असल कामरेड त्यो हो जो झन ठुला अप्ठ्याराहरु भएको ठाउमा जान वर्ता ईच्छुक हुन्छ । ” “चुडकिड. संझौता बार्ताका विषयमा” (अक्टोबर १७, १९४५) क. माओ । त्यसैले जन सुरक्षा दस्ताले संघर्ष प्रतिको प्रतिवद्धतालाई निकै महत्वका साथ हेर्नु , बुझ्नु र जान्नु पर्दछ ।
  • साम्राज्यवाद विरुद्ध ।
  • विस्तारवाद विरुद्ध ।
  • पु“जिवाद विरुद्ध ।
  • सामन्तवाद विरुद्ध ।
  • यथास्थितिवाद विरुद्ध ।
  • पश्चिमेली पाश्चात्य सा“स्कृतिक मुल्य र मान्यताको विरुद्ध ।
  • आफु, संगठन र बाहिरी दुस्मनका विरुद्ध ।
  • राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा ।
  • सामाजिक तथा सा“स्कृतिक रुपन्तरणको पक्षमा ।
  • शिक्षा, स्वाथ्य, रोजगार र सामाजिक सुरक्षाको पक्षमा ।
  • शान्ति शुरक्षा र राष्ट्रिय स्वाधिनताको पक्षमा ।

७. जनसुरक्षा दस्ताले आत्मसाथ गर्नु पर्ने विषयहरु ः
“अनुशासनका तीन नियमहरु र पालना गर्नका लागि ध्यान दिनु पर्ने आठ कुराहरु ।” ( १० अक्टुवर १९७४) क. माओ ।

(क) अनुशासनका तीन नियम ।
  • आफ्नो सवै काम कारवाहीमा आदेश पालन गर ।
  • जनताबाट एक सियो र एक डोरो धागो पनि नलेउ
  • जफत गरेको सवै चिजहरु फर्काउ ।
(ख) ध्यान दिनु पर्ने आठ कुराहरु ।
  • नर्मता साथ बोल ।
  • किनेको चिजको उचित मुल्य तिर ।
  • पैचो लिएको सवै चिज फर्काउ ।
  • बिगारे भत्काएको सवै चिजको मुल्य तिर ।
  • जनतालाई कुटपीट, गालि बेईजेति नगर ।
  • बाली नाली नास नगर ।
  • नारीहरु प्रति उत्ताउलो व्यवहार नगर ।
  • बन्दीहरु प्रति दुव्र्यवहार नगर ।

८. जनशुरक्षा दस्ताले अनुशरण गर्नु पर्ने विषयहरु ः (क. माओले यसको विषयमा निकै चर्चा गर्नु भएको छ ।)
  • कडा मेहनत गर्नु, मुख्य कुराहरु बुझ्नु, सहि विषयहरु छान्नु र त्यसमा विशेषज्ञ बन्न पहल गर्नु ।
  • कडा मेहनत गर्नु, राम्रो योजना बनाउनु, मुख्य विषयहरुमा ध्यान केन्द्रीत गर्नु र आफु व्यवस्थित बन्नु ।
  • अध्ययनलाई कामस“ग गास्नु, समय, स्थान र परिस्थितिको उचित मुल्याङ्कन गर्नु ।
  • कामको बारम्बार मुल्याङ्कन÷सिमांहलोकन गर्नु ।
  • नया“ कुराहरु पत्ता लगाउनु, सृजना गर्नु र त्यसलाई व्यवहारमा लागु गर्नु ।
  • आफ्नो र अरुको गलत विचारहरुको विरुद्ध संघर्ष गर्न सिद्धान्तनिष्ट बन्नु ।
  • कामहरुको असलकुराहरुलाई प्रयोग गर्नु र कमजोरीहरुलाई सच्च्याउनु ।
  • जनताबाट अलग नहुनु, जनताबाट सिक्नु र फेरी जनतालाई सिकाउनु ।
  • जनतालाई सधै मद्धत गर्नु र सामुहिक जिवन विताउन सधै कोशिस गर्नु ।
  • अध्ययन अनुशन्धानलाई ध्यान दिनु र अनुशासनको सधै पालना गर्नु ।
  • तन्दुरुस्त बन्न ध्यान दिनु र नियमित व्यायमहरु गर्नु ।
  • श्रम प्रतिको आस्था र शोषण प्रतिको घृणालाई दृढ बनाउनु । आदी

