Thursday, March 29, 2012

संयुक्त राष्ट्र्रिय जन आन्दोलन समिति, नेपालको नाराहरु ।



संविधान निर्माण सम्वन्धी ः
१. ०६९ जेठ १४ गते भित्र जनताको लोकतान्त्रिक संघीय गणतन्त्मक संविधान अनिवार्य जारी गर ।
२. नया संविधानमा गणतन्त्र, संघीतया, पहिचानको आधारमा संघीय ईकाईको निर्माण, आत्मनिर्णयको अधिकार, धर्म निरेपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशिता सुनिश्चित गर ।
३. महिला दलित र मुस्लिमको लागी विषेश अधिकारको व्यवस्था गर ।
४. अदिवासी जनजाति र मद्येशीहरुको लागि जातिय क्षेत्रीय स्वायतत्ता र स्वाशासनको संवैधानिक ग्यारेन्टी गर ।
५. पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर ।
६. राज्यका सवै अंगमा जनसंख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर ।
७. शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य्य, आवास र सामाजिक सुरक्षालाई संविधानमा मौलिक हकको रुपमा ग्यारेन्टी गर ।
८. क्रान्तिकारी भूमिसुधार लागु गर ।
९. आइ एल ओ १६९ कार्यन्वयन गर ।
१०. आदिवासी जनजाति अधिकार सम्वन्धी संयुक्त राष्ट्र् संघीय घोषणा पत्र लागु गर ।
११. नया संविधानमा किसान र मजदुरको प्रतिनिधित्व सुनिश्चित गर ।
१२. राज्यको सवै निर्वाचित निकायहरुमा जन विरोधी तथा राष्ट्र्विरोधी गतिविधि गर्नेलाई प्रत्याआव्हानको व्यवस्था लागु गर ।
१३. मातृभाषामा पठन पाठनको व्यवस्था गर ।
१४. शहीद परिवार, बेपत्ता नाागरिक परिवार, घाईते, अपाड्गता भएका व्याक्तिहरुलाई विशेष व्यवस्था गर ।
१५. जनताको लोकतान्त्रिक संघीय गणतन्त्रात्मक संविधान विरोधी तत्वहरु मुर्दावाद ।
१६. संघीयता विरोधीहरु मुर्दावाद ।
१७. यथास्थितिवादी, एकाधिकारवादी, जातिवादी, तथा प्रतिक्रियावादीहरु मुर्दावाद ।

जन जिविकाको पक्ष ः
१. आकासिदो महगी नियन्त्रण गर ।
२. कृतिम अभाव सृजना गर्नेहरुलाई कडा कारवाहि गर ।
३. खाना पकाउने ग्यास, ईन्धन लगाएतका दैनिक आवश्यकताका वस्तुहरु सर्वसुलभ गर ।
४. कालो बजारी, तस्कर, भ्रष्टाचार, कमिसतन्त्र, लागु औषध, मानव बेचविखनमा संलग्नहुनेलाई कडा कारबाही गर ।
५ राष्ट्र्रिय औधोगिक अर्थतन्त्रको संरक्षण र विकाश गर ।
६. औधोगिक क्षेत्रमा बहुराष्ट्र्यि कम्पनीहरुको बोलवाला अन्त्य गर ।
७. पेट्र्रोलियप पदार्थमा नियमित भैरहेको मुल्य वृद्धि फिर्ता गर ।
८. बढ्दो लोड सेडिड. बन्द गर ।
९. बेपत्ता नागरिक सार्वजनिक गर ।
१०. नक्कली नागरिकता खारेज गर ।
११. राजनैतिक भ्रष्टाचार र अपराधिकरण बन्द गर ।

