- सामाजिक दलाल पुँजीवाद र अन्तर्विरोध
विषय प्रवेश
“तीव्र गतिको क्रूरतामा सारा शक्ति लुकेको हुन्छ”, दोस्रो विश्वयुद्धको बेला तानाशाह हिटलर यही नारासहित विश्व जित्न निस्केका थिए । हजार वर्षसम्म शासन गर्ने उनको कल्पना केवल २२ वर्षमै समाप्त हुन पुग्यो । आफूलाई कहिल्यै नहार्ने, कहिल्यै नझुक्ने र कहिल्यै नढल्ने कल्पना गरेका हिटलर सन् १९४५ अप्रिल ३० मा आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भयो । यसले यही कुरा पुष्टि गर्दछ कि जहाँ अन्याय हुन्छ, त्यहाँ विरोध हुन्छ, जहाँ विरोध हुन्छ, त्यहाँ दमन हुन्छ, जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । यसरी जनताको प्रतिरोधले उत्पीडनकारी शासनसत्ता फालिदिन्छ र नयाँ शासन व्यवस्थाको सुरुआतगरिदिन्छ । यही प्रक्रियाले आजसम्म संसार अघि बढ्दै यहाँसम्म आइपुगेको छ ।
केपीको प्रारम्भिक यात्रा
अहिले एमाले नेता केपी पुरानो सत्ताको प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बनेको एक साता पनि नपुग्दै नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठनको तेस्रो राष्ट्रिय सम्मेलनका दौरान विराटनगरमा पार्टीका स्थायी समिति सदस्य सुदर्शन र पीवीएम विकासलाई गिरफ्तार गरेर आफ्नो प्रारम्भिक पहिचान दिलाएका मात्र छैनन्, शान्तिपूर्ण कार्यक्रम गर्न पाउने जनताको अधिकारमाथि धावा बोलेर कथित गणतन्त्रात्मक संविधानको धज्जी पनि उडाएका छन् । केपी सरकारले प्रारम्भिक चरणमै नेकपाका नेता–कार्यकर्ता, समर्थक–शुभचिन्तकलाई गिरफ्तार गर्ने, झुट्टा मुद्दामा फसाउने, जेल हाल्ने योजनामा लागिपरेको देखिन्छ ।
भारतीय साम्राज्यवादले दिनहुँ सीमा मिचिरहेको, भ्रष्टाचारले जनता आक्रान्त बनेको छ, मुलुक कालोबजारी–कमिसनखोर, तस्कर–विचौलियाहरूको रजाइँस्थल बनेको छ, राष्ट्रघात र जनघातका कैयौँ समस्या जकडिएर बसेको छ, मूल्यवृद्धिले आकास छोएको छ, दिनहुँ हजारौँ युवा विदेशिने क्रम रोकिएको छैन । राजनीति ठेकेदार, व्यापारी र तस्करहरूको हातमा पुगेको छ, यी र यस्ता समस्यातिर केपीको कुनै ध्यान छैन । तर, नेकपाका नेता–
कार्यकर्ता खोज्न, गिरफ्तार गर्न, झुट्टामुद्दामा फसाउन टुप्पीदेखीको बल लगाएर कस्सिएका छन् केपी मण्डलीहरू ।
केपीका विश्वासपात्र मानिएका कथित १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधनले त युवा सम्मेलनमा आएका सबैलाई गिरफ्तार गरेर मुद्दा लगाउन निर्देशन जारी गरेको कुरा बाहिरै आयो । कथित चुनावको बेला जनताले गरेको प्रतिकारबाट संयोगले जीवनदान पाएका शेरधनहरू र केपीहरूलाई सायद, लागेकै होला कि नेकपा गिरफ्तारीले झुक्छ ! झुट्टा मुद्दाले आत्तिन्छ ! जेल÷नेल÷हिरासतले तर्सिन्छ ! पुलिस÷प्रशासनको रवैयाले थर्किन्छ ! यो केवल पुरानो संसद्वादी व्यवस्थाको बासी विचार÷प्रवृत्ति र तरिका मात्र हो । यसले न त नेपाल कम्युनिस्ट पार्टीको गौरवपूर्ण यात्रा रोकिन्छ न, एकीकृत जनक्रान्तिको लहर जनतामा पुग्न छोड्छ । बरु, क्रान्तिकारीहरूलाई ऊर्जा दिलाउनेछ, एकीकृत जनक्रान्तिलाई शान लगाउनेछ, नेता÷कार्यकर्ता÷समर्थक÷शुभचिन्तक र आम क्रान्तिकारी जनसमुदायलाई झनै ज्वाला बनेर हुर्कन सिकाउनेछ । प्रतिबद्ध र जुझारु बनाउनेछ, चुस्तदुरुस्त बन्न भूमिका खेल्नेछ ।
