Monday, September 29, 2025

ए हावा

ए हावा 
रचना ÷सङ्गीत ः चीरन पुन 
प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ
२०८२ बैशाख, ४, विहिवार । 

ऐ हावा उडाईदेउ जनजनको सवै कुरितीहरु 
ऐ खोला बगाइदेउ मनमनको सवै फोहोरहरु 
 
कुरितीभित्र जिवन खोज्ने सोँचहरु
अस्लिलतामा देश रोज्ने मनहरु 
सुन्नै नहुने, मनै भाँचिने विचारहरुलाई  
छुनै नहुने, जिवन कुँजिने ब्यवहारहरुलाई 
ऐ हावा.................. । 

भन्ने एउठा गेर्न अर्कै कर्महरु
लक्ष्य पुर्व पश्चिम हिड्ने पाईलाहरु  
देश भडाउने, आस्था गलाउने षडयन्त्रहरुलाई 
चौबाटो मै बरालिने चिन्तनहरुलाई 

ऐ हावा उडाईदेउ जनजनको सवै कुरितीहरु 
ऐ खोला बगाइदेउ मनमनको सवै फोहोरहरु 
४ जेष्ठ, २०८१ । 

Friday, April 18, 2025

सस्तो मूल्यमा बिक्रीमा छ

सस्तो मूल्यमा बिक्रीमा छ
– चिरन सी
प्रकाशन ः जनखबर डटकम
२०८२ बैशाख, २ (मङ्गलबार)
काठमाडौ ।


आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ,
लैजानुहोस,
१ बर्ष मात्रै पुरानो,
राम्रो कण्डिसनको,
बिक्रीमा छ !,
साथिहरु,
२०८१ साल बिक्रीमा छ !,
२०८१ सालसङ्गै,
२०८१ सालकै क्यालेन्डर पनि,
बिक्रीमा छ,
क्यालेन्डर सङ्गै,
नाम पनि, दाम पनि, बदनाम पनि
बिक्रीमा छ,
होलसेल मुल्यमा एकमुष्ट,
बिक्रीमा छ,
आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ ।

आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ !,
प्रतिगमन,
बिक्रीमा छ,
प्रतिगमन सङ्गै,
राजा पनि बिक्रीमा छ,
राजासङ्गै रानी, हात्ती, घोडा, उट, सिपाही,
सबै बिक्रीमा छ,
जम्मा १ बर्ष पहिला किनेको,
१ बर्ष खेलेको,
होलसेल मुल्यमा बिक्रीमा छ,
आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ ।

आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ,
बुर्जुवा गणतन्त्र,
बिक्रीमा छ,
बुर्जुवा गणतन्र सङ्गै,
दलाल पुजिवाद, ससदवाद,
भ्रस्टाचार, कमिसनखोर, कालोबजारी,
रास्ट्रघात, जनघात, ससदवादी पार्टी र नेता,
सबै बिक्रीमा छ,
सस्तो होलसेल मुल्यमा बिक्रीमा छ,
आजसम्म हेरिएका,
फत्तुर बनेर फालिएका,
काण्डै काण्डमा बेरिएका,
आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ ।

आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ,
बामपंथी पार्टी,
बिक्रीमा छ,
बामपंथी पार्टी सङ्गै,
औचित्य सकिएका नेता, नीति, कार्यक्रम,
कार्यदिशा, रङ्गी बिरङ्गी पार्टीको नाम,
जम्मा १ बर्ष पहिला खोलिएको,
चुनावमा दर्ता गरिएको,
चुनाव चिन्ह ल्याईएको,
जनतामा परिक्षण गरिएको,
देउता मान्न पनि पाईने,
मन्दिर, चर्ज, गुम्बा, मस्जिद, ढोग्नपनी पाईने,
जनै लाउन पनि पाईने,
क्रान्तिकारी बान्न पनि पाईने,
टुप्पी पाल्न पनि पाईने,
रक्सी र मासु ढोग्न पनि पाईने,
लालसलाम ठोक्न पनि पाईने,
मौका मिले फुट्न पनि पाईने,
होलसेल मुल्यमा,
लैजानुहोस,
जिल्लादेखि केन्द्रसम्म,
नेता देखि केटासम्म,
दौरा सुरुवाल देखि फेटासम्म,
आउनुहोस,
आउनुहोस,
लैजानुहोस,
सस्तो मुल्यमा बिक्रीमा छ । 
 

Monday, April 14, 2025

उल्लासमय शुभकामना !

