Wednesday, March 24, 2010

सार्थक संविधान र राष्ट्रिय स्वाधीनता

(नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) द्धारा मिति ०६६ चैत्र १ गते, पर्वत जिल्ला सदरमुकाम कुश्मा बजारमा आयोजित “सार्थक संविधान र राष्ट्रिय स्वाधीनता” विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (एकीकृत) का केन्द्रीय सदस्य तथा मगरात प्रादेशिक ईन्चार्ज क. चिरन पुनद्धारा प्रस्तुत, अवधारणा–पत्र)

प्रारम्भ
संविधान निमार्णको विषयमा सर्वत्र बहस चलिरहेको छ । संविधान घोषणाको मिति ०६६ जेठ १४ गते आउन पनि अब धेरै समय छैन । तोकिएको समयमानै अग्रगामी सार्थक संविधान निमार्ण गर्नु आजको राष्ट्रिय राजनीतिको मुख्य विषय हो । एकातिर ०६६ जेठ १४ गते भित्र नया“ संविधान निमार्ण गर्नु छ, भने अर्कोतिर नया“ संविधानले जनताको मागहरुलाई सार्थक ढंगले संवोधन गराउनु छ । यसको साथै आजको अर्को मुख्य प्रश्न भनेको राष्ट्रिय स्वाधीनताको हो । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुले नेपालको राजनैतिक, आर्थिक, सामाजिक, सा“स्कृतिक, भौगोलिक लगाएतका विषयहरुमा बारम्बार हस्तक्षेप गर्दै आइरहेको छ । यो बेलामा उनिहरुको झन सक्रियता बढेको छ । त्यसैले राष्ट्रियता माथिको हस्तक्षेप लाई रोक्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने विषयमा एकतावद्ध हुनु सवै नेपाली जनसमुदायको मुख्य दायीत्व बनेको छ ।
१. संविधान ः
संविधान भनेको देशको मुल कानुन हो । जसले मुलुकलाई अघि बढाउन दिशा–निर्देश गर्दछ । विश्वका सवै मुलुकहरुले आफ्नो देशको अनुकुलतामा संविधान निमार्ण गरेका हुन्छन र संविधानलाई आवश्यकता अनुशार संशोधन पनि गरिन्छ । अमेरिका आज भन्दा दुई सय वर्ष अगाडि बाटै एउटै संविधानमा संचालित छ भने त्यहाको संविधान हालसम्म २७ पटक संशोधन भएको छ । हाम्रै छिमेकी मुलुक भारतमा संविधान जारी भएको ३० वर्षमा ९४ पटक संशोधन भयो । ब्राजिल स्वतन्त्र भए पछि ७ ओटा संविधान लागु भयो भने मेक्सिकोमा ६ र भेनेजुयलामा २६ ओटा यसरी विभिन्न देशहरुमा संिवधानको छुट्टा–छुट्टै अनुभवहरु छन । नेपालमा यस अघि पनि संविधान लेखिए तर ति संविधानहरुले जनतालाई सार्वभौम बनाउन सकेन । उल्टै सामान्ती राज्य सत्तालाई मलजल गर्ने प्रकारको भयो । जनताको अधिकारलाई कुण्ठित गरेर दलाल, नोकरशाह वर्गको हितअनुकुलको संविधान लेखियो ।
ऐतिहा“सिक जन आन्दोलन ०६२÷६३ को बलमा सामन्ती राजसंस्थाको अन्त्य भयो, र २०४७ कार्तिक २३ गते जारी गरिएको संविधानलाई खारेज गरेर यतिबला हामी नया“ सार्थक संविधान निमार्णको प्रक्रियामा छौ । नेपाली जनताले आफुले चुनेको प्रतिनिधीबाट संविधान निमार्ण गर्ने अवसर पनि पहिलो पटक प्राप्त गरेका छौ । यो सन्दर्भमा हामी दुई प्रश्नमा स्पस्ट हुन आवश्यक छ । पहिलो, तोकिएको समयमानै संविधान निमार्ण हुनु पर्दछ, भने दोश्रो, त्यो संविधानले जनता र राष्ट्रको मागलाई सार्थक ढंगले संवोधन गरेको हुनु पर्दछ ।
२. सार्थक संविधानको मुख्य विषयहरु ः
अब बन्ने नया“ संविधानले के–के विषयहरुलाई प्रत्याभुत गर्दा संविधान सार्थक बन्छ ? यो निर्णायक महत्वको प्रश्न हो । त्यसैले नया“ संविधान निमार्ण गर्दा सार्थकताको अर्थ र महत्वबारे पनि स्पस्ट हुन आवश्यक छ ।
१. संविधानमा राज्यको नया“ संरचना गर्दा आत्मनिर्णयको सिद्धान्त र जातीय÷क्षेत्रीय स्वशासनको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनालाई आत्मसाथ गरिनु पर्दछ । २. जनताले गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा आदी पाईरहेका छैनन । यि प्रश्नहरुको हल गर्नु राज्यको कर्तब्य हो । तर हालसम्म यस्ता प्रश्नहरुलाई संविधान र सरकारले आफ्नो दायीत्व भित्र राख्न सकेन, त्यसैले गास, बास, कपास, शिक्ष्ाँ, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालाई नया“ संविधानले आफ्नो दायीत्व भित्र अनिवार्य राखिनु पर्दछ ।
३. हालसम्म राज्यको विभिन्न तहमा निर्वाचित हुने कैयौँ पदाधिकारीहरुले राष्ट्रघाती तथा जनघाती कामहरु गरे । आफ्नो ब्याक्तिगत स्वार्थ पुरा गर्न तल्लिन बने । त्यसैले यो प्रकृयाको अन्त्य गर्र्न देश र जनताको हितविपरीत काम गर्ने प्रतिनिधि र पदाधिकारीहरुलाई प्रत्याआब्हानको व्यवस्थालाई सुनिश्चित गरिनु पर्दछ ।
४. पुर्ण समानुपातिक निर्वाचन प्रणालीलाई आत्मसाथ गर्दै मजदुर र किसान बर्गको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुनु पर्दछ ।
५. राज्यको सवै तह र प्रक्रियाहरुमा उत्पीडित वर्ग, जाति, आदिवासी जनजाति, दलित, महिला, तराईवासी तथा क्षेत्र र लिङ्गका जनसमुदायको समावेशी, सहभागिता र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनु पर्दछ ।