नेकपाले बुझेरै यो दलाल संसद्वादी व्यवस्था फाल्न कस्सिएको हो । जानेरै यो दलाल व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन तम्सिएको हो । केपी गुटलाई हेक्का रहोस्, जर्मनमा एडोल्फ हिटलर ढले, इटालीका तानाशाह बेनिटो मुसोलिनो सन् १९४५ को अप्रिलमा मुक्तिसेनाको हातबाट गिरफ्तार भई मिलानको चौबाटोमा फासि दिइयो । फ्रान्सिस्को बहमन्डे फ्रेङ्को कम्युनिस्ट विरोधी (स्पेनी तानाशाह) उनको पनि अन्त्य भयो । तत्कालीन फासिवादका विश्वासपात्र बनेका बेलायती प्रधानमन्त्री नेविल चेम्बरलेन र विन्स्टन स्पेन्सर चर्चिलजस्ताको सत्ता बेलायतमा टिकेन । अजम्मरीको बुटी खाएको पञ्चायत ढल्यो, राजा ज्ञानेन्द्रको सत्ता पल्टियो । जनताको आवजलाई दमन गरेर, प्रहरी लगाएर, मुद्दा हालेर एकीकृत जनक्रान्तिलाई रोक्न सकिन्छ भन्ने लागेको छ भने नेकपा त्यसको प्रतिकारमा तम्तयार रहेकै विषय हुने नै भयो ।
सामाजिक दलाल पुँजीवाद
माक्र्सले पेरिस कम्युन टिक्न नसक्नुमा मुख्य यी ४ कारणहरूलाई बताउनुभएको छ । एक ः बुर्जुवाहरूमाथि सर्वहारा अधिनायकत्व लागू गर्न नसक्नु, दुई ः सेना निर्माण नगर्नु, तीन ः बैंक तथा वित्तीय संस्थाहरूमा कब्जा गर्न नसक्नु, चार ः बुर्जुवावर्गले दिएको झुठो आश्वासनप्रति बढी विश्वास गर्नु । माक्र्सको यो भनाइ निकै सान्दर्भिक छ ।
पेरिस कम्युनमा यी विषयहरूलाई ध्यान दिएको भए सायद पेरिस कम्युनको आयु लम्बिन सक्थ्यो होला । रसियामा मार्च १९१७ मा जारशाहीको अन्त्य, ७ नोभेम्बर १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भयो । यो नै पहिलो वैज्ञानिक समाजवादी सत्ता थियो । रुसको सन्दर्भमा भन्नुपर्दा बोल्सेबिकहरू जनताको असली पात्र बन्न सफल बने र उनीहरूकै नेतृत्वमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सफल पनि भए तर, मेन्सेबिकहरू दक्षिणपन्थी बाटो समात्दै पतनको बाटोमा लागे । यही सन्दर्भ नेपालमा पनि लागू हुने र देखिने विषय बन्यो । त्यही मेन्सेबिक र खुस्चेबी बाटोमा यहाँका केपी–प्रचण्ड गुट लागे र सामाजिक दलाल पुँजीवादको खाल्डोमा भासिन पुगेका छन् ।
अहिले झापा विद्रोहबाट जम्मेको एमाले–केपी, तथा १० बर्से महान् जनयुद्धबाट उर्मेका माके–प्रचण्डको नेतृत्वमा बनेको कथित वाम–गठवन्धन पूरै नै सामाजिक दलाल पुँजीवादी गठबन्धनमा पतन भएको छ । यसको रूप पक्षलाई हेर्दा यो वाम खोलमा छ, कम्युनिस्ट झन्डामा छ, नामका अघि वा पछि कम्युनिस्ट शब्द झुन्ड्याएर पनि हिंड्ने गर्दछ, केही समृद्धि र समाजवादको कुरा पनि गर्दछ, केही विकास र समानताको नारा पनि लगाउँछ तर यसको सारपक्षलाई हेर्दा यो पूरै सामाजिक दलाल पुँजीवादमा पतन भएको छ ।
दर्शनमा विचलन, सिद्धान्तमा विचलन, राजनीतिमा विचलन, कम्युनिस्ट रणनीति र कार्यनीतिमा विचलन, नैतिकतामा विचलन हुँदै यो पूरै भ्रष्टीकरणमा पुगेको छ । उत्तर साम्राज्यवादको दलाली र चाकडी यसको पर्यायवाची बनेको छ । निगम पुँजीलाई बढवा दिने र विचौलिया पुँजीबाट आफ्नो भुँडी भर्ने खेलोमेलो यसको दैनिकी बनेको छ । दलाल संसदीय व्यवस्थालाई अजम्मरीको बुटी मानेर संसद्वादमा चुलुम्मै डुबिसकेको छ । राष्ट्रघात, जनघात, जनहत्या, लुटपाट, तस्करी, कालोबजारी, ठेक्कापट्टा र कमिसनको चक्करमा देशलाई बन्धकी राख्नसमेत तयार बनेको एमाले–माके गठबन्धन सामाजिक दलाल पुँजीवादमा पूरै नै पतन भइसकेको छ । त्यसैले यो प्रवृत्तिसँग जनताले मित्रशक्तिको भूमिकाले हैन कि पूरै दुश्मन शक्तिको व्यवहार सम्पूर्ण ढङ्गले बदलिनुपर्ने आवश्यकता बनेको छ । एकातिर, क्रान्तिकारी शक्ति वा जनताको बलियो एकता अर्कोतिर, दलाल संसद्वादी सत्ता, दलाल तथा समाजिक दलाल पुँजीवादी शक्ति र प्रवृत्तिको बीच हुने लडाइँ÷द्वन्द्व÷क्रान्ति वा अन्तर्विरोधले वैज्ञानिक समाजवादको जन्म दिनेछ । एकीकृत जनक्रान्तिको माध्यमबाट हामी वैज्ञानिक समाजवादी व्यवस्थाका सङ्घारमा प्रवेश गर्नेछौँ ।