 उल्लासमय शुभकामना !
– चिरन सी
प्रकाशन ः जनखबर डटकम
२०८२ बैशाख १, (सोमबार)
काठमाडौ ।

परार पनि आएको थियो,
पोहोर पनि आएकै थियो,
अहिले पनि आएकै छ,
आगुम पनि आउने छ,
उल्लासमय शुभकामना,
एकातिर,
सङ्कटपुर्ण जिन्दगीहरुको लस्कर छ,
अर्कोतिर,
उल्लासमय शुभकामनाका लस्कर छ्न,
लौ भन ?,
कस्लाई ग्रहण गरौ म !,
सङ्कटपुर्ण जिन्दगी कि ?,
नयाँ बर्ष २०८२ का उल्लासमय शुभकामना ।

सहिदहरुका फोटा भित्तामा,
झुण्डाएर,
पुर्लुक्क फोटातिर हेर्दै,
शुभकामना लेख्दै !,
घरका भित्ताहरुमा जुण्डिएका छ्न,
सहिदहरु,
लखन थापा,
शुक्रराज, धर्मभक्त,
गङालाल, दशरथ,
शुखानि जङ्गलमा झुण्डाईएका,
जिन्दगी छ्न,
जनयुद्धमा बलिदानी दिनेहरु,
एकीकृत जनक्रान्तिमा आहुती हुनेहरु,
बेपत्ता योद्धा र घाईतेहरुको चित्कार,
अनगिन्ती पिडा र सम्वेदना युक्त्त
जिन्दगी छ्न,
त्यसैले,
एकातिर,
भित्तामा झुण्डाईएका,
अपुरा गन्तब्यका जिन्दगीहरु छन् ,
अर्कोतिर,
तिनै भित्ता तिर पुर्लुक्क हेर्दै,
लेखिएका उल्लासमय नयाँ बर्षका शुभकामना छन्,
लौ भन ?,
कस्लाई मनन गरौ म !,
भित्तामा झुन्डाईएका शहिदका अधुरा सपनायुक्त जिन्दगीलाई कि !,
तिनै भित्ता तिर पुर्लुक्क हेर्दै,
लेखिएका उल्लासमय नयाँ बर्ष २०८२ का शुभकामनाहरुलाई ।

बलात्कारमा मृत्युवरण गरेका,
निर्मला पन्तहरु,
लखेटी लखेटी मारिएका,
नवराज बिकहरु,
१० औ दिन आन्दोलनमा,
होमिएका शिक्षकहरु,
खान नपाएर,
सारङ्गी जस्तै बनेका भोका पेटहरु,
रोजगार नपाएर खाडी मुलुक,
चाहार्ने जिन्दगीहरु,
रिपोर्टिङ गर्दागर्दै डढेर खरानी बनेका,
पत्रकारहरु,
उपचार नपाएर छटपटाउदै,
मृत्युवरण गर्ने जिन्दगीहरु,
लौ भन ?,
कुन रोजौ !,
त्यस्तै, त्यस्तै जिन्दगीहरुका मर्म कि,
पुर्लुक्क समाचार हेर्दै,
लेखिएका,
उल्लासमय नयाँ बर्ष २०८२ का शुभकामनाहरु ।