राष्ट्र्रियता सम्वन्धी ः
१. सन् १९५० को असमान सन्धी लगाएतका सम्पूर्ण असमान सन्धी संझताहरु खारेज गर ।
२. सिमा अतिक्रमण बन्द गर ।
३. बढ्दो बैदेशिक हस्तक्षेप बन्द गर ।
४. राष्ट्र् हित विपरीत माथिल्लो कर्णाली, पंचेश्वर परियोजना, कोशि उच्च बाघ, गण्डक लगाएतका जलश्रोत सम्वन्धी सम्पूर्ण असमान सन्धिहरु खारेज गर । नया आधारमा पुन संझौता गर ।
५. भारतसंग गरिएको राष्ट्र्घाती विप्पा संझौता खारेज गर ।
६. सिमानामा नेपाली जनता माथि विदेशी सुरक्षा कर्मीद्धारा भैरहेको हत्या, हिंसा, अपहरण, लुटपाट लगाएतका ज्यादती बन्द गर ।
७. भारतीय सेना कालापानी छोड ।
८. मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्र्रिय स्वाधीनताको रक्षा गर ।
९. राष्ट्र्घाती तथा विदेशी दलालहरु मुर्दावाद ।
ड्ड

संयुक्त राष्ट्रिय जनआन्दोलन समिति, नेपालको नीति र कार्यक्रम




राष्ट्रियता, जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान, शान्ति एवं जनजीविकाका निम्ति र सामाजिक विकृति एवं भ्रष्टाचारका विरुद्ध सम्पूर्ण प्रगतिशील, देशभक्त, गणतन्त्रवादी एवं संघीयताका पक्षधर शक्तिहरु एकजुट होऔं πजनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संंविधानका निम्ति संघर्ष गरौं π।

नेपाली समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लैगिक उत्पीडन, अन्याय, अत्याचार, शोषण, दमन, भेदभाव व्याप्त छन् र जनता यी सबैबाट मुक्ति चाहन्छन् र निरन्तर संघर्षरत छन् । त्यसैले, मुलुकमा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजाति, थारु, दलित, महिला, मुस्लिम आदि आन्दोलनहरु हुँदै आएका छन् । त्यसैको फलस्वरुप देशमा केही वर्षदेखि शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रिया चलिरहेको छ । तर शान्ति प्रक्रिया धरापमा परेको छ भने संविधान लेखन कार्य अवरुद्धजस्तै छ । सिंगो देश गम्भीर राजनीतिक एवं आर्थिक संकटबाट गुज्रिरहेको छ र स्थिति निकै भयावह र विस्फोटक बन्दै गैरहेको छ ।

मुुलुकको सबै क्षेत्रमा वैदेशिक हस्तक्षेप र सीमा अतिक्रमण तीव्र गतिमा बढिरहेको छ । थुपै्र असमान सन्धिहरु यथावत् छँदैथिए, त्यसमाथि सरकारद्वारा थप राष्ट्रघाती सन्धिहरु गरिएका छन् । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता खतरामा परेको छ । संघीयता, जातीय÷क्षेत्रीय स्वायत्तता र स्वशासन, आत्म–निर्णयको अधिकार, विशेषाधिकार, समावेशीता र समानुपाँतिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, क्रान्तिकारी भूमिसुधार, न्यायप्रणाली, शिक्षा, स्वास्थ्य, आवास, खाद्यलाई मौलिक अधिकारअन्तर्गत पार्नु पर्नेजस्ता सबै महत्वपूर्ण एजेन्डाहरु रद्दीको टोकरीमा फालिने भएका छन् । पहिचानको आधारमा संघीय एकाइको निर्माणको सुझावको घोर विरोध गरिंदैछ र जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान नबन्ने निश्चितप्रायः देखिएको छ । यथास्थितिवादी तथा प्रतिक्रियावादी तत्वहरुले नयाँ संविधान निर्माण नगर्ने र पुरानै संविधानलाई ब्युँताउने षडयन्त्र गरिरहेका छन् । सेना समायोजनका नाममा अपमानित एवं आत्मसमर्पण गराउने काम भएको छ । भ्रष्टाचार सर्वत्र व्याप्त छ, आकाशिंदो महंगी, कृत्रिम अभाव, काला बजारी, तश्करी, बेरोजगारी, गुण्डागर्दी, बलात्कार, अपहरण, हत्या, हिंसा, असुरक्षा आदिले जनजीवन आक्रान्त बनेको छ ।