अक्टोबर क्रान्तिले क्रान्तिकारीका लागि महान् योगदानहरू दिएको सन्दर्भ
हाम्रा अगाडि जगजाहेर छ । पहिलो वैज्ञानिक समाजवादी सत्ता स्थापना, सर्वहारावर्गीय अधिनायकत्वको लागू, माक्र्सवादको आधारमा पार्टी सङ्गठन निर्माण, कम्युनिस्ट पार्टीको सङ्गठनात्मक पद्धतिको विकास, तेस्रो अन्तर्राष्ट्रिय स्थापना र विकास, समाजवादलाई विश्वभर फैलाउनु र माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादमा विकास गर्नु र सोभियत मजदुर, किसान र सेनासहितको स्थापना गर्नु आदि रहेका छन् । यो वैचारिक परिवेशको बाटोमा हिंड्नुको साटो पूरै विचलन र पदभ्रष्ट हुँदै दलाल पुँजीवादी प्रवृत्तिजस्तै सामाजिक दलाल पुँजीवादी प्रवृत्ति पनि जनविरोधी तत्वमा परिणत बनेका छन् ।
सोभियत सङ्घमा स्टालिनको मृत्यपश्चात् निकिता ख्रुश्चेबको आगमनले जसरी ५ सिद्धान्तका नाममा एक ः शान्तिपूर्ण सहअस्तित्व, दुई ः शान्तिपूर्ण सङ्क्रमण, तीन ः शान्तिपूर्ण प्रतिस्पर्धा (आर्थिक), चार ः सम्पूर्ण जनताको राज्यसत्ता, पाँच ः सम्पूर्ण जनताको पार्टी भन्दै ख्रुस्चेबी संशोधनवाद लागू ग¥यो । त्यसैगरी केपी÷एमाले र प्रचण्ड÷माकेले पनि पूरै क्रान्तिकारी भूमिकाबाट च्यूत बन्दै सामाजिक दलाल पुँजीवादमा भासिएको छ । जनताको निम्ति दलाल पुँजीवादजस्तै खतरनाक भूमिकामा सामाजिक दलाल पुँजीवाद पनि क्रियाशील छ ।
यो शक्ति पूरै नै जनविरोधी र राष्ट्रविरोधी कित्तामा पुगिसकेको छ । दलाल संसद्वादी सत्ताको असली मतियार बनेर साम्राज्यवादको सेवामा लम्पसार परेर संसद्वादको सेवामा लागेको शक्ति सामाजिक दलाल पुँजीवादीहरू हुन् । एमाले–माके गठबन्धनले गरेको सामाजिक दलाल पुँजीवादी बाटो जनहित र राष्ट्र हित विपरीत छ, त्यसैले यसको विरुद्ध सबै क्रान्तिकारीहरू गोलबन्द र एकताबद्ध हुन आवश्यकता छ ।
आजको दुईध्रुवीय अन्तर्विरोध र हाम्रो पक्षधरता
पुँजीवादी÷साम्राज्यवादी÷उत्तर साम्राज्यवादी अन्तर्विरोध दुईधु्रवमा वा बहुधु्रवमा केन्द्रीकरण हुँदै गइरहेको छ । विश्व अर्थतन्त्र निगम पुँजीको हातमा प्रवेश गर्दै त्यहाँ पनि बहुध्रुवीय अन्तर्विरोध खडा भएको छ । हालै अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रमले सिनेटमा रुस र चीन अमेरिकाको प्रतिद्वन्द्वी रहेको र रुस र चीनसँग रणनीतिक प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव गरेर आफ्नो अलग धु्रवको पहिचान विश्वसामु प्रस्ट्याए । अमेरिका र उत्तर कोरियाबीच बढेको तनाव र आणविक होडबाजी, तत्काल रुसले त्यसको विरुद्ध गरेको प्रतिवाद, चीनले गरेको भत्र्सना मननयोग्य बनेको छ ।
दक्षिण एसियामा चीन र भारतको दोक्लाममा भएको विवाददेखि गत डिसेम्बरमा भारतीय जासुसी ड्रोनलाई चीनले खसालेको सन्दर्भहरूले एसियामा समेत यो धु्रव देखा पर्दै गइरहेको छ । पाकिस्तान र भारतको निरन्तर विवाद, रणनीतिक साझेदार देश अमेरिका पाकिस्तानलाई छोडेर भारततर्फ मोडिएको छ । पाकिस्तान खुलेआम रूपमा चीनसँगको गठबन्धनमा पुग्नुले दक्षिण एसियामा समेत अन्तर्विरोधले चुली चुम्दै गइरहेको अवस्था बनेको छ । यहाँसम्म कि विज्ञ र जानकारहरूले फेरि तेस्रो विश्वयुद्ध र शीतयुद्धको प्रक्रियामा प्रवेश गरेको कुरा बारम्बार बताइरहेका छन् । यसै सन्दर्भमा नेपालको राजनीतिमा पनि दुई ध्रुवीय अन्तर्विरोध देखापरेको छ ।