प्रतिगामीहरुको चहलपहल,
बुर्जुवा गणतन्त्रवादीहरुको त्रासदी,
समाजवादीहरुको मौनता,
भ्रस्टाचारी र तस्करीहरुको चुरिफुरी,
कालोबजारी र कमिसनखोरीहरुको
चमक धमक,
खरबै रिणले थिचिरहेका टाउकोको मुल्य,
चौतर्फी अतिक्रमणले पिरलिरहेको मनोबिज्ञान,
जन आन्दोलन,
जनयुद्ध,
मधेस आन्दोलन,
एकीकृत जनक्रान्ति,
लगायतका एजेन्डाहरु थिचिएर उकुसमुकुसको परिवेश,
लौ भन,
कुन रोजौ मैले !,
उकुसमुकुसको परिवेशबाट मुक्त हुने जुक्ति कि !,
उल्लासमय नयाँ बर्ष २०८२ को शुभकामना ।
लाग्दो हो फेरी,
यो २०८१ फर्केर आउदैन,
जिन्दगी पनि त आउदैन !,
पुरानो समय पनि त आउदैन,
फर्केर आउने त जितको इतिहासमात्र हो,
जो आफैले होइन,
अरुले पढ्छ्न युगौ युगसम्म,
बिचरा !,
हारको त के इतिहास पढिन्छ र ?,
सत्ता गुम्दै छ,
बाशुरी बज्दैछ,
डर, त्रास र सन्नाटाको भारीले,
निचोरिएको जिन्दगीलाई,
केवल पेटको चिन्ताछ,
उन्मुक्तिले आफै कहाँ बोलाउछ र ?
अप्ठ्यारो र गाह्रो पहल गर्नु पर्छ आफैले,
उल्लासमय शुभकामनाले,
पनि त निकास खोज्छ होला नि है ? । 

Saturday, April 12, 2025

ब्याच टासेको बालुवाटार

  ब्याच टासेको बालुवाटार
– चिरन सी
प्रकाशन ः जनखबर डटकम
२९ चैत, २०८१
काठमाडौ ।


सडक थाकेको छ,
सङ्गैका बोट, बिरुवा,
निहुरिएका छ्न,
घरका भित्ताहरुले,
नारा बाहेक अरु,
सुन्न छाडिसके,
सडक छेउछाउका,
रिलिङ्ग नि ः शब्द ः
निकासको पर्खाईमा छ,
सधै,
कालो –
मुकुण्डो भिरेको,
सङ्गठित जमात,
आउँछ,
काडे तारको पर्खाल सामु,
सधै झै ठिङ्ग उभिन्छ,
माथिको आदेश कुर्छ,
भोक पचाउछ अनि जान्छ ।
१० औं दिन भयो,
यो प्रक्रिया,
अनिस्चय छ जिन्दगी जुलुसको,
किनकी
षड्यन्त्रकारीहरु,
कुनामा बसेर षड्यन्त्र गर्दैछन् ,
अनपढ भएको भए,
तनावानाले काम गथ्र्यो,
फेरि शिक्षित जुलुस,
फेरि,
यो चोटि झुक्दै नझुक्ने रे ?,
हेरौ !,
अनिश्चित जुलुसको
निस्चित परिणाम ।

ब्याच टासेको,
बालुवाटार चिर निन्द्रामा,
परेको छ,
कहिले यसो ब्युझन्छ,
उठ्छ,
गजब्ब बस्छ,
अनि रातको हुचिल झै,
यताउता हेर्छ,
गजधम्म बस्छ,
सोझो परेको औंलाले,
यस्सो इसारा गर्छ,
२÷४ वाणी भन्छ,
उखान टुक्का हाल्छ,
अनि स्वाट्ट भित्र छिर्छ,
आँखा चिम्म पार्छ
र गजल सुन्छ,
गजल सङ्गै मुख चलाउछ,
घाँटी हल्लाउछ
र भन्छ,
हम जि रहे है,
और, तुम मर रहे है ।