६. हालसम्म सेनाको अवस्थालाई हेर्दा एकातिर, सिमित बर्गको सलामी, मलामी र गुलामीको प्रक्रियाबाट गुजे्रको देखिन्छ । अर्कोतिर नेपालको भु राजनैतिक अवस्था विषेश प्रकारको छ । त्यसैले अब बन्ने नया“ संविधानमा सेनाको न्युनिकरणमा जोड दि“दै जनशुरक्षा प्रणालीमा मुलुकलाई लैजानु पर्दछ ।
७. राष्ट्रिय स्वाधीनतामा आधारित समाजवाद उन्मुख अर्थ व्यवस्था लागु गरिनु पर्दछ । यी प्रश्नहरु सार्थक संविधान निमार्णको निम्ति महत्वपूर्ण छन ।
३. राष्ट्रिय स्वाधीनताको प्रश्न
ःआज नेपालको राष्ट्रियता गम्भिर संकटमा छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुले विविध प्रकारका हस्तक्षेप नेपाल र नेपाली जनता माथि कायम राख्दै आएको छ । मुख्यतः भारतीय विस्तारवादको हस्क्षेपले नेपाल माथि प्रत्यक्ष असर पुराईरहेको छ । राष्ट्र र जनता माथि हुने सम्पूर्ण प्रकारको हस्तक्षेपको अन्त्य नहु“दा सम्म राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्दैन । त्यसैले सम्पूर्ण नेपाली जनसमुदाय एकतावद्ध भई राष्ट्रियताको रक्षाको लागि आन्दोलनमा उठ्नु पर्ने आवश्यकता छ । यसको लागि केहि सन्दर्भहरु उल्लेख गर्नु आवश्यक तथा सान्दर्भिक छ, जो हस्तक्षेपको मुख्य असरमा रहेको क्षेत्र हो । भुगोल ःभारतस“ग जोडिएको नेपालको २६ जिल्ला मध्य २१ जिल्लाको ५४ भन्दा बढी स्थानमा नेपाली भुमि मिचिएको छ । भारतबाट एकतर्फीरुपमा लगभग ६० हजार हेक्टरभन्दा बढी भुभाग मिचिएको अनुमान गरिएको छ । यसमध्य कालापानीको लिम्पियाधुरा क्षेत्रमा मात्रै ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार भन्दा बढी हेक्टर जमिन मिचिएको छ । ईलामको पशुपतिनगर, हिले, मानेभञ्ज्याङ आदी स्थानहरु यस भन्दा अघि नै अतिक्रमण भएको थियो भने अहिले सन्दकपुरमा भारतीय पक्षबाट खुलेआम अतिक्रमण भएको छ । ताप्लेजुङको कावेलीकाबु, भगेना, तुम्लिङ, टिम्वापोखरी र पा“चथरको च्या“ङथापु, सिंहलीला र चियाभञ्ज्याङमा सिमा अतिक्रमण भएको छ । झापाको माठामारी, भद्रपुर, गगललियाजान, का“कटभिट्टा, नकसवन्डा र पछिल्लो समयमा बाहुनडा“गी र महेशपुरमा थप नेपाली सिमा अतिक्रमणमा परेको छ । मोरङमा बक्राहा (लुना नदी), चुनीमाडी, रंगेली चोप्राहा, बुद्धनगर, जोगवनीनाका र सुनसरीको कटैया, दरिनगरिया, शिवगञ्ज, साहेवगञ्ज र भन्टावारी आदी स्थानमा नेपाली भुभाग गुमेको छ । त्यस्तै रौतहटको गौरजमुना र सलार्हीको त्रिभुवननगर, संग्रामपुर, हथिऔल सिराहाको चन्द्र्र्र्रगञ्ज, माडर र टा“डी र सप्तरीको वर्णपट्टी, सरबडा, छिनमस्ता, लालपट्टी, कुनौली, विष्णुपुर, शिवनगर गाढा पनि अतिक्रमणमा परेका भुभागहरुमा पर्दछन ।
बाराको दक्षिण झिटकोहिया वरपरका सिमाक्षेत्रमा पनि ३० औं विगाहा जमिन भारतीय पक्षले अतिक्रमण गरेको कुराहरु आएका छन । पर्साको ठोरी, लक्ष्मीपुर, पिपरा र वीरगन्ज सिर्सिया, अलौ चितवनको वाल्मिकी आश्रम क्षेत्र लगाएतका सिमा क्षेत्रहरुमा भारतीय पक्षले नेपाली भुभागहरु लुटेको छ । त्यस्तै नवलपरासीको नर्साही क्षेत्र महेशपुर लगाएतका क्षेत्र अतिक्रमणमा छ भने सुस्ता क्षेत्रको भुभाग बढ्ता अतिक्रमणको नमुना बनेको छ । रुपन्देहीको रसियावाल खुर्दलोटन बा“ध क्षेत्र र सुनौली नाका छन भने कपिलवस्तुको कृष्णनगर क्षेत्रमा नेपाली भुमि गुमेको छ । दार्चुलाको कालापानी – लिम्पियाधुरा, कञ्चनपुरको शुक्लाफा“टा, शारदा ब्यारेज, गड्डाचौकी, बनबासा, टनकपुर ब्यारेज तथा त्यस आसपासका डुवान क्षेत्र, ब्रहमदेवमण्डी र पुर्णगिरी क्षेत्रमा पनि हजारौ विगाहा जमिन अतिक्रमणमा परेको तत्थ्य रहेको छ । कैलालीको लालबझी, रतनपुर, कालाकुन्डा र भजनी क्षेत्र बर्दियाको सती विरानाला, मादानाला, मनाउखेरी, टपरा, मुर्तिया, मानपुर र बा“केको सन्तलिया, होलिया, नैनापपुर (लक्ष्मणपुर बा“ध) क्षेत्र पनि व्यापक सिमा अतिक्रमणको क्षेत्रमा पर्दछन । दाङ जिल्लाको कोईलाबास, राजपुर, बेला र गोबडिया लगाएतको भारतस“ग जोडिएको २७ भन्दा बढी नाकाहरुमा भारतीय विस्तारवादले नेपाली सिमा अतिक्रमण गरेको छ भने यो क्रम रोकिएको छैन । जल सम्पदा ःभनिन्छ, नेपाल विश्वमा जल सम्पदाको लागि दोश्रो ठु्लो देश हो । यहा“ धेरै नदिनालाहरु छन । हिमालयबाट बगेको कारणले गर्दा यहा“का नदिनालाहरु स्थायी प्रकारका छन । तर नेपालको नदिनालाहरुको प्रयोग नेपालले भन्दा भारतले बढि गरेको छ । पानीबाट हुने फाईदाहरु विद्युत, सिचाई आदी सवैबाट भारतलाई नै फाईदा पुगेको छ । नेपाली जनताको लागि यो अत्यन्त दुखदायी तथा पिडादायी प्रश्न हो । नेपालको नदिनाला तथा पानीको लागि धेरै सन्धी÷सम्झौताहरु भएका छन । जुन सन्धी÷सम्झौताले नेपाललाई बल पुगेको छैन । बरु नेपालको स्वामित्वमा रहेको नदिनालाहरु भारतलाई सुम्पन्ने काम भएको छ । नेपालको हित विपरित भएका यि जल सम्पदाहरुकोे संम्झौताहरु मुख्य रहेका छन ।