विश्वस्तरमा मुलुकहरूका बीच अन्तर्विरोध छ भने हाम्रो देशमा भित्र प्रवृत्तिहरूमा दुई धु्रवीय द्वन्द्व सिर्जना भएको छ । एकातिर ः दलाल पँुजीवादी धार, सामाजिक दलाल पुँजीवादी धार, राजावादी संसदीय पुँजीवादी धार र मधेसवादीसहितको दलाल संसदीय व्यवस्थालाई मान्ने प्रवृत्तिहरू क्रियाशील छन् भने, अर्कोतिर, क्रान्तिकारी दर्शन, सिद्धान्त र राजनीतिक धारको वरिपरि किसान, मजदुर, श्रमजीवी मध्यमवर्ग, देशभक्त, राष्ट्रवादीलगायत क्रान्तिकारी शक्तिहरूको क्रियाशील बनेका छन् ।
यी शक्तिहरूबीचको द्वन्द्व र अन्तर्विरोधले निर्णायक क्रान्तितर्फ मुलुकलाई जबर्जस्त धकेलिरहेको छ । यसले एकातिर दलाल संसद्वादीहरूको गठजोडलाई बढाउँदै लगेको छ भने अर्कोतिर देशभक्त तथा राष्ट्रभक्त शक्तिहरूको बलियो एकता, मजदुर, किसान, मध्यमवर्ग (नयाँ श्रमिकवर्ग), युवा, विद्यार्थी, महिला, बुद्धिजीवी, शिक्षक, कर्मचारी, देशभक्त, राष्ट्रभक्तलगायत क्रान्तिकारी जनसमुदायहरूको धु्रवीकरण र एकतालाई मजबुद बनाउने दिशातर्फ केन्द्रीकरण बन्दै गएको छ । अहिलेको सन्दर्भमा देखापरेको यही अन्तर्विरोधले पुरानो दलाल संसदीय सत्तालाई अन्त्य गर्ने एकीकृत जनक्रान्तिको बीजारोपण गर्नेछ । वैज्ञानिक समाजवादको ढोका खोल्ने आधार सिर्जना गर्नेछ । नेपाल कम्युनिस्ट पार्टी यो अभियानमा लागेको छ ।
विप्लवको नेतृत्वमा क्रियाशील यो पार्टीले नै क्रान्तिकारी जनताको साथ समर्थनमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनार्थ लामवद्ध बनेको छ । आवश्यक जेल÷नेल÷हिरासत, आवश्यक बलिदान र आवश्यक प्रतिवादयुक्त एकीकृत जनक्रान्तिको सुन्दरमार्गमा लागेको छ । यही पक्षधरता क्रान्तिकारीहरूको सही पक्षधरता बनेको छ । गिरफ्तार कामरेडहरू रिहा गर ! केपी–प्रचण्डको सामाजिक दलाल पुँजीवाद – मुर्दावाद !
एकीकृत जनक्रान्ति – जिन्दावाद ! वैज्ञानिक समाजवाद – जिन्दावाद !
रातो खबर, फागुन, २०७४
समकालीन राजनीतिक परिस्थिति, राष्ट्रियता र निकास
अन्तर्राष्ट्रिय सन्दर्भ
(क) उत्तर साम्राज्यवादी अन्तर्विरोध र बहुधु्रवको अवस्था आजको पुँजीवाद सम्राज्यवादमा मात्र सीमित छैन, त्यो उत्तर साम्राज्यवादको चरणमा प्रवेश गरिसकेको छ । आजको आर्थिक चरित्र, अवस्था र अन्तर्विरोधलाई निम्नानुसार बुँदामा राखेर हेर्न सकिन्छ ः
१. विश्व अर्थतन्त्र निगम पुँजीको हातमा प्रवेश
२. चरम प्रतिस्पर्धा
३. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले सिनेटमा रुस र चीन अमेरिकाको प्रतिद्वन्द्वी
रहेको प्रस्ताव
४. रुस र चीनसँग रणनीतिक प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव
५. रुसले त्यसको तत्काल विरुद्ध–प्रतिवाद
६. चीनले गरेको भत्र्सना
७. अमेरिका र उत्तर कोरियाबीच बढेको तनाव र आणविक होडबाजी
८. दक्षिण एसियामा चीन र भारतको दोक्लाममा भएको विवाद
९. गत डिसेम्बरमा भारतले चीनलाई ड्रोनबाट गरेको जासुसी र चीनले उक्त जासुसी
ड्रोन खसालेको परिवेश
१०. पाकिस्तान र भारतको निरन्तर विवाद
११. रणनीतिक साझेदार देश अमेरिका पाकिस्तानलाई छोडेर भारततर्फ मोडिएको सन्दर्भ
१२. पाकिस्तान खुलेआम चीनसँगको गठबन्धनमा पुग्नु