त्यसैले, राष्ट्रियता, जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान, शान्ति तथा जनजीविकाका निम्ति र भ्रष्टाचार एवं सामाजिक विकृतिहरुका विरुद्ध संयुक्त रुपमा र सशक्त प्रकारले संघर्ष गर्ने उद्देश्यले हामी निम्न राजनीतिक पार्टी तथा संगठनहरु संयुक्त राष्ट्रिय जनआन्दोलन समिति, नेपाल गठन गरिएको सगौरव घोषणा गर्दछौं र सम्पूर्ण प्रगतिशील, देशभक्त, गणतन्त्रवादी र संघीयताका पक्षधर शक्तिहरुसंग यस समितिमा गोलबन्द भै संघर्षमा सहभागी हुनुहुन हार्दिक अपील गर्दछौं ।
१) संयुक्त राष्ट्रिय जन–संघर्ष समिति क. सी.पी. गजुरेल संयोजक
२) नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क. मातृका प्रसाद यादव सदस्य
३) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) क. चिरन पुन सदस्य
४) क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल क. आङगामी सदस्य
५) संघीय लोकतान्त्रिक राष्ट्रिय मंच खगेन्द्र माखिम सदस्य
६) ताम्सालिङ नेपाल राष्टिय दल परशुराम तामाङ सदस्य
७) जनमुक्ति पार्टी, नेपाल अटलमान राई सदस्य
८) नेपाल नागरिक पार्टी राजकुमार लेखी सदस्य ९) अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) नगेन्द्र राई सदस्य
१०) आदिवासी जनजाति महासंघ (समाजवादी) रामसिंह लामा सदस्य
११ ) थारु म्ुक्ति संग्राम डा. ललन चौधरी सदस्य
१२) आदिवासी—जातीय—क्षेत्रीय महासंघ, नेपाल सुरेश आले मगर सदस्य

हाम्रा नारा एवं नीतिगत कार्यक्रमहरु —
१) राष्ट्रियतासम्बन्धी
क) सम्पूर्ण असमान सन्धिहरुको खारेजीको माँग गर्दै संघर्षलाई अघि बढाउने,
ख) सीमा अतिक्रमणको विरोध र भण्डाफोर गर्ने,
ग) सबै क्षेत्रमा भएका बाह्य हस्तक्षेपको विरोध र भण्डाफोर गर्ने,
घ) राष्ट्रिय हितविपरीत भएका माथिल्लो कर्णाली, पञ्चेश्वर परियोजना, कोशी उच्च बाँध, गण्डकलग जलश्रोतसम्बन्धी सम्पूर्ण असमान सन्धी–सम्झौताहरु तुरुन्त खारेज गरी नयाँ आधारमा पुनः सम्झौता गर्ने माग गर्दै संघर्ष गर्ने,
ङ) भारतसँग पहिल्यै सम्झौता भैसकेर पनि हालसम्म कार्यान्वयन नभै स्थगित रहेका असमान सन्धी–सम्झौताहरुलाई हालै उर्जा मन्त्रीले कार्यान्वयन गर्न गरेको सहमतिकोे भण्डाफोर गर्ने र त्यसलाई खारेज गराउन प्रयत्न गर्ने,
च) राष्ट्रघातीहरुको भण्डाफोर गर्ने,
छ) राष्ट्रियताको पक्षमा प्रभावकारी जागरण अभियान संचालन गर्ने ।

२) संविधानसम्बन्धीः
क) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानमा गणतन्त्र, संघीयता, आत्म–निर्णयको अधिकार, जातीय÷क्षेत्रीय स्वायत्तता र स्वशासन, पहिचानका आधारमा संघीय एकाइको निर्माण, धर्मनिरपेक्षता, विशेषाधिकार, समानुपाँतिक प्रतिनिधित्व र समावेशीताको ग्यारण्टी गराउन संघर्ष गर्ने,
ख) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका अन्तर्वस्तुको सूत्रीकरण र मूर्तिकरण गरी जनतामा प्रचार गर्ने,
ग) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानको पक्षमा २४० सै निर्वाचन क्षेत्रमा मतदाताहरुको हस्ताक्षर एकैसाथ संकलन गर्ने र उक्त हस्ताक्षर २०६९ जेठ १० गते संविधान सभाका अध्यक्षलाई बुझाउने,
घ) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान यही २०६९ जेठ १४ गतेभित्र अनिवार्य जारी गर्न दबाव दिने,
ङ) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानविरोधी र संघीयताविरोधीहरुको भण्डाफोर गर्ने,
च) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानको पक्षमा विविध प्रकारका प्रचारात्मक अभियान संचालन गर्ने ।