(१. गण्डक सम्झौता, २. कोशी सम्झौता, ३. महाकाली सन्धी, ४. टनकुर सम्झौता, ५. पश्चिम सेती, ६. उपल्लो कर्णाली, ७. अरुण तेश्रो, ८. पंचेश्वर परियोजना, ९. सप्तकोशी, १०. नौमुरे ) आदी हुन । जो नेपालको पक्षका छैन । यसरी सम्पुर्ण नेपालको नदिनालाहरु भारतीय विस्तारवादले आफ्नो कब्जामा पारेको छ ।
अनियमित ढंगले बाधिएको बा“धहरु ःनेपालको सिमानामा अन्तराष्ट्रिय मान्यता विपरित भारतले एकतर्फी रुपमा बाँधहरु निमार्ण गरेको छ । सगैं बाटो निमार्ण गर्ने नाममा नेपालको सिमानाहरुमा बाँधहरु निमार्ण गरेको छ । जसका कारणले गर्दा नेपालको हजारौं हेक्टर जमिन डुवानमा परेको छ । त्यहा“का लाखौं जनता विस्तापित भएका छन । भारतले लक्ष्मणपुर, रसियावाल खुर्दलोटन, मोहली सागर लगाएतको स्थानहरुमा बा“ध बाधेर सकिसकेको छ, भने यो प्रक्रियालाई अगाडि बढाईरहेको छ । त्यसको साथै मेची, कोशी र नारायणी नदिहरुमा बाँधीएका बाँधहरुको कारणले गर्दा त्यहाँका जनताको समेत उठिबास लागेको अवस्था जगजाहेर छ । आर्थिक तथा राजनीतिक ःआर्थिक तथा राजनीतिक क्षेत्रमा समेत भारतीय विस्तारवादको हस्तक्षेप कायम रहेको छ । सन् १८१६ को सुगौली सन्धीले नेपाललाई अर्ध–सामन्त तथा अर्ध–औपनिवेशमा बदल्यो । यसैबेला देखि मूलतः नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न कमजोर रह“दै आएको छ । त्यसैको जगमा टेकेर फेरी सन् १९५० मा भएको कथित शान्ति तथा मैत्री सन्धीले झनै विस्तारवादको आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक लागाएतका क्षेत्रको हस्तक्षेपलाई बढायो । आज भारतीय विस्तारवादले दार्चुला जिल्लाको कालापानीमा आफ्नो सेनाको क्याम्प राखेको छ । नेपालको सम्पूर्ण सिमा क्षेत्रमा विएसएफले नेपाली जनतालाई कुटपिट गर्ने, लुटपाट गर्ने, अपहरण गर्ने, नेपाली चेलिहरुमाथि बलात्कार गर्ने जस्ता कामहरु दिनहुँ गरिरहेको घटनाहरु सार्वजनिक भैरहेका छन । पछिल्लो समयमा सरकार र माओवादी विच भएको १२ बु“दे सम्झौताका कतिपय प्रश्नहरु र कालो नागरिकता विद्येकको कारणले गर्दा पनि राष्ट्रिय स्वाधीनतामा आ“च पुगेको छ । आज पनि त्यस प्रकारका असमान सन्धी÷सम्झौताहरु कायम छन, त्यसैले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको प्रश्न अत्यन्त कमजोर भएको छ ।
४. किन भैरहेको छ, राष्ट्रियता माथि हस्तक्षेप ः
क. साम्राज्यवादी÷विस्तारवादी शक्तिहरुको गलत नीतिका कारण, ख. नेपाली शाषकहरुको साम्राज्यवाद तथा विस्तारवाद परस्त चिन्तनका कारण, ग. हाल सम्म सरकार संचालन गर्ने दलहरुको दास मनोवृती र विस्तारवाद तथा साम्राज्यवाद परस्त चिन्तनका कारण, घ. नेपाल र नेपाली जनताको हित विपरित भएका असमान सन्धी÷सम्झौताको कारण, ङ. नेपाली जनताको सचेतना र जागरुकताको अभावको कारण, च. राष्ट्रियताको रक्षा र राष्ट्रिय स्वाधीनताको निम्ति जुझारु आन्दोलन उठ्न नसकेको कारण ।
५. राष्ट्रियता माथि हस्तक्षेप हुनुमा दोशी को हुन ?
मुख्य रुपमा १०४ बर्षे जहानिया राणा सासन, ३० बर्षे तानाशाही पञ्चायती व्यवस्था र साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरु हुन । ०४६ सालको परिपर्तन पछि संविधान निमार्णमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भुमिका खेल्ने शक्तिहरु र हालसम्मको सरकार संचालनमा रहेका राजनीतिक दलहरु समेत यसमा दोशी रहेका छन ।
६. अब के गर्ने ?
नेपाल र नेपाली जनताको हित विपरित भएका सम्पूर्ण असमान सन्धी÷संझौताहरु खारेजी गर्न आवश्यक छ । निर्धारित समयमा सार्थक संविधान निमार्ण गर्नु पर्दछ । राज्यले वेदेशिक हस्तक्षेपलाई रोक्न विषेश कार्यक्रमहरु संचालन गर्नु पर्दछ । सरकारमा बस्न्े दलहरु राष्ट्र तथा जन उत्तरदायी बन्न आवश्यक छ । राष्ट्र र जनताको हित विपरित कुनै पनि काम सरकारले गर्नु हुदैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा काम गर्नु पर्दछ । साम्राज्यवाद र विस्तारवादको विरुद्ध सशक्त खबरदारी आन्दोलन संचालन गर्नु पर्दछ । जनताको तर्फबाट राष्ट्रिय स्वाधीनताको लागि जुझारु एकता कायम गर्दै आन्दोलनमा होमिनु पर्दछ । अनिमात्र एकातिर तोकिएको समयमानै सार्थक संविधान निमार्ण गर्न दवाव पुग्ने छ, भने अर्कोतिर राष्ट्रिय स्वाधीनताको रक्षा हुनेछ ।
अन्त्यमा,
यतिवेला हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) ले यिनै विषयहरुमा दवाव दिन “सार्थक संविधान र राष्ट्रिय स्वाधीनताको लागि जन दवाव सिर्जना गरौं” भन्ने मुलनाराका साथ “राष्ट्रिय जन दबाब अभियान–२०६६” संचालन गरिरहेको छ । भने यिनै विषयहरुमा नेकपा (एकीकृत), नेकपा (माओवादी) र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल ले समेत संयुक्त आन्दोलन संचालन गरिरहेको छ । यि आन्दोलनका ऐजेण्डाहरु जनताका साझा हुन । त्यसैले यो आन्दोलनलाई सफल पार्न सवैको दायीत्व हो भन्ने लाग्दछ ।
धन्यवाद !