१३. नयाँ वर्षको सन्देश दिने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानलाई तोकेरै अमेरिकाबाट अरबाँै डलर ल्याएर आतङ्कवादलाई प्रवद्र्धन गरेको आरोप र १५ वर्षदेखि पाकिस्तानलाई गरेको अरबांै डलर बेकार भएको प्रतिक्रिया
१४. ट्रम्पको भनाइप्रति लक्षित गरेर पाकिस्तानले अफगानिस्तान युद्धमा गरेको सहयोग नभुल्न र अमेरिकी राजदुतलाई पाकिस्तानमा ध्यानाकर्षण गरेको सन्दर्भले अन्तर्राष्ट्रिय परिस्थिति जटिल मोडतर्फ गएको कुरालाई सङ्केत गर्दछ । यसप्रकारको अवस्थाले विश्व बहुध्रुवतर्फ केन्द्रित हुँदै गइरहेको र फेरि अर्को विश्वयुद्ध र शीतयुद्धको आँकलन जानकारहरूको भनाइ छ । त्यसभित्र उत्पीडित राष्ट्रहरूमाथि हुने गरेका उत्तर साम्राज्यवादी हस्तक्षेप र चरम आणविक र विश्वबजारमाथि प्रतिस्पर्धाले गर्दा विश्व आर्थिक तथा राजनीतिक क्षेत्रमा ठूलो हलचल पैदा गरेको छ ।
राजनीतिक परिवेश र स्वाधीनता
(क) दलाल पुँजीवादी राज्यसत्ता
कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, सुरक्षा निकाय, राजनीतिक दल, व्यापार, शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रलगायत सम्पूर्ण क्षेत्रहरूमा दलाल पुँजीवादी राज्यसत्ताको असर जोडदार छ । त्यसभित्र राष्ट्रवादी देशभक्त प्रवृत्तिहरू पनि छन्, यो परिवेशलाई हेरेर आफ्नो नीति कार्यक्रम तय गरिनुपर्दछ ।
(ख) सरकारको चरित्र र प्रवृत्ति
दक्षिण एसियामा २६ वर्षयता भएका सरकार परिवर्तनहरूको सन्दर्भलाई हेर्दा हाम्रो देश कति दयनीय र अस्थिर अवस्थामा छ भन्ने कुरा छर्लङ्ग हुन्छ । श्रीलंका ५, बंगलादेश ९, भारत १०, पाकिस्तान १२, नेपाल २६ पटक सरकार परिवर्तन भएका छन् । यसले देशको राजनीतिक अवस्था निकै तरल र उथलपुथल अवस्थामा छ भन्ने कुराको अवस्थालाई जनाउँछ । त्यसका साथै, निगम पुँजीको प्रवेश र हस्तक्षेप र नेपाली अर्थतन्त्र विदेश पलायन
हुने समस्या पनि विकराल बन्दै गइरहेको छ । अर्थतन्त्रमा विचौलिया दलाल पुँजीको जनविरोधी परिचालन व्यापक भइरहेको छ भने त्यो कार्यमा माथिदेखि तलसम्म राजनीतिक सहभागिता उलेख्य मात्रामा भएको छ ।
राष्ट्रघात र जनघातको शृङ्खला
(क) नेपालका ठूला नदीनालाहरू क्रमशः विदेशीको हातमा सुम्पिएर विदेशीलाई खुसी बनाउने र देशको जलसम्पदालाई कौडीको मूल्यमा बेच्ने काम भएको छ ।
(ख) दिनहुँ सिमाना मिचिने क्रम जारी रहेकाले नेपालले हजारौँ हेक्टर जमिन गुमाउनुपरिरहेको अवस्था विद्यमान छ ।
(ग) भारतले नेपालको सीमा अतिक्रमण गर्ने प्रक्रियालाई पर्सा जिल्लाको छपकैया, सुन्दरपुर, सिर्सिया, मितेरीपुलसम्म आइपुग्दा आफ्नो साम्राज्यवादी चरित्र र मोदीको मित्रराष्ट्रमाथि हेर्ने कुनियतपूर्ण दृष्टिकोणको झनै उदाङ्गो भएको छ ।
(घ) भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्व अधिकृत आरके यादवले आफ्नो किताब ‘मिसन रअ’ मा भनेका छन्, “मलाई भने कि सिक्किमको भारतमा विलय भएपछि उनको योजना नेपालको तराई क्षेत्रलाई पृथक बनाउने थियो किनभने त्यहाँ चीनको बढ्दो उपस्थितिले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई धेरै भयभित बनाएको थियो । उनले १९७५ मा नै भारतमाथि माओवादी खतराको भविष्यवाणी गरेका थिए जुन अहिले भारतको लागि गम्भीर सुरक्षा–चुनौती बनिरहेको छ । तथापि भारतमा राजनीतिक आन्दोलनका कारणले नेपालको तराई क्षेत्रलाई गाभ्ने योजना स्थगित भएको थियो, जसबेला इन्दिरा गान्धीले सिक्किमलाई भारतीय सङ्घमा विलय गरेलगत्तै सङ्कटकाल घोणणा गरेकी थिइन् ।