३) जनजीविकासम्बन्धीः
क) खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाउनका लागि संघर्ष गर्ने,
ख) अकाशिंदो मूल्यवृद्धि तथा कृत्रिम अभाव सिर्जना गर्नेहरुका विरुद्ध संघर्ष गनर्,े
ग) जनताका दैनिक आवश्यकताका वस्तुहरु उपलब्ध गराउन यथाशक्य प्रयत्न गनर्,े
घ) तश्कर, काला बजारीया, भ्रष्टाचारी, लागू पदार्थका कारोबार तथा महिला बेचबिखन गर्ने अपराधीहरुलाई कडा कार्वाही गराउन संघर्ष गर्ने,
ड) राष्ट्रिय स्तरका माफिया, तश्कर, भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने रकार्वाह ीगर्ने,
च) किसान, मजदूर, सुकुम्बासी, विद्यार्थी, शिक्षक, आदिवासी जनजाति, दलित, मधेशी, महिला, मुस्लिमलगायतका संगठन एवं समुदायहरुले चलाएका न्यायपूर्ण संघर्षको समर्थन गनर्,े
छ) जनतालाई निःशुल्क एवम् सहुलियतपूर्ण शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउनका लागि प्रयत्नशील रहने ।

ठोस कार्यक्रमहरुः संघर्षका कार्यक्रमहरु चैत, बैशाख र जेठमा ३ चरणमा सम्पन्न गरिनेछन् ।
१) जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका पक्षमा
२४० वटै निर्वाचन क्षेत्रमा हस्ताक्षर अभियान आरम्भ — २०६८ चैत १८ गते
२) विशेष भित्तेलेखन — २०६८ चैत २० गते
३) सबै संविधान सभा सदस्य (५९८ जना) लाई जनताको संघीय, लोकतान्त्रिक,
गणतन्त्रात्मक संविधानका पक्षमा उभ्भिन अपील गर्दै ज्ञापनपत्र बुझाउने — २०६८ चैत २२ गते
४) सम्पूर्ण असमान सन्धिहरु जलाउने र राष्ट्र्रिय प्रतिरोध दिवसको रुपमा मनाउने । २०६८ चैत २४ गते
५) सबै निर्वाचन क्षेत्रमा जनगोष्ठी गर्ने — २०६८ चैत २७ गते
६) राष्ट्रघात, महगी, भ्रष्टाचार, कालाबजारी, हत्या, हिंसा, बलात्कार, अपहरण आदिका
विरुद्ध मशाल जुलुश — २०६८ चैत २९ गते
७) संविधान सभाभित्र र बाहिर विरोध प्रदर्शन गर्ने । — २०६८ चैत ३० गते

नोट—२०६९ बैशाख र जेठका कार्यक्रमहरु पछि नै क्रमशः सार्वजनिक गरिनेछन् ।
मिति ः २०६८ चैत १० गते शुक्रवार ।