अजष्चबलउगलवष्२नmबष्।िअयm
०६६ चैत्र १ गते ।
(अन्तरक्रिया कार्यक्रम जिविसको सभाकक्षमा सम्पन्न भएको थियो । कार्यपत्रमाथि मानवअधिकारवादी नेता, शुर्यप्रशाद शर्मा, गै्रर सहकारी संघका जिल्ला अध्यक्ष गोविन्द पहाडी, अधिवत्ता तथा बुद्धिजिवी भोलानाथ शर्मा, नेपाल बार एसोसियसनका सचिव दिलिप पौडेल, नेपाल आदिवासी जनजाति महासंघ, पर्वतका अध्यक्ष भीमबहादुर पुन, नेकपा मालेका केन्द्रीय सदस्य क. विष्णु भट्राई, नेपाली काग्रेसका जिल्ला सदस्य कृष्ण पौडेल, नेकपा (एमाले) का जिल्ला अध्यक्ष क. विकाश लम्साल ले टिप्पोणी गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता नेकपा (एकीकृत) जिल्ला सचिव क. तेजेन्द्र पौडेल र संचालन क. कृष्णबहादुर क्षेत्रीले गर्नु भएको थियो)

Saturday, March 6, 2010

मेची–महाकाली जनजागरण अभियान २०६६ को दिशावोध ः


युवा कम्युनिष्ट, नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) केन्द्रीय मुखपत्र–
अंक २ २०६६ फागुन
चिरन पुन
केन्द्रीय सदस्य तथा मगरात ईन्चार्ज
नेकपा –एकीकृत)
शुभारम्भ,
जाडो मौसमले कोल्टे फेरिसकेको छ । यात्रा मोटरसाईकलको हो । कन्चनपुर महेन्द्रनगर गड्डाचौकीबाट झापाको का“कडभित्ता पुग्नु छ । तराईका सम्पुर्ण जिल्ला सदरमुकामहरु, सिमा अतिक्रमित क्ष्ँेत्रहरुमा पुग्दा करिब १८ सय किलोमिटरको दुरी पार गर्नु छ । जीवनको आधा भन्दा धेरै उमेरकटाईसकेका देखि भर्खर युवा अवस्थामा पुगेका कामरेडहरुको जमघट छ । अभियानमा आवश्यक पर्ने भौतिक सामाग्री बोकेको तिन ओटा गाडीहरु अभियानको पोस्टरले छपक्क ढाकिएको छ । दुईओटा माईकबाट राष्ट्रियता माथिको हस्तक्ष्ँेप र राष्ट्रियता रक्ष्ाँको लागि सवैलाई एकजुट हुन आव्हान गरिएको छ । कतिपय स्थानहरुमा मोटरसाईकलले गति लिन छोड्छ तर मर्मत गर्ने साथिले कुनै समयनै नलगाई ठिक पारी हाल्नु हुन्छ । बेलाबेलामा राष्ट्रपे्रमी गीतहरु पनि घन्किन्छ । सवै गाडिहरु तथा मोटरसाईकलहरुमा कम्युनिष्ट पार्टी र यृुवा संघका लाल झण्डाहरु फहराईरहेका छन ।
सिमा अतिक्रमण बन्दगर । अतिक्रमित भुमी फिर्ता गर । भारतीय सेना कुटियाङ्दी पारी जा । सन् १९५० लगाएतका सम्पूर्ण असमान सन्धि÷संझौताहरु खारेज गर । मुल्य वृद्धी नियन्त्रण गर । निर्धारीत समयमा सार्थक संविधान जारी गर । आदी जस्ता नाराहरुले अभियान गुञ्जयमान छ । प्रचा वितरण, कोण सभा, क्ष्ँेत्रीय सभा, विचारगोष्ठि, अन्तरक्रिया लगाएतका कार्यक्रमहरु नियमित भैरहेका छन । यात्रामा सहभागी भएका कामरेडहरुलाई स्वागत गर्न विभिन्न स्थानहरुमा न्यायप्रेमी जनसमुदायहरु रातो अविर तथा फुलमा मालाहरुका साथ जमघट भएको पाईन्छ । कतै पक्की सडक त कतै धुले, कतै गा“उ त कतै सहर, कतै भिरपाखा, बन जंगल कतै खोलानालाहरु पार गर्दै अभियान अघी बढिरहेको छ । खाना, नास्ता र सुताईको कुनै निर्धारित समयनै छैन तर सवै अभियानमा सहभागी कामरेडहरुको अनुहार ह“सिलो छ । जोस–जा“गर छ, अभियान सफल पार्न उमङ्ग छ । सिमा अतिक्रमणको पीडा छ, नेपाली स्वाभिमान माथि भैरहेको विस्तारवादी हस्तक्ष्ँेपको विरुद्ध आक्रोश छ । यो सन्दर्भ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को सहायक संगठन नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) को आयोजनामा सम्पन्न गरिएको राष्ट्रियताको रक्ष्ाँ र अग्रगामी संविधान निमार्णका लागि मेची महाकाली जनजागरण अभियान – २०६६ को हो । गत २०६६ मंसीर १० गते देखि २१ गते सम्म संचालित अभियानको मु्ख्य नारा “सीमा अतिक्रमण र बैदेशिक हस्तक्ष्ँेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान “ भन्ने थियो ।
सीमा अतिक्रमणको प्रश्न ःआज पनि हाम्रो देश अर्धऔपनिवेशिक तथा अर्धसामन्ती अवस्थामा विद्धमान रहेको छ । देशको राज्यसत्ता दलाल तथा नोकरशाह वर्गको हातमानै रहेको छ । आर्थिक, राजनीतिक, सामाजिक, सा“स्कृतिक लगाएतका क्ष्ँेत्रमा सामन्तवादी चिन्तन, शैली र तौर–तरिका कायमनै छ । बहुदलको आगमन र मुलुक संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि सरकारमा रहेका दलहरुले साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुस“ग लम्पसार परेर आफ्नो कुर्सीको आयु लामो बनाउने प्रवृती गएको छैन । नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सा“स्कृतिक, धार्मीक लगाएत सम्पूर्ण क्ष्ँेत्रमा मु्््ख्य रुपमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको हस्तक्ष्ँेपले नेपाल र नेपाली जनताको स्वाभिमान माथि सम्पूर्ण क्ष्ँेत्रमा धावा बोलिरहेको छ । जसमध्ये यतिवेला सीमा अतिक्रमणको प्रश्न मुख्य विषय बनेको छ ।
