Wednesday, April 9, 2025

आन्दोलन

  आन्दोलन
– चिरन सी
प्रकासन ः जनखबर डटकम
२०८१ चैत, २७ (बुधबार)
काठमाडौ ।
झुण्ड, झुण्ड, जुलुसका पैतलाले,
काठमाडौलाई
थिचिरहेको छ,
यतिबेला !,
त्यही जुलुसको बीचबाट,
एकजना अधबैसे नेता,
जुरुक्क उठ्छ र !,
पसिना चुहाउदै,
यताउती हेर्छ,
उफ्री, उफ्री, भन्छ,
लाग्छ !,
उसको सर्वश्व गुमेको छ !,
जुट, जुट, जुट,
पर्लाक, पुर्लुक नियाल्छ,
पुलिसतिर हेर्छ,
र, फेरि भन्छ,
जुट, जुट, जुट !,
तर,
बुझ्दैन उसले,
जुट्नेहरु त !,
उहिल्यै,
मलेसियाको जङ्गलमा,
भेडा चराउदै छ, साईला !,
भेडा ।

पोहोर जस्तै,
माईतिघर मण्डलाले दिनहुँ,
हुलका हुल,
आफ्नै माईतिलाई जस्तै,
सम्मान गर्छ,
उनिहरुको चीत्कार सुन्छ,
पीडा बुझ्छ,
तर,
बोल्न सक्दैन,
किनकी,
सधै अरुनै बोलेको सुन्ने,
बानी परेको छ,
उसलाई !,
अनुभुती गर्छ,
निम्छरो अनुहर र,
खालिखुट्टामा च्वास्स घोच्ने पीडा,
दिनहुँ,
उस्तै, उस्तै लाग्ने,
भाषा सैलीमा भाषण सुन्छ,
सुन्दा, सुन्दा बोली फुट्दैन उसको,
क्रमश ,
आउछन् , बहुरुपी मानिसहरु,
बसाल्छन् , डालो जत्रो पिठ्युँ,
बिसाउछन् १०० केजिको शरीर,
हिडाउछन् , २० हजारको जुत्ता,
तै पनि,
उफ्रिन्छन् ,
र भन्छन् गर !,
नत्र ठोक्ने हो,
ठोक !, ठोक !,
तर,
ठोक्नेहरु,
बिदेशी गगननचुम्वी महलहरुमा,
चमेरो जस्तै झुन्डिएर,
अर्कैको सेवा गर्दैछ साईला,
सेवा ।

पीडा ओकल्नेहरुको
दैनिकी उस्तै छ,
आजभोली !,
लाग्दैन, मानिसजस्तो,
लाग्दैन, गणतन्त्र जस्तो,
लाग्दैन, कम्युनिस्ट जस्तो,
लाग्दैन, काङ्ग्रेस जस्तो,
फोटा समातेर,
कोहि सिक्री बेरेर,
छुट्टाछुट्टै माग,
छुट्टाछुट्टै झुण्ड र आवाज,
दिनहुँ उनिहरु,
माईकमा चिच्याउछ्न,
चर्को चर्को,
पाँच बोतल पानी सकिन्छ,
पसिना झर्छ,
घाँटी सुक्छ,
बेरङ्गी मान्छे, बेरङ्गी आवाज,
बेरङ्गी पहिरन, बेरङ्गी पीडा,
रित्तिसक्यो खल्ती,
सुन्दैन , कसैले,
न बालुवाटार चलमलाउछ,
न सिंहदरबार बोल्छ,
न बानेश्वरले सुन्छ,
दिनहुँ सुनिन्छ,
काठमाडौमा !,
उठौ, उठौ, उठौ !,
तर,
बेहाल छ देशको !,
उठ्नेहरु त कतारमा,
६० डिग्रीको घाममा पसिना
चुहाउदैछ्न साइला,
पसिना ।