Saturday, March 10, 2012

जन सुरक्षा दस्ताको नीतिगत प्रतिवद्धता बारे



अग्रगति साप्ताहिक
बर्ष ६, अंक २७
०६८ फगुन २५, विहिबार
काठमाण्डौं ।

चिरन पुन
विषय प्रवेश ः
यस भन्दा अघिको अंकमा जनसुरक्षा दस्ताको प्रस्तावना र उदेश्यको बारेमा संक्षीप्त चर्चा गरिएको थियो । अहिले यसको नीतिगत प्रश्नको बारेमा केन्द्रीत भईने छ । जन सुरक्षा दस्तालाई बुझ्न खोज्दा यसको नीतिगत प्रश्न र प्रतिवद्धतालाई हेर्न, बुझ्न र जान्न आवश्यक छ । जब हामी यसको नीतिगत प्रश्नको बारेमा हेर्छौ, छलफल गर्छौ र बुझ्छौ अनि मात्र हामी जनसुरक्षा दस्ता के हो ? यसलाई कुन नीतिगत प्रतिवद्धतामा संचालन गर्न खोजिएको छ ? यसको तत्कालिन तथा दिर्घकालिन दिशा निर्देशलाई के हो ? यसको उठान कहाँवाट भयो ? र गन्तव्य कहाँसम्मको हो ? भन्ने कुराको समग्र आकलन गर्न सकिने छ । जब हामी यी विषयवस्तुहरुलाई बुझ्ने छौ अनि मात्र हामी जनसुरक्षा दस्ताको बारेमा स्पस्ट हुने छौ । यसको गठनको महत्वलाई बुझ्ने छौ । यसको संचालनको आवश्यकतालाई आत्मसाथ गर्ने छौ ।

“हामी भन्दछौ, हाम्रो सदाचार सर्वहारावर्गको बर्ग संघर्षका हितहरुको पूर्णतः अधिनमा छ । हाम्रो सदाचार सर्वहारा बर्गको वर्ग संघर्षको हितहरुबाट नै उत्पन्न हुन्छ ।” यो कुरा क. लेनिनले “युवक संघका कार्यहरु” को बारेमा संकलित रचना, पाचौं संस्करण खण्ड ४१ मा बताउनु भएको थियो । निश्चय नै जनसुरक्षा दस्ताको सदाचार सर्वहारा बर्ग संघर्षको हितहरुको पूर्णत अधिनमा रहने छ । यसको संचालन र परिचालनको महत्व सर्वहारा बर्ग संघर्षको जगमा उभिने छ । यसलाई सर्वहारा बर्ग र बर्ग संघर्षको हितमा केन्द्रीत गरिने छ । ।

१. माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आत्मसाथ गर्ने नीति,
जन सुरक्षा दस्ताले माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आत्मसाथ गरेको छ । यसको दिशा निर्देशमा मात्र नेपालको क्रान्तिकारी आन्दोलन अघि बढ्न सक्छ भन्ने कुरालाई स्वीकार गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनको बैचारिक जग नै यहि सिद्धान्त थियो भन्ने कुरालाई हामी कसैले भुल्न हुदैन । जब आफुलाई कम्युनिष्ट भन्नेहरु क्रान्तिकारी आन्दोलनबाट गलत बाटोमा लाग्दछन अनि उनिहरुले क्रमश नीति र सिद्धान्तको कुरालाई छोड्दै जान्छन, र सुधारवादको बाटोमा लाग्दै जान्छन । आज नेपालको कम्युनिष्ट आन्दोलनमा पनि त्यहि भएको छ । क. पुष्पलालको नेतृत्वमा ०२५ सालमा माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आफ्नो मार्ग दर्शक सिद्धान्तको रुपमा स्वीकार गरेको थियो । त्यसैको जगमा उभिएको आजको एमाले त्यो नीति सिद्धान्तबाट पुरारुपमा विचलित भैसकेको छ र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको ठुलो अवरोधक र संशोधनवादी बाटोमा लागेको छ । त्यसै गरी ०२८ सालको केन्द्रीय न्युक्लसबाट अघि बढेको आजको एमाओवादीले पनि ०२८ सालमा केन्द्रीय न्युक्ल्सले स्वीकार गरेको मार्ग दर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद माओविचारधारालाई छोडेको छ । र त्यो पनि आज उग्रवामपथी भड्कावको बाटो हुदै दक्षिणपथी अवसरवादको दिशा समातेर कुदिरहेको छ । हामीले अर्को तथ्यलाई पनि भुल्नु हुदैन कि चिनमा समाजवादी क्रान्तिको सफलता पनि यहि मार्ग दर्शक सिद्धान्तको जगमा भएको थियो । त्यसैले आजको युग लेनिनवादको युग हो । एकातिर साम्राज्यवादी शक्तिहरु अर्कोतिर सर्वहारा बर्ग विचको अन्तरविरोधको युग हो । यो युगको सहि विचार माक्र्सवाद लेनिनवाद माओविचारधार नै हो । त्यसैले जन सुरक्षा दस्ताले यहि सैद्धान्तिक मार्ग दर्शनलाई आत्मसाथ गर्ने नीति लिएको हो ।