धेरैजसो विपक्षी नेताहरूलाई उनले गिरफ्तार गरिन् र अरू बाह्य क्षेत्रीय योजना सूत्रीकरण गर्न उनलाई आन्तरिक राजनीतिक आँधीले अवरोध ग¥यो । दुर्भाग्यवश १९७७ मा भएको चुनावमा इन्दिरा गान्धी पराजित भइन् र उनको पार्टी सत्तामा आउन सकेन अनि काओको तराईलाई विलय गराउने योजना र अन्य कार्यहरू कार्यान्वयन हुन सकेनन्”, (पृ.२६३) । इन्दिरा गान्धिको निर्देशन र तत्कालीन ‘रअ’ प्रमुखले बनाएको योजना त्यतिबेला स्थगित मात्र भएको थियो । अब यसलाई कार्यान्वयनमा लैजान भारतीय शासकहरू घुँडा धसेर लागेका छन् ।
(ङ) उपल्लो कर्णाली, अरूण तेस्रो, कोशी उच्चबाँध आदि राष्ट्रघातका शृङ्खलाहरू क्रमशः बढिरहेका छन् ।
(च) आफ्नो कुर्सीका लागि नेपाली जनताको हित विपरीत र राष्ट्र विपरीत गतिविधिमा केन्द्रित हुने प्रवृत्ति झनै मौलाएको छ ।
राजनीतिमा भ्रष्टाचारी, तस्करी, ठेकेदार, व्यापारीको प्रवेश
(क) राजनीतिमा दलाल, भ्रष्टाचार, कालोबजारिया, तस्कर, ठेकेदारहरूको प्रवेश र बोलवाला बढेको छ; जसका कारणले राजनीतिकर्मीलाई जनसेवकको रूपमा भन्दा पनि दलाल, भ्रष्ट, कालो बजारिया, व्यापारी, तस्कर र ठेकेदारमा रूपान्तरण गर्ने काम भएको छ ।
(ख) कथित स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावसम्म आउँदा उम्मेद्वारले गरेको असीमित खर्च । जुन प्रक्रियाले इमानदार राजनीतिज्ञहरू पाखा लाग्ने र पैसावाला, दलाल, ठेकेदार, तस्कर, गुण्डाहरू हाबी हुने विद्यमान अवस्था कायम छ ।
प्रशासनिक निकाय÷कर्मचारी संयन्त्र÷सुरक्षा संयन्त्र÷न्यायालयहरू सम्पूर्ण हिसाबले पदभ्रष्ट र दलालीकरण
(क) प्रशासनिक निकायहरूको गैर–जिम्मेवार तौरतरिका कायम छ ।
(ख) विकास–निमार्णका हरेक परियोजनामा चरम लापरबाही, कमिसन र भ्रष्टाचार गर्ने प्रवृत्ति माथिदेखि तलसम्मका योजनाहरूमा कायम छ ।
(ग) अख्तियार प्रमुख, सुरक्षा निकायका प्रमुखहरू, उपल्लो तहमा रहेका कर्मचारी, न्यायाधिसहरू नै घुस र भ्रष्टाचार प्रकरणमा मुछिएका अनेकौँ सन्दर्भ छन्, जसका कारणले गर्दा राज्यका यी निकाय झनै बद्नाम बन्दै गइरहेका छन् ।
जनतन्त्र र जनजीविकाको सवााल
(क) नेपालका सबै क्षेत्रमा बसोवास गर्ने जनताको अधिकारहरू कुण्ठित भएका छन् ।
(ख) शिक्षा, स्वास्थ्य, रोजगारलगायत विषयमा राज्य गैर–जिम्मेवार छ । युवाहरू विदेश पलायन हुने समस्या झनै विकराल बन्दै गइरहेको छ ।
(ग) चरम मूल्यवृद्धि छ । हरेक क्षेत्रमा कमिसन चलखेल छ र विचौलिया दलालहरूको हातमा अर्थतन्त्रको केन्द्रीकरण भएको छ ।
राष्ट्रिय उद्योगधन्दा, प्रतिष्ठानहरूमा राज्यको नीति
(क) निजीकरण र व्यापारीकरणमा केन्द्रित ।
(ख) निगम पुँजीवादलाई कौडीको मूल्यमा हस्तान्तरण गर्ने नीति ।
(ग) बन्द भएका नेपालका ठूला उद्योगधन्दाहरू जुन नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउन सक्थ्यो ः गोरखकाली टायर उद्योग, वीरगञ्ज चिनी कारखाना, हेटौँडा कपडा उद्योग, भृकुटी कागज कारखाना, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, हिमाल सिमेन्ट कारखाना चोभार, ट्रलीबस सेवा काठमाडौं, साझा बस सेवा, उदयपुर सिमेन्ट कारखाना, जनकपुर रेल्वे सेवा, चिया कारखाना वीरगञ्ज, कृषिऔजार कारखाना, हरिसिद्धी ईंटा टायल, इलाम चिया कारखाना, लुम्बिनी चिनी कारखाना, चाइनिज ईंटा कारखाना, हेटौँडा रोपवेलगायत छन् ।
अन्तर्विरोधमा परिवर्तन र यसको प्रभाव
(क) अन्तर्विरोधमा परिवर्तन । नेपाली कांग्रेसको नेतृत्वमा दलाल पुँजीवादी धार, एमालेको नेतृत्वमा सामाजिक दलाल पुँजीवादी धार, राप्रपाको नेतृत्वमा राजावादी संसदीय पुँजीवादी धारका आफ्नै प्रकृतिका अन्तर्विरोध कायम छन् ।