छ न त छन् त्यहाँ ?
अरु पनि,
उनिहरु,
तर,
बुख्याचा मात्र हुन,
धड्कन, बाच्नका लागि
मात्र चल्छ !,
हात खुट्टामा सिक्री,
बाधिए झै,
फासीमा चडाउन लगिएकालाई ,
जस्तो !,
कालो मुकुण्डो हालिएको छ,
हेर्न मिल्दैन !,
मुखमा भोटे ताल्चा झुण्डाएइको छ,
बोल्न सक्दैन,
बुझ्न पनि त झन सक्दैन उसले,
बिहान बेलुका निस्पट्ट मुर्दाजस्तै,
झण्डा हल्लाउँदै,
लाग्छ त्यो जण्डा हो कि,
चरा लखेट्ने बुख्याचा,
स्वाई स्वाई सिठी बजाउदै,
कहिले बालुवाटार,
कहिले भैसेपाटी,
कहिले बानेश्वर
त कहिले सिङ्गदरवार लगिन्छ ।
केवल उ त,
सुत्ने र निदाउने काम मात्र हो,
सुतिरहन्छ, निदाईरहन्छ,
र खाईरहन्छ देशको रसद पानी ।

निश्चित सड्ढल्प बाधेका,
बुज्रुक मान्छेहरु,
पक्कै फस्ने छैनन,
महाजालमा,
किनकी,
बेला बेला यहाँ महाजाल फ्याकिन्छ,
किढा, मकिढाको आसमा,
भनभने ठुला माखाहरु,
भनभनाउदै,
मन्डला र बबरमहलका सडक
चियाउदैछ छ,
निउरेमुन्टो न बनेर रिपोर्ट हाल्दैछ,
आफ्ना गुरुबाहरुलाई,
साझ कार्यालय हानिन्छ,
हुने नहुने गफ चुट्छ
रिपोर्ट हाल्छ,
र,
जोखाना हेर्दै भट्टी छिर्छ,
१० दिन त बित्यो,
एक महिना बित्न के बेर लाग्छ र ?
कुरा महिनाको होइन,
पेटको हो,
अधिकारको हो,
स्वाभिमानको हो,
र,
नयाँ पुस्ताको भविस्यको हो,
त्यसैले त उभिएका छ्न,
स्वाभिमानका खुट्टाहरु
र, आशाका बुज्रुक जिवनहरु ।

Wednesday, April 9, 2025

आन्दोलन

  आन्दोलन
– चिरन सी
प्रकासन ः जनखबर डटकम
२०८१ चैत, २७ (बुधबार)
काठमाडौ ।
झुण्ड, झुण्ड, जुलुसका पैतलाले,
काठमाडौलाई
थिचिरहेको छ,
यतिबेला !,
त्यही जुलुसको बीचबाट,
एकजना अधबैसे नेता,
जुरुक्क उठ्छ र !,
पसिना चुहाउदै,
यताउती हेर्छ,
उफ्री, उफ्री, भन्छ,
लाग्छ !,
उसको सर्वश्व गुमेको छ !,
जुट, जुट, जुट,
पर्लाक, पुर्लुक नियाल्छ,
पुलिसतिर हेर्छ,
र, फेरि भन्छ,
जुट, जुट, जुट !,
तर,
बुझ्दैन उसले,
जुट्नेहरु त !,
उहिल्यै,
मलेसियाको जङ्गलमा,
भेडा चराउदै छ, साईला !,
भेडा ।

पोहोर जस्तै,
माईतिघर मण्डलाले दिनहुँ,
हुलका हुल,
आफ्नै माईतिलाई जस्तै,
सम्मान गर्छ,
उनिहरुको चीत्कार सुन्छ,
पीडा बुझ्छ,
तर,
बोल्न सक्दैन,
किनकी,
सधै अरुनै बोलेको सुन्ने,
बानी परेको छ,
उसलाई !,
अनुभुती गर्छ,
निम्छरो अनुहर र,
खालिखुट्टामा च्वास्स घोच्ने पीडा,
दिनहुँ,
उस्तै, उस्तै लाग्ने,
भाषा सैलीमा भाषण सुन्छ,
सुन्दा, सुन्दा बोली फुट्दैन उसको,
क्रमश ,
आउछन् , बहुरुपी मानिसहरु,
बसाल्छन् , डालो जत्रो पिठ्युँ,
बिसाउछन् १०० केजिको शरीर,
हिडाउछन् , २० हजारको जुत्ता,
तै पनि,
उफ्रिन्छन् ,
र भन्छन् गर !,
नत्र ठोक्ने हो,
ठोक !, ठोक !,
तर,
ठोक्नेहरु,
बिदेशी गगननचुम्वी महलहरुमा,
चमेरो जस्तै झुन्डिएर,
अर्कैको सेवा गर्दैछ साईला,
सेवा ।