२. नयाँ जनवादी राज्यसत्ता स्थापनाको लागि कृयाशिल रहने नीति,
आज जनसुरक्षा दस्ताले नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापनालाई अनिवार्य ठानेको छ । त्यसैले नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ कृयाशिल रहने नीति लिएको हो । नयाँ जनवादी राज्यसत्ता बलप्रयोगको सिद्धान्तबाट लागु हुन्छ । जो सशस्त्र संघर्षको माध्यमबाट प्राप्त गरिन्छ । हतियारको विरुद्ध हतियार उचालेर यसको प्रतिवाद हुन्छ । आवश्यकता अनुशार गाँउले सहर घेर्ने नीति वा सहरिया जन विद्रोह यसका मापदण्डहरु हुन । नयाँ जनवादी राज्यसत्ताले नै हाम्रो देशको पुँजीको बिकासको ढोका खोल्न सक्छ भन्ने लागेको छ । त्यसैले नयाँ जनवादी क्रान्तिको बेला राष्ट्र्यि पुजिपतिहरुको पनि साथ समर्थन हुने हुन्छ । जुन क्रान्ति दलाल, नोकरशाह बर्ग र बैदेशिक हस्तक्षेपको विरुद्ध केन्द्रीत गरिन्छ । त्यसैले जनसुरक्षा दस्ता यो क्रान्तिको पक्षमा उभिने नीति लिएको हो । नयाँ जनवादी क्रान्तिको स्थापनार्थ मरिमेट्ने र कृयाशिल रहने नीति अवलम्वन गरिएको हो । एमाले र एमाओवादीको आजको संस्थागत विचारले यो क्रान्तिको आवश्यकतालाई बेवास्था गरेको छ । नयाँ जनवादी राज्यसत्ताको स्थापनाको महत्वलाई सुधारवादको खाल्डोमा लगेर पुरिदिएको छ । उनिहरुको यो बाटो संशोधनवादी बाटो हो । सुधारवादी बाटो हो । गैर कम्युनिष्ट बाटो हो । सामन्ती पुँजीवादी बाटो हो । त्यसको बारेमा आज पनि नेपाली जनतालाई स्पस्ट बनाउनु पर्दछ । भन्ने महत्वलाई आत्मसाथ गर्दै जनसुरक्षा दस्तालाई अघि बढाउने नीति लिईएको छ ।

३. सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्यसत्ता स्थापना गर्न प्रयत्नशिल रहने नीति,
सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्यसत्ताको स्थापनालाई जनसुरक्षा दस्ताले महत्वको साथ हेरेको छ । आज अनेकौ बुर्जुवा बर्गहरुले भन्ने गरेको पाईन्छ कम्युनिष्ट शासन मान्ने तर सर्वहाराबर्गको अधिनायकत्वलाई नमान्ने । त्यो भनेको कम्युनिष्ट राज्यव्यवस्था होईन, बुर्जुवा राज्यव्यवस्थालाई स्वीकार गर्ने भनेको अर्थमा बुझ्नु पर्दछ । जसको नेतृत्व कम्युनिष्टको नाममा बुर्जुवा अवसरवादी बर्गले गरेको हुन्छ । जसरी आज एमाले र एमाओवादीले देशको सरकार संचालन गरिरहेको छ । सर्वहारा बर्ग क्रान्तिको निर्णयक शक्तिहो किनकी, उनिहरुले गुमाउनु भन्ने केहि हुदैन । त्यसैले विश्व सर्वहारा बर्गका नेता कार्ल माक्र्स यहि कुरामा जोड दिदै भन्नु भएको थियो । “सर्वहारा बर्गले आफ्नो हातको हथकडी सिवाय गुमाउनु भन्ने केहि हुदैन, तर जित्नको लागि सारा संसार हुन्छ” जुन बर्गले क्रान्तिमा निर्णयक भुमिका खेल्दछ उनै बर्गलाई राज्यसत्तामा अधिनायकत्व लागु गर्न दिनु पर्दछ भन्ने हो । जो समाजमा सवै भन्दा उत्पीडित बर्ग पनि हो । जो समाजको सवैभन्दा श्रमजिवी बर्ग हो । आज सम्मको ईतिहासमा साम्राज्यवादी, विस्तारवादी र दलाल नोकरशाह, पुँजीवादी बर्गको संसार सिगार्ने बर्ग पनि यहि हो । जो उनिहरुकै बलमा टिकेका छन र उनिहरुलाई नै शोषण गरिरहेका छन । हो त्यसैले जनसुरक्षा दस्ताले त्यहि सर्वहारा बर्गको अधिकारलाई स्थापित गर्ने भनेको हो । राज्यसत्तामा उनिहरुकै अधिनायकत्व लाई स्वीकार मानेको हो ।