Monday, April 7, 2025

रहर

 रहर
– चिरन सी
प्रकाशित ः जनखबर डटकम
२०८१ चैत, २६ (मङ्गलवार)
काठमाडौ

रहर बाटोमा,
आउदै रहेछ !,
सोधे कता ?,
भन्यो रहर मेट्न !,
कहाँ मेटिन्छ रहर ?,
फेरि भन्यो शहर तिर,
लाग्यो !,
रहर मेटिने शहर,
कहाँ भेटिन्छ ह !,

रहर बाटो लाग्यो,
सोचे !,
सहि कुरा,
रहर शहर मै भेटिन्छ,
शहरमै फुल्छ, फक्रीन्छ र झर्छ,
रहरको पनि बाध्यता छ यहाँ,
के गरोस बिचरा !,
अरुलाई होइन , आफैलाई,
गाउँ होइन , शहर,
देश होइन, बिदेश,
कुदेको छ, दौडिएको छ,
भाग्ने सुख छैन,
थाक्ने सुख छैन,
विश्राम लिने सुख छैन,
रहरले शहर पछ्याएको छ कि ?,
शहरले रहर यो भने सोचनिय छ ।

स्यावास,
रहर स्यावास,
रहर त चक्र पो रहेछ !,
रहरले शहर खोज्छ,
शहरले पद रोज्छ,
पदले सुबिधा खोज्छ,
सुबिधाले पैसा रोज्छ,
पैसाले भ्रष्टाचार खोज्छ,
भ्रष्टाचारले देश रोज्छ,
देशले नेता खोज्छ,
नेताले पार्टी रोज्छ,
पार्टीले शहर खोज्छ,
शहरले रहर रोज्छ ।
वा ,
रहर त !,
शहरमा, पैसामा, पावरमा, नियुक्तिमा, पार्टीमा, नेतामा, कुर्सीमा, कमिसनमा, भ्रष्टाचारमा, कालोबजारीमा, तस्करीमा, लुट्मा, फुटमा, गुटमा पो हुने रहेछ हँ !,
बिचरा रहर !,
घुमेको, घुमै !,
चौमुखे तलवार जस्तो,
बहुमुखे चक्र जस्तो ।

यो रहर पनि,
कति रोज्न सकेको ?,
आफ्नैलाई हँ !,
पहिलो, आफु रोज्छ,
दोश्रो, श्रीमतिको खोज्छ,
तेश्रो, छोरा, छोरी रोज्छ,
चौथो, नाता, गोता खोज्छ,
पाचौ, इस्ट मित्र रोज्छ,
छैठौ, आउरे, बाउरे, धुपौरे खोज्छ,
समाजसेवा, देश सेवा, घर सेवा, परिवार सेवा,
आदि आदि सबै सेवा !,
त्यो पनि बाध्यताले !,
कहाँ रहरले ?,
बिचरा रहर त,
निम्छरो छ ।

के गरून् त बरै !,
बाध्यताले,
सके पनि नसके पनि,
उमेर गयो,
रहर गएन !,
एक झुन्ड शहर आउछन् ,
कराउछन् , जान्छन् !,
फेरि अर्को झुन्ड फेरि शहर आउँछन् ,
फेरि कराउछन् जान्छन् !,
के गर्नु !,
यो पनि त चक्र जस्तै हो,
यो प्रक्रिया चलिरहन्छ,
निरन्तर, निरन्तर,
रहरलाई शहर पुगेको छैन,
शहरलाई रहर,
हेर्नुस न !,
प्युठाने जि,
९० बर्ष, महामन्त्री – (मसाल),
भक्तपुरे जि,
८५ बर्ष, अध्यक्ष – (नेमकिपा),
बाग्लुङ्गे जि,
८० बर्ष, अध्यक्ष – (राष्ट्रिय जनमोर्चा),
अर्का प्युठाने जि,
७९ बर्ष, महासचिव – (क्राकपा),
डढेल्धुरा जि,
७८ बर्ष, सभापति – (काङ्ग्रेस),
झापाली जि,
७४ बर्ष, अध्यक्ष – (एमाले),
अर्का झापाली जि,
७४ बर्ष, महासचिव – (माले),
चितवने जि,
७१ बर्ष, अध्यक्ष – (माओवादी केन्द्र),
रौतहटे जि,
७३ बर्ष, महासचिव – (एकीकृत समाजवादी),
यस्ता जिहरु,
अरु, अरु, धेरै, धेरै छ्न !,
रहरको पनि त उमेर हुन्छ नि यार !,
७० कट्नु पर्छ,
हिड्न नसके पनि राजनीति गर्नुपर्छ,
ठिङ्ग उभिनु पर्छ,
देशको सेवामा लाग्नु पर्छ,
किनकी,
यो त प्राकृतिक कुरा हो ।
जम्मा ५० बर्ष त भयो,
नेतृत्व गरेको,
मान्छे बूढो हुन्छ मर्छ,
तर मान्छे बूढो हुने,
मर्ने र रहरको सम्बन्ध के छ हँ ?,