पीडा ओकल्नेहरुको
दैनिकी उस्तै छ,
आजभोली !,
लाग्दैन, मानिसजस्तो,
लाग्दैन, गणतन्त्र जस्तो,
लाग्दैन, कम्युनिस्ट जस्तो,
लाग्दैन, काङ्ग्रेस जस्तो,
फोटा समातेर,
कोहि सिक्री बेरेर,
छुट्टाछुट्टै माग,
छुट्टाछुट्टै झुण्ड र आवाज,
दिनहुँ उनिहरु,
माईकमा चिच्याउछ्न,
चर्को चर्को,
पाँच बोतल पानी सकिन्छ,
पसिना झर्छ,
घाँटी सुक्छ,
बेरङ्गी मान्छे, बेरङ्गी आवाज,
बेरङ्गी पहिरन, बेरङ्गी पीडा,
रित्तिसक्यो खल्ती,
सुन्दैन , कसैले,
न बालुवाटार चलमलाउछ,
न सिंहदरबार बोल्छ,
न बानेश्वरले सुन्छ,
दिनहुँ सुनिन्छ,
काठमाडौमा !,
उठौ, उठौ, उठौ !,
तर,
बेहाल छ देशको !,
उठ्नेहरु त कतारमा,
६० डिग्रीको घाममा पसिना
चुहाउदैछ्न साइला,
पसिना ।



Monday, April 7, 2025

रहर

 रहर
– चिरन सी
प्रकाशित ः जनखबर डटकम
२०८१ चैत, २६ (मङ्गलवार)
काठमाडौ

रहर बाटोमा,
आउदै रहेछ !,
सोधे कता ?,
भन्यो रहर मेट्न !,
कहाँ मेटिन्छ रहर ?,
फेरि भन्यो शहर तिर,
लाग्यो !,
रहर मेटिने शहर,
कहाँ भेटिन्छ ह !,

रहर बाटो लाग्यो,
सोचे !,
सहि कुरा,
रहर शहर मै भेटिन्छ,
शहरमै फुल्छ, फक्रीन्छ र झर्छ,
रहरको पनि बाध्यता छ यहाँ,
के गरोस बिचरा !,
अरुलाई होइन , आफैलाई,
गाउँ होइन , शहर,
देश होइन, बिदेश,
कुदेको छ, दौडिएको छ,
भाग्ने सुख छैन,
थाक्ने सुख छैन,
विश्राम लिने सुख छैन,
रहरले शहर पछ्याएको छ कि ?,
शहरले रहर यो भने सोचनिय छ ।

स्यावास,
रहर स्यावास,
रहर त चक्र पो रहेछ !,
रहरले शहर खोज्छ,
शहरले पद रोज्छ,
पदले सुबिधा खोज्छ,
सुबिधाले पैसा रोज्छ,
पैसाले भ्रष्टाचार खोज्छ,
भ्रष्टाचारले देश रोज्छ,
देशले नेता खोज्छ,
नेताले पार्टी रोज्छ,
पार्टीले शहर खोज्छ,
शहरले रहर रोज्छ ।
वा ,
रहर त !,
शहरमा, पैसामा, पावरमा, नियुक्तिमा, पार्टीमा, नेतामा, कुर्सीमा, कमिसनमा, भ्रष्टाचारमा, कालोबजारीमा, तस्करीमा, लुट्मा, फुटमा, गुटमा पो हुने रहेछ हँ !,
बिचरा रहर !,
घुमेको, घुमै !,
चौमुखे तलवार जस्तो,
बहुमुखे चक्र जस्तो ।