४. महान सर्वहारा साँस्कृतिक क्रान्तिको मुल्यमान्यतालाई आत्मसाथ गर्ने नीति,
हामी सवैलाई थाहा छ नयाँ जनवादी व्यवस्थाको विस्थापन समाजवादी व्यवस्थाले गर्दछ । नयाँ जनवादी व्यवस्था भनेको पुजिवादी व्यवस्थानै हो मात्र त्यहाँ सर्वहारा बर्गको अधिनायकत्व हुन्छ । त्यसैले नयाँ जनवादी राज्यव्यवस्था स्थापना हुने बेला देखिनै साँस्कृतिक क्रान्तिलाई पनि सँगै लैजानु पर्दछ । जन सम्म नयाँ जनवादी क्रान्तिको चरणसँगै सर्वहारा साँस्कृतिक क्रान्तिको महत्वलाई बुझ्दैनौ, त्यो नै प्रतिक्रान्तिको जग बन्न जान्छ । आज विश्व स्तरमा ठुला ठुला प्रतिक्रान्ति हुनु भनेको पनि सर्वहारा साँस्कृतिक क्रान्तिको महत्वलाई नवुझ्नु, वा अवलम्वन गर्न नसक्नु, वा त्यस तर्फ ध्यान नदिनु, वा त्यसलाई वेवास्था गर्नु नै हो । त्यसैले चिनमा सन् १९४९ मा समाजवादी व्यवस्था स्थापना भई सकेर पनि सन् १९६६ देखि ७६ सम्म १० बर्ष महान सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गरिएको थियो । यद्धपी प्रतिक्रान्तिकारीहरुले त्यसलाई कालो दशक भने । त्यसको अवमुल्यन गरे । आज नेपालकै सन्दर्भलाई हेर्न सकिन्छ जुन पार्टीले आफ्नो यात्रा चरम संशोधनवाद तर्फ चलाईरहेका छन तिनैहरुले सर्वहारा साँस्कृतिक क्रान्तिको मुल्य र मान्यतालाई विरोध गरिरहेका छन । त्यसको महत्वलाई बेवास्था गरिरहेका छन । यो परिवेशमा जनसुरक्षा दस्ताले महान सर्वहारा साँस्कृतिक क्रान्तिको मुल्य मान्यतालाई आत्मसाथ गर्ने नीति लिएको हो ।