भारतीय विस्तारवादले नेपालको पुर्व देखि पश्चिमसम्म आफ्नो विस्तारवादी खुनी हस्तक्ष्ँेपको एउटा रुप नेपाली सीमा अतिक्रमण गरेर देखाएको छ । दार्चुलाको कालापानी– लिम्पियाधुरा, कञ्चनपुरको शुक्लाफा“टा, शारदा ब्यारेज, गड्डाचौकी, बनबासा, टनकपुर ब्यारेज तथा त्यस आसपासका डुवान क्ष्ँेत्र, ब्रहमदेवमण्डी र पुर्णगिरी क्षेत्रमा पनि हजारौ विगाहा जमिन अतिक्रमणमा परेको तत्थ्य रहेको छ । कैलालीको लालबझी, रतनपुर, कालाकुन्डा र भजनी क्ष्ँेत्र बर्दियाको सती विरानाला, मादानाला, मनाउखेरी, टपरा, मुर्तिया, मानपुर र बा“केको सन्तलिया, होलिया, नैनापपुर (लक्ष्मणपुर बा“ध) क्ष्ँेत्र पनि व्यापक सिमा अतिक्रमणको क्ष्ँेत्रमा पर्दछन । दाङ जिल्लाको कोईलाबास, राजपुर, बेला र गोबडिया लगाएतको भारतस“ग जोडिएको २७ भन्दा बढी नाकाहरुमा भारतीय विस्तारवादले नेपाली सिमा अतिक्रमण गरेको छ भने यो क्रम रोकिएको छैन ।
ईलामको पशुपतिनगर, हिले, मानेभञ्ज्याङ आदी स्थानहरु यस भन्दा अघि नै अतिक्रमण भएको थियो भने अहिले सन्दकपुरमा भारतीय पक्ष्ँबाट खुलेआम अतिक्रमण भएको छ । ताप्लेजुङको कावेलीकाबु, भगेना, तुम्लिङ, टिम्वापोखरी र पा“चथरको च्या“ङथापु, सिंहलीला र चियाभञ्ज्याङमा सिमा अतिक्रमण भएको छ । झापाको माठामारी, भद्रपुर, गगललियाजान, का“कटभिट्टा, नकसवन्डा र पछिल्लो समयमा बाहुनडा“गी र महेशपुरमा थप नेपाली सिमा अतिक्रमणमा परेको छ । मोरङमा बक्राहा (लुना नदी), चुनीमाडी, रंगेली चोप्राहा, बुद्धनगर, जोगवनीनाका र सुनसरीको कटैया, दरिनगरिया, शिवगञ्ज, साहेवगञ्ज र भन्टावारी आदी स्थानमा नेपाली भुभाग गुमेको छ । त्यस्तै रौतहटको गौरजमुना र सलार्हीको त्रिभुवननगर, संग्रामपुर, हथिऔल सिराहाको चन्द्र्र्र्रगञ्ज, माडर र टा“डी र सप्तरीको वर्णपट्टी, सरबडा, छिनमस्ता, लालपट्टी, कुनौली, विष्णुपुर, शिवनगर गाढा पनि अतिक्रमणमा परेका भुभागहरुमा पर्दछन ।
हालै बाराको दक्ष्ँिण झिटकोहिया वरपरका सिमाक्ष्ँेत्रमा पनि ३० औं विगाहा जमिन भारतीय पक्ष्ँले अतिक्रमण गरेको कुराहरु आएका छन । पर्साको ठोरी, लक्ष्मीपुर, पिपरा र वीरगन्ज सिर्सिया, अलौ चितवनको वाल्मिकी आश्रम क्ष्ँेत्र लगाएतका सिमा क्ष्ँेत्रहरुमा भारतीय पक्ष्ँले नेपाली भुभागहरु लुटेको छ । त्यस्तै नवलपरासीको नर्साही क्ष्ँेत्र, महेशपुर लगाएतका क्ष्ँेत्र अतिक्रमणमा छ भने सुस्ता क्ष्ँेत्रको भुभाग बढ्ता अतिक्रमणको नमुना बनेको छ । रुपन्देहीको रसियावाल खुर्दलोटन बा“ध क्ष्ँेत्र र सुनौली नाका छन भने कपिलवस्तुको कृष्णनगर क्ष्ँेत्रमा नेपाली भुमि गुमेको छ । यस्तो अवस्थामा संचालन गरिएको जनजागरण अभियान–२०६६ ले यि विषयहरु जनताको वीचमा राख्दै यस प्रकारको सीमा अतिक्रमणको विरुद्ध एकजुट हुन अव्हान गरेको थियो । सरकारमा रहेका दलहरुलाई यस प्रति संवेदनशिल हुन खवरदारी गर्नु , भारतीय विस्तारवादलाई जनताको तर्फबाट यसप्रकारका गतिविधी संचलन नगर्न चेतावनी दिनु, सम्पूर्ण न्यायप्रेमी जनसमुदायको ऐक्यवद्धता जाहेर गर्नु अभियानको एउटा पक्ष्ँ रहेको थियो ।
किन सार्थक संविधान निमार्णको आवश्यकताःअभियानको अर्को महत्वपूर्ण पक्ष्ँ भनेको तोकिएको समयमै भित्रै सार्थक संविधान निमार्ण गर्नु पर्ने कुरामा केन्द्रीत थियो । हामीले देखेका छौं, आज सम्म पनि जनआन्दोलनका अपराधीहरुलाई कारवाही हुन सकेको छैन । सरकार जनतालाई गास, बास र कपासको ग्यारेन्टी गर्न लागिपरेको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न जटिल मोडमा छ । जनताले संघीय गणतन्त्रको व्यवहारमा अनुभुत गर्न पाईरहेका छैनन । संविधानसभा र सरकार तोकिएको समयमा सार्थक संविधान निमार्ण गर्न प्रतिवद्ध छैन । अहिले पनि कुर्सीको लागि हानथाप भैरहेको छ । तोकिएको समय भित्र संविधान निमार्ण हुन सकेन सम्वैधानिक संकटहरु आउने छन । जसको बहानामा साम्राज्यवादी तथा विस्तारवादी शक्तीहरुको चलखेलले झन मलजल पाउने छ । मुलुकमा राजनीतिक असफलताको प्रश्नहरु स्वतहः आउनेछन, एकातिर यी प्रश्नहरु सृजना हुनेछन् भने अर्कोतिर संविधान निमार्ण भयो, तर त्यसले जनताको मागलाई न्यायोचित ढंगले संवोधन गर्न सकेन भने देश गृहयुद्ध तर्फ स्वतहः मोडिने छ । त्यसैले अब बन्ने संविधानले जनतालाई सार्थक ढंगले प्रतिनिधित्व गरिनु पर्दछ ।
संविधानमा संवोधन हुनु पर्ने मु्ख्य विषयहरु के हुनः १ आत्मनिर्णयको सिद्धान्तको आधारमा जातीय÷क्ष्ँेत्रीय स्वशासन सहीतको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको विषयलाई ठोस ढंगले आत्मसाथ गरिनु पर्दछ । २. आज सम्म नेपाली जनताले प्रतिनिधीहरु निर्वाचित गरेर धेरै पटक सरकार तथा संसदमा पठाए, तर ति प्रतिनिधीहरु जनता र मुलुक प्रति उक्तरदायी बन्न सकेनन । जनघाती तथा राष्ट्रघाती कामहरु गरे । असमान सन्धी÷संझौताहरु गरेर मुलुकलाई विदेशीको जातोमुनी लैजान भुमिका खेले । जनता र देशको लागी भन्दा आफ्नो सुख, सुविधा पुर्ती गर्ने तर्फ लागे । त्यसैले अव बन्ने संविधानमा सम्पूर्ण निर्वाचित निकायहरुमा प्रत्याआव्हान सहितको सासन प्रणाली लागु गरिनु पर्दछ । ३. आज सम्म नेपाली जनतालाई गास, बास, कपास, सामाजिक सुरक्ष्ाँ, रोजगार, शिक्ष्ाँ, स्वास्थ लगाएतका विषयहरुमा सवैभन्दा बढी उत्पीडन गरियो । त्यसैले अब यी विषयहरुलाई राज्यको अनिवार्य दायीत्व भित्र राखेर संविधान निमार्ण गरिनु पर्दछ । ४. राज्यको सवैतह र प्रकृयाहरुमा उत्पीडित समुदाय, जात– जाती, आदिवासी÷जनजाती, तराईवासी, लगाएत सम्पूर्ण क्ष्ँेत्र र लिङगको समावेशी, सहभागितामुलक र समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई अनिवार्य गरिनु पर्दछ । ५. आज सम्म नेपालमा लागु भएको निर्वाचन प्रणाली वैज्ञानिक र व्यवस्थित हुन नसकेकोले मजदुर र किसान बर्गको प्रतिनिधित्वको सुनिश्चितता सहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली अब बन्ने संविधानमा लागु गरिनु पर्दछ । ६. आज सम्म नेपालको सेना मु्ख्यतः दरबारको दलाली, गुलामी र मलामी जस्ता काममा मात्र सिमित भयो । पञ्चशीलको सिद्धान्तको आधारमा अन्तराष्टिय सम्वन्धहरुलाई सुधार तथा व्यवस्थित गर्दै सेनाको न्युनिकरण र उन्मुलनको प्रकृयामा जान जनशुरक्ष्ाँ प्रणालीको लागु गरिनु पर्दछ । ७. आज पनि देशको अर्थतन्त्र दलाल तथा नोकरशाह वर्गको हातमा नै छ । अर्थतन्त्रले सामन्तवादको पक्षपोषण नै गरेको छ । त्यसैले अब बन्ने संविधानमा मुलुकको अर्थ व्यवस्था समाजवाद उन्मुख हुन आवश्यक छ । यी अब बन्ने संविधानको महत्वपूर्ण पक्षहरु हुन । यसलाई वेवास्था गरेर बन्ने संविधानले जनताको आवाजहरुलाई प्रतिनिधित्व गर्न सक्दैन । यस कुरामा सवैको ध्यान जान आवश्यक छ । यसै सन्दर्भहरुलाई जनताको तहबाट दबाब सृजना गर्नु आजको मुख्य विषय हो । त्यसैले मेची–महाकाली जनजागरण अभियान–०६६ को नामबाट नेकपा (एकीकृत) र यसको सहायक संगठन नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) ले जनताको विचमा जागरण अभियान संचालन गरेको हो ।
समापनमा, “सीमा अतिक्रमण र बैदेशिक हस्तक्ष्ँेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान “ भन्ने मुल नाराको साथ सम्पन्न भएको राष्ट्रियताको रक्षा र अग्रगामी संविधान निमार्णका लागि मेची–महाकाली जनजागरण अभियान २०६६ लाई सफल पार्न सम्पूर्ण क्षेत्रबाट महत्वपूर्ण सहयोग गर्ने जनसमुदायलाई धन्यवाद नदिईरहन सकिन्न । अभियान निकै समय सान्दर्भिक थियो । आज सम्म कुनै राजनीतिक पार्टी वा संस्थाले यसप्रकारको कार्यक्रम संचालन गरेको थिएन । अभियानमा सामन्य कमी कमजोरीहरु ह्ुनु स्वभाविक हो । यो जनजागरण अभियानमा शुरुदेखि अन्त्यसम्म खटेर अभियान सफल पार्ने संगठनका सम्पूर्ण कामरेडहरुको भुमिका महत्वपूर्ण रहेको छ । यो अभियान मार्फत उठान गरेका मागहरु पक्कै पनि ओजनदार छन, यी मागहरुलाई पुरा गर्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरु झन एकतावद्ध हुन आवश्यक छ । त्यसैले मेची–महाकाली जनजागरण अभियान २०६६ को दिशाबोधलाई आत्मसाथ गरौं ।
अजष्चबलउगलवष्२नmबष्।िअयm

युवा कम्युनिष्ट, नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) केन्द्रीय मुखपत्र–
अंक २ २०६६
फागुन
चिरन पुन केन्द्रीय सदस्य तथा मगरात ईन्चार्ज, नेकपा –एकीकृत)
शुभारम्भ, जाडो मौसमले कोल्टे फेरिसकेको छ । यात्रा मोटरसाईकलको हो । कन्चनपुर महेन्द्रनगर गड्डाचौकीबाट झापाको का“कडभित्ता पुग्नु छ । तराईका सम्पुर्ण जिल्ला सदरमुकामहरु, सिमा अतिक्रमित क्ष्ँेत्रहरुमा पुग्दा करिब १८ सय किलोमिटरको दुरी पार गर्नु छ । जीवनको आधा भन्दा धेरै उमेरकटाईसकेका देखि भर्खर युवा अवस्थामा पुगेका कामरेडहरुको जमघट छ । अभियानमा आवश्यक पर्ने भौतिक सामाग्री बोकेको तिन ओटा गाडीहरु अभियानको पोस्टरले छपक्क ढाकिएको छ । दुईओटा माईकबाट राष्ट्रियता माथिको हस्तक्ष्ँेप र राष्ट्रियता रक्ष्ाँको लागि सवैलाई एकजुट हुन आव्हान गरिएको छ । कतिपय स्थानहरुमा मोटरसाईकलले गति लिन छोड्छ तर मर्मत गर्ने साथिले कुनै समयनै नलगाई ठिक पारी हाल्नु हुन्छ । बेलाबेलामा राष्ट्रपे्रमी गीतहरु पनि घन्किन्छ । सवै गाडिहरु तथा मोटरसाईकलहरुमा कम्युनिष्ट पार्टी र यृुवा संघका लाल झण्डाहरु फहराईरहेका छन ।
सिमा अतिक्रमण बन्दगर । अतिक्रमित भुमी फिर्ता गर । भारतीय सेना कुटियाङ्दी पारी जा । सन् १९५० लगाएतका सम्पूर्ण असमान सन्धि÷संझौताहरु खारेज गर । मुल्य वृद्धी नियन्त्रण गर । निर्धारीत समयमा सार्थक संविधान जारी गर । आदी जस्ता नाराहरुले अभियान गुञ्जयमान छ । प्रचा वितरण, कोण सभा, क्ष्ँेत्रीय सभा, विचारगोष्ठि, अन्तरक्रिया लगाएतका कार्यक्रमहरु नियमित भैरहेका छन । यात्रामा सहभागी भएका कामरेडहरुलाई स्वागत गर्न विभिन्न स्थानहरुमा न्यायप्रेमी जनसमुदायहरु रातो अविर तथा फुलमा मालाहरुका साथ जमघट भएको पाईन्छ । कतै पक्की सडक त कतै धुले, कतै गा“उ त कतै सहर, कतै भिरपाखा, बन जंगल कतै खोलानालाहरु पार गर्दै अभियान अघी बढिरहेको छ । खाना, नास्ता र सुताईको कुनै निर्धारित समयनै छैन तर सवै अभियानमा सहभागी कामरेडहरुको अनुहार ह“सिलो छ । जोस–जा“गर छ, अभियान सफल पार्न उमङ्ग छ । सिमा अतिक्रमणको पीडा छ, नेपाली स्वाभिमान माथि भैरहेको विस्तारवादी हस्तक्ष्ँेपको विरुद्ध आक्रोश छ । यो सन्दर्भ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को सहायक संगठन नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) को आयोजनामा सम्पन्न गरिएको राष्ट्रियताको रक्ष्ाँ र अग्रगामी संविधान निमार्णका लागि मेची महाकाली जनजागरण अभियान – २०६६ को हो । गत २०६६ मंसीर १० गते देखि २१ गते सम्म संचालित अभियानको मु्ख्य नारा “सीमा अतिक्रमण र बैदेशिक हस्तक्ष्ँेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान “ भन्ने थियो ।