९. नाम ः
  • “जनसुरक्षा दस्ता” व्ब्ल्ब् क्ग्च्ब्प्क्ज्थ्ब् म्ब्क्त्ब् भनिने छ ।
  • छोटकरीमा जनदस्ता व्ब्ल्ब् म्ब्क्त्ब् भनिने छ ।
(जनसुरक्षा प्रणालीको स्थापना, विकास र सुदृढिकरणका लागि नेकपा (एकीकृत) को एकताको सातौं महाधिवेशन र केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको प्रत्यक्ष नेतृत्वमा मजदुर किसान लगायत विभिन्न शोषित पीडित जनसमुदायको अग्रदस्ता (खबलनगबचम) को रुप्मा जनसुरक्षा दस्ताको निर्माण हुनेछ ।

१०. सदस्यहरुको लागि योग्यता ः
  • १८ बर्ष उमेर पुगेको ।
  • पार्टीको नीति निर्देशन पालना गर्ने ।
  • अनुशासनको पालना कडाई पूर्वक गर्ने ।
  • निर्धारित आचार संहिता पालना गर्ने ।
  • संगठनले खटाएको बेलामा जनसुरक्षा दस्ताको काममा जान सक्ने ।
  • बर्ग संघर्ष र जन संघर्षमा अग्रीम पङ्तीमा उभिएर संघर्ष गर्न तयार हुने ।
  • श्रम र श्रमजिवी बर्ग प्रति सम्मान गर्ने ।
  • पार्टी प्रति ईमान्दार र जनता प्रति बफादार बन्ने ।
  • जनसुरक्षा दस्ताको नियमावली पालना गर्ने ।
सन्दर्भ ः
१. “भ्रमहरुलाई मिल्काउ, सघर्षको तयारी गर,” “अगष्ट १४, १९४९,” क. माओ
२. “चिनीया समाजमा बर्गहरुको विष्लेषण” (मार्च १९२६) क. माओ ।
३. “जनताको सेवा गर” (सेप्टेम्वर ८, १९४४) क माओ ।
४. “सर्वहारा क्रान्ति र गद्धार काउस्की” संकलित रचना पार्चौ संस्करण, खण्ड ३७, ९ अक्टुबर, १९१८, ले ५. “चुडकिड. संझौता बार्ताका विषयमा” (अक्टोबर १७, १९४५) क. माओ ।
६. “जनताको जनवादी अधिनायकत्वको विषयमा” (जून ३०, १९४९) क. माओ ।
७. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) घोषणा पत्र, एकताको सातौ महाधिवेशनद्धारा पारीत नीति ।
८. जन सुरक्षा दस्ता घोषणा पत्र, नियमावली र आचारसंहिता नेकपा (एकीकृत) केन्द्रीय समितिको बैठकद्धारा पारीत ।
९. “अनुशासनका तीन नियमहरु र पालना गर्नका लागि ध्यान दिनु पर्ने आठ कुराहरु ।” ( १० अक्टुवर १९७४) क. माओ ।
१०. “महान सर्वहारा सास्कृतिक क्रान्तिलाई योजनावद्ध अगाडि बढाउ” (८ अगष्ट, १९६६) चि.क.पा. केन्द्रीय समितिद्धारा पारीत नीति,
११. “युवक संघका कार्यहरु” (संकलित रचना , पाचौं संस्करण खण्ड ४१) क. लेनिन ।

धन्यवाद ।
०६८ मंसीर २०
काठमाण्डौ ।

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...