यो रहर पनि,
कति रोज्न सकेको ?,
आफ्नैलाई हँ !,
पहिलो, आफु रोज्छ,
दोश्रो, श्रीमतिको खोज्छ,
तेश्रो, छोरा, छोरी रोज्छ,
चौथो, नाता, गोता खोज्छ,
पाचौ, इस्ट मित्र रोज्छ,
छैठौ, आउरे, बाउरे, धुपौरे खोज्छ,
समाजसेवा, देश सेवा, घर सेवा, परिवार सेवा,
आदि आदि सबै सेवा !,
त्यो पनि बाध्यताले !,
कहाँ रहरले ?,
बिचरा रहर त,
निम्छरो छ ।

के गरून् त बरै !,
बाध्यताले,
सके पनि नसके पनि,
उमेर गयो,
रहर गएन !,
एक झुन्ड शहर आउछन् ,
कराउछन् , जान्छन् !,
फेरि अर्को झुन्ड फेरि शहर आउँछन् ,
फेरि कराउछन् जान्छन् !,
के गर्नु !,
यो पनि त चक्र जस्तै हो,
यो प्रक्रिया चलिरहन्छ,
निरन्तर, निरन्तर,
रहरलाई शहर पुगेको छैन,
शहरलाई रहर,
हेर्नुस न !,
प्युठाने जि,
९० बर्ष, महामन्त्री – (मसाल),
भक्तपुरे जि,
८५ बर्ष, अध्यक्ष – (नेमकिपा),
बाग्लुङ्गे जि,
८० बर्ष, अध्यक्ष – (राष्ट्रिय जनमोर्चा),
अर्का प्युठाने जि,
७९ बर्ष, महासचिव – (क्राकपा),
डढेल्धुरा जि,
७८ बर्ष, सभापति – (काङ्ग्रेस),
झापाली जि,
७४ बर्ष, अध्यक्ष – (एमाले),
अर्का झापाली जि,
७४ बर्ष, महासचिव – (माले),
चितवने जि,
७१ बर्ष, अध्यक्ष – (माओवादी केन्द्र),
रौतहटे जि,
७३ बर्ष, महासचिव – (एकीकृत समाजवादी),
यस्ता जिहरु,
अरु, अरु, धेरै, धेरै छ्न !,
रहरको पनि त उमेर हुन्छ नि यार !,
७० कट्नु पर्छ,
हिड्न नसके पनि राजनीति गर्नुपर्छ,
ठिङ्ग उभिनु पर्छ,
देशको सेवामा लाग्नु पर्छ,
किनकी,
यो त प्राकृतिक कुरा हो ।
जम्मा ५० बर्ष त भयो,
नेतृत्व गरेको,
मान्छे बूढो हुन्छ मर्छ,
तर मान्छे बूढो हुने,
मर्ने र रहरको सम्बन्ध के छ हँ ?,

बिचरा !,
बाध्यता छ,
रहरको पनि !,
पार्टी उचाल्ने, देश उचाल्ने, क्रान्ती उचाल्ने,
यो रहरलाई उन्मुक्ति चाहिदैन हँ !,
खोज्दा, खोज्दा, पचासौ बर्ष भयो,
भेटिदैन उत्तराधिकारी ?,
छोरा भए, छोरी भए, ज्वाइँ भए, परिवार भए, इस्टमित्र भए, नातागोता भए,
घर भए, गाडी भए, धन – दौलत भए, श्री – सम्पत्ति भए, शुख – सुबिधा भए, 
मान – सम्मान भए, सबै भए तर !,
उत्तराधिकारी भएनन ।

कस्तो दुर्भाग्य बिचरा !
राजनीति रहर होइन,
सेवा हो, सेवा ।
फेरि सोधे !,
ए रहर, तिमिलाई
रहर छ कि बाध्यता हँ ,
रहर मेटाउने,
रहर पुर्याउने,
रहर बचाउने,
आफू मरेर पनि !,
रहर नमर्ने,
रहर बिनाका जिन्दगी संसारमा,
कति रहरै नभेटी मरे होलान हँ ?,
रहर ।


मास्टर साव (शिक्षकको आन्दोलनप्रती समर्पण)

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।