(ख) नयाँ धु्रवीकरणको सम्भावना । एकातिर दलाल पुँजीवादी धार, सामाजिक दलाल पुँजीवादी धार र राजावादी संसदीय पुँजीवादी धारा मधेसवादीसहितको दलाल संसदीय व्यवस्थालाई मान्ने प्रवृत्तिहरू र अर्कोतिर क्रान्तिकारी दर्शन, सिद्धान्त र राजनीतिक धारको वरिपरि किसान, मजदुर, श्रमजीवी मध्यमवर्ग, देशभक्त, राष्ट्रवादीलगायत क्रान्तिकारी शक्तिहरू ।
(ग) साम्राज्यवादी शक्तिहरूको हस्तक्षेपमा वृद्धिको सम्भावना बढेर गएको छ, जसको असर नेपालको राजनीतिमा समेत देखिँदै गएको छ । पहिलो ः भारत र चीनको घेराबन्दी, दोस्रो ः युरोपियन युनियनको घेराबन्दी, तेस्रो ः अमेरिकालगायत उत्तर साम्रज्यवादी शक्तिहरूको घेराबन्दी, चौथो ः विभिन्न आईएनजीओमार्फत हुने घेराबन्दी ।
(घ) झनै राष्ट्रघात र जनघात बढ्ने सम्भावना । भारतीय विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणमा सुरक्षा र परराष्ट्र मामिला भारतलाई सुम्पनुपर्ने तर्कले प्रस्ट हुन सकिन्छ ।
निकास
(क) सही राजनीतिक दृष्टिकोणको आवश्यकता हुन्छ, त्यो नेपाल कम्युनिस्ट पार्टीले निर्माण गर्दै गइरहेको छ ।
(ख) संसद्वादप्रतिको सही धारणा बन्न आवश्यकता छ ।
(ग) सङ्घर्षप्रतिको सही दृष्टिकोण । अपमानित राष्ट्रमा नै फासिवाद हुर्कन्छ – जर्जी दिमित्रोब ।
१. प्रथम विश्वयुद्ध
साम्राज्यवादी स्वार्थको टकरावको परिणामका कारण भयो; जसले धेरैभन्दा धेरै उपनिवेश कब्जा गर्न चाहन्थे ।
२. दोस्रो विश्वयुद्ध
दोस्रो विश्वयुद्ध विश्व कब्जा गर्ने फासिवादी अहङ्कारका कारण भयो । यसले थुप्रै मुलुकहरू मुक्त बने; जसमा केही सन्दर्भलाई हेर्न सकिन्छ । सन् १९१४ जुन २८ मा बाल्कन राज्यको सानो सहर सेरावेजोमा अस्ट्रो हङ्गेरियाली हेब्स बुर्क राजवंशका उत्तराधिकारी (राजकुमार) अस्ट्रियाका आर्क डयुक फर्डिन्यान्ड पत्नी सोफियासहित गोलीको सिकार भए । त्यसरी आक्रमण गर्नेहरू सर्वियाली थिए । यही घटनाले प्रथम विश्वयुद्धको सुरुआत भएको थियो । जसमा मानवीय क्षति निकै ठूलो भयो ।
रुस, फ्रान्स, अमेरिका संलग्न गठबन्धन राष्ट्रहरूबाट ः २ करोड, २० लाख, ६४ हजार ।
जर्मनी, टर्की, अस्ट्रो हङ्गेरीसहितको
केन्द्रीय राष्ट्रहरूबाट ः ३ करोड, ७४ लाख, ६८ हजार । गरी जम्मा ः ५ करोड, ९५ लाख ३२ हजार मानिस मरे ।
दोस्रो विश्वयुद्ध (सन् १९३९ देखि १९४५ सम्म) सम्बनधी केही सान्दर्भिक भनाइ ः
हिटलर ः लन्डन पेरिस शासकवर्ग जबसम्म समाप्त हुँदैन, तबसम्म यो आक्रमण तथा जर्मनको विजय अभियान जारी रहनेछ ।
स्टालिन ः जर्मनवासीहरूलाई सुरक्षित राख्दै फासिवाद र हिटलरलाई जरैदेखि उखेल्न जरुरी र जर्मन र जर्मन जातिलाई छिन्न विन्न गर्नु होइन ।
अमेरिका ः पैसा ल्याऊ सामान लौजाऊ ।
हिटलर ः तीव्रगति र क्रूरतामा सारा शक्ति लुकेको हुन्छ ।
स्टालिन ः मानवताको रक्षाको यस लडाइँमा सोभियत सङ्घले रगत, बेलायतले कुटनीति र अमेरिकाले हतियार दियो । स्टालिनग्रादमा फासिवादसँगको भिडन्तको क्रममा हिटलर भने– कुनै पनि हालतमा स्टालिनग्राद कब्जा गर्नू ।
सोभियत सङ्घ ः कुनै पनि मूल्यमा फासिवादलाई नस्ट गर्नुपर्छ । यी भनाइले कति भयानक सन्दर्भसहित अघि बढेको थियो दोस्रो विश्वयुद्ध भन्ने कुरा बुझ्न सकिन्छ ।
भौतिक सम्पत्तिको क्षति
जर्मनी ः ४२ हजार करोड, इटाली ः ४२ हजार करोड, अमेरिका ः ३१ हजार ८ सय