बिचरा !,
बाध्यता छ,
रहरको पनि !,
पार्टी उचाल्ने, देश उचाल्ने, क्रान्ती उचाल्ने,
यो रहरलाई उन्मुक्ति चाहिदैन हँ !,
खोज्दा, खोज्दा, पचासौ बर्ष भयो,
भेटिदैन उत्तराधिकारी ?,
छोरा भए, छोरी भए, ज्वाइँ भए, परिवार भए, इस्टमित्र भए, नातागोता भए,
घर भए, गाडी भए, धन – दौलत भए, श्री – सम्पत्ति भए, शुख – सुबिधा भए, 
मान – सम्मान भए, सबै भए तर !,
उत्तराधिकारी भएनन ।

कस्तो दुर्भाग्य बिचरा !
राजनीति रहर होइन,
सेवा हो, सेवा ।
फेरि सोधे !,
ए रहर, तिमिलाई
रहर छ कि बाध्यता हँ ,
रहर मेटाउने,
रहर पुर्याउने,
रहर बचाउने,
आफू मरेर पनि !,
रहर नमर्ने,
रहर बिनाका जिन्दगी संसारमा,
कति रहरै नभेटी मरे होलान हँ ?,
रहर ।


मास्टर साव (शिक्षकको आन्दोलनप्रती समर्पण)

Sunday, April 6, 2025

मेरो नारा हरायो

 कविता 
मेरो नारा हरायो । 
चिरन पुन
जनखबर अनलाइन 
२०८१ चैत १४ गते, विहिवार प्रकाशित । 

पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

सहरभरी बर्गेल्ती,
छापिदै छ,
नाराहरु !
बिजुलीका खम्बाहरुमा,
सडकका भित्ताहरुमा,
पोतिदै छ,
झुन्डिदै छ,
नाराहरु !
माईतिघर वा खुलामन्च मै किन ?,
सिहदरवार,
निर्मल निवास,
विद्युत प्राधिकरण,
बालुवाटार,
बुढानिलकण्ठ,
झुत्रे बनेका कारखानाका भग्नावसेश
जताततै खोज्छु तर !
मेरो नारा भेटिदैन,
पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

फेसबुक वालहरु,
टिकटक एबम रिल पर्दाहरु,
भाषणबाट,
कासनबाट,
गीतबाट,
कबिता र गजलबाट,
अलाप्दैछ्न,
फलाक्दैछ्न !,
अनेकौं अनकण्टार भग्नावसेसबाट
अलाप्नेहरु, फलाक्नेहरु,
बिचरा !
धुलोमैलोले पुरिएर सुनिरहेका होलान,
एकोहोरो भनिरहेका होलान,
चिच्याईरहेका होलान,
तर !
बुझिदैन, सुनिदैन,
प्रिय मेरा नाराहरु,
पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

बुर्कुसी मार्दै,
एक दर्जन नाराहरु !
आए, कराए, गए,
२८ खर्ब ऋण ,
कुइन्टल – कुइन्टल सुन,
काण्डै काण्डका काण्ड,
तस्करी, कालोबजारी,
भ्रष्टाचार, बिचौलिया
ललिता निवास,
एमसीसी !
नारा भित्र नारा,
प्रजातन्त्र आयो, प्रजालाई भएन !
लोकतन्त्र आयो, लोकलाई भएन !
गणतन्त्र आयो, गण र जनलाई भएन !
अस्ति पनि लुटिन्थे
हिजो पनि लुटिए,
आज पनि लुटिदैछ्न,
प्रजा, लोक, गण एबम् जनहरु !,
यी सबै लुटिने भागमा हुन,
लुटिएकै छ्न, ठगिएकै छ्न,
तर चर्को नारा यिनिहरुकै छ,
अवस्था पुरानै, उस्तै,
निन्याउरे अनुहार,
च्याउसे मुहार,
खान पाए पो गतिलो हुनु ?
उफ्रदै छ, कुर्लदै छ,
बिचरा उस्तै नारा,
पर्ख न हो साथी पर्ख,
मेरो नारा हरायो !
नयाँ नयाँ नाराहरु,
बेग्ला बेग्लै रुपहरु,
निस्सासिदै,
टुकुचा, मनोहरा, बागमती र बिस्णुमती
पशुपतिनाथ र स्वम्भुनाथ,
जस्तै
नाम फेरिएको बालकोट
बालुवाटार, बुढानिलकण्ठ
निर्मल निवास,
आदि आदि ले,
सुन्दैन,
खुमलटार,
कोटेश्वर,
यस्तै अरुहरु पनि,
भेटाए कि, देखे कि ?
लुकाए कि ? दबाए कि ?
मेरा प्रिय नाराहरु,
खोज्दैछु !,
पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

नारा !,
बिचरा मेरो प्रिय नारा !
नाना फेरियो,
पापा फेरियो,
बङ्गला फेरियो,
मोटर फेरियो,
अनुहार फेरियो,
सङ्गत फेरियो,
मित्रु फेरियो,
सङ्गै
शत्रु पनि त फेरियो,
सबै फेरियो,
अब सबै फेरिए पछि
मेरो नारा पनि त फेरियो कि ?
बिचरा !
मेरो आत्मिय नारा,
मेरो नारा कहाँ भेटिन्थ्यो ?,
अर्काको कोटको भित्री गोजिको कुनामा,
निस्सासिए होला ?,
तारे होटलमा डिनर,
हुस्कीमा चुस्की मिसाउदै,
८४ ब्यन्जनको साथी,
फेरि,
यत्रो, सानो जाबो चिर्कटो मै त
लेखिएको,
एकपन्ने पत्ता,
र शिशा कलमको अक्षर !,
महान सपना
खुनै उराल्ने जागर,
निकास सहितको गन्तब्य,
स्पस्ट बाटो,
समानताको दिशा निर्देश,
तिमिले सानो टुक्रे चिर्कटो मानेर
के भो र ह ?
भोलि चैत १५ गते,
फेरि नाराहरुको भिड आउदैछ,
थरिथरिका सपना आउदैछ,
त्यसैमा मेरो प्रिय नारा पनि भेटिन्छ कि कतै !, ?
आउनुहोस !!!
सबैलाई
चुले निम्तो छ ।
सबै मिलेर नारा लगाऔ !
सबै मिलेर नारा खोजौ !
कतै भेटिन्छ कि ?
मेरो प्रीय नारा !
पर्ख न हो साथी पर्ख !
मेरो नारा हरायो ।

आन्दोलन

  आन्दोलन – चिरन सी प्रकासन ः जनखबर डटकम २०८१ चैत, २७ (बुधबार) काठमाडौ । झुण्ड, झुण्ड, जुलुसका पैतलाले, काठमाडौलाई थिचिरहेको छ, यतिबेला !, त...