सीमा अतिक्रमणको प्रश्न ःआज पनि हाम्रो देश अर्धऔपनिवेशिक तथा अर्धसामन्ती अवस्थामा विद्धमान रहेको छ । देशको राज्यसत्ता दलाल तथा नोकरशाह वर्गको हातमानै रहेको छ । आर्थिक, राजनीतिक, सामाजिक, सा“स्कृतिक लगाएतका क्ष्ँेत्रमा सामन्तवादी चिन्तन, शैली र तौर–तरिका कायमनै छ । बहुदलको आगमन र मुलुक संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि सरकारमा रहेका दलहरुले साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुस“ग लम्पसार परेर आफ्नो कुर्सीको आयु लामो बनाउने प्रवृती गएको छैन । नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सा“स्कृतिक, धार्मीक लगाएत सम्पूर्ण क्ष्ँेत्रमा मु्््ख्य रुपमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको हस्तक्ष्ँेपले नेपाल र नेपाली जनताको स्वाभिमान माथि सम्पूर्ण क्ष्ँेत्रमा धावा बोलिरहेको छ । जसमध्ये यतिवेला सीमा अतिक्रमणको प्रश्न मुख्य विषय बनेको छ ।
भारतीय विस्तारवादले नेपालको पुर्व देखि पश्चिमसम्म आफ्नो विस्तारवादी खुनी हस्तक्ष्ँेपको एउटा रुप नेपाली सीमा अतिक्रमण गरेर देखाएको छ । दार्चुलाको कालापानी– लिम्पियाधुरा, कञ्चनपुरको शुक्लाफा“टा, शारदा ब्यारेज, गड्डाचौकी, बनबासा, टनकपुर ब्यारेज तथा त्यस आसपासका डुवान क्ष्ँेत्र, ब्रहमदेवमण्डी र पुर्णगिरी क्षेत्रमा पनि हजारौ विगाहा जमिन अतिक्रमणमा परेको तत्थ्य रहेको छ । कैलालीको लालबझी, रतनपुर, कालाकुन्डा र भजनी क्ष्ँेत्र बर्दियाको सती विरानाला, मादानाला, मनाउखेरी, टपरा, मुर्तिया, मानपुर र बा“केको सन्तलिया, होलिया, नैनापपुर (लक्ष्मणपुर बा“ध) क्ष्ँेत्र पनि व्यापक सिमा अतिक्रमणको क्ष्ँेत्रमा पर्दछन । दाङ जिल्लाको कोईलाबास, राजपुर, बेला र गोबडिया लगाएतको भारतस“ग जोडिएको २७ भन्दा बढी नाकाहरुमा भारतीय विस्तारवादले नेपाली सिमा अतिक्रमण गरेको छ भने यो क्रम रोकिएको छैन ।
ईलामको पशुपतिनगर, हिले, मानेभञ्ज्याङ आदी स्थानहरु यस भन्दा अघि नै अतिक्रमण भएको थियो भने अहिले सन्दकपुरमा भारतीय पक्ष्ँबाट खुलेआम अतिक्रमण भएको छ । ताप्लेजुङको कावेलीकाबु, भगेना, तुम्लिङ, टिम्वापोखरी र पा“चथरको च्या“ङथापु, सिंहलीला र चियाभञ्ज्याङमा सिमा अतिक्रमण भएको छ । झापाको माठामारी, भद्रपुर, गगललियाजान, का“कटभिट्टा, नकसवन्डा र पछिल्लो समयमा बाहुनडा“गी र महेशपुरमा थप नेपाली सिमा अतिक्रमणमा परेको छ । मोरङमा बक्राहा (लुना नदी), चुनीमाडी, रंगेली चोप्राहा, बुद्धनगर, जोगवनीनाका र सुनसरीको कटैया, दरिनगरिया, शिवगञ्ज, साहेवगञ्ज र भन्टावारी आदी स्थानमा नेपाली भुभाग गुमेको छ । त्यस्तै रौतहटको गौरजमुना र सलार्हीको त्रिभुवननगर, संग्रामपुर, हथिऔल सिराहाको चन्द्र्र्र्रगञ्ज, माडर र टा“डी र सप्तरीको वर्णपट्टी, सरबडा, छिनमस्ता, लालपट्टी, कुनौली, विष्णुपुर, शिवनगर गाढा पनि अतिक्रमणमा परेका भुभागहरुमा पर्दछन ।
हालै बाराको दक्ष्ँिण झिटकोहिया वरपरका सिमाक्ष्ँेत्रमा पनि ३० औं विगाहा जमिन भारतीय पक्ष्ँले अतिक्रमण गरेको कुराहरु आएका छन । पर्साको ठोरी, लक्ष्मीपुर, पिपरा र वीरगन्ज सिर्सिया, अलौ चितवनको वाल्मिकी आश्रम क्ष्ँेत्र लगाएतका सिमा क्ष्ँेत्रहरुमा भारतीय पक्ष्ँले नेपाली भुभागहरु लुटेको छ । त्यस्तै नवलपरासीको नर्साही क्ष्ँेत्र, महेशपुर लगाएतका क्ष्ँेत्र अतिक्रमणमा छ भने सुस्ता क्ष्ँेत्रको भुभाग बढ्ता अतिक्रमणको नमुना बनेको छ । रुपन्देहीको रसियावाल खुर्दलोटन बा“ध क्ष्ँेत्र र सुनौली नाका छन भने कपिलवस्तुको कृष्णनगर क्ष्ँेत्रमा नेपाली भुमि गुमेको छ । यस्तो अवस्थामा संचालन गरिएको जनजागरण अभियान–२०६६ ले यि विषयहरु जनताको वीचमा राख्दै यस प्रकारको सीमा अतिक्रमणको विरुद्ध एकजुट हुन अव्हान गरेको थियो । सरकारमा रहेका दलहरुलाई यस प्रति संवेदनशिल हुन खवरदारी गर्नु , भारतीय विस्तारवादलाई जनताको तर्फबाट यसप्रकारका गतिविधी संचलन नगर्न चेतावनी दिनु, सम्पूर्ण न्यायप्रेमी जनसमुदायको ऐक्यवद्धता जाहेर गर्नु अभियानको एउटा पक्ष्ँ रहेको थियो ।