करोड, बेलायत ः ३१ हजार करोड, सोभियत सङ्घ ः १२ हजार ८ सय करोडलगायत ।
दोस्रो विश्वयुद्धमा मानवीय क्षति ः सोभियत सङ्घ ः २ करोड, ८० लाख, जर्मनी ः ८० लाख, पोल्यान्ड ः ६० लाख, भारत ः ५० लाख (भोकमरीसहित), चीनमा ः ३० लाख मानिसले जीवन गुमाए, झन्डै पौने ५ करोड मरे ।
नेपालमा भएका सङ्घर्ष र बलिदान
(क) विभिन्न चरणमा भएका सङ्घर्षहरू र त्यसमा भएको बलिदान ।
(ख) मुख्यतः १० बर्से महान् जनयुद्धमा भएको बलिदान, बेपत्ता, अपाङ्ग–घाइतेका सन्दर्भहरू ।
(ग) देशभक्त तथा राष्ट्रभक्त शक्तिहरूको बलियो एकता ः मजदुर, किसान, मध्यमवर्ग
(नयाँ श्रमिकवर्ग), युवा, विद्यार्थी, महिला, बुद्धिजीवी, शिक्षक, कर्मचारी, देशभक्त, राष्ट्रभक्तलगायतका क्रान्तिकारी जनसमुदायहरूको एकता ।
(घ) सही दार्शनिक तथा राजनीतिक दृष्टिकोण र कार्यदिशा (एकीकृत जनक्रान्ति) सहितको आन्दोलन ः
१. गाउँ सहरको सम्बन्ध र विकास (नगरसमाजको विकास),
२. विज्ञान र प्रविधिमा विकास,
३. भूपरिवेष्ठित देश,
४. नयाँ श्रमिकवर्गको विकास,
५. जाति–जनजातिको बसोवास र अन्तर्सम्बन्ध,
६. देशभक्त शक्तिको उपस्थिति,
७. दलाल पुँजीवादी चरित्र ।
दलाल संसद्वादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना ‘शान्ति, समृद्धि, स्वाधीनता र समानताका लागि वैज्ञानिक समाजवाद !’ भन्ने मूल नाराका साथ एकीकृत जनक्रान्तिमा सहभागिता हुने प्रतिबद्धता र दृष्टिकोण । “कम्युनिस्टहरूको सिद्धान्तलाई एक वाक्यमा भन्ने हो भने निजी सम्पत्तिको अन्त्य
गर्नु हो ।” – माक्र्स–एङ्गेल्स कम्युनिस्ट घोषणापत्र ।
आजको सन्दर्भमा देखिएका आर्थिक समस्या–अराजकतालाई हल गर्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले विभिन्न तीन आधारलाई अघि सारेको छ । एक ः आम नागरिकका हकमा रोजगारीको पूर्ण सुनिश्चितता गर्दै, क्षमताअनुसारको काम र कामअनुसारको दामको नीति लागू गर्नुपर्छ । दुई ः पार्टी कार्यकर्ताहरूका लागि रोजगारीको अनिवार्य व्यवस्था, क्षमताअनुसारको काम र काम अनि आवश्यकताअनुसार दामको नीति तय गरि
नुपर्दछ । तीन ः पार्टी नेतृत्वमा बसेका कम्युनिस्ट नेताहरूका लागि क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दामको व्यवस्था गरिनुपर्दछ । जुन नीतिका आधारमा जनता र आम नागरिकले आफ्नो जीवन सुखी र समृद्ध बनाउनेछन् । कार्यकर्ताका लागि कामबाट प्राप्त आधा हिस्सा र आवश्यकताअनुसार प्राप्त
गर्ने आधाभाग गरी उनीहरूको निजी जीवनसमेत सुखपूर्ण हुनेछ । त्यसका साथै, कम्युनिस्ट पार्टीको नेतृत्वमा बसेका नेताहरूले आफ्नो सम्पूर्ण समय राज्य र जनताको काममा लगाउने र उसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था राज्यले गर्ने कुराले नेताहरूले निजी सम्पत्ति जम्मा गर्ने अवस्थाको अन्त्य हुनेछ । नेताहरूको जीवन वैभव र विलासीपूर्ण हुनबाट रोक्नेछ । यो समाजका लागि सरल र आदर्शयुक्त हुनेछ । जुन कुरा, वर्तमान साम्राज्यवादी अवस्थााबाट हल गर्न सम्भव नै देखिँदैन । त्यसैले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि हाम्रो अभियान परिलक्षित छ । एकीकृत जनक्रान्तिको प्रक्रियाबाट दलाल सत्तालाई परास्त गर्नु र त्यसको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्नु आजको अनिवार्य आवश्यकता छ ।
(नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाराको आयोजनामा २०७४ माघ २५ गते कलैया र
हेटौँडामा आयोजित अन्तत्र्रिmया कार्यक्रममा प्रस्तुत कार्यपत्र)