५. स्वयम्लाई सर्वहारा विश्व दृष्टीकोणले लैस बनाउने नीति,
जनसुरक्षा दस्ता आफै सर्वहारा बर्गको पक्षपाती भएको कारणले गर्दा आफैलाई सर्वहारा विश्व दृष्टिकोणले लैस बनाउनु पर्ने नीतिलाई आत्मसाथ गरेको छ । जबसम्म हामी हाम्रा दृष्टिकोणलाई सर्वहारा बर्गिय बनाउन सकिदैन, तबसम्म हामीले समाज रुपान्तरणको निर्णयक भुमिका खेल्न पनि सकिदैन । ऐतिहाँसिक तथा द्धन्दात्मक भौतिकवादी नीति नै सर्वहारा विश्व दृष्टिकोणको जग हो । त्यसैले ऐतिहाँसिक तथा भौतिकवादी विश्व दृष्टिकोणलाई बुझ्नु, जान्नु र जिवन दर्शनको रुपमा लिनुले नै आजको सर्वहारा विश्व दृष्टिकोणको दिशा निर्देश हो । अध्यात्मकवादी सामन्ती, पुजिवादी चिन्तन प्रणालीलाई जरै बाट निमूर्ल पार्न सवैले जोडबल लगाउनु पर्दछ । त्यसका आधारहरु पुरै भत्काउन कोशिस गर्नै पर्दछ । त्यसैले जनसुरक्षा दस्तालाई सर्वहारा विश्व दृष्टिकोणबाट लैस बनाउने मात्र होईन त्यसको प्रवत्ताको भुमिका खेल्न सक्ने बनाउनु हो ।

६. अनुशासित र मिलिटेन्ट हुनु, हरेक काम, जिम्मेवारी र दायीत्वलाई पुरा गर्न सक्रिय हुने नीति,
जनसुरक्षा दस्ताले कम्युनिष्ट पार्टीको आदेश पालन गर्नु छ । हरेक काममा निर्णयक भुमिका खेल्नु छ । जो हामी भन्दा शक्तिशाली देखिन्छन, आफुलाई बलशाली ठान्दछन, हतियारद्धारा लैस छन उनिहरुलाई हामीले चुनौति दिनु छ । त्यतिमात्र हैन उनिहरुलाई परास्त गर्नुछ । त्यसको लागि अनुशासित र मिलिटेन्ट हुनु अनिवार्य छ । हरेक काममा जिम्मेवारी लिन सक्ने र आफ्नो दायीत्वलाई पुरा गर्न सक्ने हुनु छ । त्यसको लागि निश्चयनै सक्रिय हुन पर्दछ । अनुशासित, मिलिटेन्ट र सक्रियता नै निर्णायक आन्दोलनको हतियार हो । त्यसैले जनसुरक्षा दस्ता अनुशासित हुन चाहन्छ । आफुलाई मिलिटेन्ट बनाउन चाहन्छ । सक्रिय र जिम्मेवारी पुरा गर्न सक्ने हुन चाहन्छ । जुन सुकै निर्णायक आन्दोलनलाई पार लगाउन सक्ने बन्न चाहन्छ । यो आवश्यकतालाई आत्मवोध गर्दै अगाडि बढ्नु जनसुरक्षा दस्ताको नीति बन्ने छ ।

अन्त्यमा,
जनसुरक्षा दस्ताले हरेक समस्याहरुलाई गम्भिरतापूर्वक लिने र जिम्मेवारी पुरा गर्न प्रतिवद्ध हुनु पर्ने पनि आवश्यकता छ । हामी सापेक्षीत रुपले तयारीमा गम्भिर बन्नु र रणनैतिक रुपले शत्रुलाई हेप्ने नीति अवलम्वन गर्न सक्नु पर्दछ । आफैमा कमजोर मनोवलले हामीलाई पक्कै पनि हाम्रो योजनालाई पुरा गर्न दिने छैन । निरपेक्ष रुपले शत्रुलाई पराजित गरी विजय प्राप्त गर्ने कुरामा दृढ बन्नु र विश्वासका साथ काममा समर्पित रहनुले नै जनसुरक्षा दस्ताको भुमिकालाई पुरा गर्न सक्ने छौ । जनतामा भर पर्नु, जनतालाई विश्वास गर्नु र आफ्ना सवै कामहरुमा जननीति अवलम्वन गर्नु हाम्रो केन्द्रीय अहम महत्वको विषय बनाउनु पर्नेछ । यो नै आज जनसुरक्षा दस्ताले अवलम्वन गर्ने नीतिगत प्रतिवद्धतालाई आत्मसाथ गर्ने कुरामा कटिवद्ध र प्रतिवद्ध बनौ ।

धन्यवाद ।

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...