किन सार्थक संविधान निमार्णको आवश्यकताःअभियानको अर्को महत्वपूर्ण पक्ष्ँ भनेको तोकिएको समयमै भित्रै सार्थक संविधान निमार्ण गर्नु पर्ने कुरामा केन्द्रीत थियो । हामीले देखेका छौं, आज सम्म पनि जनआन्दोलनका अपराधीहरुलाई कारवाही हुन सकेको छैन । सरकार जनतालाई गास, बास र कपासको ग्यारेन्टी गर्न लागिपरेको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न जटिल मोडमा छ । जनताले संघीय गणतन्त्रको व्यवहारमा अनुभुत गर्न पाईरहेका छैनन । संविधानसभा र सरकार तोकिएको समयमा सार्थक संविधान निमार्ण गर्न प्रतिवद्ध छैन । अहिले पनि कुर्सीको लागि हानथाप भैरहेको छ । तोकिएको समय भित्र संविधान निमार्ण हुन सकेन सम्वैधानिक संकटहरु आउने छन । जसको बहानामा साम्राज्यवादी तथा विस्तारवादी शक्तीहरुको चलखेलले झन मलजल पाउने छ । मुलुकमा राजनीतिक असफलताको प्रश्नहरु स्वतहः आउनेछन, एकातिर यी प्रश्नहरु सृजना हुनेछन् भने अर्कोतिर संविधान निमार्ण भयो, तर त्यसले जनताको मागलाई न्यायोचित ढंगले संवोधन गर्न सकेन भने देश गृहयुद्ध तर्फ स्वतहः मोडिने छ । त्यसैले अब बन्ने संविधानले जनतालाई सार्थक ढंगले प्रतिनिधित्व गरिनु पर्दछ ।
संविधानमा संवोधन हुनु पर्ने मु्ख्य विषयहरु के हुनः १ आत्मनिर्णयको सिद्धान्तको आधारमा जातीय÷क्ष्ँेत्रीय स्वशासन सहीतको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको विषयलाई ठोस ढंगले आत्मसाथ गरिनु पर्दछ । २. आज सम्म नेपाली जनताले प्रतिनिधीहरु निर्वाचित गरेर धेरै पटक सरकार तथा संसदमा पठाए, तर ति प्रतिनिधीहरु जनता र मुलुक प्रति उक्तरदायी बन्न सकेनन । जनघाती तथा राष्ट्रघाती कामहरु गरे । असमान सन्धी÷संझौताहरु गरेर मुलुकलाई विदेशीको जातोमुनी लैजान भुमिका खेले । जनता र देशको लागी भन्दा आफ्नो सुख, सुविधा पुर्ती गर्ने तर्फ लागे । त्यसैले अव बन्ने संविधानमा सम्पूर्ण निर्वाचित निकायहरुमा प्रत्याआव्हान सहितको सासन प्रणाली लागु गरिनु पर्दछ । ३. आज सम्म नेपाली जनतालाई गास, बास, कपास, सामाजिक सुरक्ष्ाँ, रोजगार, शिक्ष्ाँ, स्वास्थ लगाएतका विषयहरुमा सवैभन्दा बढी उत्पीडन गरियो । त्यसैले अब यी विषयहरुलाई राज्यको अनिवार्य दायीत्व भित्र राखेर संविधान निमार्ण गरिनु पर्दछ । ४. राज्यको सवैतह र प्रकृयाहरुमा उत्पीडित समुदाय, जात– जाती, आदिवासी÷जनजाती, तराईवासी, लगाएत सम्पूर्ण क्ष्ँेत्र र लिङगको समावेशी, सहभागितामुलक र समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई अनिवार्य गरिनु पर्दछ । ५. आज सम्म नेपालमा लागु भएको निर्वाचन प्रणाली वैज्ञानिक र व्यवस्थित हुन नसकेकोले मजदुर र किसान बर्गको प्रतिनिधित्वको सुनिश्चितता सहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली अब बन्ने संविधानमा लागु गरिनु पर्दछ । ६. आज सम्म नेपालको सेना मु्ख्यतः दरबारको दलाली, गुलामी र मलामी जस्ता काममा मात्र सिमित भयो । पञ्चशीलको सिद्धान्तको आधारमा अन्तराष्टिय सम्वन्धहरुलाई सुधार तथा व्यवस्थित गर्दै सेनाको न्युनिकरण र उन्मुलनको प्रकृयामा जान जनशुरक्ष्ाँ प्रणालीको लागु गरिनु पर्दछ । ७. आज पनि देशको अर्थतन्त्र दलाल तथा नोकरशाह वर्गको हातमा नै छ । अर्थतन्त्रले सामन्तवादको पक्षपोषण नै गरेको छ । त्यसैले अब बन्ने संविधानमा मुलुकको अर्थ व्यवस्था समाजवाद उन्मुख हुन आवश्यक छ । यी अब बन्ने संविधानको महत्वपूर्ण पक्षहरु हुन । यसलाई वेवास्था गरेर बन्ने संविधानले जनताको आवाजहरुलाई प्रतिनिधित्व गर्न सक्दैन । यस कुरामा सवैको ध्यान जान आवश्यक छ । यसै सन्दर्भहरुलाई जनताको तहबाट दबाब सृजना गर्नु आजको मुख्य विषय हो । त्यसैले मेची–महाकाली जनजागरण अभियान–०६६ को नामबाट नेकपा (एकीकृत) र यसको सहायक संगठन नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) ले जनताको विचमा जागरण अभियान संचालन गरेको हो ।
समापनमा, “सीमा अतिक्रमण र बैदेशिक हस्तक्ष्ँेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान “ भन्ने मुल नाराको साथ सम्पन्न भएको राष्ट्रियताको रक्षा र अग्रगामी संविधान निमार्णका लागि मेची–महाकाली जनजागरण अभियान २०६६ लाई सफल पार्न सम्पूर्ण क्षेत्रबाट महत्वपूर्ण सहयोग गर्ने जनसमुदायलाई धन्यवाद नदिईरहन सकिन्न । अभियान निकै समय सान्दर्भिक थियो । आज सम्म कुनै राजनीतिक पार्टी वा संस्थाले यसप्रकारको कार्यक्रम संचालन गरेको थिएन । अभियानमा सामन्य कमी कमजोरीहरु ह्ुनु स्वभाविक हो । यो जनजागरण अभियानमा शुरुदेखि अन्त्यसम्म खटेर अभियान सफल पार्ने संगठनका सम्पूर्ण कामरेडहरुको भुमिका महत्वपूर्ण रहेको छ । यो अभियान मार्फत उठान गरेका मागहरु पक्कै पनि ओजनदार छन, यी मागहरुलाई पुरा गर्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरु झन एकतावद्ध हुन आवश्यक छ । त्यसैले मेची–महाकाली जनजागरण अभियान २०६६ को दिशाबोधलाई आत्मसाथ गरौं ।
अजष्चबलउगलवष्२नmबष्।िअयm

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...